03.05.26    Avyakt Bapdada     Nepali Murli    18.01.2010     Om Shanti     Madhuban


ब्रह्मा बाबा समान नष्टोमोहा स्मृतिस्वरूप बन्नको लागि , मनको टाइम टेबल बनाएर कर्म ग र्दै कर्मयोगी अशरीरी बन्ने अभ्यास गर


आज चारैतिरका बच्चाहरूमा विशेष स्नेह समाहित छ। आजको दिनलाई भनिन्छ नै स्मृति दिवस। बापदादाले अमृतवेलादेखि चारैतिर देख्नुभयो, चाहे देशमा, चाहे विदेशमा सबै बच्चाहरूको दिलमा बाबाको स्नेहको तस्बिर देखियो। बाबाको दिलमा पनि हरेक बच्चाको स्नेहको तस्बिर समाहित थियो। आजको दिनलाई विशेष स्नेहको, स्मृतिको दिवस भन्छौ। बापदादाले अमृतवेलाभन्दा पनि पहिला बच्चाहरूको तर्फबाट आएका अनेक स्नेहका मोतीका माला देख्नुभयो। हरेक बच्चाको दिलमा स्वतः यो गीत बजिरहेको छ– “मेरा बाबा, ब्रह्माबाबा, मीठा बाबा!’ अनि बापदादाको दिलमा यो गीत बजिरहेको छ– “मीठा बच्चाहरू, प्यारा बच्चाहरू!’' आज हरेकभित्र अरू शक्तिहरू भन्दा स्नेहको शक्ति बढी समाहित भएको देखिन्छ। यो परमात्म स्नेह, ईश्वरीय स्नेह केवल सङ्गमयुगमा नै अनुभव हुन्छ। यो परमात्म स्नेह अनुभवीले नै जान्दछन्, जसले हरेक बच्चालाई सहजयोगी बनाइदिन्छ। बापदादाले देख्नुभयो सबै बच्चाहरूमा स्नेहको अनुभव धेरै समाहित छ। तिमी सबैको जन्मको आधार स्नेह हो। यस्तो कुनै पनि बच्चा छैन, जसको अरू शक्तिहरू कम भए पनि बाबाको स्नेह वा निमित्त बनेका विशेष आत्माहरूको स्नेहको अनुभव धेरेजसो सबैको दिलमा, अनुहारमा देखिन्छ। आज तिमी सबैलाई विशेष यहाँसम्म केले ल्याएको हो? कुन विमानमा आयौ? ट्रेनमा आयौ वा विमानमा आयौ? सबैको अनुहारमा स्नेह समाहित छ त्यसैले स्नेहको विमानबाट आइपुग्यौ नि। जेसुकै गर्नुपरे पनि स्नेहको विमानमा सबै आइपुगेका छौ।

आजको दिनलाई स्मृति दिवस भनिन्छ तर स्मृति दिवसको साथसाथै सामर्थ्य दिवस पनि भनिन्छ। आजको दिनलाई राज्याभिषेकको दिन पनि भनिन्छ किनकि आजको दिनमा बापदादाले विशेष ब्रह्माबाबाले निमित्त बनेका महावीर बच्चाहरूलाई विश्व सेवाको ताज लगाइदिनुभयो। ब्रह्माबाबा स्वयं गुप्त हुनुभयो अनि बच्चाहरूलाई विश्व सेवाको स्मृतिको तिलक दिनुभयो। बच्चाहरूलाई करनहार बनाउनुभयो, स्वयं करावनहार बन्नुभयो। आफूसमान फरिस्ता रूपको वरदान दिएर लाइटको ताज लगाइदिनुभयो। बापदादाले जुन ताज, तिलकको वरदान दिनुभयो, त्यसै अनुसार बच्चाहरूको कर्तव्य देखेर खुसी हुनुहुन्छ। बच्चाहरूले सेवाको वरदान कार्यमा ल्यायौ, यो देखेर बापदादा खुसी हुनुहुन्छ। अहिलेसम्म जुन पार्ट खेलेका छौ र पछि गएर पनि खेल्नुछ, त्यसको ब्रह्माबाबाले विशेष पदमगुणा बधाई दिइरहनुभएको छ। वाह बच्चाहरू वाह! विदेशमा पनि चक्कर लगाउनुभयो, तब के देख्नुभयो? हरेक बच्चा स्नेहमा समाहित छन्, त्यसैले बाबाद्वारा सामर्थ्यहरू मिलेका छन् किनकि यो दिन विशेष स्नेहबाट सामर्थ्यहरूको वरदान प्राप्त गर्ने दिन हो। बापदादाले देख्नुभयो कुनै कुनै बच्चाहरू यादको लगनमा, सेवामा धेरै राम्रोसँग लागेका छन्। अमृतवेला धेरै राम्रोसँग अनुभव गर्छन्। अशरीरीपनको पनि अनुभव गर्छन् तर कर्मयोगी बन्ने समय आएपछि भने दुवै काम योगीको पनि र कर्मको पनि, दुई काम सँगसँगै गर्नमा फरक पर्छ। पुरुषार्थ गर्छन्, कर्म र योगको ब्यालेन्स होस् भनेर तर जसरी अमृतवेला शक्तिशाली अवस्थाको अनुभव गर्छन्, त्यसरी नै कर्ममा भने फरक पर्छ, मेहनत गर्नुपर्छ। बापदादाले सबै बच्चाहरूलाई भनिदिनुभएको छ, विश्वको विनाश अचानक हुनेछ, सारा दिन अटेन्सनको सट्टा, कुनै पनि धारणाको कमी भएको कारण कर्मयोगीको स्टेजमा फरक आउँछ। विश्वको विनाशको मिति त बापदादाले घोषणा गर्नुहुन्न तर आफ्नो जीवनकाल समाप्त कहिले हुनुछ, यो थाहा छ? कसैलाई थाहा छ, मेरो मृत्यु फलानो मितिमा हुनेछ, थाहा छ? तिनीहरूले हात उठाऊ। अचानक जे पनि हुन सक्छ, कुनै प्रकृतिको कारण बन्यो भने कतिको सँगसँगै मृत्यु हुन्छ। त्यसैले विश्व परिवर्तनको मितिको सङ्कल्पबाट लापरबाह नबन। तिम्रो जगदम्बाको स्लोगन थियो– कहिल्यै पनि कहिले नभन, अहिल्यै भन। भोलि जेसुकै होस् तर म एभररेडी रहनु नै छ। त्यसोभए सबैको अटेन्सनमा यति तयारी छ? आफ्ना कर्महरूको हिसाब-किताब चुक्ता गरेका छौ? चारै विषय ज्ञान, योग, धारणा र सेवा, चारैतर्फ, चारैमा यस्तो तयारी छ? पूरा बेहदको वैराग्यको अनुभव चेक गरेका छौ? आफ्नो दिलमा यो चेक गरेका छौ, एभररेडी छौ? नष्टोमोहा स्मृतिस्वरूप बन्नुछ किनकि ब्रह्माबाबाले पनि स्वयंलाई पुरुषार्थ गरेर यस्तो बनाउनुभयो जुन अनुभवी बच्चाहरूले देखे, कतैतिर पनि यो वायुमण्डल थिएन, कुनै हिसाब-किताब थिएन, अचानक अशरीरी बन्ने अभ्यासले अशरीरी बनाएर उड्नुभयो। कसैले सम्झ्यो, ब्रह्माबाबा जानुहुन्छ? तर नष्टोमोहा, बच्चाहरूको हातमा हात हुँदा पनि कहीँ आकर्षण रह्यो र? फरिस्ता बन्नुभयो। बच्चाहरूलाई फरिस्ता बनाउने तिलक दिएर जानुभयो। यसको कारण धेरै समय अशरीरीपनको अभ्यास रह्यो। कति अनुभवी बच्चाहरू जो साथमा रहेका छन् उनीहरूले अनुभव गरे, कर्म गर्दागर्दै यस्तो अशरीरी बन्नुहुन्थ्यो। त्यसैले यो जुन कर्मयोगमा अन्तर पर्छ, यसको कारण कर्म गर्दा यो स्मृतिमा इमर्ज हुँदैन, म आत्मा हुँ, यो त सबैले जान्दछन् नै तर म आत्मा, कुन आत्मा हुँ? म करावनहार आत्मा हुँ अनि यी कर्मेन्द्रियहरू करनहार हुन्, यो करावनहारको स्वमान कर्म गर्दा स्मृति स्वरूपमा रहोस्, चाहे कर्मेन्द्रियहरूबाट कर्म गराउनुछ तर म करावनहार हुँ, मालिक हुँ, यस सिटमा यदि सेट छौ भने कुनै पनि कर्मेन्द्रिय अर्डरमा रहन्छ। सिटमा सेट नभइ कसैले कसैको कुरा मान्दैन। त्यसैले करावनहार आत्मा हुँ, यी कर्मेन्द्रियहरू करनहार हुन्, करावनहार होइनन्।

जसरी ब्रह्मा बाबाको अनुभव सुन्यौ, ब्रह्मा बाबाले सुरुमा यो अभ्यास गर्नुभयो, जो दिनहुँ दिनको समाप्तिमा यी कर्मेन्द्रियहरूको राजदरबार लगाउनुहुन्थ्यो। पुराना बच्चाहरूले त्यो डायरी देखेका भए दिनहुँ दरबार लगाउनुहुन्थ्यो। करावनहार मालिक बनेर हरेक कर्मेन्द्रियहरूको समाचार लिनुहुन्थ्यो, दिनुहुन्थ्यो। ब्रह्मा बाबाले पनि यति अटेन्सन सुरुमा नै दिनुभयो भने तिमीले पनि करावनहार मालिक सम्झेर कर्मेन्द्रियहरूबाट कर्म गराउनुछ किनकि आत्मा राजा हो, यी कर्मेन्द्रियहरू साथी हुन्। त्यसैले यो चेक गर्नुपर्छ, आजको दिन विशेष मन, बुद्धि, संस्कार, स्वभाव भन संस्कार भन यिनीहरूको कस्तो अवस्था रह्यो? तुरुन्त चेक गरेमा कर्मेन्द्रियहरूलाई अटेन्सन हुन्छ, हाम्रो राजाले हाम्रो हालचाल लिनेछन्, त्यसैले आत्मा राजा करनहार कर्मेन्द्रियहरूसँग करावनहार बनेर चेक गर। नत्र देखिएको छ कति बच्चाहरूले भन्छन्, हामी कर्मेन्द्रियहरूलाई अर्डर गर्छौं तर फेरि भइहाल्छ। पुरुषार्थ गर्छन् तर कुनै कुनै संस्कार वा स्वभाव अर्डरमा रहँदैनन्। त्यसको कारण यही हो कि आफ्नो स्वमानको सिटमा सेट रहँदैनन्। सिटमा नबसी जतिसुकै अर्डर गरे पनि अर्डर मान्नेहरूले मान्दैनन्। त्यसैले कर्म गर्दा आफ्नो करावनहार मालिकपनको सिटमा सेट होऊ। कति बच्चाहरूले बापदादासँग यसरी पनि रुहरिहान गर्छन्, बाबा हजुरले हामीलाई सर्वशक्तिमान् बनाउनुभयो, शक्तिमान् पनि होइन सर्वशक्तिमान्को वरदान हरेक बच्चालाई ब्राह्मण जन्म लिँदा नै दिनुभएको छ, याद छ आफ्नो जन्मको वरदान! हरेक बच्चालाई बाबाले मास्टर सर्वशक्तिमान् भवको वरदान दिनुभएको छ। कसले वरदान दियो? अलमाइटी अथोरिटीले। तर सिकायत गर्छन्, जुन समयमा जुन शक्ति चाहिन्छ त्यो आउँदैन। अर्डर मान्दैन। त्यो किन? अलमाइटी अथोरिटीको वरदान छ भने त्योभन्दा ठुलो कोही छैन। त्यसैले वरदानको स्थितिमा स्थित रहेर अर्डर गर्छौ भने यो हुन सक्दैन, तिमीले अर्डर गर अनि शक्तिले नमानोस्, असम्भव। एक त आत्मा मालिक हो, तिमीलाई सर्वशक्तिमानको वरदान मिलेको छ, त्यस स्वरूपमा स्थित भएर म मालिक हुँ, मलाई वरदान मिलेको छ, यी दुवै स्वरूपको स्मृतिको स्थितिमा स्थित भएर अर्डर गर। शक्तिले तिम्रो अर्डर नमानोस्, यो असम्भव छ। किनकि बाबाको वरदान र बाबाको सम्पत्तिको अधिकार छ। सङ्गमयुगमा तिमी सबैलाई सर्वशक्तिमान्को टाइटल मिलेको छ। केवल तिमी त्यस स्थितिमा स्थित रहँदैनौ, सदा रहँदैनौ। कहिलेकाहीँ आउँछ। यो कहिलेकाहीँ शब्द तिम्रो ब्राह्मण डिक्सनरीबाट निकालिदेऊ। अहिलेको अहिल्यै हाजिर। तिमीले भन्छौ नि, बाबा हजुरलाई हामीले याद गर्छौं अनि हजुर हाजिर हुनुहुन्छ। छ अनुभव? हात उठाऊ। अनुभव छ? अहिले हेर, हात त उठाइरहेका छौ। बाबा हाजिर हुनुहुन्छ, हजुर हाजिर हुनुहुन्छ भने यो शक्ति के हो? यी शक्तिहरू पनि तिमीलाई बाबाको सम्पत्तिमा मिलेका छन्। त्यसैले मालिक बनेर अर्डर गर। मालिक बनेर अर्डर गर्दैनौ, शक्ति हराउँछ र त्यही स्थितिमा रहेर अर्डर गर्छौ, मालिक नै छैनौ भने अर्डर किन मान्छ!

बापदादा अब के चाहनुहुन्छ? थाहा छ नि! बाबा अब यही चाहनुहुन्छ, मेरो एक एक बच्चाले कर्म गर्दा पनि राजा बच्चा बनेर, स्वराज्य अधिकारी बनेर स्वराज्यको सिट नछोडोस्। त्यसैले राजा सारा दिन राजा नै हुन्छ नि! कि कहिले राजा हुन्छ, कहिले हुँदैन? तख्तमा बस्नु वा नबस्नु त्यो अलग कुरा हो तर घरमा बस्दा पनि म राजा हुँ, यो त भुलिँदैन। त्यसैले कर्मयोगी र अमृतवेलाको यथार्थ योग शक्तिशाली स्थिति, त्यसमा फरक पर्नु हुँदैन। काम डबल छ तर तिमी को हौ? तिमी त विश्वपरिवर्तक हौ, विश्वकल्याणकारी हौ त्यसैले बाबा यही चाहनुहुन्छ, हिँड्दाडुल्दा राजसीपन नभुल, सिटलाई नछोड। सिट विना कसैले अर्डर मान्दैन। हेर आजकाल सिटको लागि कति के के गर्छन्? आफ्नो हक लिनको लागि कति प्रयत्न गर्छन्। आफ्नो हक कसैले छोड्न चाहँदैन। तिमीलाई तिम्रो परमात्म हक म को हुँ, यो याद रहन्छ नि! हर समय जे काम गर्छौ, त्यसरी काम गर्दा पनि आफ्नो मनको टाइम टेबल बनाइराख। यो काम गर्दा मनको स्वमान के रहनेछ? आजको दिन कुन लक्ष्य राख्ने? हरेक काम गर्दा जति पनि स्वमानको लिस्ट छ, सबै कामको टाइम हुन्छ, चाहे भिन्न-भिन्न टाइम टेबल बनाऊ, जसरी स्थूल कर्मको टाइम टेबल निश्चित गर्छौ त्यसैगरी मनको टाइम टेबल निश्चित गर। थाहा त छ यस समयमा यो काम गर्नुछ, त्यसको साथै स्वमान कुन राख्नुछ? मालिकपनको अधिकार कुन स्वमानको रूपमा राख्नुछ, यो मनको टाइम टेबल बनाऊ। टाइम टेबल बनाउन आउँछ नि! माताहरूलाई आउँछ? माताहरूले आफ्नो प्रोग्राम आफै बनाऊ। राम्रो खाना बनाउनुछ, त्यस समयमा कुन स्वमान आफ्नो बुद्धिमा इमर्ज राख्नुछ। स्वमानको माला धेरै लामो छ। यति लामो माला छ जुन स्वमान गन्ती गर्दै जाऊ अनि मालामा समाहित होऊ। अहिले धेरैकालको अभ्यास चाहिन्छ। कुनै कुनै बच्चाहरूले भन्छन्, अहिलेसम्म त विनाशको लक्ष्यण केही देखिँदैन। अहिल्यै त मिति निश्चित भएको छैन, गरिहाल्छौँ, भइहाल्छ, यो लापरबाही हो। सन्देश दिनमा पनि विश्व कल्याणकारी हौ, कति बच्चाहरूले सम्झन्छन् अझै समय बाँकी छ, पछि गएर सन्देश दिनेछौँ, तर होइन। जसलाई पछि सन्देश दिन्छौ उनीहरूले पनि तिमीलाई गुनासो गर्नेछन्, के गुनासो गर्नेछन्? तपाईले पहिला किन बताउनु भएन? बताएका भए हामीले पनि केही गर्थ्यौं, अहिले आएर तपाईले अन्त्यमा बताउनुभयो। त्यसैले हामीले त केवल चिनेर अहो प्रभु हजुरको लीला अपार छ, यही भन्न सक्छौँ। पद त पाउन सक्दैनौँ। किन? धेरै समयको सहयोग पनि चाहिन्छ। तिमी सबै वारिस बसेका छौ नि! जसले आफूलाई सम्झन्छौ हामी वारिस हौँ, तिनीहरूले हात उठाऊ, वारिस हौ? अच्छा, वारिस हौ भने तिमीहरूले पूरा वर्सा पाउनुछ वा अलिकति मात्रै? सबैले भन्छन् पूरा वर्सा पाउनुछ। पूरा वर्सा हो २१ जन्म पूरा, आदिदेखि अन्त्यसम्म रोयल प्रजा होइन, राजपरिवारमा आउनु। राजपरिवारमा आउनु। तख्तमा त एउटै बस्छन् नि, युगल बस्छन्। तर त्यहाँको सभा बस्दा जहिले पनि राजपरिवारका विशेष निमित्त आत्माहरू तिनीहरू नै ताजधारी बनेर बस्छन्। ताज विना बस्दैनन्। हरेक कार्यमा सल्लाह, राय दिने बस्छन्। यस्तो होइन केवल उसले राज्य गर्छ, साथमा रायले नै गर्छन् त्यसैले यदि सम्पूर्ण वर्सा लिनुछ भने पहिलो जन्मदेखि लिएर अन्त्यसम्म २१ जन्म पूरा, आधा पनि होइन, बीचमा त जानुछैन, अकालमा मृत्यु त हुनुछैन। त्यसैले पूरा वर्सा लिनुछ कि थोरैमा खुसी हुनुछ? तिम्रो मातेश्वरी जगदम्बाले सदा यो लक्ष्य राख्थिन् बापदादाले जुन श्रीमत दिनुभयो चाहे मनसा, चाहे वाचा, चाहे कर्मणा, जुन पनि श्रीमत दिनुभयो त्यो मैले गर्नु नै छ। यसरी पूरा वर्सा लिनेहरूले बुद्धिमा यही लक्ष्य राख, अचानक, एभररेडी अनि धेरै समय, तीनै शब्द सँगसँगै याद राख। बापदादाका सबै आशाहरूका दीपक बच्चाहरूप्रति यही वरदान छ, सदा यी तीनै शब्द याद राखेर सबै आशाहरूका दीपक बन्ने प्रत्यक्ष प्रमाण देखाऊ। अच्छा।

विदेशीहरू पनि मनसा सेवाबाट सहयोगी हौ नि! बापदादाले देख्नुभयो, सबै धर्ममा वृद्धि भइरहेको छ, एक धर्म होइन केवल हिन्दु होइन तर मुस्लिम, बौद्ध, क्रिस्चियन सबै धर्मकाले बिस्तारै बिस्तारै आध्यात्मिकतामा चाख लिइरहेका छन्। हेर पहिला ब्रह्माकुमारीहरूको नाम सुनेर डराउँथे, के विनाश विनाश भन्छन्। अहिले के भन्छन्? अहिले भन्छन् बताऊ विनाश कहिले हुन्छ, कसरी हुन्छ अनि के गरौँ? हुनु त छ नै, यो त ग्यारेन्टी छ। तिमी सबैलाई ग्यारेन्टी छ नि चाहे विदेशका चाहे भारतका ग्यारेन्टी छ नि! केवल बापदादाले जुन इसारा दिनुभएको छ, त्यस पुरुषार्थलाई तीव्र बनाऊ। पुरुषार्थ होइन, पुरुषार्थको समय गयो, अब तीव्र पुरुषार्थको समय हो। कहिलेकाहीँमा नबस, अहिल्यै। अहिल्यै गर्नुछ, अहिल्यै बन्नुछ। हुनु नै छ। अच्छा।

चारैतिरका तीव्र पुरुषार्थी, सदा उमङ्ग-उत्साहले पाइला अगाडि बढाउने बच्चाहरूलाई बापदादाले स्मृति दिवसको यादप्यार दिइरहनुभएको छ। बापदादाको दिलमा हरेक बच्चा समाहित छन् अनि हरेक बच्चाको दिलमा बाबा समाहित हुनुहुन्छ, बाबाको दिलमा बच्चा समाहित छन्, त्यसैले बधाई छ, बधाई छ अनि बधाईको साथै नमस्ते पनि। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

वरदान:–
पावरफुल स्थितिद्वारा रचनाका सर्व आकर्षणहरूबाट दूर रहने मास्टर रचयिता भव

मास्टर रचयिता, मास्टर नलेजफुलको पावरफुल स्थिति वा नसामा स्थित रह्यौ भने रचनाका सर्व आकर्षणहरूबाट पर रहन सक्छौ किनकि अहिले रचनाले अझै भिन्न भिन्न रङ्ग-ढङ्ग, रूप रच्छन् त्यसैले अहिले जुन बालकपनका भुलहरू, लापरबाहीका भुलहरू, आलस्यका भुलहरू, बेपरवाहीका भुलहरू रहेका छन्– तिनीहरूलाई भुलेर आफ्नो पावरफुल, शक्ति स्वरूप, शस्त्रधारी स्वरूप, सदा जागती ज्योति स्वरूपलाई प्रत्यक्ष गर तब भनिन्छ मास्टर रचयिता।

स्लोगन:–
मनको स्थितिमा यस्तो कठोर बन जसले गर्दा कुनै पनि परिस्थितिले पगाल्न नसकोस्।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

कुनै पनि वातावरणमा, वायुमण्डलमा बसे पनि स्थिति सदा अचल अडोल एकरस होस्। कहिलेकाहीँ निमित्त बनेका कसैले राय दिन्छन्, त्यसमा कन्फ्युज नहोऊ किनकि जो निमित्त बनेका छन् उनीहरू अनुभवी भइसकेका छन्। यदि उनीहरूको कुनै डाइरेक्सन स्पष्ट छैन भने पनि हलचलमा नआऊ। धैर्यले भन यसलाई बुझ्ने कोसिस गर्नेछु, तब स्थिति एकरस अचल, अडोल रहन्छ।