05.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो सारा
दुनियाँ रोगीहरूको ठुलो हस्पिटल हो , बाबा आउनुभएको छ सारा दुनियाँलाई निरोगी बनाउन।”
प्रश्न:–
कुनचाहिँ
स्मृति रह्यो भने कहिल्यै पनि दु:खको लहर आउन सक्दैन?
उत्तर:–
अब हामी यो
पुरानो दुनियाँ, पुरानो शरीरलाई छोडेर घरमा जान्छौँ, फेरि नयाँ दुनियाँमा पुनर्जन्म
लिन्छौँ। हामीले अहिले राजयोग सिकिरहेका छौँ– राजधानीमा जानको लागि। बाबाले हामी
बच्चाहरूको लागि रुहानी राजस्थान स्थापना गरिरहनुभएको छ, यही स्मृति रह्यो भने
दु:खको लहर आउन सक्दैन।
गीत:–
तुम्हीं हो
माता...
ओम् शान्ति ।
गीत कुनै तिमी
बच्चाहरूको लागि होइन, नयाँ नयाँलाई सम्झाउनको लागि हो। यस्तो पनि होइन– यहाँ सबै
समझदार नै छन्। होइन, बेसमझलाई समझदार बनाइन्छ। बच्चाहरूले सम्झन्छन्– हामी कति
बेसमझ बनेका थियौँ, अब बाबाले हामीलाई समझदार बनाउनुहुन्छ। जस्तै स्कुलमा पढेर
बच्चाहरू कति समझदार बन्छन्। हरेक आआफ्नो समझले ब्यारिस्टर, इन्जिनियर आदि बन्छन्।
यो त आत्मालाई समझदार बनाउनु हो। पढ्छ पनि आत्माले शरीरद्वारा। तर बाहिर जे जति
शिक्षा मिल्छ, त्यो हो अल्पकालको लागि शरीर निर्वाहको लागि। हुन त कसैले धर्म
परिवर्तन पनि गर्छन्, हिन्दुहरूलाई क्रिस्चियन बनाइदिन्छन्– केको लागि? थोरै सुख
पाउनको लागि। पैसा, नोकरी आदि सहजै मिल्नको लागि, आजीविकाको लागि। अब तिमी
बच्चाहरूलाई थाहा छ– हामीले पहिला सुरुमा त आत्म अभिमानी बन्नुपर्छ। यो हो मुख्य
कुरा किनकि यो हो नै रोगी दुनियाँ। यस्तो कुनै मानिस छैन जो रोगी बन्दैन। केही न
केही हुन्छ अवश्य। यो सारा दुनियाँ सबैभन्दा ठुलो हस्पिटल हो, जसमा सबै मानिसहरू
पतित रोगी छन्। आयु पनि धेरै कम हुन्छ। अचानक मर्छन्। कालको पञ्जामा आउँछन्। यो पनि
तिमी बच्चाहरूलाई थाहा छ। तिमी बच्चाहरूले केवल भारतवर्षको मात्र होइन, सारा विश्वको
सेवा गर्छौ गुप्त रीतिले। मूल कुरा हो– बाबालाई कसैले चिन्दैनन्। मानिस भएर पनि
पारलौकिक बाबालाई चिन्दैनन्, उहाँलाई प्यार गर्दैनन्। अब बाबा भन्नुहुन्छ– मसँग
प्यार गर। मसँग प्यार गर्दागर्दै तिमी मसँगै फर्केर जानुछ। फर्केर नजाँदासम्म यो
फोहोरी दुनियाँमा रहनुपर्छ। सबैभन्दा पहिला त देह अभिमानीबाट देहीअभिमानी बन,
त्यसपछि तिमीले धारणा गर्न सक्छौ र बाबालाई याद गर्न सक्छौ। यदि देहीअभिमानी बनेनौ
भने कुनै कामका छैनौ। देह अभिमानी त सबै छन्। तिमीले सम्झन्छौ पनि– हामी आत्म
अभिमानी बनेनौँ, बाबालाई याद गरेनौँ भने हामी त्यही हौँ जो पहिला थियौँ। मूल कुरा
नै हो देहीअभिमानी बन्ने। न कि रचनालाई जान्ने। गायन गरिन्छ पनि– रचयिता र रचनाको
ज्ञान। यस्तो होइन– पहिला रचना, फेरि रचयिताको ज्ञान भनिन्छ। होइन, पहिला रचयिता,
उहाँ बाबा नै हुनुहुन्छ। भनिन्छ पनि– हे ईश्वर पिता! उहाँ आएर तिमी बच्चाहरूलाई
आफूसमान बनाउनुहुन्छ। बाबा त सदैव आत्म अभिमानी हुनुहुन्छ नै, त्यसैले उहाँ
सर्वोच्च हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म त आत्म अभिमानी हुँ। जसमा प्रवेश गरेको छु,
उनलाई पनि आत्म अभिमानी बनाउँछु। यिनमा प्रवेश गर्छु यिनलाई परिवर्तन गर्न किनकि
यिनी पनि देह अभिमानी थिए, यिनलाई पनि भन्छु– आफूलाई आत्मा सम्झेर यथार्थ रीतिले
मलाई याद गर। यस्ता धेरै मानिसहरू छन् जसले सम्झन्छन्– आत्मा अलग हो, जीव अलग हो।
आत्मा देहबाट निस्किन्छ भने दुई चीज भए नि। बाबा सम्झाउनुहुन्छ– तिमी आत्मा हौ।
आत्माले नै पुनर्जन्म लिन्छ। आत्माले नै शरीर लिएर पार्ट खेल्छ। बाबाले बारम्बार
सम्झाउनुहुन्छ– आफूलाई आत्मा सम्झ, यसमा धेरै मेहनत चाहिन्छ। जस्तै विद्यार्थी
पढ्नको लागि एकान्तमा, बगैँचा आदिमा गएर पढ्छन्। पादरी (इसाई धर्मगुरु)हरू पनि
घुम्न जाँदा एकदम शान्त रहन्छन्। उनीहरू कुनै आत्म अभिमानी रहँदैनन्। क्राइस्टको
यादमा रहन्छन्। घरमा बसेर पनि याद त गर्न सक्छन् तर खास गरी क्राइस्टलाई याद गर्न
एकान्तमा जान्छन्, अरूतिर हेर्दा पनि हेर्दैनन्। जुन राम्रा राम्रा पादरी हुन्छन्,
उनले सम्झन्छन्– हामी क्राइस्टलाई याद गर्दागर्दै उहाँको पासमा जान्छौँ। क्राइस्ट
स्वर्गमा बस्नुभएको छ, हामी पनि स्वर्गमा जान्छौँ। यो पनि सम्झन्छन्– क्राइस्ट
हेभेनली गड फादरको पासमा जानुभयो। हामी पनि याद गर्दागर्दा उहाँको पासमा जान्छौँ।
सबै क्रिस्चियन ती एकका बच्चाहरू ठहरिए। उनीहरूमा केही ज्ञान ठीक छ। तर क्राइस्टको
आत्मा त माथि गएकैछैन। क्राइस्ट नाम त शरीरको हो, जसलाई फाँसीमा चढाइयो। आत्मा त
फाँसीमा चढ्दैन। अब क्राइस्टको आत्मा गड फादरको पासमा गयो, यो भन्नु पनि गलत हुन्छ।
फर्केर कोही कसरी जान्छन्? हरेकले स्थापना, फेरि पालना अवश्य गर्नु नै पर्छ। घरको
रङरोगन आदि गराइन्छ, यो पनि पालना हो नि।
अब बेहदका बाबालाई
तिमीले याद गर। यो ज्ञान बेहदका बाबा सिवाय अरू कसैले दिन सक्दैन। आफ्नै कल्याण
गर्नुछ। रोगीबाट निरोगी बन्नुछ। यो रोगीहरूको ठुलो हस्पिटल हो। सारा विश्व रोगीहरूको
हस्पिटल हो। रोगी अवश्य चाँडै मर्छन्, बाबा आएर यो सारा विश्वलाई निरोगी
बनाउनुहुन्छ। यस्तो होइन– यहीँ निरोगी बन्छन्। बाबा भन्नुहुन्छ– निरोगी हुन्छन् नै
नयाँ दुनियाँमा। पुरानो दुनियाँमा निरोगी हुन सक्दैनन्। यी लक्ष्मी-नारायण निरोगी,
एभरहेल्दी (सदा स्वस्थ) छन्। त्यहाँ आयु पनि लामो हुन्छ। रोगीहरू त विकारी हुन्छन्।
निर्विकारी रोगी हुँदैनन्। त्यो हो नै सम्पूर्ण निर्विकारी दुनियाँ। बाबा स्वयं
भन्नुहुन्छ– यस समयमा सारा विश्व, खासगरी भारतवर्ष रोगी छ। तिमी बच्चाहरू पहिला
सुरुमा निरोगी दुनियाँमा आउँछौ, निरोगी बन्छौ यादको यात्राले। याद गरेमा तिमी जान्छौ
आफ्नो स्वीट होम (परमधाम)। यो पनि एउटा यात्रा हो। यो आत्माको यात्रा हो, बाबा
परमात्माको पासमा जाने। यो हो आध्यात्मिक यात्रा। यी कुरा कसैले बुझ्न सक्दैनन्।
तिमीले पनि नम्बरवार जान्दछौ, तर बिर्सन्छौ। मूल कुरा हो यो, सम्झाउन पनि धेरै सहज
छ। तर सम्झाउँछ उसले, जो आफै पनि रुहानी यात्रामा हुन्छ। आफै यादमा हुँदैन, तर
अरूलाई बताउँछ भने तीर लाग्दैन। सच्चाईको तागत चाहिन्छ। हामीले बाबालाई यति याद
गर्छौँ, जसरी स्त्रीले पतिलाई कति याद गर्छन्। उहाँ हुनुहुन्छ पतिहरूका पति,
पिताहरूका पिता, गुरुहरूका गुरु। गुरुहरूले पनि उहाँ बाबालाई नै याद गर्छन्।
क्राइस्टले पनि बाबालाई नै याद गर्थे। तर उहाँलाई कसैले चिन्दैनन्। बाबा आइसकेपछि
आएर आफ्नो पहिचान दिनुहुन्छ। भारतवर्षका मानिसहरूलाई नै बाबाको विषयमा ज्ञान छैन भने
अरूलाई कहाँबाट मिल्न सक्छ। बेलायतबाट पनि यहाँ आउँछन्, योग सिक्नको लागि। सम्झन्छन्–
प्राचीन योग भगवानले सिकाउनुभयो। यो हो भावना। बाबा सम्झाउनुहुन्छ– सच्चा सच्चा योग
त मैले नै कल्प कल्प आएर सिकाउँछु, एकै पटक। मुख्य कुरा हो– आफूलाई आत्मा सम्झेर
बाबालाई याद गर, यसैलाई रुहानी योग भनिन्छ। बाँकी सबैको हो जिस्मानी योग। ब्रह्मसँग
योग राख्छन्। त्यो त कुनै शिवबाबा होइन। त्यो त महतत्त्व हो, निवास स्थान। त्यसैले
सही एउटै बाबा हुनुहुन्छ। एक बाबालाई नै सत्य भनिन्छ। यो कुरा पनि भारतवर्षका
मानिसहरूलाई थाहा छैन– बाबा नै सत्य कसरी हुनुहुन्छ? उहाँले नै सचखण्डको स्थापना
गर्नुहुन्छ। सचखण्ड र झुटखण्ड। तिमी सचखण्डमा हुँदा त्यहाँ रावण राज्य नै हुँदैन।
आधाकल्प पछि रावण राज्य झुटखण्ड सुरुहुन्छ। सचखण्ड पूरा सत्ययुगलाई भनिन्छ। फेरि
झुटखण्ड पूरा कलियुगको अन्त्यलाई। अहिले तिमी सङ्गममा बसेका छौ। न यता छौ, न उता
छौ। तिमीले यात्रा गरिरहेका छौ। आत्माले यात्रा गरिरहेको छ, शरीरले होइन। बाबा आएर
यात्रा गर्न सिकाउनुहुन्छ। यहाँबाट त्यहाँ जानुछ। तिमीलाई यो यात्रा सिकाउनुहुन्छ।
उनीहरूले फेरि तारा, चन्द्रमा आदि तिर जाने यात्रा गर्छन्। अहिले तिमीलाई थाहा छ–
त्यसमा कुनै फाइदा छैन। यी चीजहरूबाट नै सारा विनाश हुनुछ। बाँकी जे जति यति मेहनत
गर्छन्, सबै व्यर्थ हुन्छ। तिमीलाई थाहा छ– यी सबै चीजहरू जो साइन्सबाट बन्छन्, ती
भविष्यमा तिम्रै काममा आउँछन्। यो ड्रामा बनेको छ। बेहदका बाबा आएर पढाउनुहुन्छ भने
उहाँलाई कति आदर गर्नुपर्छ। टिचरको त्यसै पनि धेरै आदर गर्छन्। टिचरले आदेश गर्छन्–
राम्रोसँग पढेर पास होऊ। यदि आदेशलाई मानेनन् भने फेल हुन्छन्। बाबा पनि भन्नुहुन्छ–
तिमीलाई पढाउँछु विश्वको मालिक बनाउन। यी लक्ष्मी-नारायण मालिक हुन्। हुन त प्रजा
पनि मालिक हुन्, तर दर्जा त धेरै छन् नि। भारतवर्षका मानिसहरूले पनि भन्छन् नि– हामी
मालिक हौँ। गरिबले पनि आफूलाई भारतवर्षको मालिक सम्झन्छ। तर राजा र उनीहरूमा कति
फरक छ। ज्ञानले पदमा फरक हुन्छ। ज्ञानमा पनि होसियारी चाहिन्छ। पवित्रता पनि जरुरी
छ, त्यसैगरी हेल्थ-वेल्थ (स्वस्थ्य र सम्पत्ति) पनि चाहिन्छ। स्वर्गमा सबै हुन्छन्
नि। बाबाले लक्ष्य उद्देश्यको विषयमा सम्झाउनुहुन्छ। दुनियाँमा अरू कसैको बुद्धिमा
यो लक्ष्य उद्देश्य हुँदैन। तिमीले तुरुन्त भन्छौ– हामी यो बन्छौँ। सारा विश्वमा
हाम्रो राजधानी हुन्छ। यो त अहिले पञ्चायती राज्य हो। पहिला थिए डबल ताजधारी, फेरि
एक ताज, अहिले नो ताज। बाबाले मुरलीमा भन्नुभएको थियो, यो पनि चित्र होस्– डबल
शिरताज राजाहरूको अगाडि सिङ्गल ताजवालाले शिर झुकाउँछन्। अब बाबा भन्नुहुन्छ– म
तिमीलाई राजाहरूको राजा डबल शिरताज बनाउँछु। त्यो हो अल्पकालको लागि, यो हो २१
जन्मको कुरा। पहिलो मुख्य कुरा हो पावन बन्ने। बोलाउँछन् पनि– आएर पतितबाट पावन
बनाउनुहोस्। यस्तो भन्दैनन्– राजा बनाउनुहोस्। अहिले तिमी बच्चाहरूको हो बेहदको
संन्यास। यो दुनियाँबाट जान्छौ आफ्नो घर। फेरि स्वर्गमा आउँछौ। भित्र मनमा खुसी
हुनुपर्छ, जब कि सम्झन्छौ– हामी घर जान्छौँ, फेरि राजधानी आउँछौँ। फेरि उदासीपन,
दु:ख आदि यी सबै किन हुनुपर्छ? हामी आत्मा घर जान्छौँ, फेरि पुनर्जन्म नयाँ
दुनियाँमा लिन्छौँ। बच्चाहरूलाई स्थायी खुसी किन हुँदैन? मायाको धेरै अवरोध हुन्छ,
त्यसैले खुसी कम हुन्छ। पतित-पावन स्वयं भन्नुहुन्छ– मलाई याद गर, त्यसबाट तिम्रा
जन्मजन्मान्तरका पाप भस्म हुन्छन्। तिमी स्वदर्शन चक्रधारी बन्छौ। जान्दछौ– फेरि
हामी आफ्नो राजस्थानमा जान्छौँ। यहाँ भिन्न भिन्न प्रकारका राजाहरू आएर गए, अब फेरि
रुहानी राजस्थान बन्नुछ। स्वर्गको मालिक बन्छौ। क्रिस्चियनहरूले स्वर्गको अर्थ
बुझ्दैनन्। उनीहरूले मुक्तिधामलाई स्वर्ग भनिदिन्छन्। यस्तो होइन– हेभेनली गड फादर
कुनै स्वर्गमा रहनुहुन्छ। उहाँ त रहनुहुन्छ नै शान्तिधाममा। अहिले तिमीले पुरुषार्थ
गर्छौ स्वर्गमा जानको लागि। यो फरक बताउनुछ। गड फादर हुनुहुन्छ मुक्तिधाममा रहनेवाला।
स्वर्ग नयाँ दुनियाँलाई भनिन्छ। फादरले नै आएर स्वर्ग स्थापना गर्नुहुन्छ। तिमीले
जसलाई शान्तिधाम भन्छौ, त्यसलाई उनीहरूले स्वर्ग सम्झन्छन्। यी सबै बुझ्नुपर्ने कुरा
हुन्।
बाबा भन्नुहुन्छ–
ज्ञान त धेरै सहज छ। यो हो पवित्र बन्ने ज्ञान, मुक्ति-जीवनमुक्तिमा जाने ज्ञान,
जुन बाबाले नै दिन सक्नुहुन्छ। कसैलाई फाँसी दियो भने भित्र मनमा यही हुन्छ– हामी
भगवानको पासमा जान्छौँ। फाँसी दिनेले पनि भन्छन्– गडलाई याद गर। गडलाई दुवैले
जान्दैनन्। उनीहरूलाई त त्यस समयमा मित्र-सम्बन्धी आदि याद आउँछन्। गायन पनि छ–
अन्तकाल जो स्त्री सिमरे... कोही न कोहीको याद अवश्य हुन्छ। सत्ययुगमा नै मोहजित
हुन्छन्। त्यहाँ जान्दछन्– एउटा शरीर छोडेर अर्को लिन्छौँ। त्यहाँ याद गर्ने
आवश्यकता हुँदैन, त्यसैले भनिन्छ– दु:खमा सिमरण सब करेँ... यहाँ दु:ख छ, त्यसैले
याद गर्छन् भगवानबाट केही मिलोस् भनेर। त्यहाँ त सबै कुरा मिलेकै हुन्छ। तिमीले
भन्न सक्छौ– हाम्रो उद्देश्य हो मनुष्यलाई आस्तिक बनाउनु, मालिकको बनाउनु। अहिले सबै
अनाथ छन्। हामी मालिकका बन्छौँ। सुख, शान्ति, सम्पत्तिको वर्सा दिने बाबा नै
हुनुहुन्छ। यी लक्ष्मी-नारायणको आयु कति लामो थियो। यो पनि जान्दछौ– भारतवर्षका
मानिसहरूको पहिला सुरुमा आयु धेरै लामो हुन्थ्यो। अहिले छोटो छ। किन छोटो भयो– यो
कसैले पनि जान्दैनन्। तिम्रो लागि त बुझ्न र बुझाउन धेरै सहज भएको छ। यसमा पनि
नम्बरवार छन्। सम्झाउने तरिका हरेकको आआफ्नो छ, जसले जस्तो धारणा गर्छन्, त्यस्तै
सम्झाउँछन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) जसरी बाबा सदैव आत्म अभिमानी हुनुहुन्छ, त्यसरी नै आत्म अभिमानी रहने पूरा पूरा
पुरुषार्थ गर्नुछ। एक बाबालाई दिलैदेखि प्यार गर्दागर्दै बाबासँग घर जानुछ।
२) बेहदका बाबाको पूरा
पूरा आदर गर्नुछ अर्थात् बाबाको आदेशमा चल्नुछ। बाबाको पहिलो आदेश हो– प्यारा
बच्चाहरू! राम्रोसँग पढेर पास होऊ। यो आदेशको पालन गर्नुछ।
वरदान:–
शक्तिशाली
सेवाद्वारा निर्बल आत्मा मा बल भर्ने सच्चा सेवाधारी भव
सच्चा सेवाधारीको
वास्तविक विशेषता हो– निर्बल आत्मामा बल भर्ने निमित्त बन्नु। सेवा त सबैले गर्छन्
तर सफलतामा जुन अन्तर देखिन्छ, त्यसको कारण हो सेवाका साधनहरूमा शक्तिको कमी। जसरी
तरबारमा जौहर छैन भने त्यसले तरबारको काम गर्दैन, त्यसरी नै सेवाका साधनहरूमा यादको
शक्तिको जौहर छैन भने सफलता मिल्दैन, त्यसैले शक्तिशाली सेवाधारी बन, निर्बलमा बल
भरेर गुणवान आत्माहरू निकाल, त्यसपछि भनिन्छ सच्चा सेवाधारी।
स्लोगन:–
हर
परिस्थितिलाई उड्तीकलाको साधन सम्झेर सदा उडिराख।
अव्यक्त इशारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
त्यसो त अशरीरी हुन
सहज छ तर जुन समयमा कुनै कुरा अगाडि हुन्छ, कुनै सेवाको झन्झट अगाडि हुन्छ, कुनै
हलचलमा ल्याउने परिस्थितिहरू हुन्छन्, यस्तो समयमा सोच्ने बित्तिकै अशरीरी भइहाल्न,
यसको लागि धेरै समयको अभ्यास चाहिन्छ। सोच्नु र गर्नु साथसाथै भयो भने अन्तिम
परीक्षामा पास हुन सकिन्छ।