03.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सत्य पण्डा आउनुभएको छ तिमीलाई सच्चा सच्चा यात्रा सिकाउन , तिम्रो यात्रामा मुख्य हो पवित्रता , याद गर र पवित्र बन।”

प्रश्न:–
तिमी म्यासेन्जर वा पैगम्बर (सन्देशवाहक)का बच्चाहरूले कुन एउटा कुरा सिवाय अरू कुनै पनि कुरामा बहस गर्नु हुँदैन?

उत्तर:–
तिमी म्यासेन्जरका बच्चाहरूले सबैलाई यही सन्देश देऊ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, तब यस योग अग्निले तिम्रा विकर्म विनाश हुनेछन्। यही चिन्ता गर, बाँकी अरू कुरामा गएर कुनै फाइदा छैन। तिमीले केवल सबैलाई बाबाको परिचय दिनुछ, जसबाट उनीहरू आस्तिक बनुन्। रचयिता बाबालाई चिनेपछि रचनालाई चिन्न सहज हुनेछ।

गीत:–
हमारे तीर्थ न्यारे हैं.......

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूलाई थाहा छ– हामी सत्य तीर्थवासी हौँ। सच्चा पण्डा र जति पनि हामी उहाँका बच्चाहरू छौँ, हामी पनि सच्चा तीर्थमा गइरहेका छौँ। यो हो झुट खण्ड अथवा पतित खण्ड। अहिले सचखण्ड वा पावन खण्डमा गइरहेका छौँ। मानिसहरू यात्रामा जान्छन् नि। कुनै कुनै खास यात्राहरू लाग्छन्, जहाँ कुनै पनि बेला जोसुकै पनि जान सक्छन्। यो पनि यात्रा हो, यसमा जान तब पाइन्छ जब सत्य पण्डा स्वयं आउनुहुन्छ। उहाँ आउनुहुन्छ कल्प कल्पको सङ्गममा। यसमा न जाडो, न गर्मीको कुरा छ। न धक्का खाने कुरा छ। यो त हो यादको यात्रा। ती यात्राहरूमा संन्यासी पनि जान्छन्। जो सच्चा सच्चा यात्रा गर्नेहरू हुन्छन् उनीहरू पवित्र रहन्छन्। तिमीहरूमध्ये सबै यात्रामा छौ। तिमी ब्राह्मण हौ। सच्चा सच्चा ब्रह्माकुमार-कुमारीहरू को हुन्? जो कहिल्यै पनि विकारमा जाँदैनन्। पुरुषार्थी त अवश्य छन्। मनसा सङ्कल्प आए पनि मुख्य हो नै विकारको कुरा। कसैले सोध्यो– तपाईंसँग निर्विकारी ब्राह्मण कति छन्? भन– यो सोध्ने आवश्यकता छैन। यी कुराहरूबाट तपाईंको के पेट भरिन्छ र। तिमी यात्री बन। यात्रा गर्ने कति छन्, यो सोधेर कुनै फाइदा छैन। ब्राह्मण त कोही सच्चा पनि छन्, त कोही झुटा पनि छन्। आज सच्चा छन्, भोलि झुटा बन्छन्। विकारमा गयो भने ब्राह्मण ठहरिँदैन। फेरि शूद्रको शूद्र भयो। आज प्रतिज्ञा गर्छन् भोलि विकारमा गिरेर असुर बन्छन्। अब यी कुराहरू कहाँसम्म बसेर सम्झाउने। यसबाट त पेट भरिँदैन वा मुख मीठो हुँदैन। यहाँ हामीले बाबालाई याद गर्छौँ र बाबाको रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौँ। बाँकी अरू कुरामा केही राखिएको छैन। भन– यहाँ बाबालाई याद गर्न सिकाइन्छ र पवित्रता मुख्य हो। जो आज पवित्र बनेर फेरि अपवित्र बन्छ, त्यसपछि ऊ ब्राह्मण नै रहँदैन। त्यो हिसाब कहाँसम्म बसेर तिमीलाई सुनाउने। यस्ता त मायाको तुफानमा धेरै गिर्छन् होला, त्यसैले ब्राह्मणहरूको माला बन्न सक्दैन। हामी त पैगम्बरका बच्चा हौँ, सन्देश सुनाउँछौँ, म्यासेन्जरका बच्चा हौँ, म्यासेज दिन्छौँ। आफूलाई आत्मा सम्झ र बाबालाई याद गर अनि यस योग अग्निले विकर्म विनाश हुनेछन्। यो चिन्ता राख। बाँकी प्रश्न त थुप्रै थुप्रै मानिसहरूले सोध्नेछन्। एक कुरा सिवाय अरू कुनै कुरामा जाँदा कुनै फाइदा नै छैन। यहाँ त यो जान्नुछ नास्तिकबाट आस्तिक, निर्धनबाट धनवान कसरी बन्ने, जसले गर्दा धनीबाट वर्सा पाइन्छ– यो कुरा सोध। बाँकी त सबै पुरुषार्थी हुन्। विकारको कुरामा नै धेरै फेल हुन्छन्। धेरै दिनपछि स्त्रीलाई देखे भने कुरा नगर। कसैको मदिरा पिउने लत हुन्छ, तीर्थहरूमा गए भने जसलाई मदिरा अथवा धुम्रपानको लत हुन्छ तिनीहरू त्यसविना रहन सक्दैनन्। लुकाएर पनि पिउँछन्। के नै गर्न सकिन्छ र। धेरै छन् जसले सत्य बोल्दैनन्। लुकाइरहन्छन्।

बाबाले बच्चाहरूलाई युक्तिहरू बताउनुहुन्छ, कसरी युक्तिले जवाफ दिनुपर्छ। एक बाबाको नै परिचय दिनुछ, जसबाट मानिसहरू आस्तिक बन्छन्। पहिला बाबालाई नचिनेसम्म कुनै प्रश्न सोध्नु नै व्यर्थ हुन्छ। यस्ता धेरै आउँछन्, जसले केही पनि बुझ्दैनन्। केवल सुनिरहन्छन्, फाइदा केही पनि हुँदैन। बाबालाई लेख्छन्– हजार दुई हजार आए, उनीहरूबाट एक दुई जना बुझ्नको लागि आइरहन्छन्। फलाना फलाना ठुला मानिस आइरहन्छन्, हामीले बुझिहाल्छौँ, उनीहरूलाई जुन परिचय मिल्नुपर्छ त्यो मिलेको छैन। पूरा परिचय मिल्यो भने सम्झन्छन्– यो कुरा त ठीकै भन्छन्, हामी आत्माहरूका पिता परमपिता परमात्मा हुनुहुन्छ, उहाँले पढाउनुहुन्छ। भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मलाई याद गर। यो अन्तिम जन्म पवित्र बन। जो पवित्र रहँदैनन् उनीहरू ब्राह्मण होइनन्, शूद्र हुन्। यो लडाइँको मैदान हो। वृक्ष बढ्दै जानेछ र तुफान पनि आउनेछ। धेरै पातहरू खस्दै जानेछन्। कसले बसेर गन्ती गर्ने, सच्चा ब्राह्मण को हुन्? सच्चा ऊ हो जो कहिल्यै शूद्र बन्दैन। अलिकति पनि कुदृष्टि जाँदैन। अन्त्यमा कर्मातित अवस्था हुन्छ। लक्ष्य धेरै उच्च छ। मनसामा पनि नआओस्, त्यो अवस्था अन्त्यमा हुनेछ। यस समयमा एक जनाको पनि यस्तो अवस्था छैन। यस समयमा सबै पुरुषार्थी हुन्। तलमाथि भइरहन्छन्। मुख्य दृष्टिको नै कुरा हो। हामी आत्मा हौँ, यस शरीरद्वारा पार्ट खेल्छौँ– यो अभ्यास पक्का हुनुपर्छ। रावण राज्य भएसम्म, युद्ध चलिरहनेछ। अन्त्यमा कर्मातित अवस्था हुनेछ। पछि गएर तिमीहरूलाई अनुभूति हुनेछ, बुझ्दै जानेछौ। अहिले त वृक्ष धेरै सानो छ, तुफान आउँछन्, पातहरू खस्छन्। जो कच्चा छन् उनीहरू खस्छन्। हरेकले आफैसँग सोध– मेरो अवस्था कहाँसम्म पुगेको छ? बाँकी जुन प्रश्न सोध्छन् ती कुराहरूमा ज्यादा जाने नै होइन। भन– हामी बाबाको श्रीमतमा चलिरहेका छौँ। उहाँ बेहदका बाबा आएर बेहदको सुख दिनुहुन्छ अथवा नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ। त्यहाँ सुख नै हुन्छ। जहाँ मानिसहरू रहन्छन् त्यसलाई नै दुनियाँ भनिन्छ। निराकारी दुनियाँमा आत्माहरू हुन्छन् नि। यो कसैको बुद्धिमा छैन– आत्मा कसरी बिन्दु हो। यो पनि पहिला कुनै नयाँलाई सम्झाउनुछैन। पहिला सुरुमा त सम्झाउनुछ– बेहदका बाबाले बेहदको वर्सा दिनुहुन्छ। भारतवर्ष पावन थियो, अहिले पतित छ। कलियुगपछि फेरि सत्ययुग आउनेछ। यो कुरा बी.के. सिवाय अरू कसैले पनि सम्झाउन सक्दैनन्। यो हो नयाँ रचना। बाबाले पढाइरहनुभएको छ– यो अर्थ बुद्धिमा हुनुपर्छ। कुनै कठीन कुरा छैन, तर मायाले भुलाउँछ, विकर्म गराउँछ। आधाकल्पदेखि विकर्म गर्ने बानी बसेको छ। ती सबै आसुरी स्वभावहरू मेटाउनुछ। बाबा स्वयं भन्नुहुन्छ– सबै पुरुषार्थी हुन्। कर्मातित अवस्थामा पुग्न धेरै टाइम लाग्छ। ब्राह्मण कहिल्यै विकारमा जाँदैनन्। युद्धको मैदानमा चल्दाचल्दै हार खान्छन्। यी प्रश्नहरूबाट कुनै फाइदा छैन। पहिला आफ्ना बाबालाई याद गर। हामीलाई शिवबाबाले कल्प पहिला अनुसार आदेश दिनुभएको छ– आफूलाई आत्मा सम्झेर मलाई याद गर। यो त्यही लडाइँ हो। बाबा एक हुनुहुन्छ, श्रीकृष्णलाई बाबा भनिँदैन। श्रीकृष्णको नाम राखिदिएका छन्। गलतलाई सुधार्नेवाला बाबा हुनुहुन्छ, त्यसैले त उहाँलाई सत्य भनिन्छ नि। यस समयमा तिमी बच्चाहरूले नै सारा सृष्टिको रहस्यलाई जान्दछौ। सत्ययुगमा हुन्छ दैवी कुल (डीटी डिनायस्टी)। रावण राज्यमा फेरि हुन्छ आसुरी कुल। सङ्गमयुग क्लियर गरेर देखाउनुछ, यो हो पुरुषोत्तम सङ्गमयुग। त्यतातिर देवताहरू, यतातिर असुरहरू। बाँकी उनीहरूको लडाइँ भएको होइन। लडाइँ तिमी ब्राह्मणहरूको हुन्छ विकारहरूसँग, यसलाई पनि लडाइँ भनिँदैन। सबैभन्दा ठुलो हो काम विकार, यो महाशत्रु हो। यसमाथि विजय पाएर नै तिमी जगतजित बन्नेछौ। यस विषमाथि नै अबलाहरूले मार खान्छन्। अनेक प्रकारका विघ्न पर्छन्। मूल कुरा हो पवित्रताको। पुरुषार्थ गर्दागर्दै, तुफान आउँदाआउँदै तिम्रो विजय हुनेछ। माया थाक्नेछ। कुस्तीमा जो पहलमान हुन्छन्, उनीहरूले तुरुन्त सामना गर्छन्। उनीहरूको कामधन्दा नै हो राम्ररी लडेर जित्नु। पहलमानको धेरै ठुलो नाम चल्छ। उसलाई इनाम मिल्छ। तिम्रो त यो हो गुप्त कुरा।

तिमीलाई थाहा छ– हामी आत्माहरू पवित्र थियौँ। अहिले अपवित्र बनेका छौँ, फेरि पवित्र बन्नुछ। यही म्यासेज सबैलाई दिनुछ र अरू कुनै पनि प्रश्न सोधे पनि तिमीले यी कुराहरूमा जानु नै छैन। तिम्रो हो नै रुहानी धन्दा। हामी आत्माहरूमा बाबाले ज्ञान भर्नुभएको थियो, पछि प्रारब्ध पायौँ, ज्ञान खतम भयो। अब फेरि बाबाले ज्ञान भरिरहनुभएको छ। बाँकी यही नशामा बस र भन– हामीले तपाईंलाई बाबाको यही म्यासेज दिन्छौँ, बाबालाई याद गरेमा कल्याण हुनेछ। तिम्रो कामधन्दा नै यो रुहानी कामधन्दा हो। सबैभन्दा पहिलो कुरा बाबालाई चिन। बाबा नै ज्ञानको सागर हुनुहुन्छ। उहाँले कुनै पुस्तक कहाँ सुनाउनुहुन्छ र। उनीहरू जो डक्टर अफ फिलोसफी आदि बन्छन्, उनीहरूले किताब पढ्छन्। भगवान त नलेजफुल हुनुहुन्छ। उहाँलाई सृष्टिको आदि-मध्य-अन्त्यको नलेज छ। उहाँले केही पढ्नुभएको छ र? उहाँलाई त सबै वेद-शास्त्र आदि थाहा छ। बाबा भन्नुहुन्छ– मेरो पार्ट हो तिमीलाई नलेज सम्झाउने। ज्ञान र भक्तिको फरक अरू कसैले बताउन सक्दैन। यो हो ज्ञानको पढाइ। भक्तिलाई ज्ञान भनिँदैन। सर्वको सद्गतिदाता एउटै बाबा हुनुहुन्छ। विश्वको इतिहास अवश्य दोहोरिनेछ। पुरानो दुनियाँ पछि फेरि नयाँ दुनियाँ अवश्य आउनेछ। तिमी बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई फेरि पढाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर, जोड सारा यसमा छ। बाबालाई थाहा छ– धेरै राम्रा राम्रा नामी बच्चाहरू यस यादको यात्रामा धेरै कमजोर छन् र जो नामी छैनन्, बँधेलीहरू हुन्, गरिब छन्, उनीहरू यादको धेरै यात्रामा रहन्छन्। हरेकले आफ्नो दिलसँग सोध– मैले बाबालाई कति समय याद गर्छु? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जति हुन सक्छ तिमीले मलाई याद गर। भित्र धेरै हर्षित होऊ। भगवानले पढाउनुहुन्छ त्यसैले कति खुसी हुनुपर्छ। बाबा भन्नुहुन्छ– तिमी पवित्र आत्मा थियौ फेरि शरीर धारण गरेर पार्ट खेल्दाखेल्दै पतित बनेका छौ। अब फेरि पवित्र बन्नुछ। फेरि त्यही दैवी पार्ट खेल्नुछ। तिमी दैवी धर्मका हौ नि। तिमीले नै ८४ को चक्कर लगाएका छौ। सबै सूर्यवंशीले पनि ८४ जन्म कहाँ लिन्छन् र। पछि पनि आइरहन्छन् नि। होइन भने तुरुन्तै सबै आउने थिए। सबेरै उठेर बुद्धिले कुनै काम लिए भने बुझ्न सक्छन्। बच्चाहरूले नै विचार सागर मन्थन गर्नुछ। शिवबाबाले त विचार सागर मन्थन गर्नुहुन्न। उहाँले त भन्नुहुन्छ– ड्रामा अनुसार जे जति सुनाउँछु, यसरी नै बुझ– कल्प पहिला अनुसार जे सम्झाएको थिएँ, त्यही सम्झाएउँछु। मन्थन तिमीले गर्छौ। तिमीले नै सम्झाउनुछ, ज्ञान दिनुछ। यी ब्रह्माले पनि मन्थन गर्छन्। बी.के. ले मन्थन गर्नुपर्छ, शिवबाबाले होइन। मूल कुरा कसैसँग पनि ज्यादा कुरा गर्नुछैन। शास्त्रवादीहरूले आपसमा धेरै वादविवाद गर्छन्, तिमीले आरग्यु गर्नुछैन। तिमीले केवल सन्देश दिनुछ। पहिला केवल मुख्य एक कुरामा सम्झाऊ र लेखाऊ। पहिला सुरुमा यो सबक (पाठ) सिकाऊ– यो कसले पढाउनुहुन्छ, त्यो लेख। यो कुरा तिमीले अन्त्यमा लैजान्छौ त्यसैले संशय भइरहन्छ। निश्चयबुद्धि नभएको कारणले बुझ्दैनन्। केवल भनिदिन्छन्– कुरा ठीकै हो। सबैभन्दा पहिला मुख्य कुरा नै यो हो। रचयिता बाबालाई चिनेमा फेरि रचनाको रहस्य बुझ्नेछन्। मुख्य कुरा हो गीताका भगवान को हुनुहुन्छ? तिम्रो विजय पनि यसैमा हुनेछ। सबैभन्दा पहिला कुन धर्म स्थापना भयो? पुरानो दुनियाँलाई नयाँ दुनियाँ कसले बनाउनुहुन्छ। बाबाले नै आत्माहरूलाई नयाँ ज्ञान सुनाउनुहुन्छ, जसबाट नयाँ दुनियाँ स्थापना हुन्छ। तिमीलाई बाबा र रचनाको पहिचान मिल्छ। पहिला सुरुमा त अल्फमा पक्का निश्चय गराऊ त्यसपछि बे बादसाही छँदैछ। बाबाबाट नै वर्सा मिल्छ। बाबालाई चिन्यौ अनि वर्साको हकदार बन्यौ। बच्चा जन्मियो, आमा-बुबालाई देख्यो, बस् पक्का निश्चय हुनेछ। आमा-बुबा सिवाय अरू कसैसँग जान पनि जाँदैन किनकि आमाबाट दुध मिल्छ। यहाँ पनि ज्ञानको दुध मिल्छ। माता-पिता हुनुहुन्छ नि। यी धेरै सूक्ष्म कुराहरू हुन्, तुरुन्तै कसैले बुझ्न सक्दैनन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सच्चा सच्चा पवित्र ब्राह्मण बन्नुछ, कहिल्यै शूद्र (पतित) बन्ने मनसामा पनि ख्याल नआओस्, अलिकति पनि कुदृष्टि नजाओस्, यस्तो अवस्था बनाउनुछ।

२) बाबाले जे पढाइरहनुभएको छ, त्यसको अर्थ बुद्धिमा राख्नुछ। जुन विकर्म गर्ने आसुरी बानी परेका छन्, तिनलाई मेटाउनुछ। पुरुषार्थ गर्दागर्दै सम्पूर्ण पवित्रताको उच्च लक्ष्यलाई प्राप्त गर्नुछ।

वरदान:–
कारण लाई निवारण गरेर चिन्ता र भयबाट मुक्त रहने मा स्टर सर्वशक्तिमान भव

वर्तमान समयमा अल्पकालको सुखका साथै चिन्ता र भय यी दुई चीज त हुन्छन् नै। जहाँ चिन्ता छ त्यहाँ चैन हुन सक्दैन। जहाँ भय छ त्यहाँ शान्ति हुन सक्दैन। त्यसैले सुखका साथै यो दु:ख अशान्तिको कारण पनि हुन्छ नै। तर तिमी सर्व शक्तिहरूको खजानाले सम्पन्न मास्टर सर्वशक्तिमान बच्चाहरू दु:खको कारणलाई निवारण गर्ने, हरेक समस्याको समाधान गर्ने समाधानस्वरूप हौ त्यसैले चिन्ता र भयबाट मुक्त छौ। कुनै पनि समस्या तिम्रो अगाडि खेल गर्न आउँछ न कि भयभीत गराउन।

स्लोगन:–
आफ्नो वृत्तिलाई श्रेष्ठ बनायौ भने तिम्रो प्रवृत्ति स्वत: श्रेष्ठ हुनेछ।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

समय अनुसार अब सबै ब्राह्मण आत्माहरूलाई समीप ल्याउँदा ज्वाला स्वरूपको वायुमण्डल बनाउने सेवा गर, त्यसको लागि चाहे भट्टी गर वा आपसमा सङ्गठित भएर रुहरिहान गर तर ज्वाला स्वरूपको अनुभव गर र गराऊ, यस सेवामा लाग्यौ भने साना साना कुराहरू सहजै परिवर्तन हुनेछन्।