04.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीलाई अहिले बाबा बाट दिव्य दृष्टि मिलेको छ , त्यो दिव्य दृष्टि द्वारा नै तिमी ले आत्मा र परमात्मालाई देख्न सक्छौ।”

प्रश्न:–
ड्रामाको कुन रहस्यलाई बुझ्नेले कसैलाई पनि कुन राय दिँदैनन्?

उत्तर:–
जसले बुझेका छन्– ड्रामामा जे जति बितेको छ त्यो फेरि एक्युरेट रिपिट हुन्छ, उनीहरूले कहिल्यै कसैलाई भक्ति छोड्ने राय दिँदैनन्। उनीहरूको बुद्धिमा राम्रोसँग ज्ञान बसेपछि बुझ्छन्– हामी आत्मा हौँ, हामीले बेहदका बाबाबाट वर्सा लिनुछ। बेहदका बाबाको पहिचान भएपछि हदका कुरा स्वतः समाप्त हुन्छन्।

ओम् शान्ति ।
आफ्नो आत्माको स्वधर्ममा बसेका छौ? रुहानी बाबाले रुहानी बच्चाहरूसँग सोध्नुहुन्छ किनकि यो त बच्चाहरूलाई थाहा छ– एउटै बेहदका बाबा हुनुहुन्छ, जसलाई रुह भनिन्छ। उहाँलाई केवल सुप्रिम भनिन्छ। सुप्रिम रुह वा परम आत्मा भनिन्छ। परमात्मा अवश्य हुनुहुन्छ, यस्तो भनिँदैन– परमात्मा नै हुनुहुन्न। परम आत्मा अर्थात् परमात्मा। यो पनि सम्झाइएको छ, अल्मलिनुहुँदैन किनकि ५ हजार वर्ष पहिला पनि यो ज्ञान तिमीले सुनेका थियौ। आत्माले नै सुन्छ नि। आत्मा धेरै सानो सूक्ष्म छ। यति सानो छ जसलाई यी आँखाले देखिँदैन। यस्तो कुनै मनुष्य हुँदैन जसले आत्मालाई यी आँखाले देखेको छ। देखिन सक्छ तर दिव्य दृष्टिद्वारा। त्यो पनि ड्रामा प्लान अनुसार। अच्छा, मानौँ कसैलाई आत्माको साक्षात्कार भयो, जसरी अरू चीज देखिन आउँछ। भक्तिमार्गमा पनि केही साक्षात्कार हुन्छ भने यी आँखाबाटै हुन्छ। त्यो दिव्य दृष्टि मिल्छ जसबाट चैतन्यमा देख्छन्। आत्मालाई ज्ञान चक्षु मिल्छ जसबाट देख्न सक्छन्, तर ध्यानमा मात्र। भक्तिमार्गमा धेरै भक्ति गरेपछि साक्षात्कार हुन्छ। जसरी मीरालाई साक्षात्कार भयो, डान्स गर्थिन्। त्यहाँ कुनै बैकुण्ठ त थिएन। ५-६ सय वर्ष भयो होला। त्यस समयमा बैकुण्ठ कहाँ थियो र। जे बितेको छ त्यो दिव्य दृष्टिबाट देखिन्छ। धेरै भक्ति गर्दागर्दै एकदम भक्तिमय भइसकेपछि साक्षात्कार हुन्छ तर त्यसबाट मुक्ति मिल्दैन। मुक्ति-जीवनमुक्तिको मार्ग भक्तिबाट बिल्कुल न्यारा छ। भारतवर्षमा कति धेरै मन्दिर छन्। ती मन्दिरहरूमा शिवका लिङ्ग राख्छन्। ठुला लिङ्ग पनि राख्छन्, साना लिङ्ग पनि राख्छन्। अब यो त बच्चाहरूलाई थाहा छ– जस्तो आत्मा छ त्यस्तै परमपिता परमात्मा हुनुहुन्छ। साइज सबैको एउटै हुन्छ। जस्तो बाबा त्यस्तै बच्चाहरू। आत्माहरू सबै भाइ भाइ हुन्। आत्माहरू यस शरीरमा आउँछन् पार्ट खेल्न, यी बुझ्ने कुरा हुन्। यी कुनै भक्तिमार्गका दन्त्य कथाहरू होइनन्। ज्ञानमार्गका कुरा केवल एक बाबाले नै सम्झाउनुहुन्छ। सबैभन्दा पहिला सम्झाउने बेहदका निराकार बाबा नै हुनुहुन्छ, उहाँलाई पूरा रीतिले कसैले पनि चिन्न सक्दैनन्। भन्छन्– उहाँ त सर्वव्यापी हुनुहुन्छ। यो कुनै सही कुरा होइन। बाबालाई पुकार्छन्, धेरै प्यारले बोलाउँछन्। भन्छन्– बाबा हजुर आउनुभएमा हजुरमाथि बलिहार जान्छौँ। मेरो त हजुर, दोस्रो न कोही। त्यसैले अवश्य उहाँलाई याद गर्नुपर्छ। उहाँ स्वयं पनि भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! आत्माहरूसँग नै कुरा गर्नुहुन्छ। यसलाई रुहानी ज्ञान भनिन्छ। गायन पनि गरिन्छ– आत्मा र परमात्मा अलग रहे बहुकाल... यो हिसाब पनि बताइएको छ। धेरै समयदेखि तिमी आत्माहरू बाबादेखि अलग्गै रहन्छौ, जुन बच्चाहरू नै फेरि यस समयमा बाबाको पासमा आएका छौ। फेरि आफ्नो राजयोग सिक्न। यहाँ बाबा टिचर सेवाधारी हुनुहुन्छ। टिचर सदैव आज्ञाकारी सेवाधारी हुन्छन्। बाबा पनि भन्नुहुन्छ– म त सबै बच्चाहरूको सेवाधारी हुँ। तिमीले कति अधिकारसँग बोलाउँछौ– हे पतितपावन आएर हामीलाई पावन बनाउनुहोस्! सबै भक्ति हुन्। भन्छन्– हे भगवान आउनुहोस्, हामीलाई फेरि पावन बनाउनुहोस्! पावन दुनियाँ स्वर्गलाई, पतित दुनियाँ नर्कलाई भनिन्छ। यी सबै बुझ्ने कुरा हुन्। यो कलेज अथवा ईश्वरीय विश्व विद्यालय हो। यसको लक्ष्य उद्देश्य हो मनुष्यबाट देवता बनाउनु। बच्चाहरूले निश्चय गर्छन्– हामी यो बन्नुछ। जसलाई निश्चय नै हुँदैन ऊ स्कुलमा बस्छ र? लक्ष्य उद्देश्य त बुद्धिमा हुन्छ। हामी वकिल वा डक्टर बन्छौँ भने पढ्छौँ नि। निश्चय हुँदैन भने आउँदैनन् नै। तिमीलाई निश्चय छ– हामी मनुष्यबाट देवता, नरबाट नारायण बन्छौँ। यो सच्चा-सच्चा सत्य नरबाट नारायण बन्ने कथा हो। वास्तवमा यो हो पढाइ तर यसलाई कथा किन भनिन्छ? किनकि ५ हजार वर्ष पहिला पनि सुनेका थियौ। जुन बितेको कुरा हो। बितेको कुरालाई कथा भनिन्छ। यो हो नरबाट नारायण बन्ने शिक्षा। बच्चाहरूले दिलबाट बुझ्छन्– नयाँ दुनियाँमा देवताहरू, पुरानो दुनियाँमा मनुष्य रहन्छन्। देवताहरूमा जुन गुण हुन्छन् ती मनुष्यमा हुँदैनन्, त्यसैले उनीहरूलाई देवता भनिन्छ। मनुष्यले देवताहरूको अगाडि नमन गर्छन्। तपाईं सर्वगुण सम्पन्न... हुनुहुन्छ उनीहरूले फेरि आफूलाई भन्छन्– हामी पापी नीच हौँ। मनुष्यले नै भन्छन्, देवताहरूलाई त भन्दैनन्। देवताहरू थिए सत्ययुगमा, कलियुगमा हुन सक्दैनन्। तर आजकाल त सबैलाई श्री श्री भनिदिन्छन्। श्री अर्थात् श्रेष्ठ। सर्वश्रेष्ठ त भगवानले नै बनाउन सक्नुहुन्छ। श्रेष्ठ देवता सत्ययुगमा थिए, यस समयमा कुनै मनुष्य श्रेष्ठ छैनन्। तिमी बच्चाहरूले अहिले बेहदको संन्यास गर्छौ। तिमीलाई थाहा छ– यो पुरानो दुनियाँ खतम हुनेछ, त्यसैले यी सबैसँग वैराग्य छ। उनीहरू त हुन् हठयोगी संन्यासी। घरबार छोडेर निस्किए, फेरि आएर महलमा बसेका छन्। नत्र कुटीमा कुनै खर्च कहाँ लाग्छ र, केही पनि लाग्दैन। एकान्तका लागि कुटीमा बस्नुपर्छ, न कि महलमा। बाबाको कुटी पनि बनेको छ। कुटीमा सबै सुख छन्। अहिले तिमी बच्चाहरू पुरुषार्थ गरेर मनुष्यबाट देवता बन्नुछ। तिमीलाई थाहा छ– ड्रामामा जे जति बितेको छ त्यो फेरि एक्युरेट रिपिट हुन्छ, त्यसैले कसैलाई पनि यस्तो राय दिनुहुँदैन– भक्ति छोड। ज्ञान बुद्धिमा आइसकेपछि बुझ्छन्– हामी आत्मा हौँ, हामीले अब त बेहदका बाबाबाट वर्सा लिनुछ। बेहदका बाबाको पहिचान भइसकेपछि फेरि हदका कुरा समाप्त हुन्छन्। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेरै केवल बुद्धिको योग बाबासँग लगाउनुछ। शरीर निर्वाहका लागि कर्म पनि गर्नुछ, जसरी भक्तिमा पनि कसै कसैले धेरै नवधा भक्ति गर्छन्। नियमसँग दिनहुँ गएर दर्शन गर्छन्। देहधारीहरूको पासमा जानु, त्यो सबै हो जिस्मानी यात्रा। भक्तिमार्गमा कति भट्किनुपर्छ। यहाँ केही पनि भट्किनुछैन। आए भने सम्झाउनका लागि बसालिन्छ। बाँकी यादका लागि कुनै एक ठाउँमा बस्नुछैन। भक्तिमार्गमा कोही श्रीकृष्णको भक्त रहेछ भने यस्तो होइन– हिँड्दाडुल्दा श्रीकृष्णलाई याद गर्न सक्दैनन् त्यसैले जो पढेलेखेका मनुष्य हुन्छन्, भन्छन्– श्रीकृष्णको चित्र घरमा राखेका छौ भने फेरि तिमी मन्दिरमा किन जान्छौ। श्रीकृष्णको चित्रको पूजा तिमीले जहाँसुकै पनि गर्नसक्छौ। अच्छा, चित्र नराख, याद गरिराख। एक पटक चीज देख्यौ भने फेरि त्यो याद रहन्छ। तिमीलाई पनि यही भनिन्छ, शिवबाबालाई तिमीले घर बसेर याद गर्न सक्दैनौ? यो त हो नयाँ कुरा। शिवबाबालाई कसैले पनि चिन्दैनन्। नाम, रूप, देश, काललाई जान्दै जान्दैनन्, भनिदिन्छन्– उहाँ सर्वव्यापी हुनुहुन्छ। आत्मालाई परमात्मा त भनिँदैन। आत्मालाई बाबाको याद आउँछ। तर बाबालाई चिन्दैनन् भने ७ दिन सम्झाउनुपर्छ। फेरि खुद्रा प्वइन्टहरू पनि सम्झाइन्छ। बाबा ज्ञानको सागर हुनुहुन्छ नि। कति समयदेखि सुन्दै आएका छौ किनकि ज्ञान छ नि। बुझ्छौ– हामीलाई मनुष्यबाट देवता बन्ने ज्ञान मिल्छ। बाबा भन्नुहुन्छ– तिमीलाई नयाँ नयाँ गुह्य कुरा सुनाउँछु। मुरली तिमीलाई मिलेन भने तिमी कति कराउँछौ। बाबा भन्नुहुन्छ– तिमीले बाबालाई त याद गर। मुरली पढ्छौ फेरि पनि बिर्सन्छौ। पहिला सुरुमा त यो याद गर्नुछ– म आत्मा हुँ, यति सानो बिन्दु हुँ। आत्मालाई पनि चिन्नु छ। भनिन्छ– यिनको आत्मा निस्केर अर्कोमा प्रवेश गरेको छ। हामी आत्मा नै जन्म लिँदा लिँदै अहिले पतित, अपवित्र बनेका छौँ। पहिला तिमी पवित्र गृहस्थ धर्मका थियौ। लक्ष्मी-नारायण दुवै पवित्र थिए। फेरि दुवै नै अपवित्र बने, फेरि दुवै पवित्र हुन्छन् भने के अपवित्रबाट पवित्र बने? वा पवित्र जन्म लिए? बाबा बसेर सम्झाउनुहुन्छ, कसरी तिमी पवित्र थियौ। फेरि वाममार्गमा जाँदा अपवित्र बनेका हौ। पुजारीलाई अपवित्र, पूज्यलाई पवित्र भनिन्छ। सारा विश्वको इतिहास भूगोल तिम्रो बुद्धिमा छ। कस-कसले राज्य गर्थे? कसरी उनीहरूलाई राज्य मिल्यो, यो तिमीलाई थाहा छ, अरू कसैलाई थाहा छैन। तिमीलाई पनि पहिला यो रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान थिएन, अर्थात् नास्तिक थियौ। जान्दैनथ्यौ। नास्तिक बन्दा कति दुःखी बन्छन्। अब तिमी यहाँ आएका छौ यो देवता बन्न। त्यहाँ कति सुख हुन्छ। दैवीगुण पनि यहीँ धारण गर्नुपर्छ। प्रजापिता ब्रह्माका सन्तान भाइ-बहिनी ठहरियौ नि। विकारी दृष्टि जानुहुँदैन, यसमा छ मेहनत। आँखा बडो विकारी छन्। सबै अङ्गभन्दा विकारी छन् आँखा। आधाकल्प विकारी, आधाकल्प पावन हुन्छन्। सत्ययुगमा विकारी हुँदैनन्। आँखा विकारी भए भने असुर भनिन्छ। बाबा स्वयं भन्नुहुन्छ– म पतित दुनियाँमा आउँछु। जो पतित बनेका छन्, उनीहरू नै पावन बन्नुछ। मनुष्यले त भन्छन्– यिनीहरूले आफूलाई भगवान कहलाउँछन्। वृक्षमा हेर ब्रह्माबाबा एकदम तमोप्रधान दुनियाँको अन्त्यमा उभिनु भएको छ, उहाँले नै फेरि तपस्या गरिरहनुभएको छ। सत्ययुगदेखि लक्ष्मी-नारायणको राजवंश चल्छ। संवत् पनि यी लक्ष्मी-नारायणबाट गनिन्छ त्यसैले बाबा भन्नुहुन्छ– लक्ष्मी-नारायणको राज्य देखाउँछौ भने लेख– यसबाट १२५० वर्षपछि त्रेता। शास्त्रहरूमा फेरि लाखौँ वर्ष लेखिदिएका छन्। रातदिनको फरक भयो नि। ब्रह्माको रात आधाकल्प, ब्रह्माको दिन आधाकल्प– यी कुरा बाबाले मात्रै सम्झाउनुहुन्छ। फेरि पनि भन्नुहुन्छ– मीठे बच्चे, आफूलाई आत्मा सम्झ, बाबालाई याद गर। उहाँलाई याद गर्दागर्दै तिमी पावन बन्छौ, फेरि अन्त मति सो गति हुन्छ। बाबाले यस्तो भन्नुहुन्न– यहिँ बस। सेवाधारी बच्चाहरूलाई त बसाउनुहुन्न। सेन्टर, सङ्ग्रहालय आदि खोलिरहन्छन्। कतिलाई निमन्त्रण बाँड्छन्, आएर ईश्वरीय जन्मसिद्ध अधिकार विश्वको बादसाही लेऊ। तिमीहरू बाबाका बच्चा हौ। बाबा स्वर्गका रचयिता हुनुहुन्छ भने तिमीलाई पनि स्वर्गको वर्सा हुनुपर्छ। बाबा भन्नुहुन्छ– म एक पटक मात्रै स्वर्गको स्थापना गर्न आउँछु। एउटै दुनियाँ छ जसको चक्र घुमिरहन्छ। मनुष्यका त अनेक मत, अनेक कुरा छन्। कति मतमतान्तर छन्, यसलाई भनिन्छ अद्वैत मत। वृक्ष कति ठुलो छ। कति हाँगाबिँगा निस्कन्छन्। कति धर्म फैलिरहेका छन्, पहिला त एक मत, एक राज्य थियो। सारा विश्वमा यिनीहरूको राज्य थियो। यो पनि अहिले तिमीलाई थाहा भएको छ। हामी नै सारा विश्वका मालिक थियौँ। फेरि ८४ जन्म भोगेर कङ्गाल बनेका छौँ। अहिले तिमीले कालमाथि विजय प्राप्त गर्छौ, त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। यहाँ त हेर बस्दाबस्दै अकालमा मृत्यु भइरहन्छ। चारैतिर मृत्यु नै मृत्यु छ। त्यहाँ यस्तो हुँदैन, पूरा आयु जीवन चल्छ। भारतवर्षमा प्योरिटी, पिस, प्रोस्पेरिटी थियो। १५० वर्ष औसत आयु थियो, अहिले कति आयु हुन्छ।

ईश्वरले तिमीलाई योग सिकाउनुभयो त्यसैले तिमीलाई योगेश्वर भनिन्छ। त्यहाँ कहाँ भनिन्छ र। यस समयमा तिमी योगेश्वर हौ, तिमीलाई ईश्वरले राजयोग सिकाइरहनुभएको छ। फेरि राज-राजेश्वर बन्नुछ। अहिले तिमी ज्ञानेश्वर हौ फेरि राजेश्वर अर्थात् राजाहरूको राजा बन्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आँखालाई पावन बनाउने मेहनत गर्नुछ। बुद्धिमा सदा रहोस्– हामी प्रजापिता ब्रह्माका बच्चा भाइ-बहिनी हौँ, विकारी दृष्टि राख्न सक्दैनौँ।

२) शरीर निर्वाह अर्थ कर्म गर्दै बुद्धिको योग एक बाबासँग लगाउनुछ, हदका सबै कुरा छोडेर बेहदका बाबालाई याद गर्नुछ। बेहदको संन्यासी बन्नुछ।

वरदान:–
बाबा शब्दको स्मृतिबाट कारणलाई निवारणमा परिवर्तन गर्ने सदा अचल अडोल भव

कुनै पनि परिस्थिति हलचलवाला भए पनि तर बाबा भन्यौ र अचल बन्यौ। परिस्थितिहरूको चिन्तनमा गयौ भने मुस्किलको अनुभव हुन्छ। कारणको सट्टा निवारणमा गयौ भने कारण नै निवारण बन्छ किनकि मास्टर सर्वशक्तिमान् ब्राह्मणहरूका अगाडि परिस्थितिहरू कमिलासमान पनि हुँदैनन्। केवल के भयो, किन भयो यो सोच्नुको सट्टा, जे भयो त्यसमा कल्याण भरिएको छ, सेवा समाहित भएको छ... रूप परिस्थितिको भए पनि तर सेवा समाहित भएको छ– यस रूपले हेरेमा सदा अचल अडोल रहन्छौ।

स्लोगन:–
एक बाबाको प्रभावमा रहनेहरू कुनै पनि आत्माको प्रभावमा आउन सक्दैनन्।

अव्यक्त इशारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

कर्मातीत स्थितिलाई प्राप्त गर्नका लागि सदा साक्षी बनेर कार्य गर। साक्षी अर्थात् सदा न्यारा र प्यारा स्थितिमा रहेर कर्म गर्ने अलौकिक आत्मा हुँ, अलौकिक अनुभूति गर्ने, अलौकिक जीवन, श्रेष्ठ जीवन भएको आत्मा हुँ– यो नसा रहोस्। कर्म गर्दा यही अभ्यास बढाउँदै गयौ भने कर्मातीत स्थिति प्राप्त गर्नेछौ।