04.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
अहिले श्रीमतमा साइलेन्सको अतिमा जान्छौ , तिमीलाई बाबाबाट शान्तिको वर्सा मिल्छ ,
शान्तिमा सबै कुरा आउँछ।”
प्रश्न:–
नयाँ दुनियाँको
स्थापनाको मुख्य आधार के हो?
उत्तर:–
पवित्रता।
बाबाले ब्रह्मा तनमा आएर नयाँ दुनियाँ स्थापना गरिसकेपछि तिमी आपसमा भाइ-बहिनी
हुन्छौ। स्त्री पुरुषको भान निस्कन्छ। यस अन्तिम जन्ममा पवित्र बन्छौ अनि पवित्र
दुनियाँको मालिक बन्छौ। तिमीले आफैसँग प्रतिज्ञा गर्छौ– हामी भाइ बहिनी भएर रहन्छौँ।
विकारको दृष्टि राख्दैनौँ। एक अर्कालाई सावधान गरेर उन्नति गर्छौँ।
गीत:–
जाग सजनियां
जाग...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीत सुन्यौ र बुद्धिमा स्वदर्शन चक्र घुम्यो। बाबा पनि स्वदर्शन
चक्रधारी कहलाइनुहुन्छ किनकि सृष्टिको आदि, मध्य, अन्त्यलाई जान्नु– यो हो स्वदर्शन
चक्रधारी बन्नु। यी कुरा बाबा बाहेक अरू कसैले सम्झाउन सक्दैन। तिमी ब्राह्मणहरूको
सारा आधार साइलेन्समा (मौनतामा) छ। सबै मानिसहरूले भन्छन् पनि– शान्ति देवा, हे
शान्ति दिनेवाला... थाहा कसैलाई पनि छैन– शान्ति कसले दिनुहुन्छ वा शान्तिधाम कसले
लैजानुहुन्छ। यो केवल तिमी बच्चाहरूले नै जान्दछौ, ब्राह्मण नै स्वदर्शन चक्रधारी
बन्छन्। देवता कोही स्वदर्शन चक्रधारी कहलाउन सक्दैनन्। कति रात दिनको फरक छ! बाबा
तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ, तिमी हरेक स्वदर्शन चक्रधारी हौ– नम्बरवार
पुरुषार्थ अनुसार। बाबालाई याद गर्नुछ, यही मुख्य कुरा हो। बाबालाई याद गर्नु
अर्थात् शान्तिको वर्सा लिनु। शान्तिमा सबै कुरा आउँछ। तिम्रो आयु पनि लामो हुन्छ,
निरोगी काया पनि बन्दै जान्छ। बाबा बाहेक अरू कसैले स्वदर्शन चक्रधारी बनाउन सक्दैन।
आत्मा नै बन्छ। बाबा पनि हुनुहुन्छ किनकि सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान छ।
गीत पनि सुन्यौ– अब नयाँ दुनियाँ स्थापना भइरहेको छ। गीत त मानिसहरूले नै बनाएका
हुन्। बाबा बसेर सार सम्झाउनुहुन्छ। उहाँ हुनुहुन्छ सबै आत्माहरूको पिता, त्यसैले
सबै बच्चाहरू आपसमा भाइ भाइ हुन्छन्। बाबाले नयाँ दुनियाँ रचना गरेपछि प्रजापिता
ब्रह्माद्वारा तिमी भाइ बहिनी हुन्छौ, हरेक ब्रह्माकुमार कुमारी हुन्, यो बुद्धिमा
रहेमा फेरि स्त्री पुरुषको भान निस्कन्छ। मानिसहरूले यो बुझ्दैनन् हामी पनि वास्तवमा
भाइ भाइ हौँ। फेरि बाबाले रचना रच्नुहुन्छ अनि भाइ बहिनी हुन्छन्। क्रिमिनल (विकारी)
दृष्टि निस्कन्छ। बाबाले याद पनि दिलाउनुहुन्छ, तिमीले बोलाउँदै आएका छौ– हे
पतित-पावन! अब म आएको छु, तिमीलाई भन्छु– यो अन्तिम जन्म पवित्र बन। तब तिमी पवित्र
दुनियाँको मालिक बन्छौ। यो प्रदर्शनी त तिम्रो घर घरमा हुनुपर्छ किनकि तिमी बच्चाहरू
ब्राह्मण हौ। तिम्रो घरमा यी चित्र अवश्य हुनुपर्छ। यिनीहरूमा सम्झाउन धेरै सहज छ।
८४ को चक्र त बुद्धिमा छ। ठीक छ, तिमीलाई एक ब्राह्मणी (टिचर) दिनेछु। उनी आएर
सर्भिस गरेर जान्छिन्। तिमीले प्रदर्शनी खोलिदेऊ। भक्तिमार्गमा पनि कसैले
श्रीकृष्णको पूजा अथवा मन्त्र जन्त्र आदि जानेनन् भने ब्राह्मणलाई बोलाउँछन्। उनी
दिनहुँ आएर पूजा गर्छन्। तिमीले पनि मगाउन सक्छौ। यो त धेरै सहज छ। बाबाले प्रजापिता
ब्रह्माद्वारा सृष्टि रच्नुभयो तब अवश्य ब्रह्माकुमार कुमारीहरू बहिनी भाइ बने।
प्रतिज्ञा गर्छन्– हामी दुवै भाइ बहिनी भएर रहन्छौँ, विकारको दृष्टि राख्दैनौँ। एक
अर्कालाई सावधान गरेर उन्नति गर्छौँ। मुख्य हो नै यादको यात्रा। ती मानिसहरू
साइन्सको बलले कति माथि जाने कोसिस गर्छन्, तर माथि कुनै दुनियाँ कहाँ छ र! यो हो
साइन्सको अतिमा जानु। अहिले तिमी श्रीमतमा साइलेन्सको अतिमा जान्छौ। उनीहरूको हो
साइन्स, यहाँ त तिम्रो हो साइलेन्स। बच्चाहरूलाई थाहा छ– आत्मा त स्वयं शान्त
स्वरूप छ। यस शरीरद्वारा केवल पार्ट खेल्नुपर्ने हुन्छ। कर्म बिना त कोही रहन
सक्दैन। बाबा भन्नुहुन्छ– आफूलाई शरीरबाट अलग आत्मा सम्झेर बाबालाई याद गर तब तिम्रा
विकर्म विनाश हुन्छन्। धेरै नै सहज छ, सबैभन्दा धेरै जो मेरा भक्त अर्थात् शिवका
पुजारी छन्, उनीहरूलाई सम्झाऊ। उच्च भन्दा उच्च पूजा हो शिवको किनकि उहाँ नै सर्वको
सद्गतिदाता हुनुहुन्छ।
अहिले तिमी
बच्चाहरूलाई थाहा छ– बाबा आउनुभएको छ सबैलाई साथमा लैजानुहुन्छ। आफ्नो समयमा हामीले
पनि ड्रामा अनुसार कर्मातीत अवस्थालाई प्राप्त गर्नेछौँ फेरि विनाश हुन्छ।
पुरुषार्थ धेरै गर्नुछ जसबाट हामी आत्माहरू सतोप्रधान बन्छौँ। बाबाको श्रीमतमा
चल्नुछ, श्रीमत भगवत गीता भनिन्छ, कति धेरै महिमा छ! देवताहरूको पनि महिमा गाउँछन्–
सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी... बाबाले नै आएर सम्पूर्ण पावन बनाउनुहुन्छ।
जब सम्पूर्ण पतित दुनियाँ बन्छ अनि मात्रै बाबा आएर सम्पूर्ण पावन दुनियाँ
बनाउनुहुन्छ। सबैले भन्छन्– हामी भगवानका बच्चा हौँ त्यसैले अवश्य स्वर्गको वर्सा
हुनुपर्छ। प्रजापिता ब्रह्माद्वारा हामी अहिले भाइ-बहिनी बनेका छौँ। कल्प पहिला पनि
बाबा आउनुभएको थियो त्यसैले शिवजयन्ती मनाउँछन्। अवश्य प्रजापिता ब्रह्माका बच्चा
बनेको हुनुपर्छ। बाबासँग प्रतिज्ञा गर्छन्– बाबा हामी आपसमा कम्प्यानियन (साथी) भएर
पवित्र रहन्छौँ। हजुरको डाइरेक्सनमा चल्छौँ। कुनै ठुलो कुरा होइन। अहिले यो अन्तिम
जन्म हो, यो मृत्युलोक खतम हुनुछ। अहिले तिमी समझदार बनेका छौ। कसैले आफूलाई भगवान
भन्यो भने उनलाई भन्नेछौ– भगवान त सर्वको सद्गतिदाता हुनुहुन्छ। यिनीहरूले फेरि
आफूलाई कसरी भगवान कहलाउन सक्छन्! तर सम्झिन्छन्– यो ड्रामाको खेल हो।
बाबाले तिमी
बच्चाहरूलाई स्वदर्शन चक्रधारी बनाइरहनुभएको छ। बाबा भन्नुहुन्छ– अब सर्भिसमा तत्पर
होऊ। घर घरमा प्रदर्शनी खोल। यस्तो महान् पुण्य अरू कुनै हुँदैन। कसैलाई बाबाको
मार्ग बताउनु, यो जस्तो दान अरू कुनै छैन। बाबा भन्नुहुन्छ– म एकलाई याद गर तब पाप
नाश हुन्छन्। बाबालाई बोलाउँछन् पनि– हे पतित-पावन, लिबरेटर (मुक्तिदाता), गाइड (मार्गदर्शक)
आउनुहोस्! तिम्रो पनि नाम पाण्डव गायन गरिएको छ। बाबा पनि पण्डा हुनुहुन्छ। सबै
आत्माहरूलाई लैजानुहुन्छ। उनीहरू हुन् जिस्मानी पण्डा। यहाँ हुनुहुन्छ रुहानी। त्यो
जिस्मानी यात्रा, यो रुहानी यात्रा। सत्ययुगमा जिस्मानी यात्रा भक्ति मार्गको
हुँदैन। त्यहाँ तिमी पूज्य बन्छौ, अहिले बाबाले तिमीलाई कति समझदार बनाउनुहुन्छ!
त्यसैले बाबाको मतमा चल्नुपर्छ नि। कुनै पनि संशय आदि छ भने सोध्नुपर्छ। अब बाबा
भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! देहीअभिमानी बन। आफूलाई आत्मा सम्झेर बाबालाई
याद गर। तिमी मेरा प्यारा बच्चा हौ नि। आधाकल्पका तिमी आशिक हौ। एउटैका धेरै नाम
राखिदिएका छन्, कति नाम, कति मन्दिर बनाउँछन्! म छु त एउटै। मेरो नाम हो शिव। म ५
हजार वर्ष पहिला भारतवर्षमा नै आएको थिएँ। बच्चाहरूलाई एडप्ट गरेको थिएँ। अहिले पनि
एडप्ट गरिरहेको छु। ब्रह्माका बच्चा भएको कारणले तिमी नातिनातिना भयौ। आत्मालाई यहाँ
नै वर्सा मिल्छ। त्यसमा भाइ बहिनीको सवाल उठ्दैन। आत्माले नै पढ्छ, वर्सा लिन्छ।
सबैलाई हक छ। तिमी बच्चाहरूले यस पुरानो दुनियाँमा जे देख्छौ– त्यो सबै विनाश हुनुछ।
महाभारत लडाइँ पनि अवश्य हुन्छ। बेहदका बाबाले बेहदको वर्सा दिइरहनुभएको छ। बेहदको
नलेज सुनाइरहनुभएको छ। त्याग पनि बेहदको चाहिन्छ। तिमीलाई थाहा छ– कल्प पहिला पनि
बाबाले राजयोग सिकाउनुभएको थियो, राजस्व अश्वमेध यज्ञ रच्नुभएको थियो फेरि राज्यको
लागि सत्ययुगी नयाँ दुनियाँ अवश्य चाहिन्छ। पुरानो दुनियाँको विनाश पनि भएको थियो।
५ हजार वर्षको कुरा हो नि। यही लडाइँ लागेको थियो, जसबाट गेट (द्वार) खुलेका थिए।
बोर्डमा पनि लेखिदेऊ– स्वर्गका द्वार कसरी खुलिरहेका छन्– आएर बुझ्नुहोस्। तिमीले
सम्झाउन सक्दैनौ भने अर्कोलाई बोलाउन सक्छौ। फेरि बिस्तारै बिस्तारै वृद्धि हुँदै
जान्छ। तिमी कति धेरै ब्राह्मण ब्राह्मणीहरू हौ प्रजापिता ब्रह्माका बच्चा! वर्सा
मिल्छ शिवबाबाबाट। उहाँ नै सबैका पिता हुनुहुन्छ। यो त बुद्धिमा राम्रोसँग याद
राख्नुपर्छ– हामी ब्राह्मण सो देवता बन्छौँ। हामी नै देवता थियौँ फेरि चक्कर लगायौँ।
हामी अहिले ब्राह्मण बनेका छौँ फेरि विष्णुपुरीमा जान्छौँ। ज्ञान छ धेरै सहज। तर
करोडौँमा कोही निस्कन्छन्। प्रदर्शनीमा कति धेरै आउँछन्, कोही मुस्किलले निस्कन्छन्,
कसैले त केवल महिमा गर्छन्– धेरै राम्रो छ, हामी आउनेछौँ। कोही विरलै ७ दिनको कोर्स
लिन्छन्, अब ७ दिनको कुरा पनि के छ र! गीताको पाठ पनि ७ दिन राख्छन्। सात दिन
तिमीलाई पनि भट्टीमा बस्नु छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नाले सारा फोहोर
निस्कन्छ। आधाकल्पको गन्दा बिमारी देह अभिमानको हो, त्यो निकाल्नु छ। देहीअभिमानी
बन्नु छ। ७ दिनको कोर्स कुनै ठुलो कहाँ हो र! कसैलाई सेकेन्डमा पनि तीर लाग्न सक्छ।
पछि आउनेहरू अगाडि जान सक्छन्। भन्छन्– हामीले रेस गरेर बाबाबाट वर्सा लिएरै छोड्छौँ।
कति त पुरानाहरूभन्दा पनि तीक्ष्ण हुन्छन् किनकि राम्रा राम्रा प्वाइन्टहरू, तयारी
माल मिल्छ। प्रदर्शनी आदि सम्झाउनमा कति सहज हुन्छ! आफै सम्झाउन सक्दैनन् भने
बहिनीहरूलाई बोलाउन्। दिनहुँ आएर कथा भनेर जान्छन्। ५ हजार वर्ष पहिला यी
लक्ष्मी-नारायणको राज्य थियो, जुन १२५० वर्ष चल्यो। कति छोटो कहानी छ! हामी सो देवता
थियौँ फेरि हामी सो क्षत्रिय, वैश्य, शूद्र बन्यौँ। हामी आत्मा ब्राह्मण बन्यौँ,
‘हम सो’ को अर्थ कति युक्तिसङ्गत सम्झाइन्छ! विराट रूप पनि छ, तर त्यसमा
ब्राह्मणहरूलाई र शिवबाबालाई उडाइदिएका छन्। अर्थ केही पनि बुझ्दैनन्। अहिले तिमी
बच्चाहरूले मेहनत गर्नुछ, यादको। अरू कुनै संशयमा आउनुहुँदैन। विकर्माजित बनेर उच्च
पद पाउनुछ भने यो चिन्तन खतम गर्नुछ– यो किन हुन्छ, यसले यस्तो किन गर्छ। यी सबै
कुराहरूलाई छोडेर एउटै चिन्तन रहोस्– हामी तमोप्रधानबाट सतोप्रधान बन्नुछ। जति
बाबालाई याद गर्छौ त्यति विकर्माजित बनेर उच्च पद पाउँछौ। बाँकी फालतु कुरा सुनेर
आफ्नो दिमाग बिगार्नुछैन। सबै कुराभन्दा एक कुरा मुख्य छ, त्यसलाई नभुल। कसैसँग समय
खेर नफाल। तिम्रो समय धेरै मूल्यवान छ। तुफानहरूसँग डराउनुछैन। धेरै तकलिफ आउँछ,
घाटा पर्छ। तर बाबाको याद कहिल्यै भुल्नुहुँदैन। यादले नै पावन बन्नुछ, पुरुषार्थ
गरेर उच्च पद पाउनुछ। यी वृद्ध बाबाले यति उच्च पद पाउँछन् भने हामी किन बन्दैनौँ!
यो पनि पढाइ हो नि। तिमीलाई यसमा केही पनि किताब आदि लिने आवश्यकता छैन। बुद्धिमा
सारा कहानी छ। कति सानो कहानी हो! सेकेन्डको कुरा हो, जीवनमुक्ति सेकेन्डमा मिल्छ।
मूल कुरा हो– बाबालाई याद गर्नु। बाबा जसले तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ
उहाँलाई तिमीले भुल्छौ! भन्छन्– सबै कहाँ राजा बन्छन् र! अरे तिमीले सबैको चिन्तन
किन गर्छौ! स्कुलमा यो फिक्र राख्छन् र– सबैले कहाँ स्कलरसिप (छात्रवृत्ति) पाउँछन्
र? पढ्न थाल्छन् नि। हरेकको पुरुषार्थबाट बुझिन्छ यिनीहरूले के पद पाउनेवाला हुन्।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यो समय धेरै मूल्यवान छ, यसलाई फालतु कुराहरूमा गुमाउनुछैन। जति पनि तुफानहरू
आऊन्, घाटा परोस् तर बाबाको यादमा रहनुछ।
२) तमोप्रधानबाट
सतोप्रधान बन्ने नै चिन्तन गर्नुछ, अरू कुनै चिन्तन चलाउनुछैन। ‘हम सो, सो हम’ को
छोटो कहानी धेरै युक्तिले बुझ्नु र बुझाउनुछ।
वरदान:–
मगन अवस्थाको
अनुभवद्वारा मायालाई आफ्नो भक्त बनाउने माया जित भव
मगन अवस्थाको अनुभव
गर्नको लागि आफ्ना अनेक टाइटल (उपाधि) वा स्वरूप, अनेक गुणहरूको श्रृङ्गार, अनेक
प्रकारका खुसीका, रुहानी नशाका, रचयिता र रचनाको विस्तारका प्वाइन्टहरू,
प्राप्तिहरूका प्वाइन्टहरू स्मृतिमा राख, जुन तिम्रो मनपर्ने छ त्यसमा मनन गर तब
मगन अवस्था सहज अनुभव हुन्छ। फेरि कहिल्यै परवश हुँदैनौ, मायाले सदाको लागि नमस्कार
गर्छ। सङ्गमयुगको पहिलो भक्त माया बन्नेछ। जब तिमी मायाजित मास्टर भगवान बन्छौ तब
माया भक्त बन्छ।
स्लोगन:–
तिम्रो
उच्चारण र आचरण ब्रह्माबाबा समान होस् तब भनिन्छ सच्चा ब्राह्मण।