03.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– अब तिमी
नयाँ सम्बन्धमा गइरहेका छौ , त्यसैले यहाँका कर्मबन्धनी सम्बन्धहरूलाई भुलेर
कर्मातीत बन्ने पुरुषार्थ गर।”
प्रश्न:–
बाबाले कुन
बच्चाहरूलाई वाह वाह भन्नुहुन्छ? सबैभन्दा धेरै प्यार कसलाई दिनुहुन्छ?
उत्तर:–
बाबाले गरिब
बच्चाहरूलाई वाहवाह भन्नुहुन्छ, वाह गरिबी वाह! आरामले दुई रोटी खानुछ, लालच
गर्नुछैन। गरिब बच्चाहरूले बाबालाई प्यारले याद गर्छन्। बाबा नपढेका बच्चाहरूलाई
देखेर खुसी हुनुहुन्छ किनकि उनीहरूलाई पढेको भुल्ने मेहनत गर्नुपर्दैन।
ओम् शान्ति ।
अब बाबाले
बच्चाहरूप्रति दिनहुँ आफूलाई आत्मा सम्झ भन्ने आवश्यकता हुँदैन। आत्म अभिमानी भव
अथवा देहीअभिमानी भव... शब्द त तिनै हुन् नि। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ।
आत्मामा नै ८४ जन्मको पार्ट भरिएको छ। एक शरीर लियो, पार्ट खेल्यो फेरि शरीर खलास
हुन्छ। आत्मा त अविनाशी छ। तिमी बच्चाहरूलाई यो ज्ञान अहिले नै मिल्छ, अरू कसैलाई
यी कुरा थाहा छैन। अब बाबा भन्नुहुन्छ– कोसिस गरेर जति हुन सक्छ बाबालाई याद गर।
धन्दा आदिमा लाग्नाले त त्यति याद टिक्दैन। गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान
पवित्र बन्नुछ। फेरि जति हुन सक्छ मलाई याद गर। यस्तो होइन हामी नेष्ठामा बस्नुछ।
नेष्ठा शब्द पनि गलत हो। वास्तवमा हो नै याद। जहाँसुकै बसेका भए पनि बाबालाई याद गर।
मायाका तुफान त धेरै आउनेछन्। कसैलाई के याद आउँछ, कसैलाई के। तुफान आउँछन् अवश्य,
फेरि त्यस समयमा त्यसलाई मेटाउनुपर्छ नआऊन् भनेर। यहाँ बस्दाबस्दै पनि मायाले धेरै
हैरान पारिरहन्छ। यही त युद्ध हो। जति हल्का हुन्छौ त्यति बन्धन कम हुन्छन्। पहिला
त आत्मा निर्बन्धन हुन्छ, जब जन्म लिन्छ तब माता-पितामा बुद्धि जान्छ फेरि
स्त्रीलाई एडप्ट (ग्रहण) गर्छन्, जुन चीज पहिला थिएन त्यो अगाडि आउँछ, फेरि बच्चा
पैदा हुन्छन् तब उनीहरूको याद बढ्छ। अब तिमीहरू सबैले यो भुल्नुछ, एक बाबालाई नै
याद गर्नुछ, त्यसैले नै बाबाको महिमा छ। तिम्रा माता-पिता आदि सबै कुरा उहाँ नै
हुनुहुन्छ, उहाँलाई नै याद गर। उहाँले तिमीलाई भविष्यको लागि सबै कुरा नयाँ
दिनुहुन्छ। नयाँ सम्बन्धमा ल्याउनुहुन्छ। सम्बन्ध त त्यहाँ पनि हुन्छ नि। यस्तो त
होइन– कुनै प्रलय हुन्छ। तिमीले एक शरीर छोडेर फेरि अर्को लिन्छौ। जुन धेरै राम्रा
राम्रा बच्चाहरू छन् उनीहरूले अवश्य उच्च कुलमा जन्म लिन्छन्। तिमीले पढ्छौ नै
भविष्य २१ जन्मको लागि। पढाइ पूरा भएपछि प्रारब्ध सुरुहुन्छ। स्कुलमा पढेर
ट्रान्सफर (स्थानान्तरण) हुन्छन् नि। तिमी पनि ट्रान्सफर हुनेवाला छौ– शान्तिधाम
फेरि सुखधाममा। यो फोहोरी दुनियाँबाट छुट्नेछौ। यसको नाम नै हो नर्क। सत्ययुगलाई
भनिन्छ स्वर्ग। यहाँ मानिसहरू कति घोर अन्धकारमा छन्। जो धनवान छन् उनीहरूले
सम्झन्छन्– हाम्रो लागि यहाँ नै स्वर्ग छ। स्वर्ग हुन्छ नै नयाँ दुनियाँमा। यो
पुरानो दुनियाँ त विनाश हुनुछ। जो कर्मातीत अवस्थाका हुन्छन् उनीहरूले कुनै धर्मराज
पुरीमा सजाय कहाँ भोग्छन् र! स्वर्गमा त सजाय नै हुँदैन। त्यहाँ गर्भ पनि महल हुन्छ।
कुनै दु:खको कुरा हुँदैन। यहाँ त गर्भ जेल हुन्छ, जसमा सजाय खाइरहन्छन्। तिमी कति
पटक स्वर्गवासी बन्छौ– यो याद गर्यौ भने पनि सारा चक्र याद हुन्छ। एउटै कुरा लाखौँ
रुपियाँको छ। यो भुल्नाले, देह अभिमानमा आउनाले मायाले नोक्सान पार्छ। यसमा मेहनत
छ। मेहनत बिना उच्च पद पाउन सक्दैनौ। बाबालाई भन्छन्– बाबा हामी अनपढ छौँ, केही
जान्दैनौँ। बाबा त खुसी हुनुहुन्छ किनकि यहाँ त पढेको सबै भुल्नुछ। यहाँ त केही
समयको लागि शरीर निर्वाह आदिको लागि पढ्नुछ। थाहा छ नि– यो सबै खलास हुनेवाला छ। जति
हुन सक्छ बाबालाई याद गर्नुछ र रोटी टुक्रा खुसीले खानुछ। वाह गरिबी यस समयको!
आरामले रोटी टुक्रा खानुछ। लालच गर्नुछैन। आजकाल अन्न कहाँ मिल्छ र! चिनी आदि पनि
बिस्तारै बिस्तारै मिल्दैन। यस्तो होइन, तिमीले ईश्वरीय सर्भिस गर्छौ त्यसैले
तिमीलाई सरकारले दिन्छ। उनीहरूले त केही पनि जान्दैनन्। हो, बच्चाहरूलाई भनिन्छ–
सरकारलाई सम्झाऊ– हामी सबै मिलेर माता-पिताको पासमा जान्छौँ, उहाँले बच्चाहरूको लागि
टोली पठाउनुपर्ने हुन्छ। यहाँ त साफ भनिदिन्छन् छँदैछैन। लाचारीले कहाँ दिन्छन्।
जस्तै कोही धनवान छ भने फकिरहरूलाई मुठी भरेर दिन्छ। गरिब छ भने धेरथोर दिन्छ। चिनी
आदि आउन सक्छ तर बच्चाहरूको योग कम हुन्छ। याद नरहनाले, देह अभिमानमा आउनाले कुनै
काम हुन सक्दैन। यो काम पढाइले त्यति हुँदैन जति योगले हुन्छ। त्यो धेरै कम छ।
मायाले यादलाई उडाइदिन्छ। पहलमानलाई झन् राम्रोसँग समात्छ। राम्रा राम्रा फस्टक्लास
बच्चाहरूमाथि पनि ग्रहचारी बस्छ। ग्रहचारी बस्नुको मुख्य कारण योगको कमी हो।
ग्रहचारीको कारणले नै नाम-रूपमा फसेर मर्छन्। यो ठुलो लक्ष्य हो। यदि सच्चा लक्ष्य
पाउनुछ भने यादमा रहनुपर्छ।
बाबा भन्नुहुन्छ–
ध्यानभन्दा पनि ज्ञान राम्रो। ज्ञानभन्दा याद राम्रो। धेरै ध्यानमा जाँदा मायाका
भूतहरूको प्रवेशता हुन्छ। यस्ता धेरै छन् जो फालतु ध्यानमा जान्छन्। के के भन्छन्,
उनीहरूमाथि विश्वास गर्नुहुँदैन। ज्ञान त बाबाको मुरलीमा मिलिरहन्छ। बाबा खबरदार
गरिराख्नुहुन्छ। ध्यान कुनै कामको छैन। धेरै मायाको प्रवेशता हुन्छ। अहङ्कार आउँछ।
ज्ञान त सबैलाई मिलिरहन्छ। ज्ञान दिनेवाला शिवबाबा हुनुहुन्छ। मम्मालाई पनि यहाँबाट
ज्ञान मिल्थ्यो नि। उनलाई पनि भनिन्छ– मनमनाभव। बाबालाई याद गर, दैवीगुण धारण गर।
आफूलाई हेर्नुछ– मैले दैवीगुण धारण गरेको छु? यहाँ नै दैवीगुण धारण गर्नुछ। कसैलाई
हेर, अहिले फस्टक्लास अवस्था छ, खुसीले काम गर्छन्, घण्टापछि क्रोधको भूत आयो, खतम।
फेरि स्मृति आउँछ, यो त हामीले भुल गर्यौँ। फेरि सुध्रिन्छन्। घडी घडीका घडियाल–
बाबाको पासमा धेरै छन्, अहिले हेर कति मीठा छन्, बाबा भन्नुहुन्छ यस्ता बच्चाहरूमाथि
त कुर्बान जाऊँ। घण्टापछि फेरि कुनै न कुनै कुरामा रिसाइहाल्छन्। क्रोध आयो, सारा
कमाइ खतम भयो। भर्खरैको भर्खर कमाइ, भर्खरैको भर्खर घाटा हुन्छ। सारा यादमा नै
आधारित छ। ज्ञान त धेरै सहज छ। सानो बच्चाले पनि सम्झाउन सक्छ। तर म जो हुँ, जस्तो
छु, यथार्थ रीतिले जान्नुछ। आफूलाई आत्मा सम्झनुछ, यस रीतिले साना बच्चाहरूले कहाँ
याद गर्न सक्छन् र! मानिसहरूलाई मर्ने बेलामा भनिन्छ– भगवानलाई याद गर्नुहोस्। तर
याद गर्न सक्दैनन् किनकि यथार्थ कसैले पनि जान्दैनन्। कोही पनि फर्केर जान सक्दैनन्।
न विकर्म विनाश हुन्छन्। परम्परादेखि ऋषिमुनि आदि सबैले भन्दै आए– रचयिता र रचनालाई
हामीले जान्दैनौँ। उनीहरू त फेरि पनि सतोगुणी थिए। आजका तमोप्रधान बुद्धिले फेरि
कसरी जान्न सक्छन्! बाबा भन्नुहुन्छ– यी लक्ष्मी-नारायणले पनि जान्दैनन्।
राजा-रानीले नै जान्दैनन् भने फेरि प्रजाले कसरी जान्दछन्! कसैले पनि जान्दैनन्।
अहिले केवल तिमी बच्चाहरूले नै जान्दछौ। तिमीहरूमध्ये कोही यस्ता पनि छन् जसले
यथार्थ रीतिले जान्दछन्, भन्छन्– बाबा घरी घरी भुल्छौँ। बाबा भन्नुहुन्छ– जहाँसुकै
जाऊ केवल बाबालाई याद गर। धेरै ठुलो कमाइ हुन्छ। तिमी २१ जन्मको लागि निरोगी बन्छौ।
यस्ता बाबालाई अन्तर्मुखी भएर याद गर्नुपर्छ नि। तर मायाले भुलाएर तुफानमा
ल्याइदिन्छ, यसमा अन्तर्मुख भएर विचार सागर मन्थन गर्नुछ। विचार सागर मन्थन गर्ने
कुरा पनि अहिलेको हो। यो हो पुरुषोत्तम बन्ने सङ्गमयुग। यो पनि आश्चर्य छ, तिमी
बच्चाहरूले देखेका छौ– एउटै घरमा तिमीले भन्छौ– हामी सङ्गमयुगी हौँ र हाफ पार्टनर
वा बच्चा आदि कलियुगी छन्। कति फरक छ! बाबाले धेरै महिन कुरा सम्झाउनुहुन्छ। घरमा
रहँदा पनि बुद्धिमा हुन्छ– हामीले फूल बन्नको लागि पुरुषार्थ गरिरहेका छौँ। यी
अनुभवका कुरा हुन्। यथार्थमा मेहनत गर्नुछ। यादमै मेहनत हुन्छ। एउटै घरमा एक हंस त
अर्को बकुल्लो। फेरि कोही बडो फस्टक्लास हुन्छन्। कहिल्यै विकारको ख्याल पनि आउँदैन।
साथमा रहेर पनि पवित्र रहन्छन्, हिम्मत देखाउँछन् तब उनीहरूलाई कति उच्च पद मिल्छ!
यस्ता पनि बच्चाहरू छन् नि। कतिले त हेर विकारको लागि कति मारपिट झगडा गर्छन्,
अवस्था त्यो हुनुपर्छ जसबाट सङ्कल्पमा पनि कहिल्यै अपवित्र बन्ने ख्याल नआओस्। बाबा
हरेक प्रकारले राय दिइरहनुहुन्छ। तिमीलाई थाहा छ– श्री श्रीको मतले हामी श्री
लक्ष्मी, श्री नारायण बन्छौँ। श्री मतलब नै श्रेष्ठ। सत्ययुगमा हुन्छन् नम्बरवन
श्रेष्ठ। त्रेतामा दुई डिग्री कम हुन्छन्। यो ज्ञान तिमी बच्चाहरूलाई अहिले मिल्छ।
यस ईश्वरीय सभाको
काइदा हो– जसले ज्ञान रत्नहरूको कदर गर्छन्, कहिल्यै हाइ आदि गर्दैनन् उनीहरू अगाडि
अगाडि बस्नुपर्छ। कुनै कुनै बच्चाहरू बाबाको अगाडि बसेर पनि झुल्छन्, हाइ
काढिरहन्छन्। उनीहरू फेरि पछाडि गएर बस्नुपर्छ। यो बच्चाहरूको ईश्वरीय सभा हो। तर
कति ब्राह्मणीहरूले यस्ता यस्तालाई पनि ल्याउँछन्, हुन त बाबाबाट धन मिल्छ, एक एक
महावाक्य लाखौँ रुपियाँका छन्। तिमीलाई थाहा छ– ज्ञान मिल्छ नै सङ्गममा। तिमीले
भन्छौ– बाबा हामी फेरि आएका छौँ बेहदको वर्सा लिन। मीठा-प्यारा बच्चाहरूलाई बाबा
बारम्बार सम्झाउनुहुन्छ– यो फोहोरी दुनियाँ हो, तिम्रो हो बेहदको वैराग्य। बाबा
भन्नुहुन्छ– यस दुनियाँमा तिमीले जे देख्छौ त्यो भोलि हुँदैन। मन्दिर आदिको नाम
निसान नै रहँदैन। त्यहाँ स्वर्गमा उनीहरूलाई पुरानो चीज हेर्ने आवश्यकता हुँदैन। यहाँ
त पुराना चीजको कति मूल्य छ! वास्तवमा एक बाबा बाहेक अरू कुनै चीजको मूल्य छैन। बाबा
भन्नुहुन्छ– म आइन भने तिमीले राज्य कसरी लिन्छौ! जसलाई थाहा छ उनीहरूले नै आएर
बाबाबाट वर्सा लिन्छन्, त्यसैले करोडौँमा कोही भनिन्छ। कुनै पनि कुरामा संशय
आउनुहुँदैन। भोग आदिको पनि रसमरिवाज छ। यससँग ज्ञान र यादको कुनै कनेक्सन छैन। अरू
कुनै कुरासँग तिम्रो सम्बन्ध छैन। केवल दुई कुरा छन् अल्फ र बे, बादसाही। अल्फ
भगवानलाई भनिन्छ। औँलाले पनि यस्तो इसारा गर्छन् नि। आत्माले इसारा गर्छ नि।
बाबा भन्नुहुन्छ–
भक्तिमार्गमा तिमीले मलाई या द गर्छौ। तिमीहरू सबै मेरा आशिक हौ। यो पनि थाहा छ–
बाबा कल्पकल्प आएर सबै मनुष्य मात्रलाई दु:खबाट छुटाएर शान्ति र सुख दिनुहुन्छ।
बाबाले भन्नुभएको थियो– केवल यो बोर्ड लेखिदेऊ, बेहदका बाबाले विश्वमा शान्ति कसरी
स्थापना गरिरहनुभएको छ, त्यो आएर बुझ्नुहोस्। एक सेकेन्डमा विश्वको मालिक २१ जन्मको
लागि बन्नुछ भने आएर बुझ्नुहोस्। घरमा बोर्ड लगाइदेऊ, तीन पाउ पृथ्वीमा तिमीले
सबैभन्दा ठुलो हस्पिटल, युनिभर्सिटी खोल्न सक्छौ। यादले २१ जन्मको लागि निरोगी र
पढाइले स्वर्गको बादसाही मिल्छ। प्रजाले पनि भन्छन् हामी स्वर्गका मालिक हौँ। आज
मानिसहरूलाई लाज आउँछ किनकि नर्कवासी छन्। आफै भन्छन्– हाम्रो बुबा स्वर्गवासी
हुनुभयो, त्यसोभए नर्कवासी हौ नि। जब मर्छन् तब स्वर्गमा जान्छन्। कति सहज कुरा छ!
राम्रो काम गर्नेको लागि खास भन्छन्– ऊ धेरै महादानी थियो। ऊ स्वर्ग गयो। तर कोही
पनि जाँदैन। नाटक पूरा भएपछि सबै स्टेजमा आएर उभिन्छन्। यो लडाइँ पनि तब लाग्छ जब
सबै कलाकारहरू यहाँ आउँछन् फेरि फर्किन्छन्। शिवको बरियाँत भनिन्छ नि। शिवबाबासँग
सबै आत्माहरू जान्छन्। मूल कुरा अहिले ८४ जन्म पूरा भए। अब यो जुत्ता छोड्नुछ। जसरी
सर्पले पुरानो काँचुली छोडेर नयाँ लिन्छ। तिमीले सत्ययुगमा नयाँ काँचुली लिन्छौ।
श्रीकृष्ण कति सुन्दर छन्, उनमा कति आकर्षण छ! फस्टक्लास शरीर हुन्छ। त्यस्तै शरीर
हामीले पनि लिन्छौँ। भन्छन् नि– हामी त नारायण बन्छौँ। यो त सडेको फोहोरी शरीर हो।
यसलाई छोडेर हामी जान्छौँ नयाँ दुनियाँमा। यो याद गर्दा खुसी किन हुँदैन, जबकि भन्छौ
हामी नरबाट नारायण बन्छौँ! यस सत्य नारायणको कथालाई राम्रोसँग बुझ। जे भन्छौ त्यो
गरेर देखाऊ। भनाइ, गराइ एउटै हुनुपर्छ। धन्दा आदि पनि गर। बाबा भन्नुहुन्छ– हातले
काम गर, दिल बाबाको यादमा रहोस्। जति जति धारणा गर्छौ त्यति ज्ञानको मूल्य हुँदै
जान्छ, ज्ञानको धारणाले तिमी कति धनवान बन्छौ! यो हो रुहानी नलेज। तिमी आत्मा हौ,
आत्माले नै शरीरद्वारा बोल्छ। आत्माले नै ज्ञान दिन्छ। आत्माले नै धारण गर्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यो पुरानो दुनियाँका पुराना चीजहरूलाई देखेर पनि हेर्नुछैन। नरबाट नारायण बन्नको
लागि भनाइ, गराइ समान बनाउनुछ।
२) अविनाशी ज्ञान
रत्नहरूको कदर राख्नुछ, यो धेरै ठुलो कमाइ हो, यसमा हाइ, उँङ्नुछैन। नाम-रूपको
ग्रहचारीबाट बच्नको लागि यादमा रहने पुरुषार्थ गर्नुछ।
वरदान:–
बाबाको
छत्रछायामुनि नाजुक परिस्थितिहरूमा पनि कमल पुष्पसमान न्यारा र प्यारा भव
सङ्गमयुगमा बाबा
सेवाधारी बनेर आउनुहुन्छ, छत्रछायाको रूपमा बच्चाहरूको सदैव सेवा गर्नुहुन्छ। याद
गर्ने बित्तिकै सेकेन्डमा साथको अनुभव हुन्छ। यो यादको छत्रछायाले जस्तासुकै नाजुक
परिस्थितिहरूमा पनि कमल पुष्पसमान न्यारा र प्यारा बनाइदिन्छ। मेहनत लाग्दैन।
बाबालाई अगाडि ल्याउनाले, स्वस्थितिमा स्थित हुनाले जस्तोसुकै परिस्थिति पनि
परिवर्तन हुन्छ।
स्लोगन:–
कुराहरूको
पर्दा बीचमा आउन दिएनौ भने बाबाको साथको अनुभव भइरहन्छ।