04.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबा
आउनुभएको छ तिमीलाई फूलहरूको राजा बनाउन , त्यसैले विकारहरूको कुनै पनि दुर्गन्ध
हुनुहुँदैन ।”
प्रश्न:–
विकारहरूको
अंश समाप्त गर्नको लागि कुन पुरुषार्थ गर्नुछ?
उत्तर:–
निरन्तर
अन्तर्मुखी रहने पुरुषार्थ गर। अन्तर्मुखी अर्थात् सेकेन्डमा शरीरदेखि अलग। यो
दुनियाँको सुधबुध बिल्कुलै बिर्सियोस्। एक सेकेन्डमा माथि जानु र आउनु। यो अभ्यासले
विकारहरूको अंश समाप्त हुनेछ। कर्म गर्दागर्दै बीच बीचमा अन्तर्मुखी होऊ, यस्तो
लागोस् मानौँ बिल्कुल सन्नाटा हुन्छ। कुनै पनि चलमल हुँदैन। यो सृष्टि त मानौँ
छँदैछैन।
ओम् शान्ति ।
यहाँ हरेकलाई
बसाइन्छ– अशरीरी भएर बाबाको यादमा बस र साथसाथै यो जुन सृष्टि चक्र छ, त्यसलाई पनि
याद गर। मानिसहरूले ८४ को चक्रलाई जान्दैनन्। जान्दै जान्दैनन्। जसले ८४ को चक्कर
लगाउँछन्, उनीहरू नै बुझ्न आउनेछन्। तिमीले यही याद गर्नुपर्छ, यसलाई स्वदर्शन चक्र
भनिन्छ, जसबाट आसुरी विचारहरू खतम हुनेछन्। यस्तो होइन– कोही असुर बसेको छ जसको
घाँटी काटिन्छ। मानिसहरूले स्वदर्शन चक्रको पनि अर्थ बुझ्दैनन्। यो ज्ञान तिमी
बच्चाहरूलाई यहाँ मिल्छ। कमल फूलसमान गृहस्थ व्यवहारमा रहेरै पवित्र बन। भगवानुवाच
हो नि। यो एक जन्म पवित्र बन्यौ भने भविष्य २१ जन्म तिमी पवित्र दुनियाँको मालिक
बन्छौ। सत्ययुगलाई शिवालय भनिन्छ। कलियुग हो वेश्यालय । यो दुनियाँ परिवर्तन हुन्छ।
भारतवर्षकै कुरा हो। अरूको कुरामा जानु नै हुँदैन। भन्छन्– जनावरहरूलाई के हुन्छ?
अरू धर्महरूलाई के हुन्छ? भन– पहिला आफ्नो कुरा त बुझौँ, पछि अरूको कुरा। भारतवर्षका
मानिसहरूले नै आफ्नो धर्मलाई भुलेर दु:खी भएका छन्। भारतवर्षमा नै पुकार्छन्– तिमी
माता-पिता...। बेलायतमा माता-पिता शब्द भन्दैनन्। उनीहरूले केवल गड फादर भन्छन्।
अवश्य भारतवर्षमा नै धेरै सुख थियो, भारतवर्ष स्वर्ग थियो– यो पनि तिमीलाई थाहा छ।
बाबा आएर काँडाहरूलाई फूल बनाउनुहुन्छ। बाबालाई बागवान भनिन्छ। बोलाउँछन्– आएर
काँडाहरूलाई फूल बनाउनुहोस्। बाबाले फूलहरूको बगैँचा बनाउनुहुन्छ। मायाले फेरि
काँडाहरूको जङ्गल बनाउँछ। मानिसहरूले त भनिदिन्छन्– हे ईश्वर, तिम्रो माया बडो
प्रबल छ! न ईश्वरलाई, न मायालाई चिन्दछन्। कसैले कुनै शब्द भन्यो, बस् त्यही
दोहोऱ्याइरहन्छन्। अर्थ केही हुँदैन। तिमी बच्चाहरूले बुझेका छौ, यो ड्रामाको खेल
हो– रामराज्यको र रावण राज्यको। रामराज्यमा सुख, रावण राज्यमा दु:ख हुन्छ। यहाँकै
कुरा हो। यो कुनै प्रभुको माया होइन। माया ५ विकारहरूलाई भनिन्छ, जसलाई रावण भनिन्छ।
बाँकी मानिसहरू त पुनर्जन्म लिएर ८४ को चक्रमा आउँछन्। सतोगुणीबाट तमोप्रधान बन्नुछ।
यस समयमा सबै विकारबाट पैदा हुन्छन् त्यसैले विकारी भनिन्छ। नाम पनि छ विकारी दुनियाँ,
फेरि निर्विकारी दुनियाँ अर्थात् पुरानो दुनियाँबाट नयाँ कसरी बन्छ, यो त बुझ्ने
साधारण कुरा हो। नयाँ दुनियाँमा पहिला स्वर्ग थियो। बच्चाहरूलाई थाहा छ– स्वर्गको
स्थापना गर्ने परमपिता परमात्मा हुनुहुन्छ, त्यसमा धेरै सुख हुन्छ। ज्ञानबाट दिन,
भक्तिबाट रात कसरी हुन्छ– यो पनि कसैले जान्दैनन्। भन्छन्– ब्रह्मा तथा ब्रह्मा
मुखवंशावली ब्राह्मणहरूको दिन, फेरि ब्राह्मणहरूकै रात। दिन र रात यहाँ हुन्छ, यो
कसैले जान्दैनन्। प्रजापिता ब्रह्माको रात, त्यसोभए अवश्य उनका ब्रह्मा मुखवंशावली
ब्राह्मणहरूको पनि रात हुन्छ। आधाकल्प दिन, आधाकल्प रात।
अब बाबा आउनुभएको छ
निर्विकारी दुनियाँ बनाउन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! काम महाशत्रु हो,
त्यसमाथि विजय प्राप्त गर्नुछ। सम्पूर्ण निर्विकारी पवित्र बन्नुछ। अपवित्र भएपछि
तिमीले धेरै पाप गर्यौ। यो पाप आत्माहरूको नै दुनियाँ हो। पाप अवश्य शरीरसँग गर्छन्,
त्यसबाट पाप आत्मा बन्छन्। देवताहरूको पवित्र दुनियाँमा पाप हुँदैन। यहाँ तिमी
श्रीमतबाट श्रेष्ठ पुण्य आत्मा बनिरहेका छौ। श्री श्री १०८ को माला हुन्छ। माथि फूल
हुन्छ, त्यसलाई शिव भनिन्छ। त्यो निराकारी फूल हो। फेरि साकारमा स्त्री पुरुष
हुन्छन्, तिनीहरूको माला बनेको हुन्छ। शिवबाबाद्वारा यिनीहरू पूजन स्मरणलायक बन्छन्।
तिमी बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई विजय मालाको दाना बनाउनुहुन्छ। हामीले
विश्वमाथि विजय पाइरहेका छौँ यादको बलबाट, यादबाट नै विकर्म विनाश हुन्छन्। फेरि
तिमी सतोप्रधान बन्छौ। ती मानिसहरूले त नबुझिकन भनिदिन्छन्– प्रभु, तिम्रो माया
प्रबल छ! कसैसँग धन भयो भने भन्छन्– यिनीहरूसँग माया धेरै छ। वास्तवमा माया ५
विकारहरूलाई भनिन्छ, जसलाई रावण पनि भनिन्छ। उनीहरूले फेरि १० शिर भएको रावणको
चित्र बनाएका छन्। चित्र छ भने सम्झाइन्छ। जस्तै अङ्गदको लागि पनि देखाउँछन्, उसलाई
रावणले हल्लायो तर वास्तवमा हल्लाउन सकेन। दृष्टान्त बनाएका हुन्। बाँकी कुनै चीज
होइन। बाबा भन्नुहुन्छ– मायाले तिमीलाई जतिसुकै हल्लाओस् तर तिमी स्थिर भएर बस।
रावण, हनुमान, अङ्गद आदि यी सबै दृष्टान्त बनाइदिएका छन्, जसको अर्थ तिमी
बच्चाहरूलाई थाहा छ। कुमालकोटीको पनि दृष्टान्त छ। कुमालकोटी र ब्राह्मणीको राशि
मिल्छ। तिमीले विष्टाका कीराहरूलाई ज्ञान-योगको भुँ भुँ गरेर पतितबाट पावन बनाउँछौ।
बाबालाई याद गर्यौ भने सतोप्रधान बन्छौ। कछुवाको पनि दृष्टान्त छ। कछुवाहरूले
इन्द्रियहरूलाई समेटेर अन्तर्मुखी भएर बस्छन्। तिमीलाई पनि बाबा भन्नुहुन्छ– ठीकै छ
कर्म गर, फेरि अन्तर्मुखी होऊ। मानौं यो सृष्टि छँदैछैन। चलमल बन्द हुन्छ।
भक्तिमार्गमा बहिर्मुखी बन्छन्। गीत गाउनु, यो गर्नु, कति हङ्गामा, कति खर्च हुन्छ।
कति मेला लाग्छन्। बाबा भन्नुहुन्छ– यी सबै छोडेर अन्तर्मुखी होऊ। मानौं यो सृष्टि
छँदैछैन। आफूलाई हेर– म लायक बनेको छु? कुनै विकारले त सताउँदैन? मैले बाबालाई याद
गर्छु? बाबा जसले विश्वको मालिक बनाउनुहुन्छ, यस्ता बाबालाई दिनरात याद गर्नुपर्छ।
म आत्मा हुँ, उहाँ मेरो बाबा हुनुहुन्छ। मनभित्र यो चिन्तन चलिरहोस्– म अब नयाँ
दुनियाँको फूल बनिरहेको छु। आँक वा टाँगरको फूल बन्नुछैन। हामी त एकदमै फूलहरूको
राजा, बिल्कुल सुगन्धित बन्नुछ। कुनै दुर्गन्ध नरहोस्। नराम्रा सङ्कल्पहरू निस्केर
जानुपर्छ। गिराउनको लागि मायाका तुफानहरू धेरै आउनेछन्। कर्मेन्द्रियहरूबाट कुनै
विकर्म गर्नुछैन। यसरी यसरी आफूलाई पक्का बनाउनुछ। आफूलाई सुधार्नुछ। मैले कुनै पनि
देहधारीलाई याद गर्नुछैन। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मलाई याद गर, शरीर
निर्वाहको लागि कर्म पनि गर। त्यसबाट पनि समय निकाल्न सक्छौ। भोजन गर्ने समयमा पनि
बाबाको महिमा गरिराख। बाबालाई याद गरेर खानाले भोजन पनि पवित्र हुन्छ। बाबालाई
निरन्तर याद गरेपछि यादबाट नै धेरै जन्मका पाप काटिन्छन् र तिमी सतोप्रधान बन्छौ।
हेर्नुछ– म कति सक्कली सुन बनेको छु? आज कति घण्टा यादमा रहेँ? हिजो ३ घण्टा यादमा
रहेँ, आज २ घण्टा रहेँ– यो त आज घाटा भयो। उत्रनु र चढ्नु भइरहन्छ। यात्रामा जाँदा
कतै उकालो, कतै ओरालो हुन्छ। तिम्रो अवस्था पनि तल-माथि भइरहन्छ। आफ्नो खाता
हेर्नुछ। मुख्य हो यादको यात्रा।
भगवानुवाच छ भने
अवश्य बच्चाहरूलाई नै पढाउनुहुन्छ। सारा दुनियाँलाई कसरी पढाउनुहुन्छ! अब भगवान
कसलाई भन्ने? श्रीकृष्ण त शरीरधारी हुन्। भगवान त निराकार परमपिता परमात्मालाई
भनिन्छ। उहाँले स्वयं भन्नुहुन्छ– म साधारण तनमा प्रवेश गर्छु। ब्रह्माको पनि वृद्ध
तन गायन गरिएको छ। सेतो दाह्रीजुँगा त वृद्धको हुन्छ नि। अनुभवी रथ पनि अवश्य
चाहिन्छ। सानो रथमा कहाँ प्रवेश गर्नुहुन्छ र! स्वयं नै भन्नुहुन्छ– मलाई कसैले
चिन्दैनन्। उहाँ हुनुहुन्छ सुप्रिम गड फादर अथवा सुप्रिम सोल। तिमी पनि १०० प्रतिशत
पवित्र थियौ। अहिले १०० प्रतिशत अपवित्र बनेका छौ। सत्ययुगमा १०० प्रतिशत पवित्रता
थियो त्यहाँ शान्ति र समृद्धि पनि थियो। मुख्य हो पवित्रता। देख्छौ पनि– पवित्रता
भएकाहरूलाई अपवित्रहरूले ढोग्छन्, उनीहरूको महिमा गाउँछन्। संन्यासीहरूको अगाडि
यस्तो कहिल्यै भन्दैनन्– तपाईँ सर्वगुण सम्पन्न... हामी पापी नीच छौँ। देवताहरूको
अगाडि यस्तो भन्छन्। बाबाले सम्झाउनुभएको छ– कुमारीलाई सबैले ढोग्छन्, फेरि विवाह
गरेपछि सबैलाई कुमारीले ढोग्छन् किनकि विकारी बन्छिन् नि। अहिले बाबा भन्नुहुन्छ–
तिमी निर्विकारी बन्यौ भने आधाकल्प निर्विकारी भएर रहनेछौ। अब ५ विकारहरूको राज्य
नै खतम हुन्छ। यो हो मृत्युलोक, त्यो हो अमरलोक। अहिले तिमी आत्माहरूलाई ज्ञानको
तेस्रो नेत्र मिल्छ। त्यो नेत्र बाबाले नै दिनुहुन्छ। तिलक पनि निधारमा लगाउँछन्।
अहिले आत्मालाई ज्ञान मिलिरहेको छ, कसको लागि? तिमीले आफूलाई आफै राजतिलक देऊ। जस्तै
कानुन पढेका रहेछन् भने पढेर आफूलाई आफैले वकिलको तिलक लगाइदिन्छन्। पढ्यौ भने तिलक
मिल्छ। आशीर्वादबाट कहाँ मिल्छ र! त्यसो भए त सबैमाथि टिचरले कृपा गर्छन्, सबै पास
हुन्छन्। बच्चाहरूले आफूलाई आफैले राजतिलक लगाइदिनुछ। बाबालाई याद गरेमा विकर्म
विनाश हुन्छन् र चक्रलाई याद गरेमा चक्रवर्ती महाराजा बन्छौ। बाबा भन्नुहुन्छ–
तिमीलाई राजाहरूको राजा बनाउँछु। देवी-देवताहरू डबल सिरताज बन्छन्। पतित राजाहरूले
पनि उनीहरूको पूजा गर्छन्। तिमीलाई पुजारी राजाहरूभन्दा पनि उच्च बनाउँछु। जसले धेरै
दानपुण्य गर्छन्, उनीहरूले राजाहरूको पासमा जन्म लिन्छन् किनकि कर्म राम्रो गरेका
हुन्छन्। अहिले यहाँ तिमीलाई अविनाशी ज्ञान धन मिलेको छ, त्यो धारण गरेर फेरि दान
गर्नुछ। यो आम्दानीको स्रोत हो। टिचरले पनि पढाइको दान गर्छन्। त्यो पढाइ अल्पकालको
लागि हो। बेलायतबाट पढेर आउँछन्, आउनासाथ हृदयघात भयो भने पढाइ खतम। त्यो विनाशी
पढाइ भयो नि। सारा मेहनत खेर गयो। तिम्रो मेहनत यसरी जान खेर सक्दैन। तिमीले जति
राम्रो पढ्छौ, त्यति २१ जन्म तिम्रो पढाइ कायम रहन्छ। त्यहाँ अकालमा मृत्यु
हुँदैहुँदैन। यो पढाइ साथमा लैजान्छौ।
अब जसरी बाबा
कल्याणकारी हुनुहुन्छ, त्यसरी नै तिमी बच्चाहरू पनि कल्याणकारी बन्नुछ। सबैलाई
मार्ग बताउनुछ। बाबाले त धेरै राम्रो राय दिनुहुन्छ। एउटै कुरा सम्झाऊ– सर्वश्रेष्ठ
शिरोमणि श्रीमद् भगवद् गीताको यति महिमा किन छ? यो भगवानकै श्रेष्ठ मत हो। तर भगवान
कसलाई भन्ने? भगवान त एउटै हुनुहुन्छ। उहाँ हुनुहुन्छ निराकार, सबै आत्माहरूका पिता
हुनुहुन्छ, त्यसैले आपसमा भाइ भाइ भन्छन्। फेरि ब्रह्माद्वारा नयाँ सृष्टि
रच्नुहुन्छ र त्यसपछि दाजुभाइ-दिदीबहिनी हुन्छन्। यस समयमा तिमी दाजुभाइ-दिदीबहिनी
हौ त्यसैले पवित्र रहनुपर्छ। यो युक्ति हो। विकारी दृष्टि एकदमै निस्केर जाओस्।
सम्हाल गर्नुछ, मेरो आँखा कतै मनमोजी त बनेन? बजारमा चना देखेर खान मन त लागेन?
यस्तो मन धेरैको हुन्छ, फेरि खाइ पनि हाल्छन्। कुनै ब्राह्मणी कुनै भाइसँग गइछन्,
उसले भन्छ– चना खानुहुन्छ, एक पटक खानाले पाप कहाँ लाग्छ र! जो कच्चा हुन्छन्,
उनीहरूले तुरुन्तै खाइहाल्छन्। यसमाथि शास्त्रहरूमा पनि दृष्टान्त छन्। यी कथाहरू
बसेर बनाएका हुन्। बाँकी सबै यस समयका कुरा हुन्।
तिमीहरू सबै सीता हौ।
तिमीलाई बाबा भन्नुहुन्छ– एक बाबालाई याद गर, त्यसबाट पाप काटिन्छन्। बाँकी अरू कुनै
कुरा छैन। अहिले तिमीले बुझेका छौ– रावण कुनै यस्तो मनुष्य होइन। यहाँ त विकारहरूको
प्रवेशता हुन्छ, त्यसैले रावण सम्प्रदाय भनिन्छ। जस्तै कसै कसैले यस्तो काम गरे भने
भन्छन्– तिमी त असुर हौ। तिम्रो चालचलन आसुरी छ। विकारी बच्चालाई भन्छन्– तिमी कुल
कलङ्कित बन्छौ। यहाँ फेरि बेहदका बाबा भन्नुहुन्छ– तिमीलाई मैले कालोबाट गोरो
बनाउँछु, फेरि कालो मुख पार्छौ। प्रतिज्ञा गरेर फेरि विकारी बन्छौ। कालोभन्दा पनि
कालो बन्छौ, त्यसैले पत्थरबुद्धि भनिन्छ। फेरि अब तिमी पारसबुद्धि बन्छौ। तिम्रो
चढ्तीकला हुन्छ। बाबालाई चिन्यौ, विश्वको मालिक बन्यौ। संशयको कुरा हुन सक्दैन। बाबा
हेभेनली गड फादर हुनुहुन्छ। त्यसैले त अवश्य स्वर्ग सौगातमा ल्याउनुहुन्छ नि,
बच्चाहरूको लागि। शिवजयन्ती पनि मनाउँछन्– त्यस दिन के गर्छन् होला? व्रत आदि बस्छन्
होला। वास्तवमा व्रत बस्नुपर्छ विकारहरूको। विकारमा जानुछैन। यसबाट नै तिमीले
आदि-मध्य-अन्त्य दु:ख पायौ। अब यो एक जन्म पवित्र बन। पुरानो दुनियाँको विनाश
सामुन्ने खडा छ। तिमीले हेर्नु छ– भारतवर्षमा ९ लाख बाँकी रहनेछन्, फेरि शान्ति
हुनेछ। अरू धर्म नै रहने छैनन्, जसबाट ताली बज्नेछ। एक धर्मको स्थापना, बाँकी अनेक
धर्म विनाश हुनेछन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अविनाशी ज्ञान धन स्वयंमा धारण गरेर फेरि दान गर्नुछ। पढाइबाट आफूलाई स्वयं नै
राजतिलक दिनुछ। जसरी बाबा कल्याणकारी हुनुहुन्छ, त्यसरी नै कल्याणकारी बन्नुछ।
२) खानेपिउने कुरामा
पूरा परहेज गर्नुछ। कहिल्यै पनि आँखाले धोका नदेओस्– यो सम्हाल गर्नुछ। आफूलाई
सुधार्नुछ। कर्मेन्द्रियहरूबाट कुनै पनि विकर्म गर्नुछैन।
वरदान:–
म नसा शक्तिको
अनुभवद्वारा विशाल कार्यमा सदैव सहयोगी भव
प्रकृतिलाई, तमोगुणी
आत्माहरूको भाइब्रेसनलाई परिवर्तन गर्नु तथा अकारण ज्यान लिने (खुने नाहेक)
वायुमण्डल, भाइब्रेसनमा स्वयंलाई सुरक्षित राख्नु, अन्य आत्माहरूलाई सहयोग दिनु, नयाँ
सृष्टिमा नयाँ रचना योगबलबाट प्रारम्भ गर्नु– यी सबै विशाल कार्यहरूको लागि मनसा
शक्तिको आवश्यकता छ। मनसा शक्तिद्वारा नै स्वयंको अन्त्य मनोरम हुन्छ। मनसा शक्ति
अर्थात् श्रेष्ठ सङ्कल्प शक्ति, एकसँग लाइन क्लियर– अब यसको अनुभवी बन, त्यसबाट
बेहदको कार्यमा सहयोगी बनेर बेहद विश्वको राज्य अधिकारी बन्छौ।
स्लोगन:–
निर्भयता र
नम्रता नै योगी र ज्ञानी आत्माको स्वरूप हो।
अव्यक्त इशारा –
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
परमात्म प्यार
आनन्दमय झुला हो, यो सुखदायी झुलामा झुल्दै सदैव परमात्म प्यारमा लवलीन रह्यौ भने
कहिल्यै कुनै परिस्थिति वा मायाको हलचल आउन सक्दैन। परमात्म-प्यार अखुट छ, अटल छ,
यति छ जो सबैलाई प्राप्त हुन सक्छ तर परमात्म-प्यार प्राप्त गर्ने विधि हो– न्यारा
बन्नु। जति न्यारा बन्छौ, त्यति परमात्म प्यारको अधिकार प्राप्त हुन्छ।