03.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे विश्वको मालिक बनाउने बाबालाई धेरै रुचिले याद गर , यादद्वारा नै तिमी सतोप्रधान बन्छौ।

प्रश्न:
कुन एक कुरामा पूरा ध्यान राख्यौ भने बुद्धिको कपाट खुल्छ?

उत्तर:
पढाइमा। भगवानले पढाउनु हुन्छ, त्यसैले कहिल्यै पनि पढाइ मिस गर्नु हुँदैन। बाँचिञ्जेलसम्म ज्ञान अमृत पिउनु छ। पढाइमा ध्यान दिनु छ, गयल हुनु हुँदैन। यताउताबाट खोजेर पनि मुरली अवश्य पढ्नु छ। मुरलीमा दिनहुँ नयाँ नयाँ कुरा आइरहन्छन्, जसबाट तिम्रो कपाट (बुद्धिको ढोका) नै खुल्छ।

ओम् शान्ति ।
शिव भगवानुवाच शालिग्रामहरूप्रति। यो त सारा कल्पमा एकचोटि मात्र हुन्छ, यो पनि तिमीले जानेका छौ, अरू कसैले जान्न सक्दैन। मनुष्यहरूले यस रचयिता र रचनाको आदि, मध्य, अन्त्यलाई बिल्कुलै जान्दैनन्। तिमी बच्चाहरूले जानेका छौ स्थापनामा विघ्न त पर्नु नै छ, यसलाई भनिन्छ ज्ञान यज्ञ। बाबा सम्झाउनु हुन्छ यस पुरानो दुनियाँमा तिमीले जे जति देख्छौ, त्यो सबै स्वाहा हुनु छ। त्यसैले यसमा ममत्व राख्नु हुँदैन। बाबा आएर नयाँ दुनियाँको लागि पढाउनु हुन्छ। यो हो पुरुषोत्तम सङ्गमयुग। यो हो विकारी र निर्विकारीको सङ्गम, जबकि परिवर्तन हुनु छ। नयाँ दुनियाँलाई भनिन्छ निर्विकारी दुनियाँ। त्यहाँ आदि सनातन देवी-देवता धर्म नै थियो। यो त बच्चाहरूले जानेका छौ, प्वइन्टहरू सम्झिनु पर्ने हुन्छ। बाबा रातदिन भनिरहनु हुन्छ प्यारा बच्चाहरू! तिमीलाई धेरै गोपनीय कुरा सुनाउँछु। बाबा रहेसम्म पढाइ चल्ने नै छ। फेरि पढाइ पनि बन्द हुन्छ। यी कुरालाई तिमी बाहेक अरू कसैले पनि जान्दैन। तिमीहरूमा पनि नम्बरवार छौ जुन कुरा बापदादाले नै जान्नु हुन्छ। कति गिर्छन्, कति मेहनत हुन्छ। यस्तो होइन, सदा सबै पवित्र रहन सक्छन्। पवित्र रहेनन् भने फेरि सजाय खानुपर्छ। मालाका दाना नै सम्मान सहित पास हुन्छन्। फेरि प्रजा पनि बन्छन्। यी धेरै बुझ्नुपर्ने कुरा हुन्। तिमीले कसैलाई पनि सम्झाउँदा उनीहरूले कहाँ बुझ्न सक्छन् र! समय लाग्छ। त्यो पनि जति बाबाले सम्झाउन सक्नु हुन्छ, त्यति तिमीले सक्दैनौ। रिपोर्ट आदि जुन आउँछन्, त्यसलाई बाबाले नै जान्नु हुन्छ फलानो विकारमा गिर्यो, यो भयो...। नाम त बताउन सक्नुहुन्न। नाम बताउनु भयो भने फेरि उससँग कसैले कुरा गर्न पनि रुचाउने छैनन्। सबैले घृणाको दृष्टिले हेर्नेछन्, दिलबाट उत्रिन्छ। गरेको सारा कमाइ चट हुन्छ। यो त जसले धक्का खान्छ, उसले जान्दछ वा बाबाले जान्नु हुन्छ। यी धेरै गुप्त कुरा हुन्।

तिमीले भन्छौ फलानो मिल्यो, उसलाई धेरै राम्ररी सम्झाएँ, उसले सेवामा मदत गर्न सक्छ। तर जब ऊ पनि बाबाको सम्मुख हुन्छ अनि मात्र। सम्झ, प्रदेश प्रमुखलाई तिमीले राम्रोसँग सम्झायौ तर उसले अरूलाई कहाँ सम्झाउन सक्छ। कसैलाई सम्झायो भने मान्ने छैनन्। जसको बुझ्ने पार्ट होला, उसले नै बुझ्छ। अरूलाई कहाँ बुझाउन सक्छ। तिमी बच्चाहरूले सम्झाउँछौ यो त काँडाको जङ्गल हो, यसलाई हामीले मङ्गल बनाउँछौं। मङ्गलम् भगवान विष्णु भन्छन् नि। यी श्लोक आदि सबै भक्तिमार्गका हुन्। मङ्गल तब हुन्छ जब विष्णुको राज्य हुन्छ। विष्णु अवतरण पनि देखाउँछन्। बाबाले सबै कुरा देखेका छन्। अनुभवी छन् नि। सबै धर्मावलम्बीलाई राम्रोसँग चिनेका छन्। बाबा जसको तनमा आउनु हुन्छ, उनको व्यक्तित्व पनि चाहिन्छ नि। तब भन्नुहुन्छ धेरै जन्मको अन्त्यमा, जबकि यिनी धेरै अनुभवी हुन्छन्, तब म यिनमा प्रवेश गर्छु। त्यो पनि साधारण, व्यक्तित्वको मतलब कोही राजा, महाराजा होस् यस्तो होइन। यिनलाई त धेरै अनुभव छ। यिनको रथमा आउँछु, धेरै जन्मको अन्त्यमा। तिमीले सम्झाउनु पर्छ यो राजधानी स्थापना भइरहेको छ। माला बन्छ। यो राजधानी कसरी स्थापना हुन्छ, कोही राजा-रानी कोही के बन्छन्। यी सबै कुरा एकै दिनमा त कसैले बुझ्न सक्दैन। बेहदका बाबाले नै बेहदको वर्सा दिनुहुन्छ। भगवान आएर सम्झाउनु हुन्छ, फेरि पनि मुस्किलले थोरै मात्र पवित्र बन्छन्। यो बुझ्न पनि समय लाग्छ। कति सजाय खान्छन्। सजाय खाएर पनि प्रजा बन्छन्। बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! तिमी अति मीठो पनि बन्नु छ। कसैलाई दु:ख दिनु हुँदैन। बाबा आउनु हुन्छ नै सबैलाई सुखको बाटो बताउन, दु:खबाट छुटाउन। त्यसैले फेरि स्वयंले नै कसैलाई दु:ख कसरी दिन सक्छौ? यी सबै कुरा तिमी बच्चाहरूले नै जानेका छौ। अरूले मुस्किलले बुझ्छन्।

जति पनि सम्बन्धी आदि छन्, ती सबैबाट ममत्व तोडिदिनु छ। घरमा बस्नु छ तर निमित्त भएर मात्र । यो त बुद्धिमा छ यो सारा दुनियाँ खतम हुने छ। तर यसको ख्याल कसैलाई पनि हुँदैन। जो अनन्य बच्चाहरू छन् उनीहरूले जान्दछन्, उनीहरूले पनि अहिले सिक्ने पुरुषार्थ गरिरहन्छन्। धेरै फेल पनि हुन पुग्छन्। मायाको तुफान धेरै चल्छ। ऊ पनि धेरै बलवान छ। तर यी कुरा अरू कसैलाई कहाँ सम्झाउन सक्छौ र! तिमीहरूको पासमा आउँछन्, बुझ्न चाहन्छन् यहाँ के हुन्छ, यति रिपोर्ट आदि किन आउँछ? यिनीहरूको त सरूवा भइरहन्छ, त्यसैले एक एकलाई सम्झाउनु पर्छ। फेरि भन्नेछन् यो त धेरै राम्रो संस्था हो। राजधानीको स्थापनाका कुरा धेरै गहन र गोपनीय छन्। बेहदका बाबा बच्चाहरूलाई मिल्नुभएको छ त्यसैले कति हर्षित हुनुपर्छ। हामी विश्वको मालिक देवता बन्छौं भने हामीमा दैवी गुण पनि अवश्य हुनुपर्छ। लक्ष्य त सामुन्ने छ। यी हुन् नयाँ दुनियाँका मालिक। यो तिमीले नै जानेका छौ। हामीले पढ्छौं, बेहदका बाबा जो ज्ञानका सागर हुनुहुन्छ, उहाँले हामीलाई पढाउनु हुन्छ। अमरपुरी अथवा स्वर्गमा लैजानको लागि हामीलाई यो ज्ञान मिल्छ। आउँछन् उनीहरू नै जसले कल्प कल्प राज्य लिएका छन्। कल्प पहिला जस्तै हामीले आफ्नो राजधानी स्थापना गरिरहेका छौं। यो माला बनिरहेको छ, नम्बरवार। जसरी स्कुलमा पनि जसले राम्रोसँग पढ्छ उसलाई छात्रवृत्ति मिल्छ नि। त्यो भयो हदको कुरा, तिमीलाई मिल्छ बेहदको कुरा। तिमीहरू जो बाबाको मदतगार बन्छौ, उनैले नै उच्च पद पाउँछौ। वास्तवमा मदत त आफूलाई नै गर्नु छ। पवित्र बन्नु छ, सतोप्रधान थियौ फेरि अवश्य बन्नु छ। बाबालाई याद गर्नु छ। उठ्दा, बस्दा, हिँड्दा बाबालाई याद गर्न सक्छौ। जुन बाबाले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ, उहाँलाई धेरै रुचिले याद गर्नु छ। तर मायाले छोड्दैन। अनेक प्रकारका, किसिम किसिमका रिपोर्टहरू लेख्छन् बाबा, हामीलाई मायाका विकल्प धेरै आउँछन्। बाबा भन्नुहुन्छ युद्धको मैदान हो नि। ५ विकारमाथि विजय पाउनु छ। तिमीले पनि जान्दछौ बाबालाई याद गर्नाले हामी सतोप्रधान बन्छौं। बाबा आएर सम्झाउनु हुन्छ, भक्तहरू कसैले पनि जान्दैनन्। यो त पढाइ हो। बाबा भन्नुहुन्छ तिमी पावन कसरी बन्छौ! तिमी पावन थियौ, फेरि बन्नु छ। देवता पावन थिए नि। बच्चाहरूले जानेका छौ हामी विद्यार्थीहरूले पढिरहेका छौँ। भविष्यमा फेरि सूर्यवंशी राज्यमा आउँछौं। त्यसको लागि पुरुषार्थ पनि राम्रोसँग गर्नु छ। सारा कुरा प्राप्ताङ्कमा आधारित छ। युद्धको मैदानमा फेल भएमा चन्द्रवंशीमा जान्छन्। उनीहरूले फेरि युद्धको नाम सुनेर तीर कमान आदि देखाएका छन्। तीर कमान आदि चलाउन के त्यहाँ बाहुबलको लडाइँ थियो र! यस्तो कुनै कुरा होइन। पहिला वाणको लडाइँ चल्थ्यो। आजसम्म पनि त्यसका निसानीहरू छन्। कोही कोही बाण चलाउन बडो होसियार हुन्छन्। तर यस ज्ञानमा लडाइँ आदिको कुनै कुरा छैन।

तिमीलाई थाहा छ शिवबाबा नै ज्ञानका सागर हुनुहुन्छ, जसबाट हामीले यो पद पाउँछौँ। अब बाबा भन्नुहुन्छ देह सहित देहका सबै सम्बन्धहरूबाट ममत्व तोड्नु छ। यो सबै पुरानो हो। नयाँ दुनियाँ स्वर्णिम भारतखण्ड थियो। नाम कति प्रख्यात थियो। प्राचीन योग कहिले र कसले सिकायो? बाबा स्वयं आएर नसम्झाएसम्म यो कसैलाई थाहा हुँदैन। यो हो नयाँ चीज। कल्प कल्प जे हुँदै आएको छ त्यही फेरि दोहोरिन्छ। त्यसमा फरक पर्न सक्दैन। बाबा भन्नुहुन्छ अब यो अन्तिम जन्म पवित्र रह्यौ भने फेरि २१ जन्म तिमीलाई कहिल्यै अपवित्र बन्नु पर्दैन। बाबाले कति राम्रोसँग सम्झाउनु हुन्छ, फेरि पनि सबैले एकनास कहाँ पढ्छन् र! रातदिनको फरक छ। आउँछन् पढ्नको लागि, फेरि अलिकति पढेर गुम हुन्छन्। जसले राम्रोसँग पढ्छन् उनीहरूले आफ्नो अनुभव पनि सुनाउँछन् कसरी हामी आयौँ, फेरि कसरी हामीले पवित्रताको प्रतिज्ञा गर्यौँ। बाबा भन्नुहुन्छ पवित्रताको प्रतिज्ञा गरेर फेरि एकचोटि मात्र पनि पतित बन्यौ भने गरेको कमाइ चट हुन्छ। फेरि त्यसले भित्र भित्र खाइरहन्छ। कसैलाई पनि बाबालाई याद गर्नुहोस् भन्न सक्ने छैनौ। मुख्य कुरा त विकारको लागि नै सोध्छन्। यो पढाइ तिमी बच्चाहरूले नियमित पढ्नु छ। बाबा भन्नुहुन्छ मैले तिमीलाई नयाँ नयाँ कुरा सुनाउँछु। तिमी हौ विद्यार्थी, तिमीलाई भगवानले पढाउनु हुन्छ! तिमी भगवानका विद्यार्थी हौ। यस्तो उच्च भन्दा उच्च पढाइलाई त एकदिन पनि मिस गर्नु हुँदैन। एकदिन मात्र पनि मुरली सुनेनौ भने फेरि गयल हुन्छौ। राम्रो राम्रो महारथीहरूले पनि मुरली मिस गर्छन्। उनीहरूले सम्झन्छन् हामीले त सबै कुरा जानेका छौँ, मुरली पढेनौँ भने के भयो! अरे! गयल हुनेछौ, फेल हुन्छौ। बाबा स्वयं भन्नुहुन्छ यस्ता राम्रो राम्रो प्वइन्टहरू सुनाउँछु, जुन समयमा सम्झाउन धेरै काम आउँछ। सुनेनौ भने फेरि कसरी काममा ल्याउँछौ। बाँचिन्जेलसम्म अमृत पिउनु छ, शिक्षा धारण गर्नु छ। गयल त कहिल्यै पनि हुनु छैन। यताउताबाट खोजेर, कसैसँग लिएर भए पनि मुरली पढ्नु पर्छ। आफ्नो घमण्ड हुनु हुँदैन। अरे! भगवान बाबाले पढाउनु हुन्छ, त्यसमा त एकदिन पनि मिस हुनु हुँदैन। यस्तायस्ता प्वइन्टहरू निस्किन्छन् जसले गर्दा तिम्रो वा कसैको पनि कपाट खुल्न सक्छ। आत्मा के हो? परमात्मा के हुनुहुन्छ? कसरी पार्ट चल्छ? यसलाई बुझ्न समय लाग्छ। पछि गएर केवल यो नै याद रहन्छ आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। तर अहिले सम्झाउनु पर्छ। अन्तिमको यही नै अवस्था हो, बाबालाई याद गर्दागर्दै जानु छ। यादद्वारा नै तिमी पवित्र बन्छौ। कति बनेका छौ त्यो त तिमीले बुझ्न सक्छौ। अपवित्रलाई अवश्य थोरै बल मिल्छ। मुख्य ८ रत्न नै छन् जो सम्मान सहित पास हुन्छन्। उनीहरूले केही पनि सजाय खाँदैनन्। यी धेरै महीन कुरा हुन्। कति उच्च पढाइ छ। हामी देवता बन्न सक्छौं भन्ने कुरा स्वप्नमा पनि थिएन। बाबालाई याद गर्यौ भने नै तिमी पदमापदम भाग्यशाली बन्छौ। यसको अगाडि त त्यो धन्दा आदि कुनै कामको छैन। कुनै पनि चीज काम आउने छैन। फेरि पनि गर्नु त छ नै। हामीले शिवबाबालाई दिन्छौँ भन्ने ख्याल कहिल्यै पनि आउनु हुँदैन। अरे, तिमी त पदमापदमपति बन्छौ। दिने ख्याल आयो भने तागत घट्छ। मानिसहरूले ईश्वर अर्थ दानपुण्य गर्छन्, लिनको लागि। त्यो दिनु कहाँ भयो र! भगवान त दाता हुनुहुन्छ नि। अर्को जन्ममा कति दिनुहुन्छ। यो पनि ड्रामामा निश्चित छ। भक्तिमार्गमा छ अल्पकालको सुख, तिमीले बेहदका बाबासँग बेहद सुखको वर्सा पाउँछौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाँचिञ्जेलसम्म अमृत पिउनु छ, शिक्षालाई धारण गर्नु छ। भगवानले पढाउनु हुन्छ, त्यसैले एक दिन पनि मुरली मिस गर्नु हुँदैन।

२) पदमको कमाइ जम्मा गर्नको लागि निमित्त मात्र घरमा रहेर कामकाज गर्दा पनि एक बाबाको यादमा रहनु छ।

वरदान:
प्रसन्नताको रुहानी व्यक्तित्वद्वारा सबैलाई अधिकारी बनाउने गायन र पूजन योग्य भव

जसले सबैबाट सन्तुष्टताको सर्टीफिकेट लिन्छ, ऊ सदा प्रसन्न रहन सक्छ र यही प्रसन्नताको रुहानी व्यक्तित्वको कारण प्रसिद्ध अर्थात् गायन र पूजन योग्य बन्छ। तिमी शुभचिन्तक, प्रसन्नचित्त रहने आत्माहरूद्वारा जुन सबैलाई खुसीको, सहाराको, हिम्मतको पङ्खको उमङ्ग-उत्साह प्राप्त हुन्छ यी प्राप्तिहरूले कसैलाई अधिकारी बनाइदिन्छ, कोही भक्त बन्न पुग्छन्।

स्लोगन:
बाबाद्वारा वरदान प्राप्त गर्ने सहज साधन हो दिलको स्नेह।