03.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो
बेहदको नाटकमा तिमी अनौठा पात्र हौ , यो अनादि नाटक हो , यसमा केही पनि परिवर्तन
हुन सक्दैन”
प्रश्न:–
बुद्धिमान,
दूरदर्शी बच्चाहरूले नै कुन गुह्य रहस्यलाई बुझ्न सक्छन्?
उत्तर:–
मूलवतनदेखि
लिएर सारा ड्रामाको आदि-मध्य-अन्त्यको जुन गुह्य रहस्य छ, त्यो दूरदर्शी बच्चाहरूले
नै बुझ्न सक्छन्, बीज र वृक्षको सारा ज्ञान उनीहरूको बुद्धिमा हुन्छ। उनीहरूलाई थाहा
छ– यो बेहदको नाटकमा आत्मारूपी पात्रले जुन यो चोला धारण गरेर पार्ट खेलिरहेको छ,
उसले सत्ययुगदेखि लिएर कलियुगसम्म पार्ट खेल्नुछ। कुनै पनि पात्र बीचमा फर्केर जान
सक्दैन।
गीत:–
तूने रात
गँवाई...
ओम् शान्ति ।
यो गीत
बच्चाहरूले सुन्यौ। अब यसमा कुनै शब्द सही पनि छन् भने कुनै गलत पनि छन्। सुखमा त
स्मरण गरिँदैन। दु:ख पनि अवश्य आउनुछ। दु:ख भएपछि त सुख दिनका लागि बाबा आउनुपर्छ।
मीठा-प्यारा बच्चाहरूलाई थाहा छ, अहिले हामीले सुखधामको लागि पढिरहेका छौँ।
शान्तिधाम र सुखधाम। पहिला मुक्ति, फेरि हुन्छ जीवनमुक्ति। शान्तिधाम घर हो, त्यहाँ
कुनै पार्ट खेलिँदैन। पात्रहरू घरमा जान्छन्, त्यहाँ कुनै पार्ट खेल्दैनन्। पार्ट
स्टेजमा खेलिन्छ। यो पनि स्टेज हो। जसरी हदको नाटक हुन्छ, त्यसरी नै यो बेहदको नाटक
हो। यसको आदि-मध्य-अन्त्यको रहस्य बाबाबाहेक अरू कसैले बुझाउन सक्दैन। वास्तवमा यो
यात्रा अथवा युद्ध शब्द केवल सम्झाउनको लागि काममा ल्याइन्छ। बाँकी यसमा युद्ध आदि
केही पनि छैन। यात्रा पनि शब्द हो। बाँकी त याद हो । याद गर्दागर्दै पावन बनिन्छ।
यो यात्रा पनि यहीँ पूरा हुन्छ। कतै जानुछैन। बच्चाहरूलाई सम्झाइन्छ– पावन बनेर
आफ्नो घर जानुछ। अपवित्र त जान सक्दैनन्। आफूलाई आत्मा सम्झनुछ। म आत्मामा सारा
चक्रको पार्ट छ। अहिले त्यो पार्ट पूरा भएको छ। बाबाले धेरै सहज राय दिनुहुन्छ–
मलाई याद गर। बाँकी बसेका त यहीँ छौ। कतै जाँदैनौ। बाबा आएर भन्नुहुन्छ– मलाई याद
गर्यौ भने तिमी पावन बन्छौ। युद्ध केही पनि छैन। आफूलाई तमोप्रधानबाट सतोप्रधान
बनाउनुछ। मायामाथि विजय प्राप्त गर्नुछ।
बच्चाहरूलाई थाहा छ–
८४ को चक्र पूरा हुनुछ, भारतवर्ष सतोप्रधान थियो। त्यसमा अवश्य मानिस नै हुन्छन्।
जमिन कहाँ परिवर्तन हुन्छ र। अहिले तिमीलाई थाहा छ– हामी सतोप्रधान थियौँ, फेरि
तमोप्रधान बन्यौँ, अब फेरि सतोप्रधान बन्नुछ। मानिसहरूले पुकार्छन् पनि– आएर
हामीलाई पतितबाट पावन बनाउनुहोस्। तर उहाँ को हुनुहुन्छ, कसरी आउनुहुन्छ, केही
जान्दैनन्। अहिले बाबाले तिमीलाई समझदार बनाउनुभएको छ। तिमीले कति उच्च पद पाउँछौ।
त्यहाँका गरिब पनि यहाँका धनवानहरूभन्दा धेरै उच्च हुन्छन्। हुन त जतिसुकै ठुला ठुला
राजाहरू थिए, धन धेरै थियो तर हुन् त विकारी नै। यिनीहरूभन्दा त्यहाँका साधारण प्रजा
पनि धेरै उच्च बन्छन्। बाबाले फरक बताउनुहुन्छ। रावणको छाया पर्नाले पतित बन्छन्।
निर्विकारी देवताहरूको अगाडि गएर आफूलाई पतित भनेर उनीहरूलाई ढोग्छन्। बाबा यहाँ
आउनुहुन्छ अनि तुरुन्तै माथि चढाउनुहुन्छ। सेकेन्डको कुरा हो। अहिले बाबाले ज्ञानको
तेस्रो नेत्र दिनुभएको छ। तिमी बच्चाहरू दूरदर्शी बन्छौ। माथि मूलवतनदेखि लिएर सारा
ड्रामाको चक्र तिम्रो बुद्धिमा याद छ। जस्तै हदको ड्रामा हेरेर फेरि आएर सुनाउँछन्
नि– के के देखेँ। जे बुद्धिमा भरिएको छ, त्यो वर्णन गर्छन्। आत्मामा भरेर आउँछन्,
फेरि आएर डेलिभरी गर्छन् (अरूलाई सुनाउँछन्)। यी फेरि हुन् बेहदका कुरा। तिमी
बच्चाहरूको बुद्धिमा यो बेहदको ड्रामाको आदि-मध्य-अन्त्यको रहस्य रहनुपर्छ। जुन
रिपीट भइरहन्छ। त्यो हदको नाटकमा त एउटा पात्र निस्कियो भने फेरि त्यसको सट्टामा
अर्को आउन सक्छ। कोही बिरामी भयो भने उसको सट्टामा फेरि अर्को थप गरिदिन्छन्। यो त
चैतन्य ड्रामा हो, यसमा अलिकति पनि हेरफेर हुन सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ–
हामी आत्मा हौँ। यो शरीररूपी चोला हो, जुन धारण गरेर हामीले बहुरूपी पार्ट खेल्छौँ।
नाम, रूप, देश, अनुहारहरू परिवर्तन हुँदै जान्छन्। पात्रहरूलाई आफ्नो अभिनयको बारेमा
त थाहा हुन्छ नि। बाबाले त बच्चाहरूलाई यो चक्रको रहस्य सम्झाइरहनुहुन्छ।
सत्ययुगदेखि लिएर कलियुगसम्म आउँछन्, फेरि जान्छन्, फेरि आएर सुरुदेखि नयाँ पार्ट
खेल्छन्। यसको डिटेल सम्झाउनमा टाइम लाग्छ। बीजमा हुन त नलेज छ, तैपनि सम्झाउनमा
टाइम त लाग्छ नि। तिम्रो बुद्धिमा सारा बीज र वृक्षको रहस्य छ, त्यो पनि जो राम्रा
बुद्धिमान छन्, उनीहरूले नै बुझ्छन्– यसको बीज माथि छ, यसको उत्पत्ति, पालना र
संहार कसरी हुन्छ, त्यसैले त्रिमूर्ति पनि देखाइएको छ। यो व्याख्या जुन बाबाले
गर्नुहुन्छ, अरू कुनै पनि मानिसले गर्न सक्दैन। जब यहाँ आउँछन् तब थाहा हुन्छ,
त्यसैले तिमीले सबैलाई भन्छौ– यहाँ आएर बुझ्नुहोस्। कोही कोही धेरै कट्टर हुन्छन्
अनि भन्छन्– हामीलाई केही सुन्नुछैन। कसैले त फेरि सुन्छन् पनि, कसैले लिटरेचर
लिन्छन्, कसैले लिँदैनन्। तिम्रो बुद्धि अहिले कति विशाल, दूरदर्शी भएको छ।
तीनै लोकलाई तिमीले
जानेका छौ, मूलवतनलाई निराकारी दुनियाँ भनिन्छ। तर सूक्ष्मवतनको कुरा केही पनि छैन।
कनेक्सन सारा मूलवतन र स्थूलवतनसँग छ। सूक्ष्मवतन त थोरै समयको लागि हो। बाँकी
आत्माहरू सबै माथिबाट यहाँ आउँछन् पार्ट खेल्न। यो वृक्ष सबै धर्महरूको नम्बरवार छ।
यो हो मानिसहरूको वृक्ष र बिल्कुल एक्युरेट छ। केही पनि अगाडि-पछाडि हुन सक्दैन। न
आत्माहरू अरू कुनै ठाउँमा बस्न सक्छन्। आत्माहरू ब्रह्म महतत्वमा अडिन्छन्, जसरी
ताराहरू आकाशमा अडिन्छन्। यी ताराहरू त टाढाबाट साना साना देखिन्छन्। छन् त ठुला।
तर आत्मा त न सानो-ठुलो हुन्छ, न विनाश हुन्छ। तिमी गोल्डेन एजमा जान्छौ, फेरि आइरन
एजमा आउँछौ। बच्चाहरूलाई थाहा छ– हामी गोल्डेन एजमा थियौँ, अब आइरन एजमा आएका छौँ।
यहाँ कुनै भ्यालु रहेको छैन। हुन त मायाको चमक जतिसुकै होस्, तर यो हो रावणको
गोल्डेन एज, त्यो हो ईश्वरीय गोल्डेन एज।
मानिसहरूले भनिरहन्छन्–
६-७ वर्षमा यति धेरै अन्न हुन्छ, जसको कुरै नगरौँ। हेर, उनीहरूको प्लान के छ र तिमी
बच्चाहरूको प्लान के छ? बाबा भन्नुहुन्छ– मेरो प्लान हो पुरानोलाई नयाँ बनाउने।
तिम्रो एउटै प्लान छ। थाहा छ– बाबाको श्रीमतबाट हामीले आफ्नो वर्सा लिइरहेका छौँ।
बाबाले मार्ग बताउनुहुन्छ, श्रीमत दिनुहुन्छ, यादमा रहने मत दिनुहुन्छ। मत शब्द त छ
नि। संस्कृत शब्द त बाबाले बोल्नुहुन्न। बाबाले त हिन्दीमा नै सम्झाइरहनुहुन्छ।
भाषाहरू त धेरै छन् नि। दोभाषे पनि हुन्छन्, जसले सुनेर अनुवाद गरेर फेरि सुनाउँछन्।
हिन्दी र इङ्लिस त धेरैले जान्दछन्। पढ्छन्। बाँकी घरमा बस्ने माताहरूले त्यति
पढ्दैनन्। आजकाल बेलायतमा अङ्ग्रेजी सिक्छन् अनि फेरि यहाँ आउँदा पनि इङ्लिस नै
बोलिरहन्छन्। हिन्दी बोल्नै सक्दैनन्। घरमा आउँछन् अनि आमासँग इङ्लिसमा कुरा गर्न
थाल्छन्। ती बिचरीहरू अलमलिन्छन् – हामीले इङ्लिस के जान्नु। फेरि उनीहरूले
टुटेफुटेको हिन्दी सिक्नुपर्छ। सत्ययुगमा त एक राज्य, एक भाषा थियो, जुन अब फेरि
स्थापना गरिरहेका छौँ। हरेक ५ हजार वर्षपछि यो सृष्टिको चक्र कसरी घुम्छ, त्यो
बुद्धिमा रहनुपर्छ। अब एक बाबाको नै यादमा रहनुछ।
यहाँ तिमीलाई राम्रो
फुर्सद हुन्छ। बिहान स्नान आदि गरेर बाहिर घुमफिर गर्दा बडो मजा आउँछ, मनमा यही याद
रहोस्– हामी सबै नाटकका पात्रहरू हौँ। यो पनि अहिले स्मृतिमा आएको छ। बाबाले
हामीलाई ८४ को चक्रको रहस्य बताउनुभएको छ। हामी सतोप्रधान थियौँ, यो धेरै खुसीको
कुरा हो। मानिसहरू घुमफिर गर्छन्, उनीहरूको केही पनि कमाइ हुँदैन। तिमीले त धेरै
कमाइ गर्छौ। बुद्धिमा चक्र पनि याद रहोस्, फेरि बाबालाई पनि याद गरिराख। बाबाले
कमाइ गर्ने युक्तिहरू धेरै राम्रा राम्रा बताउनुहुन्छ। जुन बच्चाहरूले ज्ञानको
विचार सागर मन्थन गर्दैनन्, उनीहरूको बुद्धिमा मायाले विघ्न पार्छ। उनीहरूलाई नै
मायाले दिक्क पार्छ। मनमा यो विचार गर– हामीले यो चक्र कसरी लगायौँ। सत्ययुगमा यति
जन्म लियौँ, फेरि तल ओर्लँदै आयौँ। अब फेरि सतोप्रधान बन्नुछ। बाबाले भन्नुभएको छ–
मलाई याद गर्यौ भने सतोप्रधान बन्छौ। हिँड्दा डुल्दा बुद्धिमा याद रह्यो भने मायाको
विघ्न समाप्त हुन्छ। तिमीलाई धेरै धेरै फाइदा हुन्छ। हुन त स्त्री-पुरुष सँगै जान्छौ।
हरेकले आफ्नो लागि मेहनत गर्नुछ, आफ्नो उच्च पद पाउन। एक्लै जाँदा त धेरै नै मजा
हुन्छ। आफ्नै धुनमा भहिन्छ। अर्को साथमा भयो भने बुद्धि यताउता जान्छ। धेरै सहज छ,
बगैँचा आदि त सबैतिर छन्, इन्जिनियर छ भने उसको यही चिन्तन चलिरहन्छ– यहाँ पुल
बनाउनुछ, यो गर्नुछ। बुद्धिमा प्लान आइहाल्छ। तिमी पनि घरैमा बस, तैपनि बुद्धि
त्यतैतिर लागिरहोस्। यो बानी बसाल्यौ भने तिमीभित्र यही चिन्तन चलिरहन्छ। पढ्नु पनि
छ, धन्दा आदि पनि गर्नुछ। वृद्ध, जवान, बच्चा आदि सबै पावन बन्नुछ। आत्मालाई हक छ,
बाबासँग वर्सा लिने। बच्चाहरूलाई पनि सानैमा यो बीज पर्यो भने धेरै राम्रो।
आध्यात्मिक विद्या अरू कसैले सिकाउन सक्दैन।
तिम्रो यो जुन
आध्यात्मिक विद्या छ, यो तिमीलाई बाबाले नै आएर पढाउनुहुन्छ। ती स्कुलहरूमा मिल्छ
जिस्मानी विद्या। त्यो हो शास्त्रहरूको विद्या। यो फेरि हो रुहानी विद्या, जुन
तिमीलाई भगवानले सिकाउनुहुन्छ। यसको विषयमा कसैलाई पनि थाहा छैन। यसलाई भनिन्छ नै
स्पिरिचुअल नलेज (आध्यात्मिक ज्ञान)। जुन रुहले आएर पढाउनुहुन्छ, उहाँको अरू कुनै
नाम राख्न सकिँदैन। यो त स्वयं बाबा आएर पढाउनुहुन्छ। भगवानुवाच छ नि। भगवान एकैपटक
यस समयमा आएर सम्झाउनुहुन्छ, यसलाई रुहानी नलेज भनिन्छ। त्यो शास्त्रहरूको विद्या
अलग हो। तिमीलाई थाहा छ– नलेज एउटा हुन्छ जिस्मानी कलेज आदिको, दोस्रो हुन्छ
आध्यात्मिक शास्त्रहरूको विद्या, तेस्रो हो यो रुहानी नलेज। उनीहरू हुन त जतिसुकै
ठुला ठुला डाक्टर अफ फिलोसोफी हुन्, तर उनीहरूसँग पनि शास्त्रका कुरा छन्। तिम्रो
यो नलेज बिल्कुल अलग छ। यो स्पिरिचुअल नलेज जुन स्पिरिचुअल फादर सबै आत्माहरूका पिता
हुनुहुन्छ, उहाँले नै पढाउनुहुन्छ। उहाँको महिमा छ– शान्ति, सुखको सागर...।
श्रीकृष्णको महिमा बिल्कुल अलग छ, गुण-अवगुण मानिसमा हुन्छन्, जुन व्यवहारमा
बोलिरहन्छन्। बाबाको महिमालाई पनि यथार्थ रीतिले तिमीले जानेका छौ। उनीहरूले त केवल
सुगाले जस्तै गाउँछन्, अर्थ केही जान्दैनन्। त्यसैले बच्चाहरूलाई बाबाले आफ्नो
उन्नति कसरी गर्ने सल्लाह दिनुहुन्छ। पुरुषार्थ गरिराख्यौ भने फेरि पक्का हुँदै
जान्छ, फेरि अफिसमा काम गर्ने समयमा पनि यो स्मृति आउँछ, ईश्वरको स्मृति हुन्छ।
मायाको स्मृति त आधाकल्प चल्यो, अहिले बाबा बसेर यथार्थ रीतिले सम्झाउनुहुन्छ।
आफूलाई हेर– हामी के थियौँ, अहिले के बनेका छौँ! फेरि हामीलाई बाबाले यस्ता देवता
बनाउनुहुन्छ। यो पनि तिमी बच्चाहरूले नै नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। पहिला
सुरुमा भारतवर्ष नै थियो। भारतवर्षमा नै बाबा पनि पार्ट खेल्न आउनुहुन्छ। तिमी पनि
आदि सनातन देवी-देवता धर्मका हौ नि। तिमी पवित्र बन्नुछ, नत्र पछाडि आउँछौ, फेरि के
सुख पाउँछौ। भक्ति धेरै गरेका छैनन् भने आउँदैनन्। बुझिन्छ– यो त्यति माथि उठ्नेवाला
होइन। बुझ्न त सकिन्छ नि। धेरै मेहनत गर्छन्, फेरि पनि कोही विरलै निस्कन्छन् तर
थाक्नु हुँदैन। मेहनत त गर्नुछ। मेहनतबिना कहाँ केही मिल्छ र। प्रजा त बनिरहन्छन्।
बाबाले बच्चाहरूलाई
उन्नतिका लागि युक्ति बताउनुहुन्छ– प्यारा बच्चाहरू! आफ्नो उन्नति गर्नुछ भने बिहान
सबरै स्नान आदि गरेर एकान्तमा गएर चक्कर लगाऊ वा बस। तन्दुरुस्तीको लागि पैदल
हिँड्नु पनि राम्रो हो। बाबाको पनि याद आउँछ र ड्रामाको रहस्य पनि बुद्धिमा रहन्छ,
यसमा कति कमाइ छ। यो हो सच्चा कमाइ, त्यो कमाइ पूरा भयो, फेरि यो कमाइको चिन्तन गर।
डिफिकल्ट केही पनि छैन। बाबाले देखेका छन्, सारा जीवन कहानी लेख्छन्– आज यति बजे उठेँ,
फेरि यो गरेँ... सम्झन्छन्– पछाडिकाले पढेर सिक्नेछन्। ठुला ठुला मानिसहरूको
बायोग्राफी पढ्छन् नि। बच्चाहरूको लागि लेख्छन्, फेरि बच्चाहरू पनि घरमा यस्तै
राम्रो स्वभावका हुन्छन्। अहिले तिमी बच्चाहरू पुरुषार्थ गरेर सतोप्रधान बन्नुछ।
सतोप्रधान दुनियाँको फेरि राज्य लिनुछ। तिमीलाई थाहा छ– कल्प कल्प हामीले राज्य
लिन्छौँ र फेरि गुमाउँछौँ। तिम्रो बुद्धिमा यो सबै ज्ञान छ। यो हो नयाँ दुनियाँ, नयाँ
धर्मको लागि नयाँ नलेज, त्यसैले मीठा-प्यारा बच्चाहरूलाई फेरि पनि सम्झाउनुहुन्छ–
छिटो छिटो पुरुषार्थ गर। शरीरमाथि भरोसा कहाँ छ र। आजकाल मृत्यु धेरै इजी भएको छ।
त्यहाँ अमरलोकमा यस्तो मृत्यु कहिल्यै हुँदैन, यहाँ त कसरी बस्दाबस्दै मर्छन्।
त्यसैले आफ्नो पुरुषार्थ गरिराख। जम्मा गरिराख। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बुद्धिलाई ज्ञान चिन्तनमा व्यस्त राख्ने बानी बसाल्नुछ। जहिले पनि समय मिल्यो
भनेएकान्तमा गएर विचार सागर मन्थन गर्नुछ। बाबालाई याद गरेर सच्चा कमाइ जम्मा
गर्नुछ।
२) दूरदर्शी बनेर यो
बेहदको नाटकलाई यथार्थ रीतिले बुझ्नुछ। सबै पार्टधारीहरूको पार्टलाई साक्षी भएर
हेर्नुछ।
वरदान:–
मधुरताको
वरदानद्वारा सदैव अगाडि बढ्ने श्रेष्ठ आत्मा भव
मधुरता यस्तो विशेष
धारणा हो, जसले तितो (रुखो) धरतीलाई पनि मधुर बनाइदिन्छ। कसैलाई पनि दुई घडी मीठो
दृष्टि दियौ भने, मीठो बोली बोलिदियौ भने कुनै पनि आत्मालाई सदैवको लागि भरपुर
बनाइदिन्छौ। दुई घडीको मीठो दृष्टि वा बोलीले त्यो आत्माको सृष्टि परिवर्तन हुन्छ।
तिम्रो दुई मधुर वचन पनि सदैवको लागि उनीहरूलाई परिवर्तन गर्ने निमित्त बनिदिन्छ।
त्यसैले मधुरताको वरदान सदैव साथमा राख्नु। सदैव मीठो बनिरहनु छ र सबैलाई मीठो
बनाउनु छ।
स्लोगन:–
हरेक
परिस्थितिमा राजी रह्यौ भने राजयुक्त बन्नेछौ।