03.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीले यस ड्रामाको आदि-मध्य-अन्त्यलाई जानेका छौ , तिमीलाई बाबाद्वारा ज्ञानको तेस्रो नेत्र मिलेको छ त्यसैले तिमी हौ आस्तिक।”

प्रश्न:–
बाबाको कुन टाइटल धर्म स्थापकहरूलाई दिन सकिँदैन?

उत्तर:–
बाबा हुनुहुन्छ सद्गुरु। कुनै पनि धर्म स्थापकलाई गुरु भन्न सकिँदैन किनकि गुरु उहाँ हुनुहुन्छ जसले दुःखबाट छुटाउनुहुन्छ, सुखमा लैजाउनुहुन्छ। धर्म स्थापन गर्नेहरूको पछाडि त उनीहरूका धर्मका आत्माहरू माथिबाट तल आउँछन्, उनीहरूले कसैलाई लैजाँदैनन्। बाबा आएर सबै आत्माहरूलाई घर लैजानुहुन्छ त्यसैले उहाँ सबैका सद्गुरु हुनुहुन्छ।

गीत:–
इस पाप की दुनिया से...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीतको लाइन सुन्यौ। यो हो पापको दुनियाँ। बच्चाहरूलाई पनि थाहा छ, यो पाप आत्माहरूको दुनियाँ हो। कति नराम्रा शब्द छन्। तर मानिसहरूले यो कुरा बुझ्न सक्दैनन् कि यो साँच्चिकै पाप आत्माहरूको दुनियाँ हो। अवश्य कुनै पुण्य आत्माहरूको दुनियाँ पनि थियो, त्यसलाई भनिन्छ स्वर्ग। पाप आत्माहरूको दुनियाँलाई भनिन्छ नर्क। भारतवर्षमा नै स्वर्ग र नर्कको चर्चा धेरै हुन्छ। मानिस मरेपछि भन्छन् स्वर्गवासी भयो, यसबाट सिद्ध हुन्छ नर्कवासी थियो। पतित दुनियाँबाट पावन दुनियाँमा गयो। तर मानिसहरूलाई केही पनि थाहा छैन, जे आउँछ त्यही बोलिदिन्छन्। यथार्थ अर्थ केही पनि बुझ्दैनन्। बाबा आएर तिमी बच्चाहरूलाई सान्त्वना दिनुहुन्छ– अब अलिकति धैर्य धारण गर। तिमीहरूमाथि पापको ठुलो बोझ थपिएको छ। अब तिमीलाई पुण्य आत्मा बनाएर यस्तो दुनियाँमा लैजान्छु, जसलाई स्वर्ग भनिन्छ। त्यहाँ न कुनै पाप हुन्छ, न कुनै दुःख हुन्छ। तिमी बच्चाहरूलाई धैर्यता मिलेको छ। आज यहाँ छौँ भोलि आफ्नो शान्तिधाम, सुखधाममा जान्छौँ। जसरी बिरामी मानिस अलिकति ठिक हुँदै गयो भने डाक्टरले धैर्यता दिन्छन्–तिमी छिट्टै धेरै राम्ररी निको हुन्छौ। अब यो त हो बेहदको धैर्यता। बेहदका बाबा भन्नुहुन्छ– तिमी त धेरै दुःखी पतित भएका छौ। अब मैले तिमी बच्चाहरूलाई आस्तिक बनाउँछु। फेरि रचनाको परिचय पनि दिन्छु। ऋषिमुनी आदिले त भन्दै आएका छन्– हामीले रचयिता र रचनालाई जान्दैनौँ। अब उहाँ रचयिता र त्यो रचनालाई कसले जान्दछ। यो कुरा कहिले र कोद्वारा जान्न सकिन्छ, यो कुरा कसैलाई पनि थाहा छैन। ड्रामाको आदि-मध्य-अन्त्यलाई कसैले जान्दैनन्। बाबा भन्नुहुन्छ– म सङ्गमयुगमा आएर ड्रामा अनुसार तिमी बच्चाहरूलाई पहिला सुरुमा आस्तिक बनाउँछु फेरि तिमीलाई रचनाको आदि-मध्य-अन्त्यको रहस्य सुनाउँछु अर्थात् तिम्रो ज्ञानको तेस्रो नेत्र खोल्छु। तिमीलाई उज्यालो मिलेको छ। आँखाको ज्योति गयो भने मानिस अन्धा हुन्छन्। यस समयमा मानिसहरूको ज्ञानको तेस्रो नेत्र छैन। मानिस भएर उहाँ बाबा र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनन् भने उनीहरूलाई बुद्धिहीन भनिन्छ। गीतमा पनि छ– एक हुन्छन् अन्धाका सन्तान अन्धा। अर्का हुन्छन् आँखा देख्नेहरू। देखाउँछन्– महाभारत लडाइँ भएको थियो र एक आदि सनातन देवीदेवता धर्मको स्थापना भएको थियो। बाबा आएर आत्माहरूलाई राजयोग सिकाउनुभएको थियो– सत्ययुगी स्वराज्य दिनको लागि। आत्माहरूले भन्छन् म राजा हुँ, म वकिल हुँ। तिम्रो आत्माले अहिले जानेको छ– हामीले विश्वको स्वराज्य पाइरहेका छौँ– विश्वका रचयिता बाबाद्वारा। उहाँ केको रचयिता हुनुहुन्छ? नयाँ दुनियाँको। बाबाले नयाँ सृष्टि रच्नुहुन्छ। बाबा रचयिता पनि हुनुहुन्छ त्यसैले उहाँ बाबामा सारा ज्ञान पनि छ। सारा विश्वको इतिहास कुनै एकले पनि जान्दैनन्। कसैको ज्ञानको तेस्रो नेत्र छैन। बाबाबाहेक तेस्रो नेत्र अरू कसैले दिन सक्दैन। विश्वको इतिहास, भूगोल, मूलवतन, सूक्ष्मवतन, स्थूलवतन... यी सबै कुरा तिमीले जानेका छौ। मूलवतन हो आत्माहरूको सृष्टि। संन्यासीहरूले भन्छन् हामी ब्रह्ममा लीन हुन्छौँ वा ज्योतिमा ज्योति समाहित हुन्छ। यस्तो होइन। तिमीलाई थाहा छ ब्रह्मतत्त्वमा गएर निवास गर्छौँ। त्यो शान्तिधाम घर हो। उनीहरूले भनिदिन्छन् ब्रह्म नै भगवान हो, कति फरक छ। ब्रह्म त तत्त्व हो। जसरी आकाश तत्त्व हो, त्यसरी नै ब्रह्म पनि तत्त्व हो। जहाँ हामी आत्माहरू र परमपिता परमात्मा निवास गर्छौँ, त्यसलाई स्विट होम भनिन्छ। त्यो हो आत्माहरूको घर। बच्चाहरूलाई थाहा भएको छ, ब्रह्म महतत्त्वमा कुनै आत्माहरू लीन हुँदैनन् र आत्मा कहिल्यै विनाश हुँदैन। आत्मा अविनाशी छ। यो ड्रामा पनि अविनाशी बनिबनाउ छ। यस ड्रामामा कति कलाकारहरू छन्। अहिले हो सङ्गमयुग, यतिबेला सबै कलाकारहरू हाजिर छन्। नाटक पूरा हुन्छ अनि सबै कलाकारहरू, रचयिता आदि सबै आएर हाजिर हुन्छन्। यसै समयमा यो बेहदको ड्रामा पनि पूरा हुन्छ फेरि रिपिट हुन्छ। ती हदका नाटकहरूमा चेन्ज हुनसक्छ। ड्रामा पुरानो हुन्छ। यो बेहदको ड्रामा त अनादि अविनाशी हो। बाबाले त्रिकालदर्शी, त्रिनेत्री बनाउनुहुन्छ। देवताहरू कोही त्रिकालदर्शी हुँदैनन्। न शूद्र वर्णका आत्माहरू त्रिकालदर्शी हुन्छन्। त्रिकालदर्शी त केवल तिमी ब्राह्मण वर्णका आत्माहरू हौ। ब्राह्मण नबन्दासम्म ज्ञानको तेस्रो नेत्र मिल्न सक्दैन। तिमीले वृक्षको आदि-मध्य-अन्त्यलाई र सबै धर्महरूलाई पनि जानेका छौ। तिमी पनि मास्टर ज्ञानसागर हुन्छौ। बाबाले बच्चाहरूलाई आफूसमान बनाउनुहुन्छ नि! ज्ञानको सागर त एक बाबा मात्रै हुनुहुन्छ, जो सबै आत्माहरूका पिता हुनुहुन्छ। बाबाले सबै बच्चाहरूलाई आस्तिक बनाएर त्रिकालदर्शी बनाउनुहुन्छ।

अब तिमी बच्चाहरूले सबैलाई यो भन्नुछ– शिवबाबा आउनुभएको छ, उहाँलाई याद गर्नुहोस्। जो आस्तिक बन्छन् उनीहरूले बाबालाई राम्रोसँग प्यार गर्छन्। बाबाको पनि तिमीमाथि प्यार छ। तिमीलाई स्वर्गको वर्सा दिनुहुन्छ। गायन गरिएको छ– विनाशकाले विपरीत बुद्धि विनश्यति र विनाशकाले प्रीत बुद्धि विजयन्ते। गीतामा कुनै कुनै शब्द सत्य छन्। श्रीमद् भगवद् गीता हो सर्वोत्तम शास्त्र। आदि सनातन देवीदेवता धर्मको शास्त्र। यो पनि सम्झाइएको छ मुख्य धर्म शास्त्र छन् नै ४ र जुन धर्मका हुन्, तिनीहरू आउँछन् नै केवल आफ्नो धर्मको स्थापना गर्न। राज्य भाग्य आदिको कुरा हुँदैन। उनीहरूलाई गुरु पनि भन्न सकिँदैन। गुरुको त काम नै हो फर्काएर लैजानु। इब्राहिम, बुद्ध, क्राइस्ट आदि त आउँछन् फेरि उनीहरूको पछाडि उनीहरूको वंशावली पनि आउँछ। गुरु उहाँ नै हुनुहुन्छ जसले दुःखबाट छुटाउनुहुन्छ र सुखमा लैजाउनुहुन्छ। तिनीहरू त केवल धर्म स्थापन गर्न आउँछन्। यहाँ त धेरैलाई गुरु भनिदिन्छन्। ब्रह्मा, विष्णु, शङ्करलाई पनि गुरु भन्न सकिँदैन। एक शिवबाबा नै सबैको सद्गतिदाता हुनुहुन्छ। पुकार्छन् पनि एक रामलाई। शिवबाबालाई पनि राम भन्छन्। धेरै भाषाहरू छन्, त्यसैले नाम पनि धेरै राखिदिएका छन्। वास्तविक नाम हो शिव। उहाँलाई सोमनाथ पनि भन्छन्। उहाँ बाबाले सोमरस पिलाउनुभयो अर्थात् ज्ञान धन दिनुभयो। बाँकी पानी आदिको त कुरै छैन। तिमीलाई सम्मुख नलेजफुल (ज्ञानस्वरूप), ब्लिसफुल (आनन्दस्वरूप) बनाइरहनुभएको छ। बाबा त ज्ञानको सागर हुनुहुन्छ। तिमी बच्चाहरूलाई ज्ञान नदीहरू बनाउनुहुन्छ। सागर एक हुन्छ। एक सागरबाट अनेक नदीहरू निस्कन्छन्। अहिले तिमी छौ सङ्गममा। यस समयमा यो सारा धरती रावणको स्थान हो। केवल एक लङ्का थिएन, सारा धरतीमा रावणको राज्य छ। रामराज्यमा धेरै कम मानिस हुन्छन्। यो कुरा केवल अहिले तिम्रो बुद्धिमा छ। बाबाले सम्झाउनुभएको छ– बाबा भन्नुहुन्छ मैले ३ धर्महरूको स्थापना गर्छु– ब्राह्मण, देवता, क्षत्रिय। फेरि वैश्य, शूद्र वर्णमा अरू सबै धर्मस्थापकहरू आएर आआफ्नो धर्म स्थापन गर्छन्। अनेक धर्महरूको विनाश पनि गराउनुहुन्छ। भारतवर्षमा त्रिमूर्तिको चित्र पनि बनाउँछन्। तर त्यसमा शिवको चित्र गायब गरिदिएका छन्। शिवबाबाबाट नै सिद्ध हुन्छ– परमपिता परमात्मा शिवले ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना गराउनुहुन्छ, उहाँलाई करनकरावनहार भनिन्छ। आफै पनि कर्म गर्नुहुन्छ, तिमी बच्चाहरूलाई पनि सिकाउनुहुन्छ। कर्म-अकर्म-विकर्मको गति पनि सम्झाउनुहुन्छ। रावण राज्यमा तिमीले जुन कर्म गर्छौ त्यो विकर्म बन्छ। सत्ययुगमा जुन कर्म गर्छौ त्यो अकर्म हुन्छ। यहाँ विकर्म नै हुन्छ किनकि यो रावणको राज्य हो। सत्ययुगमा ५ विकार हुँदैहुँदैनन्। एक एक कुरा बुझ्नुपर्ने कुरा छन् र यो कुरा सेकेन्डमा सम्झाइन्छ। ओम् को अर्थ उनीहरूले त धेरै विस्तारले सम्झाउँछन्। बाबा भन्नुहुन्छ– ओम् अर्थात् अहम् आत्मा र यो मेरो शरीर। कति सहज छ। अनि तिमीले बुझेका छौ हामी सुखधाममा गइरहेका छौँ। श्रीकृष्णको मन्दिरलाई सुखधाम भन्छन्। त्यो हो पनि कृष्णपुरी। माताहरूले कृष्णपुरीमा जानको लागि धेरै मेहनत गर्छन्। तिमीले अब भक्ति गर्दैनौ। तिमीलाई ज्ञान मिलेको छ अरू कुनै मनुष्य मात्रमा यो ज्ञान छैन। म तिमीलाई पावन बनाएर जान्छु फेरि पतित कसले बनाउँछ? यो कसैले बताउन सक्दैन। सबै मेल अथवा फिमेल भक्तहरू हुन्, सीताहरू हुन्। सबैको सद्गतिदाता बाबा हुनुहुन्छ। सबै रावणको जेलमा छन्। यो हो नै दुःखधाम। बाबाले तिमीलाई सुखधामको मालिक बनाउनुहुन्छ। यस्ता बाबालाई ५ हजार वर्षपछि केवल तिमीले देख्छौ। लक्ष्मीनारायणको आत्मामा अहिले ज्ञान छ। म बचपनमा यो (कृष्ण) हुन्छु फेरि ठुलो बन्छु, यसरी नै शरीर छोड्छु। फेरि अर्को शरीर लिन्छु, अरू कसैलाई यो ज्ञान हुँदैन।

बाबा भन्नुहुन्छ– तिमी सबै पार्वतीहरू हौ, शिवबाबाले तिमीलाई अमरकथा सुनाइरहनुभएको छ– अमर बनाउनको लागि, अमरलोकमा लैजानको लागि। यो मृत्युलोक हो। तिमी सबै पार्वतीहरूले अमरनाथद्वारा अमरकथा सुनिरहेका छौ। तिमी सच्चा सच्चा बन्छौ केवल बाबालाई याद गरेपछि, तिम्रो आत्मा अमर बन्छ, जहाँ दुःखको कुरा हुँदैन। जसरी सर्पले एक काँचुली (छाला) छोडेर अर्को लिन्छ। यी सबै उदाहरण यहाँका हुन्। भमराको उदाहरण पनि यहाँको हो। तिमी ब्राह्मणहरूले के गर्छौ? विकारी कीराहरूलाई परिवर्तन गरेर देवता बनाउँछौ। यो मानिसकै कुरा हो। भमराको त यो एक दृष्टान्त हो। तिमी ब्राह्मण बच्चाहरूले अहिले बाबाद्वारा अमरकथा सुनिरहेका छौ, अरूलाई बसेर ज्ञानको भुँ-भुँ गर्छौ, जसबाट मानिसबाट देवता, स्वर्गका परी बन्छन्। बाँकी यस्तो होइन, मानसरोवरमा डुबुल्की मारेपछि कोही परी बन्छन्। यी सबै झुटा कुरा हुन्। तिमीले झुटै कुरा सुन्दै आएका छौ, अब बाबाले सत्य ज्ञान सुनाउनुहुन्छ। अब बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। तिमीले बुझेका छौ निराकार परमपिता परमात्माले यस मुखद्वारा सुनाइरहनुभएको छ। हामीले यी कानहरूद्वारा सुनिरहेका छौँ। आत्म अभिमानी बन्नुछ, फेरि परमात्माले पनि अनुभूति गराउनुहुन्छ। म को हुँ? अरू कसैले आत्म अभिमानी बनाउन सक्दैन। बाबाबाहेक अरू कसैले भन्न सक्दैन– तिमी आत्म अभिमानी बन। शिवजयन्ती पनि मनाउँछन् तर उहाँको जयन्ती कसरी हुन्छ, यो कुरा जान्दैनन्। बाबा नै आफै आएर सम्झाउनुहुन्छ– म साधारण वृद्ध तनमा प्रवेश गर्छु। नत्र ब्रह्मा आउँछन् कहाँबाट? पतित तन नै चाहिन्छ। सूक्ष्मवतनवासी ब्रह्मामा विराजमान भएर त ब्राह्मण रच्नुहुन्न। भन्नुहुन्छ म पतित शरीर, पतित दुनियाँमा आउँछु। गायन गरिएको छ– ब्रह्माद्वारा स्थापना। फेरि जसको स्थापना गर्नुहुन्छ, जसले यो ज्ञान पाउँछन् उनीहरू देवता बन्छन्। मानिसहरू ब्रह्माको चित्र देखेर अलमलिन्छन्। भन्छन् यो त दादाको चित्र हो। प्रजापिता ब्रह्मा त अवश्य यहाँ हुनुपर्छ। सूक्ष्मवतनमा कसरी प्रजा रच्छन्। प्रजापिताका बच्चाहरू हजारौँ ब्रह्माकुमार कुमारीहरू छन्। यो कुरा झुटो कहाँ हो र! हामीले शिवबाबाद्वारा वर्सा पाइरहेका छौँ। तिमी बच्चाहरूलाई सम्झाइएको छ उहाँ अव्यक्त ब्रह्मा हुनुहुन्छ। प्रजापिता त साकारमा चाहिन्छ। यी पतित नै त पावन बन्छन्। तत् त्वम्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आत्म-अभिमानी बनेर यी कानहरूद्वारा अमरकथा सुन्नुछ। ज्ञानको भुँ-भुँ गरेर आफूसमान बनाउने सेवामा रहनुछ।

२) बाबासमान ज्ञानस्वरूप, आनन्दस्वरूप बन्नुछ। सोमरस पिउनु र पिलाउनुछ।

वरदान:–
मायाका विघ्नहरूलाई खेलसमान अनुभव गर्ने मास्टर विश्व - निर्माता भव

जसरी कुनै बुज्रुगको अगाडि साना बच्चाहरूले आफ्नो बालकपनको लापरबाहीको कारण जे पनि बोलिदिन्छन्, कुनै यस्तो कर्तव्य गरिहाले भने पनि बुज्रुगहरूले बुझ्छन्– यी निर्दोष, अन्जान, साना बच्चाहरू हुन्। त्यसको कुनै असर हुँदैन। त्यसैगरी तिमीले आफूलाई मास्टर विश्वनिर्माता सम्झँदा यी मायाका विघ्नहरू बच्चाहरूको खेलसमान लाग्छन्। माया कुनै पनि आत्माद्वारा समस्या, विघ्न वा परीक्षा पेपर बनेर आए पनि त्यसमा आत्तिँदैनौ बरु त्यसलाई निर्दोष सम्झन्छौ।

स्लोगन:–
स्नेह, शक्ति र ईश्वरीय आकर्षण स्वयंमा भरेमा सबै सहयोगी बन्छन्।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भए र शक्तिशाली यादको अनुभव गर ।

अब ज्वालामुखी बनेर आसुरी संस्कार, आसुरी स्वभाव सबैथोक भस्म गर। जसरी देवीहरूको यादगारमा देखाउँछन्– ज्वालाले असुरहरूको संहार गरे। असुर कुनै व्यक्ति होइनन् तर आसुरी शक्तिहरूलाई खतम गरे। यो अहिले तिम्रो ज्वालास्वरूप स्थितिको यादगार हो। अब यस्तो योगको ज्वाला प्रज्वलित गर जसमा यो कलियुगी संसार जलेर भस्म होस्।