03.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
पुरानो दुनियाँको अब अन्त्य हुन्छ , त्यसैले सङ्गमयुगमा तिमी भविष्यको राज्य भाग्यको
योग्य बन्नु छ।”
प्रश्न:–
तिमी
बच्चाहरूमा कुनचाहिँ सोख भयो भने गद्दीनसिन बन्न सक्छौ?
उत्तर:–
अलराउन्ड सेवा
गर्ने सोख भयो भने गद्दीनसिन बन्न सक्छौ, जसले अलराउन्ड सेवा गरेर धेरैलाई सुख
दिन्छौ, तिमीहरूलाई त्यसको पारिश्रमिक पनि मिल्छ। तिमी बच्चाहरू सदैव हरेक सेवामा
हाजिर हुनुपर्छ। यस्तो होसियार बन जसले गर्दा मातापिताको नाम प्रत्यक्ष गर्न सक्छौ।
मम्मा, बाबा भन्छौ भने उनीहरूजस्तै बनेर देखाऊ।
गीत:–
इस पाप की
दुनिया से...
ओम् शान्ति ।
केवल
मीठा-प्यारा ब्रह्माकुमार-कुमारीहरूले मात्र यो कुरा जान्दछौ– पापको दुनियाँ र
पुण्यको दुनियाँ केलाई भनिन्छ। पतित दुनियाँ केलाई, पावन दुनियाँ केलाई भनिन्छ।
भन्न त मानिसहरूले भन्छन्– हे पतित दुनियाँलाई पावन बनाउनेवाला, आउनुहोस्! तर
उहाँलाई चिन्दैनन्। यो पनि आत्माले नै भन्छ– हे पतितपावन... सबै मनुष्य मात्रले
बोलाइरहन्छन्। तर यो कसैलाई पनि थाहा छैन– पावन दुनियाँ केलाई भनिन्छ। त्यो कहिले र
कसरी स्थापना हुन्छ? अहिले तिमी ज्ञानसागर बाबाका बच्चा बनेका छौ, त्यसैले नलेजफुल
ज्ञान सागर बाबालाई केवल तिमीले मात्र चिन्दछौ। अरू कसैले पनि जान्दैनन्– पावन
दुनियाँ फेरि पतित कसरी बन्छ, पतित दुनियाँ फेरि पावन कसरी बन्छ। पतित दुनियाँमा को
बस्छन् र पावन दुनियाँमा को बस्छन्। यी सबै कुरा तिमीले अहिले जान्दछौ। पावन दुनियाँ
सत्ययुगलाई भनिन्छ। निश्चय नै पावन दुनियाँ भारतवर्षमा पनि त एउटै आदि सनातन
देवीदेवता धर्मको राज्य थियो, त्यसैले भारतवर्षलाई सबैभन्दा प्राचीन स्थान भनिन्छ।
अहिले तिमीले बुझेका छौ– हामी फेरि पावन दुनियाँमा जानका लागि पतितपावन बाबाले
युक्तिहरू बताइरहनुभएको छ। बाबा भन्नुहुन्छ– एक सेकेन्डमा युक्ति बताउँछु। बाबा
आउनुहुन्छ नै नयाँ दुनियाँको राज्य भाग्य दिन। यो हो बेहदका बाबाबाट बेहदको वर्सा।
बाबाले नै आएर राजयोग सिकाउनुहुन्छ। हामीले राजयोग सिकिरहेका छौँ। बाबा भन्नुहुन्छ–
तिमी नै सतोप्रधान थियौ, फेरि सतोप्रधान बन्नु छ। आदि सनातन देवीदेवता धर्म थियो, न
कि हिन्दु। यहाँ नै पहिला सुरुमा देवीदेवता धर्म थियो। फेरि अवश्य देवीदेवताहरूले
पुनर्जन्म लिँदै आएका होलान्। जसरी क्रिश्चियनहरूले पनि पुनर्जन्म लिएर वृद्धि हुँदै
जान्छन्। बौद्धिहरूको धर्म स्थापना गर्ने बुद्ध हुन्, उनी भए धर्म संस्थापक। एक
बुद्धबाट कति थुप्रै बौद्धहरू निस्किए! क्राइस्ट एक थिए, अहिले हेर कति क्रिश्चियन
भएका छन्! सबै धर्मको वृद्धि यसरी नै हुँदै आएको हो। त्यसैगरी आदि सनातन देवीदेवता
धर्म हुँदा यी अरू कुनै थिएनन्। अरूको विषयमा त जान्दछौ– क्रिश्चियन धर्म क्राइस्टले,
इस्लाम धर्म इब्राहिमले स्थापना गरे। अच्छा, सत्ययुगमा जुन आदि सनातन देवीदेवता
धर्म थियो, त्यो कसले स्थापना गर्नुभयो? सत्ययुगमा देवीदेवताहरूको राजधानी चल्यो
नि! त्यसैले पक्कै कसैले राज्य स्थापना गर्नुभएको हो। सत्ययुगमा देवीदेवता धर्म थियो,
त्यो अहिले बाबाले स्थापना गर्नुहुन्छ, त्यसैले सङ्गमयुगमा बाबा आउनैपर्छ। अहिले सबै
मनुष्य मात्र पतित दुनियाँमा बसेका छन्। पुरानो दुनियाँमा करोडौँ मानिसहरू छन्। नयाँ
दुनियाँमा त यति धेरै मानिसहरू हुन सक्दैनन्। त्यहाँ एउटै धर्म थियो। इस्लामी,
बौद्ध, क्रिश्चियन आदि कोही थिएनन्। त्यो देवता धर्म अब प्रायः लोप भएको छ। त्यो
धर्म कसरी भगवानले स्थापना गर्नुभएको थियो, यो कुरा कसैले जान्दैनन्। देवता धर्मको
नाम नै भुलेका छन्, हिन्दु धर्म भनिदिन्छन्।
अहिले बाबा
सम्झाइरहनुभएको छ– म आउँछु नै त्यतिबेला जुनबेला पुरानो दुनियाँलाई परिवर्तन
गर्नुपर्ने हुन्छ। अब यस पुरानो दुनियाँको अन्त्य हुन्छ। यो केवल तिमी ब्राह्मणले
मात्र जान्दछौ। यस महाभारत लडाइँबाट नै पुरानो दुनियाँको अन्त्य भएको थियो। गीतामा
देखाउँछन्– सबै समाप्त भए, कोही रहेनन्, ५ पाण्डव बाँचे, ती पनि पहाडमा गलेर मरे।
तर कुनै यस्तो कुरा हुँदैन। यो नयाँ दुनियाँ त बाबाले स्थापना गर्नुहुन्छ। प्रलय
अथवा जलमग्न त हुँदैहुँदैन। बाबालाई पुकार्छन्– हे पतितपावन आउनुहोस्, हाम्रा दुःख
हरेर सुख दिनुहोस्! किनकि अहिले रावण राज्य छ। रामराज्य चाहन्छन् भने पक्कै रावण
राज्य छ नि! बाबा सम्झाउनुहुन्छ– अहिले रामराज्यको स्थापना, रावण राज्यको विनाश
हुन्छ। मैले जुन युक्ति सिकाउँछु, जसले त्यो युक्ति सिक्छन् उनीहरू नै गएर नयाँ
दुनियाँमा राज्य गर्छन्। यो ज्ञान त्यहाँ स्वर्गमा कत्ति पनि रहँदैन। अहिले तिम्रो
बुद्धिमा सम्पूर्ण ज्ञान छ। जसको बुद्धिमा छ, उनीहरूले अरूलाई सम्झाउँछन्। नम्बरवार
त हुन्छन् नि! सेवाधारी बच्चाहरूको बुद्धिमा सारा ज्ञान फुरिरहन्छ। अवश्य सत्ययुगमा
पहिला सुरुमा देवीदेवता धर्मका आत्माहरू थिए। यो पनि तिमीले जान्दछौ। बाबाले पहिला
सुरुमा ब्राह्मणहरूलाई नै रच्नुहुन्छ प्रजापिता ब्रह्माद्वारा। यो ज्ञान यज्ञ हो
नि, त्यसैले अवश्य ब्राह्मण सम्प्रदाय नै हुनुपर्छ। ब्राह्मण सम्प्रदाय अवश्य
सङ्गममै हुन्छ। आसुरी सम्प्रदाय कलियुगमा छ, दैवी सम्प्रदाय सत्ययुगमा हुन्छ।
त्यसैले पक्कै सङ्गममै दैवी सम्प्रदायको स्थापना हुन्छ। बाजोली खेल्नेबेलामा पाइताला
र टुपी जोडिन्छन्। तिमी ब्राह्मण हौ, तिमीलाई फेरि यो कुरा याद आउँछ। विराटरूपको
चित्र पनि जरुरी छ, यसको ज्ञान धेरै राम्रो छ। भन्छन् पनि– बाबा, हामी हजुरका ६
महिनाका बच्चा हौँ, ४ दिनका बच्चा हौँ। कसैले भन्छन्– म एक दिनको बच्चा हुँ अर्थात्
आजै बाबाको बनेको हुँ, मुखवंशावली बनेको छु। जो जीवनछँदै बाबाका बन्छन्, उनीहरूले
भन्छन्– बाबा, हामी हजुरका हौँ। सानो बच्चाले त भन्न सक्दैन। यो ज्ञान पाका
मानिसहरूका लागि हो। भन्छन्– बाबा, म हजुरको सानो बच्चा हुँ। साना बच्चाहरूलाई
चित्रहरूमा सम्झाउन सहज हुन्छ। दिनप्रतिदिन यो ज्ञान (समझानी) विस्तार हुँदै गइरहेको
छ। यी चित्रहरूको युक्ति ड्रामा प्लान अनुसार ५ हजार वर्ष पहिलाजस्तै निस्किएको हो।
यसमा कसैले यो प्रश्न उठाउन सक्दैन सुरुमा किन निस्किएन, अहिले किन निस्कियो? ड्रामा
अनुसार जुन युक्ति जुनबेला निस्कनु छ, त्यतिबेला नै निस्कन्छ। स्कुलमा पढाइका
नम्बरवार कक्षा हुन्छन्। यस्तो कहाँ हो र पहिला नै ठुलो अन्तिम परीक्षा पास गर्छन्!
पहिला केवल क ख (अल्फ बे) पढाइन्छ नि! यहाँ त बाबाको बच्चा बन्नेबित्तिकै बाबाले
स्वर्गको बादसाही दिनुहुन्छ। पिताले पिता भनेपछि फेरि तिम्रो निश्चय टुट्छ र! यहाँ
त बाबा बाबा भन्दाभन्दै निश्चय टुट्छ। तिमीले जान्दछौ– उहाँ त बेहदका बाबा
हुनुहुन्छ। तिमीले बेहदका बाबाबाट बेहदको वर्सा लिइरहेका छौ भने उहाँको श्रीमतमा
चल्नु छ। बाबा भन्नुहुन्छ– अरू सबै कुरा छोडेर मलाई याद गर र वर्सालाई याद गर।
हिँड्दाडुल्दा यो याद भयो भने पनि खुसी हुनेछौ। तर यो याद किन टिक्दैन? तिमिलाई त
ग्यारेन्टी छ– बाबा, हामी हजुरका बन्छौँ त्यसैले हाम्रो अरू कसैसँग पनि मोह हुँदैन,
हामी हजुरकै मतमा चल्छौँ। बाबा पनि भन्नुहुन्छ– श्रीमतमा नचलेमा भुल भइरहनेछन्।
श्रीमतमा चलेमा खुसीको पारा चढ्नेछ। आत्मालाई अतीन्द्रिय सुख मिल्यो भने कति खुसी
हुन्छ! आत्मालाई थाहा छ– परमपिता परमात्माले हामीलाई राज्य भाग्य दिनुभएको थियो,
जुन ८४ जन्म लिँदालिँदै गुमायौँ, फेरि बाबाले त्यो राज्य भाग्य दिइरहनुभएको छ।
त्यसैले अपार खुसी हुनुपर्छ नि! भित्रको खुसी पनि देखिन्छ नि! यी लक्ष्मीनारायणको
अनुहारबाट देखिन्छ नि! हुन त अज्ञानकालमा कोही कोही धेरै राम्रो खुसी देखिन्छन्,
कुराकानी गर्न पनि राम्रा हुन्छन्।
मनुष्य सृष्टिमा
सबैभन्दा उच्च पद कसको छ? हुन त सबैभन्दा उच्च हुनुहुन्छ शिव परमात्मा, जसलाई सबैले
पिता भनेर पुकार्छन्। तर उहाँको कर्तव्यलाई जान्दैनन्। बाबा आएपछि मात्र उहाँले
आफ्नो परिचय दिनुहुन्छ। अहिले तिमी बच्चाहरूले जान्दछौ– हामीलाई बाबाबाट वैकुण्ठको
राज्य भाग्य मिल्छ। खुसी हुनुपर्छ नि! हामी नरबाट नारायण बन्छौँ। कसैले हात उठाइहाले
भने पनि केही बुझ्दैनन्। जसलाई निश्चय हुन्छ, उनीहरूलाई यो खुसी हुन्छ अब हामीले ८४
जन्म पूरा गर्छौँ। अब हामी बाबाको मतमा चलेर विश्वको मालिक बन्छौँ। यो पढाइको कति
नसा हुनुपर्छ! राष्ट्रपति, प्रदेश प्रमुख आदिलाई त नसा हुन्छ नि! उनीहरूलाई भेट्न
ठुलाबडा मानिसहरू आउँछन्। पद पोजिसन नबुझीकन कहिल्यै कसैसँग भेट्न सक्दैनन्। बाबाले
पनि कहिल्यै भेट्नुहुन्न। बाबाको पोजिसनलाई केवल तिमी बच्चाहरूले मात्र जान्दछौ,
त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। हुन त ब्रह्माकुमार भनिन्छ तर बुद्धिमा
यो हुँदैन हामी शिवबाबाका सन्तान हौँ, उहाँबाट हामीले स्वर्गको वर्सा लिइरहेका छौँ।
न बाबालाई, न वर्सालाई याद गर्न सक्छौ। याद रह्यो भने त भित्री खुसी पनि हुन्छ नि!
जसरी कन्याको विवाह
गर्दा उनलाई गुप्त दान दिइन्छ। सन्दुस (पेटी) बन्द गरेर चाबी हातमा दिन्छन्। बाबाले
पनि तिमीलाई विश्वको बादसाहीको चाबी हातमा दिइदिनुहुन्छ। तिमीले नयाँ सत्ययुगी
विश्वको उद्घाटन गर्छौ। स्वर्गमा पनि तिमी नै जान्छौ। बाबाले तिमीलाई योग्य
बनाउनुहुन्छ। भक्तहरू त बाबाले ज्ञान नदिँदासम्म, पवित्र नबनेसम्म स्वर्गमा
जानयोग्य बन्न सक्दैनन् त्यसैले नारदको उदाहरण दिइन्छ। हुन त धेरै राम्रा राम्रा
भक्तहरू छन्, तर आत्मा त पतित छ नि! जन्मजन्मान्तर उनीहरू पतित बन्दै आएका छन्, बाबा
नभेटिँदासम्म स्वर्गमा जान सक्दैनन्। तिमीलाई बाबाले ब्रह्माद्वारा एडप्ट गर्नुभएको
छ, जसले गर्दा तिमी गएर नयाँ दुनियाँमा राज्य गर्नेछौ। अरू कसैले राज्य स्थापना
गर्दैनन्, न कसैलाई यस विषयमा थाहा छ। बाबाले नै सङ्गमयुगमा आएर भविष्य २१ जन्मको
राज्य भाग्य स्थापना गरिरहनुभएको छ। उहाँ बाबालाई पनि कसैले चिन्दैनन्।
अहिले तिमी बच्चाहरूले
बुझेका छौ– पक्कै ५ हजार वर्ष पहिला भगवान् आउनुभएको थियो। गीताको ज्ञान सुनाउनुभएको
थियो, जसबाट मानिसबाट देवता बनेका थिए। गीता हो नै आदि सनातन देवीदेवता धर्मको
शास्त्र। सत्ययुगमा त कुनै शास्त्र आदि हुँदैनन्। बाबा भन्नुहुन्छ– म सङ्गमयुगमै
आउँछु। आएर फेरि सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउँछु, उनीहरू नै देवीदेवता
बन्छन्, फेरि ८४ को चक्कर लगाएर अन्त्यमा उनीहरू आउँछन् अनि आएर उनीहरूलाई नै फेरि
सम्झाउँछु। बीचमा म कहिल्यै पनि आउँदिनँ। यस्तो कहाँ हो र क्राइस्ट कुनै बीचमा
आउँछन् र अरू जसले पनि धर्म स्थापना गर्छन् त्यो यस दुनियाँका लागि हो। म आउँछु नै
सङ्गममा नयाँ दुनियाँ स्थापना गर्न। क्राइस्टको आत्मा आएर प्रवेश गरेर आफ्नो धर्म
स्थापना गर्छ। उहाँ बाबाले त राज्य भाग्य स्थापना गर्नुहुन्छ। यो कुरा कसैलाई थाहा
छैन– यी लक्ष्मीनारायणको राज्य कहिले र कसले स्थापना गर्नुभयो। यी जसले
लक्ष्मीनारायणका मन्दिर आदि बनाउँछन्, उनीहरूलाई सोध्नुपर्छ। तिमीले सभामा पनि
सोध्न सक्छौ। यो रहस्य तिम्रो बुद्धिमा छ। बाबाले ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ
कल्प कल्प, अरू कसैले जान्न सक्दैन। शब्द पनि छन्, तर यथार्थ रूपमा कसैको बुद्धिमा
बस्दैन। कुनै कुनै बच्चाहरूमाथि ग्रहदशा पनि लाग्छ। देह अभिमान हो पहिलो नम्बरको
नराम्रो ग्रहदशा। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी भव। सम्झाउनका लागि
यी लक्ष्मीनारायणको चित्र र सिँढीको चित्र धेरै राम्रा चिज हुन्। यसबाट धेरैको
कल्याण हुन सक्छ। तर ड्रामामा सायद ढिलो हुनु रहेछ, त्यसैले राजधानी स्थापना हुनमा
विघ्न पर्छन्। बाबा स्वयं भन्नुहुन्छ– धेरै विघ्न पर्छन्। माया धेरै बलवान् छ। मेरा
बच्चाहरूलाई मायाले तुरुन्तै नाक, कानमा समात्छ। यसलाई भनिन्छ राहुको ग्रहदशा। यहाँ
यतिबेला खास विकाररूपी राहुको पूरै ग्रहदशा लागेको छ। तिमीले सेकेन्डमा प्रमाणित
गर्न सक्छौ– यही भारतवर्ष पावन हीराजस्तै थियो। अहिले विकारी कौडीजस्तै बनेको छ,
फेरि हीराजस्तै बन्नु छ। सम्पूर्ण कथा भारतवर्षकै हो। बाबाले आएर हीराजस्तै
बनाउनुहुन्छ। तैपनि कति प्रकारका विघ्न पर्छन्! देह अभिमानको त धेरै ठुलो विघ्न
पर्छ। लक्ष्मीनारायणको चित्रमा जसलाई सम्झाउन पनि धेरै सहज छ। तिमी बच्चाहरूलाई
सेवाको धेरै सोख हुनुपर्छ। सेवा पनि धेरै प्रकारको हुन्छ नि! धेरैलाई सुख दियौ भने
त्यसको पारिश्रमिक पनि धेरै मिल्छ। कसैले तन मनले प्यारसँग अलराउन्ड सेवा गर्छन्।
खुसी हुनुपर्छ– हामी अलराउन्ड सेवाधारी बन्नु छ। बाबा, हामी सेवामा हाजिर छौँ।
राम्रा राम्रा रुहानी सेवा गर्ने बच्चाहरूले आफ्नै हातले ब्रह्माभोजन बनाउँछन्।
तिमीलाई थाहा छ– बच्चाहरू पनि यति होसियार हुन्छन् जसले गद्दी लिन्छन्। यहाँ त घर
सम्हाल्ने माताहरू छन्। अब माताहरू, कुमारीहरू यस सेवामा तयार हुनुपर्छ।
मम्मालेजस्तै सेवा गरेर देखाउनुपर्छ। नाम चम्काउनुपर्छ। बाँकी केवल मम्मा, मम्मा
भनेर मात्र के फाइदा! उनीजस्तै बन्नुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) देह अभिमानको ग्रशदशा नै यज्ञमा विघ्नरूप बन्छ, त्यसैले जति हुनसक्छ देहीअभिमानी
बन्ने पुरुषार्थ गर्नु छ।
२) आफ्नो पढाइ र
सत्ययुगी पदको पोजिसनको खुसी वा नसामा रहनु छ, श्रीमतमा चल्नु छ। कुनै पनि भुल गर्नु
छैन।
वरदान:–
रुहानी
व्यायाम र आत्म नियन्त्रणद्वारा महिनताको अनुभव गर्ने फरिस्ता भव
बुद्धिको महिनता एवं
हल्कापन ब्राह्मण जीवनको व्यक्तित्व हो। महिनता नै महानता हो। तर यसका लागि दिनहुँ
अमृतवेला अशरीरीपनको रुहानी व्यायाम गर र व्यर्थ सङ्कल्पहरूको भोजनको परहेज गर।
परहेजका लागि आत्म नियन्त्रण हुनुपर्छ। जुन समयमा जुन सङ्कल्परूपी भोजन स्वीकार
गर्नु छ, त्यतिबेला त्यही स्विकार गर। व्यर्थ सङ्कल्पको अतिरिक्त भोजन नगर अनि महिन
बुद्धि बनेर फरिस्तास्वरूपको लक्ष्यलाई प्राप्त गर्न सक्नेछौ।
स्लोगन:–
महान् आत्मा
ती हुन्, जो हर सेकेन्ड, हर पाइला एक्युरेट श्रीमतमा चल्छन्।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
विशेषरूपले आफ्नो मनसा
अर्थात् सङ्कल्प शक्तिद्वारा, वाणीको शक्तिद्वारा, आफ्नो सङ्गतको रङ्गद्वारा,
सम्बन्धको स्नेहद्वारा, खुसीको अखुट खजानाद्वारा अखण्ड दान गरिरहनु– यही हो परोपकार
गर्नु। कुनै पनि आत्मा सम्पर्कमा आए भने खुसीको खजानाले सम्पन्न भएर जाउन्, यस्ता
अखण्ड दानी बन।