04.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे–
बन्धनमुक्त बनेर स ेवा मा तत्पर ह ोऊ किनकि यो स ेवा मा धेरै उच्च कमाइ छ , २१
जन्मको लागि तिमी वैकुण्ठको मालिक बन्छौ।”
प्रश्न:–
हरेक बच्चाले
कुन बानी बसाल्नुपर्छ?
उत्तर:–
मुरलीका
प्वाइन्टहरूमा आधारित भएर सम्झाउने। ब्राह्मणी (टिचर) कतै गइन् भने आपसमा मिलेर
क्लास चलाउनुपर्छ। यदि मुरली चलाउन सिकेनौ भने आफूसमान कसरी बनाउँछौ? ब्राह्मणी
नभएमा अलमलिनु हुँदैन। पढाइ त सिम्पल छ। क्लास चलाइरहनुपर्छ, यो पनि प्राक्टिस
गर्नुछ।
गीत:–
मुखडा देख ले
प्राणी...
ओम् शान्ति ।
बच्चाहरूले यहाँ
मुरली सुन्दा आफूलाई आत्मा निश्चय गरेर बस्नुछ र यो निश्चय गर्नुछ– बाबा परमात्माले
हामीलाई मुरली सुनाइरहनुभएको छ। यो डाइरेक्सन अथवा मत एक बाबाले नै दिनुहुन्छ।
यसलाई नै श्रीमत भनिन्छ। श्री अर्थात् श्रेष्ठभन्दा श्रेष्ठ। उहाँ हुनुहुन्छ बेहदका
बाबा, जसलाई उच्चभन्दा उच्च भगवान भनिन्छ। धेरै मानिसहरू छन् जसले त्यो प्रेमले
परमात्मालाई बाबा सम्झँदैनन् पनि। हुन त शिवको भक्ति गर्छन्, धेरै प्रेमले याद
गर्छन् तर मानिसहरूले भनिदिएका छन्– सबैमा परमात्मा हुनुहुन्छ, त्यसैले त्यो प्रेम
कोसँग राखुन् त्यसैले बाबासँग विपरीत बुद्धि भएका छन्। भक्तिमा कुनै दु:ख वा रोग आदि
लाग्यो भने बाबासँग प्रीत देखाउँछन्। भन्छन्– भगवान रक्षा गर्नुहोस्! बच्चाहरूलाई
थाहा छ– गीता श्रीमत हो, भगवानको मुखबाट गाइएको। अरू कुनै यस्तो शास्त्र छैन जसमा
भगवानले राजयोग सिकाउनुभएको छ वा श्रीमत दिनुभएको छ। एक भारतखण्डको गीता नै हो, जसको
प्रभाव पनि धेरै छ। एक गीता नै भगवानद्वारा गाइएको हो, भगवान भन्नाले एक
निराकारतर्फ नै दृष्टि जान्छ। औँलाले माथितिरै इसारा गर्छन्। श्रीकृष्णको लागि यस्तो
कहिल्यै भन्दैनन् किनकि उनी त देहधारी हुन् नि। तिमीलाई अब उनीसँगको सम्बन्धको
बारेमा थाहा भएको छ, त्यसैले भनिन्छ– बाबालाई याद गर, उहाँसँग प्रीत राख। आत्माले
आफ्नो बाबालाई याद गर्छ। अहिले उहाँ भगवानले बच्चाहरूलाई पढाइरहनुभएको छ। त्यसैले
त्यो नशा धेरै चढ्नुपर्छ। र, नशा पनि स्थायी चढ्नुपर्छ। यस्तो होइन– ब्राह्मणी अगाडि
छन् भने नशा चढ्ने, ब्राह्मणी छैनन् भने नशा उड्ने। बस्, ब्राह्मणी नभएमा हामीले
क्लास गर्न सक्दैनौं। कुनै कुनै सेन्टरको लागि बाबाले सम्झाउनुहुन्छ– कतै ५-६ महिना
पनि ब्राह्मणी निस्किएर गइन् भने आपसमा मिलेर सेन्टर सम्हाल्छन् किनकि पढाइ त
सिम्पल छ। कति त ब्राह्मणी बिना अन्धा-लङ्गडा जस्ता हुन्छन्। ब्राह्मणी निस्किएर
गइन् भने सेन्टरमा जान छोडिदिन्छन्। अरे, धेरै बसेका छौ, क्लास चलाउन सक्दैनौ? गुरु
बाहिर गए भने चेलाहरूले पछाडि सम्हाल्छन् नि। बच्चाहरूले सेवा गर्नुछ। स्टुडेन्टमा
नम्बरवार त हुन्छन् नै। बापदादालाई थाहा छ– कहाँ फस्टक्लासलाई पठाउनुछ। बच्चाहरूले
यति वर्ष सिकेका छन्, केही त धारणा भएको होलान् नि, जसले गर्दा आपसमा मिलेर सेन्टर
चलाउन सक्छन्। मुरली त मिल्छ नै। प्वाइन्टहरूको आधारमा नै सम्झाउँछन्। सुन्ने बानी
बस्यो तर सुनाउने बानी बस्दैन। यादमा रह्यौ भने धारणा पनि हुन्छ। सेन्टरमा यस्ता
कोही त हुनुपर्छ जसले भन्छन्– अच्छा, ब्राह्मणी जानुभयो भने हामीले सेन्टर सम्हाल्छौं।
बाबाले ब्राह्मणीलाई कुनै राम्रो सेन्टरमा पठाउनुभएको छ सेवाको लागि। ब्राह्मणी
नभएमा अलमलिनु हुँदैन। ब्राह्मणीजस्तो बनेनौ भने अरूलाई आफूसमान कसरी बनाउँछौ, प्रजा
कसरी बनाउँछौ? मुरली त सबैलाई मिल्छ। बच्चाहरूलाई खुसी हुनुपर्छ– हामी गद्दीमा बसेर
सम्झाऔँ। प्राक्टिस गरेमा सर्भिसएबल (सेवा गर्न लायक) बन्न सक्छन्। बाबाले
सोध्नुहुन्छ– सर्भिसएबल बनेका छौ? तर कोही पनि निस्कँदैनन्। सेवाको लागि छुट्टी
लिनुपर्छ। जहाँ पनि सेवाको लागि बोलावट आउँछ, छुट्टी लिएर त्यहाँ जानुपर्छ। जो
बन्धनमुक्त बच्चाहरू छन्, उनीहरूले यस्तो सेवा गर्न सक्छन्। त्यो गभर्मेन्टभन्दा त
यो गभर्मेन्टको कमाइ धेरै उच्च छ। भगवानले पढाउनुहुन्छ, जसबाट तिमी २१ जन्मको लागि
वैकुण्ठको मालिक बन्छौ। कति ठुलो आम्दानी छ, त्यो कमाइबाट के मिल्छ? अल्पकालको सुख।
यहाँ त विश्वको मालिक बन्छौ। जसलाई पक्का निश्चय छ, उनीहरूले त भन्छन्– हामी यही
सेवामा लागौँ। तर पूरा नशा हुनुपर्छ। हेर्नुछ– मैले कसलाई सम्झाउन सक्छु! धेरै सहज
छ। कलियुगको अन्त्यमा यति करोड मानिसहरू छन्, सत्ययुगमा अवश्य थोरै हुन्छन्। त्यसको
स्थापनाको लागि अवश्य बाबा सङ्गममा नै आउनुहुन्छ। पुरानो दुनियाँको विनाश हुनुछ।
महाभारत लडाइँ पनि प्रसिद्ध छ। यो हुन्छ नै तब, जब भगवान आएर सत्ययुगको लागि राजयोग
सिकाएर राजाहरूको राजा बनाउनुहुन्छ। कर्मातित अवस्था प्राप्त गराउनुहुन्छ।
भन्नुहुन्छ– देहसहित देहका सबै सम्बन्ध छोडेर म एकलाई याद गर्यौ भने पाप काटिँदै
जान्छन्। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु– यही मेहनत हो। योगको अर्थ एक जना
मानिसले पनि जान्दैनन्।
बाबाले सम्झाउनुहुन्छ–
भक्तिमार्ग पनि ड्रामामा निश्चित छ। भक्तिमार्ग चल्नु नै छ। खेल बनेको छ– ज्ञान,
भक्ति, वैराग्य। वैराग्य पनि दुई प्रकारको हुन्छ। एउटा हो हदको वैराग्य, अर्को हो
यो बेहदको वैराग्य। अहिले तिमी बच्चाहरूले सारा पुरानो दुनियाँलाई भुल्ने पुरुषार्थ
गर्छौ किनकि तिमीलाई थाहा छ– हामी अब शिवालय, पावन दुनियाँमा गइरहेका छौँ। तिमीहरू
सबै ब्रह्माकुमार-कुमारीहरू दाजु-भाइ, दिदी-बहिनी हौ। विकारी दृष्टि जान सक्दैन।
आजकाल त सबैको दृष्टि क्रिमिनल भएको छ। तमोप्रधान छन् नि। यसको नाम नै हो नर्क तर
कहाँ आफूलाई नर्कवासी सम्झन्छन् र। स्वयंको पत्तो नै छैन, त्यसैले भनिदिन्छन्–
स्वर्ग-नर्क यहीँ छ। जसको मनमा जे आयो, त्यही भनिदियो। यो कुनै स्वर्ग होइन।
स्वर्गमा त किङ्गडम थियो। मनुष्यहरू धार्मिक, सदाचारी थिए। कति बल थियो। अहिले फेरि
तिमीले पुरुषार्थ गरिरहेका छौ। विश्वको मालिक बन्नेछौ। यहाँ तिमी आउँछौ नै विश्वको
मालिक बन्न। हेभनली गड फादर जसलाई शिव परमात्मा भनिन्छ, उहाँले तिमीलाई पढाउनुहुन्छ।
बच्चाहरूमा कति नशा हुनुपर्छ। नलेज एकदमै इजी छ। तिमी बच्चाहरूमा जे जति पुराना
बानीहरू छन्, ती छोडिदिनु छ। ईर्ष्याको बानीले पनि धेरै नोक्सान पार्छ। तिम्रो सारा
कुरा मुरलीमा आधारित छ, तिमीले जोकोहीलाई पनि मुरलीमा बुझाउन सक्छौ। तर भित्र
ईर्ष्या हुन्छ– यिनी कुनै ब्राह्मणी कहाँ हुन् र, यिनले के जान्दछन्। बस्, अर्को
दिन आउँदैनन्। यस्ता पुराना बानीहरू बसेका छन्, जसकारण डिससर्भिस पनि हुन्छ। नलेज त
धेरै सहज छ। कुमारीहरूको त कुनै कामकाज आदि पनि छैन। उनीहरूलाई सोधिन्छ– त्यो पढाइ
राम्रो कि यो पढाइ राम्रो? भन्छन्– यो धेरै राम्रो छ। बाबा, अब हामीले त्यो पढाइ
पढ्दैनौं। दिल लाग्दैन। लौकिक पिता ज्ञानमा हुनुहुन्न भने पिठाइ खान्छन्। फेरि कुनै
बच्चाहरू कमजोर पनि हुन्छन्। सम्झाउनुपर्छ नि– यो पढाइबाट हामी महारानी बन्छौँ। त्यो
पढाइबाट के दुई-चार पैसाको नोकरी गर्छन्। यो पढाइले त भविष्य २१ जन्मको लागि
स्वर्गको मालिक बनाउँछ। प्रजा पनि स्वर्गवासी त बन्छन् नि। अहिले सबै नर्कवासी छन्।
अहिले बाबा
भन्नुहुन्छ– तिमी सर्वगुण सम्पन्न थियौ। अहिले तिमी नै कति तमोप्रधान बनेका छौ।
सिँढी ओर्लँदै आएका छौ। भारतवर्ष जसलाई सुनको चिडिया भन्थे, अहिले त माटोको भाँडोजति
पनि छैन। भारतवर्ष १०० पर्सेन्ट सम्पन्न थियो। अहिले १०० पर्सेन्ट बिपन्न छ।
तिमीलाई थाहा छ– हामी विश्वका मालिक पारसनाथ थियौं। फेरि ८४ जन्म लिँदा लिँदा अहिले
पत्थरनाथ बनेका छौँ। हुन त मानिस नै हुन् तर पारसनाथ र पत्थरनाथ भनिन्छ। गीत पनि
सुन्यौ– आफूभित्र हेर, म कहाँसम्म लायक छु। नारदको उदाहरण छ नि। दिनप्रतिदिन गिर्दै
जान्छन्। गिर्दा गिर्दा एकदम दलदलमा घाँटीसम्म फसेका छन्। अब तिमी ब्राह्मणहरूले
सबैलाई टुपीमा समातेर दलदलबाट बाहिर निकाल्छौ। अरू कुनै समात्ने ठाउँ त छैन। त्यसैले
टुपीमा समात्न सहज छ। दलदलबाट निकाल्नको लागि टुपीमा समात्नुपर्ने हुन्छ। दलदलमा
यस्तो फसेका छन् कि कुरै नगरौं। भक्तिको राज्य हो नि। अहिले तिमीले भन्छौ– बाबा,
हामी कल्प पहिला पनि हजुरको पासमा आएका थियौं– राज्य भाग्य पाउन। हुन त
लक्ष्मी-नारायणका मन्दिर बनाइरहन्छन् तर उनीहरूलाई यो थाहा छैन– यिनीहरू विश्वका
मालिक कसरी बने। अहिले तिमी कति समझदार बनेका छौ। तिमीलाई थाहा छ– यिनीहरूले कसरी
राज्य-भाग्य पाए। फेरि ८४ जन्म कसरी लिए। बिडलाले कति मन्दिर बनाउँछन्। जसरी गुडिया
बनाउँछन्। ती साना साना गुडिया, यिनीहरूले फेरि ठुला गुडिया बनाउँछन्। चित्र बनाएर
पूजा गर्छन्। उनीहरूको अकुपेसन (कर्तव्य) नजान्नु त गुडियाको पूजा भयो नि। अहिले
तिमीलाई थाहा छ– बाबाले हामीलाई कति धनवान बनाउनुभएको थियो, अहिले कति कङ्गाल बनेका
छौँ। हामी जो पूज्य थियौँ, हामी नै अहिले पुजारी बनेका छौँ। भक्तहरूले भगवानको लागि
भनिदिन्छन्– आफै पूज्य आफै पुजारी। हजुरले नै सुख दिनुहुन्छ, हजुरले नै दु:ख
दिनुहुन्छ। सबै कुरा हजुरले नै गर्नुहुन्छ। बस्, यसैमा मस्त हुन्छन्। भन्छन्– आत्मा
निर्लेप छ, जेसुकै पनि खाऊ, पिऊ, मौज गर, शरीरलाई लेपछेप लाग्छ, त्यो गङ्गा स्नानले
शुद्ध हुन्छ। जे चाहिन्छ, त्यही खाऊ। के के फेसन छ। बस्, जसले जे रीतिरिवाज चलायो,
त्यही चल्न थाल्छ। अब बाबाले सम्झाउनुहुन्छ– विषय सागरबाट शिवालयमा जाऊ। सत्ययुगलाई
क्षीरसागर भनिन्छ। यो हो विषय सागर। तिमीलाई थाहा छ– हामी ८४ जन्म लिँदा लिँदा पतित
बनेका छौँ, तब त पतित-पावन बाबालाई बोलाउँछौँ। चित्रहरूमा सम्झाइन्छ, तब मानिसहरूले
सहजै बुझ्छन्। सिँढीमा पूरा ८४ जन्मको वृत्तान्त छ। यति सहज कुरा पनि कसैलाई
सम्झाउन सक्दैनन्। त्यसोभए बाबाले बुझ्नुहुन्छ– पूरा पढ्दैनन्। उन्नति गर्दैनन्।
तिमी ब्राह्मणहरूको
कर्तव्य हो– कुमालकोटीले जस्तै कीराहरूलाई भुँ भुँ गरेर आफूसमान बनाउनु। र, तिम्रो
पुरुषार्थ हो– सर्पलेजस्तै पुरानो छाला छोडेर नयाँ लिने। तिमीलाई थाहा छ– यो पुरानो
सडेको शरीर हो, यसलाई छोड्नुछ। यो दुनियाँ पनि पुरानो छ। शरीर पनि पुरानो छ। यो
छोडेर अब नयाँ दुनियाँमा जानुछ। तिम्रो यो पढाइ हो नै नयाँ दुनियाँ स्वर्गको लागि।
यो पुरानो दुनियाँ खतम हुनुछ। सागरको एउटै लहरले सबै डामाडोल हुन्छ। विनाश त हुनु
नै छ नि। नेचुरल क्यालामिटिज (प्राकृतिक प्रकोप)ले कसैलाई पनि छोड्दैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) मन भित्र जुन ईर्ष्या आदिका पुराना बानीहरू छन्, त्यसलाई छोडेर आपसमा धेरै
प्रेमले मिलेर रहनुछ। ईर्ष्याको कारणले पढाइ छोड्नुछैन।
२) यो पुरानो सडेको
शरीरको भान छोडिदिनु छ। कुमालकोटीले जस्तै ज्ञानको भुँ भुँ गरेर कीराहरूलाई आफूसमान
बनाउने सेवा गर्नुछ। यो रुहानी कामकाजमा लाग्नुछ।
वरदान:–
मनसा
बन्धनहरूबाट मुक्त , अतीन्द्रिय सुखको अनुभूति गर्ने मुक्ति दाता भव
अतीन्द्रिय सुखमा
झुल्नु– यो सङ्गमयुगी ब्राह्मणहरूको विशेषता हो। तर मनसा सङ्कल्पहरूको बन्धनले
आन्तरिक खुसी वा अतीन्द्रिय सुखको अनुभव गर्न दिँदैन। व्यर्थ सङ्कल्प, ईर्ष्या,
अलबेलापन वा आलस्यका सङ्कल्पहरूको बन्धनमा बाँधिनु नै मनसा बन्धन हो, यस्तो आत्मा
अभिमान वश परेर अरूको नै दोष सोचिरहन्छ, उनीहरूको महसुसता शक्ति समाप्त हुन्छ,
त्यसैले यो सूक्ष्म बन्धनबाट मुक्त बन्यौ भने मुक्तिदाता बन्न सक्नेछौ।
स्लोगन:–
यस्तो खुसीको
खानीले सम्पन्न बन, जसले गर्दा तिम्रो पासमा दु:खको लहर पनि नआओस्।