05.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यस
पुरानो दुनियाँ देखि बेहदको वैराग्य भएपछि मात्रै बाबासँगै जान सक्छौ ।”
प्रश्न:–
भगवान् समर्थ
हुँदाहुँदै पनि उहाँले रचेको यज्ञमा विघ्न किन पर्छन्?
उत्तर:–
किनकि रावण
भगवान्भन्दा पनि चलाख छ। त्यस रावणको राज्य खोसियो भने अवश्य त्यसले विघ्न नै पार्छ।
सुरुदेखि लिएर ड्रामा अनुसार यस यज्ञमा विघ्न पर्दै आएका छन्, ती विघ्न पर्नु नै छ।
हामी पतित दुनियाँबाट पावन दुनियाँमा ट्रान्सफर भइरहेका छौँ त्यसैले अवश्य पतित
मानिसहरूले विघ्न पार्छन्।
गीत:–
ओ दूर के
मुसाफिर...
ओम् शान्ति ।
मीठा प्यारा
रुहानी बच्चाहरूले गीतको लाइन सुन्यौ। जसरी वेद शास्त्र आदिले भक्तिमार्गको बाटो
बताउँछन् त्यसरी नै गीतले पनि केही बाटो बताउँछन्। उनीहरूले त केही बुझ्दैनन्।
शास्त्रका कथा आदि सुन्नु, त्यो कनरस जस्तै हो। अब बच्चाहरूलाई थाहा भएको छ–
दूरदेशको मुसाफिर (यात्री) कसलाई भनिन्छ। आत्मालाई थाहा छ– हामी पनि दूरका मुसाफिर
हौँ, हाम्रो घर शान्तिधाम हो। मानिसहरूले यी कुरालाई बुझेका छैनन् अर्थात् केही पनि
बुझेका छैनन्। बाबालाई नजानिकन सृष्टि चक्रलाई कसैले जान्दैन। यो कुरा आत्माले
जान्दछ। शिवबाबा भन्नुहुन्छ– म अस्थायी जीव-आत्मा बन्छु। तिमी स्थायी जीव-आत्मा हौ।
म केवल सङ्गममा नै अस्थायी जीव-आत्मा हुँ। त्यसमा पनि म तिमीजस्तो बन्दिनँ। म यस
जीवमा प्रवेश गर्छु, आफ्नो परिचय दिन। नत्र तिमीलाई परिचय कसरी मिल्छ? बाबाले
सम्झाउनुभएको छ– रुहानी बाबा एउटै हुनुहुन्छ, जसलाई शिवबाबा अथवा भगवान् भनिन्छ। यो
कुरा अरू कसैलाई थाहा छैन। यसमा पवित्रताको बन्धनको पनि मर्यादा छ। ठुलोभन्दा ठुलो
कुरा (बन्धन) हो आफूलाई आत्मा सम्झनु। जुन दूरका मुसाफिर पतितपावनलाई भक्तिमार्गमा
याद गर्छन् उहाँ रुहानी बाबाले सम्झाउनुहुन्छ– मैले सबैलाई साथै लैजानेछु। कसैलाई
पनि छोडेर जानेछैन, फर्केर त सबै जानु नै छ। प्रलय पनि हुँदैन। भारतखण्ड त रहन्छ
नै। भारतखण्डको कहिल्यै विनाश हुँदैन। सत्ययुगको आरम्भमा केवल भारतखण्ड नै हुन्छ।
कल्पको सङ्गममा बाबा आएपछि भने आदि सनातन देवीदेवता धर्म स्थापन गर्नुपर्ने हुन्छ।
बाँकी सबै धर्म विनाश हुनुछ। तिमीले पनि आदि सनातन देवीदेवता धर्म स्थापन गर्न मदत
गरिरहेका छौ। बच्चाहरूले गीत सुन्यौ– गीतमा भन्छन्– बाबा हामीलाई पनि साथै
लैजानुहोस्। बाबा भन्नुहुन्छ–पुरानो दुनियाँबाट वैराग्य नआएसम्म यत्तिकै बाबासँग
कोही जान सक्दैन। नयाँ भवन बन्यो भने पुरानोबाट दिल हट्छ। तिमीलाई पनि थाहा छ– यो
पुरानो दुनियाँ खतम हुनुछ। अब नयाँ दुनियाँमा जानुछ। सतोप्रधान नबनेसम्म सतोप्रधान
देवीदेवता बन्न सक्दैनौ, त्यसैले बाबा बारम्बार सम्झाउनुहुन्छ– आफूलाई आत्मा सम्झेर
बाबालाई याद गरिराख। सद्गति गर्ने दूरका एउटै मुसाफिर आउनुभएको छ, उहाँलाई दुनियाँले
चिन्दैनन्। सर्वव्यापी भनिदिएका छन्। अहिले तिमी बच्चाहरूले नम्बरवार पुरुषार्थ
अनुसार जान्दछौ– हामी शिवबाबाका सन्तान हौँ। यहाँ आउँदा पनि बापदादाकहाँ जान्छौँ
भन्ने सम्झन्छन्, त्यसैले यो ईश्वरी परिवार भयो। कसैका धेरै बच्चाहरू रहेछन् भने
ठुलो पल्टन हुन्छ। शिवबाबाका बच्चाहरू जो यति बी.के. भाइबहिनी छन्, यो पनि ठुलो
पल्टन हुन्छ। ब्रह्माकुमार-कुमारीहरू सबैलाई थाहा छ– हामीले बेहदका बाबाबाट वर्सा
लिन्छौँ। शास्त्रहरूमा देखाउँछन्– पाण्डवहरू र कौरवहरूले जुवाको खेल खेले। राज्य
दाउमा राखे। अहिले राज्य न कौरवहरूको छ, न पाण्डवहरूको छ। ताज आदि केही पनि छैन।
देखाउँछन्– उनीहरूलाई सहर निकाला गरियो। हतियार आदि लुकाएर राखे। यी सबै हुन्
दन्त्यकथाहरू। न पाण्डव राज्य हुन्छ, न कौरव राज्य हुन्छ। न उनीहरूको आपसमा लडाइँ
चलेको हो। लडाइँ राजाहरूको हुन्छ। यिनीहरू त भाइ भाइ हुन्। लडाइँ भएको हो कौरवहरू र
यवनहरूको। बाँकी भाइले एकअर्कालाई कसरी समाप्त गर्छन्। देखाउँछन्– पाण्डव र कौरवहरू
लडे। बाँकी ५ पाण्डव बचे र एक कुकुर बाँकी रह्यो। तिनीहरू पनि सबै पहाडमा गलेर मरे।
खेल नै खलास। राजयोगको अर्थ नै निस्किएन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबा कल्प
कल्प आएर एक धर्मको स्थापना गर्नुहुन्छ। बोलाउँछन् पनि– हे पतितपावन बाबा आउनुहोस्,
आएर पतितबाट पावन बनाउनुहोस्! सत्ययुगमा सूर्यवंशी राजधानी नै हुन्छ। ब्रह्माद्वारा
विष्णुपुरीको स्थापना भइरहेको छ। अब बाबा आउनुभएको छ त्यसैले उहाँको निर्देशनमा
चल्नुछ। कमल पुष्पसमान पवित्र रहनुछ। कन्याहरूलाई त भन्नुहुन्न– गृहस्थ व्यवहारमा
रहेर कमल फूलसमान रहनुछ। उनीहरू त हुन्छन् नै पवित्र। यो कुरा गृहस्थीहरूको लागि
भनिन्छ। कुमार र कुमारीहरूले त विवाह गर्नै हुँदैन। नत्र उनीहरू पनि गृहस्थी बन्छन्।
केही गन्धर्व विवाहको नाम पनि छ। कन्यामाथि मार परेमा लाचारी हालतमा गन्धर्व विवाह
गराइन्छ। वास्तवमा मार पनि सहन गर्नुपर्छ, तर अधरकुमारी बन्नुहुँदैन। बाल
ब्रह्मचारीको नाम धेरै हुन्छ। विवाह गरेका रहेछन् भने हाफ पार्टर भए। कुमारहरूलाई
भनिन्छ– तिमी त पवित्रै बस। गृहस्थ व्यवहार भएकाहरूलाई भनिन्छ– गृहस्थ व्यवहारमा
रहेरै कमल फूलसमान बन। उनीहरूलाई नै मेहनत हुन्छ। विवाह नगरेमा बन्धन हुदैन। कन्याले
त पढ्नुछ र ज्ञानमा धेरै मजबुत रहनुछ। साना कुमारीहरू जो नाबालिग छन्, उनीहरूलाई त
हामीले लिन सक्दैनौँ। उनीहरूले आफ्नै घरमा बसेर पढ्न सक्छन्। माता-पिता ज्ञानमा आए
भने नाबालिगलाई ल्याउन सक्छन्। यो त स्कुलको पनि स्कुल हो, घरको पनि घर हो र
सतसङ्गको पनि सतसङ्ग हो। सत् अर्थात् एक बाबा, जसको लागि नै भन्छन्– ओ दूर के
मुसाफिर। आत्मा गोरो बन्छ। बाबा भन्नुहुन्छ– म मुसाफिर सदा गोरो रहन्छु। पवित्र
रहन्छु। म आएर सबै आत्माहरूलाई पवित्र गोरा बनाउँछु, अरू त कोही म जस्ता मुसाफिर
छैनन्। बाबा सम्झाउनुहुन्छ– म आएको छु रावण राज्यमा। यो शरीर पनि पराई हो। तिम्रो
आत्माले भन्छ– यो मेरो शरीर हो। बाबाले भन्नुहुन्छ– यो मेरो शरीर होइन। यो यिनको
शरीर हो। यो पतित शरीर मेरो होइन। बाबा आउनुहुन्छ नै यिनको धेरै जन्महरूको अन्त्यको
जन्ममा। जो पहिलो नम्बर पावन थिए, उनै अन्तिम नम्बर अर्थात् अन्त्यमा विकारी बन्छन्।
पहिलो नम्बरका आत्माहरू १६ कला सम्पूर्ण थिए। अब कुनै कला रहेको छैन। पतित त सबै छन्
नै। त्यसैले बाबा दूरदेशको मुसाफिर हुनुभयो नि। तिमी आत्माहरू पनि मुसाफिर हौ। यहाँ
आएर पार्ट खेल्छौ। यस सृष्टि चक्रको विषयमा कसैले जान्दैनन्। कसैले जतिसुकै शास्त्र
आदि पढेको होस् तर यो ज्ञान कसैले दिन सक्दैनन्। बाबा सम्झाउनुहुन्छ– म यस तनमा
प्रवेश गरेर यी आत्माहरूलाई ज्ञान दिन्छु। उनीहरूले त मानिसले मानिसलाई शास्त्रहरूको
ज्ञान दिन्छन्। उनीहरू भए भक्त। सद्गतिदाता त एउटै हुनुहुन्छ। उहाँ नै ज्ञानको सागर
हुनुहुन्छ, उहाँलाई नचिनेका हुनाले देह अभिमान आउँछ। उनीहरू कसैले पनि यो कुरा त
सम्झाउँदैनन्– आफूलाई आत्मा निश्चय गर। आत्माले पढ्छ। यो कसैले सम्झाउँदैनन् किनकि
उनीहरूमा देह अभिमान हुन्छ। अहिले दूरको मुसाफिर त शिवबाबालाई नै भनिन्छ। तिमीलाई
थाहा छ– हामीले ८४ जन्मको चक्कर लगाइसकेका छौँ।
बाबा भन्नुहुन्छ– ५
हजार वर्ष पहिला पनि मैले सम्झाएको थिएँ– प्यारा बच्चाहरू! तिमीहरूले आफ्ना जन्मलाई
जान्दैनौ। मैले जान्दछु– गीतामा पिठोमा नुनजस्तै केही सार छ। त्यही गीताको
वृत्तान्त, त्यही महाभारतको लडाइँ, त्यही मनमनाभव मध्याजी भवको ज्ञान हो। मामेकम्
याद गर। लडाइँ पनि अवश्य भएको हो। त्यस लडाइँमा पाण्डवहरूको विजय भएको थियो।
विष्णुको विजयमाला भनिन्छ। शास्त्रहरूमा त देखाएका छन्– पाण्डव गलेर मरे। फेरि माला
कहाँबाट बन्यो। अब तिमीले जान्दछौ– हामी विष्णुको माला बन्न यहाँ आएका हौँ। माथि
हुनुहुन्छ पतितपावन बाबा। उहाँको यादगार हुनुपर्छ नि। भक्तिमार्गमा यादगारको महिमा
गरिन्छ। कसैले ८ को माला, कसैले १०८ को माला, कसैले १६१०८ को माला बनाएका छन्।
गाउँछन्– चढती कला तेरे भाने सर्व का भला। अहिले तिमीलाई थाहा छ– यो हाम्रो चढ्तीकला
हो। हामी जान्छौँ आफ्नो सुखधाम फेरि हामी त्यहाँबाट तल कसरी ओर्लन्छौँ। ८४ जन्म कसरी
लिन्छौँ, यो सारा ज्ञान तिम्रो बुद्धिमा छ। यो ज्ञान भुल्नुहुँदैन। हाम्रा सबै दुःख
हटाउन, श्राप मेटाएर सुखको वर्सा दिन बाबा आउनुभएको छ। रावणको श्रापले सबैलाई दुःख
हुन्छ। त्यसैले अब बाबालाई र वर्सालाई याद गर्नुछ। तिमीलाई थाहा छ– हामी
सूर्यवंशीहरूले भारतवर्षमा राज्य गरेका थियौँ। यहाँ नै शिवबाबा आउनुहुन्छ। भारतवर्ष
नै स्वर्ग थियो, यो कुरा घरी घरी बुद्धिमा याद गर्नुपर्छ। जसले ८४ को चक्कर लगाएको
हुँदैन, उसले न धारणा गर्छ, न गराउँछ उसको लागि सम्झिइन्छ– यसले ८४ जन्म लिएकै छैन।
यिनीहरू ढिलो आउँछन्। स्वर्गमा आउँदैनन्। पहिला सुरुमा जानु त राम्रो हो नि। नयाँ
भवनमा पहिला आफै बस्छन् पछि भाडामा दिन्छन्। त्यसैले त्यो सेकेन्ड ह्यान्ड फेरि
पुरानो भयो नि। सत्ययुग हो नयाँ दुनियाँ। त्रेतालाई पुरानो भनिन्छ। अब बुद्धिमा
आउँछ– हामी स्वर्ग नयाँ दुनियाँमा जाऊँ। पुरुषार्थ गर्नुछ, प्रजा पनि बन्दै जान्छन्।
तिमीलाई थाहा हुँदै जान्छ– मालामा को को उनिन सक्छन्। कसैलाई सिधै तिमी स्वर्गमा
आउँदैनौ भन्यो भने हृदयघात हुन्छ त्यसैले भनिन्छ– पुरुषार्थ गर, आफ्नो जाँच गर–
तिम्रो बुद्धियोग भट्किन त भट्किँदैन! शिवबाबासँग तिम्रो कति प्रेम हुँदै गएको छ!
भन्छन् पनि– हामी बापदादाकहाँ जान्छौँ। शिवबाबाबाट दादाद्वारा वर्सा लिन जान्छौँ।
यस्ता बाबाकहाँ त धेरै पटक जानुछ। तर गृहस्थ व्यवहार पनि सम्हाल्नुछ। हुन त धेरै
धनवान् हुन्छन् तर उनीहरूलाई यति फुर्सत हुँदैन। पूरा निश्चय हुँदैन। नत्र महिना
दुई महिनापछि आएर रिफ्रेस हुन सक्छन्। उनीहरूलाई घरी घरी आकर्षण हुन्छ। सियोमा खिया
लागेको रहेछ भने चुम्बकले त्यति तान्दैन। जसको पूरा योग हुन्छ उनीहरूलाई तुरुन्तै
आकर्षण हुन्छ, दौडेर आउँछन्। जति खिया उत्रिँदै जान्छ, त्यति हामी चुम्बकसँग मिलौँ
भन्ने आकर्षण हुन्छ। गीत छ– चाहे मार, चाहे जेसुकै गर... हामी ढोकाबाट कहिल्यै
निस्कँदैनौँ। तर त्यो अवस्था त अन्त्यमा हुन्छ। खिया निस्किएको रहेछ भने त्यो अवस्था
हुन्छ। बाबा भन्नुहुन्छ– आफैँ गृहस्थ व्यवहारमा बसे पनि हे आत्माहरू मनमनाभव! यस्तो
होइन– दौडेर यहाँ आएर बस्नुछ। सागरको नजिक बादलहरू आउनुपर्छ– रिफ्रेस हुन। फेरि
सेवामा जानुछ। बन्धन खलास भएपछि सेवामा जान सक्छन्। आमाबुबाले आफ्ना बच्चाहरूलाई
सम्हाल्नुछ। बाबाको यादमा रहनुछ। पवित्र बन्नुछ।
बाबाले सम्झाउनुभएको
छ– ज्ञान यज्ञमा अनेक प्रकारका विघ्न पर्छन्। भन्छन्– ईश्वर त समर्थ हुनुहुन्छ फेरि
विघ्न किन पर्छन्? मानिसहरूलाई थाहा नै छैन– रावण भगवान्भन्दा पनि चलाख छ। उसको
राज्य खोसियो भने त्यसले अनेक प्रकारका विघ्न पारिरहन्छ। ड्रामा प्लान अनुसार फेरि
पनि विघ्न पर्छन्। सुरुदेखि लिएर पतितहरूका विघ्न पर्छन्। शास्त्रहरूमा पनि
लेखिदिएका छन्– श्रीकृष्णका १६१०८ पटरानीहरू थिए। सर्पले डस्यो। रामकी सीता चोरिइन्।
अब रावण स्वर्गमा कहाँबाट आउँछ। त्यहाँ झुटो त धेरै छ। भन्छन्– विकारबिना बच्चाहरू
कसरी जन्मन्छन्। उनीहरूलाई थाहा नै छैन– जो वर्सा लिने हुन्छन् उनीहरूले नै आएर
बुझ्छन्। त्यसैले यस ज्ञान यज्ञमा असुरहरूका विघ्न पर्छन्। पतितलाई असुर भनिन्छ। हो
नै रावण सम्प्रदाय। अहिले तिमी सङ्गममा छौ। रावण राज्यबाट किनारा गरेका छौ फेरि पनि
केही प्रभाव आउँछ। बुद्धिमा यो ज्ञान छ– हामी गइरहेका छौँ। बसेका त यहाँ नै छौँ।
बुद्धिमा ज्ञान छ। बसेका यहाँ छौ तर मानौँ उनीहरूबाट तिमीलाई वैराग्य छ। यो फोहोरी
दुनियाँ चिहान बन्नुछ। भिन्न भिन्न प्वइन्टहरूबाट सम्झाइन्छ। वास्तवमा त एउटै
प्वइन्ट हो मनमनाभव। कतिका चिठी आउँछन्– बाबा हामी बाँधेली हौँ। एक द्रौपदी त होइनन्,
हजारौँ हुन्छन्। अहिले तिमी पतित दुनियाँबाट पावन दुनियाँमा ट्रान्सफर भइरहेका छौ।
जो कल्प पहिला फूल बनेका होलान् उनीहरू नै निस्कन्छन्। अल्लाहको बगैँचाको स्थापना
यहाँ हुन्छ। कोही कोही त यस्ता राम्रा राम्रा फूल हुन्छन् जसलाई देख्दा नै आराम
आउँछ। नाम नै हो फूलहरूको राजा। ५ दिनदेखि राखेको भए पनि फक्रिरहन्छ। सुगन्ध
फैलिरहन्छ। यहाँ पनि जसले बाबालाई याद गर्छन् र याद दिलाउँछन् उनीहरूको सुगन्ध
फैलिन्छ। सदैव खुसी हुन्छन्। यस्ता मीठाप्यारा बच्चाहरूलाई देखेर बाबा हर्षित
हुनुहुन्छ। उनीहरूको अगाडि बाबाको ज्ञान डान्स राम्रो हुन्छ। अच्छा।
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) ज्ञान र योगमा मजबुत बन्नुछ। कुनै बन्धन छैन भने बन्धनहरूमा जानीजानी फस्नुछैन।
बाल ब्रह्मचारी भएर रहनुछ।
२) अहिले हाम्रो
चढ्तीकला हो, बाबा हाम्रा सबै दुःख हटाउन, श्राप मेटाएर वर्सा दिन आउनुभएको छ। बाबा
र वर्सालाई याद गरेर अपार खुसी हुनुछ। जाँच गर्नुछ– हाम्रो बुद्धियोग कहीँ त
भट्किँदैन।
वरदान:–
समा हित गर्
ने र सामना गर्ने शक्तिद्वारा सेवामा सफलता प्राप्त गर्ने रुहानी सेवाधारी भव
रुहानी
सेवाधारीहरूलाई सेवा बाहेक अरू केही पनि सुझ्दैन, उनीहरूले मनसा-वाचा-कर्मणा
सेवाबाट एक सेकेन्ड पनि आराम लिँदैनन् त्यसैले उत्कृष्ट बन्छन्। उनीहरूले सेवामा
सफलता प्राप्त गर्नको लागि सदा यही याद राख्छन्– समाहित गर्नु र सामना गर्नु– यही
हाम्रो लक्ष्य हो। उनीहरूले आफ्ना पुराना संस्कारहरूलाई समाहित गर्छन् र सामना
मायाको गर्छन् न कि दैवी परिवारको। यस्ता बच्चाहरू जो नलेजफुलको साथसाथै पावरफुल पनि
छन् उनीहरूलाई नै भनिन्छ रुहानी सेवाधारी।
स्लोगन:–
सानो कुरालाई
ठुलो नबनाऊ, वातावरणलाई शक्तिशाली बनाऊ।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
दुनियाँमा मानिसहरू
जीवित हुँदाहुँदै पनि निराशाको चितामा बसेका छन्, यस्ता आत्माहरूलाई मरजिवा बनाऊ,
नयाँ जीवनको दान देऊ। आफ्नो सौभाग्यशाली, हर्षितमुख अनुहारद्वारा उनीहरूलाई मानव
जीवनमा जिउन सिकाऊ। तिमीलाई देखेर उनीहरूमा हिम्मत, उमङ्ग, उत्साह आओस्, यसको लागि
आफ्नो स्वभावलाई सरल बनाऊ र सदा कमलसमान स्थितिको आसनमा डबल लाइट स्थितिमा स्थित
होऊ।