06.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अहिले यो चढ्तीकलाको समय हो , विश्व गरिबबाट धनवान बन्छ , तिमी ले बाबाबाट सत्ययुगी बादसाहीको वर्सा लेऊ।”

प्रश्न:–
बाबाको कुन उपाधि श्रीकृष्णलाई दिन सकिँदैन?

उत्तर:–
बाबा हुनुहुन्छ गरिब निवाज। श्रीकृष्णलाई यस्तो भनिँदैन। उहाँ त धेरै धनवान हुनुहुन्छ, उहाँको राज्यमा सबै धनवान हुन्छन्। बाबा आउने बेलामा सबैभन्दा गरिब भारतवर्ष हुन्छ। यसलाई बाबाले नै धनवान बनाउनुहुन्छ। तिमीले भन्छौ – पहिला स्वर्ग थियो, अहिले छैन, फेरि बन्न लागेको छ। गरिब निवाज बाबाले नै विश्वलाई स्वर्ग बनाउनुहुन्छ।

गीत:–
आखिर वह दिन आया आज...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीत सुन्यौ। जसरी आत्मा गुप्त छ र शरीर प्रत्यक्ष छ। आत्मालाई यी आँखाले देखिँदैन, गुप्त, इन्कग्निटो छ। छ अवश्य तर यो शरीरले ढाकिएको छ, त्यसैले भनिन्छ आत्मा गुप्त छ। आत्मा आफैले भन्छ– म निराकार हुँ, यहाँ साकारमा आएर गुप्त बनेको छु। आत्माहरूको दुनियाँ निराकारी छ। त्यसमा त गुप्तको कुरा छैन। परमपिता परमात्मा पनि त्यहाँ बस्नुहुन्छ। उहाँलाई भनिन्छ सुप्रिम। उच्चभन्दा उच्च आत्मा, परभन्दा पर बस्ने परम आत्मा। बाबा भन्नुहुन्छ– जसरी तिमी गुप्त छौ, मलाई पनि गुप्त आउनुपर्छ। म गर्भजेलमा आउँदिन। मेरो नाम एउटै शिव चलिआउँछ। म यो तनमा आउँछु, तैपनि मेरो नाम परिवर्तन हुँदैन। यिनको आत्माको जुन शरीर छ, यसको नाम परिवर्तन हुन्छ। मलाई त शिव नै भन्छन्– सबै आत्माहरूको पिता। त्यसैले तिमी आत्माहरू यो शरीरमा गुप्त छौ, यो शरीरद्वारा कर्म गर्छौ। म पनि गुप्त छु। तिमी बच्चाहरूलाई यो ज्ञान अहिले मिलिरहेको छ– आत्मा यो शरीरले ढाकिएको छ। आत्मा छ गुप्त। शरीर हो प्रत्यक्ष। म पनि हुँ अशरीरी। गुप्त बाबाले यो शरीरद्वारा सुनाउनुहुन्छ। तिमी पनि गुप्त छौ, शरीरद्वारा सुन्छौ। तिमीलाई थाहा छ– बाबा आउनुभएको छ, फेरि गरिबबाट धनवान बनाउन। भारतीयले भन्छन्– हाम्रो भारत। हरेकले आफ्नो राज्यको लागि भन्छन्– हाम्रो गुजरात, हाम्रो राजस्थान। हाम्रो हाम्रो भन्नाले त्यसमा मोह हुन्छ। हाम्रो भारत गरिब छ। यो सबैले मान्छन् तर उनीहरूलाई यो थाहा छैन– हाम्रो भारत धनवान कहिले थियो, कसरी थियो। तिमी बच्चाहरूलाई धेरै नसा छ। हाम्रो भारतवर्ष धेरै धनवान थियो, दुःखको कुरा थिएन। सत्ययुगमा अर्को कुनै धर्म थिएन। एउटै देवीदेवता धर्म थियो, यो कसैलाई थाहा छैन। यो जुन विश्वको इतिहास भूगोल छ, यो कसैले जान्दैनन्। अहिले तिमीले राम्रोसँग बुझेका छौ, हाम्रो खण्ड पहिला धेरै धनवान थियो। अहिले धेरै गरिब छ। अब फेरि बाबा आउनुभएको छ धनवान बनाउन। सत्ययुगमा धेरै धनवान थियो जुनबेला देवीदेवताहरूको राज्य थियो, फेरि त्यो राज्य कहाँ गयो। यो कसैले जान्दैनन्। ऋषिमुनि आदिले पनि भन्थे– हामीले रचयिता र रचनालाई जान्दैनौँ। बाबा भन्नुहुन्छ– सत्ययुगमा पनि देवीदेवताहरूलाई रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान थिएन। यदि उनीहरूलाई पनि– हामी सिँढी ओर्लिएर कलियुगमा जान्छौँ भन्ने ज्ञान भयो भने बादसाहीको सुख पनि हुँदैन, चिन्ता हुन्छ। अहिले तिमीलाई चिन्ता लागेको छ– हामी सतोप्रधान थियौँ, फेरि हामी सतोप्रधान कसरी बन्छौँ! हामी आत्माहरू जो निराकारी दुनियाँमा बस्थ्यौँ, त्यहाँबाट फेरि कसरी सुखधाममा आयौँ, यो पनि ज्ञान छ। हामी अहिले चढ्तीकलामा छौँ। यो ८४ जन्मको सिँढी हो। ड्रामा अनुसार हरेक कलाकारले नम्बरवार आआफ्नो समयमा आएर पार्ट खेल्छन्। अब तिमी बच्चाहरूलाई थाहा छ– गरिब निवाज कसलाई भनिन्छ, यो दुनियाँले जान्दैन। गीतमा पनि सुन्यौ– आखिर वह दिन आया आज, जिस दिन का रास्ता तकते थे..., सबै भक्त। भगवान कहिले आएर हामी भक्तहरूलाई यो भक्तिमार्गबाट छुटाएर सदगतिमा लैजानुहुन्छ– यो अहिले बुझेका छौ। बाबा फेरि आउनुभएको छ यो शरीरमा। शिवजयन्ती पनि मनाउँछन् भने अवश्य आउनुहुन्छ। यस्तो पनि भन्नुहुन्न– म श्रीकृष्णको तनमा आउँछु। होइन। बाबा भन्नुहुन्छ– श्रीकृष्णको आत्माले ८४ जन्म लिएको छ। उनको धेरै जन्महरूको अन्त्यको यो अन्तिम जन्म हो। जो पहिलो नम्बरमा थियो, ऊ अब अन्त्यमा छ, तत्वम्। म त आउँछु साधारण तनमा। तिमीलाई आएर बताउँछु– तिमीले कसरी ८४ जन्म भोग्यौ। सिखहरूले पनि सम्झन्छन्– एक ॐकार परमपिता परमात्मा बाबा हुनुहुन्छ। उहाँ अवश्य मनुष्यबाट देवता बनाउनेवाला हुनुहुन्छ। त्यसोभए किन हामी पनि देवता नबनौँ। जो देवता बनेका हुन्छन्, उनीहरू एकदम लागिहाल्छन्। आफूलाई एक जनाले पनि देवीदेवता धर्मको सम्झँदैनन्। अरू धर्महरूको इतिहास धेरै थोरै छ। कसैको ५०० वर्षको, कसैको १२५० वर्षको। तिम्रो इतिहास हो ५ हजार वर्षको। देवता धर्मका नै स्वर्गमा आउँछन्। अरू धर्म त आउँछन् नै पछि। देवता धर्मका पनि अब अरू धर्महरूमा परिवर्तन भएका छन् ड्रामा अनुसार। फेरि पनि यस्तै परिवर्तन हुन्छन्। फेरि आआफ्नो धर्ममा फर्केर आउँछन्। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमी त विश्वका मालिक थियौ। तिमीले पनि बुझेका छौ– बाबाले स्वर्ग स्थापना गर्नुहुनुहुन्छ भने हामी किन स्वर्गमा हुँदैनौँ, बाबाबाट हामीले वर्सा अवश्य लिन्छौँ– त्यसपछि यसबाट सिद्ध हुन्छ– यो हाम्रो धर्मको हो। जो हाम्रो धर्मको हुँदैन, ऊ आउँदैन। भन्नेछन्– पराई धर्ममा किन जाऊँ। तिमी बच्चाहरूलाई थाहा छ– सत्ययुग नयाँ दुनियाँमा देवताहरूलाई धेरै सुख थियो, सुनका महल थिए। सोमनाथको मन्दिरमा कति सुन थियो। यस्तो कुनै अर्को धर्म हुँदैन। सोमनाथको मन्दिरजस्तो यति श्रेष्ठ मन्दिर अरू कुनै हुँदैन। धेरै हीराजुहारत थिए। बुद्ध आदिका कुनै हीराजुहारतका महल कहाँ हुन्छन् र! तिमी बच्चाहरूलाई जुन बाबाले यति उच्च बनाउनुभयो, तिमीले उहाँको कति इज्जत राखेका छौ! इज्जत राखिन्छ नि। सम्झन्छन्– राम्रो कर्म गरेर गएका छन्। अहिले तिमीलाई थाहा छ– सबैभन्दा राम्रो कर्म पतितपावन बाबाले नै गरेर जानुहुन्छ। तिम्रो आत्माले भन्छ– सबैभन्दा उत्तम सेवा बेहदका बाबा आएर गर्नुहुन्छ। हामीलाई रङ्कबाट राव, बेगरबाट राजकुमार बनाइदिनुहुन्छ। जसले विश्वलाई स्वर्ग बनाउनुहुन्छ, अहिले कसैले उहाँको इज्जत राख्दैनन्। तिमीलाई थाहा छ– सोमनाथको मन्दिर उच्चभन्दा उच्च मन्दिर गायन गरिएको छ, जसलाई लुटेर गए। लक्ष्मीनारायणको मन्दिरलाई कहिल्यै कसैले लुटेन। सोमनाथको मन्दिरलाई लुटेका छन्। भक्तिमार्गमा पनि धेरै धनवान हुन्छन्। राजाहरूमा पनि नम्बरवार हुन्छन् नि। जो उच्च पदका हुन्छन्, साना पदकाले उनीहरूको इज्जत राख्छन्। दरबारमा पनि नम्बरवार बस्छन्। बाबा त अनुभवी हुनुहुन्छ नि। यहाँको दरबार हो पतित राजाहरूको। पावन राजाहरूको दरबार कस्तो हुन्छ। जबकि उनीहरूसँग यति धन छ भने उनीहरूको घर पनि त्यति नै राम्रो हुन्छ। अहिले तिमीलाई थाहा छ– बाबाले हामीलाई पढाइरहनुभएको छ, स्वर्गको स्थापना गराइरहनुभएको छ। हामी स्वर्गका महारानी महाराजा बन्छौँ, फेरि हामी गिर्दै गिर्दै भक्त बन्छौँ, पहिला सुरुमा शिवबाबाका पुजारी बन्छौँ। जसले स्वर्गको मालिक बनाउनुभयो, उहाँकै पूजा गर्छौँ। उहाँले हामीलाई धेरै धनवान बनाउनुहुन्छ। अहिले दुनियाँ कति गरिब छ, जुन जमिन ५०० रुपैयाँमा लिइएको थियो, त्यसको मूल्य आज ५ हजारभन्दा पनि बढी भएको छ। यी सबै हुन् बनावटी दाम। त्यहाँ त धरतीको मूल्य हुँदैन, जसलाई जति चाहिन्छ त्यति लिन्छन्। धेरैभन्दा धेरै जमिन हुन्छ। मीठा नदीका किनारमा तिम्रा महल हुन्छन्। मनुष्य धेरै कम हुन्छन्। प्रकृति दासी हुन्छ। फलफूल धेरै राम्रा मिलिरहन्छन्। अहिले त कति मेहनत गर्नुपर्छ, तैपनि अन्न मिल्दैन। मनुष्य धेरै भोक प्यासमा मर्छन्। त्यसैले यो गीत सुन्दा तिम्रो रोमाञ्च खडा हुनुपर्छ। बाबालाई गरिब निवाज भनिन्छ। गरिब निवाजको अर्थ बुझ्यौ नि! कसलाई धनवान बनाउनुहुन्छ? अवश्य जहाँ आउनुहुन्छ, त्यहीँका आत्माहरूलाई धनवान बनाउनुहुन्छ नि। तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई पावनबाट पतित बन्न ५ हजार वर्ष लाग्छ। अहिले फेरि तुरुन्तै बाबाले पतितबाट पावन बनाउनुहुन्छ। उच्चभन्दा उच्च बनाउनुहुन्छ, एक सेकेन्डमा जीवनमुक्ति मिल्छ। भन्छौ– बाबा, म हजुरको हुँ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी विश्वका मालिक हौ। बच्चा जन्मियो र वारिस बन्यो। कति खुसी हुन्छ। छोरीलाई देखेमा अनुहार खिन्न हुन्छ। यहाँ त सबै आत्मा बच्चाहरू हुन्। अहिले थाहा भयो– हामी ५ हजार वर्ष पहिला स्वर्गका मालिक थियौँ। बाबाले यस्तो बनाउनुभएको थियो। शिवजयन्ती पनि मनाउँछन् तर यो जान्दैनन्– उहाँ कहिले आउनुभएको थियो। लक्ष्मीनारायणको राज्य थियो, यो पनि कसैले जान्दैनन्। जयन्ती मनाउँछन्, केवल लिङ्गका ठुला ठुला मन्दिर बनाउँछन्। तर उहाँ कसरी आउनुभयो, आएर के गर्नुभयो, केही पनि जान्दैनन्, यसलाई भनिन्छ ब्लाइन्ड फेथ, अन्धश्रद्धा। उनीहरूलाई यो थाहै छैन– हाम्रो धर्म कुन हो, कहिले स्थापना भयो। अरू धर्मकालाई थाहा छ, बुद्ध कहिले आए, तिथि मिति पनि छ। शिवबाबाको, लक्ष्मीनारायणको कुनै तिथि मिति छैन। ५ हजार वर्षको कुरालाई लाखौँ वर्ष लेखिदिएका छन्। लाखौँ वर्षको कुरा कसलाई याद आउन सक्छ? यहाँ देवीदेवता धर्म कहिले थियो, यो कुरा जान्दैनन्। लाखौँ वर्षको हिसाबले त यहाँको आबादी सबैभन्दा धेरै हुनुपर्छ। यहाँको जमिन पनि सबैभन्दा धेरै हुनुपर्छ। लाखौँ वर्षमा कति मनुष्य पैदा हुन्छन्, अनगिन्ती मनुष्य हुन्छन्। यति त छैनन्, झन् कम भएका छन्, यी सबै कुरा बाबाले बसेर सम्झाउनुहुन्छ। मनुष्यले सुने भने भन्छन्– यी कुराहरू त कहिल्यै सुनेनौँ, न कुनै शास्त्रमा पढ्यौँ। यी अनौठा कुराहरू हुन्। अहिले तिमी बच्चाहरूको बुद्धिमा सारा चक्रको ज्ञान छ। यो धेरै जन्महरूको अन्त्यको अन्त्यमा अब पतित आत्मा छ, जो सतोप्रधान थियो, ऊ अब तमोप्रधान छ, फेरि सतोप्रधान बन्नुछ। तिमी आत्माहरूलाई अब शिक्षा मिलिरहेको छ। आत्माले कानद्वारा सुन्यो भने शरीर झुल्छ किनकि आत्माले सुन्छ नि। अवश्य हामी आत्माहरूले ८४ जन्म लिन्छौँ। ८४ जन्ममा ८४ आमाबुबा अवश्य मिलेका हुन्छन्। यो पनि हिसाब हो नि। बुद्धिमा आउँछ– हामी ८४ जन्म लिन्छौँ, फेरि कम जन्मवाला पनि हुन्छन्। यस्तो कहाँ सबैले ८४ जन्म लिन्छन् र! बाबाले बसेर सम्झाउनुहुन्छ– शास्त्रहरूमा के के लेखिदिएका छन्। तिम्रो लागि त फेरि पनि ८४ जन्म भन्छन्, मेरो लागि त अनगिन्ती, धेरै जन्म भनिदिन्छन्। कण कणमा, ढुङ्गा-माटोमा लगिदिएका छन्। बस जता हेर्छु हजुर नै हजुर। कृष्ण नै कृष्ण हुनुहुन्छ। मथुरा, वृन्दावनमा यस्तै भनिरहन्छन्। कृष्ण नै सर्वव्यापी हुनुहुन्छ। राधा पंथीवालाले फेरि भन्छन्– राधा नै राधा। तिमी पनि राधा, हामी पनि राधा।

त्यसैले एक बाबा नै अवश्य गरिब निवाज हुनुहुन्छ। यहाँ जो सबैभन्दा धनवान थियो, अहिले सबैभन्दा गरिब बनेको छ, त्यसैले मलाई यहाँ नै आउनुपर्छ। यो बनिबनाउ ड्रामा हो, यसमा अलिकति पनि फरक हुन सक्दैन। ड्रामा जुन सुट भयो, त्यो हुबहु दोहोरिन्छ, यसमा पैसाको पनि फरक हुन सक्दैन। ड्रामाको विषयमा पनि थाहा हुनुपर्छ। ड्रामा भनेको ड्रामा। ती हुन्छन् हदका ड्रामा, यो हो बेहदको ड्रामा। यो बेहदको ड्रामाको आदि-मध्य-अन्त्यलाई कसैले जान्दैनन्। त्यसैले गरिब निवाज निराकार भगवानलाई नै मान्छन्, श्रीकृष्णलाई मान्दैनन्। श्रीकृष्ण त धनवान सत्ययुगका राजकुमार बन्छन्। भगवानको त आफ्नो शरीर छैन। उहाँ आएर तिमी बच्चाहरूलाई धनवान बनाउनुहुन्छ, तिमीलाई राजयोगको शिक्षा दिनुहुन्छ। पढाइबाट वकिल आदि बनेर फेरि कमाइ गर्छन्। बाबाले पनि तिमीलाई अहिले पढाउनुहुन्छ। तिमी भविष्यमा नरबाट नारायण बन्छौ। तिम्रो जन्म त हुन्छ नि। यस्तो त होइन– स्वर्ग कुनै समुद्रबाट निस्किन्छ। श्रीकृष्णले पनि जन्म लिए नि। कंसपुरी आदि त त्यस समयमा थिएन। श्रीकृष्णको कति नाम गायन गरिन्छ। उनका पिताको गायन नै छैन। उनका पिता कहाँ छन्? अवश्य श्रीकृष्ण कसैका बच्चा होलान् नि। श्रीकृष्णले जन्म लिनेबेलामा थोरै बहुत पतित पनि रहन्छन्। तिनीहरू बिल्कुल खतम हुन्छन् त्यसपछि यी श्रीकृष्ण गद्दीमा बस्छन्। आफ्नो राज्य लिन्छन्, त्यतिबेलादेखि नै उनको संवत् सुरु हुन्छ। लक्ष्मीनारायणबाट नै संवत् सुरुहुन्छ। तिमीले पूरा हिसाब लेख्छौ। यिनको राज्य यति समय, फेरि यिनको यति समय, त्यसपछि मनुष्यले सम्झन्छन्– यो कल्पको अवधि धेरै हुन सक्दैन। ५ हजार वर्षको पूरा हिसाब हुन्छ। तिमी बच्चाहरूको बुद्धिमा आउँछ नि। हामी हिजो स्वर्गका मालिक थियौँ। बाबाले बनाउनुभएको थियो, त्यसैले त उहाँको हामीले शिवजयन्ती मनाइरहेका छौँ। तिमीले सबैलाई चिन्दछौ। क्राइस्ट, गुरुनानक आदि फेरि कहिले आउँछन्, यसको तिमीलाई ज्ञान छ। विश्वको इतिहास भूगोल हुबहु दोहोरिन्छ। यो पढाइ कति सहज छ। तिमीले स्वर्गलाई जान्दछौ, अवश्य पहिला स्वर्ग थियो। भारतवर्ष अविनाशी खण्ड हो। भारतवर्षकोजस्तो महिमा अरू कसैको हुन सक्दैन। सबैलाई पतितबाट पावन बनाउने एउटा बाबा मात्रै हुनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) ड्रामाको आदि-मध्य-अन्त्यको ज्ञान बुद्धिमा राखेर सबै चिन्ताहरू छोडिदिनुछ। एक सतोप्रधान बन्ने चिन्ता राख्नुछ।

२) गरिब निवाज बाबा गरिबबाट विश्वलाई धनवान बनाउन आउनुभएको छ, उहाँको पूरा पूरा मदतगार बन्नुछ। आफ्नो नयाँ दुनियाँलाई याद गरेर सदा खुसीमा रहनुछ।

वरदान:–
दिलमा सदा एक रामलाई बसा ले र स त्य सत्य सेवा गर्ने मायाजित , विजयी भव

हनुमानको विशेषता देखाउँछन्– उनी सदा सेवाधारी, महावीर थिए, त्यसैले आफै जलेनन् तर पुच्छरद्वारा लङ्का जलाइदिए। यहाँ पनि जो सदा सेवाधारी छन्, उनीहरूले नै मायाको अधिकारलाई खतम गर्न सक्छन्। जो सेवाधारी छैनन्, उनीहरूले मायाको राज्यलाई जलाउन सक्दैनन्। हनुमानको दिलमा सदा एक राम बस्थे, त्यसैले बाबा बाहेक अरू कोही दिलमा नहोस्, आफ्नो देहको स्मृति पनि नहोस्, त्यसपछि मायाजित, विजयी बन्छौ।

स्लोगन:–
जसरी आत्मा र शरीर कम्बाइन्ड छ, त्यसैगरी तिमी पनि बाबासँग कम्बाइन्ड होऊ।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन

सङ्गठनमा हरेकको विशेषतालाई देख्नु, विशेषता नै ग्रहण गर्नु र कमजोरीहरूलाई मेटाउने प्रयत्न गर्नु– यही विधि हो, एकताको सङ्गठन मजबुत गर्ने। जसरी तिमी सबैको उठ्ने, बोल्ने, हिँड्ने उस्तै छ वा सबैको उस्तै कुरा, एउटै गति, एउटै रीति, एउटै नीति छ, त्यसैगरी संस्कार पनि समान देखियोस्। भिन्नता हुँदा पनि एकअर्कामा विश्वास राखेर सबैको विचारलाई सत्कार देऊ, यही एकताको आधार हो।