06.04.25 Avyakt Bapdada Nepali Murli 15.12.2004 Om Shanti Madhuban
“ बापदादाको विशेष आशा–
हेरक बच्चाले आशीर्वाद द ि ऊन् र आशीर्वाद ल ि ऊन् ”
आज बापदादाले आफ्ना
चारैतिरका बेफिक्र बादसाहहरूको सभालाई हेरिरहनुभएको छ। यो राजसभा सारा कल्पमा यस
समयमा मात्र हुन्छ। रूहानी फखुरमा रहन्छौ, त्यसैले बेफिक्र बादसाह हौ। बिहान उठ्छौ,
त्यो पनि बेफिक्र, हिँड्दाडुल्दा, कर्म गर्दा पनि बेफिक्र र सुत्छौ, त्यो पनि
बेफिक्र निद्रामा सुत्छौ। यस्तो अनुभव गर्छौ नि! बेफिक्र छौ? बनेका छौ वा बन्दै छौ?
बनिसक्यौ नि! बेफिक्र र बादसाह हौ, स्वराज्य अधिकारी, यी कर्मेन्द्रियहरूमाथि राज्य
गर्ने बेफिक्र बादसाह हौ अर्थात् स्वराज्य अधिकारी हौ। यस्तो सभा तिमी बच्चाहरूको
मात्र छ। कुनै फिक्र छ? छ कुनै फिक्र? किनकि आफ्ना सारा फिक्र बाबालाई दिइसकेका छौ।
बोझ उत्रियो नि! फिक्र समाप्त भयो र बेफिक्र बादसाह बनेर अमूल्य जीवन अनुभव गरिरहेका
छौ। सबैको शिरमा पवित्रताको लाइटको ताज स्वतः नै चम्किन्छ। बेफिक्रमाथि लाइटको ताज
छ, यदि कुनै फिक्र गर्छौ, कुनै बोझ आफ्नो शिरमाथि उठाउँछौ भने थाहा छ शिरमा के
आइपुग्छ? बोझका टोकरीहरू आइपुग्छन्। सोच त, ताज र टोकरी दुवैलाई अगाडि ल्याऊ, के
राम्रो लाग्छ? टोकरी राम्रो लाग्छ कि लाइटको ताज राम्रो लाग्छ? भन, टिचरहरू के
राम्रो लाग्छ? ताज राम्रो लाग्छ नि! सबै कर्मेन्द्रियहरूमाथि राज्य गर्ने बादसाह
हौ। पवित्रताले लाइटको ताजधारी बनाउँछ, त्यसैले तिम्रो यादगार जड चित्रहरूमा डबल
ताज देखाइएको छ। द्वापरदेखि लिएर बादसाह त धेरै बने, राजाहरू त धेरै बने तर डबल
ताजधारी कोही पनि बनेनन्। बेफिक्र बादसाह स्वराज्य अधिकारी पनि कोही बनेनन् किनकि
पवित्रताको शक्तिले मायाजीत, कर्मेन्द्रिय जीत विजयी बनाइदिन्छ। बेफिक्र बादसाहको
निसानी हो– सदा स्वयं पनि सन्तुष्ट र अरूलाई पनि सन्तुष्ट गर्ने। कहिल्यै पनि कुनै
अप्राप्ति हुँदैन, त्यसैले असन्तुष्ट हुने कुरै छैन। जहाँ अप्राप्ति छ, त्यहाँ
असन्तुष्टि हुन्छ। जहाँ प्राप्ति छ, त्यहाँ सन्तुष्टि हुन्छ। यस्तो बनेका छौ? जाँच
गर– सदा सर्व प्राप्ति स्वरूप, सन्तुष्ट छौ? गायन पनि छ– अप्राप्त छैन कुनै वस्तु
देवताहरूमा होइन तर ब्राह्मणहरूको खजानामा। सन्तुष्टि जीवनको श्रेष्ठ शृङ्गार हो,
श्रेष्ठ भ्यालु हो। सन्तुष्ट आत्माहरू हौ नि!
बापदादा यस्ता
बेफिक्र बादसाह बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ। वाह! मेरो बेफिक्र बादसाह वाह!
वाह! वाह! हौ नि! हात उठाऊ, जो बेफिक्र छौ। बेफिक्र? फिक्र आउँदैन? कहिलेकाहीँ त
आउँछ? आउँदैन? राम्रो छ। बेफिक्र बन्ने विधि धेरै सहज छ, गाह्रो छैन। केवल एउटा
शब्दको मात्राको थोरै भिन्नता छ। त्यो शब्द हो– ‘मेरो’लाई ‘तेरो’मा परिवर्तन गर।
मेरो होइन तेरो, नेपालीमा मेरो पनि लेख र तेरो पनि लेख, के फरक हुन्छ, मे र ते को?
तर धेरै फरक हुन्छ। तिमीहरू सबै मेरो मेरो भन्ने हौ कि तेरो तेरो भन्ने हौ? मेरोलाई
तेरोमा परिवर्तन गर्यौ? गरेका छैनौ भने गरिहाल। मेरो मेरो अर्थात् दास बन्ने, उदास
बन्ने। मायाका दास बन्छौ भने उदास त हुन्छौ नि! उदासी अर्थात् मायाको दासी बन्ने।
तिमीहरू मायाजीत हौ, मायाका दास होइनौ। उदासी आउँछ? कहिलेकाहीँ टेस्ट गरिहाल्छौ,
किनकि ६३ जन्म उदास रहने अभ्यास छ नि! कहिलेकाहीँ त्यो इमर्ज हुन्छ, त्यसैले
बापदादाले के भन्नुभयो? हरेक बच्चा बेफिक्र बादसाह हौ। यदि अहिलेसम्म पनि कतै कुनामा
कुनै फिक्र राखिदिएका छौ भने दिइहाल। आफ्नो साथमा बोझ किन राख्छौ? बोझ राख्ने बानी
परिसक्यो? जब बाबा भन्नुहुन्छ, ‘बोझ मलाई देऊ, तिमी लाइट बन, डबल लाइट।’ डबल लाइट
राम्रो कि बोझ राम्रो? राम्ररी जाँच गर्नु। अमृतवेलामा जब उठ्छौ, जाँच गर्नु– विशेष
वर्तमान समयमा सबकन्सियसमा पनि कुनै बोझ त छैन? सबकन्सियस त के स्वप्नमा पनि बोझको
अनुभव नहोस्। डबल लाइट मन पर्छ नि! विशेष यो होमवर्क दिइरहनुभएको छ, अमृतवेलामा
जाँच गर्नु। जाँच गर्न त आउँछ नि, तर जाँचको साथमा, केवल चेक मात्र होइन चेन्ज पनि
गर्नु। मेरोलाई तेरोमा चेन्ज गरिदिनु। मेरो, तेरो। चेक गर र चेन्ज गर किनकि
बापदादाले बारम्बार सुनाइरहनुभएको छ– समय र स्वयं दुवैलाई हेर। समयको रफ्तार पनि
हेर र स्वयंको रफ्तार पनि हेर। फेरि यो नभन्नु– मलाई त थाहै थिएन, समय यति तीव्र
गतिमा गयो। कति बच्चाहरूले सम्झन्छन्, ‘अहिले केही ढिला पुरुषार्थ छ भने पनि
अन्त्यमा तीव्र बनाइहाल्नेछौँ।’ तर धेरै कालको अभ्यासले अन्त्यमा सहयोगी बनाउँछ।
बादसाह बनेर त हेर। बनेका छौ तर कोही बनेका छन्, कोही बनेका छैनन्। चलिरहेका छन्,
गरिरहेका छन्, सम्पन्न भइहाल्नेछन्...। अब चल्नुछैन, गर्नुछैन, उड्नुछ। अहिले उड्ने
रफ्तार चाहिन्छ। पङ्ख त पाइसकेका छौ नि! उमङ्ग-उत्साह र हिम्मतका पङ्ख सबैले पाएका
छौ र बाबाको वरदान पनि छ, याद छ वरदान? हिम्मतको एक कदम तिम्रो र हजार कदम मद्दत
बाबाको, किनकि बाबाको बच्चाहरूसँग दिलको प्यार छ। प्यारवाला बच्चाहरूको बाबाले
मेहनत हेर्न सक्नुहुन्न। मोहब्बतमा रह्यौ भने मेहनत समाप्त हुन्छ। मेहनत राम्रो
लाग्छ र? थाकिसकेका छौ। ६३ जन्म भौँतारिँदा भौँतारिँदा, मेहनत गर्दागर्दै थाकिसकेका
थियौ र बाबाले आफ्नो मोहब्बतले भौँतारिनुको सट्टा तीन तख्तको मालिक बनाइदिनुभयो।
तीन तख्त जान्दछौ? जान्ने कुरा त के, तख्त निवासी हौ। अकालतख्त निवासी पनि हौ,
बापदादाको दिलतख्तनसिन पनि हौ र भविष्य विश्व राज्यको तख्तनसिन पनि हौ। बापदादा सबै
बच्चाहरूलाई तख्तनसिन देखिरहनुभएको छ। यस्तो परमात्म दिलतख्त सारा कल्पमा अनुभव
गर्न सक्दैनौ। के सम्झन्छौ पाण्डवहरू? बादसाह हौ? हात उठाइरहेका छौ। तख्त नछोड्नु।
देह भानमा आयौ अर्थात् माटोमा आयौ। यो देह माटो हो। तख्तनसिन बन्यौ भने बादसाह बन्यौ।
बापदादा सबै
बच्चाहरूको पुरुषार्थको चार्ट जाँच गर्नुहुन्छ। चारैवटा विषयमा को को कहाँसम्म
पुगेका छन्? बापदादाले हरेक बच्चाको चार्ट जाँच गर्नुभयो, ‘बापदादाले जे जति
खजानाहरू दिनुभएको छ, ती सबै खजानाहरू कहाँसम्म जम्मा गरेका छौ?’ जम्माको खाता जाँच
गर्नुभयो किनकि खजाना बाबाले सबैलाई एकैनास, बराबर दिनुभएको छ, कसैलाई कम, कसैलाई
धेरै दिनुभएको छैन। खजाना जम्मा भएको निसानी के हो? खजानाको त थाहा नै छ नि,
सबैभन्दा ठुलो खजाना हो श्रेष्ठ सङ्कल्पको खजाना। सङ्कल्प पनि खजाना हो, वर्तमान
समय पनि धेरै ठुलो खजाना हो किनकि वर्तमान समयमा जे प्राप्त गर्न चाहन्छौ, जुन
वरदान लिन चाहन्छौ, जति आफूलाई श्रेष्ठ बनाउन चाहन्छौ, त्यति अहिले नै बनाउन सक्छौ।
अहिले नभए कहिल्यै पनि हुँदैन। जसरी सङ्कल्पको खजानालाई व्यर्थ गुमाउनु अर्थात्
आफ्ना प्राप्तिहरूलाई गुमाउनु। यस्तै समयको एक सेकेन्डलाई पनि व्यर्थ गुमायौ, सफल
गरेनौ भने धेरै गुमायौ। साथमा ज्ञानको खजाना, गुणहरूको खजाना, शक्तिहरूको खजाना र
हरेक आत्मा र परमात्माबाट आशीर्वादहरूको खजाना। सबैभन्दा सहज छ पुरुषार्थमा
“आशीर्वाद देऊ र आशीर्वाद लेऊ।” सुख देऊ र सुख लेऊ, न दुःख देऊ न दुःख लेऊ। यस्तो
होइन– दुःख दिएनौ तर लिइहाल्यौ भने पनि दुःखी त हुन्छौ नि! आशीर्वाद देऊ, सुख देऊ र
सुख लेऊ। आशीर्वाद दिन आउँछ? आउँछ? लिन पनि आउँछ? जसलाई आशीर्वाद लिन र दिन आउँछ,
उनले हात उठाऊ। राम्रो, सबैलाई आउँछ? डबल फरेनरहरूलाई पनि आउँछ? बधाई छ, दिन आउँछ,
लिन आउँछ भने बधाई छ। सबैलाई बधाई छ, यदि लिन पनि आउँछ र दिन पनि आउँछ भने अरू के
चाहियो? आशीर्वाद लिँदै जाऊ, आशीर्वाद दिँदै जाऊ, सम्पन्न भइहाल्नेछौ। कसैले सराप
दियो भने के गर्छौ? लिन्छौ? तिमीलाई सराप दिन्छ भने तिमीले के गर्छौ? लिन्छौ? मानौँ
यदि सराप लिइहाल्यौ भने तिमीभित्र स्वच्छता रह्यो? सराप त खराब चिज हो नि! तिमीले
लियौ, आफूभित्र स्वीकार गर्यौ भने तिमीभित्र स्वच्छ त रहेन नि! यदि थोरै पनि
डिफेक्ट रह्यो भने पर्फेक्ट बन्न सक्दैनौ। यदि खराब चिज कसैले दियो भने के तिमीले
लिन्छौ? कुनै धेरै सुन्दर फल होस् तर तिमीलाई बिग्रिएको दियो, फल त राम्रो छ भने
लिन्छौ? लिँदैनौ नि, ‘राम्रो त छ, ठीकैछ, दिएको छ भने लिइहालौँ’– यसो भन्दैनौ।
कहिल्यै पनि कसैले सराप दियो भने तिमी मनमा, भित्र धारण नगर। ‘यो सराप हो’ भन्ने
सम्झ तर सरापलाई भित्र धारण नगर, नत्र डिफेक्ट हुन्छ। अहिले यो वर्ष, अब केही दिन
मात्र बाँकी छ पुरानो वर्षमा तर आफ्नो दिलमा दृढ सङ्कल्प गर, ‘अहिले पनि कसैको सराप
मनमा छ भने निकालिदेऊ र भोलिदेखि आशीर्वाद दिनेछौँ, आशीर्वाद लिनेछौँ।’ मञ्जुर छ?
मन पर्छ? मन पर्छ कि गर्नैपर्छ? मन त पर्छ तर जसले सम्झन्छन्, ‘गर्नैपर्छ, जेसुकै
होस् तर गर्नैपर्छ’, उनले हात उठाऊ। गर्नैपर्छ।
जो स्नेही सहयोगी आज
आएका छौ, तिनीहरूले हात उठाऊ। जो स्नेही सहयोगी आएका छौ, बापदादाले उनीहरूलाई बधाई
दिइरहनुभएको छ किनकि सहयोगी त हौ, स्नेही पनि हौ तर आज एक कदम अगाडि बढेर बाबाको
घरमा वा आफ्नो घरमा आएका छौ, आफ्नो घरमा आएकोमा बधाई छ। राम्रो, जो स्नेही सहयोगी
आएका छौ, तिमीहरूले पनि सम्झन्छौ, ‘आशीर्वाद दिनेछौँ र लिनेछौँ’? सम्झन्छौ? हिम्मत
राख्छौ? जो स्नेही सहयोगी हिम्मत राख्छौ, मद्दत मिल्नेछ, लामो हात उठाऊ। राम्रो।
फेरि तिमीहरू पनि सम्पन्न भइहाल्नेछौ, बधाई छ। राम्रो, जो गडली स्टुडेन्ट रेगुलर
छौ, चाहे ब्राह्मण जीवनमा बापदादासित भेट्न पहिलो पटक आएका छौ तर आफूलाई ब्राह्मण
सम्झन्छौ, रेगुलर स्टुडेन्ट सम्झन्छौ भने, ‘गर्नैपर्छ’ भन्ने सम्झन्छौ भने, उनीहरूले
हात उठाऊ। आशीर्वाद दिनेछौ, आशीर्वाद लिनेछौ? गर्छौ? टिचरहरूले उठाइरहेका छौ? यी
क्याबिनवालाहरूले उठाइरहेका छैनौ। यिनीहरूले सम्झन्छन्, ‘हामी त दिन्छौँ नै।’ अहिले
गर्नैपर्छ। जेसुकै होस्, हिम्मत राख। दृढ सङ्कल्प राख। यदि मानौँ कहिले सरापको
प्रभाव परिहाल्यो भने १० गुणा आशीर्वाद धेरै दिएर त्यसलाई समाप्त गरिदिनु। एउटा
सरापको प्रभावलाई १० गुणा आशीर्वाद दिएर हल्का गरिदिनु, फेरि हिम्मत आइहाल्छ।
नोक्सान त आफूलाई हुन्छ नि, अर्कोले त सराप दिएर गइहाल्यो तर जसले सरापलाई आफूभित्र
राख्यो, दुःखी को हुन्छ? लिने कि दिने? दिने पनि हुन्छ तर लिने धेरै हुन्छ। दिने त
अलबेला हुन्छ।
आज बापदादा आफ्नो
दिलको विशेष आशा सुनाइरहनुभएको छ। बापदादाको सबै बच्चाहरूप्रति, एक-एक बच्चाप्रति
चाहे देश, चाहे विदेशमा छौ, चाहे सहयोगी छौ किनकि सहयोगीहरूलाई पनि परिचय त मिलेको
छ नि! जब परिचय मिलेको छ भने परिचयबाट प्राप्ति त गर्नुपर्छ नि! बापदादाको यही आशा
छ, हरेक बच्चाले आशीर्वाद दिइरहोस्। आशीर्वादको खजाना जति जम्मा गर्न सक्छौ, त्यति
गर्दै जाऊ किनकि यस समयमा जति आशीर्वादहरू सङ्कलन गर्छौ, जम्मा गर्छौ, त्यति नै जब
तिमी पूज्य बन्छौ, आत्माहरूलाई आशीर्वाद दिन सक्छौ। केवल अहिले आशीर्वाद तिमीले
दिनुछैन, द्वापरदेखि लिएर भक्तहरूलाई पनि आशीर्वाद दिनुछ। यति धेरै आशीर्वादको स्टक
जम्मा गर्नुपर्छ। राजा बच्चाहरू हौ नि! बापदादा प्रत्येक बच्चालाई राजा बच्चा
देख्नुहुन्छ। कम होइन।
बापदादाको आशालाई
अन्डरलाइन गर्यौ? जसले गर्यौ, उनले हात उठाऊ, गर्यौ। राम्रो। बापदादाले ६ महिनाको
होमवर्क पनि दिनुभएको छ, याद छ? टिचरहरूलाई याद छ? तर यो दृढ सङ्कल्पको रिजल्ट एक
महिनाको हेर्नेछु किनकि नयाँ वर्ष त चाँडै सुरु हुँदैछ। ६ महिनाको होमवर्क आफ्नो
हो, यो एक महिना दृढ सङ्कल्पको रिजल्ट हेर्नेछु। ठीक छ नि? टिचरहरू एक महिना ठीक छ?
पाण्डवहरू ठीक छ? राम्रो। जो पहिलो पटक मधुवनमा आइपुगेका छौ, उनीहरूले हात उठाऊ।
धेरै राम्रो। हेर, बापदादालाई सधैँ नयाँ बच्चाहरू धेरै प्रिय लाग्छ। तर नयाँ
बच्चाहरू, जसरी वृक्ष हुन्छ नि, त्यसमा जुन साना साना पातहरू निस्कन्छन्, ती
चराहरूलाई धेरै प्रिय लाग्छ, त्यस्तै नयाँ नयाँ जो बच्चाहरू छौ, मायालाई पनि नयाँ
बच्चाहरू धेरै प्रिय लाग्छ। त्यसैले हरेक जो नयाँ छौ, हरेक दिन आफ्नो नवीनतालाई
जाँच गर्नु, ‘आजको दिन आफूमा के नवीनता ल्यायौ? कुन विशेष गुण, कुन शक्ति आफूमा
विशेष धारण गर्यौ?’ जाँच गरिरह्यौ, स्वयंलाई परिपक्व बनाइरह्यौ भने सुरक्षित रहनेछौ।
अमर रहनेछौ। अमर रहनु, अमर पद पाउनु नै छ। अच्छा!
चारैतिरका बेफिक्र
बादसाहहरूलाई, सदा रूहानी फखुरमा रहने श्रेष्ठ आत्माहरूलाई, सदा प्राप्त भएका
खजानाहरूलाई जम्मा खातामा बढाउने तीव्र पुरुषार्थी आत्माहरूलाई, सदा एकै समयमा तीनै
प्रकारका सेवा गर्ने श्रेष्ठ सेवाधारी बच्चाहरूलाई बापदादाको यादप्यार,
पदम-पदम-पदमगुणा यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
सर्व
शक्तिहरूलाई अर्डर अनुसार आफ्नो सहयोगी बनाउने प्रकृतिजित भव
सबैभन्दा ठुलो दासी
प्रकृति हो। जसले बच्चाहरूले प्रकृतिजित बन्ने वरदान प्राप्त गर्छन्, उनीहरूको
अर्डर अनुसार सर्व शक्तिहरू र प्रकृति रूपी दासीले कार्य गर्छन् अर्थात् समयमा
सहयोग दिन्छन्। तर यदि प्रकृतिजित बन्नुको सट्टा अलबेलापनको निद्रामा वा अल्पकालको
प्राप्तिको नशामा वा व्यर्थ सङ्कल्पहरूको नाचमा मस्त भएर आफ्नो समय गुमाउँछन् भने
शक्तिहरूले अर्डरमा कार्य गर्न सक्दैनन्, त्यसैले जाँच गर, ‘पहिले मुख्य सङ्कल्प
शक्ति, निर्णय शक्ति र संस्कारको शक्ति तीनैवटा अर्डरमा छन्?’
स्लोगन:–
बापदादाको गुण
गाइरह्यौ भने स्वयं पनि गुणमूर्त बन्नेछौ।