05.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बेहदको
सुखको लागि तिमीलाई बेहदको नलेज मिल्छ , तिमी ले फेरि राजयोगको शिक्षाले राज्य
लिइरहेका छौ।”
प्रश्न:–
तिम्रो
ईश्वरीय कुटुम्ब कुन कुरामा बिल्कुलै निराला छ?
उत्तर:–
यस ईश्वरीय
कुटुम्ब (परिवार) मा कोही एक दिनको बच्चा छ, कोही ८ दिनको तर सबैले पढिरहेका छन्।
बाबा नै टिचर बनेर आफ्ना बच्चाहरूलाई पढाइरहनुभएको छ। यो हो अद्भुत कुरा। आत्माले
पढ्छ। आत्माले भन्छ– बाबा, बाबाले फेरि बच्चाहरूलाई ८४ जन्मको कहानी सुनाउनुहुन्छ।
गीत:–
दूरदेश का रहने
वाला.......
ओम् शान्ति ।
वृक्षपति वार,
त्यसको नाम राखिदिएका छन् बृहस्पति। यी चाडपर्व आदि त वर्ष वर्ष मनाउँछन्। तिमीले
हरेक हप्ता बृहस्पति डे (दिन) मनाउँछौ। वृक्षपति अथवा यो मनुष्य सृष्टि रूपी वृक्षको
जो बीजरूप हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, उहाँले नै यस वृक्षको आदि-मध्य-अन्त्यलाई
जान्नुहुन्छ, अरू जुन वृक्ष छन् ती सबै जड हुन्छन्। यो हो चैतन्य, यसलाई भनिन्छ
कल्पवृक्ष। यसको अवधि छ ५ हजार वर्ष र यो वृक्ष ४ भागमा छ। हरेक चीज ४ भागमा हुन्छ।
यो दुनियाँ पनि ४ भागमा छ। अब यो पुरानो दुनियाँको अन्त्य हुन्छ। दुनियाँ कति ठुलो
छ, यो ज्ञान कुनै पनि मनुष्य मात्रको बुद्धिमा छैन। यो हो नयाँ दुनियाँको लागि नयाँ
शिक्षा। र, फेरि नयाँ दुनियाँको राजा बन्नको लागि अथवा आदि सनातन देवी-देवता बन्नको
लागि शिक्षा पनि नयाँ छ। भाषा त हिन्दी नै हुन्छ। बाबाले सम्झाउनुभएको छ– अर्को
राज्य स्थापना भएपछि उनीहरूको भाषा अलग हुन्छ। सत्ययुगमा के भाषा हुन्छ होला? त्यो
बच्चाहरूले थोरैथोरै जान्दछन्। पहिला बच्चाहरू ध्यानमा गएर बताउँथे। त्यहाँ कुनै
संस्कृत हुँदैन। संस्कृत त यहाँ छ नि। जुन यहाँ छ त्यो फेरि त्यहाँ हुन सक्दैन।
बच्चाहरूलाई थाहा छ– यहाँ हुनुहुन्छ वृक्षपति। उहाँलाई फादर, वृक्षको रचयिता पनि
भनिन्छ। यो हो चैतन्य बीजरूप। ती सबै हुन् जड। बच्चाहरूले सृष्टिको
आदि-मध्य-अन्त्यलाई पनि जान्नुपर्छ नि। यस समयमा नलेज नभएको कारणले मानिसहरूलाई सुख
छैन। यो हो बेहदको नलेज, जसबाट बेहदको सुख हुन्छ। हदको नलेजबाट काग विष्टासमान सुख
मिल्छ। तिमीलाई थाहा छ– हामीले बेहदको सुखको लागि अहिले पुरुषार्थ गरिरहेका छौँ फेरि।
यो ‘फेरि’ शब्द केवल तिमीले सुन्छौ। तिमीले नै फेरि मनुष्यबाट देवता बन्नको लागि यो
राजयोगको शिक्षा प्राप्त गरिरहेका छौ। यो पनि तिमीलाई थाहा छ– ज्ञानको सागर बाबा
निराकार हुनुहुन्छ। निराकारी त बच्चाहरू आत्माहरू पनि छन्, तर सबैको आआफ्नो शरीर छ,
यसलाई अलौकिक जन्म भनिन्छ। अरू कुनै मनुष्यले यस्तो जन्म लिन सक्दैनन्। जस्तै यिनी
(ब्रह्मा) ले लिन्छन् र यिनको पनि वानप्रस्थ अवस्थामा प्रवेश गर्नुहुन्छ। बच्चाहरू
(आत्माहरू) लाई सम्मुख बसेर सम्झाउनुहुन्छ, अरू कुनै आत्माहरूलाई बच्चा बच्चा भन्न
सक्नुहुन्न। कुनै पनि धर्मका हुन्– जान्दछन् शिवबाबा हामी आत्माहरूका पिता
हुनुहुन्छ, उहाँले त अवश्य बच्चा बच्चा नै भन्नुहुन्छ। बाँकी कुनै पनि मनुष्य
आत्मालाई ईश्वर भन्न सकिँदैन, बाबा भन्न सकिँदैन। हुन त गान्धीलाई पनि बापू भन्थे।
नगरपालिकाको मेयरलाई पनि फादर (पिता) भनिदिन्छन्। तर ती फादर हुन् सबै देहधारी।
तिमीलाई थाहा छ– हामी आत्माहरूका पिताले हामीलाई पढाउनुहुन्छ। बाबा घरी घरी
भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। उहाँ बाबा आएर पढाउनुहुन्छ पनि आत्माहरूलाई। यो हो
ईश्वरीय कुटुम्ब। बाबाका यति धेरै बच्चाहरू छन्। तिमीले पनि भन्छौ– बाबा हामी हजुरका
हौँ। तिमी बच्चा भयौ। भन्छन्– बाबा म एक दिनको बच्चा हुँ, ८ दिनको बच्चा हुँ,
महिनाको बच्चा हुँ। पहिला अवश्य सानै हुन्छ। हुन त २-४ दिनको बच्चा नै हुन्छ तर
अङ्गहरू त ठुला छन् नि त्यसैले सबै ठुला बच्चाहरूलाई पढाइ चाहिन्छ। जति पनि आउँछन्
सबैलाई बाबाले पढाउनुहुन्छ। तिमीले पनि पढ्छौ। बाबाका बच्चा बन्यौ फेरि बाबा
सम्झाउनुहुन्छ, तिमीले ८४ जन्म कसरी लियौ? बाबा भन्नुहुन्छ– म पनि धेरै जन्महरूको
अन्त्यमा यिनमा प्रवेश गर्छु र फेरि पढाउँछु। बच्चाहरूलाई थाहा छ– यहाँ हामी
ठुलोभन्दा ठुलो टिचरको पासमा आएका छौँ। जसबाट नै फेरि यी टिचरहरू निस्किएका छन्,
जसलाई पण्डा भनिन्छ। उनीहरूले पनि सबैलाई पढाइरहन्छन्। जस जसले बुझ्दै जान्छन्,
तिनले पढाइरहन्छन्।
पहिला सुरूमा त
सम्झाउनु नै यो छ, दुई पिता हुनुहुन्छ नि। एक लौकिक र अर्को पारलौकिक। ठुलो त अवश्य
पारलौकिक बाबा हुनुभयो, जसलाई भगवान भनिन्छ। तिमीलाई थाहा छ– अहिले हामीलाई
पारलौकिक बाबा मिल्नुभएको छ, यो कुरा अरू कसैलाई थाहा छैन। बिस्तारै बिस्तारै बुझ्दै
जान्छन्। तिमी बच्चाहरूलाई थाहा छ– हामी आत्माहरूलाई बाबाले पढाउनुहुन्छ। हामी
आत्माहरूले नै एक शरीर छोडेर फेरि अर्को लिन्छौँ। उच्चभन्दा उच्च देवता बन्छौँ।
उच्चभन्दा उच्च बन्नको लागि आएका छौँ। कति बच्चाहरू ज्ञानमा चल्दाचल्दै उच्चभन्दा
उच्च पढाइलाई छोडिदिन्छन्, कुनै न कुनै कुरामा संशय आउँछ वा मायाको कुनै तुफान सहन
गर्न सक्दैनन्, काम महाशत्रुसँग हार खान्छन्, यिनै कारणहरूले पढाइ छुट्छ। काम
महाशत्रुको कारणले नै बच्चाहरूलाई धेरै सहन गर्नुपर्छ। बाबा भन्नुहुन्छ– कल्प कल्प
तिमी अबला माताहरूले नै पुकार्छौ। भन्छन्– बाबा हामीलाई नग्न हुनबाट बचाउनुहोस्।
बाबा भन्नुहुन्छ– याद बाहेक अरू कुनै मार्ग छैन। यादले नै बल आउँदै जान्छ। माया
बलवानको तागत कम हुँदै जान्छ। फेरि तिमी छुट्छौ। यस्ता धेरै बन्धनबाट छुटेर आउँछन्।
फेरि अत्याचार हुन बन्द हुन्छ फेरि आएर शिवबाबासँग ब्रह्माद्वारा बातचित गर्छन्। यो
बानी पनि बसाल्नुपर्छ। बुद्धिमा यो रहनुपर्छ– हामी शिवबाबाको पासमा जान्छौँ। उहाँ
यस ब्रह्मा तनमा आउनुहुन्छ। हामी शिवबाबाको अगाडि बसेका छौँ। यादले नै विकर्म विनाश
हुन्छन्। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ। यही शिक्षा मिल्छ। बाबासँग मिल्न
आउँदा पनि आफूलाई आत्मा सम्झ। आत्म अभिमानी भव। यो ज्ञान पनि तिमीलाई अहिले मिल्छ।
यसमा छ मेहनत। त्यो भक्ति मार्गमा त कति वेद शास्त्र आदि पढ्छन्। यहाँ त एउटै मेहनत
छ– केवल यादको। यो धेरै सहज भन्दा सहज छ, धेरै डिफिकल्ट (कठिन) भन्दा डिफिकल्ट पनि
छ। बाबालाई याद गर्नु– योभन्दा सहज कुनै कुरा हुँदैन। बच्चा जन्मियो र मुखबाट बाबा
बाबा निस्कन्छ। बच्चीको मुखबाट आमा (माँ) निस्कन्छ। आत्माले फिमेलको (स्त्रीको)
शरीर धारण गरेको छ। फिमेल आमाको पासमा नै जान्छ। बच्चाले अक्सर गरेर पितालाई याद
गर्छ किनकि पिताबाट वर्सा मिल्छ। अहिले तिमी आत्माहरू त सबै बच्चा हौ। तिमीलाई वर्सा
मिल्छ बाबाबाट। याद गर्नाले आत्मालाई बाबाबाट वर्सा मिल्छ। देह अभिमानी भयौ भने
वर्सा पाउनमा मुस्किल हुन्छ। बाबा भन्नुहुन्छ– मैले बच्चाहरूलाई नै पढाउँछु।
बच्चाहरूलाई पनि थाहा छ– हामी बच्चाहरूलाई बाबाले पढाउनुहुन्छ। यी कुरा बाबा बाहेक
अरू कसैले बताउन सक्दैन। उहाँसँग नै भक्तिमार्गमा तिम्रो प्यार थियो। तिमीहरू सबै
प्रियतमा थियौ, उहाँ प्रियतमका। सारा दुनियाँ आशिक हो एक माशूकको। परमात्मालाई सबैले
परमपिता पनि भन्छन्। पितालाई आशिक भनिँदैन। बाबा सम्झाउनुहुन्छ– तिमी भक्ति मार्गमा
आशिक थियौ। अहिले पनि धेरै छन्, तर परमात्मा कसलाई भनिन्छ, यसमा धेरै अल्झिन्छन्।
गणेश, हनुमान आदिलाई परमात्मा भनेर एकदमै धागो अल्झाइदिएका छन्। एक बाहेक अरू कसैले
ठीक पार्न सक्दैन। कसैको तागत छैन। बाबाले नै आएर बच्चाहरूलाई सम्झाउनुहुन्छ।
बच्चाहरूले फेरि नम्बरवार पुरुषार्थ अनुसार जान्दछन् र सम्झाउन लायक बन्छन्। राजधानी
स्थापना भइरहेको छ। हुबहु कल्प पहिला जस्तै तिमीले यहाँ पढ्छौ। फेरि नयाँ दुनियाँमा
प्रारब्ध पाउँछौ, त्यसलाई अमरलोक भनिन्छ। तिमीले कालमाथि विजय पाउँछौ। त्यहाँ
कहिल्यै अकालमा मृत्यु हुँदैन। नाम नै हो स्वर्ग। तिमी बच्चाहरूलाई यस पढाइमा धेरै
खुसी हुनुपर्छ। बाबाको यादले बाबाको प्रोपर्टी (सम्पत्ति) पनि याद आउँछ। सेकेन्डमा
सारा ड्रामाको ज्ञान बुद्धिमा आउँछ। मूलवतन, सूक्ष्मवतन, स्थूल वतन, ८४ को चक्र। बस्,
यो नाटक सारा भारतवर्षमाथि नै बनेको छ। बाँकी सबै हुन् बाइप्लट (उपकथा)। बाबाले
नलेज पनि तिमीलाई सुनाउनुहुन्छ। तिमी नै उच्च भन्दा उच्च फेरि नीच बनेका छौ। डबल
सिरताज राव (राजा) र फेरि बिल्कुलै रङ्क (गरिब)। अहिले भारतवर्ष रङ्क भिखारी छ।
प्रजाको प्रजामाथि राज्य छ। सत्ययुगमा थियो डबल सिरताज महाराजा-महारानीको राज्य।
सबैले मान्छन्– आदि देव ब्रह्माका नाम धेरै लेखिदिएका छन्। महावीर पनि उहाँलाई
भन्छन्, महावीर हनुमानलाई पनि भन्छन्। वास्तवमा तिमी बच्चाहरू नै सच्चा सच्चा
महावीर हनुमान हौ किनकि तिमी योगमा यति रहन्छौ जसले मायाका जतिसुकै तुफानहरू आऊन्
तर तिमीलाई हल्लाउन सक्दैनन्। तिमी महावीरका बच्चा महावीर बनेका छौ किनकि तिमीले
मायामाथि विजय पाउँछौ। ५ विकार रूपी रावणमाथि हरेकले विजय पाउँछौ। एक मनुष्यको कुरा
होइन। तिमी हरेकले धनुष तोड्नुछ अर्थात् मायामाथि विजय पाउनुछ। यसमा लडाइँ आदिको
कुनै कुरा छैन। युरोपवासी कसरी लड्छन्, भारतमा कौरव र यवनहरूको लडाइँ छ। गायन पनि
छ– रक्तका नदीहरू बग्छन्। दुधका नदीहरू पनि बग्नेछन्। विष्णुलाई क्षीरसागरमा
देखाउँछन्, लक्ष्मी-नारायण हुन् पारसनाथ। भन्छन् एउटै विष्णुका दुई रूप, पारसनाथ
पारसनाथिनी। नेपालमा विष्णुको चित्र पनि बनाइएको छ। ताल पनि छ। अब तालमा क्षीर (दूध)
कहाँबाट आयो! कुनै विशेष दिनमा त्यस पोखरीमा दुध हाल्छन्, फेरि देखाउँछन्–
क्षीरसागरमा विष्णु सुतिरहेका छन्। अर्थ केही पनि छैन। ४ भुजावाला मनुष्य त कोही
हुँदैन।
अहिले तिमी बच्चाहरू
सोसल वर्कर (समाजसेवी) हौ, रुहानी बाबाका बच्चा हौ नि। बाबाले सबै कुरा
सम्झाउनुहुन्छ, यसमा कुनै संशय आउनुहुँदैन। संशय अर्थात् मायाको तुफान। तिमीले मलाई
बोलाउँछौ नै– हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस् भनेर। बाबा
भन्नुहुन्छ– म एकलाई याद गर अनि तिमी पावन बन्छौ। ८४ को चक्रलाई पनि याद गर्नुछ।
बाबालाई भनिन्छ पतित-पावन, ज्ञानका सागर, दुई चीज भए। पतितहरूलाई पावन बनाउनुहुन्छ
र ८४ को चक्रको ज्ञान सुनाउनुहुन्छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– ८४ को चक्र
चलिरहन्छ, यसको इन्ड (अन्त्य) हुँदैन। यो पनि तिमीले नम्बरवार पुरुषार्थ अनुसार
जान्दछौ– बाबा कति मीठो हुनुहुन्छ, उहाँलाई पतिहरूका पति पनि भनिन्छ। बाबा पनि
हुनुहुन्छ। अब बाबा भन्नुहुन्छ– मबाट तिमी बच्चाहरूलाई धेरै ठुलो वर्सा मिल्छ। तर म
यस्तो बाबासँग पनि सम्बन्ध विच्छेद गर्छन्। यो पनि ड्रामामा निश्चित छ, पढाइलाई नै
छोडिदिन्छन्। अर्थात् फारकती दिन्छन्, कति बेसमझ छन्! जो बुद्धिमान बच्चाहरू छन्
उनीहरूले सहजै सबै कुराहरूलाई बुझेर अरूलाई पढाउन थाल्छन्। उनीहरूले तुरुन्तै
निर्णय लिन्छन्– त्यो पढाइबाट के मिल्छ र यो पढाइबाट के मिल्छ! के पढ्नुपर्छ! बाबा
बच्चाहरूसँग सोध्नुहुन्छ, बच्चाहरूले सम्झन्छन् पनि– यो पढाइ धेरै राम्रो छ। फेरि
पनि भन्छन्– के गरौँ, जिस्मानी पढाइ पढेनौँ भने मित्र-सम्बन्धी आदि नाराज हुन्छन्।
बाबा भन्नुहुन्छ– दिनप्रतिदिन समय धेरै कम हुँदै जान्छ। यति पढाइ त पढ्न सक्दैनन्।
धेरै जोडले तयारीहरू भइरहेका छन्। हरेक प्रकारले तयारी हुन्छ नि। दिनप्रतिदिन
एक-अर्कामा दुस्मनी बढ्दै जान्छ। भन्छन् पनि– यस्ता यस्ता चीजहरू बनाएका छन् जसले
तुरुन्तै सबैलाई खलास पारिदिन्छन्। तिमी बच्चाहरूलाई थाहा छ– ड्रामा अनुसार अहिले
नै लडाइँ लाग्न सक्दैन, राज्य स्थापना हुनुछ तबसम्म हामीले पनि तयारी गरिरहेका छौँ।
यिनीहरूले पनि तयारी गर्दै जान्छन्। अन्त्यमा तिम्रो धेरै प्रभाव निस्कनेवाला छ।
गायन पनि गरिन्छ– अहो प्रभु तेरी लीला। यो यसै समयको गायन हो। यो पनि गायन छ–
तुम्हारी गति मत न्यारी। सबै आत्माहरूको पार्ट न्यारा छ। अहिले बाबाले तिमीलाई
श्रीमत दिइरहनुभएको छ– म एकलाई याद गर तब विकर्म विनाश हुन्छन्। कहाँ श्रीमत, कहाँ
मानिसहरूको मत! तिमीलाई थाहा छ–परमपिता परमात्मा बाहेक अरू कसैले विश्वमा शान्ति
स्थापना गर्न सक्दैन। १०० पर्सेन्ट पवित्रता-सुख-शान्ति ५ हजार वर्ष पहिला जस्तै
ड्रामा अनुसार स्थापना गरिरहनुभएको छ। कसरी? त्यो आएर बुझ्नुहोस्। तिमी बच्चाहरू पनि
मददगार बन्छौ। जसले धेरै मद्दत गर्छन् उनीहरू विजय मालाका दाना बन्छन्। तिमी
बच्चाहरूका नाम पनि कति रमणीय थिए! ती नामको लिस्ट एल्बममा राखिदिनुपर्छ। तिमी
भट्टीमा थियौ, घरबार छोडेर आएर बाबाका बन्यौ। एकदम भट्टीमा आएर बस्यौ। यस्तो पक्का
भट्टी थियो, जसबाट भित्र कोही आउन नसकोस्। बाबाका बन्यौ त्यसैले फेरि नाम अवश्य
हुनुपर्छ। सबै कुरा सरेन्डर (समर्पण) गरिदियौ, त्यसैले नाम राखिदिएँ। आश्चर्य छ नि–
बाबाले सबैका नाम राख्नुभयो। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कुनै पनि कुरामा संशय बुद्धि बन्नुछैन, मायाका तुफानहरूलाई महावीर बनेर पार
गर्नुछ, यस्तो योगमा रहनुछ जसबाट मायाको तुफानले हल्लाउन नसकोस्।
२) बुद्धिमान बनेर
आफ्नो जीवन ईश्वरीय सेवामा लगाउनुछ। सच्चा सच्चा रुहानी सोसल वर्कर (समाजसेवी)
बन्नुछ। रुहानी पढाइ पढ्नु र पढाउनुछ।
वरदान:–
अहम् र वहमलाई
समाप्त गरेर रहमदिल बन्ने विश्वकल्याणकारी भव
जस्तोसुकै अवगुण भएको,
कडा संस्कार भएको, कम बुद्धि भएको, सदा ग्लानि गर्ने आत्मा होस् तर जो रहमदिल
विश्वकल्याणकारी बच्चाहरू छन् उनीहरू सर्व आत्माहरूप्रति लफुल (कानुनसम्मत) का साथै
लभफुल (स्नेहस्वरूप) हुन्छन्। कहिल्यै यस वहम (आशंका)मा आउँदैनन्– यो त कहिल्यै
परिवर्तन हुनै सक्दैन, यो त छ नै यस्तो... वा यसले केही गर्न सक्दैन, म नै सबै कुरा
हुँ... यो केही होइन। यस प्रकारको अहम् र वहम छोडेर, कमजोरी वा खराबीहरूलाईजान्दा
जान्दै पनि क्षमा गर्ने रहमदिल बच्चाहरू नै विश्वकल्याणको सेवामा सफल हुन्छन्।
स्लोगन:–
जहाँ
ब्राह्मणहरूको तन-मन-धनको सहयोग हुन्छ त्यहाँ सफलता साथमा हुन्छ।