06.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी अहिले बिल्कुल किनारमा उभिएका छौ , तिमीलाई अब य ता वा र ी बाट उ ता पार ी जानुछ , घर जाने तयारी गर्नुछ।”

प्रश्न:–
कुनचाहिँ एउटा कुरा याद राख्यौ भने अवस्था अचल-अडोल बन्छ?

उत्तर:–
बितेको कुरा बितिसक्यो। बितेको चिन्तन गर्नुछैन, अगाडि बढ्दै जानुछ। सदा एकातर्फ हेरिरह्यौ भने अवस्था अचल-अडोल हुन्छ। तिमीले अब कलियुगको हद छोड्यौ, फेरि पछाडितिर किन हेर्छौ? त्यसमा बुद्धि अलतिकति पनि नजाओस्– यही हो सूक्ष्म पढाइ।

ओम् शान्ति ।
दिन परिवर्तन हुँदै जान्छन्, टाइम पास हुँदैजान्छ। विचार गर, सत्ययुगदेखि लिएर टाइम पास हुँदै हुँदै अहिले आएर कलियुगको पनि किनारमा उभिएका छौँ। यो सत्ययुग, त्रेता, द्वापर, कलियुगको चक्र पनि मानौँ नमुना हो। सृष्टि त विशाल लम्बाचौडा छ। त्यसको नमुना रूपलाई बच्चाहरूले जानेका छौ। पहिला यो थाहा थिएन– अब कलियुग पूरा हुँदैछ। अब थाहा भयो त्यसैले बच्चाहरूले पनि बुद्धिद्वारा सत्ययुगदेखि लिएर चक्कर लगाएर कलियुगको अन्त्यमा किनारमा आएर उभिनुपर्छ। बुझ्नुपर्छ– टिक-टिक भइरहन्छ, ड्रामा घुमिरहन्छ। बाँकी के हिसाब रह्यो होला? अलिकति रहेको होला। पहिला थाहा थिएन। अहिले बाबाले सम्झाउनुभएको छ– बाँकी आएर छेउ मात्रै रहेको छ। यो दुनियाँबाट त्यो दुनियाँमा जाने समय अब थोरै बाँकी छ। यो ज्ञान पनि अहिले मिलेको छ। हामी सत्ययुगदेखि लिएर चक्कर लगाउँदै लगाउँदै अब कलियुग अन्त्यमा आइपुगेका छौँ। अब फेरि फर्केर जानुछ। आउने र निस्कने गेट हुन्छ नि। यो पनि त्यस्तै हो। बच्चाहरूले बुझाउनुपर्छ– बाँकी थोरै किनारा छ। यो पुरुषोत्तम सङ्गमयुग हो नि। अहिले हामी किनारमा छौँ। धेरै कम समय छ। अब यो पुरानो दुनियाँबाट ममत्व निकाल्नुछ। अब त नयाँ दुनियाँमा जानुछ। अर्थ सम्झाउने तरिका त धेरै सहजै मिल्छ। यो बुद्धिमा राख्नुपर्छ। चक्र बुद्धिमा घुम्नुपर्छ। अहिले तिमी कलियुगमा छैनौ। तिमीले यो हदलाई छोड्यौ, फेरि त्यता तिरकालाई किन याद गर्नुपर्छ? जब कि छोडिदियौ, पुरानो दुनियाँलाई। हामी पुरुषोत्तम सङ्गमयुगमा छौँ, फेरि पछाडि हेर्ने नै किन? बुद्धियोग विकारी दुनियाँसँग किन लगाउने? यी धेरै सूक्ष्म कुरा हुन्। बाबा जान्नुहुन्छ– कसै कसैले त रुपैयाँको एक आना पनि बुझ्दैनन्। सुनेर बिर्सिहाल्छन्। तिमीले पछाडितिर हेर्नुछैन। बुद्धिले काम लिनुछ नि। हामी पारी निस्कियौँ, फेरि पछाडि हेर्नु नै किन? बितेको कुरा बितिसक्यो। बाबा भन्नुहुन्छ– कति महिन कुरा सम्झाउँछु। फेरि पनि बच्चाहरूले किन बुझ्दैनन्? कलियुगतिर अड्किएको छ। बाबा भन्नुहुन्छ– शिर यतातिर फर्काऊ। त्यो पुरानो दुनियाँ तिम्रो कामको चीज होइन। बाबाले पुरानो दुनियाँबाट वैराग्य दिलाउनुहुन्छ, नयाँ दुनियाँ सामुन्ने उभिएको छ, पुरानो दुनियाँदेखि वैराग्य छ। विचार गर–मेरो अवस्था यस्तो छ? बाबा भन्नुहुन्छ– बितेको कुरा बितिसक्यो। बितेको कुरालाई चिन्तन नगर। पुरानो दुनियाँमा कुनै आश नराख। अब त एउटै उच्च आश राख्नुछ– हामी जाऊँ सुखधाम। बुद्धिमा सुखधाम नै याद रहनुपर्छ। बुद्धि किन पछाडितिर फर्किनु परेको छ? तर धेरैको बुद्धि पछाडितिर मोडिन्छ। तिमी अहिले छौ पुरुषोत्तम सङ्गमयुगमा। पुरानो दुनियाँबाट किनारा गरेकाछौ। यो बुझ्नुपर्ने कुरा हो नि। कतै रोकिनुछैन। कतै हेर्नुछैन। बितेको कुरालाई याद गर्नुछैन। बाबा भन्नुहुन्छ– अगाडि बढ्दै जाऊ, पछाडि नहेर। एकतर्फ मात्र हेरिरह्यौ भने मात्र अचल, स्थिर, अडोल अवस्था रहन सक्छ। त्यतातिर हेरिरह्यौ भने पुरानो दुनियाँका मित्र-सम्बन्धी आदि याद आइरहन्छन्। नम्बरवार त हुन्छन् नि। आज हेर्दा धेरै राम्रो चलिरहेको हुन्छ, भोलि गिरे भने दिल एकदम हट्छ। यस्तो ग्रहचारी बस्छ, जसबाट मुरली सुन्न पनि मन लाग्दैन। विचार गर– यस्तो हुन्छ नि?

बाबा भन्नुहुन्छ– तिमी अहिले सङ्गममा उभिएका छौ भने अनुहार सामुन्ने फर्काउनुपर्छ। सामुन्ने छ नयाँ दुनियाँ, त्यसपछि मात्रै खुसी हुन्छ। अब बाँकी एकदमै नजिक किनारामा छौँ। भनिन्छ नि– अब त आफ्नो देशका रूखपात देखिन थाल्यो। बोलाएमामा तुरुन्त उनीहरूले सुन्छन्। एकदमै नजिक अर्थात् बिल्कुल सामुन्ने छौँ। तिमीले याद गर्दा देवताहरू आउँछन्। पहिला कहाँ आउँथे र? सूक्ष्मवतनमा पराइ घर वा पतिको घरका आउँथे र? अब त गएर माइतीघर र पराइघरका मिल्छन्। फेरि पनि बच्चाहरूले चल्दाचल्दै बिर्सन्छन्। बुद्धियोग पछाडि हट्छ। बाबा भन्नुहुन्छ– तिमी सबैको यो अन्तिम जन्म हो। तिमी पछि हट्नुछैन। अब पार हुनुछ। यताबाट उता जानुछ। मृत्यु पनि नजिक हुँदैजान्छ। बाँकी केवल कदम भर्नुछ, डुङ्गा किनारमा आयो भने त्यतैतिर कदम उठाउनुपर्छ नि। तिमी बच्चाहरू उभिनुछ किनारमा। तिम्रो बुद्धिमा छ– आत्माहरू जान्छन् आफ्नो स्वीट होम। यो याद रहँदा पनि खुसीले तिमीलाई अचल-अडोल बनाइदिन्छ। यही विचार सागर मन्थन गरिरहनुछ। यो हो बुद्धिको कुरा। हामी आत्मा गइरहेका छौँ। अब बाँकी नजिक, एकदमै नजिक छौँ। बाँकी थोरै समय छ। यसैलाई यादको यात्रा भनिन्छ। यो पनि बिर्सन्छन्। चार्ट लेख्न पनि बिर्सन्छन्। आफ्नो दिलमा हात राखेर हेर– बाबाले जे भन्नुहुन्छ, आफूलाई यस्तो सम्झ– हामी नजिकै, एकदमै नजिकै उभिएका छौँ, हाम्रो अवस्था यस्तो छ? बुद्धिमा एक बाबाको नै याद रहोस्। बाबाले भिन्न भिन्न प्रकारले यादको यात्रा सिकाइरहनुहुन्छ। यो यादको यात्रामा नै मस्त रहनुछ। बस् अब हामी जानुछ। यहाँ छन् सबै झुटा सम्बन्ध। सच्चा सम्बन्ध सत्ययुगको सम्बन्ध हो। आफूलाई हेर– म कहाँ उभिएको छु? सत्ययुगदेखि लिएर बुद्धिमा यो चक्र याद गर। तिमी स्वदर्शन चक्रधारी हौ नि। सत्ययुगदेखि लिएर चक्कर लगाएर आएर किनारमा उभिएका छौ। यो एकदमै नजिकै भयो नि। कतिले त आफ्नो टाइम धेरै व्यर्थ गुमाइरहन्छन्। ५-१० मिनेट पनि मुस्किलले यादमा रहन्छन् होला। स्वदर्शन चक्रधारी त सारा दिन बन्नुपर्छ। यस्तो त छैन। बाबाले भिन्न भिन्न तरिकाले सम्झाउनुहुन्छ। आत्माको नै कुरा हो। तिम्रो बुद्धिमा चक्र घुमिरहन्छ। बुद्धिमा यो कुरा किन याद हुँदैन? अहिले हामी किनारमा उभिएका छौँ। यो किनार बुद्धिमा किन याद रहँदैन, हामी पुरुषोत्तम बनिरहेका छौँ भन्ने जान्दछौ भने गएर किनारमा उभिइराख। जुम्रा जस्तै चलि नै राख। किन यो प्राक्टिस गर्दैनौ? किन चक्र बुद्धिमा आउँदैन? यो स्वदर्शन चक्र हो नि। बाबाले सुरुदेखि लिएर सारा चक्रको विषयमा सम्झाइरहनुहुन्छ। तिम्रो बुद्धिले सारा चक्कर लगाएर, आएर किनारमा उभिनुपर्छ, अरू कुनै पनि बाहिरको वातावरण, झन्झट नरहोस्। दिनप्रतिदिन तिमी बच्चाहरू साइलेन्समा नै जानुछ। टाइम वेस्ट गर्नुछैन। पुरानो दुनियाँलाई छोडेर नयाँ सम्बन्धसँग आफ्नो बुद्धिको योग लगाऊ। योग लगाएनौ भने पाप कसरी काटिन्छन्? तिमीलाई थाहा छ– यो दुनियाँ नै खतम हुनुछ, यसको नमुना कति सानो छ। दुनियाँ ५ हजार वर्षको हो। अजमेरमा स्वर्गको नमुना छ तर त्यस नमुनालाई देखेर कसैलाई स्वर्गको याद आउँछ र? उनीहरूले के जानुन् स्वर्गबारे। सम्झन्छन्– स्वर्ग त ४० हजार वर्षपछि आउँछ। बाबाले तिमी बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ– यो दुनियाँमा कामकाज गर्दा बुद्धिमा यो याद राख– यो दुनियाँ त खतम हुनेवाला छ। अब जानुछ, हामी लास्टमा उभिएका छौँ। कदम-कदम जुम्रासमान चल्छ। लक्ष्य कति ठुलो छ। बाबाले त लक्ष्यलाई जान्नुहुन्छ नि। बाबासँग दादा पनि सँगै छन्। उहाँले सम्झाउनुहुन्छ भने के यिनले सम्झाउन सक्दैनन्? यिनले पनि सुन्छन् नि। के यिनले यस्तो यस्तो विचार सागर मन्थन गर्दैनन् होला? बाबाले तिमीलाई विचार सागर मन्थन गर्ने प्वइन्टहरू सुनाइरहनुहुन्छ। यस्तो होइन– यी बाबा धेरै पछाडि छन्। अरे, यी त पुच्छर जस्तै हुन्, फेरि पछाडि कसरी हुन्छन्। यी सबै गुह्य-गुह्य कुराहरू धारण गर्नुछ। लापरबाही गर्न छोडिदिनुछ। बाबाको पासमा २-२ वर्षपछि आउँछन्। के यो याद रहन्छ होला– हामी नजिकै किनारमा उभिएका छौँ? अब जानुछ। यस्तो अवस्था भयो भने बाँकी के चाहियो? बाबाले यो पनि सम्झाउनुभएको छ– डबल शिरताज... यो केवल नाम हो, बाँकी त्यहाँ कुनै लाइटको ताज हुँदैन। यो त पवित्रताको निसानी हो। जति पनि धर्म स्थापक छन्, उनीहरूको चित्रमा लाइट अवश्य देखाउँछन् किनकि उनीहरू निर्विकारी सतोप्रधान हुन्छन्, फेरि रजो तमोमा आउँछन्। तिमी बच्चाहरूलाई ज्ञान मिल्छ, त्यसमा मस्त रहनुपर्छ। हुन त तिमी छौ यो दुनियाँमा तर बुद्धिको योग त्यहाँ लगाइराख। यिनीहरूसँग पनि कर्तव्य निर्वाह त गर्नु छ, जो यो कुलका हुन्छन्, उनीहरू निस्केर आउँछन्। कलमी लाग्नुछ। जो आदि सनातन देवी-देवता धर्मका हुन्छन्, उनीहरू अवश्य अघिपछि आउँछन्। पछाडि आउनेहरू पनि अगाडिका भन्दा तीक्ष्ण गतिमा जान्छन्। यस्तो लास्टसम्म भइरहन्छ। उनीहरूले पुरानाले भन्दा तीक्ष्ण गतिमा कदम बढाउँछन्। सारा परीक्षा हो यादको यात्राको। ढिलो त आएका छन्, यादको यात्रामा लाग्नुछ, सबै कामधन्दा छोडेर यो यात्रामा बस्नुछ, भोजन त खानु नै छ। राम्रोसँग यादमा रहे भने यो खुसी जस्तो खुराक छैन। यही धुन लागिरहन्छ– अब हामी जान्छौँ। २१ जन्मको राज्य-भाग्य मिल्छ। चिट्ठा पर्नेको खुसीको पारा चढ्छ नि। तिमीले धेरै मेहनत गर्नुछ। यसैलाई अन्तिम अमूल्य जीवन भनिन्छ। यादको यात्रामा धेरै मजा छ। हनुमानले पनि पुरुषार्थ गर्दागर्दै स्थिर बने नि। दुनियाँ (भंभोर) मा आगो लाग्यो, रावणको राज्य जल्यो। यो एउटा कहानी बनाइदिएका छन्। बाबा बसेर यथार्थ कुरा सम्झाउनुहुन्छ। रावण राज्य खतम हुन्छ। स्थिर बुद्धि यसलाई भनिन्छ। बस् अब एकदमै नजिक छ, हामी गइरहेका छौँ। यो यादमा रहने पुरुषार्थ गरेमा खुसीको पारा चढ्छ, आयु पनि योगबलले बढ्छ। तिमीले अहिले दैवीगुण धारण गर्छौ, फेरि त्यो आधाकल्प चल्छ। यो एक जन्ममा तिमीले यति पुरुषार्थ गर्छौ, जसबाट तिमी गएर यी लक्ष्मी-नारायण बन्छौ। त्यसैले कति पुरुषार्थ गर्नुपर्छ। यसमा गफलत वा टाइम वेस्ट गर्नुहुँदैन, जसले गर्छ उसले पाउँछ। बाबाले शिक्षा दिइरहनुहुन्छ। तिमीले सम्झन्छौ– कल्प कल्प हामी विश्वको मालिक बन्छौँ, यति थोरै टाइममा कमाल गरिदिन्छौँ। सारा दुनियाँलाई परिवर्तन गरिदिन्छौँ। बाबाको लागि कुनै ठुलो कुरा होइन। कल्प कल्प परिवर्तन गर्नुहुन्छ। बाबा सम्झाउनुहुन्छ– हिँड्दा डुल्दा, खाँदापिउँदा आफ्नो बुद्धियोग बाबासँग लगाऊ। यो गुप्त कुरा बाबा नै बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। आफ्नो अवस्थालाई राम्रोसँग जमाउँदै जाऊ। नत्र उच्च पद पाउँदैनौ। तिमी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार मेहनत गर्छौ। सम्झन्छौ– अहिले त हामी किनारमा उभिएका छौँ। फेरि पछाडि किन हेर्ने? कदम अगाडि बढिरहन्छन्। यसमा धेरै अन्तर्मुखता चाहिन्छ, त्यसैले कछुवाको पनि उदाहरण छ। यो उदाहरण आदि सबै तिम्रो लागि हो। संन्यासी त हुन् नै हठयोगी, उनीहरूले त राजयोग सिकाउन सक्दैनन्। उनीहरूले सुने भने सम्झन्छन्– यिनीहरूले हाम्रो अपमान (इन्सल्ट) गर्छन्, त्यसैले यो पनि युक्तिले लेख्नुछ। राजयोग बाबा बाहेक अरू कसैले सिकाउन सक्दैन। अप्रत्यक्ष रूपमा भनिन्छ जसबाट ख्याल नहोस्। युक्तिले चल्नुपर्छ नि, जसले गर्दा सर्प पनि मरोस्, लट्ठी पनि नभाँचियोस्। कुटुम्ब परिवार आदिसँग प्रीत राख तर बुद्धिको योग बाबासँग लगाउनुछ। तिमीलाई थाहा छ– हामी अहिले एकको मतमा छौँ। यो हो देवता बन्ने मत, यसैलाई अद्वैत मत भनिन्छ। बच्चाहरू देवता बन्नुछ। तिमी कतिपटक देवता बनेका छौ? अनेकपटक। अहिले तिमी सङ्गमयुगमा उभिएका छौ। यो अन्तिम जन्म हो। अब त जानुछ। पछाडि के हेर्नुछ? देखेर पनि तिमी आफ्नो अडोल स्थितिमा स्थित होऊ। लक्ष्यलाई बिर्सनुछैन। तिमी नै महावीर हौ, जसले मायामाथि विजय पाउँछौ। अहिले तिमीले सम्झन्छौ– यो हार र जितको चक्र घुमिरहन्छ। बाबाको ज्ञान कति वन्डरफुल छ। यो थाहा थियो र– आफूलाई बिन्दु सम्झनुछ, यति सानो बिन्दुमा सारा पार्ट पहिल्यै निश्चित छ, जुन चक्र घुमिरहन्छ। धेरै वन्डरफुल छ। आश्चर्य भनेर छोड्नु नै पर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) पछाडि फर्केर हेर्नुछैन। कुनै पनि कुरामा रोकिनुछैन। एक बाबातिर हेर्दै आफ्नो अवस्था एकरस राख्नुछ।

२) बुद्धिमा याद राख्नुछ– अहिले हामी किनारमा उभिएका छौँ। घर जानुछ, गफलत छोडिदिनुछ। आफ्नो अवस्था जमाउने गुप्त मेहनत गर्नुछ।

वरदान:–
सबैको दिलको प्यार प्राप्त गर्ने न्यारा , प्यारा , नि : स ङ् कल्प भव

जुन बच्चाहरूमा न्यारा र प्यारा रहने गुण वा नि: सङ्कल्प रहने विशेषता छ अर्थात् जसलाई यो वरदान प्राप्त छ, उनीहरू सबैका प्रिय बन्छन् किनकि न्यारापनले सबैको दिलको प्यार स्वत: प्राप्त हुन्छ। उनीहरू आफ्नो शक्तिशाली नि:सङ्कल्प स्थिति वा श्रेष्ठ कर्मद्वारा अनेकौँको सेवाको निमित्त बन्छन्, त्यसैले स्वयं पनि सन्तुष्ट रहन्छन् र अरूको पनि कल्याण गर्छन्। उनीहरूलाई स्वत: हर कार्यमा सफलता प्राप्त हुन्छ।

स्लोगन:–
एक “बाबा” शब्द नै सर्व खजानाको चाबी हो– यो चाबीलाई सदा सम्हालेर राख।

अव्यक्त इशारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

कुनै पनि संस्कारको टाइटनेस छैन भने एक सेकेन्डमा चोलाबाट अलग हुन सकिन्छ । जसरी कुनै पनि चीज यदि टाँसिएको छ भने त्यसलाई खोल्न मुस्किल हुन्छ। हल्का हुँदा सहजै अलग हुन्छ। त्यसरी नै यदि आफ्नो संस्कारमा अलिकति पनि सहजता छैन भने फेरि अशरीरीपनको अनुभव गर्न सकिँदैन, त्यसैले इजी र एलर्ट रहनुछ।