05.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो प्रतिज्ञा छ पावन न बनेसम्म बाबालाई याद गरिरहनेछौँ , एक बाबालाई नै प्यार गर्नेछौँ।”

प्रश्न:–
बुद्धिमान बच्चाहरूले समयलाई हेरेर कुन पुरुषार्थ गर्नेछन्?

उत्तर:–
अन्त्यमा जब शरीर छुट्नेबेला हुन्छ त्यतिबेला एक बाबाको मात्रै याद रहोस् र अरू केही पनि याद नआओस्। यस्तो पुरुषार्थ बुद्धिमान बच्चाहरूले अहिलेदेखि नै गरिरहनेछन् किनकि कर्मातित बनेर जानुछ। यसको लागि यो पुरानो शरीरबाट ममत्व निकाल्दै जाऊ, बस् अब हामी बाबाको पासमा गइरहेका छौँ ।

गीत:–
न वह हमसे जुदा होंगे........

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, बच्चाहरूले बेहदका बाबासँग प्रतिज्ञा गरेका छन्। बाबा हामी हजुरका बनेका छौँ, अन्त्यसम्म जब हामी शान्तिधाममा पुग्नेछौँ, हजुरलाई याद गर्दा हाम्रा जन्मजन्मान्तरका पाप जुन शिरमा छन्, ती जलेर जानेछन्। यसलाई नै योग अग्नि भनिन्छ, अरू कुनै उपाय छैन। पतित-पावन वा श्री श्री १०८ जगद्गुरु एकलाई नै भनिन्छ। उहाँ नै जगतका पिता, जगतका शिक्षक, जगतका गुरु हुनुहुन्छ। रचनाको आदि-मध्य-अन्त्यको ज्ञान बाबाले नै दिनुहुन्छ। यो पतित दुनियाँ हो, यसमा एक जना पनि पावन हुन असम्भव छ। पतित-पावन बाबाले नै सर्वको सद्गति गर्नुहुन्छ। तिमी पनि उहाँका बच्चा बनेका छौ। तिमीले जगतलाई पावन कसरी बनाउने? यो सिकिरहेका छौ। शिवको अगाडि त्रिमूर्ति अवश्य लेख्नुपर्छ। यो पनि लेख्नुछ– दैवी स्वराज्य तपाईंको जन्मसिद्ध अधिकार हो। त्यो पनि अहिले कल्पको सङ्गमयुगमा। क्लियर नलेखिकन मानिसहरूले केही बुझ्न सक्दैनन्। अर्को कुरा केवल जुन बी.के. नाम लेखिन्छ त्यसमा प्रजापिता शब्द जरुर चाहिन्छ किनकि ब्रह्मा नाम पनि धेरैको छ। प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय लेख्नुछ। तिमीलाई थाहा छ– पत्थरजस्तो विश्वलाई पावन, पारस त एक बाबाले मात्रै बनाउनुहुन्छ। यस समयमा एक जना पनि पावन छैन। सबै एकअर्कासँग लड्छन्, गाली गरिरहन्छन्। बाबाको लागि पनि भनिदिन्छन्– कच्छ-मच्छ अवतार। अवतार केलाई भनिन्छ यो पनि बुझ्दैनन्। अवतार त हुन्छ नै एकको। उहाँ पनि अलौकिक रीतिले शरीरमा प्रवेश गरेर विश्वलाई पावन बनाउनुहुन्छ। अरू आत्माहरूले त आआफ्नो शरीर लिन्छन्, उहाँको आफ्नो शरीर छैन। तर ज्ञानको सागर हुनुहुन्छ भने ज्ञान कसरी दिनुहुन्छ? शरीर चाहिन्छ नि। यी कुराहरू तिमी बच्चाहरू सिवाय अरू कसैले जान्दैनन्। गृहस्थ व्यवहारमा रहेर पवित्र बन्नु– यो बहादुरीको काम हो। महावीर अर्थात् वीरता देखाए। यो पनि वीरता हो जुन काम संन्यासीले गर्न सक्दैनन्, त्यो तिमीले गर्न सक्छौ। बाबाले श्रीमत दिनुहुन्छ– तिमी यसरी नै गृहस्थ व्यवहारमा रहेरै कमल फूल समान पवित्र बन त्यसपछि नै उच्च पद पाउन सक्छौ। होइन भने विश्वको बादसाही कसरी मिल्छ। यो हो नै नरबाट नारायण बन्ने पढाइ। यो पाठशाला हो। धेरैले पढ्छन् त्यसैले लेख– “ईश्वरीय विश्व विद्यालय।” यो त बिल्कुल सही लेखाइ हो। भारतवर्षका मानिसहरूलाई थाहा छ– हामी विश्वका मालिक थियौँ, हिजोको कुरा हो। अहिलेसम्म राधा-कृष्ण अथवा लक्ष्मी-नारायणका मन्दिर बनिरहन्छन्। कयौँले त फेरि पतित मानिसहरूका पनि मन्दिर बनाउँछन्। द्वापरदेखि त हुन्छन् नै पतित मनुष्य। कहाँ शिवको, कहाँ देवताहरूको मन्दिर बनाउनु, कहाँ यी पतित मानिसहरूको। यिनीहरू कुनै देवता कहाँ हुन् र। त्यसैले त बाबाले सम्झाउनुहुन्छ– यी कुराहरूमा राम्रोसँग विचार सागर मन्थन गर्नुछ। बाबाले त सम्झाइरहनुहुन्छ– दिनप्रतिदिन लेखाइ परिवर्तन हुँदै जानेछ, यस्तो होइन पहिला किन यस्तो बनाइएन। यस्तो भनिँदैन– पहिला किन मनमनाभवको अर्थ यसरी सम्झाइएन। अरे पहिला नै कहाँ यसरी यादमा रहन सक्छन् र। धेरै कम बच्चाहरू छन् जसले हरेक कुराको रेस्पोन्ड पूरा रीतिले गर्न सक्छन्। तकदिरमा उच्च पद छैन भने टिचरले पनि के गर्छन्। यस्तो त होइन– आशीर्वादले उच्च बनाइदिनेछन्। आफूलाई हेर्नुछ– हामीले कस्तो सेवा गर्छौँ। विचार सागर मन्थन चल्नुपर्छ। गीताका भगवान को हुनुहुन्छ, यो चित्र धेरै मुख्य छ। भगवान निराकार हुनुहुन्छ, उहाँले ब्रह्माको शरीरबिना त सुनाउन सक्नुहुन्न। उहाँ आउनुहुन्छ नै ब्रह्माको तनमा सङ्गममा। होइन भने ब्रह्मा-विष्णु-शङ्कर केका लागि हुन्। जीवनी (बायोग्राफी) चाहिन्छ नि। कसैलाई पनि थाहा छैन। ब्रह्माको लागि भन्छन्– १०० भुजावाला ब्रह्माको पासमा जाऊ, १००० भुजावालाको पासमा जाऊ। यसमा पनि एउटा कहानी बनेको छ। प्रजापिता ब्रह्माका यति धेरै बच्चाहरू छन् नि। यहाँ आउँछन् नै पवित्र बन्न। जन्मजन्मान्तर अपवित्र बन्दै आएका छन्। अब पूरा पवित्र बन्नुछ। श्रीमत मिल्छ– म एकलाई याद गर। कसै कसको त अहिलेसम्म पनि समझमा आउँदैन– हामीले कसरी याद गरौँ। अलमलिन्छन्। बाबाका बनेर पनि विकर्माजित बनेनन्, पाप काटिएन, यादको यात्रामा रहेनन् भने उनीहरूले के पद पाउँछन्। ठीकै छ समर्पित (सरेन्डर) हुन् तर त्यसबाट के फाइदा। आफू पुण्य आत्मा बनेर अरूलाई पुण्यात्मा नबनाएसम्म उच्च पद पाउन सक्दैनन्। जति थोरै मलाई याद गर्नेछन्, त्यति सानो पद पाउनेछन्। डबल ताजधारी कसरी बन्छन्, फेरि नम्बरवार पुरुषार्थ अनुसार ढिलो आउनेछन्। यस्तो होइन– हामीले सबै कुरा समर्पण गरिदिएका छौँ त्यसैले डबल सिरताज बन्छौँ। होइन। पहिला दास-दासी बन्दाबन्दै फेरि अन्त्यमा थोरै मिल्नेछ। धेरैलाई यो अहङ्कार हुन्छ– हामी त सपर्पित हौँ। अरे यादबिना के बन्न सक्छन्। दास-दासी बन्नुभन्दा त धनवान प्रजा बन्नु राम्रो हो। दास-दासी पनि कुनै श्रीकृष्णसँग कहाँ झुल्न सक्छन् र। यी धेरै बुझ्ने कुराहरू हुन्, यसमा ठुलो मेहनत गर्नुपर्छ। थोरैमा खुसी हुनुछैन। हामी पनि राजा बन्छौँ। त्यसरी त फेरि धेरै राजाहरू बन्छन्। बाबा भन्नुहुन्छ– पहिलो मुख्य हो यादको यात्रा। जो राम्रोसँग यादमा रहन्छन्, उनीहरूलाई खुसी हुन्छ। बाबा सम्झाउनुहुन्छ– आत्माले एक शरीर छोडेर अर्को लिन्छ। सत्ययुगमा खुसीले एक शरीर छोडेर अर्को लिन्छन्। यहाँ त रुन थाल्छन्, सत्ययुगका कुरा नै बिर्सिएका छन्। त्यहाँ त शरीर यसरी छोड्छन्, जसरी सर्पको उदाहरण छ नि। तिमीलाई थाहा छ– हामी आत्मा हौँ, यो पुरानो शरीर त अब छोड्नु नै छ। बुद्धिमान बच्चाहरू जो बाबाको यादमा रहन्छन्, उनीहरूले त भन्छन्– बाबाको यादमा नै शरीर छोडौँ, फेरि गएर बाबासँग मिलौँ। कुनै पनि मनुष्य मात्रलाई यो थाहा छैन, कसरी मिल्न सक्छन्। तिमी बच्चाहरूलाई मार्ग मिलेको छ। अहिले पुरुषार्थ गरिरहेका छौ, जीवन छँदै मरेका त छौ तर आत्मा पनि पवित्र बनोस्। पवित्र बनेर फेरि यो पुरानो शरीर छोडेर जानुछ। सम्झन्छन्– कतै कर्मातित अवस्था भयो भने यो शरीर छुट्नेछ तर कर्मातित अवस्था भयो भने आफै शरीर छुट्नेछ। बस् हामी बाबाको पासमा गएर बसौँ। यो पुरानो शरीरबाट मानौँ घृणा आउँछ। सर्पलाई पुरानो काँचुलीबाट घृणा हुन्छ होला नि। तिम्रो नयाँ शरीर तयार भइरहेको छ। तर जब कर्मातित अवस्था हुन्छ अनि अन्त्यमा तिम्रो यस्तो अवस्था हुनेछ। बस् अब हामी गइरहेका छौँ। लडाइँको पनि पूरा तयारी हुनेछ। विनाशको सारा आधार तिम्रो कर्मातित अवस्था हुनुमा छ। अन्त्यमा कर्मातित अवस्थामा नम्बरवार सबै पुग्नेछन्। कति फाइदा छ। तिमी विश्वका मालिक बन्छौ भने बाबालाई कति याद गर्नुपर्छ। तिमी देख्नेछौ– कयौँ यस्ता पनि निस्कनेछन् जसले उठ्दा-बस्दा मात्र बाबालाई याद गरिरहनेछन्। मृत्यु सामुन्ने खडा छ। अखबारहरूमा यस्तो छपाउँछन्, मानौँ अहिले भर्खरै लडाइँ सुरु हुनेछ। ठुलो लडाइँ सुरु भयो भने बम फाल्न थाल्नेछन्। ढिलो गर्दैनन्। बुद्धिमान बच्चाहरूले बुझ्छन्, जो बेसमझ छन्, उनीहरूले केही बुझ्दैनन्। अलिकति पनि धारणा हुँदैन। हो हो ठीकै छ भनिरहन्छन्, केही पनि बुझ्दैनन्। यादमा रहँदैनन्। जो देह अभिमानमा रहन्छन्, यो दुनियाँ याद रहन्छ, उनीहरूले के बुझ्न सक्छन्। अब बाबा भन्नुहुन्छ– देहीअभिमानी बन। देहलाई बिर्सनुछ। अन्त्यमा तिमीले धेरै कोसिस गर्न थाल्नेछौ, अहिले तिमीले बुझ्दैनौ। अन्त्यमा धेरै धेरै पछुताउनेछौ। बाबाले साक्षात्कार पनि गराउनुहुन्छ। यी यी पाप गरेका छौ। अब खाऊ सजाय। पद पनि हेर। सुरुमा पनि यस्तो साक्षात्कार गर्थे फेरि अन्त्यमा पनि साक्षात्कार गर्नेछन्।

बाबा भन्नुहुन्छ– आफ्नो पत (इज्जत) नगुमाऊ। पढाइमा लाग्ने पुरुषार्थ गर। आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। उहाँ नै पतित-पावन हुनुहुन्छ। दुनियाँमा अरू कोही पतित-पावन छैन। शिव भगवानुवाच, जब कि भनिन्छ– सर्वको सद्गतिदाता पतित-पावन एक। उहाँलाई नै सबैले याद गर्छन्। तर आफूलाई आत्मा बिन्दु सम्झिएपछि मात्र बाबाको याद आउँछ। तिमीलाई थाहा छ– हाम्रो आत्मामा ८४ जन्मको पार्ट निश्चित छ, त्यो कहिल्यै विनाश हुँदैन। यो बुझ्नु कुनै सानीमाको घर होइन, बिर्सन्छन् त्यसैले कसैलाई सम्झाउन सक्दैनन्। देह अभिमानले बिल्कुल सबैलाई मारिदिएको छ। यो दुनियाँ मृत्युलोक बनेको छ। सबै अकालमा मरिरहन्छन्। जसरी जनावर-पंक्षी आदि मर्छन् त्यसैगरी मनुष्य पनि मर्छन्, फरक केही छैन। लक्ष्मी-नारायण त अमरलोकका मालिक हुन् नि। त्यहाँ अकालमा मृत्यु हुँदैन। दु:ख नै हुँदैन। यहाँ त दु:ख हुन्छ त्यसैल त गएर मर्छन्। आफै अकालमा मृत्यु ल्याउँछन्, यो लक्ष्य धेरै उच्च छ। कहिल्यै पनि विकारी दृष्टि नबनोस्, यसमा मेहनत छ। यति उच्च पद पाउनु कुनै सानीमाको घर होइन। बहादुरी चाहिन्छ। होइन भने थोरै कुरामा नै डराउँछन्। कोही बदमास भित्र पस्यो, हात लगायो भने डन्डा लगाएर भगाइदिनुपर्छ। डरपोक कहाँ बन्नुछ र। शिवशक्ति पाण्डव सेनाको गायन छ नि। जसले स्वर्गका द्वार खोल्छन्। नाम प्रसिद्ध छ भने फेरि त्यस्तै बहादुरी पनि चाहिन्छ। सर्वशक्तिमान बाबाको यादमा रहने अभ्यास भएपछि मात्रै त्यो शक्ति प्रवेश गर्नेछ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ, यस योग अग्निले नै विकर्म विनाश हुनेछन् फेरि विकर्माजित राजा बन्नेछौ। मेहनत छ यादको, जसले गर्छ उसले पाउँछ। अरूलाई पनि सावधान गर्नुछ। यादको यात्राले नै डुङ्गा पार हुनेछ। पढाइलाई यात्रा भनिँदैन। त्यो हो जिस्मानी यात्रा, यो हो रुहानी यात्रा, यसबाट सीधा शान्तिधाम आफ्नो घर जानेछौ। बाबा पनि घरमा रहनुहुन्छ। मलाई याद गर्दागर्दै तिमी घर पुग्नेछौ। यहाँ सबैले पार्ट खेल्नुछ। ड्रामा त अविनाशी चलि नै रहन्छ। बच्चाहरूलाई सम्झाइरहनुहुन्छ– एक त बाबाको यादमा बस र पवित्र बन, दैवीगुण धारण गर र जति सेवा गर्नेछौ त्यति उच्च पद पाउनेछौ। कल्याणकारी अवश्य बन्नुछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सदैव याद रहोस्– सर्वशक्तिमान बाबा हाम्रो साथमा हुनुहुन्छ, यस स्मृतिले शक्ति प्रवेश गर्नेछ, विकर्म भस्म हुनेछन्। शिवशक्ति पाण्डव सेना नाम छ, त्यसैले बहादुरी देखाउनुछ, डरपोक बन्नुछैन।

२) जीवन छँदै मरेपछि यो अहङ्कार नआओस्– म त समर्पित हुँ। समर्पित भएर पुण्य आत्मा बनेर अरूलाई पुण्य आत्मा बनाउनुछ, यसमा नै फाइदा छ।

वरदान:–
निर्विघ्न स्थितिद्वारा स्वयंको फाउन्डेसनलाई मजबुत बनाउने पास विद अनर भव

जुन बच्चाहरू धेरै समयदेखि निर्विघ्न स्थितिका अनुभवी छन् उनीहरूको फाउन्डेसन पक्का भएको कारण स्वयं पनि शक्तिशाली हुन्छन् र अरूलाई पनि शक्तिशाली बनाउँछन्। धेरै समयको शक्तिशाली, निर्विघ्न आत्मा अन्त्यमा पनि निर्विघ्न बनेर पास विद अनर बन्छ वा फस्ट डिभिजनमा आउँछ। त्यसैले सदैव यही लक्ष्य रहोस्– धेरै समयदेखि निर्विघ्न स्थितिको अनुभव अवश्य गर्नुछ।

स्लोगन:–
हरेक आत्माप्रति सदैव उपकार अर्थात् शुभकामना राख, तब स्वत: आशीर्वाद प्राप्त हुनेछ।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ

योग अर्थात् शान्तिको शक्ति। यो शान्तिको शक्तिले धेरै सहज स्व र अरूलाई परिवर्तन गर्छ, यसबाट व्यक्ति पनि परिवर्तन हुन्छन् भने प्रकृति पनि परिवर्तन हुनेछ। व्यक्तिहरूलाई त मुखले कोर्स गराउँछौ तर प्रकृतिलाई परिवर्तन गर्नको लागि शान्तिको शक्ति अर्थात् योगबल नै चाहिन्छ।