06.07.25    Avyakt Bapdada     Nepali Murli    18.01.2006     Om Shanti     Madhuban


“सङ्कल्प , समय र बोल ी को बचतको योजनाद्वारा सफलताको समारोह ( से रे मोनी ) मनाऊ , निराश आत्माहरूमा आशाका दीप जगाऊ”


आज स्नेहको दिन हो। चारैतिरका सबै बच्चाहरू स्नेहको सागरमा समाहित भएका छन्। यो स्नेहले सहजयोगी बनाउँछ। स्नेहले अरू सबै आकर्षणबाट पर लैजान्छ। स्नेहको वरदान तिमी सबै बच्चाहरूलाई जन्मैदेखिको वरदान हो। स्नेहमा परिवर्तन गराउने शक्ति छ। त्यसैले आजको दिन चारैतिर दुई प्रकारका बच्चाहरू देखेँ। लभ्ली बच्चाहरू त सबै छन् तर एकथरी छन् लभ्ली बच्चाहरू, अर्का छन् लवलीन बच्चाहरू। लवलीन बच्चाहरू हरेक सङ्कल्प, हरेक श्वासमा, हरेक बोली, हरेक कर्ममा स्वत: नै बाबासमान सहज रहन्छन्, किन? बच्चाहरूलाई बाबाले समर्थ भवको वरदान दिनुभएको छ। आजको दिनलाई स्मृति सो समर्थ दिवस भन्छौ, किन? बाबाले आजको दिन स्वयंलाई ब्याकबोन (मुख्य आधार) बनाउनुभयो र लवलीन बच्चाहरूलाई विश्वको स्टेजमा प्रत्यक्ष गर्नुभयो। व्यक्तमा बच्चाहरूलाई प्रत्यक्ष गर्नुभयो र स्वयं अव्यक्त रूपमा साथी बन्नुभयो।

आजको यो स्मृति सो समर्थ दिवसमा बापदादाले बच्चाहरूलाई बालक सो मालिक बनाएर सर्वशक्तिमान बाबालाई मास्टर सर्वशक्तिमान बनेर प्रत्यक्ष गर्ने कार्य दिनुभयो र बाबा देखेर खुसी हुनुहुन्छ– यथायोग्य तथा यथाशक्ति सबै बच्चाहरू बाबालाई प्रत्यक्ष गर्ने अर्थात् विश्वकल्याण गरी विश्व परिवर्तन गर्ने कार्यमा लागेका छन्। बाबाद्वारा सर्वशक्तिहरूको जुन वर्सा मिलेको छ, त्यो स्वप्रति र विश्वका आत्माहरूप्रति कार्यमा लगाइरहेका छन्। बापदादाले पनि यस्ता मास्टर सर्वशक्तिमान बाबासमान उमङ्ग-उत्साहमा रहने अलराउन्ड सेवाधारी, निःस्वार्थ सेवाधारी, बेहदका सेवाधारी बच्चाहरूलाई दिलैदेखि पदम पदमगुणा बधाई दिइरहनुभएको छ। बधाई छ, बधाई छ। देशका बच्चाहरू पनि कम छैनन् र विदेशका बच्चाहरू पनि कम छैनन्। बापदादा यस्ता बच्चाहरूको मनै मनले महिमा पनि गर्नुहुन्छ र गीत पनि गाउनुहुन्छ– वाह! बच्चे वाह! तिमीहरू सबै वाह! वाह! बच्चाहरू हौ नि! हात हल्लाइरहेका छन्, धेरै राम्रो। बापदादालाई बच्चाहरूमाथि गर्व छ– सारा कल्पमा यस्ता कुनै पिता हुँदैनन् , जसका हरेक बच्चा स्वराज्य अधिकारी राजा हुन्छन् । तिमीहरू सबै त स्वराज्य अधिकारी राजा हौ नि! प्रजा त होइनौ नि! कतिपय बच्चाहरूले रुहरिहान गर्ने बेलामा भन्छन्– हामी भविष्यमा के बन्छौँ, त्यसको चित्र हामीलाई देखाउनुहोस्। बापदादा के भन्नुहुन्छ? पुराना बच्चाहरूले त भन्छन्– जगदम्बा माँले हरेकलाई चित्र दिनुहुन्थ्यो, त्यसैले हामीलाई पनि चित्र दिनुहोस्। बापदादा भन्नुहुन्छ– हरेक बच्चालाई बाबाले विचित्र दर्पण दिनुभएको छ, त्यो दर्पणमा आफ्नो भविष्यको चित्र देख्न सक्छौ– म को हुँ! थाहा छ, त्यो दर्पण तिमीसँग छ? थाहा छ त्यो कुन दर्पण हो? पहिलो लाइनकालाई त थाहा होला नि! थाहा छ? त्यो दर्पण हो– वर्तमान समयको स्वराज्य स्थितिको दर्पण। वर्तमान समयमा जति स्वराज्य अधिकारी छौ, त्यसै अनुसार विश्वको राज्य अधिकारी बन्नेछौ। अब आफूलाई दर्पणमा हेर– सदा स्वराज्य अधिकारी छौ? वा कहिले अधीन, कहिले अधिकारी बन्छौ? यदि कहिले अधीन, कहिले अधिकारी बन्छौ भने कहिले आँखाले धोका दिन्छ, कहिले मनले धोका दिन्छ, कहिले मुखले धोका दिन्छ, कहिले कानले पनि धोका दिन्छ, व्यर्थ कुरा सुन्ने सोख हुन्छ। यदि कुनै पनि कर्मेन्द्रियले धोका दियो, परवश बनायो भने, यसबाट सिद्ध हुन्छ– बाबाद्वारा जुन सर्व शक्तिहरू वरदानमा मिलेका छन् वा वर्सामा मिलेका छन्, त्यसमा कन्ट्रोलिङ पावर (नियन्त्रण शक्ति) , रुलिङ पावर (शासन गर्ने शक्ति) छैन। त्यसैले सोच– जसले स्वयंमाथि रुल (शासन) गर्न सक्दैनन्, उनीहरूले विश्वमाथि रुल कसरी गर्नेछन्! आफ्नो वर्तमान स्थितिको स्वराज्य अधिकारीको दर्पणमा जाँच गर। दर्पण त सबैलाई मिलेको छ नि? दर्पण मिलेको छ भने हात उठाऊ। दर्पणमा कुनै दाग त लागेको छैन? दर्पण स्पष्ट छ?

बापदादाले हरेक बच्चालाई स्वराज्य अधिकारीको स्वमान दिनुभएको छ। बाबाद्वारा मास्टर सर्वशक्तिमानको टाइटल सबै बच्चाहरूलाई मिलेको छ। मास्टर शक्तिमान होइन, सर्वशक्तिमान। कतिपय बच्चाहरूले रुहरिहानमा यो पनि भन्छन्– बाबा, हजुरले त सर्वशक्तिहरू दिनुभयो तर यी शक्तिहरूले कहिलेकाहीँ समयमा काम गर्दैनन्। रिपोर्ट गर्छन्– समयमा इमर्ज हुँदैनन्, समय बितेपछि इमर्ज हुन्छन्। कारण के हुन्छ? जुन समयमा जुन शक्तिलाई आह्वान गर्छौ, त्यस समयमा जाँच गर– म मालिकपनको सिटमा सेट छु? कोही सिटमा सेट छैन भने सिट नभई गरेको अर्डर कसैले मान्दैन। म स्वराज्य अधिकारी हुँ, मास्टर सर्वशक्तिमान हुँ, बाबाद्वारा वर्सा र वरदानको अधिकारी हुँ, यो सिटमा सेट होऊ अनि अर्डर गर। के गरुँ, कसरी गरुँ, हुँदैन, सिटभन्दा तल बसेर, सिटबाट ओर्लेर अर्डर गरेमा कसरी मान्छ! आजकालको जमानामा पनि यदि कोही प्राइम मिनिस्टर छ, सिटमा छ भने सबैले मान्छन् र सिटबाट ओर्लियो भने कसैले मान्छ? त्यसैले जाँच गर– सिटमा सेट छु? अधिकारी भएर अर्डर गरेको छु? बाबाले हरेक बच्चालाई अथोरिटी दिनुभएको छ, यो परमात्म अथोरिटी हो, कुनै आत्माको अथोरिटी मिलेको छैन, महात्माको अथोरिटी मिलेको छैन, परमात्म अथोरिटी हो, त्यसैले अथोरिटी र अधिकारको स्थितिमा स्थित भएर कुनै पनि शक्तिलाई अर्डर गर, त्यसले हस् हजुर, हस् हजुर भन्नेछ। सर्वशक्तिहरूको अगाडि यो माया, प्रकृति, संस्कार, स्वभाव सबै दासी बन्नेछन्। तिमी मालिकको प्रतीक्षा गर्नेछन्– भन्नेछन् मालिक, कुनै अर्डर गर्नुहोस्!

आज समर्थ दिवस हो नि, त्यसैले बच्चाहरूमा के के सामर्थ्य छन्, त्यो बापदादाले रिभाइज गराइरहनुभएको छ। अन्डरलाइन गराइरहनुभएको छ। समयमा शक्तिहीन किन हुन्छौ? बापदादाले देख्नुभएको छ, मेजोरिटी बच्चाहरूको लिकेज (चुहावट) छ, शक्तिहरू लिकेज हुनाले शक्ति कम हुन्छन् र लिकेज विशेष दुई कुराको छ– ती दुई कुरा हुन्– सङ्कल्प र समय खेर जान्छ। नराम्रो हुँदैन तर व्यर्थ जान्छ, समयमा नराम्रो कार्य गर्दैनौ तर जम्मा पनि गर्दैनौ। केवल हेर्छौ– आज नराम्रो केही भएन तर के राम्रो जम्मा गर्यौ? गुमाएनौ तर कमायौ? दु:ख दिएनौ तर सुख कतिलाई दियौ? अशान्त कसैलाई पारेनौ, शान्तिको भाइब्रेसन कति फैलायौ? शान्तिदूत बनेर वायुमण्डलद्वारा वा मुखद्वारा, भाइब्रेसनद्वारा कतिलाई शान्ति दियौ? किनकि तिमीलाई थाहा छ– यही थोरै समय हो पुरुषोत्तम कल्याणकारी, यो जम्मा गर्ने समय हो। अहिले नभए कहिल्यै हुँदैन, यो हर घडी याद रहोस्। भइहाल्छ, गरिहाल्छु..... अहिले नभए कहिल्यै हुँदैन। ब्रह्माबाबाको यही तीव्र गतिको पुरुषार्थ रह्यो, त्यसैले त नम्बर वन मञ्जिलमा पुग्नुभयो। त्यसैले जुन सामर्थ्यहरू बाबाले दिनुभएको छ, आज समर्थ दिवसमा याद आयो नि! बचतको योजना बनाऊ। सङ्कल्पको बचत, समयको बचत, वाणीको बचत, जुन यथार्थ बोली होइनन्, अयथार्थ व्यर्थ बोलीको बचत।

बापदादा सबै बच्चाहरूलाई सदा अथोरिटीको सिटमा सेट भएको स्वराज्य अधिकारी राजा रूपमा देख्न चाहनुहुन्छ। मन पर्छ? यो रूप मन पर्छ नि! कहिल्यै पनि बापदादाले कुनै पनि बच्चालाई टि.भी.मा हेर्दा, यही रूपमा देखियोस्। बापदादाको नेचुरल टि.भी. छ, स्विच दबाउनु पर्दैन। एकै समयमा चारैतिरको देख्न सक्नुहुन्छ। हरेक बच्चालाई, कुना कुनाकालाई देख्न सक्नुहुन्छ। त्यसैले हुन सक्छ? भोलिदेखि टि.भी. खोल्दा के देखिनेछौ? फरिस्ताको ड्रेसमा, फरिस्ताको ड्रेस हो– चम्किलो लाइटको ड्रेस, यो देहभानको माटोको ड्रेस नलगाउनु। चम्किलो ड्रेस होस्, सफलताको सितारा होस्, बापदादाले हरेकको यस्तो मूर्ति देख्न चाहनुहुन्छ। मन पर्छ नि! माटोको ड्रेस लगायौ भने माटोकै हुन्छौ नि! जसरी बाबा अशरीरी हुनुहुन्छ, ब्रह्माबाबा चम्किलो ड्रेसमा हुनुहुन्छ, फरिस्ता हुनुहुन्छ। त्यसैले फलो फादर। स्थुलमा हेर, तिम्रो कपडामा माटो लाग्यो, दाग लाग्यो भने के गर्छौ? फेर्छौ नि! यस्तै जाँच गर– सदा चम्किलो फरिस्ताको ड्रेस छ? जुन बाबालाई गर्व छ– हरेक बच्चा राजा बच्चा हो, त्यही स्वरूपमा रहने गर। राजा बनेर रहने गर। अनि यो माया तिम्रो दासी बन्नेछ र बिदा लिन आउनेछ, आधा कल्पको लागि बिदा लिन आउनेछ, वार गर्नेछैन। बापदादा सदा भन्नुहुन्छ– बाबामाथि बलिहार जानेहरूले कहिल्यै हार्न सक्दैनन्। यदि हार भयो भने बलिहार छैनन्।

अहिले तिमीहरू सबैको मिटिङ हुनेवाला छ नि, मिटिङको डेट फिक्स हुन्छ नि। त्यसैले यस पटक केवल बापदादाले सेवाको प्लानको मिटिङ देख्न चाहनुहुन्न, सेवाको प्लान बनाऊ तर मिटिङमा सफलताको सेरेमोनीको प्लान बनाऊ। धेरै सेरेमोनी गर्यौ, अब सफलताको सेरेमोनीको डेट फिक्स गर। सोच्छन्– सबै कसरी होलान्! बापदादा भन्नुहुन्छ– कम्तीमा १०८ रत्नले त सफलतामूर्तको सेरेमोनी मनाऊन्। एक्ज्याम्पल बनुन्। यो हुन सक्छ? भन, पहिलो लाइनकाहरू बोल, हुन सक्छ? जवाफ दिने हिम्मत राख्दैनौ। सोच्छौ– थाहा छैन, हुन्छौँ कि हुँदैनौँ? हिम्मतले सबै कुरा हुन सक्छ। दादीले बताऊन्– १०८ सफलतामूर्त बन्न सक्छन्? (हजुर, अवश्य बन्न सक्छन्, सफलताको सेरेमोनी हुन सक्छ) हेर, दादीमा हिम्मत छ। तिमीहरू सबैको तर्फबाट हिम्मत राखिरहनुभएको छ। त्यसैले सहयोगी बन्नु। त्यसैले यो जुन मिटिङ हुन्छ नि, त्यसमा बापदादाले रिपोर्ट लिनुहुनेछ। पाण्डवहरूले बताऊ न, किन चुप छौ? चुप किन छौ? यो हिम्मत किन राख्दैनौ? गरेर देखाउँछौ? यस्तै हो ? राम्रो छ, हिम्मत त राख्न सक्छौ नि? जसले सम्झन्छौ– हामीले त हिम्मत राखेर गरेर देखाउँछौँ, उनीहरूले हात उठाऊ। गरेर देखाउँछौ? कुनै संस्कार रहनेछैन? कुनै कमजोरी रहनेछैन? अच्छा, मधुबनवालाहरूले पनि हात उठाइरहेका छन्। वाह! बधाई छ, बधाई छ। अच्छा, १०८ त फेरि सहजै हुनेछ। यति धेरैले हात उठायौ भने १०८ के ठुलो कुरा हो। डबल फरेनरहरूले के गर्नेछौ? हो, दादी जानकीले सुनिरहनुभएको छ, उहाँलाई उमङ्ग आइरहेको छ– मैले भनुँ। फरेनको माला पनि हेरिनेछ, ठीक छ? हात उठाऊ, ठीक छ? अच्छा, आज यी (डबल फरेनर) कति बसेका छन्? (२००) त्यसबाट १०८ त तयार हुन्छन् नि! ठीक छ नि! यसमा ‘पहिला म’ भन्नु। यसमा अर्कोलाई नहेर्नु, ‘पहिला म’। अरू म म नभन्नु, यसमा ‘म’ अवश्य भन्नु। बापदादाले अरू पनि काम दिनुहुन्छ।

आज समर्थ दिवस हो नि, त्यसैले सामर्थ्य छ। बापदादा एक विचित्र दीपावली मनाउन चाहनुहुन्छ। तिमीले त कैयौँ पटक दीपावली मनायौ तर बापदादा विचित्र दीपावली मनाउन चाहनुहुन्छ, सुनाऊँ? अच्छा। वर्तमान समयलाई त देखिरहेका छौ, दिनप्रतिदिन चारैतिर मनुष्य आत्माहरूमा निराशा धेरै बढिरहेको छ। त्यसैले चाहे मनसा सेवा गर, चाहे वाचा गर, चाहे सम्बन्ध-सम्पर्कको गर, तर बापदादा निराश मानिसहरूभित्र आशाको दीप जगाउन चाहनुहुन्छ। चारैतिर मनुष्य आत्माहरूको मनमा आशाका दीपकहरू जगमगाऊन्। बापदादा यो आशाका दीपकहरूको दीपावली देख्न चाहनुहुन्छ। हुन सक्छ? वायुमण्डलमा कम्तीमा यो आशाको दीपक जाग्यो भने अब विश्वपरिवर्तन भइ नै हाल्छ, गोल्डेन बिहानी आइ नै हाल्छ। यो निराशा खतम होस्– केही हुनेछैन, केही हुनेछैन। आशाका दीपहरू जगमगाऊन्। गर्न सक्छौ नि, यो त सहज छ नि वा मुस्किल छ? सहज छ? जसले गर्छौ, उनले हात उठाऊ। गर्छौ? यति सबैले दीपक जगायौ भने त दीपमाला हुन्छ नि! भाइब्रेसन यति पावरफुल बनाऊ, मानौँ सामुन्ने पुग्न सक्दैनौ भने पनि लाइट हाउस, माइट हाउस बनेर टाढासम्म भाइब्रेसन फैलाऊ। जब साइन्सले लाइट हाउसद्वारा टाढासम्म लाइट दिन सक्छ भने के तिमीले भाइब्रेसन फैलाउन सक्दैनौ! केवल दृढ सङ्कल्प गर– गर्नु नै छ। बिजी होऊ। मनलाई बिजी राख्यौ भने स्वयंलाई पनि फाइदा र आत्माहरूलाई पनि फाइदा। हिँड्दा डुल्दा यही वृत्तिमा राख– विश्वको कल्याण गर्नु नै छ। यो वृत्तिले आशाको वायुमण्डल फैलाउनेछ किनकि समय अचानक आउनेवाला छ। यस्तो नहोस्– तिम्रा भाइ-बहिनीहरूले गुनासो गरून्– तपाईँले हामीलाई किन बताउनुभएन! कतिपय बच्चाहरूले सोच्छन्– अन्त्यसम्ममा गरिहाल्छु तर अन्त्यसम्ममा गर्यौ भने पनि तिमीलाई गुनासो गर्नेछन्। यही गुनासो गर्नेछन्– हामीलाई केही समय पहिला बताएको भए, केही त बनाउँथ्यौँ। त्यसैले हरेक सङ्कल्पमा बाबाको यादबाट लाइट लिँदै जाऊ, लाइट हाउस भएर लाइट दिँदै जाऊ। समय नगुमाऊ, बापदादालाई बच्चाहरूले धेरै युद्ध गरेको देख्दा राम्रो लाग्दैन। मास्टर सर्वशक्तिमान अनि युद्ध गरिरहेको छ! त्यसैले राजा बन, सफलतामूर्त बन, निराशालाई खतम गरेर आशाका दीप जगाऊ। अच्छा।

सबैतिरका बच्चाहरूका स्नेहयुक्त यादका मालाहरू त धेरै पुगिसकेका छन्। बापदादाले याद पठाउनेहरूलाई सम्मुख देख्दै यादको रेस्पोन्स, दिलको आशीर्वाद, दिलको प्यार दिइरहनुभएको छ। अच्छा।

जो पहिलो पटक आएका छौ, उनीहरू उठ। राम्रो छ, हरेक टर्नमा देखिएको छ– मेजोरिटी नयाँ हुन्छन्। त्यसैले सेवा बढाएका छौ नि, यति धेरैलाई सन्देश दिएका छौ। जसरी तिमीहरूलाई सन्देश मिल्यो, त्यसरी नै तिमीले पनि अरू डबल सन्देश देऊ। योग्य बनाऊ। राम्रो छ। हरेक सब्जेक्टमा अरू उमङ्ग-उत्साहले अगाडि बढ। राम्रो छ।

अच्छा– अब लक्ष्य राख, हिँड्दा डुल्दा चाहे मनसा, चाहे वाचा, चाहे कर्मणा सेवा बिना पनि रहनु छैन र याद बिना पनि रहनुछैन। याद र सेवा सदा सँगसँगै हुन्छ नै। यति आफूलाई बिजी राख, यादमा पनि, सेवामा पनि। खाली रहेमा मायालाई आउने चान्स मिल्छ। यति बिजी रहने गर, जसबाट टाढैबाट मायाले आउने हिम्मत नराखोस्। अनि जुन बाबासमान बन्ने लक्ष्य राखेका छौ, त्यो सहज हुनेछ। मेहनत गर्नुपर्ने छैन, स्नेही स्वरूप रहनेछौ। अच्छा!

बापदादाको नयनमा समाएका नुरे रत्न बच्चाहरू, बाबाको सर्व प्रोपर्टीका अधिकारी श्रेष्ठ आत्मा बच्चाहरू, सदा उमङ्ग-उत्साहको पखेटाले उड्ने र उडाउने महावीर महावीरनी बच्चाहरू, एक बाबा नै संसार हुनुहुन्छ, यो लगनमा मग्न रहने लवलीन बच्चाहरूलाई, लवलीन बन्नु अर्थात् बाबासमान सहज बन्नु। त्यसैले लभ्ली र लवलीन दुवै बच्चाहरूलाई धेरै धेरै पदम पदमगुणा यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
आफ्नो ह र कर्म वा विशेषताद्वारा दाता तिर इसारा गर्ने सच्चा सेवाधारी भव

सच्चा सेवाधारीले कुनै पनि आत्मालाई सहयोग दिएर स्वयंमा अल्झाउँदैनन्। उनीहरूले सबैको कनेक्सन बाबासँग गराउँछन्। उनीहरूको हरेक बोली बाबाको स्मृति दिलाउनेवाला हुनेछ। उनीहरूको हरेक कर्मबाट बाबालाई देखिनेछ। उनीहरूलाई यो सङ्कल्प पनि आउनेछैन– मेरो विशेषताको कारण यिनीहरू मेरा सहयोगी हुन्। यदि तिमीलाई देखे, बाबालाई देखेनन् भने यो सेवा गरेनौ, बाबालाई भुलायौ। सच्चा सेवाधारीले सत्यतिर सबैको सम्बन्ध जोड्छन्, स्वयंसँग होइन।

स्लोगन:–
कुनै पनि प्रकारको अर्जी (निवेदन) हाल्नुको सट्टा सदा राजी रहने गर।