04.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– ज्ञान
सागर बाबा तिमीलाई ज्ञानको तेस्रो नेत्र दिन आउनुभएको छ , जसबाट आत्माको ज्योति
जाग्छ।”
प्रश्न:–
बाबालाई
करनकरावनहार किन भनिएको हो? उहाँले के गर्नुहुन्छ र के गराउनुहुन्छ?
उत्तर:–
बाबा
भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई मुरली सुनाउने कार्य गर्छु। मुरली सुनाउँछु,
मन्त्र दिन्छु, तिमीलाई लायक बनाउँछु र फेरि तिमीद्वारा स्वर्गको उद्घाटन गराउँछु।
तिमी पैगम्बर बनेर सबैलाई पैगाम वा सन्देश दिन्छौ। मैले तिमी बच्चाहरूलाई डाइरेक्सन
दिन्छु, यही मेरो कृपा वा आशीर्वाद हो।
गीत:–
कौन आज आया
सवेरे-सवेरे...
ओम् शान्ति ।
बच्चाहरूले
गीत सुन्यौ। हामी बच्चाहरूलाई सबेरै सबेरै जगाउन को आउनुभएको छ– जसबाट हाम्रो तेस्रो
ज्ञानको नेत्र एकदम खुल्यो? ज्ञान सागर, परमपिता परमात्माद्वारा हाम्रो ज्ञानको
तेस्रो नेत्र खुलेको छ। भन्छन् पनि बाबाले ज्योति जगाउनुहुन्छ। तर उहाँ बाबा
हुनुहुन्छ– यो कसैलाई थाहा छैन। ब्रह्मसमाजीहरूले भन्छन् उहाँ शमा हुनुहुन्छ, ज्योति
हुनुहुन्छ। उनीहरूले मन्दिरमा सदैव ज्योति नै जगाउँछन् किनकि उनीहरूले परमात्मालाई
ज्योतिस्वरूप मान्छन्, त्यसैले त्यहाँ मन्दिरमा दियो बालिरहन्छन्। तर उहाँ बाबाले
कुनै सलाईले दियो बाल्नुहुन्न। यो त कुरै न्यारा छ। भनिन्छ पनि– ईश्वरको गति मत
न्यारा छ। तिमी बच्चाहरूले अब बुझेका छौ बाबा सद्गतिको लागि आएर ज्ञान योग
सिकाउनुहुन्छ। सिकाउनेवाला त अवश्य चाहिन्छ नि! शरीरले त सिकाउँदैन। आत्माले नै
सबैथोक गर्छ। आत्मामा नै राम्रा नराम्रा संस्कार रहन्छन्। यस समयमा रावण प्रवेश भएका
कारण मानिसहरूका संस्कार पनि नराम्रा छन् अर्थात् ५ विकारहरू प्रवेश भएका छन्।
देवताहरूमा यी ५ विकार हुँदैनन्। भारतवर्षमा दैवी स्वराज्य हुँदा यी नराम्रा
संस्कार थिएनन्। सर्वगुण सम्पन्न थिए, देवी-देवताहरूका कति राम्रा संस्कार थिए, जुन
अहिले तिमीले धारण गरिरहेका छौ। बाबाले नै आएर सेकेन्डमा सबैलाई सद्गति दिनुहुन्छ।
बाँकी गुरु गोसाईं आदि यी त भक्तिमार्गमा चल्दै आएका हुन्, जसले एक जनाको पनि गति
सद्गति गर्न सक्दैनन्। बाबा आएपछि नै सबैको सद्गति हुन्छ। त्यसैले नै परमपिता
परमात्मालाई बोलाउँछन् र भन्छन् आएर पतित दुनियाँको विनाश गरेर पावन दुनियाँको
उद्घाटन गर्नुहोस् वा ढोका खोल्नुहोस्! बाबा आएर गेट खुलाउनुहुन्छ– शिवशक्ति
माताहरूद्वारा। वन्दे मातरम् गायन गरिएका छन्। यस समयका कुनै पनि माताको वन्दना
गरिँदैन किनकि कुनै पनि श्रेष्ठाचारी माता छैनन्। श्रेष्ठाचारी उनीहरूलाई भनिन्छ जो
योगबलबाट पैदा भएका हुन्छन्। लक्ष्मीनारायणलाई श्रेष्ठाचारी भनिन्छ। भारतवर्षमा
देवीदेवता हुँदा भारतवर्ष श्रेष्ठाचारी थियो। यी कुरा मानिसहरूले त जान्दै जान्दैनन्।
उनीहरूले आफ्नै प्लान बनाइरहेका छन्। गान्धी पनि रामराज्य चाहन्थे, यसबाट सिद्ध
हुन्छ यो रावण राज्य हो। भारतवर्ष पतित छ। तर रामराज्य स्थापन गर्नको लागि त बेहदका
बापुजी चाहिन्छ, जसले रामराज्यको स्थापना र रावण राज्यको विनाश गर्नुहुन्छ। तिमी
बच्चाहरूलाई थाहा छ– रावण राज्यमा अब आगो लाग्नेछ। सबै आत्माहरू अज्ञान अन्धकारमा
सुतेका छन्। तिमीलाई थाहा छ हामी पनि सुतेका थियौँ, बाबाले आएर जगाउनुभएको छ। अब
भक्तिको रात पूरा भयो, दिन सुरु हुन्छ। रात पूरा भएर अब दिन भइरहेको छ। बाबा सङ्गममा
आउनुभएको छ। तिमी बच्चाहरूलाई दिव्य दृष्टि र ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ,
जसबाट तिमीले सारा विश्वलाई जानिसकेका छौ। तिम्रो बुद्धिमा बसेको छ– यो बनिबनाउ
अविनाशी ड्रामा हो, जुन घुमिरहन्छ। अहिले तिमी कति जागेका छौ, सारा दुनियाँ सुतेको
छ।
अहिले तिमी
बच्चाहरूलाई सारा विश्वको आदि-मध्य-अन्त्य, मूलवतन, सूक्ष्मवतन, स्थूलवतनको विषयमा
थाहा छ। बाँकी सारा दुनियाँ कुम्भकर्णको अज्ञान निद्रामा सुतेको छ। यो कुरा कसैलाई
थाहा छैन– पतिपावन को हुनुहुन्छ। पुकार्छन् हे पतितपावन आउनुहोस्! यो भन्दैनन् आएर
सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहोस्! बाबा भन्नुहुन्छ–यस सृष्टि चक्रलाई
जानेपछि नै तिमी चक्रवर्ती राजा बन्छौ। यादले नै पावन बन्छौ। यो पनि जानेका छौ
विनाश सामुन्ने उभिएको छ, लडाइँ पनि हुनुछ। बाँकी कौरव, पाण्डवहरूको लडाइँ भएको
होइन। पाण्डव को थिए! यो पनि कसैलाई थाहा छैन। सेना आदिको कुनै कुरै छैन। तिमीतिर
हुनुहुन्छ साक्षात् पारलौकिक परमपिता। उहाँ बाबाबाट नै वर्सा मिल्छ। तिमीले जानेका
छौ श्रीकृष्णको आत्माले ८४ जन्म भोगेर अब फेरि बाबाबाट वर्सा लिइरहेको छ। विश्वको
इतिहास भूगोल दोहोरिन्छ। अब तिमी बच्चाहरू विनाशभन्दा पहिला सतोप्रधान अवश्य बन्नुछ।
गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान पवित्र रहनुछ। गायन गरिएको पनि छ भगवानुवाच,
गृहस्थ व्यवहारमा रहेर यो एक जन्म पवित्र बन। पास्ट इज पास्ट। यो त ड्रामामा पहिल्यै
निश्चित छ। सृष्टि सतोप्रधान बन्नु नै छ, यो ड्रामाको भावी हो। ईश्वरको भावी होइन,
ड्रामाको भावी यस्तो बनेको छ। त्यसैले बाबा बसेर सम्झाउनुहुन्छ। आधाकल्प पूरा भएपछि
मात्र बाबा आउनुहुन्छ। बाबा भन्नुहुन्छ– रात पूरा भएर दिन सुरु भएपछि नै म आउँछु।
शिवरात्रि पनि भन्छन् नि! शिवका पुजारीले शिवरात्रिलाई मान्छन्। भारत सरकारले त
शिवरात्रिमा सरकारी विदा पनि बन्द गरिदिएको छ। नत्र कम्तीमा पनि एक महिना सरकारी
विदा हुनुपर्छ। यो कुरा कसैलाई पनि थाहा छैन– शिवबाबा सबैको सद्गतिदाता हुनुहुन्छ।
उहाँ नै सबैको दुःखहर्ता सुखकर्ता हुनुहुन्छ। उहाँको जयन्ती त एक महिनासम्म सबै
धर्मका आत्माहरूले बडो धुमधामले मनाउनुपर्छ। बाबा डाइरेक्ट आएर सद्गति दिनुहुन्छ।
भारतवर्ष स्वर्ग हुँदा देवीदेवताहरूको राज्य थियो, त्यस समयमा अरू कुनै धर्म नै
थिएनन्, देवताहरू विश्वका मालिक थिए। कुनै विभाजन आदि थिएन त्यसैले भनिन्छ अटल,
अखण्ड, सुखशान्ति, सम्पत्तिको दैवी राज्य फेरि हामीले प्राप्त गरिरहेका छौँ। बेहदका
बाबाबाट बेहदको वर्सा ५ हजार वर्ष पहिला पनि मिलेको थियो। सूर्यवंशी चन्द्रवंशी
राज्यमा कुनै दुःखको नाम थिएन। गायन पनि गरिन्छ– राम राजा, राम प्रजा, राम... त्यहाँ
अधर्मको कुनै कुरा थिएन।
बाबाले तिमीलाई
ब्रह्मा र विष्णुको विषयमा पनि सम्झाउनुभएको छ– यी दुवैको आपसमा के सम्बन्ध छ।
ब्रह्माको नाभीबाट विष्णु निस्किए... यो कस्तो आश्चर्यजनक चित्र बनाएका छन्। बाबा
सम्झाउनुहुन्छ– यी लक्ष्मीनारायण नै अन्त्यमा आएर ब्रह्मा सरस्वती, जगदम्बा, जगत्
पिता बन्छन्, जो दुवै फेरि विष्णु अर्थात् लक्ष्मीनारायण बन्छन्। बाबा बसेर
सम्झाउनुहुन्छ जति पनि चित्र देख्छौ– यिनमा कुनै पनि यथार्थता छैन। शिवको ठुलो
चित्र बनाउँछन्, त्यो पनि अयथार्थ हो। भक्तिको कारणले ठुलो बनाएका हुन्। नत्र
बिन्दुको पूजा कसरी हुन सक्छ। अच्छा फेरि ब्रह्मा, विष्णु, शङ्करलाई लागि पनि चिन्न
सक्दैनन्। त्रिमूर्ति ब्रह्मा भनिदिन्छन्। ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा
पालना... यो पनि भन्छन् तर ब्रह्माले त स्थापना गर्नुहुन्न। स्वर्गको स्थापना
ब्रह्माले गर्छन्? गर्दैनन्। स्वर्गको स्थापना त परमपिता परमात्माले नै गर्नुहुन्छ।
यो आत्मा त पतित छ, यिनलाई व्यक्त ब्रह्मा भनिन्छ। यही आत्मा पावन बन्छ र जान्छ।
फेरि सत्ययुगमा गएर नारायण बन्छन्। त्यसैले प्रजापिता ब्रह्मा अवश्य यहाँ हुनुपर्छ
नि! चित्र फेरि त्यहाँ देखाइदिएका छन्। जसरी यी ज्ञानका अलङ्कार वास्तवमा हुन्
तिम्रा तर विष्णुका देखाइदिएका छन्। नवधा भक्तिमा पनि साक्षात्कार हुन्छ। मीराको पनि
नाम गायन गरिएको छ नि! पुरुषहरूमा नम्बरवन भक्त हुन् नारद। माताहरूमा मीरा गायन
गरिएकी छन्। तिमीले अहिले नारायण अथवा लक्ष्मीलाई वरण गर्न यो ज्ञान सुनिरहेका छौ।
स्वयंवर तिम्रै हुन्छ। नारदको लागि पनि देखाउँछन्– सभामा आएर भने मैले लक्ष्मीलाई
वरण गर्न सक्छु! अहिले लक्ष्मीलाई वरण गर्न लायक तिमी बनिरहेका छौ। बाँकी ती त सबै
हुन् भक्तिमार्गका कथाहरू। बाबा बसेर रियल कुरा सम्झाउनुहुन्छ। लक्ष्मी सत्ययुगमा,
नारद भक्त द्वापरमा। सत्ययुगमा फेरि नारद कहाँबाट आए। राधाकृष्णको स्वयंवरपछि नै
लक्ष्मीनारायण नाम राखिन्छ। यो कुरा पनि कसैलाई थाहा छैन। कति अज्ञान अन्धकार छ।
बाबा हुनुहुन्छ कल्याणकारी। तिमीलाई पनि कल्याणकारी बनाउनुहुन्छ। अब अरूलाई पनि कसरी
सम्झाऊँ भनेर विचार सागर मन्थन गर्नुपर्छ। त्यसैले बाबा सम्झाउनुहुन्छ– चित्र आदि
कसरी बसेर बनाइएका छन्। गान्धीको नाभीबाट नेहरू निस्किए, अब कहाँ ती विष्णु देवता,
कहाँ यी मानिस... यी सबै कुराहरू तिमी बच्चाहरूले अब बुझेका छौ। तिमीहरूलाई
नम्बरवार खुसी हुन्छ। बेहदका बाबाले हामीलाई पढाइरहनुभएको छ। यो त कहिल्यै सुनेका
थिएनौ किनकि गीतामा त श्रीकृष्ण भगवानुवाच लेखिदिएका छन्। भगवान कहिले आउनुभयो,
कहिले आएर गीता सुनाउनुभयो, तिथि मिति केही छैन। कल्पको अवधि नै लाखौँ वर्ष
भनिदिन्छन्। कसैको पनि बुद्धिमा आउँदैन। अब बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ।
ब्राह्मणहरूको वृक्ष वृद्धि हुँदैजान्छ। हुँदाहुँदै अनगिन्ती हुन्छन्। तिमी
बच्चाहरूलाई थाहा छ वर्णले कसरी चक्कर लगाउँछन्। हामी ब्राह्मणहरूको वर्ण सबैभन्दा
उच्च छ। हामी हौँ भारतवर्षका गुप्त सच्चा रुहानी सोसल वर्कर। परमपिता परमात्माले
हामीबाट सेवा गराइरहनुभएको छ। हामीले रुहानी सेवा गर्छौँ, उनीहरूले जिस्मानी सेवा
गर्छन्। तिमीलाई भन्छन् तिमीले भारतवर्षको के सेवा गर्छौ? भन हामी हौँ रुहानी
सेवाधारी। स्वर्गको उद्घाटन गराइरहेका छौँ, स्थापना गराइरहेका छौँ। शिवबाबा
हुनुहुन्छ करनकरावनहार, जसले गराइरहनुभएको छ। उहाँ कर्ताले गर्नु पनि हुन्छ। मुरली
कसले चलाउनुहुन्छ? त्यसैले कर्म गर्नुहुन्छ! तिमीलाई पनि मुरली यसरी चलाऊ भनेर
सिकाउनुहुन्छ। महामन्त्र दिनुहुन्छ मनमनाभव। कर्म सिकाउनुभयो नि! फेरि तिमीलाई
भन्नुहुन्छ अरूलाई पनि सिकाऊ, त्यसैले करनकरावनहार भनिन्छ। तिमी बच्चाहरूले पनि यही
शिक्षा दिन्छौ। बाबालाई याद गर र वर्सालाई याद गर। तिमी बच्चाहरूले यही पैगाम
पहुँचाउनुछ। यस्तो होइन अरूलाई पैगाम दिने र आफू यादमा नरहने, फेरि के हुन्छ। अरू
पुरुषार्थ गरेर माथि चढ्छन्, मेसेज दिनेहरू रहन्छन्। यादको लागि पुरुषार्थ नगरेमा
त्यति उच्च पद पाउँदैनन्। अरू यादको यात्राले पावन बन्छन्। जसरी बाबाले बाँधेलीहरूको
उदाहरण दिनुहुन्छ। उनीहरू धेरै यादमा रहन्छन्, नदेखीकन पनि पत्र लेख्छन्। बाबा हामी
हजुरका भइसकेका छौँ, हामी पवित्र अवश्य रहन्छौँ। तिमी बच्चाहरूको बाबासँग प्रीत
बुद्धि छ। तिमीहरूकै माला बनेको छ। विष्णुको माला र रुद्राक्षको मालामा माथि हुन्छ
मेरु। माला लिनेबित्तिकै पहिला फूल र दुई दाना हातमा आउँछन्, ती फूल र दानालाई
नमस्कार गर्छन्। फेरि हुन्छ माला। तिमीले विश्वलाई स्वर्ग बनाइरहेका छौ त्यसैले यो
माला तिम्रै यादगार हो। बाबाले यो गीता ज्ञान यज्ञ रच्नुभएको छ, यसमा सारा पुरानो
दुनियाँ स्वाहा हुन्छ। बाबा हुनुहुन्छ परमप्रिय पिता। तिमीलाई भविष्यको लागि सदा
सुखको वर्सा दिनुहुन्छ– २१ जन्मको लागि। जसले कल्प पहिला वर्सा लिएका छन् उनीहरू
अवश्य आउँछन्, ड्रामा प्लान अनुसार। बाबा भन्नुहुन्छ बच्चाहरू सुखधाम जानुछ भने
पवित्र बन्नुछ। मलाई याद गर, कृपा गर्नुहोस् वा मदत गर्नुहोस्! यसरी केही पनि माग्नु
छैन। यसरी माग्नुछैन। मैले त सबैलाई मदत गर्छु। पुरुषार्थ त तिमीले गर्नुछ।
आशीर्वादको कुरा होइन। बाबा भन्नुहुन्छ मामेकम् याद गर। याद गर्नु तिम्रो काम हो।
डाइरेक्सन दिनु– यही कृपा हो। बाँकी चाहे खाऊ, पिऊ, घुम, फिर... तिमीले पवित्र भोजन
नै लिनुपर्छ। हामी देवीदेवता बन्छौँ, त्यहाँ प्याज आदि कहाँ हुन्छ र! यी सबै कुरा
यहीँ छोड्नुछ। यी चिजहरू त्यहाँ हुँदैनन्। बीउ नै हुँदैन। जसरी सत्ययुगमा रोग आदि
हुँदैन। अहिले हेर कति रोगहरू निस्किएका छन्। त्यहाँ तमोगुणी कुनै चिज हुँदैन। हरेक
चिज सतोप्रधान हुन्छ। यहाँ हेर मानिसले के के खान्छन्। अब बाबा बच्चाहरूलाई
भन्नुहुन्छ– मलाई याद गर र अरूको सङ्ग तोडेर मसँग जोड अनि तिमी पावन बन्छौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) पास्ट इज पास्ट, जे बित्यो त्यसलाई भुलेर, गृहस्थ व्यवहारमा रहेर सतोप्रधान बन्ने
पुरुषार्थ गर्नुछ। विनाशभन्दा पहिला पावन अवश्य बन्नुछ।
२) विश्वलाई स्वर्ग
बनाउने सच्चा सच्चा सेवामा तत्पर रहनुछ। खानपान धेरै शुद्ध बनाउनुछ। पवित्र भोजन नै
लिनुछ।
वरदान:–
स्थूल कार्य
गर्दा पनि म नसा द्वारा विश्व परिवर्तनको सेवा गर्ने जिम्मेवार आत्मा भव
कुनै पनि स्थूल कार्य
गर्दा सदा यो स्मृति रहोस्– म विश्वको स्टेजमा विश्व कल्याणको सेवा अर्थ निमित्त
हुँ। मलाई आफ्नो श्रेष्ठ मनसाद्वारा विश्व परिवर्तनको कार्यको धेरै ठुलो जिम्मेवारी
मिलेको छ। यस स्मृतिले लापरबाही समाप्त हुन्छ र समय पनि व्यर्थ जानबाट बच्छ। एक एक
सेकेन्ड अमूल्य सम्झेर विश्वकल्याण वा जड चैतन्यलाई परिवर्तन गर्ने कार्यमा सफल
गरिरहन्छौ।
स्लोगन:–
अब योद्धा
बन्नुको सट्टा निरन्तर योगी बन।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भए र शक्तिशाली यादको अनुभव गर ।
जसरी दुःखी आत्माहरूको
मनमा यो आवाज आउन सुरु भएको छ– अब विनाश होस्, त्यसैगरी तिमी विश्वकल्याणकारी
आत्माहरूको मनमा यो सङ्कल्प उत्पन्न होस्– अब छिट्टै सबैको कल्याण होस् अनि मात्र
समाप्ति हुन्छ। विनाशकारीहरूलाई कल्याणकारी आत्माहरूको सङ्कल्पको इसारा चाहिन्छ
त्यसैले आफू एभररेडी बन्ने पावरफुल सङ्कल्पले ज्वालारूप योगद्वारा विनाश ज्वालालाई
तीव्र बनाऊ।