06.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– जीवनछँदै यस शरीरबाट अलग होऊ, अशरीरी बनेर बाबालाई याद गर, यसलाई नै डेड साइलेन्स भनिन्छ।”

प्रश्न:–
तिमी बच्चाहरूले अहिले आफ्नो फाउन्डेसन बलियो बनाइरहेका छौ, त्यो बल कुन आधारबाट आउँछ?

उत्तर:–
पवित्रताको आधारबाट। जति जति आत्मा पवित्र अर्थात् सक्कली सुन बन्दै जान्छ, त्यति नै बल आउँछ। बाबाले अहिले स्वराज्यको फाउन्डेसन यति बलियो बनाउनुहुन्छ, जसलाई आधाकल्पसम्म कसैले हल्लाउन सक्दैन। तिम्रो राज्यलाई कसैले खोस्न सक्दैन।

गीत:–
ओम् नम: शिवाय...

ओम् शान्ति ।
बाबा भन्नुहुन्छ– मलाई याद गर अर्थात् अशरीरी बन अर्थात् डेड साइलेन्स। जुनबेला मानिसहरू मर्छन्, त्यतिबेला डेड साइलेन्स हुन्छ। भन्छन्, यिनको शरीर शान्त भयो। शरीर र आत्मा छुट्टियो, खतम भयो। यहाँ तिमी बच्चाहरू बस्दा पनि यसलाई डेड साइलेन्स भनिन्छ। जीवन छँदै अशरीरी बन। आफूलाई आत्मा सम्झ, बाबालाई याद गर। तिमीलाई थाहा छ, यही सच्चा शान्ति हो। उनीहरूले शान्ति के हो यो जान्दैनन्। डेड साइलेन्सको अर्थ त जान्दै जान्दैनन्। डेड साइलेन्स किन भन्छन्? याद दिलाउँछन्– ऊ मर्यो, शान्त भयो। तिमी पनि मर, तिमी पनि शान्त होऊ। ठुला ठुला मानिसहरू गान्धीको समाधिमा जान्छन्। त्यहाँ गएर भन्छन्, डेड साइलेन्स अर्थात् गहन शान्तिमा बस। तिमीलाई पनि थाहा छ, हामी आत्मा शान्तस्वरूप हौँ, दुनियाँलाई यो कुरा थाहै छैन। हामी आफ्नो स्वरूपमा टिक्छौँ, हाम्रो स्वधर्म शान्ति हो। हाम्रो आत्मा शान्तस्वरूप हो। उनीहरूलाई यो कुरा थाहै छैन, त्यसैले शान्ति माग्छन्। आत्माले भन्छ– शान्ति चाहियो। आत्माले आफ्नो स्वधर्मलाई भुलेको छ। वास्तवमा आत्माको स्वधर्म नै शान्ति हो। फेरि आत्माले किन भन्छ– यहाँ अशान्ति छ। अशरीरी भएर बस। उनीहरूले त हठले प्राणायाम गर्छन् अनि मरेजस्तै हुन्छन्, त्यसलाई बनावटी शान्ति भनिन्छ। तिमी बच्चाहरूलाई थाहा छ, हाम्रो त स्वधर्म नै शान्ति हो। तिमी आत्माले स्वराज्य लिइरहेका छौ। आत्मा नै सबैथोक बन्छ। आत्मा वकिल बन्छ। आत्माले भन्छ, मलाई राज्य चाहियो। पहिला पनि हामी आत्माहरूले बाबाबाट राज्य लिएका थियौँ, अहिले फेरि त्यही वर्सा लिन आएका छौँ। मानिसहरू देह अभिमानमा छन्, त्यसैले दुःखमा छन्।

अहिले तिमीहरूले बुझेका छौ, हामी आत्मा हौँ, हामी हाम्रो परमपिता परमात्माबाट स्वराज्य लिन आएका हौँ। तिमी आत्माहरूको राज्य भाग्य हुनुपर्छ। यतिबेला आत्माले स्वराज्य मागेको छ– बेहदको बाबाबाट। श्रीकृष्णको त स्वराज्य थियो, फेरि गुम भयो। अहिले बाबा आएर तिमी आत्माहरूलाई राज्य दिनुहुन्छ, यसलाई राजयोग भनिन्छ। परमपिता परमात्माले राजयोग सिकाउनुहुन्छ। मानिसहरू देह अभिमानी भएको कारण भन्छन्– म फलानो हुँ। “म” देहलाई नै सम्झन्छन्। वास्तवमा “म” “म” आत्माले भन्छ। आत्माले भन्छ, मैले यो चिज लिन्छु। महिलाले पनि भन्छन्, मैले यो चिज लिन्छु। वास्तवमा आत्मा त पुरुष हो। म आत्मा बाबाको बच्चा हुँ। आत्माले भन्छ– बाबा, हामीले हजुरबाट स्वराज्य लिइरहेका छौँ। आत्मालाई स्वराज्य दिनुहुन्छ परमात्माले। हेर, भक्ति र ज्ञानमा कति फरक छ। शिवका मन्दिर पनि हुन्छन्। सबैभन्दा बढी घण्टा पनि शिवका मन्दिरमै बज्छन्। उहाँलाई जगाउँछन्। जगाउन त सबैलाई जगाउँछन्। सबेरै सबेरै ब्यान्ड बाजा बज्छन्। यहाँ बाबाले बच्चाहरूलाई जगाएर देवता बनाउनुहुन्छ। घण्टा आदि बजाउने कुनै कुरा छैन। बाबा भन्नुहुन्छ– तिमीलाई स्वराज्य चाहिन्छ भने पहिला पवित्र बन। लक्ष्य उद्देश्य बुद्धिमा हुन्छ। विद्यार्थीले भन्छन्– हामीले यो म्याट्रिक पास गर्छौँ, फेरि यो गर्छौँ। संन्यासीले चाहन्छन्, हामीलाई शान्ति मिलोस्। एउटा कथा पनि छ नि– रानीको घाँटीमा हार थियो, त्यो हार उनले बाहिर खोज्थिन्। त्यसैले तिनीहरूले पनि शान्तिलाई बाहिर खोज्छन्। तर आत्मा त स्वयं शान्तस्वरूप हो। आत्माले आफ्नो स्वधर्मलाई भुलेर आफूलाई शरीर सम्झेको छ। बाबाले फेरि स्मृति दिलाउनुहुन्छ– तिमी आत्मा हौ। तिमी आत्माले ८४ जन्म भोगेका छौ। यी कुराहरू अरू कसैले बुझाउन सक्दैन। बाबा भन्नुहुन्छ– तिमीले आफ्ना जन्महरूको विषयमा जानेका छैनौ, मैले बताउँछु। तिमी हौ ब्रह्माकुमार-कुमारीहरू। बाबाले सम्झाउनुभएको छ– पवित्रता विना ज्ञानको धारणा हुन सक्दैन। भन्छन् नि– शेरनीको दुधको लागि सुनको भाँडो चाहिन्छ। यसमा पनि सुनको बर्तन चाहिन्छ। आत्माले बाबालाई याद गरेपछि सुन बन्छ। बाबा पनि सच्चा सुन हुनुहुन्छ। आत्माले बाबालाई याद गरेमा यो ज्ञान आउँछ। तिमी पवित्र सक्कली सुन थियौ– यो ज्ञानको असर कसैलाई हुँदैन। बाबा भन्नुहुन्छ– मैले तिमी आत्मालाई स्वराज्य दिन्छु। यो स्वराज्य पुरानो सृष्टिको अन्त्य र नयाँ सृष्टिको सुरुवात भएपछि मात्रै मिल्छ। मानिसहरूको हदको राज्य भाग्य हुन्छ। बेहदको राज्य भाग्य ती मानिसहरूलाई कहिल्यै मिल्दैन। विश्वका मालिक बन्न सक्दैनन्। तिमी विश्वको मालिक बन्छौ, बाबाबाट। भगवान बाबालाई नै तिम्रो ८४ जन्मको विषयमा थाहा छ। देवताहरूले आफ्ना जन्महरूलाई जान्न सक्दैनन्। जाने भने यसैमा दुःखी हुन्छन्, के हामी सिँढी ओर्लंदै जान्छौँ र! राज्य भाग्यको सुख नै गुम हुन्छ। यहाँ तिमीलाई थाहा छ। तिमीहरूले जान्दछौ, हामी आत्मा हौँ, यसमा संशयको कुरा छैन। एक अर्काबाट आत्माको विषयमा सुनेमा वृद्धि हुँदै जान्छ। यो दैवी धर्मको वृक्ष स्थापना भइरहेको छ। तिमीले बुझ्न सक्छौ– यो हाम्रो ब्राह्मण कुलको आत्मा आएको रहेछ। यसले पूरा भक्ति गरेको रहेछ फेरि बाबाबाट वर्सा लिन आएको छ। ज्ञान पूरा हुन्छ, अनि भक्ति सुरु हुन्छ। यो कुरा कसैलाई थाहै छैन। घर पनि नयाँ र पुरानो हुन्छ नि! कच्ची घरहरूको टिकाउपन पक्कै पनि कम हुन्छ। आजकाल धेरै पक्की घर बनाउँछन्। भूकम्प आदि आए पनि घर नढलोस्, नोक्सान नहोस् भनेर धेरै बलियो बनाउँछन्। जग बढी पक्की बनाउँछन्। अहिले स्वराज्यको जग बनिरहेको छ। आत्मालाई २१ जन्मको लागि राज्य मिल्छ। यहाँको राज्य त केही होइन। आज राज्य भाग्य छ, भोलि कसैले आक्रमण गरेछ भने खतम हुन्छ। कसैको जग छैन। मानिसको पनि जग छैन, आज छ भोलि मरिहाल्छ। अहिले बाबाले तिम्रो जग पक्का बलियो बनाइदिनुहुन्छ, जसबाट २१ जन्म तिमीले राज्य भाग्य पाउँछौ। तिम्रो राज्य भाग्यको पक्का जग बस्छ। तिमीलाई धरतीको कुनै पनि तुफानले विचलित बनाउन सक्दैन। गीतामा पनि भन्छन्, बाबाले हामीलाई स्वराज्य दिनुहुन्छ, जसलाई कसैले लिन सक्दैन, ढाल्न सक्दैन। यस्तो बादसाही दिनुहुन्छ, जहाँ अलिकति पनि दुःखको कुरा हुँदैन। आत्मालाई कति खुसी हुनुपर्छ। यसमा त निश्चय छ नि! निश्चय छैन भने उनीहरू स्वर्गमा जानलायक छैनन्। यति धेरै ब्रह्माकुमार-कुमारीहरू वृद्धि भइरहेका छन्।

तिमीलाई थाहा छ– ज्ञान सागर, पतितपावनले हामीलाई पढाएर राजयोग सिकाइरहनुभएको छ। उनीहरूले फेरि भनिदिन्छन्, श्रीकृष्णले सिकाए। यो कसरी जान्दछन्, शिवबाबाले मनुष्य तनमा आएर सिकाउनुभयो। भारतवर्ष नै पवित्र थियो, अहिले अपवित्र पतित छ। देवताहरूको अगाडि गएर उनीहरूको महिमा गाउँछन्। शिवको अगाडि कहिल्यै यस्तो महिमा गाउँदैनन्– हजुर सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण हुनुहुन्छ। शिवको महिमा भिन्नै छ। उहाँ ज्ञानको सागर, पतितपावन, सबैको सद्गतिदाता, सबैको झोली भर्ने भोलानाथ हुनुहुन्छ। यस्ता बाबालाई सबैले बिर्सेका छन्। परमपिता परमात्मालाई बोलाउँछन्– आएर दुःख हर्नुहोस्, सुख दिनुहोस्! सुखकर्ता दुःखहर्ता त एक बाबा मात्रै हुनुहुन्छ। श्रेष्ठ मत उहाँको नै छ। त्यो हो श्री श्री भगवानको मत, जसबाट तिमी बच्चाहरू पनि श्रेष्ठ बन्छौ। सरकारले पनि भन्छ, दुनियाँ भ्रष्टाचारी छ। अब श्रेष्ठ कसले बनाउनुहुन्छ, यो कुरा थाहै हुँदैन। सम्झन्छन् साधुहरूले बनाउँछन्, तर उनीहरूले त श्रेष्ठ बनाउन सक्दैनन्। यो त बाबाको नै काम हो नि! पहिला एक राजाको हुकुममा चल्थे। सत्ययुगमा तिम्रा मन्त्री आदि कोही पनि हुँदैनन्। बादसाहमा पनि तागत हुन्छ। मन्त्रीको नाम गायन गरिँदै गरिन्न। तिमीले बुझेका छौ, हामीले विश्वको मालिक बनेर राज्य चलाएका थियौँ। त्यसरी नै गएर चलाउनुछ, जसरी चलाएका थियौँ। अवश्य सत्ययुगमा लक्ष्मीनारायणको राज्य थियो नि! हरेकलाई आआफ्नो राजधानी मिल्छ। श्रीकृष्णको आफ्नो राजधानी हुन्छ। अरू पनि राजाहरू हुन्छन् नि! कम्तीमा ८ त छन् नि, फेरि ८ हुन् वा १०८ हुन्, पछि गएर थाहा हुन्छ। यस्तो होइन, जुन ज्ञान पछाडि दिनुछ त्यो अहिले नै दिनुहुन्छ। जो जीवित रहन्छन्, बाबाले तिनीहरूलाई ज्ञान दिइरहनुहुन्छ। दिनु नै छ। ड्रामामा पहिल्यै निश्चित छ। परमात्माको पार्ट अहिले छ। अहिले यो ज्ञान दिने पार्ट पनि पहिल्यै निश्चित छ।

बाबा भन्नुहुन्छ– पछि गएर तिमीले धेरै कुरा बुझ्नेछौ। बाबाले दिनप्रतिदिन सम्झाइरहनुहुन्छ। तिमीलाई यो पनि थाहा हुन्छ, हामीले त्यहाँ राजधानी कसरी चलाउँछौँ! स्वयंवर कसरी हुन्छ! तिमी ध्यानमा जान्छौ, वैकुण्ठमा गएर देख्छौ पनि। कसरी त्यहाँ सुनका महलहरू बन्छन्। सुन नै सुन हुन्छ। आफूलाई पारसपुरीमा देख्छौ। सुनका इँटाहरूका भवन बनिरहेका हुन्छन्। सम्झन्छौ– केही इँटाहरू लैजाऊँ। फेरि ओर्लन्छौ अनि आफूलाई यहीँ देख्छौ। मीराले पनि ध्यानमा आफूलाई श्रीकृष्णसँग रास गरिरहेको देख्थिन्। तिमी सूक्ष्मवतनमा जान्छौ, त्यहाँ हाड मासु हुँदैन, तिमी फरिस्ता बन्छौ। ब्रह्माको पनि सूक्ष्म शरीर देखिन्छ। यिनी नै फरिस्ता बन्छन्। तिमीले बगैँचा आदि देख्छौ। बाबाले यो सबै साक्षात्कार गराउनुहुन्छ। तिमीले भन्छौ, बाबाले हामीलाई सुबीरस (अमृत) पिलाउनुहुन्छ। अब सूक्ष्मवतनमा त पिलाउन सक्नुहुन्न। वैकुण्ठमा धेरै फस्टक्लास फलफूल हुन्छन्। सूक्ष्मवतनमा त बगैँचा हुँदैन। तिमीले बताउँछौ, बगैँचामा गयौँ अनि त्यहाँ राजकुमार थिए, त्यो त वैकुण्ठ भयो नि! वैकुण्ठको वैभव यहाँ मिल्न सक्दैन। त्यहाँ त फस्टक्लास वैभव हुन्छन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई वैकुण्ठको मालिक बनाउँछु। यहाँ त दुःख नै दुःख छ, यस्तो कुनै मानिस छैन जसले यस्तो भन्दैन– हे भगवान, दुःखबाट छुटाउनुहोस्! दुःखमै याद गर्छन्, श्रीकृष्णका पुजारीले भन्छन् कृष्ण भन, हनुमानका पुजारीले हनुमानको जय भन्छन्... यहाँ बाबा भन्नुहुन्छ, निरन्तर म बाबालाई याद गर। यस्तो याद गर, जसले गर्दा अन्त्यकालमा कसैको स्मृति नआओस्। काशी कलवट खान्थे, त्यसमा गरिएका पापहरूको यस्तो महसुस हुन्छ– मानौँ जन्मजन्मान्तरको सजाय भोगिरहेका छन्। धेरै पाप गरेका छन्। यसलाई भनिन्छ नै पाप आत्माहरूको दुनियाँ। आत्मा पापी छ। आत्माले नै बाबालाई बोलाउँछ– हे परमपिता परमात्मा, हे परमधाम निवासी शिवबाबा! उहाँको असली नाम त एउटै छ। उहाँ हुनुहुन्छ आत्माहरूका पिता। रुद्रसँग सालिग्राम शब्द सुहाउँदैन। शिव र सालिग्राम सुहाउँछ। शिवका माटाका लिङ्ग बनाउँछन् अनि सालिग्राम पनि बनाउँछन्। पतितपावन त उहाँ नै हुनुहुन्छ नि। यहाँ यज्ञ पनि रच्छन्। भारतवर्ष सबैभन्दा उच्च छ, तर देवता धर्मलाई सबैले भुलेका छन्। तिम्रो धर्म आदि सनातन देवीदेवता धर्म हो। त्यो त चलिआउनुपर्छ। हिन्दु कुनै धर्म कहाँ हो र! देवता धर्मका आत्माहरू नै सतो, रजो, तमोमा आउँछन्। तमोमा आएपछि आफूलाई देवता भन्न सक्दैनन्। वास्तवमा हिन्दु त धर्म होइन। त्यसैले सम्झाइन्छ, तिमी पनि देवीदेवता बन्न सक्छौ, आएर बुझ। अनि भनिदिन्छन्, फुर्सत कहाँ छ र! बाबा भन्नुहुन्छ– मैले तिमीलाई आफ्नो बनाउँछु– शान्ति र सुखको वर्सा दिनको लागि। कुनै परिवार आपसमा सँगसँगै रहन्छन्, धेरै प्यारले चल्छन्। सबैको कमाइ जम्मा हुन्छ। कुनै होहल्ला हुँदैन, तर यसलाई त स्वर्ग भनिँदैन नि! सत्ययुगमा घरमा एउटा पनि बिरामी, दुःखी हुँदैनन्। नाम नै हो स्वर्ग। त्यहाँ सबै सुखी हुन्छन्। बाबाबाट तिमी सदा सुखको वर्सा लिन आएका छौ। तिमीलाई ज्ञान मिलेको छ। भन्छन्, बाबा हजुर पतितपावन हुनुहुन्छ। हामीलाई पनि पावन बनाउनुहोस्! बाबासँगै तिमी बच्चाहरू पनि ईश्वरीय सेवाधारी हौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) स्वराज्य लिनको लागि अहिलेदेखि नै पवित्रताको जग बलियो बनाउनुछ। जसरी बाबा पतितपावन हुनुहुन्छ, त्यसरी नै बाबासमान पावन बन्नुछ।

२) आफ्नो शान्त स्वधर्ममा स्थित रहनुछ। जति सकिन्छ देह अभिमान छोडेर देहीअभिमानी रहनुछ। डेड साइलेन्स अर्थात् अशरीरी रहने अभ्यास गर्नुछ।

वरदान:–
अन्य आत्माहरूको सेवाको साथसाथै स्वयंको पनि सेवा गर्ने सफलतामूर्त भव

सेवामा सफलतामूर्त बन्नुछ भने अरूको सेवाको साथसाथै आफ्नो पनि सेवा गर। कुनै पनि सेवामा जाँदा यस्तो सम्झ– सेवाको साथसाथै आफ्ना पुराना संस्कारहरूको पनि अन्तिम संस्कार गर्छौँ, जति संस्कारहरूको संस्कार गर्छौ, त्यति नै सत्कार मिल्छ। सबै आत्माहरूले तिम्रो सामुन्ने मनैदेखि नमस्कार गर्नेछन्। तर बाहिरबाट नमस्कार गर्ने नबनाउनु, मानसिक नमस्कार गर्ने बनाउनु।

स्लोगन:–
बेहदको सेवाको लक्ष्य राख्यौ भने हदका बन्धन सबै टुट्नेछन्।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

तिम्रो याद ज्वालारूप नबनेसम्म यो विनाशको ज्वालाले पनि सम्पूर्ण ज्वालारूप लिँदैन। यो विनाश ज्वाला भड्किन्छ, फेरि शीतल हुन्छ किनकि ज्वालामूर्त र प्रेरक आधारमूर्त आत्माहरू अहिलेसम्म स्वयं नै सदा ज्वालारूप बनेका छैनन्। अब ज्वालारूप बन्ने दृढ सङ्कल्प लेऊ र सङ्गठित रूपमा मन-बुद्धिको एकाग्रताद्वारा चारैतिर पावरफुल योगको भाइब्रेसन फैलाऊ।