04.02.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सङ्गममा
तिमीलाई नयाँ र असाधारण ज्ञान मिल्छ , तिमीलाई थाहा छ हामी सबै आत्माहरू कलाकारहरू
हौँ , एकको पार्ट अर्कोसँग मिल्दैन।”
प्रश्न:–
मायामाथि विजय
पाउनको लागि तिमी रुहानी योद्धाहरू (क्षत्रियहरू) लाई कुन युक्ति मिलेको छ?
उत्तर:–
हे रुहानी
क्षत्रियहरू! तिमी सदा श्रीमतमा चलिराख। आत्म अभिमानी बनेर बाबालाई याद गर, दिनहुँ
सबेरै सबेरै उठेर यादमा रहने अभ्यास गरेमा मायामाथि विजय प्राप्त गर्छौ। उल्टासुल्टा
सङ्कल्पहरूबाट बच्छौ। यादको मीठो युक्तिले मायाजित बनाउँछ।
गीत:–
जिसका साथी है
भगवान...
ओम् शान्ति ।
यी मनुष्यले
बनाएका गीत हुन्। यिनको अर्थ कसैले केही पनि जान्दैनन्। गीत भजन आदि गाउँछन्, महिमा
गर्छन् तर भक्तहरूले केही जान्दैनन्। महिमा धेरै गर्छन्। तिमी बच्चाहरूले कुनै महिमा
गर्नुछैन। बच्चाहरूले बाबाको कहिल्यै महिमा गर्दैनन्। बाबालाई थाहा छ– यिनीहरू मेरा
बच्चा हुन्। तिमी बच्चाहरूलाई थाहा छ– उहाँ हाम्रो बाबा हुनुहुन्छ। अहिले यो बेहदको
कुरा हो। फेरि पनि सबैले बेहदका बाबालाई याद गर्छन्। अहिलेसम्म पनि याद गरिरहन्छन्।
भगवानलाई भन्छन्– हे बाबा! उहाँको नाम शिवबाबा हो। जस्ता हामी आत्माहरू छौँ, शिवबाबा
पनि त्यस्तै हुनुहुन्छ। उहाँ हुनुहुन्छ परम आत्मा, जसलाई सुप्रिम भनिन्छ, हामी
उहाँका बच्चाहरू हौँ। उहाँलाई सुप्रिम सोल परमात्मा भनिन्छ। उहाँको निवासस्थान कहाँ
छ? परमधाममा। सबै आत्माहरू त्यहाँ बस्छन्। कलाकारहरू नै आत्माहरू हुन्। तिमीलाई थाहा
छ– नाटकमा कलाकारहरू नम्बरवार हुन्छन्। हरेकको पार्ट अनुसार त्यति नै तलब (पगार)
मिल्छ। सबै आत्माहरू जो त्यहाँ बस्छन्, ती सबै पार्टधारी हुन्, तर पार्ट त सबैलाई
नम्बरवार मिलेको छ। रुहानी बाबा बसेर सम्झाउनुहुन्छ– रुह (आत्मा) हरूमा कसरी अविनाशी
पार्ट पहिल्यै निश्चित गरिएको छ। सबै रुहहरूको पार्ट उस्तै हुन सक्दैन। सबैमा तागत
उस्तै हुँदैन। तिमीलाई थाहा छ– सबैभन्दा राम्रो पार्ट उनको हुन्छ जो पहिला शिवको
रुद्र मालामा हुन्छन्। नाटकमा जो धेरै राम्रा राम्रा कलाकारहरू हुन्छन्, उनीहरूको
कति महिमा हुन्छ। केवल उनीहरूलाई देख्नको लागि पनि मानिसहरू जान्छन्। यो बेहदको
ड्रामा हो। यो बेहदको ड्रामामा पनि सर्वोच्च एक बाबा हुनुहुन्छ। बाबालाई उच्चभन्दा
उच्च कलाकार, रचयिता, निर्देशक पनि भनिन्छ। ती त सबै हदका कलाकारहरू, निर्देशक आदि
हुन्। उनीहरूलाई आफ्नो सानो पार्ट मिलेको छ। पार्ट आत्माले खेल्छ तर देह अभिमानको
कारण भनिदिन्छन्– मनुष्यको यस्तो पार्ट छ। बाबा भन्नुहुन्छ– पार्ट सबै आत्माको हो।
आत्म अभिमानी बन्नुपर्छ। बाबाले सम्झाउनुभएको छ– सत्ययुगमा आत्म अभिमानी हुन्छन्।
बाबालाई चिन्दैनन्। यहाँ कलियुगमा त आत्म अभिमानी पनि छैनन् र बाबालाई पनि चिन्दैनन्।
अहिले तिमी आत्म अभिमानी बन्छौ। बाबालाई पनि चिन्दछौ।
तिमी ब्राह्मणहरूलाई
असाधारण ज्ञान मिल्छ। तिमीले आत्मालाई चिनेका छौ– हामी सबै आत्माहरू कलाकार हौँ।
सबैलाई पार्ट मिलेको छ, जुन पार्ट एकको अर्कोसँग मिल्दैन। त्यो पार्ट सबै आत्मामा
छ। त्यसो त जुन नाटक बनाउँछन्, त्यो पार्ट पनि आत्माले नै धारण गर्छ। राम्रो पार्ट
पनि आत्माले नै लिन्छ। आत्माले नै भन्छ– म गभर्नर हुँ, फलाना हुँ। तर आत्म अभिमानी
बन्दैनन्। सत्ययुगमा सम्झन्छन्– म आत्मा हुँ। एक शरीर छोडेर अर्को लिनुछ।
परमात्मालाई त्यहाँ कसैले चिन्दैनन्, यस समया तिमीले सबै कुरा जान्दछौ। शूद्र र
देवताहरूभन्दा तिमी ब्राह्मण उत्तम हौ। यति धेरै ब्राह्मण कहाँबाट आउँछन्, जो बन्छन्।
लाखौँ आउँछन् प्रदर्शनीमा। जसले राम्रोसँग बुझ्यो, ज्ञान सुन्यो, ऊ प्रजा बन्यो। एक
एक राजाका प्रजा धेरै हुन्छन्। तिमीले धेरै प्रजा बनाइरहेका छौ। प्रदर्शनी,
प्रोजेक्टरबाट बुझेर कोही राम्रा पनि बन्छन्। सिक्छन्, योग लगाउँछन्। अब उनीहरू
निस्कँदै जान्छन्। प्रजा पनि निस्कन्छन्, फेरि धनवान, राजारानी, गरिब आदि सबै
निस्कन्छन्। राजकुमार राजकुमारी धेरै हुन्छन्। सत्ययुगदेखि त्रेतासम्म राजकुमार
राजकुमारी बन्नुछ। केवल ८ वा १०८ त हुँदैनन्। तर अहिले सबै बनिरहेका छन्। तिमीले
सेवा गरिरहन्छौ। यो पनि नयाँ कुरा होइन। तिमीले कुनै कार्यक्रम गर्छौ, यो पनि नयाँ
कुरा होइन। अनेक पटक गरेका छौ, फेरि सङ्गममा यही कामधन्दा गर्छौ अरू के गर्छौ र!
बाबा आउनुहुन्छ पतितहरूलाई पावन बनाउन। यसलाई भनिन्छ विश्वको इतिहास भूगोल।
नम्बरवार त हरेक कुरामा हुन्छ नै। तिमीमध्ये जसले राम्रो भाषण गर्छन् त्यसमा सबैले
भन्छन्– यिनले धेरै राम्रो भाषण गरे। अर्काको भाषण सुने भने पनि भन्छन्– पहिलाकाले
राम्रो सम्झाउँथे। तेस्रो फेरि उनीहरूभन्दा तीक्ष्ण रहेछन् भने भन्नेछन्– यिनी
उनीहरूभन्दा पनि तीक्ष्ण छन्। हरेक कुरामा पुरुषार्थ गर्नुछ– हामी उनीहरूभन्दा माथि
जाऊँ। जो होसियार हुन्छन्, उनीहरूले तुरुन्तै हात उठाउँनेछन्, भाषण गर्नको लागि।
तिमी सबै पुरुषार्थी हौ, पछि गएर डाँक गाडी बन्छौ। जस्तै मम्मा स्पेसल डाँक गाडी
थिइन्। बाबाको कुरा त थाहा हुँदैन किनकि दुवै सँगसँगै हुनुहुन्छ। तिमीले बुझ्न
सक्दैनौ– कसले भन्नुहुन्छ। तिमीले सदैव सम्झ– शिवबाबाले सम्झाउनुहुन्छ। बाबा र दादा
दुवैलाई थाहा छ तर उहाँ अन्त्यर्यामी हुनुहुन्छ। बाहिरबाट भन्नुहुन्छ– यो त धेरै
होसियार छ। बाबा पनि महिमा सुनेर खुसी हुनुहुन्छ। लौकिक बाबाको पनि कुनै बच्चाले
राम्रोसँग पढेर उच्च पद पाउँछ भने पिताले सम्झन्छन्– यो बच्चाले राम्रो नाम निकाल्छ।
यो पनि सम्झन्छन्– फलाना बच्चा यो रुहानी सेवामा होसियार छ। मुख्य त भाषण हो,
कसैलाई बाबाको सन्देश दिनु, सम्झाउनु। बाबाले उदाहरण पनि बताउनुभएको थियो– कसैका ५
बच्चा थिए, कसैले सोध्यो– तिम्रा कति बच्चा छन्? उसले भन्यो– दुई बच्चा छन्। फेरी
प्रश्न सोध्नेले भन्यो– तिम्रा त ५ बच्चा छन्! उसले भन्यो– सपुत दुईटा छन्। यहाँ पनि
यस्तै छ। बच्चाहरू त धेरै छन्। बाबा भन्नुहुन्छ– यी डाक्टर निर्मला बच्ची धेरै
राम्री छन्। धेरै प्रेमले लौकिक बाबालाई सम्झाएर सेन्टर खुलाइदिएकी छन्। यो विश्वको
सेवा हो। तिमीले विश्वलाई स्वर्ग बनाउँछौ। यो दुनियाँलाई रावणले नर्क बनायो। एक सीता
कैदमा थिइनन् तर तिमी सीताहरू रावणको कैदमा थियौ। बाँकी शास्त्रहरूमा सबै
दन्त्यकथाहरू छन्। यो भक्तिमार्ग पनि ड्रामामा छ। तिमीलाई थाहा छ– सत्ययुगदेखि लिएर
जे पास भयो, त्यो दोहोरिन्छ। आफै पूज्य, आफै पुजारी बन्छन्। बाबा भन्नुहुन्छ– मैले
आएर पुजारीबाट पूज्य बनाउनुछ। पहिला सत्ययुगी, फेरि कलियुगी बन्नुछ। सत्ययुगमा
सूर्यवंशी लक्ष्मीनारायणको राज्य थियो। रामराज्य त चन्द्रवंशी थियो।
यस समयमा तिमी सबै
रुहानी क्षत्रिय (योद्धा) हौ। लडाइँको मैदानमा आउनेलाई क्षत्रिय भनिन्छ। तिमी हौ
रुहानी क्षत्रिय। बाँकी उनीहरू हुन् जिस्मानी क्षत्रिय। उनीहरूलाई भनिन्छ बाहुबलले
लडाइँझगडा गर्नु। सुरुमा मल्ल युद्ध हुन्थ्यो पाखुराको बल आदिले। आपसमा लड्थे, फेरि
विजय पाउँथे। अहिले त हेर बमहरू आदि बनेका छन्। तिमी पनि क्षत्रिय हौ, उनीहरू पनि
क्षत्रिय हुन्। तिमीले मायामाथि विजय पाउँछौ, श्रीमतमा चलेर। तिमी हौ रुहानी
क्षत्रिय। रुहले नै सबै कुरा गरिरहेको छ यी शरीरका कर्मेन्द्रियहरूद्वारा। रुहलाई
बाबा आएर सिकाउनुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गरेमा फेरि मायाले खाँदैन। तिम्रा
विकर्म विनाश हुन्छन् र तिमीलाई उल्टोसुल्टो सङ्कल्प आउँदैन। बाबालाई याद गरेमा खुसी
पनि हुन्छ, त्यसैले बाबा सम्झाउनुहुन्छ– बिहानै उठेर अभ्यास गर। बाबा, हजुर कति मीठो
हुनुहुन्छ। आत्माले भन्छ– बाबा। बाबाले पहिचान दिनुभएको छ– म तिम्रो बाबा हुँ,
तिमीलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउन आएको छु। यो मनुष्य सृष्टिको उल्टो
वृक्ष हो। यो भेराइटी धर्महरूको मनुष्य सृष्टि हो, यसलाई भनिन्छ विराट लीला। बाबाले
सम्झाउनुभएको छ– यो मनुष्य वृक्षको म बीजरूप हुँ। मलाई याद गर्छन्। कोही कुनै
वृक्षका हो, कोही कुनै वृक्षको हो। फेरि नम्बरवार निस्कन्छन्। ड्रामा यस्तो बनेको
छ। भनाइ छ– फलानाले धर्म स्थापक पैगम्बरलाई पठाए। तर त्यहाँबाट पठाउँदैनन्। यो
ड्रामा अनुसार दोहोरिन्छ। उहाँ एक मात्रै हुनुहुन्छ जसले धर्म र राजधानी स्थापना
गरिरहनुभएको छ। यो कुरा दुनियाँमा कसैलाई पनि थाहा छैन। अहिले हो सङ्गम। विनाशको
ज्वाला प्रज्वलित हुनुछ। यो हो शिवबाबाको ज्ञान यज्ञ। उनीहरूले रुद्र नाम राखिदिएका
छन्। प्रजापिता ब्रह्माद्वारा तिमी ब्राह्मण पैदा भएका हौ। तिमी उच्च ठहरियौ नि। पछि
अरू वंशहरू निस्कन्छन्। वास्तवमा त सबै ब्रह्माका बच्चाहरू हौ। ब्रह्मालाई भनिन्छ
ग्रेट-ग्रेट ग्रान्ड फादर। वंशावली छ, पहिला सुरुमा ब्रह्मा उच्च, फेरि वंश
निस्कन्छ। भन्छन्– भगवानले सृष्टि कसरी रच्नुहुन्छ। रचना त छ। उनीहरू पतित भएपछि
उहाँलाई बोलाउँछन्। उहाँ नै आएर दुःखी सृष्टिलाई सुखी बनाउनुहुन्छ, त्यसैले
बोलाउँछन्– बाबा दुःखहर्ता सुखकर्ता आउनुहोस्! नाम राखेका छन् हरिद्वार। हरिद्वार
अर्थात् हरिको द्वार। त्यहाँ गङ्गा बग्छ। सम्झन्छन्– हामीले गङ्गामा स्नान गरेमा
हरिको द्वारमा जानेछौँ। तर हरिको द्वार छ कहाँ? उनीहरूले फेरि श्रीकृष्णलाई
भनिदिन्छन्। हरिको द्वार त शिवबाबा हुनुहुन्छ। दुःखहर्ता सुखकर्ता। पहिला तिमी
जानुछ आफ्नो घर। तिमी बच्चाहरूलाई आफ्नो बाबाको र घरको विषयमा अहिले थाहा भएको छ।
बाबाको गद्दी केही उच्च छ। फूल छ माथि, फेरि युगल दाना त्यसभन्दा तल। फेरि छ
वैजयन्ती माला, त्यो विष्णुको माला। विष्णुको गलामा हार, तिनीहरूले नै फेरि
विष्णुपुरीमा राज्य गर्छन्। ब्राह्मणहरूको माला हुँदैन किनकि घरी घरी टुट्छन्। बाबा
सम्झाउनुहुन्छ– नम्बरवार त हुन्छन् नि। आज ठीक छन्, भोलि तुफान आउँछ, ग्रहदशा लागेमा
सेलाउँछन्। बाबा भन्नुहुन्छ– मेरो बनेर, आश्चर्यवत् सुनेर, कथन्ति गरेर, ध्यानमा
गएर, मालामा उनिएर... फेरि एकदम भागेर, चण्डाल बनेर जान्छन्। फेरि माला कसरी बन्छन्?
त्यसैले बाबाले सम्झाउनुहुन्छ– ब्राह्मणहरूको माला बन्दैन। भक्तमालामा मुख्य फिमेलमा
मीरा र मेलमा नारद। सङ्गममा बाबाले नै आएर सबैलाई मुक्ति-जीवनमुक्ति दिनुहुन्छ।
बच्चाहरूले जान्दछौ– हामी नै स्वर्गका मालिक थियौँ। अहिले नर्कमा छौँ। बाबा
भन्नुहुन्छ– नर्कलाई लात मार, स्वर्गको बादसाही लेऊ, जुन तिम्रो राज्य रावणले खोसेको
छ। यो त बाबाले नै आएर बताउनुहुन्छ। उहाँले यी सबै शास्त्र, तीर्थ आदिलाई
जान्नुहुन्छ। बीजरूप हुनुहुन्छ नि। ज्ञानको सागर, शान्तिको सागर... यो आत्माले भन्छ।
बाबा सम्झाउनुहुन्छ–
यी लक्ष्मीनारायण सत्ययुगका मालिक थिए। उनीहरूभन्दा पहिला के थियो? अवश्य कलियुगको
अन्त्य हुन्छ भने सङ्गमयुग भएको होला, फेरि अब स्वर्ग बन्छ। बाबालाई स्वर्गको रचयिता
भनिन्छ, स्वर्ग स्थापना गर्नेवाला। यी लक्ष्मीनारायण स्वर्गका मालिक थिए।
यिनीहरूलाई वर्सा कहाँबाट मिल्यो? स्वर्गका रचयिता बाबाबाट। बाबाको नै यो वर्सा हो।
तिमीले जो कोहीसँग पनि सोध्न सक्छौ– यी लक्ष्मीनारायणको सत्ययुगको राजधानी थियो।
कसरी लिए? कसैले बताउन सक्दैनन्। यी दादाले पनि भन्छन्– मलाई थाहा थिएन। पूजा गर्थेँ
तर जान्दैनथेँ। अब बाबाले सम्झाउनुभएको छ– यिनीहरूले सङ्गममा राजयोग सिक्छन्। गीतामा
नै राजयोगको वर्णन छ। गीता बाहेक अरू कुनै पनि शास्त्रमा राजयोगको कुरा छैन। बाबा
भन्नुहुन्छ– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। भगवानले नै आएर नरबाट नारायण
बन्ने ज्ञान दिनुभएको छ। यहाँको मुख्य शास्त्र हो गीता। गीता कहिले रचना भयो, यो
जान्दैनन्। बाबा भन्नुहुन्छ– कल्प कल्प सङ्गममा आउँछु। जसलाई राज्य दिएको थिएँ,
उनीहरूले राज्य गुमाएर फेरि तमोप्रधान दुःखी बनेका छन्। रावणको राज्य छ। सारा यहाँको
नै कहानी हो। भारतवर्ष हो अलराउन्ड, अरू त सबै पछि आउँछन्। बाबा भन्नुहुन्छ– मैले
तिमीलाई ८४ जन्मको रहस्य बताउँछु। ५ हजार वर्ष पहिला तिमी देवीदेवता थियौ, तिमीले
आफ्नो जन्महरूलाई जान्दैनौ, हे प्यारा बच्चाहरू! बाबा आउनुहुन्छ अन्त्यमा। आदिमा
आउनुभयो त्यसैले आदि-अन्त्यको ज्ञान कसरी सुनाउनुहुन्छ! सृष्टिको वृद्धि नै भएको
छैन भने कसरी सम्झाउनुहुन्छ? त्यहाँ त ज्ञानको आवश्यक नै हुँदैन। बाबाले अहिले
सङ्गममा नै ज्ञान दिनुहुन्छ। ज्ञानको सागर हुनुहुन्छ नि। अवश्य ज्ञान सुनाउन
अन्त्यमा आउनुपर्छ। आदिमा तिमीलाई के सुनाउनुहुन्छ! यी बुझ्ने कुराहरू हुन्।
भगवानुवाच– मैले तिमीलाई राजयोग सिकाउँछु। यो विश्व विद्यालय हो पाण्डव सरकारको।
अहिले हो सङ्गम, यादव, कौरव र पाण्डव, उनीहरू बसेर सेनाहरू देखाएका छन्। बाबा
सम्झाउनुहुन्छ– यादव-कौरव विनाश काले विपरीत बुद्धि। एकअर्कालाई गाली गरिरहन्छन्।
बाबासँग प्रीत छैन। भनिदिन्छन्– कुकुर-बिराला सबैमा परमात्मा हुनुहुन्छ। बाँकी
पाण्डवहरूको प्रीत बुद्धि थियो। पाण्डवहरूको साथी स्वयं परमात्मा हुनुहुन्थ्यो।
पाण्डव भनेको रुहानी पण्डा। उनीहरू हुन् जिस्मानी पण्डा, तिमी हौ रुहानी पण्डा।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) आत्म अभिमानी बनेर यो बेहद नाटकमा हिरो पार्ट खेल्नुछ। हरेक कलाकारको पार्ट
आआफ्नो छ, त्यसैले कसैको पार्टसँग रिस गर्नुछैन।
२) सबेरै सबेरै उठेर
आफूसँग कुरा गर्नुछ, अभ्यास गर्नुछ– म यी शरीरका कर्मेन्द्रियहरूबाट अलग छु, बाबा
हजुर कति मीठो हुनुहुन्छ, हजुरले हामीलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान
दिनुहुन्छ।
वरदान:–
बाबाको
संस्कारलाई आफ्नो निजी संस्कार बनाउने व्यर्थ वा पुराना संस्कारहरूबाट मुक्त भव
कुनै पनि व्यर्थ
सङ्कल्प वा पुराना संस्कार देह अभिमानको सम्बन्धबाट हुन्छन्, आत्मिक स्वरूपका
संस्कार बाबासमान हुन्छन्। जसरी बाबा सदा विश्व कल्याणकारी, परोपकारी, रहमदिल,
वरदाता.... हुनुहुन्छ, त्यसैगरी स्वयंको संस्कार स्वाभाविक बनोस्। संस्कार बन्नु
अर्थात् सङ्कल्प, बोली र कर्म स्वतः त्यसै अनुसार चल्नु। जीवनमा संस्कार एउटा चाबी
हो, जसबाट स्वतः चलिरहिन्छ, फेरि मेहनत गर्ने जरुरत हुँदैन।
स्लोगन:–
आत्मिक
स्थितिमा स्थित रहेर आफ्नो रथ (शरीर) द्वारा कार्य गराउने नै सच्चा पुरुषार्थी हुन्।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन
जसरी बाबाले तिमी
सबैलाई कुना कुनाबाट खोजेर निकाल्नुभयो। अनेक वृक्षका हाँगाहरूबाट अब एउटै चन्दनको
वृक्ष भएको छ। मानिसहरूले भन्छन्– दुईचार माताहरू पनि सँगसँगै बस्न सक्दैनन् तर तिमी
माताहरू सारा विश्वमा एकता स्थापना गर्ने निमित्त छौ, यही तिम्रो आपसी एकताले बाबाको
प्रत्यक्षता गर्छ।