05.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबाले
तिमीलाई सुन्दर देवी-देवता बनाउन पढाइरहनुभएको छ , सुन्दरताको आधार पवित्रता हो।”
प्रश्न:–
रुहानी शमा (बाबा)
मा जुन पुतलीहरू स्वाहा हुन्छन्, उनीहरूको निसानी के हुन्छ?
उत्तर:–
स्वाहा हुने
पुतलीहरू – १. शमा बाबाजस्तो हुनुहुन्छ, उहाँलाई यथार्थ रूपमा चिन्छन् र याद गर्छन्,
२. स्वाहा हुनु अर्थात् बाबासमान बन्नु, ३. स्वाहा हुनु अर्थात् बाबाभन्दा पनि उच्च
राज्य भाग्यको अधिकारी बन्नु।
गीत:–
महफिल में जल
उठी शमा...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले यो गीतको लाइन सुन्यौ। यो कसले सम्झाउनुहुन्छ? रुहानी बाबाले। उहाँ
बाबा दीपक पनि हुनुहुन्छ। नामहरू धेरैभन्दा धेरै राखिएका छन्। बाबाको स्तुति पनि
धेरै गर्छन्। यो पनि परमपिता परमात्माको स्तुति हो नि। बाबा शमा बनेर आउनुभएको छ
पुतलीहरूको लागि। पुतलीहरूले दीपकलाई देखेपछि त्यसमाथि स्वाहा भएर शरीर छोडिदिन्छन्।
अनेक पुतलीहरू हुन्छन् जसले दीपकमाथि प्राण दिन्छन्। त्यसमा पनि खासगरी दीपावली
हुँदा बत्तीहरू धेरै जल्छन् अनि रातमा साना साना जीवहरू धेरै मर्छन्। अहिले तिमी
बच्चाहरूलाई थाहा छ– हाम्रो बाबा सुप्रिम रुह हुनुहुन्छ। उहाँलाई हुसेन पनि भनिन्छ,
धेरै सुन्दर हुनुहुन्छ किनकि उहाँ एभर प्योर (सदा पवित्र) हुनुहुन्छ। आत्मा पवित्र
बन्छ तब उसलाई शरीर पनि पवित्र, नेचुरल सुन्दर मिल्छ। शान्तिधाममा आत्माहरू पवित्र
रहन्छन्, फेरि यहाँ पार्ट खेल्न आएपछि सतोप्रधानबाट सतो, रजो, तमोमा आउँछन्। फेरि
सुन्दरबाट श्याम अर्थात् काला अपवित्र (इमप्योर) बन्छन्। आत्मा पवित्र बनिसकेपछि
गोल्डेन एजेड भनिन्छ। त्यस आत्मालाई फेरि शरीर पनि गोल्डेन एजेड मिल्छ। दुनियाँ पनि
पुरानो र नयाँ हुन्छ। उहाँ सुन्दर परमपिता परमात्मा, जसलाई भक्तिमार्गमा
बोलाइरहन्छन्– हे शिवबाबा! उहाँ निराकार परमपिता परमात्मा आउनुभएको छ। आत्माहरूलाई
अपवित्रबाट पवित्र सुन्दर बनाउन। यस्तो होइन, आजकाल जो धेरै सुन्दर छन्, उनीहरूको
आत्मा पवित्र छ। होइन। हुन त शरीर सुन्दर छ तर पनि आत्मा त पतित छ नि। बेलायतमा कति
सुन्दर बन्छन्। तिमीलाई थाहा छ– यी लक्ष्मी-नारायण सत्ययुगी सुन्दर हुन् र यहाँ छन्
नर्कका सुन्दर । मानिसहरूले यी कुरा जान्दैनन्। बच्चाहरूलाई नै सम्झाइन्छ– यो नर्कको
सुन्दरता हो। हामी अहिले स्वर्गको लागि नेचुरल सुन्दर बनिरहेका छौँ। २१ जन्मको लागि
यस्तो सुन्दर बन्नेछौँ। यहाँको सुन्दरता त एक जन्मको लागि हो। यहाँ बाबा आउनुभएको
छ, सारा दुनियाँका मनुष्य मात्र के, दुनियाँलाई नै सुन्दर बनाउनुहुन्छ। सत्ययुग नयाँ
दुनियाँमा सुन्दर देवी-देवताहरू नै थिए। त्यस्ता बन्नको लागि अहिले तिमीले पढ्छौ।
बाबालाई दीपक पनि भनिन्छ तर हुनुहुन्छ परम आत्मा। जसरी तिमीलाई आत्मा भनिन्छ, त्यसरी
नै उहाँलाई परम आत्मा भनिन्छ। तिमी बच्चाहरूले बाबाको महिमा गाउँछौ, बाबाले फेरि
बच्चाहरूको महिमा गर्नुहुन्छ, तिमीलाई यस्तो बनाउँछु, जसको मेरोभन्दा पनि तिम्रो पद
उच्च हुन्छ। म जो हुँ, जस्तो छु, जसरी मैले पार्ट खेल्छु यो अरू कसैले जान्दैनन्।
अहिले तिमी बच्चाहरूलाई थाहा छ– कसरी हामी आत्माहरू पार्ट खेल्नको लागि परमधामबाट
आउँछौँ। हामी शूद्र कुलमा थियौँ, फेरि अब ब्राह्मण कुलमा आएका छौँ। यो पनि तिम्रो
वर्ण हो, अरू कुनै धर्मवालाहरूको लागि यो वर्ण हुँदैन। उनीहरूको वर्ण हुँदैन।
उनीहरूको त एउटै वर्ण छ, क्रिस्चियन नै चलिआउँछ। हो, उनीहरूमा पनि सतो-रजो-तमोमा
आउँछन्। बाँकी यो वर्ण तिम्रो लागि हो। सृष्टि पनि सतो-रजो-तमोमा आउँछ। यो
सृष्टिचक्र बेहदका बाबा बसेर सम्झाउनुहुन्छ। जो बाबा ज्ञानको सागर, पवित्रताको सागर
हुनुहुन्छ, स्वयं भन्नुहुन्छ– मैले पुनर्जन्म लिन्नँ। हुन त शिवजयन्ती पनि मनाउँछन्
तर मानिसहरूलाई यो थाहा छैन– उहाँ कहिले आउनुहुन्छ। उहाँको जीवन कहानी पनि जान्दैनन्।
बाबा भन्नुहुन्छ– म जो हुँ, जस्तो छु, मेरो के पार्ट छ, सृष्टिचक्र कसरी घुम्छ– यो
म तिमी बच्चाहरूलाई कल्प कल्प सम्झाउँछु। तिमीलाई थाहा छ, हामी सिँढी ओर्लिँदै
ओर्लिँदै तमोप्रधान बनेका छौँ। ८४ जन्म पनि तिमीले लिन्छौ। पछाडि जो आउँछन्,
उनीहरूलाई पनि सतो-रजो-तमोमा आउनैपर्छ। तिमी तमोप्रधान बन्छौ त्यसपछि सारा दुनियाँ
तमोप्रधान बन्छ। फेरि तिमी तमोप्रधानबाट सतोप्रधान अवश्य बन्नुछ। यो सृष्टिचक्र
घुमिरहन्छ। अहिले कलियुग छ, त्यसपछि फेरि सत्ययुग आउनेछ। कलियुगको अवधि पूरा भयो।
बाबा भन्नुहुन्छ–हुबहु कल्प पहिलाको जस्तै मैले साधारण तनमा प्रवेश गरेको छु, फेरि
तिमी बच्चाहरूलाई राजयोग सिकाउन। योग त आजकाल धेरै छन्। ब्यारिस्टरी योग,
इन्जिनियरिङ योग...। ब्यारिस्टरी पढ्नको लागि ब्यारिस्टरसँग बुद्धिको योग
लगाउनुपर्ने हुन्छ। हामी ब्यारिस्टर बनिरहेका छौँ भने पढाउनेलाई याद गर्छौँ। तिनका
त आफ्ना पिता अलग हुन्छन्, गुरु पनि होलान्, तिनलाई पनि याद गर्नेछन्। तैपनि
ब्यारिस्टरसँग बुद्धिको योग हुन्छ। आत्माले नै पढ्छ। आत्मा नै शरीरद्वारा जज,
ब्यारिस्टर आदि बन्छ।
अहिले तिमी बच्चाहरूले
आफूमा आत्म अभिमानी बन्ने संस्कार धारण गर्छौ। आधाकल्प देह अभिमानी रह्यौ। अब बाबा
भन्नुहुन्छ– देहीअभिमानी बन। आत्मामा नै पढाइको संस्कार छ। मनुष्य आत्मा नै जज बन्छ,
अहिले हामी विश्वको मालिक देवता बनिरहेका छौँ, पढाउनेवाला शिवबाबा, परम आत्मा
हुनुहुन्छ। उहाँ नै ज्ञानको सागर, शान्ति, सम्पत्तिको सागर हुनुहुन्छ। यो पनि
देखाउँछन्– सागरबाट रत्नका थालीहरू निस्कन्छन्। यी भक्तिमार्गका कुरा हुन्। बाबाले
रेफर गर्नुपर्छ। बाबा सम्झाउनुहुन्छ– यी हुन् अविनाशी ज्ञान रत्न। यी ज्ञान
रत्नहरूबाट तिमी धेरै धनवान बन्छौ र फेरि हीरा जुहारत पनि तिमीलाई धेरै मिल्छन्। यो
एक एक रत्न लाखौँ रुपियाँको छ, जसले तिमीलाई यति धनवान बनाउँछ। तिमीलाई थाहा छ–
भारतवर्ष नै निर्विकारी दुनियाँ थियो। त्यसमा पवित्र देवताहरू रहन्थे। अहिले श्याम
वर्णका अपवित्र बनेका छन्। आत्मा र परमात्माको मेला हुन्छ। आत्मा शरीरमा छ त्यसैले
नै सुन्न सक्छ। परमात्मा पनि शरीरमा आउनुहुन्छ। आत्मा र परमात्माको घर शान्तिधाम
हो। त्यहाँ चलमल केही पनि हुँदैन। यहाँ परमात्मा बाबा आएर बच्चाहरूसँग मिल्नुहुन्छ।
शरीरसहित मिल्नुहुन्छ। त्यहाँ परमधाम त घर हो, त्यहाँ विश्राम लिन्छन्। अहिले तिमी
बच्चाहरू पुरुषोत्तम सङ्गम युगमा छौ। बाँकी दुनियाँ कलियुगमा छ। बाबा बसेर
सम्झाउनुहुन्छ– भक्तिमार्गमा खर्च धेरै गर्छन्, चित्र पनि धेरै बनाउँछन्। ठुला ठुला
मन्दिर बनाउँछन्। नत्र श्रीकृष्णको चित्र घरमा पनि त राख्न सक्छन्। धेरै सस्ता
चित्र हुन्छन्, फेरि यति टाढा टाढा मन्दिरहरूमा किन जान्थे। यो हो भक्तिमार्ग।
सत्ययुगमा यी मन्दिर आदि हुँदैनन्। त्यहाँ हुन्छन् नै पुज्य। कलियुगमा पुजारी
हुन्छन्। तिमी अहिले सङ्गमयुगमा पूज्य देवता बनिरहेका छौ। अहिले तिमी ब्राह्मण बनेका
छौ। यस समयमा तिम्रो यो अन्तिम पुरुषार्थी शरीर मोस्ट भ्यालुएबल छ। यसमा तिमीले धेरै
कमाइ गर्छौ। बेहदका बाबासँग तिमीले खान्छौ, पिउँछौ। पुकार्छन् पनि उहाँलाई नै। यस्तो
भन्दैनन्– श्रीकृष्णसँगै खाऊँ। बाबालाई याद गर्छन्– तुम मात-पिता...। बालक त
बाबासँग खेलिरहन्छन्। हामी सबै श्रीकृष्णका बालक हौँ, यस्तो भन्दैनन्। सबै आत्माहरू
परमपिता परमात्माका बच्चा हुन्। आत्माले शरीरद्वारा भन्छ– हजुर आउनुभयो भने हामी
हजुरसँग खेल्नेछौँ, खानेछौँ, सबै कुरा गर्नेछौँ। तिमीले भन्छौ नै बापदादा। त्यसैले
घरजस्तै भयो। बापदादा र बच्चाहरू। यी ब्रह्मा बेहदका रचयिता हुन्। बाबा यिनमा
प्रवेश गरेर यिनलाई एडप्ट गर्नुहुन्छ। यिनलाई भन्नुहुन्छ– तिमी मेरो हौ। यो हो मुख
वंशावली। जसरी स्त्रीलाई पनि एडप्ट गर्छन् नि। त्यो पनि मुख वंशावली ठहरियो। भन्छन्–
तिमी मेरी हौ। फेरि उनीबाट कोख वंशावली बच्चाहरू पैदा हुन्छन्। यो चलन कहाँबाट चल्यो?
बाबा भन्नुहुन्छ– मैले यिनलाई एडप्ट गरेको छु नि। यिनद्वारा तिमीलाई एडप्ट गर्छु।
तिमी मेरा बच्चा हौ। तर यी मेल हुन्। तिमी सबैलाई सम्हाल्नको लागि फेरि सरस्वतीलाई
पनि एडप्ट गरियो। उनलाई माताको टाइटल मिल्यो। सरस्वती नदी। यी नदी माता भइन् नि।
बाबा सागर हुनुहुन्छ। यी पनि सागरबाट निस्किएकी हुन्। ब्रह्मपुत्र नदी र सागरको धेरै
ठुलो मेला लाग्छ। यस्तो मेला अरू कहिँ लाग्दैन। त्यो हो नदीहरूको मेला। यो हो आत्मा
र परमात्माको मेला। त्यो पनि जब शरीरमा आउनुहुन्छ तब मेला लाग्छ। बाबा भन्नुहुन्छ–
म हुसेन हुँ। म यिनमा कल्प कल्पमा प्रवेश गर्छु। यो ड्रामामा निश्चित छ। तिम्रो
बुद्धिमा सारा सृष्टिको चक्र छ, यसको अवधि ५ हजार वर्ष छ। यो बेहदको फिल्मबाट फेरि
हदको फिल्म बनाउँछन्। जुन पास्ट भयो (बित्यो), त्यो प्रेजेन्ट (वर्तमान) हुन्छ।
प्रेजेन्ट फेरि फ्युचर (भविष्य) बन्छ, जसलाई फेरि पास्ट (विगत) भनिनेछ। पास्ट हुनमा
कति समय लाग्यो? नयाँ दुनियाँमा आएको कति समय पास्ट भयो? ५ हजार वर्ष। तिमी अहिले
हरेक स्वदर्शन चक्रधारी हौ। तिमीले सम्झाउँछौ– हामी पहिला ब्राह्मण थियौँ, फेरि
देवता बन्यौँ। तिमी बच्चाहरूलाई अहिले बाबाद्वारा शान्तिधाम, सुखधामको वर्सा मिल्छ।
बाबा आएर तीन धर्म सँगसँगै स्थापना गर्नुहुन्छ। बाँकी सबैको विनाश गराइदिनुहुन्छ।
तिमीलाई फर्काएर लैजाने सद्गुरु बाबा मिल्नुभएको छ। बोलाउँछन् पनि– हामीलाई सद्गतिमा
लैजानुहोस्। शरीरलाई खलास गराउनुहोस्। यस्तो युक्ति बताउनुहोस्, जसबाट हामी शरीर
छोडेर शान्तिधाममा जाऔँ। गुरुको पासमा पनि मानिसहरू त्यसैले जान्छन्। तर ती गुरुले
त शरीरबाट छुटाएर साथमा लान सक्दैनन्। पतित-पावन एक बाबा मात्रै हुनुहुन्छ। त्यसैले
उहाँ जब आउनुहुन्छ तब पावन अवश्य बन्नुपर्छ। बाबालाई नै भनिन्छ कालहरूका पनि काल,
महाकाल। सबैलाई शरीरबाट छुटाएर साथमा लैजानुहुन्छ। उहाँ सुप्रिम गाइड हुनुहुन्छ। सबै
आत्माहरूलाई फर्काएर लैजानुहुन्छ। यो फोहोरी शरीर हो, यसको बन्धनबाट छुट्न चाहन्छन्।
कतै शरीर छुट्यो भने बन्धन छुट्छ। अहिले तिमीलाई यी सबै आसुरी बन्धनहरूबाट छुटाएर
सुखको दैवी सम्बन्धमा लैजानुहुन्छ। तिमीलाई थाहा छ– हामी शान्तिधाम हुँदै सुखधाममा
आउनेछौँ। फेरि दु:खधाममा कसरी आउँछौ, यो पनि तिमीलाई थाहा छ। बाबा आउनु नै हुन्छ
श्यामबाट सुन्दर बनाउन। बाबा भन्नुहुन्छ– म तिम्रो ओबिडियन्ट सच्चा फादर पनि हुँ।
फादर सदैव ओबिडियन्ट हुन्छन्। सेवा धेरै गर्छन्। खर्च गरेर, पढाएर फेरि सबै धन दौलत
बच्चाहरूलाई दिएर स्वयं गएर साधुहरूको सङ्गत गर्छन्। आफूभन्दा पनि बच्चाहरूलाई उच्च
बनाउँछन्। यहाँ बाबा पनि भन्नुहुन्छ– मैले तिमीलाई डबल मालिक बनाउँछु। तिमी विश्वको
पनि मालिक हौ र ब्रह्माण्डको पनि मालिक बन्छौ। तिम्रो पूजा पनि डबल हुन्छ।
आत्माहरूको पनि पूजा हुन्छ। देवता वर्णमा पनि पूजा हुन्छ। मेरो त सिङ्गल, केवल
शिवलिङ्गको रूपमा पूजा हुन्छ। म त राजा बन्दिनँ। तिम्रो कति सेवा गर्छु। यस्ता
बाबालाई फेरि तिमीले किन बिर्सन्छौ! हे आत्मा! आफूलाई आत्मा सम्झेर मलाई याद गर्यौ
भने तिम्रा विकर्म विनाश हुन्छन्। तिमी कसको पासमा आएका छौ? पहिला बाबा, फेरि दादा।
अहिले फादर, फेरि ग्रेट-ग्रेट ग्रेन्ड फादर आदिदेव एडम किनकि धेरै वंश (बिरादरी) हरू
बन्छन् नि। शिवबाबालाई कसैले ग्रेट-ग्रेट ग्रेन्ड फादर भन्छन् र? हरेक कुरामा
तिमीलाई धेरै उच्च बनाउनुहुन्छ। यस्तो बाबा मिल्नुहुन्छ, फेरि उहाँलाई तिमीले किन
बिर्सन्छौ? बिर्सियौ भने पावन कसरी बन्छौ! बाबाले पावन बन्ने युक्ति बताउनुहुन्छ।
यही यादबाट नै मिसावट निस्कन्छ। बाबा भन्नुहुन्छ– मीठा मीठा प्यारा बच्चाहरू, देह
अभिमान छोडेर आत्म अभिमानी बन्नुछ, पवित्र पनि बन्नुछ। काम महाशत्रु हो। यो एक जन्म
मेरो लागि पवित्र बन। लौकिक पिताले पनि भन्छन् नि– कुनै फोहोरी काम नगर। मेरो
दाह्रीको लाज राख। पारलौकिक बाबा पनि भन्नुहुन्छ– म पावन बनाउन आएको हुँ, अब कालो
मुख नपार। नत्र इज्जत गुमाउनेछौ। सबै ब्राह्मणहरूको र बाबाको पनि इज्जत गुमाउनेछौ।
लेख्छन्– बाबा, म गिरेँ। कालो मुख पारेँ। बाबा भन्नुहुन्छ– म तिमीलाई हसिन (सुन्दर)
बनाउन आएको हुँ, तिमीले फेरि कालो मुख पार्छौ। तिमीले त सदैव सुन्दर बन्ने
पुरुषार्थ गर्नुछ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यो अन्तिम पुरुषार्थी शरीर धेरै मूल्यवान छ, यसमा धेरै कमाइ गर्नुछ। बेहदका
बाबासँग खाँदा, पिउँदा... सबै सम्बन्धहरूको अनुभूति गर्नुछ।
२) कुनै पनि यस्तो
कर्म गर्नुछैन, जसबाट ब्राह्मण परिवार वा बाबाको इज्जत जान्छ। आत्म अभिमानी बनेर
पूरा पवित्र बन्नुछ। यादबाट पुरानो मिसावट निकाल्नुछ।
वरदान:–
सुन्नुको
साथसाथै स्वरूप बनेर मनको मनोरञ्ज नद्वारा सदैव शक्तिशाली आत्मा भव
दिनहुँ मनमा स्वप्रति
वा अरूप्रति उमङ्ग-उत्साहको सङ्कल्प ल्याऊ। स्वयं पनि त्यही सङ्कल्पको स्वरूप बन र
अरूको सेवामा पनि लगाऊ तब आफ्नो जीवन पनि सदाको लागि उत्साहयुक्त हुनेछ र अरूलाई पनि
उत्साह दिलाउने बन्न सक्नेछौ। जसरी मनोरञ्जन प्रोग्राम हुन्छ, त्यसरी नै दिनहुँ मनको
मनोरञ्जनको प्रोग्राम बनाऊ, जे सुन्छौ त्यसको स्वरूप बन्यौ भने शक्तिशाली बन्नेछौ।
स्लोगन:–
अरूलाई
परिवर्तन गर्नुभन्दा पहिला स्वयंलाई परिवर्तन गर, यही समझदारी हो।