05.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– अब तिमी
नाम-रूपको बिमारीबाट बच्नुछ , उल्टो खाता बनाउनु हुँदैन , एक बाबाको यादमा रहनुछ।”
प्रश्न:–
भाग्यवान्
बच्चाहरूले कुन मुख्य पुरुषार्थद्वारा आफ्नो भाग्य बनाउँछन्?
उत्तर:–
भाग्यवान्
बच्चाहरूले सबैलाई सुख दिने पुरुषार्थ गर्छन्। मनसा-वाचा-कर्मणा कसैलाई दु:ख
दिँदैनन्। शीतल भएर चलेमा भाग्य बन्दै जान्छ। तिम्रो विद्यार्थी जीवन हो, तिमीले अब
अल्मलिनुछैन। अपार खुसीमा रहनुछ।
गीत:–
तुम्हीँ हो
माता-पिता......
ओम् शान्ति ।
सबै बच्चाहरूले
मुरली सुन्छन्, जहाँ पनि मुरली जान्छ, सबैले जानेका छन्– जसको महिमा गाइन्छ, उहाँ
कुनै साकार हुनुहुन्न, निराकारको महिमा हो। निराकारले साकारद्वारा अहिले सम्मुख
मुरली सुनाइरहनुभएको छ। यस्तो पनि भनिन्छ– अहिले हामी आत्माले उहाँलाई देखिरहेका
छौं! आत्मा धेरै सूक्ष्म छ, यी आँखाले देखिँदैन। भक्तिमार्गमा पनि बुझेका हुन्छन्–
हामी आत्मा सूक्ष्म छौं। तर पूरा रहस्य बुद्धिमा हुँदैन– आत्मा के हो, परमात्मालाई
याद गर्छन् तर उहाँ को हुनुहुन्छ, यो दुनियाँले जान्दैन। तिमीले पनि जानेका थिएनौ।
अहिले तिमी बच्चाहरूलाई यो निश्चय छ– उहाँ कुनै लौकिक शिक्षक वा सम्बन्धी पनि
हुनुहुन्न। जसरी सृष्टिमा अरू मानिसहरू छन् त्यस्तै यी दादा पनि थिए। जब तिमीले
महिमा गाउँथ्यौ– त्वमेव माताश्च पिता... तब सम्झन्थ्यौ माथि हुनुहुन्छ। अहिले बाबा
भन्नुहुन्छ– मैले यिनमा प्रवेश गरेको छु, उही म यिनमा छु। पहिला त धेरै प्रेमले
महिमा गाउँथ्यौ, डर पनि राख्थ्यौ। अहिले त उहाँ यस शरीरमा आउनुभएको छ। जो निराकार
हुनुहुन्थ्यो उहाँ अहिले साकारमा आउनुभएको छ। उहाँ बसेर बच्चाहरूलाई सिकाउनुहुन्छ।
दुनियाँलाई थाहा छैन– उहाँले के सिकाउनुहुन्छ। उनीहरूले त गीताका भगवान
श्रीकृष्णलाई सम्झन्छन्। भनिदिन्छन्– उहाँले राजयोग सिकाउनुहुन्छ। ठीक छ, बाँकी
बाबाले के गर्नुहुन्छ त? गाउन त गाउँथ्यौ– तिमी माता-पिता... तर उहाँबाट के र कहिले
मिल्छ, यो केही जान्दैनथ्यौ। गीता सुन्दा सम्झन्थ्यौ श्रीकृष्णद्वारा राजयोग सिकेएका
थिए फेरि उहाँ कहिले आएर सिकाउनुहुन्छ, त्यो पनि ध्यानमा आउँथ्यो होला। यतिबेला यो
त्यही महाभारत लडाइँ हो त्यसैले अवश्य श्रीकृष्णको समय हुनुपर्छ। अवश्य त्यही
इतिहास भूगोल दोहोरिएको हुनुपर्छ। दिनप्रतिदिन बुझ्दै जाने छन्। अवश्य गीताका भगवान
हुनुपर्छ। वास्तवमा महाभारत लडाइँ पनि देखिनेछ। अवश्य यस दुनियाँको अन्त्य हुन्छ।
देखाउँछन् पाण्डव पहाडमा गए। त्यसैले उनीहरूको बुद्धिमा यो आउँछ, वास्तवमा विनाश त
सामुन्ने खडा छ। अब श्रीकृष्ण कहाँ छन्? खोजिरहन्छन्, जबसम्म तिमीहरूबाट गीताका
भगवान श्रीकृष्ण हुनुहुन्न, शिव हुनुहुन्छ भन्ने सुन्दैनन्। तिम्रो बुद्धिमा त यो
कुरा पक्का छ। यो तिमीले कहिल्यै भुल्न सक्दैनौ। कसैलाई पनि तिमीले सम्झाउन सक्छौ–
गीताका भगवान श्रीकृष्ण होइनन्, शिव हुनुहुन्छ। दुनियाँमा त अरू कसैले पनि भन्दैन,
तिमी बच्चाहरू सिवाय। यदि गीताका भगवानले राजयोग सिकाउनुभएको थियो भने यसबाट सिद्ध
हुन्छ, नरबाट नारायण बनाउनुभएको थियो। तिमी बच्चाहरूलाई थाहा छ, भगवानले हामीलाई
पढाउनुहुन्छ। वास्तवमा नरबाट नारायण बनाउनुहुन्छ। यी लक्ष्मी-नारायणको स्वर्गमा
राज्य थियो नि। अहिले त त्यो स्वर्ग पनि छैन भने नारायण पनि छैनन्, देवताहरू पनि
छैनन्। चित्र छ जसबाट बुझ्छन् यी थिए। अहिले तिमीले जान्दछौ– यिनीहरूको राज्य कति
वर्ष भयो? तिमीलाई पक्का थाहा छ, आजभन्दा ५ हजार वर्ष पहिला यिनीहरूको राज्य थियो।
अहिले त अन्त्य हो। लडाइँ पनि सामुन्ने खडा छ। जानेका छौ– बाबाले हामीलाई
पढाइरहनुभएको छ। सबै सेन्टरहरूमा पढ्छन् पनि र पढाउँछन् पनि। पढाउने युक्ति धेरै
राम्रो छ। चित्रद्वारा राम्रो ज्ञान मिल्न सक्छ। मुख्य कुरा हो गीताका भगवान शिव वा
श्रीकृष्ण? फरक त धेरै छ नि। सद्गतिदाता स्वर्गको स्थापना गर्नेवाला अथवा आदि सनातन
देवी-देवता धर्मको फेरि स्थापना गर्नेवाला शिव वा श्रीकृष्ण? मुख्य हुन् नै तीन कुरा।
यसमा नै बाबाले जोड दिनुहुन्छ। दिन त ओपिनियन लेखेर दिन्छन्– यो धेरै राम्रो छ तर
यसबाट केही पनि फाइदा छैन। तिम्रो जुन मुख्य कुरा छ त्यसमा जोड दिनुछ। तिम्रो जित
पनि यसैमा छ। तिमीहरूले सिद्ध गरेर बताउँछौ, भगवान एक हुनुहुन्छ। यस्तो होइन– गीता
सुनाउनेहरू पनि भगवान भए। भगवानले त यस राजयोग र ज्ञानद्वारा देवी देवता धर्मको
स्थापना गर्नुभयो।
बाबाले सम्झाउनुहुन्छ–
बच्चाहरूमा मायाको आक्रमण भइरहन्छ, अहिलेसम्म कर्मातीत अवस्था कसैको भएको छैन।
पुरुषार्थ गर्दै गर्दै अन्त्यमा तिमी एक बाबाको यादमा सदा हर्षित रहन्छौ। कुनै उदासी
आउने छैन। अहिले त शिरमा धेरै पापको बोझ छ। त्यो यादद्वारा नै उत्रन्छ। बाबाले
पुरुषार्थका युक्तिहरू बताउनुभएको छ। यादद्वारा नै पाप काटिन्छ। धेरै बुद्धु छन्,
जो यादमा नरहने भएकाले नाम-रूप आदिमा फस्छन्। हर्षितमुख भएर कसैलाई ज्ञान सम्झाऊन्,
यो पनि मुस्किल छ। आज कसैलाई सम्झायो फेरि भोलि धोका खानाले खुसी हराउँछ।
बुझ्नुपर्छ यो मायाको आक्रमण हो। त्यसैले पुरुषार्थ गरेर बाबालाई याद गर्नु छ। बाँकी
रुनु, पिट्नु वा बेहाल हुनुछैन। बुझ्नुपर्छ मायाले जुत्ताले हान्छ, त्यसैले
पुरुषार्थ गरेर बाबालाई याद गर्नुपर्छ। बाबाको यादबाट धेरै खुसी हुन्छ। मुखबाट
तुरुन्तै वाणी निस्कछ। पतित पावन बाबाले भन्नुहुन्छ– मलाई याद गर। कोही एक जना पनि
छैन, जसलाई रचयिता र रचनाको परिचय होस्। मानिस भएर पितालाई चिनेन भने त जनावर भन्दा
पनि नीच भयो। गीतामा श्रीकृष्णको नाम राखेका छन् त्यसैले बाबालाई कसरी याद गरुन्!
यही धेरै ठुलो भुल हो, जुन तिमीले सम्झाउनुपर्छ। गीताका भगवान शिवबाबा हुनुहुन्छ,
उहाँले नै वर्सा दिनुहुन्छ। मुक्ति जीवनमुक्तिदाता उहाँ हुनुहुन्छ, अरू
धर्मावलम्बीहरूको बुद्धिमा बस्दैन। उनीहरू त हिसाबकिताब चुक्ता गरेर फर्केर जान्छन्।
पछि थोरै परिचय मिल्छ फेरि पनि आफ्नो धर्ममा जान्छन्। तिमीलाई बाबाले सम्झाउनुहुन्छ–
तिमी देवता थियौ, अहिले फेरि बाबालाई याद गर्नाले तिमी देवता बन्छौ। विकर्म विनाश
भएर जान्छ। फेरि पनि उल्टोसुल्टो धन्दा गर्छन्। बाबालाई लेख्छन्– आज मेरो अवस्था
मलिन छ, बाबालाई याद गरिनँ। याद गरेनौ भने अवश्य उदास हुन्छौ। यो हो नै मुर्दाहरूको
दुनियाँ। सबै मरे समान छन्। तिमी बाबाको बनेका हौ भने बाबाको फरमान छ– मलाई याद
गर्यौ भने विकर्म विनाश हुन्छ। यो शरीर त पुरानो तमोप्रधान हो। अन्त्यसम्म केही न
केही भइरहन्छ। जबसम्म बाबाको यादमा रहेर कर्मातीत अवस्था बन्दैन, तबसम्म मायाले
हल्लाइरहन्छ, कसैलाई पनि छोड्नेछैन। जाँच गरिरहनुपर्छ– मायाले कसरी धक्का खुवाउँछ।
भगवानले हामीलाई पढाउनुहुन्छ, यो किन भुल्छौ? आत्माले भन्छ– मेरो प्राणभन्दा प्यारा
उहाँ बाबा नै हुनुहुन्छ। यस्ता बाबालाई फेरि तिमीले भुल्छौ किन! बाबाले धन
दिनुहुन्छ, दान दिनको लागि। प्रदर्शनी-मेलामा तिमीले धेरैलाई दान गर्न सक्छौ। आफै
सोखसँग दौड्नुपर्छ। अहिले त बाबाले उमङ्ग दिलाउनुपर्छ, गएर सम्झाऊ। त्यसमा पनि
राम्ररी बुझेको हुनुपर्छ। देह अभिमानीको तीर लाग्दैन। तरबार पनि अनेक प्रकारका
हुन्छन् नि। तिम्रो पनि योगको तरबार धेरै धारिलो हुनुपर्छ। सेवाको उमङ्ग हुनुपर्छ,
गएर धेरैको कल्याण गरुँ। बाबाको याद गर्ने यस्तो अभ्यास होस् जसकारण अन्त्यमा बाबा
सिवाय अरू कोही याद नआओस्, अनि मात्रै तिमीले राज्य पद पाउँछौ। अन्त्यकालमा जसले
बाबालाई याद गरोस् अनि फेरि नारायणलाई याद गरोस्। बाबालाई र नारायण (वर्सा) नै याद
गर्नुछ। तर माया कम छैन। कच्चा त थुप्रै हुन्छन्। उल्टो कर्मको खाता तब बन्छ, जब
कसैको नाम रूपमा फस्छन्। एक अर्कालाई प्राइभेट चिट्ठी लेख्छन्। देहधारीहरूसँग प्रीत
भयो भने उल्टो कर्मको खाता बन्न पुग्छ। बाबाको पासमा समाचार आउँछन्। उल्टोसुल्टो
काम गरेर फेरि भन्छन्– बाबा भइहाल्यो। अरे, खाता त उल्टो भइसक्यो नि! यो शरीर त
पतित छ, यसलाई तिमीले याद किन गर्छौ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने सदैव
खुसीमा रहन्छौ। आज खुसीमा छन्, भोलि फेरि मुर्दा बन्छन्। जन्मजन्मान्तर नाम-रूपमा
फस्दै आउँछन् नि। स्वर्गमा यो नाम-रूपको बिमारी हुँदैन। त्यहाँ त मोहजित कुटुम्ब
हुन्छन्। जानेका हुन्छन्– म आत्मा हुँ, शरीर होइन। त्यो हो नै आत्म अभिमानी दुनियाँ।
यहाँ छ देह अभिमानी दुनियाँ। फेरि आधा कल्प तिमी देहीअभिमानी बन्छौ। बाबा
भन्नुहुन्छ– अब देह अभिमान छोड। देहीअभिमानी हुनाले धेरै मीठो शीतल हुँदै जान्छौ।
यस्ता धेरै कम छन्। पुरुषार्थ गराइरहनुहुन्छ– बाबाको याद नभुल। बाबाले आदेश
दिनुहुन्छ– मलाई याद गर, चार्ट राख। तर मायाले चार्ट पनि राख्न दिँदैन। यस्ता मीठा
बाबालाई त कति याद गर्नुपर्छ। उहाँ त पतिहरूका पति, पिताहरूका पिता हुनुहुन्छ नि।
बाबालाई याद गरेर फेरि अरूलाई पनि आफूसमान बनाउने पुरुषार्थ गर्नु छ, यसमा धेरै रुची
राख्नु पर्छ। सेवाधारी बच्चाहरूलाई त बाबाले नोकरीबाट छुटाइदिनुहुन्छ। परिस्थिति
हेरेर भन्नुहुन्छ– अब यस धन्दामा लाग। लक्ष्य-उद्देश्य त सामुन्ने खडा छ।
भक्तिमार्गमा पनि चित्रका अगाडि यादमा बस्छन् नि। तिमीले त केवल आत्मा सम्झिएर
परमात्मा बाबालाई याद गर्नुछ। विचित्र बनेर विचित्र बाबालाई याद गर्नुछ। यसमा मेहनत
छ। विश्वको मालिक बन्नु, कुनै सानीमाको घर (सहज कुरा) होइन। बाबा भन्नुहुन्छ– म
विश्वको मालिक बन्दिनँ, तिमीलाई बनाउँछु। कति टाउको दुखाउनुपर्छ। सपुत बच्चाहरूलाई
त आफै ख्याल हुन्छ, छुट्टी लिएर पनि सेवामा लाग्नुपर्छ। कति बच्चाहरूलाई बन्धन पनि
हुन्छ, मोह पनि हुन्छ। बाबा भन्नुहुन्छ– तिम्रा सबै बिमारी बाहिर निस्कछन्। तिमीले
बाबालाई याद गरिराख। मायाले तिमीलाई हटाउने कोसिस गर्छ। याद नै मुख्य हो, रचयिता र
रचनाको आदि-मध्य-अन्त्यको ज्ञान मिल्यो, बाँकी अरू के चाहियो। भाग्यवान् बच्चाहरूले
सबैलाई सुख दिने पुरुषार्थ गर्छन्, मनसा, वाचा, कर्मणा कसैलाई दु:ख दिँदैनन्, शीतल
भएर चलेमा भाग्य बन्छ। यदि कसैले बुझेन भने सम्झनुपर्छ यसको भाग्यमा छैन। जसको
भाग्यमा छ उसले राम्रोसँग सुन्छ। अनुभव पनि सुनाउँछु नि– के के गर्थें। अब थाहा भएको
छ, जे जति गरियो त्यसबाट दुर्गति नै भयो। सद्गति त तब पाइन्छ, जब बाबालाई याद
गरिन्छ। धेरै मुस्किलले कसैले घण्टा, आधा घण्टा याद गर्छन्। नत्र त धोका खाइरहन्छन्।
बाबा भन्नुहुन्छ– आधाकल्प धोका खायौ, अब बाबा पाइएको छ, विद्यार्थी जीवन हो त्यसैले
खुसी हुनुपर्यो नि। तर बाबालाई घरी घरी भुल्छन्।
बाबा भन्नुहुन्छ– तिमी
कर्मयोगी हौ। त्यो धन्दा आदि त गर्नु नै छ। निद्रा पनि घटाउनु राम्रो हो। यादद्वारा
कमाइ हुन्छ, खुसी पनि हुन्छ। यादमा बस्न जरुरी छ। दिनमा त फुर्सद मिल्दैन, त्यसैले
रातको समय निकाल्नुपर्छ। यादबाट धेरै खुसी हुन्छ। कसैको बन्धन छ भने भन्न सक्छन्,
मलाई त बाबाबाट वर्सा लिनुछ, यसमा कसैले रोक्न सक्दैन। केवल सरकारलाई गएर सम्झाऊ–
विनाश सामुन्ने खडा छ, बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। अनि
यो अन्तिम जन्म त पवित्र रहनुछ त्यसैले म पवित्र बन्छु। तर उनले भन्न सक्छन् जसलाई
ज्ञानको मस्ती हुन्छ। यस्तो होइन– यहाँ आएर फेरि देहधारीलाई याद गरिरहुन्। देह
अभिमानमा आएर लडाइँ गर्नु, झगडा गर्नु जस्ता क्रोधका भूत हुन्छन्। बाबाले क्रोध
गर्ने तर्फ कहिल्यै हेर्नुहुन्न। सेवा गर्नेसँग प्रेम हुन्छ। देह अभिमानको चलन
देखिन्छ। फूलसमान तब बन्छौ, जब बाबालाई याद गर्छौ। मूल कुरा यो हो। एक अर्कालाई
देखेर पनि बाबालाई याद गर्नुछ। सेवामा त हड्डी दिनुपर्छ। ब्राह्मणहरू आपसमा मिलनसार
हुनुपर्छ। मनमुटाव हुनुहुँदैन। समझ नभएको हुनाले एक अर्कासँग घृणा, बाबासँग पनि घृणा
दिलाइरहन्छन्। यस्ताले के पद पाउँछन्! तिमीलाई साक्षात्कार हुन्छ फेरि त्यस समयमा
स्मृति आउँछ– यो मैले गल्ती गरेँ। बाबा फेरि भनिदिनुहुन्छ– तकदिरमा छैन भने त के
गर्न सकिन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) निर्बन्धन बन्नको लागि ज्ञानको मस्ती होस्। देह अभिमानको चालचलन नहोस्। आपसमा
मनमुटाव हुने संस्कार नहोस्। देहधारीहरूसँग प्यार छ भने बन्धनमुक्त हुन सक्दैनौ।
२) कर्मयोगी बनेर
रहनुछ, यादमा अवश्य बस्नुछ। आत्म अभिमानी बनेर धेरै प्यारो र शीतल बन्ने पुरुषार्थ
गर्नु छ। सेवामा हड्डी दिनुछ।
वरदान:–
श्रीमतबाट
मनमत र जनमतको मि सा वटलाई समाप्त गर्ने सच्चा स्व-कल्याणी भव
बाबाले बच्चाहरूलाई
सबै खजानाहरू स्व-कल्याण र विश्व कल्याणका लागि दिनुभएको छ तर त्यसलाई व्यर्थतर्फ
लगाउनु, अकल्याणको कार्यमा लगाउनु, श्रीमतमा मनमत र जनमतको मिसावट गर्नु– यो अमानतमा
खयानत हो। अब यस खयानत र मिसावटलाई समाप्त गरेर रुहानियत र रहमलाई धारण गर। आफूमाथि
र सबैमाथि रहम गरेर स्व-कल्याणी बन। स्वयंलाई हेर, बाबालाई हेर, अरूलाई नहेर।
स्लोगन:–
सदा हर्षित
उनीहरू मात्र रहन सक्छन्, जो कहीँ पनि आकर्षित हुँदैनन्।