06.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– जति समय
मिल्छ एकान्तमा गएर यादको यात्रा गर , तिमी लक्ष्यमा पु गिसकेपछि यो यात्रा पूरा
हुन्छ।”
प्रश्न:–
सङ्गममा बाबाले
आफ्ना बच्चाहरूमा कुन यस्तो गुण भरिदिनुहुन्छ जुन आधाकल्पसम्म चलिरहन्छ?
उत्तर:–
बाबा
भन्नुहुन्छ– जसरी म अति स्वीट (मीठो) छु, त्यसैगरी बच्चाहरूलाई पनि स्वीट बनाइदिन्छु।
देवताहरू धेरै स्वीट हुन्छन्। तिमी बच्चाहरूले अहिले स्वीट बन्ने पुरुषार्थ गरिरहेका
छौ। जसले धेरैको कल्याण गर्छन्, जसमा कुनै सैतानी सङ्कल्प छैनन्, उनीहरू नै स्वीट
हुन्छन्। उनीहरूलाई नै उच्च पद प्राप्त हुन्छ। तिनीहरूको नै फेरि पूजा हुन्छ।
ओम् शान्ति ।
बाबा बसेर
सम्झाउनुहुन्छ– यो शरीरको मालिक हो आत्मा। यो पहिला बुझ्नुपर्छ किनकि अहिले
बच्चाहरूलाई ज्ञान मिलेको छ। पहिला सुरुमा त बुझ्नुछ– म आत्मा हुँ। शरीरबाट आत्माले
काम लिन्छ, पार्ट खेल्छ। यस्ता यस्ता विचार अरू कुनै मानिसलाई आउँदैनन् किनकि देह
अभिमानमा हुन्छन्। यहाँ यो सङ्कल्पमा बसाइन्छ– म आत्मा हुँ। यो मेरो शरीर हो। म
आत्मा परमपिता परमात्माको सन्तान हुँ। यही याद घरी घरी बिर्सिन्छ। यो कुरा पहिला
पूरा याद गर्नुपर्छ। यात्रामा जाँदा भन्छन्– हिँड्दै जाऊ। तिमी पनि यादको यात्रामा
गइरहनुछ, अर्थात् याद गर्नुछ। याद गर्दैनौ, अर्थात् यात्रामा चल्दैनौ। देह अभिमान
आउँछ। देह अभिमानबाट केही न केही विकर्म बन्छ। यस्तो पनि होइन– मानिसहरूले सदैव
विकर्म गर्छन्। फेरि पनि कमाइ त बन्द हुन्छ नि! त्यसैले जति हुन सक्छ, यादको
यात्रामा अल्छी गर्नुहुँदैन। एकान्तमा बसेर आफैले विचार सागर मन्थन गरेर प्वाइन्टहरू
निकाल्नुपर्छ। कति समय बाबाको यादमा रहिन्छ, मीठो चीजको याद आउँछ नि।
बच्चाहरूलाई सम्झाइएको
छ, यस समयमा सबै मनुष्य मात्रले एक अर्कालाई नोक्सान नै पारिदिन्छन्। टिचरको महिमा
केवल बाबाले गर्नुहुन्छ, उनीहरूमा कुनै कुनै टिचर खराब हुन्छन्, नत्र टिचर अर्थात्
पढाउनेवाला, आचरण सिकाउनेवाला। जो धार्मिक मनका, राम्रो स्वभावका हुन्छन्, उनीहरूको
चालचलन पनि राम्रो हुन्छ। पिताले मदिरा आदि पिउँछन् भने बच्चाहरूलाई पनि त्यो
सङ्गतको प्रभाव पर्छ। यसलाई खराब सङ्गत भनिन्छ किनकि रावण राज्य हो नि। रामराज्य
अवश्य थियो तर त्यो कस्तो थियो, कसरी स्थापना भयो, यी आश्चर्यजनक मीठा कुरा तिमी
बच्चाहरूलाई मात्र थाहा छ। स्वीट, स्वीटर, स्वीटेस्ट भनिन्छ नि। बाबाको यादमा रहेर
नै तिमी पवित्र बन्छौ र पवित्र बनाउँछौ। बाबा नयाँ सृष्टिमा आउनुहुन्न। सृष्टिमा
मनुष्य, जनावर, खेतीपाती आदि सबै हुन्छन्। मनुष्यको लागि सबै कुरा चाहिन्छ नि।
शास्त्रहरूमा प्रलयको वृत्तान्त पनि गलत छ। प्रलय हुँदै हुँदैन। यो सृष्टिको चक्र
घुमिरहन्छ। बच्चाहरूले आदिदेखि अन्त्यसम्म ख्यालमा राख्नुछ। मानिसहरूलाई त अनेक
प्रकारका चित्र याद आउँछन्। मेला पर्व याद आउँछन्। ती सबै हदका हुन्, तिम्रो बेहदको
याद, बेहदको खुसी, बेहदको धन हो। बेहदका बाबा हुनुहुन्छ नि। हदका पिताबाट सबै हदको
प्राप्ति मिल्छ। बेहदका बाबाबाट बेहदको सुख मिल्छ। सुख धनबाट नै हुन्छ। त्यहाँ त
अपार धन हुन्छ। त्यहाँ सबै कुरा सतोप्रधान हुन्छ । तिम्रो बुद्धिमा छ, हामी
सतोप्रधान थियौँ, फेरि बन्नुछ। यो पनि तिमीले अहिले जानेका छौ, तिमीहरूमा पनि
नम्बरवार छौ– स्वीट, स्वीटर, स्वीटेस्ट छौ नि। बाबाभन्दा पनि स्वीट हुनेछन्।
उनीहरूले नै उच्च पद पाउँछन्। स्वीटेस्ट उनीहरू हुन्, जसले धेरैको कल्याण गर्छन्।
बाबा पनि स्वीटेस्ट हुनुहुन्छ नि, त्यसैले त सबैले उहाँलाई याद गर्छन्। कुनै मह वा
चिनीलाई नै स्वीटेस्ट भनिँदैन। यो मनुष्यको चालचलनलाई भनिन्छ। भनिन्छ नि– यो स्वीट
बच्चा हो। सत्ययुगमा कुनै पनि सैतानी कुरा हुँदैन। जसले यति उच्च पद पाउँछन्, तिनले
अवश्य यहाँ पुरुषार्थ गरेका हुन्छन्।
तिमीले अहिले नयाँ
दुनियाँलाई बुझेका छौ। तिम्रो लागि त मानौँ भोलि नयाँ दुनियाँ सुखधाम हुन्छ।
मानिसहरूलाई थाहै छैन– शान्ति कहिले थियो। भन्छन्– विश्वमा शान्ति होस्। तिमी
बच्चाहरूलाई थाहा छ– विश्वमा शान्ति थियो, जुन अहिले फेरि स्थापना गरिरहेका छौ। अब
यो सबैलाई कसरी सम्झाउने? यस्ता प्रकारका प्वाइन्टहरू निकाल्नुपर्छ, जसको धेरै चाहना
छ मानिसहरूलाई। विश्वमा शान्ति होस् भनेर यसको लागि चिच्याइरहन्छन् किनकि यहाँ धेरै
अशान्ति छ। यो लक्ष्मी-नारायणको चित्र सामुन्ने राखिदिनुछ। यिनीहरूको राज्य भएको
बेला विश्वमा शान्ति थियो, त्यसलाई नै हेभेन डीटी वर्ल्ड भन्छन्। त्यहाँ विश्वमा
शान्ति थियो। आजभन्दा ५ हजार वर्ष पहिलाका कुरा अरू कसैलाई थाहा छैन। यो मुख्य कुरा
हो। सबै आत्माहरू मिलेर भन्छन्– विश्वमा शान्ति कसरी हुन्छ? सबै आत्माहरूले
पुकार्छन्, तिमीले यहाँ विश्वमा शान्ति स्थापना गर्ने पुरुषार्थ गरिरहेका छौ। जसले
विश्वमा शान्ति चाहन्छन्, उनीहरूलाई तिमीले सुनाऊ– भारतवर्षमा नै शान्ति थियो।
भारतवर्ष स्वर्ग भएको बेलामा शान्ति थियो, अहिले नर्क छ। नर्क (कलियुग) मा अशान्ति
छ किनकि अनेक धर्म छन्, मायाको राज्य छ। भक्तिको पनि आडम्बर छ। दिनप्रतिदिन वृद्धि
हुँदै जान्छ। मानिसहरू पनि मेला पर्व आदिमा जान्छन्, सम्झन्छन्– अवश्य केही सत्य
होला। अहिले तिमीले बुझेका छौ– त्यसबाट कोही पावन बन्न सक्दैन। पावन बन्ने मार्ग
मनुष्य कसैले बताउन सक्दैनन्। पतित-पावन एउटै बाबा हुनुहुन्छ। दुनियाँ एउटै हो,
केवल नयाँ र पुरानो दुनियाँ भनिन्छ। नयाँ दुनियाँमा नयाँ भारत, नयाँ दिल्ली भन्छन्।
नयाँ हुनुछ, जसमा फेरि नयाँ राज्य हुन्छ। यहाँ पुरानो दुनियाँमा पुरानो राज्य हुन्छ।
पुरानो र नयाँ दुनियाँ केलाई भनिन्छ, यो पनि तिमीलाई थाहा छ। भक्तिको कति ठुलो
आडम्बर छ! यसलाई अज्ञान भनिन्छ। ज्ञान सागर एक बाबा हुनुहुन्छ। बाबाले तिमीलाई यसो
भन्नुहुन्न– राम राम भन वा केही गर। होइन, बच्चाहरूलाई सम्झाइन्छ– वर्ल्डको
हिस्ट्री-जोग्राफी कसरी रिपिट हुन्छ। यो शिक्षा तिमीले पढिरहेका छौ। यसको नाम नै हो
रुहानी शिक्षा। स्पिरिचुअल नलेज। यसको अर्थ पनि कसैलाई थाहा छैन। ज्ञान सागर त एउटै
बाबालाई भनिन्छ। उहाँ हुनुहुन्छ– स्पिरिचुअल नलेजफुल फादर। बाबाले रुहहरूसँग कुरा
गर्नुहुन्छ। तिमी बच्चाहरूले बुझेका छौ– रुहानी बाबाले पढाउनुहुन्छ। यो हो
स्पिरिचुअल नलेज। रुहानी नलेजलाई नै स्पिरिचुअल नलेज भनिन्छ।
तिमी बच्चाहरूलाई थाहा
छ– परमपिता परमात्मा बिन्दु हुनुहुन्छ, उहाँले हामीलाई पढाउनुहुन्छ। हामी आत्माहरूले
पढिरहेका छौँ। यो बिर्सनुहुँदैन। हामी आत्मालाई जुन नलेज मिल्छ, त्यो नलेज फेरि
हामीले अरू आत्माहरूलाई दिन्छौँ। यो याद तब रहन्छ जब आफूलाई आत्मा सम्झेर बाबाको
यादमा रहन्छौ। यादमा धेरै कच्चा हुन्छन्, तुरून्तै देह अभिमान आउँछ। देहीअभिमानी
बन्ने अभ्यास गर्नुछ। म आत्माले यसको सौदा (व्यापार) गर्छु। म आत्माले व्यापार गर्छु।
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नाले नै फाइदा छ। आत्मालाई ज्ञान छ– म यात्रामा
छु। कर्म त गर्नु नै छ। बच्चा आदिलाई पनि सम्हाल्नुछ। कामधन्दा पनि गर्नुछ। धन्दा
आदिमा याद रहोस्– म आत्मा हुँ, यो बडो मुस्किल छ। बाबा भन्नुहुन्छ– कुनै पनि उल्टो
काम कहिल्यै नगर्नु। सबैभन्दा ठुलो पाप विकारको हो। त्यसैले बडो हैरान पार्छ। अहिले
तिमी बच्चाहरूले पावन बन्ने प्रतिज्ञा गर्छौ। त्यसकै यादगार यो राखी बन्धन हो। पहिला
त कौडी बराबरको राखी मिल्थ्यो। ब्राह्मणहरू गएर राखी बाँध्थे। आजकाल त राखी पनि कति
फेसनवाला बनाउँछन्। वास्तवमा यो अहिलेको कुरा हो। तिमीले बाबासँग प्रतिज्ञा गर्छौ–
हामी कहिल्यै विकारमा जानेछैनौँ। हजुरबाट विश्वको मालिक बन्ने वर्सा लिनेछौँ। बाबा
भन्नुहुन्छ– ६३ जन्म त विषय वैतरणी नदीमा गोता खायौ, अब तिमीलाई क्षीर सागरमा
लैजान्छु। कुनै सागर छैन। तुलनामा भनिन्छ। तिमीलाई शिवालयमा लैजान्छु। त्यहाँ अथाह
सुख हुन्छ। अहिले यो अन्तिम जन्म हो, हे आत्माहरू! पवित्र बन। के बाबाले भनेको कुरा
मान्दैनौ? ईश्वर तिम्रा बाबा भन्नुहुन्छ– मीठे बच्चे, विकारमा नजाऊ। जन्मजन्मान्तरका
पाप शिरमा छन्, ती पाप मलाई याद गर्नाले नै भस्म हुन्छन्। कल्प पहिला पनि तिमीलाई
शिक्षा दिएको थिएँ। बाबाले ग्यारेन्टी गर्नुहुन्छ जब तिमीले यो ग्यारेन्टी गर्छौ–
बाबा, हामी हजुरलाई नै याद गरिरहनेछौँ। यति याद गरिराख, जो शरीरको भान नरहोस्।
संन्यासीहरूमा पनि कोही-कोही तीक्ष्ण, धेरै पक्का ब्रह्मज्ञानी हुन्छन्, उनीहरूले
पनि त्यसै बसी बसी शरीर छोड्छन्। यहाँ तिमीलाई त बाबाले सम्झाउनुहुन्छ, पावन बनेर
जानुछ। उनीहरू त आफ्नो मतमा चल्छन्। यस्तो होइन– उनीहरू शरीर छोडेर कुनै
मुक्ति-जीवनमुक्तिमा जान्छन्। होइन। आउँछन् फेरि यहीँ नै तर उनीहरूका अनुयायीहरूले
सम्झन्छन्– उनी निर्वाण गए। बाबा सम्झाउनुहुन्छ– एक जना पनि फर्केर जान सक्दैन,
काइदा नै छैन। वृक्ष अवश्य बढ्नुछ।
अहिले तिमी सङ्गमयुगमा
बसेका छौ, र अरू सबै मनुष्य कलियुगमा छन्। तिमी दैवी सम्प्रदाय बनिरहेका छौ। जो
तिम्रो धर्मका हुन्छन्, उनीहरू आउँदै जान्छन्। देवी-देवताहरूको पनि त्यहाँ वंशवृक्ष
छ नि। यहाँ परिवर्तन भएर अरू धर्महरूमा कन्भर्ट भएका छन्, फेरि निस्केर आउँछन्।
नत्र त्यहाँ ठाउँ कसले भर्छन्! अवश्य उनीहरू आफ्नो ठाउँ भर्न फेरि आउँछन्। यी धेरै
सूक्ष्म कुरा हुन्। धेरै राम्रा राम्रा पनि आउँछन् जो अर्को धर्ममा कन्भर्ट भएका छन्,
तब फेरि आफ्नो ठाउँमा आउँछन्। तिम्रो पासमा मुसलमान आदि पनि आउँछन् नि। बडो खबरदारी
राख्नुपर्छ, झट्ट जाँच गर्छन्, यहाँ अर्को धर्मका मानिसहरू कसरी जान्छन्?
इमरजेन्सीमा त धेरैलाई पक्रन्छन्, फेरि पैसा पाएपछि छोडि पनि दिन्छन्। जे कल्प पहिला
भएको छ, तिमीले अहिले त्यही देखिरहेका छौ। कल्प पहिला पनि यस्तै भएको थियो। तिमी
अहिले मनुष्यबाट देवता, उत्तम पुरुष बन्छौ। यो हो सर्वोत्तम ब्राह्मणहरूको कुल। यस
समयमा बाबा र बच्चाहरू रुहानी सेवामा छन्। कुनै गरिबलाई धनवान बनाउनु– यो रुहानी
सेवा हो। बाबाले कल्याण गर्नुहुन्छ भने बच्चाहरूले पनि मद्दत गर्नुपर्छ। जसले
धेरैलाई मार्ग बताउँछन्, उनीहरू धेरै माथि चढ्न सक्छन्। तिमी बच्चाहरूले पुरुषार्थ
गर्नुछ तर चिन्ता गर्ने होइन, किनकि तिम्रो जिम्मेवारी बाबामाथि छ। पुरुषार्थ जोडले
गराइन्छ, फेरि जे फल निस्कन्छ, कल्प पहिला जस्तै। बाबाले बच्चाहरूलाई भन्नुहुन्छ–
प्यारा बच्चाहरू! फिक्र नगर। सेवामा मेहनत गर। बन्दैनन् भने के गर्ने! यो कुलको
होइन भने तिमीले जतिसुकै मेहनत गर, कसैले तिम्रो कम मेहनत गराउँछन्, कसैले ज्यादा।
बाबाले भन्नुभएको छ– जब धेरै दु:ख आउँदै जान्छ तब फेरि आउँछन्। तिम्रो केही व्यर्थ
जाँदैन। तिम्रो काम हो सही बताउनु। शिवबाबा भन्नुहुन्छ– मलाई याद गर, तब तिम्रा
विकर्म विनाश हुन्छन्। यस्ता धेरै छन् जसले भन्छन्– भगवान अवश्य हुनुहुन्छ। महाभारत
लडाइँको समयमा भगवान हुनुहुन्थ्यो। केवल कुन भगवान हुनुहुन्थ्यो, त्यसमा अल्मलिएका
छन्। श्रीकृष्ण त हुन सक्नुहुन्न। श्रीकृष्ण त्यही स्वरूपमा फेरि सत्ययुगमा नै
हुनुहुन्छ। हरेक जन्ममा स्वरूप परिवर्तन हुँदै जान्छ। सृष्टि अहिले परिवर्तन भइरहेको
छ। पुरानोलाई अहिले भगवानले कसरी नयाँ बनाउनुहुन्छ, त्यो पनि कसैलाई थाहा छैन।
आखिरमा तिम्रो नाम प्रख्यात हुनेछ। स्थापना भइरहेको छ, फेरि यिनीहरूले राज्य गर्छन्,
विनाश पनि हुन्छ। एकातिर नयाँ दुनियाँ, अर्कोतिर पुरानो दुनियाँ– यो चित्र बडो
राम्रो छ। भनिन्छ पनि– ब्रह्माद्वारा स्थापना, शङ्करद्वारा विनाश... तर केही पनि
बुझ्दैनन्। मुख्य चित्र त्रिमूर्तिको हो। उच्चभन्दा उच्च शिवबाबा हुनुहुन्छ।
तिमीलाई थाहा छ– शिवबाबाले ब्रह्माद्वारा हामीलाई यादको यात्रा सिकाइरहनुभएको छ।
बाबालाई याद गर, योग शब्द डिफिकल्ट लाग्छ। याद शब्द धेरै सहज छ। बाबा शब्द धेरै
लभ्ली (प्यारो) छ। तिमीलाई आफै लाज लाग्छ– हामी आत्माहरूले बाबालाई याद गर्न सक्दैनौँ,
जसबाट विश्वको बादसाही मिल्छ! आफैलाई लाज लाग्छ। बाबाले पनि भन्नुहुन्छ– तिमी त
बेसमझ छौ, बाबालाई याद गर्न सक्दैनौ भने वर्सा कसरी पाउँछौ! विकर्म विनाश कसरी
हुन्छन्! तिमी आत्मा हौ, म तिम्रो परमपिता परमात्मा अविनाशी हुँ नि। तिमी चाहन्छौ–
हामी पावन बनेर सुखधाममा जाऔँ, त्यसोभए श्रीमतमा चल। म बाबालाई याद गर, अनि विकर्म
विनाश हुन्छन्। याद गरेनौ भने कसरी विकर्म विनाश हुन्छन्! अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) हर प्रकारले पुरुषार्थ गर्नुछ, फिक्र (चिन्ता) गर्नुछैन किनकि हाम्रो
रेस्पोन्सिबुल स्वयं बाबा हुनुहुन्छ। हाम्रो केही पनि व्यर्थ जान सक्दैन।
२) बाबासमान धेरै धेरै
स्वीट बन्नुछ। अनेकौँको कल्याण गर्नुछ। यस अन्तिम जन्ममा पवित्र अवश्य बन्नुछ। धन्दा
आदि गर्दा अभ्यास गर्नुछ– म आत्मा हुँ।
वरदान:–
प्रवृत्तिको
विस्तारमा रहँदै फरि स्ता पनको साक्षात्कार गराउने साक्षात्कार मूर्त भव
प्रवृत्तिको विस्तार
हुँदाहुँदै पनि विस्तारलाई समेट्ने र उपराम रहने अभ्यास गर। अहिले भर्खरै स्थूल
कार्य गरिरहेका छौ, भर्खरै अशरीरी भयो– यो अभ्यासले फरिस्तापनको साक्षात्कार गराउँछ।
उच्च स्थितिमा रहँदा व्यक्त भावका साना साना कुरा अनुभव हुन्छन्। माथि जाँदा निचपन
आफै छुट्छ। मेहनतबाट बच्छौ। समय पनि बच्छ, सेवा पनि तीब्र हुन्छ। बुद्धि यति विशाल
हुन्छ, जसले गर्दा एउटै समयमा कयौँ कार्य गर्न सक्छ।
स्लोगन:–
खुसी कायम
राख्नको लागि आत्मा रूपी दीपकमा ज्ञानको घिउ दिनहुँ थप्दै गर।
अव्यक्त इशारा –
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
बच्चाहरूसँग बाबाको
प्यार छ, त्यसैले सदैव भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू जो छौ, जस्ता छौ– मेरा
हौ। त्यस्तै तिमी पनि सदैव प्यारमा लवलीन रहने गर, दिलबाट भन– बाबा, जो हुनुहुन्छ,
त्यो सबै हजुर नै हुनुहुन्छ। कहिल्यै असत्यको राज्यको प्रभावमा नआऊ। श्रेष्ठ भाग्यको
रेखा कोर्ने कलम बाबाले तिमी बच्चाहरूको हातमा दिनुभएको छ, तिमीले जति चाहन्छौ,
त्यति भाग्य बनाउन सक्छौ।
विशेष सूचना :–
बाबाको श्रीमत अनुसार, मुरली केवल बाबाका बच्चाहरूको लागि हो, न कि ती आत्माहरूको
लागि जसले राजयोगको कोर्स पनि गरेका छैनन्। त्यसैले सबै निमित्त टिचरहरू एवं
दाजुभाइ दिदीबहिनीहरूलाई विनम्र निवेदन छ– साकार मुरलीको अडियो वा भिडियोलाई
युट्युब, फेसबुक, इन्स्टाग्राम वा कुनै पनि ह्वाट्सएप ग्रुपमा पोस्ट नगर्नुहोला।