04.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– अहिले तिमी सत्य बाबाद्वारा सत्य देवता बनिरहेका छौ , त्यसैले सत्ययुगमा सतसङ्ग गर्न े आवश्यक ता हु ँ दै न।”

प्रश्न:–
सत्ययुगमा देवताहरूबाट कुनै पनि विकर्म हुन सक्दैन, किन?

उत्तर:–
किनकि उनीहरूलाई सत्य बाबाको वरदान मिलेको हुन्छ। रावणको श्राप मिल्न थालेपछि मात्र विकर्म हुन्छ। सत्ययुग-त्रेतामा हुन्छ नै सदगति, त्यस समयमा दुर्गतिको नामै हुँदैन। विकार नै हुँदैन, जसले गर्दा विकर्म हुन्छ। द्वापर-कलियुगमा सबैको दुर्गति हुन्छ, त्यसैले विकर्म भइरहन्छ। यी पनि बुझ्नुपर्ने कुरा हुन्।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूप्रति बाबा बसेर सम्झाउनुहुन्छ– उहाँ सर्वोच्च बाबा पनि हुनुहुन्छ, सर्वोच्च टिचर पनि हुनुहुन्छ, सर्वोच्च सदगुरु पनि हुनुहुन्छ। बाबाको यस्तो महिमा बताउनाले स्वत: सिद्ध हुन्छ– श्रीकृष्ण कसैको बाबा हुन सक्नुहुन्न। उहाँ त सानो बच्चा, सत्ययुगको राजकुमार हुनुहुन्छ। उहाँ टिचर पनि हुन सक्नुहुन्न। आफै बसेर टिचरसँग पढ्नुहुन्छ। गुरु त त्यहाँ हुँदैनन् किनकि त्यहाँ सबै सदगतिमा हुन्छन्। आधाकल्प हुन्छ सदगति, आधाकल्प हुन्छ दुर्गति। त्यसैले त्यहाँ हुन्छ सदगति, त्यसैले ज्ञानको त्यहाँ आवश्यकता हुँदैन। नाम पनि हुँदैन किनकि ज्ञानद्वारा २१ जन्मको लागि सदगति मिल्छ, फेरि द्वापरदेखि कलियुग अन्त्यसम्म हुन्छ दुर्गति। त्यसोभएपछि श्रीकृष्ण फेरि द्वापरमा कसरी आउन सक्नुहुन्छ? यो पनि कसैको ख्यालमा आउँदैन। एक एक कुरामा धेरै नै गुह्य रहस्य भरिएको छ, जुन सम्झाउन धेरै जरुरी छ। उहाँ सर्वोच्च बाबा, सर्वोच्च टिचर हुनुहुन्छ। अङ्ग्रेजीमा सुप्रिम नै भनिन्छ। अङ्ग्रेजी शब्द केही राम्रा हुन्छन्। जस्तै ड्रामा शब्द छ। ड्रामालाई नाटक भनिँदैन, नाटकमा त साटफेर हुन्छ। यो सृष्टिको चक्र घुम्छ– यस्तो पनि भनिन्छ, तर कसरी घुम्छ, हुबहु घुम्छ वा परिवर्तन हुन्छ, यो कसैलाई पनि थाहा छैन। भनिन्छ पनि– बनिबनाउ बनिरहेको छ... अवश्य कुनै खेल हो, जुन फेरि फेरि चक्कर लगाइरहन्छ। यो चक्रमा मानिसहरूले नै चक्कर लगाउनुपर्छ। अच्छा, यो चक्रको अवधि कति हुन्छ? कसरी रिपिट हुन्छ? यसलाई घुम्न कति समय लाग्छ? यो कसैले जान्दैनन्। इस्लामी-बौद्धी आदि यी सबै घराना हुन्, जसको ड्रामामा पार्ट छ।

तिमी ब्राह्मणहरूको राजवंश हुँदैन, यो हो ब्राह्मण कुल। सर्वोत्तम ब्राह्मण कुल भनिन्छ। देवी-देवताहरूको पनि कुल हुन्छ। यो त सम्झाउन धेरै सहज छ। सूक्ष्मवतनमा फरिस्ताहरू रहन्छन्। त्यहाँ हाडमासु हुँदैन। देवताहरूको त हाडमासु हुन्छ नि। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा। विष्णुको नाभी कमलबाट ब्रह्मा निस्किएको किन देखाइएको हो? सूक्ष्मवतनमा त यी कुराहरू हुँदैनन्। न जुहारत आदि हुन सक्छन्, त्यसैले ब्रह्मालाई सेतो पोसाकधारी ब्राह्मण देखाइएको छ। ब्रह्मा साधारण मनुष्य धेरै जन्मको अन्त्यमा गरिब भए नि। यस समयमा छन् नै खादीका कपडा। ती बिचराहरूले बुझ्दैनन्– सूक्ष्म शरीर के हो? तिमीलाई बाबाले सम्झाउनुहुन्छ– त्यहाँ हुन्छन् नै फरिस्ताहरू, जसको हाडमासु हुँदैन। सूक्ष्मवतनमा त यो श्रृङ्गार आदि हुनुहुँदैन। तर चित्रहरूमा देखाइएको छ, त्यसैले बाबाले त्यसैको साक्षात्कार गराएर फेरि अर्थ सम्झाउनुहुन्छ। जस्तै हनुमानको साक्षात्कार गराउनुहुन्छ। तर हनुमानजस्तो कुनै मानिस हुँदैन। भक्तिमार्गमा अनेक प्रकारका चित्र बनाएका छन्, जसको विश्वास बसेको छ, उनीहरूलाई यस्तो केही भन्यो भने रिसाइहाल्छन्। देवीहरू आदिको कति पूजा गर्छन्, फेरि डुबाइदिन्छन्। यो सबै हो भक्तिमार्ग। भक्तिमार्गको दलदलमा घाँटीसम्म डुबेका छन् भने फेरि कसरी निकाल्न सकिन्छ। निकाल्न नै मुस्किल हुन्छ। कोही कोही त अरूलाई निकाल्ने निमित्त बनेर आफै डुब्छन्। आफै घाँटीसम्म दलदलमा फस्छन् अर्थात् काम विकारमा गिर्छन्। यो हो सबैभन्दा ठुलो दलदल। सत्ययुगमा यी कुराहरू हुँदैनन्। अहिले तिमी सत्य बाबाद्वारा सत्य देवता बनिरहेका छौ। फेरि त्यहाँ सतसङ्ग हुँदैनन्। सतसङ्ग यहाँ भक्तिमार्गमा गरिरहन्छन्, सम्झन्छन्– सबै ईश्वरका रूप हुन्। केही पनि बुझ्दैनन्। बाबा बसेर सम्झाउनुहुन्छ– कलियुगमा हुन्छन् सबै पाप आत्माहरू, सत्ययुगमा हुन्छन् पुण्य आत्माहरू। रातदिनको फरक छ। तिमी अहिले सङ्गममा छौ। कलियुग र सत्ययुग दुवैलाई जान्दछौ। मूल कुरा हो यता वारीबाट त्यता पारी जाने। क्षीरसागर र विषय सागरको गायन पनि छ तर अर्थ केही बुझ्दैनन्। अहिले बाबा बसेर कर्म-अकर्मको रहस्य सम्झाउनुहुन्छ। कर्म त मानिसहरूले गर्छन् नै, फेरि कुनै कर्म अकर्म हुन्छन्, कुनै विकर्म हुन्छन्। रावण राज्यमा सबै कर्म विकर्म हुन्छन्, सत्ययुगमा विकर्म हुँदैन किनकि त्यो हो रामराज्य। बाबाबाट वरदान पाएका छन्। रावणले दिन्छ श्राप। यो सुख र दु:खको खेल हो नि। दु:खमा सबैले बाबालाई याद गर्छन्। सुखमा कसैले याद गर्दैनन्। त्यहाँ विकार हुँदैनन्। बच्चाहरूलाई सम्झाइएको छ– कलमी लगाउँछन्। यो कलमी लगाउने परिपाटी पनि अहिले बसेको हो। बाबाले कलमी लगाउन सुरु गर्नुभएको छ। पहिला ब्रिटिस सरकार भएको बेलामा कहिल्यै अखबारमा विरूवाको कलमी लगाउँछन् भन्ने खबर आउँदैनथ्यो। अब बाबा बसेर देवीदेवता धर्मको कलमी लगाउनुहुन्छ, अरू कुनै कलमी लगाउनुहुन्न। धेरै धर्म छन्, देवीदेवता धर्म प्राय: लोप भएको छ। धर्म भ्रष्ट, कर्म भ्रष्ट भएकाले नाम नै उल्टोसुल्टो राखिदिएका छन्। जो देवता धर्मका छन्, उनीहरू फेरि त्यही देवीदेवता धर्ममा आउनुछ। हरेक आफ्नो धर्ममा नै जानुछ। क्रिस्चियन धर्मको निस्केर फेरि देवीदेवता धर्ममा आउन सक्दैनन्। मुक्ति त हुन सक्दैन। हो, कोही देवीदेवता धर्म परिवर्तन गरेर क्रिस्चियन धर्ममा गएको रहेछ भने ऊ फेरि फर्केर आफ्नो देवीदेवता धर्ममा आउँछ। उसलाई यो ज्ञान र योग धेरै राम्रो लाग्छ, यसबाट सिद्ध हुन्छ– यो हाम्रो धर्मको हो। यसमा बुझ्न र सम्झाउनको लागि धेरै विशाल बुद्धि चाहिन्छ। धारणा गर्नुछ, किताब पढेर सुनाउनुछैन। जसरी कसैले गीता सुनाउँछन्, मानिसहरू बसेर सुन्छन्। कसैले त गीताका श्लोक एकदम कण्ठ गर्छन्। अरू त बसेर हरेकले यसको आआफ्नै अर्थ निकाल्छन्। श्लोक सबै संस्कृतमा छन्। यहाँ त गायन छ– सागरलाई मसी बनाऊ, सारा जङ्गललाई कलम बनाऊ, तैपनि ज्ञानको अन्त्य हुँदैन। गीता त धेरै सानो छ। १८ अध्याय छन्। यति सानो गीता बनाएर घाँटीमा लगाउँछन्। धेरै मसिना अक्षर हुन्छन्। घाँटीमा लगाउने पनि बानी हुन्छ। कति सानो लकेट बन्छ। वास्तवमा हो त सेकेन्डको कुरा। बाबाको बन्यौ, मानौँ विश्वको मालिक बन्यौ। बाबा म हजुरको एक दिनको बच्चा हुँ, यस्तो पनि लेख्न सुरुगर्छन्। एक दिनमा निश्चय भयो र तुरुन्त पत्र लेख्छन्। बच्चा बन्यो भने विश्वको मालिक भयो। यो कुरा पनि कसैको बुद्धिमा मुस्किलले बस्छ। तिमी विश्वको मालिक बन्छौ नि। त्यहाँ अरू कुनै खण्ड हुँदैन, नामनिसान गुम हुन्छ। कसैलाई पनि थाहा हुँदैन– यी खण्डहरू थिए। यदि थिए भने अवश्य तिनको इतिहास-भूगोल हुनुपर्छ। त्यहाँ यी हुँदैहुँदैनन्, त्यसैले भनिन्छ– तिमी विश्वको मालिक बन्नेवाला हौ। बाबाले सम्झाउनुभएको छ– म तिम्रो बाबा पनि हुँ, ज्ञानको सागर पनि हुँ। यो त धेरै उच्चभन्दा उच्च ज्ञान हो, जसबाट हामी विश्वको मालिक बन्छौँ। हाम्रो बाबा सर्वोच्च हुनुहुन्छ, सत्य बाबा, सत्य टिचर हुनुहुन्छ, सत्य सुनाउनुहुन्छ। बेहदको शिक्षा दिनुहुन्छ। बेहदको गुरु हुनुहुन्छ, सबैको सदगति गर्नुहुन्छ। एकको महिमा गरियो भन त्यो महिमा फेरि अर्कोको हुन सक्दैन। फेरि उहाँले आफूसमान बनाउनुभयो भने त्यसपछि हुन सक्छन्। त्यसोभएपछि तिमी पनि पतित-पावन ठहरियौ। सत नाम लेख्छन्। पतित-पावनी गङ्गा यी माताहरू हुन्। शिवशक्ति भन, शिववंशी भन। शिववंशी ब्रह्माकुमार-कुमारीहरू। शिववंशी त सबै हुन्। बाँकी ब्रह्माद्वारा रचना रच्नुहुन्छ, त्यसैले सङ्गममा नै ब्रह्माकुमार-कुमारीहरू हुन्छन्। ब्रह्माद्वारा गोद लिनुहुन्छ। पहिला सुरुमा हुन्छन् ब्रह्माकुमार-कुमारीहरू। कसैले पनि विरोध गरे भने उनलाई भन– यिनी प्रजापिता हुन्, यिनमा प्रवेश गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– धेरै जन्मको अन्त्यमा म प्रवेश गर्छु। देखाउँछन्– विष्णुको नाभीबाट ब्रह्मा निस्किए। ठिकै छ, विष्णु फेरि कसको नाभीबाट निस्किए? त्यसमा एरो (तीर)बाट निसान दिन सक्छौ– दुवै एक अर्कामा ओतप्रोत छन्। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा। यिनी उनीबाट, उनी यिनीबाट पैदा भएका हुन्। यिनलाई लाग्छ एक सेकेन्ड, उनलाई लाग्छ ५ हजार वर्ष। यी वन्डरफुल कुराहरू हुन् नि। तिमीले बसेर सम्झाउँछौ। बाबा भन्नुहुन्छ– लक्ष्मी-नारायणले ८४ जन्म लिन्छन्, फेरि उनीहरूको नै धेरै जन्मको अन्त्यमा म प्रवेश गरेर यस्ता बनाउँछु। बुझ्नुपर्ने कुरा हो नि। बस्यौ भने सम्झाउँछु– यिनलाई ब्रह्मा किन भनिन्छ। सारा दुनियाँलाई देखाउनको लागि यी चित्रहरू बनाइएका छन्। हामीले सम्झाउन सक्छौँ, बुझ्नेहरूले नै बुझ्छन्। नबुझ्नेको लागि भन्छौँ– यो हाम्रो कुलको रहेनछ कि। बिचरा त्यहाँ स्वर्गमा आउँछ तर प्रजामा। हाम्रो लागि त सबै बिचरा हुन् नि– गरिबलाई बिचरा भनिन्छ। कति प्वइन्टहरू बच्चाहरूले धारण गर्नुछ। भाषण गर्नुपर्ने हुन्छ टपिकहरूमा। यो टपिक कुनै कम कहाँ छ र? प्रजापिता ब्रह्मा र सरस्वती, ४ भुजाहरू देखाउँछन्। त्यसोभएपछि २ भुजा बच्चीका हुन्छन्। युगल त होइनन्। युगल त वास्तवमा विष्णु नै हुन्। ब्रह्माकी छोरी हुन् सरस्वती। शङ्करको पनि युगल छैन, यस कारण शिव-शङ्कर भनिदिन्छन्। तर शङ्करले के गर्छन्? विनाश त अटोमिक बमहरूबाट हुन्छ। बाबाले कसरी बसेर बच्चाहरूको मृत्यु गराउनुहुन्छ, यो त पाप हुन्छ। बाबाले त सबैलाई फर्काएर शान्तिधाम लैजानुहुन्छ, बिना मेहनत। हिसाबकिताब चुक्ता गरेर सबै घर जान्छन् किनकि विनाश (कयामत) को समय हो। बाबा आउनुहुन्छ नै सेवामा। सबैलाई सदगति दिनुहुन्छ। तिमी पनि पहिला गतिमा, फेरि सद्गतिमा आउँछौ। यी बुझ्नुपर्ने कुराहरू हुन्। यी कुराहरूलाई अलिकति पनि कसैले जान्दैनन्। तिमीले देख्छौ– कसैले त धेरै मेहनत गर्छन्, तर बिल्कुल बुझ्दैनन्। जो केही राम्रा बुझ्नेवाला हुन्छन्, उनीहरू आएर बुझ्छन्। भन– एक एक कुरा बुझ्नुछ भने टाइम दिनुहोस्। यहाँ त केवल बाबाको हुकुम छ, सबैलाई बाबाको परिचय देऊ। यो हो नै काँडाहरूको जङ्गल किनकि यहाँ एकअर्कालाई दु:ख दिइरहन्छन्, यसलाई दु:खधाम भनिन्छ। सत्ययुग हो सुखधाम। दु:खधामबाट सुखधाम कसरी बन्छ, यो तिमीलाई सम्झाउँछु। लक्ष्मी-नारायण सुखधाममा थिए, फेरि यिनीहरू ८४ जन्म लिएर दु:खधाममा आउँछन्। यो ब्रह्माको नाम पनि कसरी राखियो? बाबा भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर बेहदको संन्यास गराउँछु। तुरुन्त संन्यास गराइदिनुहुन्छ किनकि बाबाले सेवा गराउनुछ, त्यही गराउनुहुन्छ। यिनी पछि धेरै निस्किए, जसको नाम बसेर राखियो। उनीहरूले फेरि बसेर बिरालोका बच्चा देखाउँछन्। यी सबै दन्त्य कथाहरू हुन्। बिरालोका बच्चा कसरी हुन सक्छन्। बिरालोले कहाँ बसेर ज्ञान सुन्छ र? बाबाले धेरै युक्तिहरू बताइरहनुहुन्छ। कुनै कुरा कसैको समझमा आएन भने उसलाई भन– अल्फ (बाबा)लाई नचिनेसम्म अरू केही बुझ्न सक्नुहुन्न। एउटा कुरा निश्चय गर्नुहोस् र लेख्नुहोस्, नत्र बिर्सनुहुन्छ। मायाले बिर्साइदिन्छ। मुख्य कुरा हो बाबाको परिचयको। हाम्रो बाबा सर्वोच्च बाबा, सर्वोच्च टिचर हुनुहुन्छ, जसले सारा विश्वको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ, जुन कुरा कसैलाई थाहै छैन। यो सम्झाउनमा टाइम चाहिन्छ। बाबालाई नचिनेसम्म प्रश्न उठिरहन्छन्। अल्फ चिनेका छैनन् भने बे लाई केही बुझ्दैनन्। सित्तैमा संशय उठाइरहन्छन्– यस्तो किन, शास्त्रमा त यस्तो भनिन्छ? त्यसैले पहिला सबैलाई बाबाको परिचय देऊ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कर्म, अकर्म र विकर्मको गुह्य गतिलाई बुद्धिमा राखेर अब कुनै विकर्म गर्नुछैन, ज्ञान र योगको धारणा गरेर अरूलाई सुनाउनुछ।

२) सत्य बाबाको सत्य ज्ञान दिएर मनुष्यलाई देवता बनाउने सेवा गर्नुछ। विकारहरूको दलदलबाट सबैलाई निकाल्नुछ।

वरदान:–
अलौकिक नसाको अनुभूतिद्वारा निश्चयको प्रमाण दिने सदा विजयी भव

अलौकिक रुहानी नसा निश्चयको दर्पण हो। निश्चयको प्रमाण हो नसा र नसाको प्रमाण हो खुसी। जो सदा खुसी र नसामा रहन्छन्, उनीहरूको अगाडि मायाको कुनै पनि चाल चल्न सक्दैन। बेफिक्र बादसाहको बादसाहीभित्र माया आउन सक्दैन। अलौकिक नसाले सहजै पुरानो संसार वा पुरानो संस्कार बिर्साइदिन्छ, त्यसैले सदा आत्मिक स्वरूपको नसामा, अलौकिक जीवनको नसामा, फरिस्तापनको नसामा वा भविष्यको नसामा रह्यौ भने विजयी बन्छौ।

स्लोगन:–
मधुरताको गुण नै ब्राह्मण जीवनको महानता हो, त्यसैले मधुर बन र मधुर बनाऊ।

अव्यक्त इशारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

जसरी विदेही बापदादाले देहको आधार लिनुपर्छ, बच्चाहरूलाई विदेही बनाउनको लागि। त्यसरी नै तिमीहरू सबैले जीवनमा रहँदै, देहमा रहँदै, विदेही आत्मा स्थितिमा स्थित भएर यो देहद्वारा गराउनेवाला बनेर कर्म गराऊ। यो देह गर्नेवाला हो, तिमी देही गराउनेवाला हौ, यही स्थितिलाई “विदेही स्थिति” भनिन्छ। यसैलाई नै फलो फादर भनिन्छ। बाबाको फलो गर्ने स्थिति हो– सदा अशरीरी भव, विदेही भव, निराकारी भव!