04.01.26 Avyakt Bapdada Nepali Murli 30.11.2008 Om Shanti Madhuban
फुल स्टप लगाएर ,
सम्पूर्ण पवित्रताको धारणा गर ेर मनसा सकाशद्वारा सुखशान्तिको अञ्जुली दिने सेवा गर
आज बापदादाले
चारैतिरका महान् बच्चाहरूलाई देखिरहनुभएको छ। बच्चाहरूले के महानता गरेका छौ? जुन
दुनियाँले असम्भव भन्छ, त्यसलाई सहजै सम्भव बनाएर देखायौ, त्यो हो पवित्रताको व्रत।
तिमी सबैले पवित्रताको व्रत धारण गरेका छौ नि! बापदादाबाट परिवर्तनको दृढ सङ्कल्पको
व्रत लिएका छौ। व्रत लिनु अर्थात् वृत्तिको परिवर्तन गर्नु। के वृत्ति परिवर्तन
गरिदियौ? सङ्कल्प गर्छौ– हामी सबै भाइ भाइ हौँ, यो वृत्ति परिवर्तनको लागि भक्तिमा
पनि कति कुरामा व्रत लिन्छन् तर तिमी सबैले बाबासँग दृढ सङ्कल्प गरेकाछौ किनकि
ब्राह्मण जीवनको फाउन्डेसन हो पवित्रता र पवित्रताद्वारा नै परमात्म प्यार र सबै
परमात्म प्राप्ति भइरहेका छन्। महात्माले जुन कुरालाई कठिन सम्झन्छन्, असम्भव
सम्झन्छन् र तिमीले पवित्रतालाई स्वधर्म सम्झन्छौ। बापदादाले देखिरहनुभएको छ– कैयौँ
राम्रा राम्रा बच्चाहरू छन्, जसले सङ्कल्प गरे र दृढ सङ्कल्पद्वारा यथार्थमा
परिवर्तन देखाइरहेका छन्। यस्ता चारैतिरका महान् बच्चाहरूलाई बापदादाले धेरै धेरै
दिलैदेखि आशीर्वाद दिइरहनुभएको छ।
तिमी सबैले पनि
मन-वचन-कर्म, वृत्ति, दृष्टिद्वारा पवित्रताको अनुभव गरिरहेका छौ नि! पवित्रताको
वृत्ति अर्थात् हरेक आत्माप्रति शुभभावना, शुभकामना। दृष्टिद्वारा हरेक आत्मालाई
आत्मिक स्वरूपमा हेर्नु, स्वयंलाई पनि सहजै सदा आत्मिक स्थितिमा अनुभव गर्नु।
ब्राह्मण जीवनको महत्त्व मन-वचन-कर्मको पवित्रता हो। पवित्रता छैन भने ब्राह्मण
जीवनको जुन गायन छ– सदा पवित्रताको बलले स्वयं पनि स्वयंलाई आशीर्वाद दिन्छन्, के
आशीर्वाद दिन्छन्? पवित्रताद्वारा सदा स्वयंलाई पनि खुसी अनुभव गर्छन् र अरूलाई पनि
खुसी दिन्छन्। पवित्र आत्मालाई तीन विशेष वरदान मिल्छन्– एक, स्वयंले स्वयंलाई
वरदान दिन्छ, जसबाट सहजै बाबाको प्यारो बन्छ। २- वरदाता बाबाको सबैभन्दा नजिकको र
सबैभन्दा प्रिय (नियरेस्ट र डियरेस्ट) बच्चा बन्छ, त्यसैले बाबाको आशीर्वाद स्वतः
प्राप्त हुन्छ र सदा प्राप्त हुन्छ। ३- जति पनि ब्राह्मण परिवारका विशेष निमित्त
बनेका आत्माहरू छन्, उनीहरूद्वारा पनि आशीर्वाद मिलिरहन्छ। तीनैको आशीर्वादले सदा
उडिरहन्छ र उडाइरहन्छ। त्यसैले तिमी सबैले पनि आफूलाई सोध, आफूलाई चेक गर–
पवित्रताको बल र पवित्रताको फल सदा अनुभव गर्छौ? सदा रुहानी नसा र दिलमा शुद्ध गर्व
हुन्छ? कहिलेकाहीँ कुनै कुनै बच्चाहरूले अमृतवेला मिलन मनाउने बेलामा, रुहरिहान
गर्छन्, त्यतिबेला थाहा छ के भन्छन्? पवित्रताद्वारा जुन अतीन्द्रिय सुखको फल मिल्छ,
त्यो सदा रहँदैन। कहिले रहन्छ, कहिले रहँदैन किनकि पवित्रताको फल नै अतीन्द्रिय सुख
हो। त्यसैले आफैलाई सोध– म को हुँ? सदा अतीन्द्रिय सुखको अनुभूतिमा रहन्छु वा
कहिलेकाहीँ? आफूलाई के भन्छौ? सबैले आफ्नो नाम लेख्दा के लेख्छौ? बी.के. फलानो...,
बी.के. फलानी र आफूलाई मास्टर सर्वशक्तिमान् भन्छौ। सबै मास्टर सर्वशक्तिमान् हौ
नि! जसले सम्झन्छौ– हामी मास्टर सर्वशक्तिमान् छौँ, सदा, कहिलेकाहीँ होइन, तिमीहरूले
हात उठाऊ। सदा? हेर, सोच, सदा मास्टर सर्वशक्तिमान छौ? डबल विदेशीहरूले हात
उठाइरहेका छैनन्, थोरैले उठाइरहेका छन्। टिचरहरूले उठाऊ, मास्टर सर्वशक्तिमान छौ सदा?
यत्तिकै नउठाऊ, जो सदा मास्टर सर्वशक्तिमान छौ, ती सदा मास्टर सर्वशक्तिमान
हुनेहरूले उठाऊ। धेरै थोरै छन्। पाण्डवले उठाऊ, पछाडिका, धेरै थोरै छन्। सारा सभाले
हात उठाउँदैन। अच्छा, मास्टर सर्वशक्तिमान् हौ भने त्यस समयमा शक्तिहरू कहाँ जान्छन्?
मास्टर हौ, यसको अर्थ नै हो, मास्टर त बाबाभन्दा पनि उच्च हुन्छ। त्यसैले चेक गर–
अवश्य पवित्रताको फाउन्डेसनमा केही कमजोरी छौ। के कमजोरी छ? मनमा अर्थात् सङ्कल्पमा
कमजोरी छ, बोलीमा कमजोरी छ वा कर्ममा कमजोरी छ, वा स्वप्नमा पनि कमजोरी छ किनकि
पवित्र आत्माको मन-वचन-कर्म, सम्बन्ध-सम्पर्क, स्वप्न स्वतः शक्तिशाली हुन्छ।
वृत्तिलाई फेर्ने व्रत लिइसक्यौ भने कहिलेकाहीँ किन? समयलाई देखिरहेका छौ, समयको
पुकार, भक्तहरूको पुकार, आत्माहरूको पुकार सुनिरहेका छौ र अचानकको पाठ त सबैलाई
पक्का छ। त्यसैले फाउन्डेसनको कमजोरी अर्थात् पवित्रताको कमजोरी। यदि बोलीमा पनि
शुभभावना, शुभकामना छैन, पवित्रताको विपरीत छ भने पनि सम्पूर्ण पवित्रताको जुन सुख
छ, अतीन्द्रिय सुख, त्यसको अनुभव हुन सक्दैन किनकि ब्राह्मण जीवनको लक्ष्य नै हो
असम्भवलाई सम्भव बनाउनु। त्यसमा जति र त्यति शब्द आउँदैन। जति चाहिन्छ, त्यति
हुँदैन। त्यसैले भोलि अमृतवेला विशेष हरेकले आफूलाई चेक गर्नु, अर्काको कुरा नसोच्नु,
अर्कालाई नहेर्नु, तर आफूलाई चेक गर्नु– कति पर्सेन्टेजमा पवित्रताको व्रत
निभाइरहेको छु? चार कुरा चेक गर्नु– एक वृत्ति, दोस्रो– सम्बन्ध-सम्पर्कमा शुभभावना,
शुभकामना, यो त छँदै छ यस्तो, होइन। तर त्यो आत्माप्रति पनि शुभभावना। तिमी सबैले
आफूलाई विश्व परिवर्तक मानेका छौ, छौ सबै? आफूलाई सम्झन्छौ– हामी विश्व परिवर्तक
हौँ? हात उठाऊ। यसमा त धेरै राम्रो हात उठाएका छौ, बधाई छ। तर बापदादा तिमीहरू
सबैसँग एउटा प्रश्न सोध्नुहुन्छ? प्रश्न सोधौँ? तिमी विश्व परिवर्तक हौ भने विश्व
परिवर्तनमा यो प्रकृति, ५ तत्त्व पनि आउँछन्, उनीहरूलाई परिवर्तन गर्न सक्छौ र
आफूलाई वा साथीहरूलाई, परिवारलाई परिवर्तन गर्न सक्दैनौ? विश्व परिवर्तक अर्थात्
आत्माहरूलाई, प्रकृतिलाई, सबैलाई परिवर्तन गर्नु। त्यसैले आफैले वाचा याद गर, सबैले
बाबासँग कैयौँ पटक वाचा गरेका छौ तर बापदादाले यही देखिरहनुभएको छ– समय धेरै छिटो
गइरहेको छ, सबैको पुकार धेरै बढिरहेको छ, त्यसैले पुकार सुन्ने र परिवर्तन गर्ने
उपकारी आत्माहरू को हुन्? तिमीहरू नै हौ नि!
बापदादाले पहिला पनि
सुनाउनुभएको छ, परोपकारी वा विश्व उपकारी बन्नको लागि तीन शब्दलाई खतम गर्नुपर्छ–
जान्दछौ त! जान्नमा त होसियार छौ, बापदादालाई थाहा छ– सबै होसियार छौ। एक पहिलो
शब्द हो परचिन्तन, दोस्रो हो परदर्शन र तेस्रो हो परमत, यी तीनै पर शब्दलाई खतम
गरेर, परोपकारी बन्छौ। यी तीन शब्द नै विघ्नरूप बन्छन्। याद छ नि! नयाँ कुरा होइन।
त्यसैले भोलि अमृतवेला चेक गर्नु, बापदादाले पनि चक्कर लगाउनुहुन्छ, हेर्नुहुन्छ के
गरिरहेका छौ? किनकि अहिले आवश्यकता छ– समय अनुसार, पुकार अनुसार हरेक दुःखी
आत्मालाई मनसा सकाशद्वारा सुख शान्तिको अञ्जुली दिनु। कारण के हो? बापदादाले
कहिलेकाहीँ बच्चाहरूलाई अचानक हेर्नुहुन्छ, के गरिरहेका छन्? किनकि बच्चाहरूसँग त
प्रेम छ नि, र बच्चाहरूसँगै जानुछ, एक्लै जानुछैन। सँगै जान्छौ नि! सँगै जान्छौ?
यिनीहरू अगाडि बसेकाले हात उठाइरहेका छैनन्? जाँदैनौ? जानुछ नि! बापदादाले पनि
बच्चाहरूको कारणले प्रतीक्षा गरिरहनुभएको छ, एडभान्स पार्टी तिम्रा दादीहरूले,
तिम्रा विशेष पाण्डवहरूले पनि तिमी सबैको प्रतीक्षा गरिरहेका छन्, उनीहरूले पनि मनमा
पक्का वाचा गरेका छन्– हामी सबै सँगै जान्छौँ। थोरै होइन, सबैका सबै सँगै जान्छौँ।
त्यसैले भोलि अमृतवेला आफूलाई चेक गर्नु– कुन कुराको कमी छ? के मनसाको, वाणीको वा
कर्मणामा आउने। बापदादाले एक पटक सबै सेन्टरहरूको चक्कर लगाउनुभयो। बताऊँ के
देख्नुभयो? कमी कुन कुराको छ? त्यसमा यही देखियो– एक सेकेन्डमा परिवर्तन गरेर फुल
स्टप लगाउनु, यसको कमी छ। फुल स्टप नलगाउँदासम्म थाहा छैन के के हुन्छ। बापदादाले
सुनाउनुभएको छ– एक लास्ट टाइमको लास्ट एक घडी हुन्छ, जसमा फुल स्टप लगाउनुपर्छ। तर
के देखियो? लगाउनु फुल स्टप छ तर लागिहाल्छ कमा, अरूको कुरा याद गर्दा, यो किन
हुन्छ, यो के हुन्छ, यसमा आश्चर्यको मात्रा लागिहाल्छ। त्यसैले फुल स्टप लाग्दैन तर
कमा, आश्चर्यको निसानी र किन, क्वेश्चनको क्यु लागिहाल्छ। त्यसैले यसलाई चेक गर्नु।
यदि फुल स्टप लगाउने बानी छैन भने अन्त मती सो गति श्रेष्ठ हुँदैन। उच्च हुँदैन,
त्यसैले बापदादाले होमवर्क दिइरहनुभएको छ– खास गरी भोलि अमृतवेला चेक गरेर चेन्ज
गर्नुपर्छ। त्यसैले अब १८ जनवरीसम्म बारम्बार सेकेन्डमा फुल स्टप लगाउने अभ्यास गर।
जनवरी मासमा सबैलाई बाबासमान बन्ने उमङ्ग आउँछ नि, त्यसैले १८ जनवरीमा सबैले आफुले
चिट्ठी लेखेर बक्समा खसाल्नुछ– १८ तारीखसम्म के रिजल्ट रह्यो? फुल स्टप लाग्यो वा
अरू मात्राहरू लागे? चित्त बुझ्यो? चित्त बुझ्यो? शिर हल्लाऊ किनकि बापदादाको
बच्चाहरूसँग धेरै प्यार छ, एक्लै जान चाहनुहुन्न, त्यसैले के गर्छौ? अब छिटै तीव्र
पुरुषार्थ गर। अब ढिलोढालो पुरुषार्थले सफलता दिलाउन सक्दैन।
प्योरिटीलाई
पर्सनालिटी, रियल्टी, रोयल्टी भनिन्छ। त्यसैले आफ्नो रोयल्टीलाई याद गर। अनादिरूपमा
पनि तिमी आत्माहरू बाबासँग आफ्नो देशमा विशेष आत्माहरू हौ। जसरी आकाशमा विशेष
सिताराहरू चम्किन्छन्, त्यसरी नै अनादिरूपमा तिमी विशेष सितारा चम्किन्छौ। त्यसैले
आफ्नो अनादि कालको रोयल्टी याद गर। फेरि सत्ययुगमा आउँदाको देवतारूपको रोयल्टी याद
गर। सबैको शिरमा रोयल्टीको लाइटको ताज छ। अनादि, आदि कति रोयल्टी छ। फेरि द्वापरमा
आऊ, त्यतिबेला पनि तिम्रो चित्रकोजस्तो रोयल्टी अरू कसैको हुँदैन। नेताहरूका,
अभिनेताहरूका, धर्म आत्माहरूका चित्र बन्छन् तर तिम्रो चित्रको पूजा र तिम्रो
चित्रको विशेषता कति रोयल छ। चित्रलाई देखेर नै सबै खुसी हुन्छन्। चित्रहरूद्वारा
पनि कति आशीर्वाद लिन्छन्। त्यसैले यो सबै रोयल्टी पवित्रताको हो। पवित्रता
ब्राह्मण जीवनको जन्मसिद्ध अधिकार हो। पवित्रताको कमी समाप्त हुनुपर्छ। यस्तो होइन–
भइहाल्छ, त्यस समयमा वैराग्य आइहाल्छ, त्यसबेला भइहाल्छ, कुरा धेरै राम्रा राम्रा
सुनाउँछन्। बाबा हजुरले फिक्र नगर्नुहोस्, भइहाल्छ। तर बापदादालाई यो जनवरी
महिनासम्म विशेष गरी पवित्रतामा हरेकलाई सम्पन्न बनाउनुछ। पवित्रता केवल ब्रह्मचर्य
होइन, व्यर्थ सङ्कल्प पनि अपवित्रता हो। व्यर्थ बोली, रोबयुक्त व्यर्थ बोली, जसलाई
भनिन्छ क्रोधको अंश रोब हो, त्यो पनि समाप्त होस्। संस्कार यस्तो बनाऊ, जसबाट
टाढाबाटै तिमीलाई देखेर अरूले पवित्रताको भाइब्रेसन लिऊन् किनकि तिम्रोजस्तो
पवित्रता जसबाट रिजल्टमा आत्मा पनि पवित्र, शरीर पनि पवित्र, डबल पवित्रता प्राप्त
हुन्छ।
कुनै पनि बच्चा पहिला
आउँदा बाबाबाट कुनचाहिँ वरदान पाउँछ? याद छ? पवित्र भव, योगी भव। त्यसैले दुवै कुरा–
एक पवित्रता र अर्को फुल स्टप, योगी। चित्त बुझ्यो? बापदादाले अमृतवेला चक्कर
लगाउनुहुन्छ, सेन्टरहरूको पनि चक्कर लगाउनुहुन्छ। बापदादाले त एक सेकेन्डमा
चारैतिरको चक्कर लगाउन सक्नुहुन्छ। त्यसैले यो जनवरी अव्यक्त मासको कुनै नयाँ प्लान
बनाऊ। मनसा सेवा, मनसा स्थिति र अव्यक्त कर्म र बोली यसलाई बढाऊ। त्यसैले १८ जनवरीमा
बापदादाले सबैको रिजल्ट हेर्नुहुन्छ। बापदादासँग प्यार छ नि, १८ जनवरीमा
अमृतवेलादेखि परमात्म प्यारकै कुरा गर्छौ। सबैले गुनासो गर्छन्, बाबा अव्यक्त किन
हुनुभयो? त्यसमा बाबाले पनि गुनासो गर्नुहुन्छ– साकारमा भएको भए बाबासमान कहिलेसम्म
बन्थ्यौ?
त्यसैले आज थोरै
विशेष अटेन्सन खिचाइरहनुभएको छ। प्यार पनि गरिरहनुभएको छ, केवल अटेन्सन
खिचाइरहनुभएको छैन, प्यार पनि छ किनकि बाबा यही चाहनुहुन्छ– मेरो एक बच्चा पनि बाँकी
नरहोस्। हरेक कर्मको श्रीमत चेक गर्नु, अमृतवेलादेखि लिएर रातीसम्म जुन पनि हरेक
कर्मको लागि श्रीमत मिलेको छ, त्यो चेक गर्नु। मजबुत छौ नि! सँगै जानुछ नि! जानुछ
भने हात उठाऊ। जानुछ? अच्छा, टिचरहरू जानुछ? पछाडिका, कुर्सीमा बसेका, पाण्डवहरूले
हात उठाऊ। त्यसोभए समान बन्यौ भने त हातमा हात दिएर जान्छौ नि! गर्नु नै छ, बन्नु
नै छ, यो दृढ सङ्कल्प गर। १५-२० दिन यो दृढता रहन्छ, फेरि बिस्तारै बिस्तारै थोरै
लापरबाही आउँछ। त्यसैले लापरबाहीलाई खतम गर। धेरैभन्दा धेरै देखेको छु– एक महिना
पूरा उमङ्ग रहन्छ, दृढता रहन्छ, फेरि एक महिनापछि अलि अलि लपारबाही सुरुहुन्छ। अब
यो वर्ष समाप्त हुन्छ, त्यसपछि के समाप्त गर्छौ? वर्ष समाप्त गर्छौ कि वर्षसँगै
जुनसुकै पनि जुन सङ्कल्पमा पनि, धारणामा पनि कमजोरी छन्, त्यसलाई समाप्त गर्छौ?
गर्छौ नि! हात उठाउँदैनौ? त्यतिबेला स्वतः मनमा यो गीतको रेकर्ड बज्नुपर्छ, अब घर
जानुछ। केवल जानुछैन तर राज्यमा पनि आउनुछ। अच्छा, जो बापदादालाई भेट्न पहिलो पटक
आएका छौ, तिमीहरूले हात उठाऊ, खडा होऊ।
पहिलो पटक आउनेहरूलाई
विशेष बधाई दिइरहनुभएको छ। ढिलो आयौ, धेरै ढिलो (टु लेट) आएका छैनौ। तर तीव्र
पुरुषार्थको वरदान सदा याद राख्नु, तीव्र पुरुषार्थ गर्नु नै छ। गर्नेछु, ने ने
नभन्नु, गर्नु नै छ। लास्ट सो फास्ट र फस्ट आउनुछ। अच्छा।
चारैतिरका महान्
पवित्र आत्माहरूलाई बापदादाको विशेष मनको आशीर्वाद, मनको माया र मनमा समाहित भएकोमा
बधाई छ। बापदादालाई थाहा छ– जहिले पनि बापदादाको आगमन (पधरामनी) हुन्छ, त्यतिबेला
भिन्न भिन्न साधनबाट इमेल वा पत्रद्वारा चारैतिरका बच्चाहरूले यादप्यार पठाउँछन् र
बापदादालाई यहाँ सुनाउनुभन्दा पहिला वा कसैले दिनुभन्दा पहिला नै सबैको यादप्यार
बापदादा समक्ष पुगिसक्छ किनकि यस्ता जो सिकिलधे याद गर्ने बच्चाहरू छन्, उनीहरूको
कनेक्सन धेरै फास्ट पुग्छ, तिमीहरूले तीन चार दिनपछि सम्मुख भेट्छौ तर उनीहरूको
यादप्यार जो सच्चा पात्र आत्माहरू छन्, उनीहरूको याद प्यार त्यही घडी बापदादाकहाँ
पुगिसक्छ। त्यसैले जसले पनि दिल मात्रै याद गरे, साधन मिलेन, उनीहरूको पनि यादप्यार
पुगेको छ, र बापदादा हरेक बच्चालाई पदम पदम पदम गुणा यादप्यारको रेस्पोन्ड
दिइरहनुभएको छ।
बाँकी चारैतिर अहिले
दुई शब्दमा जोड देऊ– एक फुल स्टप र अर्को सम्पूर्ण पवित्रता सारा ब्राह्मण परिवारमा
फैलाउनुछ। जो कमजोर छन्, उनीहरूलाई पनि सहयोग दिएर सम्पूर्ण पवित्र बनाऊ। यो ठुलो
पुण्य हो। न छोड, यो त छँदै छ यस्तो, यो त परिवर्तन हुँदैन, यो श्राप नदेऊ, पुण्यको
काम गर। परिवर्तन गराएर देखाउँछौ, परिवर्तन गर्नु नै छ। उनीहरूको आशा बढाऊ,
गिरेकोलाई नखसाल, सहारा देऊ, शक्ति देऊ। त्यसैले चारैतिर खुसनसीब (सौभाग्यशाली)
खुशमिजाज (प्रसन्नचित्त), खुसी बाँड्ने बच्चाहरूलाई धेरै धेरै यादप्यार एवं नमस्ते।
(रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
वरदान:–
चेकिङ गर्ने
विशेषतालाई आफ्नो निजी संस्कार बनाउने महान् आत्मा भव
जुनसुकै पनि सङ्कल्प
गर्दा, बोली बोल्दा, कर्म गर्दा, सम्बन्ध वा सम्पर्कमा आउँदा, केवल यो चेकिङ गर– यो
कर्म बाबाको समान छ! पहिला संस्कार मिलाऊ, फेरि यथार्थमा ल्याऊ। जसरी स्थूलमा पनि
कैयौँ आत्माहरूको संस्कार हुन्छ, पहिला चेक गर्छन्, फेरि स्वीकार गर्छन्। त्यसरी नै
तिमी महान् पवित्र आत्माहरू हौ, त्यसैले चेकिङको मेसिनरी तीव्र बनाऊ। यसलाई आफ्नो
निजी संस्कार बनाइदेऊ– यही सबैभन्दा ठुलो महानता हो।
स्लोगन:–
सम्पूर्ण
पवित्र र योगी बन्नु नै स्नेहको रिटर्न दिनु हो।
अव्यक्त इसारा : – यस
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
अहिले जुनसुकै पनि
परिस्थितिहरू आइरहेका छन् वा आउनेवाला छन्, प्रकृतिका पाँचै तत्त्वले राम्रोसँग
हल्लाउने कोसिस गर्नेछन् तर जीवनमुक्त विदेही अवस्थाको अभ्यासी आत्माले अचल-अडोल
पास विद अनर भएर सबै कुरा सहजै पास गर्नेछ, त्यसैले निरन्तर कर्मयोगी, निरन्तर सहज
योगी, निरन्तर मुक्त आत्माको संस्कार अहिलेदेखि अनुभवमा ल्याउनुछ।