05.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो पतित
दुनियाँ एउटा पुरानो गाउँ हो , यो गाउँ तिम ी बस्नलायक छैन , तिमी अब नयाँ पावन
दुनियाँमा जानुछ ।”
प्रश्न:–
बाबाले आफ्ना
बच्चाहरूको उन्नतिका लागि कुन एउटा युक्ति बताउनुहुन्छ?
उत्तर:–
प्यारा
बच्चाहरू! तिमी आज्ञाकारी बनेर बापदादाको मतमा चलिराख। बापदादा दुवै सँगसँगै
हुनुहुन्छ, त्यसैले यिनको भनाइबाट केही नोक्सान भयो भने पनि जिम्मेवार बाबा
हुनुहुन्छ, सबै सुधार गरिदिनुहुन्छ। तिमीले आफ्नो मत नचलाऊ, शिवबाबाको मत सम्झेर
चलिराख्यौ भने धेरै उन्नति हुन्छ।
ओम् शान्ति ।
रुहानी बाबाले
रुहानी बच्चाहरूलाई सबैभन्दा पहिलो मुख्य कुरा सम्झाउनुहुन्छ– आफूलाई आत्मा निश्चय
गरेर बस र बाबालाई याद गरेमा तिम्रा सबै दुःख हट्छन्। उनीहरूले आशीर्वाद दिन्छन्
नि। यहाँ बाबा पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिम्रा सबै दुःख हट्छन्। केवल
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो त अति सहज छ। यो हो भारतवर्षको प्राचीन सहज
राजयोग। प्राचीनको पनि समय त हुनुपर्छ नि। धेरै धेरै वर्ष पहिला पनि कति वर्ष पहिला?
बाबा सम्झाउनुहुन्छ– पूरा ५ हजार वर्ष पहिला यो राजयोग सिकाएको थिएँ। यो राजयोग बाबा
बाहेक अरू कसैले सम्झाउन सक्दैनन् र बच्चाहरू बाहेक अरू कसैले बुझ्न सक्दैनन्। गायन
पनि छ– आत्मायें बच्चे और परमात्मा बाबा अलग रहे बहुकाल... बाबाले नै भन्नुहुन्छ–
तिमी सिँढी ओर्लंदा ओर्लंदै पतित बनेका छौ। अब स्मृति आएको छ। सबै चिच्याउँछन्– हे
पतितपावन... ! कलियुगमा पतित नै हुन्छन्। सत्ययुगमा हुन्छन् पावन। त्यो हो नै पावन
दुनियाँ। यो पुरानो पतित दुनियाँ बस्नलायक छैन। तर मायाको पनि प्रभाव कुनै कम छैन।
यहाँ हेर्ने हो भने १००-१२५ तलाका ठुला ठुला भवन बनाइरहन्छन्। यसलाई मायाको आडम्बर
भनिन्छ। मायाको प्रभाव यस्तो हुन्छ कसैलाई स्वर्ग जाऊँ भन्यो भने भनिदिन्छन्– हाम्रो
लागि स्वर्ग त यहीँ नै छ, यसलाई मायाको प्रभाव भनिन्छ। तर तिमी बच्चाहरूलाई थाहा छ–
यो त पुरानो गाउँ हो, यसलाई भनिन्छ नर्क, पुरानो दुनियाँ त्यो पनि रौरव नर्क।
सत्ययुगलाई भनिन्छ नै स्वर्ग। यी शब्द त छन् नि। यसलाई विकारी त सबैले दुनियाँ
भन्छन्। निर्विकारी दुनियाँ त यो स्वर्ग थियो। स्वर्गलाई भनिन्छ नै निर्विकारी
दुनियाँ, नर्कलाई विकारी दुनियाँ भनिन्छ। यति सहज कुरा पनि किन कसैको बुद्धिमा
आउँदैन! मनुष्य कति दुःखी छन्। कति लडाइँझगडा आदि भइरहन्छन्। दिनप्रतिदिन बम आदि पनि
यस्ता बनाइरहन्छन्, जुन खसेपछि मनुष्य समाप्त हुन्छन्। तर तुच्छ बुद्धि मनुष्यले अब
के हुनेछ, यो कुरा बुझ्दैनन्। यी कुरा के हुनेवाला छ, यो कुरा बाबा बाहेक अरू कसैले
सम्झाउन सक्दैनन्,? पुरानो दुनियाँको विनाश हुनेछ र नयाँ दुनियाँको स्थापना पनि
गुप्त रूपमा भइरहेको छ।
तिमी बच्चाहरूलाई
भनिन्छ नै– गुप्त योद्धाहरू। कसैले जान्दछन् र– तिमीले लडाइँ गरिरहेका छौ। तिम्रो
लडाइँ छ नै ५ विकारहरूसँग। सबैलाई भन्छौ– पवित्र बन। एक बाबाका बच्चा हौ नि।
प्रजापिता ब्रह्माका बच्चा त सबै भाइ बहिनी भयौ नि। सम्झाउने बडो युक्ति चाहिन्छ।
प्रजापिता ब्रह्माका त धेरै बच्चा छन्, एउटा मात्रै त छैनन्। नाम नै छ प्रजापिता।
लौकिक पितालाई कहिल्यै प्रजापिता भनिँदैन। प्रजापिता ब्रह्मा हुनुहुन्छ त्यसैले
उहाँका सबै सन्तानहरू आपसमा भाइ-बहिनी, ब्रह्माकुमार-कुमारीहरू ठहरिए नि। तर
बुझ्दैनन्। पत्थर बुद्धिजस्तै छन्, बुझ्ने कोसिस पनि गर्दैनन्। प्रजापिता ब्रह्माका
सन्तान भाइ-बहिनी भए। विकारमा जान त सक्दैनन्। तिम्रो साइनबोर्डमा पनि प्रजापिता
शब्द लेख्न धेरै आवश्यक छ। यो शब्द त अवश्य राख्नुपर्छ। केवल ब्रह्मा लेख्नाले त्यति
जोडदार हुँदैन। त्यसैले साइनबोर्डमा पनि सही शब्द लेखेर सुधार्नुपर्छ। यो हो धेरै
आवश्यक शब्द। ब्रह्मा नाम त फिमेलको पनि हुन्छ। मेलका नाम राख्दा राख्दै सकिएका छन्
त्यसैले मेलको नाम फिमेलमा राखिदिन्छन्। यति धेरै नाम कहाँबाट ल्याउने? हुन्छ त सबै
ड्रामा प्लान अनुसार। बाबाको वफादार, आज्ञाकारी बन्नु कुनै सहज कुरा होइन। बाबा र
दादा दुवै सँगसँगै हुनुहुन्छ नि। जान्दैनन्– यिनी को हुन्? त्यसपछि शिवबाबा
भन्नुहुन्छ– मेरो आज्ञालाई पनि बुझ्न सक्दैनन्। उल्टो भनुँ वा सुल्टो, तिमीले
शिवबाबाले भन्नुहुन्छ भनेर बुझ्यौ भने जिम्मेवार उहाँ हुनुहुन्छ। यिनको भनाइबाट केही
नोक्सान भयो भने पनि जिम्मेवार उहाँ हुने भएकाले, उहाँले सबै सुधार गरिदिनुहुन्छ।
शिवबाबाकै भनाइ हो भनेर सम्झिरह्यौ भने तिम्रो धेरै उन्नति हुन्छ। तर मुस्किलले
सम्झन्छन्। कोही फेरि आफ्नै मतमा चलिरहन्छन्। बाबा कति टाढाबाट आउनुहुन्छ तिमी
बच्चाहरूलाई निर्देशन दिन, सम्झाउन। अरू कसैसँग त यो आध्यात्मिक ज्ञान छैन। सारा
दिन यो चिन्तन चल्नुपर्छ– के लेखुँ जसले गर्दा मनुष्यले बुझ्छन्। यस्ता यस्ता सीधा
शब्द लेख्नुपर्छ जसले गर्दा मनुष्यको दृष्टि पर्छ। तिमीले यस्तो सम्झाऊ जसले गर्दा
कुनै प्रश्न सोध्ने आवश्यकता नै पर्दैन। भन, बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर
मलाई याद गरेमा सबै दुःख हट्छन्। जो राम्रोसँग यादमा रहन्छन् उनीहरूले नै उच्च पद
पाउँछन्। यो त सेकेन्डको कुरा हो। मनुष्यले के के सोधिरहन्छन्– तिमीले केही पनि
नबताऊ। भन, धेरै नसोध्नुहोस्। पहिला एउटा कुरा निश्चय गर, प्रश्नहरूको धेरै जङ्गलमा
पर्नुभयो फेरि निस्कने मार्ग मिल्दैन। जसरी कुहिरोमा मनुष्य अल्मलिए भने फेरि
निस्कन सक्दैनन्, यो पनि त्यस्तै हो– मनुष्य कहाँबाट कहाँ मायातिर निस्कन्छन्
त्यसैले पहिला सबैलाई एउटै कुरा बताऊ– तपाईं आत्मा त अविनाशी हुनुहुन्छ। बाबा पनि
अविनाशी हुनुहुन्छ, पतितपावन हुनुहुन्छ। तपाईं हुनुहुन्छ पतित। अब कि त घर जानुछ कि
नयाँ दुनियाँमा। पुरानो दुनियाँमा अन्त्यसम्म आइरहन्छन्। जसले पूरा पढ्दैनन् उनीहरू
त अवश्य पछि आउँछन्। कति हिसाब छ र फेरि पढाइबाट पनि बुझिन्छ– पहिला को हुन्छ?
स्कुलमा पनि निसानी देखाउँछन् नि। दौडेर हातले छोएर आऊ। पहिलो नम्बरकालाई इनाम
मिल्छ। यो हो बेहदको कुरा। बेहदको इनाम मिल्छ। बाबा भन्नुहुन्छ– यादको यात्रामा बस।
दैवीगुण धारण गर्नुपर्छ। सर्वगुण सम्पन्न यहीँ बन्नुछ त्यसैले बाबा भन्नुहुन्छ–
चार्ट राख। यादको यात्राको पनि चार्ट राख्यौ भने थाहा हुन्छ– हामी फाइदामा छौँ वा
घाटामा? तर बच्चाहरूले राख्दैनन्। बाबा भन्नुहुन्छ तर बच्चाहरूले चार्ट राख्दैनन्।
धेरै थोरैले चार्ट राख्छन् त्यसैले माला पनि कति थोरैको नै हुन्छ। ८ जनाले ठुलो
छात्रवृत्ति लिन्छन् फेरि १०८ जना राम्रो स्थितिमा (प्लसमा) हुन्छन् नि। यसमा को
जान्छन्? बादसाह र रानी। धेरै कम फरक हुन्छ।
त्यसैले बाबा
भन्नुहुन्छ– पहिला आफूलाई आत्मा सम्झ र बाबालाई याद गर– यही हो यादको यात्रा। बस्
यही बाबाको सन्देश दिनुछ। धेरै कुरा गर्ने आवश्यकता छैन, मनमनाभव। देहका सबै
सम्बन्ध छोडेर, पुरानो दुनियाँबाट सबैको बुद्धिले त्याग गर्नुछ किनकि अब फर्केर
जानुछ, अशरीरी बन्नुछ। यहाँ बाबाले याद दिलाउनुहुन्छ फेरि सारा दिनमा बिल्कुल यादै
गर्दैनन्, श्रीमतमा चल्दैनन्। बुद्धिमा बस्दैन। बाबा भन्नुहुन्छ– नयाँ दुनियाँमा
जानुछ त्यसैले तमोप्रधानबाट सतोप्रधान बन्नुछ। बाबाले हामीलाई राज्य-भाग्य दिनुभयो,
हामीले फेरि यसरी गुमायौँ, ८४ जन्म लियौँ। लाखौँ वर्षको कुरा होइन, धेरै बच्चाहरूले
अल्फलाई नचिनेका हुनाले फेरि धेरै प्रश्न सोधिरहन्छन्। बाबा भन्नुहुन्छ– पहिला म
एकलाई याद गरेमा पाप काटिन्छन् र दैवीगुण धारण गरेमा देवता बन्छौ र अरू केही सोध्ने
आवश्यकता छैन। अल्फको विषयमा नबुझिकन बे को विषयमा धेरै कुरा गरेमा आफै पनि
अल्मलिन्छन् र फेरि हैरान हुन्छन्। बाबा भन्नुहुन्छ– पहिला अल्फलाई जानेमा सबै कुरा
जान्दछौ। मद्वारा मलाई जान्नाले तिमीले सबै कुरा जान्दछौ। केही जान्न बाँकी रहँदैन
त्यसैले ७ दिन राखिन्छ। ७ दिनमा धेरैले बुझ्न सक्छन्। तर बुझ्नेहरू नम्बरवार हुन्छन्।
कसैले त केही पनि बुझ्दैनन्। उनीहरू कसरी राजा रानी बन्छन्। एक जनामाथि राज्य गर्छन्
र? हरेकले आफ्ना प्रजा बनाउनुछ। धेरै टाइम व्यर्थमा गुमाउँछन्। बाबा त भन्नुहुन्छ–
तिनीहरू बिचरा हुन्। जतिसुकै ठुला ठुला पदका भए पनि, तर बाबालाई थाहा छ– यो त सबै
माटोमा मिल्नुछ। बाँकी थोरै समय छ। विनाश काले विपरीत बुद्धिवालाहरूको त विनाश
हुनुछ। हामी आत्माहरूको कति प्रीत बुद्धि छ, त्यो त बुझ्न सकिन्छ। कसैले भन्छन्–
एक-दुई घण्टा याद रहन्छ! के लौकिक पितासँग तिमीले एक-दुई घण्टा प्रीत राख्छौ? सारा
दिन बाबा बाबा भनिरहन्छौ। यहाँ भन्न त बाबा बाबा भन्छन् तर बाबासँग अपार प्यार कहाँ
छ र। बारम्बार भनिन्छ– शिवबाबालाई याद गरिराख। सत्य सत्य रूपमा याद गर्नुछ। चलाखी
चल्न सक्दैन। धेरै छन् जसले भन्छन्– हामीले त शिवबाबालाई धेरै याद गर्छौं, फेरि
उनीहरू त उड्न थाल्छन्। बाबा बस् हामी त जान्छौँ सेवामा धेरैको कल्याण गर्न। जति
धेरैलाई सन्देश दिन्छौ त्यति यादमा रहन्छौ। धेरै बच्चीहरूले भन्छन्– बन्धन छ। अरे,
बन्धन त सारा दुनियाँलाई छ, बन्धनलाई युक्तिले काट्नुछ। युक्तिहरू धेरै छन्, मानौँ
भोलि मरिहालियो भने फेरि बच्चाहरूलाई कसले सम्हाल्छ? अवश्य कोही न कोही सम्हाल्ने
निस्कन्छन्। अज्ञान कालमा त दोस्रो बिहे गरिहाल्छन्। यस समयमा त बिहे गर्न पनि
समस्या छ। कसैलाई अलिकति पैसा दिएर भन– बच्चाहरूलाई सम्हाल। तिम्रो यो मरजीवा जन्म
हो नि। जीवन छँदै मरेमा फेरि पछि कसले सम्हाल्छ? त्यसैले अवश्य नर्स राख्नुपर्छ।
पैसाले के हुन सक्दैन। बन्धनमुक्त अवश्य बन्नुछ। सेवाको सोख भएकाहरू आफै दौडन्छन्।
दुनियाँबाट मरे नि। यहाँ त बाबा भन्नुहुन्छ– मित्र-सम्बन्धी आदिको पनि उद्धार गर।
सबैलाई सन्देश दिनुछ– मनमनाभवको, त्यसबाट तमोप्रधानबाट सतोप्रधान बन्छन्। यो कुरा
बाबाले नै भन्नुहुन्छ र अरू माथिबाट आउँछन्। उनीहरूका प्रजा पनि उनीहरूको पछाडि
आइरहन्छ। जसरी क्राइस्टले सबैलाई तल ल्याउँछन्। तल पार्ट खेल्दाखेल्दा अशान्त
भसकेपछि भन्छन्– हामीलाई शान्ति चाहिन्छ। बसेका त थिए शान्तिमा। फेरि धर्मस्थापकका
पछाडि आउनुपर्छ। फेरि भन्छन्– हे पतितपावन आउनुहोस्! कस्तो खेल बनेको छ। उनीहरूले
अन्त्यमा आएर लक्ष्य लिन्छन्। बच्चाहरूले साक्षात्कार गरेका छन्। आएर मनमनाभवको
लक्ष्य लिन्छन्। अहिले तिमी भिखारीबाट राजकुमार बन्छौ। यस समयका जो धनवान छन्,
उनीहरू भिखारी बन्छन्। आश्चर्य छ। यस खेललाई अलिकति पनि कसैले जान्दैनन्। सारा
राजधानी स्थापना भइरहेको छ। कोही त गरिब पनि बन्छन् नि। यी बडो दूरदर्शी बुद्धिले
बुझ्ने कुरा हुन्। पछाडि सबै साक्षात्कार हुन्छ– हामी कसरी माथिल्लो क्लासमा जान्छौँ।
तिमीले पढ्छौ नयाँ दुनियाँका लागि। अहिले छौ सङ्गममा। पढेर पास गरेमा दैवी कुलमा
जान्छौ। अहिले ब्राह्मण कुलमा छौ। यी कुरा कसैले बुझ्न सक्दैनन्। भगवानले
पढाउनुहुन्छ, अलिकति पनि कसैको बुद्धिमा बस्दैन। निराकार भगवान अवश्य आउनुहुन्छ नि।
यो ड्रामा बडो आश्चर्यजनक बनेको छ, त्यसलाई तिमीले जान्दछौ र पार्ट खेलिरहेका छौ।
त्रिमूर्तिको चित्रमा पनि सम्झाउनुपर्छ– ब्रह्माद्वारा स्थापना। विनाश त
अटोमेटिकरूपमा हुनु नै छ। केवल नाम राखिएको छ। ड्रामा यस्तो पनि बनेको छ। मुख्य कुरा
हो– आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा खिया उत्रिन्छ। स्कुलमा जति राम्रोसँग
पढ्छौ, त्यति ठुलो आम्दानी हुन्छ। तिमीलाई २१ जन्मका लागि स्वास्थ्य र सम्पत्ति
मिल्छ, कम कुरा हो र। यहाँ सम्पत्ति हुन्छ तर छोरानातिले खान पाउने समय हुँदैन।
बाबाले सबै कुरा यस सेवामा लगाइदिनुभयो त्यसैले कति जम्मा भयो। सबैको कहाँ जम्मा
हुन्छ र। यति लखपति छन्, उनीहरूको पैसा काममा आउँदैन। बाबाले लिनु नै हुन्न जुन फेरि
दिन पर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बन्धन काट्ने युक्ति रच्नुछ। बाबासँग भित्री प्रीत गर्नुछ। बाबाको सन्देश सबैलाई
दिएर, सबैको कल्याण गर्नुछ।
२) दूरदर्शी बुद्धिले
यस बेहदको खेललाई बुझ्नुछ। भिखारीबाट राजकुमार बन्ने पढाइमा पूरा ध्यान दिनुछ। सत्य
सत्य यादको चार्ट राख्नुछ।
वरदान:–
सङ्कल्प रूपी
बीजलाई कल्याणको शुभभावनाले भरपुर राख्ने विश्व कल्याणकारी भव
जसरी सारा वृक्षको
सार बीजमा हुन्छ त्यसरी नै सङ्कल्परूपी बीज हरेक आत्माप्रति, प्रकृतिप्रति
शुभभावनायुक्त होस्। सबैलाई बाबासमान बनाउने भावना, निर्बललाई बलवान बनाउने, दुःखी
अशान्त आत्मालाई सदा सुखी शान्त बनाउने भावनाको रस वा सार हरेक सङ्कल्पमा भरिएको
होस्, कुनै पनि सङ्कल्परूपी बीज यो सारबाट खाली अर्थात् व्यर्थ नहोस्, कल्याणको
भावनाले समर्थ होस् त्यसपछि भनिन्छ बाबासमान विश्वकल्याणकारी आत्मा।
स्लोगन:–
मायाको
झमेलाबाट आत्तिनुको सट्टा परमात्म मेलाको मोज मनाइराख।
अव्यक्त इशारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
कर्मातीत बन्नका लागि
अशरीरी बन्ने अभ्यास बढाऊ। शरीरको बन्धन, कर्मको बन्धन, व्यक्तिहरूको बन्धन,
वैभवहरूको बन्धन, स्वभाव-संस्कारहरूको बन्धन... कुनै पनि बन्धनले आफूतिर आकर्षित
नगरोस्। यो बन्धनले नै आत्मालाई टाइट बनाइदिन्छ, यसका लागि सदा निर्लिप्त अर्थात्
न्यारा र अति प्यारा बन्ने अभ्यास गर।