06.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो
शरीररूपी खेलौना आत्मारूपी चैतन्य चाबीबाट चल्छ , आफूलाई आत्मा निश्चय गर ेमा तिमी
निर्भय बन्छौ।”
प्रश्न:–
आत्मा शरीरसँग
खेल खेल्दै तल आएको छ त्यसैले त्यसलाई कुन नाम दिइन्छ?
उत्तर:–
कठपुतली। जसरी
ड्रामामा कठपुतलीहरूको खेल देखाइन्छ त्यसरी नै तिमी आत्माहरू पनि कठपुतली जसरी ५
हजार वर्षमा खेल खेल्दै तल आइपुगेका छौ। बाबा आउनुभएको छ तिमी कठपुतलीहरूलाई माथि
चढ्ने मार्ग बताउन। अब श्रीमतको चाबी लगायौ भने तिमी माथि जान्छौ।
गीत:–
महफिल में जल
उठी शमा...
ओम् शान्ति ।
रुहानी बाबाले
रुहानी बच्चाहरूलाई श्रीमत दिनुहुन्छ– कहिलेकाहीँ कसैको चालचलन राम्रो भएन भने
आमाबुबाले भन्छन्– तिमीलाई कुनै बेला ईश्वरले मत दिऊन्! बिचराहरूलाई यो थाहा नै छैन–
ईश्वरले साँच्चै नै मत दिनुहुन्छ। अहिले तिमी बच्चाहरूलाई ईश्वरीय मत मिलिरहेको छ
अर्थात् रुहानी बाबाले रुहानी बच्चाहरूलाई श्रेष्ठ मत दिइरहनुभएको छ श्रेष्ठ बन्नका
लागि। अहिले तिमीले जान्दछौ– हामी श्रेष्ठभन्दा श्रेष्ठ बनिरहेका छौँ। बाबाले
हामीलाई कति उच्च मत दिइरहनुभएको छ। हामी उहाँको मतमा चलेर मनुष्यबाट देवता बनिरहेका
छौँ। त्यसैले सिद्ध हुन्छ– मनुष्यलाई देवता बनाउने उहाँ बाबा नै हुनुहुन्छ। सिखहरूले
पनि गाउँछन्– मनुष्य से देवता किये... त्यसैले अवश्य मनुष्यबाट देवता बनाउने मत
दिनुहुन्छ। उहाँको महिमा पनि गायन गरिएको छ– एक ॐकार... कर्ता पुरुष, निर्भय... तिमी
सबै निर्भय हुन्छौ। आफूलाई आत्मा सम्झन्छौ नि। आत्मालाई कुनै भय हुँदैन। बाबा
भन्नुहुन्छ– निर्भय बन। भय फेरि केको। तिमीलाई कुनै भय छैन। आफ्नो घर बसेर पनि
तिमीले बाबाको श्रीमत लिइरहन्छौ। तर श्रीमत कसको? कसले श्रीमत दिनुहुन्छ? यी कुरा
गीतामा त छैनन्। अहिले तिमी बच्चाहरूले बुझेका छौ। बाबा भन्नुहुन्छ– तिमी पतित बनेका
छौ, अब पावन बन्नका लागि म एकलाई याद गर। यो पुरुषोत्तम बन्ने मेला सङ्गमयुगमा नै
हुन्छ। धेरै आएर श्रीमत लिन्छन्। यसलाई भनिन्छ ईश्वरसँग बच्चाहरूको मेला। ईश्वर पनि
निराकार हुनुहुन्छ। बच्चाहरू (आत्माहरू) पनि निराकार छन्। हामी आत्मा हौँ, यसमा
पक्का पक्का बानी बसाल्नुछ। जसरी खेलौनालाई चाबी दिइयो भने डान्स गर्न थाल्छन्।
त्यस्तै आत्मा पनि यस शरीररूपी खेलौनाको चाबी हो। आत्मा यस शरीरमा छैन भने केही पनि
गर्न सक्दैन। तिमी हौ चैतन्य खेलौना। खेलौनालाई चाबी दिइएन भने कामको हुँदैन।
रोकिन्छ। आत्मा पनि चैतन्य चाबी हो र यो अविनाशी, अमर चाबी हो। बाबा सम्झाउनुहुन्छ–
मैले हेर्छु नै आत्मालाई। आत्माले सुन्छ– यसमा पक्का बानी बसाल्नुछ। यो चाबी बिना
शरीर चल्न सक्दैन। यिनलाई पनि अविनाशी चाबी मिलेको छ। ५ हजार वर्ष यिनको चाबी चल्छ।
चैतन्य चाबी भएको कारणले चक्र घुमिरहन्छ। यी हुन् चैतन्य खेलौना। बाबा पनि चैतन्य
आत्मा हुनुहुन्छ। चाबी पूरा भइसकेपछि फेरि बाबाले नयाँ तरिकाले युक्ति बताउनुहुन्छ–
मलाई याद गरेमा फेरि चाबी लाग्छ अर्थात् आत्मा तमोप्रधानबाट सतोप्रधान बन्छ। जसरी
मोटरमा पेट्रोल सकिएपछि फेरि भरिन्छ नि। अहिले तिम्रो आत्माले जान्दछ– हामी भित्र
पेट्रोल कसरी भरिन्छ! ब्याट्री खाली भएपछि फेरि त्यसमा पावर भरिन्छ नि। ब्याट्री
खाली भयो भने लाइट खतम हुन्छ। अब तिम्रो आत्मारूपी ब्याट्री भरिन्छ। जति याद गर्छौ
त्यति पावर भरिँदै जान्छ। यतिका ८४ जन्मको चक्कर लगाएर ब्याट्री खाली भएको छ। सतो,
रजो, तमोमा आएको छ। अब फेरि बाबा आउनुभएको छ चाबी दिन अथवा ब्याट्रीलाई भर्न। पावर
भएन भने मनुष्य कस्ता बन्छन्। त्यसैले अब यादबाट नै ब्याट्रीलाई भर्नुछ, यसलाई
मानवीय (ह्युमन) ब्याट्री भनौँ। बाबा भन्नुहुन्छ– मसँग योग लगाऊ। यो ज्ञान एउटै
बाबाले दिनुहुन्छ। सदगतिदाता उहाँ एक बाबा नै हुनुहुन्छ। अहिले तिम्रो सारा ब्याट्री
भरिन्छ जो फेरि ८४ जन्म पूरा पार्ट खेल्छौ। जसरी ड्रामामा कठपुतलीहरू नाच्छन् नि।
तिमी आत्माहरू पनि त्यसैगरी कठपुतलीजस्तै हौ। माथिबाट ओर्लंदै ५ हजार वर्षमा एकदम
तल आउँछौ फेरि बाबा आएर माथि चढाउनुहुन्छ। त्यो त एउटा खेलौना हो। बाबाले अर्थ
सम्झाउनुहुन्छ– चढ्तीकला र उतरतीकलाको, ५ हजार वर्षको कुरा हो। तिमीले बुझेका छौ–
श्रीमतबाट हामीलाई चाबी मिलिरहेको छ। हामी फुल सतोप्रधान बन्छौँ फेरि सारा पार्ट
रिपिट गर्छौं। कति सहज कुरा छ– बुझ्ने र सम्झाउने। फेरि पनि बाबा भन्नुहुन्छ–
बुझ्छन् उनीहरूले नै जसले कल्प पहिला बुझेका थिए। तिमीले जतिसुकै मेहनत गर तर धेरै
बुझ्दै बुझ्दैनन् नै। बाबाले समझ त सबैलाई एकैनासको दिनुहुन्छ। जहाँ बसेर पनि
बाबालाई याद गर्नुछ। अगाडि ब्राह्मणी नभए पनि तिमी यादमा बस्न सक्छौ। तिमीलाई थाहा
छ– बाबाको यादबाट नै हाम्रा विकर्म विनाश हुन्छन्। त्यसैले त्यो यादमा बस्नुछ।
कसैलाई बसाउने आवश्यकता छैन। खाँदा, पिउँदा, स्नान आदि गर्दा बाबालाई याद गर। केही
समय अरू कोही सामुन्ने बस्छन्। यस्तो होइन– उनीहरूले तिमीलाई मदत गर्छन्, होइन।
हरेकले आफैलाई मदत गर्नुपर्छ। ईश्वरले त मत दिनुभएको छ– यसो यसो गरेमा तिम्रो दैवी
बुद्धि बन्छ। यो प्रलोभन दिइन्छ। श्रीमत त सबैलाई दिइरहनुहुन्छ। यति अवश्य हो– कसैको
बुद्धि सुस्त हुन्छ, कसैको तीक्ष्ण हुन्छ। पावनसँग योग छैन भने ब्याट्री चार्ज
हुँदैन। बाबाको श्रीमत मान्दैनन्। योग लाग्दैन नै। तिमीले अहिले फिल गर्छौ– हाम्रो
ब्याट्री भरिँदै गइरहेको छ। तमोप्रधानबाट सतोप्रधान त अवश्य बन्नुछ। यस समयमा
तिमीलाई परमात्माको श्रीमत मिलिरहेको छ। यो दुनियाँले बिल्कुल बुझ्दैन। बाबा
भन्नुहुन्छ– मेरो यस मतबाट तिमी देवता बन्छौ, यसभन्दा उच्च चीज कुनै हुँदैन। त्यहाँ
यो ज्ञान हुँदैन। ड्रामा यस्तो पनि बनेको छ। तिमीलाई पुरुषोत्तम बनाउनका लागि बाबा
सङ्गममा नै आउनुहुन्छ, जसको यादगार फेरि भक्तिमार्गमा मनाउँछन्, विजया दशमी पनि
मनाउँछन् नि। बाबा आउनुहुन्छ त्यसपछि विजया दशमी हुन्छ। ५ हजार वर्षपछि हरेक कुरा
रिपिट हुन्छ।
तिमी बच्चाहरूलाई नै
यो ईश्वरीय मत अर्थात् श्रीमत मिल्छ, जसबाट तिमी श्रेष्ठ बन्छौ। तिम्रो आत्मा
सतोप्रधान थियो, त्यो आत्मा ओर्लंदा ओर्लंदा तमोप्रधान भ्रष्ट बन्छ। फेरि बाबाले
बसेर ज्ञान र योग सिकाएर सतोप्रधान श्रेष्ठ बनाउनुहुन्छ। बाबाले बताउनुहुन्छ– तिमी
कसरी सिँढीबाट तल ओर्लन्छौ। ड्रामा चलिरहन्छ। यस ड्रामाको आदि-मध्य-अन्त्यलाई कसैले
पनि जान्दैनन्। बाबाले सम्झाउनुभएको छ– अब तिमीलाई स्मृति आएको छ नि। हरेकको जन्मको
कहानी त सुनाउन सकिँदैन। लेखिँदैन जुन पढेर सुनाइन्छ। यो कुरा बाबा बसेर
सम्झाउनुहुन्छ। अहिले तिमी नै ब्राह्मण बनेका छौ फेरि तिमी नै देवता बन्नुछ। बाबाले
सम्झाउनुभएको छ– ब्राह्मण, देवता, क्षत्रिय तीनै धर्म मैले स्थापना गर्छु। अहिले
तिम्रो बुद्धिमा छ– हामी बाबाबाट ब्राह्मणवंशी बन्छौँ फेरि सूर्यवंशी, चन्द्रवंशी
बन्छौँ। जो फेल हुन्छन् उनीहरू चन्द्रवंशी बन्छन्। केमा फेल? योगमा। ज्ञान त धेरै
सहजै सम्झाइएको छ। कसरी तिमीले ८४ को चक्कर लगाउँछौ। मनुष्यले त ८४ लाख भनिदिन्छन्
त्यसैले कति टाढा गएका छन्। अहिले तिमीलाई ईश्वरीय मत मिल्छ। ईश्वर त आउनुहुन्छ नै
एक पटक मात्र। त्यसैले उहाँको मत पनि एक पटक मात्रै मिल्छ। एउटै देवीदेवता धर्म थियो।
अवश्य उनीहरूलाई ईश्वरीय मत मिलेको थियो, त्यसभन्दा अगाडि त भयो सङ्गमयुग। बाबा आएर
दुनियाँलाई परिवर्तन गाराउनुहुन्छ। अब तिमी पनि परिवर्तन भइरहेका छौ। यस समयमा
तिमीलाई बाबाले परिवर्तन गर्नुहुन्छ। तिमीले भन्छौ– कल्प कल्प हामी परिवर्तन हुँदै
आएका छौँ, परिवर्तन हुँदै जान्छौँ। यो चैतन्य ब्याट्री हो नि। त्यो हो जड।
बच्चाहरूलाई थाहा भएको छ– ५ हजार वर्षपछि बाबा आउनुभएको छ। उहाँले श्रेष्ठभन्दा
श्रेष्ठ मत पनि दिनुहुन्छ। उच्चभन्दा उच्च भगवानको उच्च मत मिल्छ– जसबाट तिमीले
उच्च पद पाउँछौ। तिमीसँग कोही आए भने भन– तिमीहरू ईश्वरका सन्तान हौ नि। ईश्वर
शिवबाबा हुनुहुन्छ, शिवजयन्ती पनि मनाउँछन्। उहाँ सदगतिदाता पनि हुनुहुन्छ। उहाँको
त आफ्नो शरीर छैन। त्यसोभए कोद्वारा मत दिनुहुन्छ? तिमी पनि आत्मा हौ, यस शरीरद्वारा
कुराकानी गर्छौ नि। शरीरबिना आत्माले केही गर्न सक्दैन। निराकार बाबा पनि कसरी
आउनुहुन्छ? गायन पनि छ– रथमा आउनुहुन्छ। फेरि बसेर कसैले के, कसैले के बनाएका छन्।
त्रिमूर्ति पनि सूक्ष्मवतनमा बसेको देखाएका छन्। बाबा सम्झाउनुहुन्छ– यी सबै हुन्
साक्षात्कारका कुरा। बाँकी रचना त सारा यहाँ हुन्छ नि। त्यसैले रचयिता बाबा पनि यहाँ
आउनुपर्छ। पतित दुनियाँमा नै आएर पावन बनाउनुछ। यहाँ बच्चाहरूलाई डाइरेक्ट पावन
बनाइरहनुभएको छ। बुझेका छन् फेरि पनि ज्ञान बुद्धिमा बस्दैन। कसैलाई सम्झाउन
सक्दैनन्। श्रीमतलाई पालना गर्दैनन् भने श्रेष्ठभन्दा श्रेष्ठ बन्न सक्दैनन्। जसले
बुझ्दै बुझ्दैनन् उनीहरूले के पद पाउँछन्। जति सेवा गर्छन् त्यति उच्च पद पाउँछन्।
बाबाले भन्नुभएको छ– हड्डी-हड्डी सेवामा लगाउनुछ। अलराउन्ड सेवा गर्नुछ। बाबाको
सेवामा हामी खूब मेहेनत गर्न (हड्डी दिन) पनि तयार छौँ। धेरै बच्चीहरू सेवाका लागि
तड्पिरहन्छन्। बाबा हामीलाई छुटाउनुहोस् त्यसपछि हामी सेवामा लाग्छौँ जसबाट धेरैको
कल्याण हुन्छ। सारा दुनियाँले त जिस्मानी सेवा गर्छ, त्यसबाट त सिँढी तल नै ओर्लंदै
आउँछौ। अहिले यस रुहानी सेवाबाट चढ्तीकला हुन्छ। हरेकले बुझ्न सक्छन्– यी फलानाले
हामीलेभन्दा धेरै सेवा गर्छन्। बच्चीहरू राम्रो सेवाधारी छन् भने सेन्टर पनि
सम्हाल्न सक्छन्। क्लासमा नम्बरवार बस्छन्। यहाँ त नम्बरवार बसाउँदैनन्, दु:खी
हुन्छन्। बुझ्न त सक्छन् नि। सेवा गर्दैनन् भने अवश्य पद पनि कम हुन्छ। नम्बरवार पद
धेरै हुन्छन् नि। तर त्यो हो सुखधाम, यो हो दुःखधाम। त्यहाँ बिमारी आदि केही हुँदैन।
बुद्धिले काम लिनुपर्छ। बुझ्नुपर्छ– हामीले त धेरै सानो पद पाउँछौँ किनकि सेवा त
गर्दैनौँ। सेवाबाट नै पद मिल्न सक्छ। आफ्नो जाँच गर्नुपर्छ। हरेकले आफ्नो अवस्थालाई
जान्दछन्। मम्मा-बाबाले पनि सेवा गर्दै आउनुभएको छ। राम्रा राम्रा बच्चाहरू पनि छन्।
जागिरमा भए पनि, उनीहरूलाई भनिन्छ– आधा तलबमा पनि छुट्टी लिएर गएर सेवा गर, बाधा
छैन। जो बाबाको दिलमा बस्छन् उनीहरू नै ताउसी तख्तमा बस्छन्, नम्बरवार पुरुषार्थ
अनुसार। यस्तै बच्चाहरू विजय मालामा आउँछन्। अर्पण पनि हुन्छन्, सेवा पनि गर्छन्।
कोही अर्पण त हुन्छन्, तर सेवा गर्दैनन् भने पद सानो हुन्छ नि। यो राजधानी स्थापना
हुन्छ श्रीमतबाट। यस्तो कहिल्यै सुन्यौ? अथवा पढाइबाट राज्य भाग्य स्थापना हुन्छ यो
कहिल्यै सुन्यौ, कहिल्यै देख्यौ? हो, दानपुण्य गर्नाले राजाको घरमा जन्म लिन सक्छन्।
बाँकी पढाइबाट राजकीय पद पाए, यस्तो त कहिल्यै सुनेका छैनौ होला। कसैलाई पनि थाहा
छैन। बाबा सम्झाउनुहुन्छ– तिमीले नै पूरा ८४ जन्म लिएका छौ। तिमी अब माथि जानुछ। छ
धेरै सहज। तिमीले कल्प कल्प बुझ्छौ नम्बरवार पुरुषार्थ अनुसार। बाबाले याद-प्यार पनि
नम्बरवार पुरुषार्थ अनुसार दिनुहुन्छ, धेरै याद-प्यार उनीहरूलाई दिनुहुन्छ जो सेवामा
छन्। त्यसैले आफ्नो जाँच गर्नुछ– म बाबाको दिलमा चढेको छु? मालाको दाना बन्न सक्छु?
नपढेकाले अवश्य पढेकाको अगाडि भारी बोक्छन्। बच्चाहरूले पुरुषार्थ गरून् भनेर बाबाले
त सम्झाउनुहुन्छ–तर ड्रामामा पार्ट छैन भने फेरि जतिसुकै मेहनत गरे पनि चढ्दै
चढ्दैनन्। कुनै न कुनै ग्रहदशा लाग्छ। देह अभिमानबाट नै फेरि अरू विकार आउँछन्।
मुख्य कडा बिमारी देह अभिमानको हो। सत्ययुगमा देह अभिमानको नाम नै हुँदैन। त्यहाँ त
हो नै तिम्रो प्रारब्ध। यो यहाँ बाबाले नै सम्झाउनुहुन्छ। अरू कसैले यस्तो श्रीमत
दिँदैनन्– आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। यो मुख्य कुरा हो। लेख्नुपर्छ–
निराकार भगवान भन्नुहुन्छ– म एकलाई याद गर। आफूलाई आत्मा सम्झ। आफ्नो देहलाई पनि
याद नगर। जसरी भक्तिमा पनि एक शिवको नै पूजा गर्छौ। अब ज्ञान पनि केवल मैले नै
दिन्छु। बाँकी सबै हो भक्ति, एउटै शिवबाबाबाट तिमीलाई अव्यभिचारी ज्ञान मिल्छ। यो
ज्ञान सागरबाट रत्न निस्कन्छन्। त्यो सागरको कुरा होइन। यहाँ ज्ञानको सागरले तिमी
बच्चाहरूलाई ज्ञान रत्न दिनुहुन्छ, जसबाट तिमी देवता बन्छौ। शास्त्रहरूमा त के के
कुरा लेखिदिएका छन्। सागरबाट देवता निस्किए फेरि रत्न दिए। यो ज्ञान सागरले तिमी
बच्चाहरूलाई रत्न दिनुहुन्छ। तिमीले ज्ञान रत्न टिप्छौ। पहिला पत्थर टिप्थ्यौ,
त्यसैले पत्थरबुद्धि बन्यौ। अब रत्न टिपेमा तिमी पारसबुद्धि बन्छौ। पारसनाथ बन्छौ
नि। यी पारसनाथ (लक्ष्मी-नारायण) विश्वका मालिक थिए। भक्तिमार्गमा त अनेक नाम, अनेक
चित्र बनाएर राखेका छन्। वास्तवमा लक्ष्मी-नारायण वा पारसनाथ एउटै हुन्। नेपालमा
पशुपति नाथको मेला लाग्छ, उहाँ पनि पारसनाथ नै हुनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाले जुन ज्ञान रत्न दिनुभएको छ, त्यही टिप्नुछ। पत्थर होइन। देह अभिमानको कडा
बिमारीबाट स्वयंलाई बचाउनुछ।
२) आफ्नो ब्याट्रीलाई
फुल चार्ज गर्नका लागि पावर हाउस बाबासँग योग लगाउनुछ। आत्म अभिमानी रहने पुरुषार्थ
गर्नुछ। निर्भय रहनुछ।
वरदान:–
दातापनको
भावनाद्वारा इच्छा मात्रम् अविद्याको स्थितिको अनुभव गर्ने तृप्त आत्मा भव
सदा एक लक्ष्य होस्–
हामीले दाताको बच्चा बनेर सर्व आत्माहरूलाई दिनुछ, दातापनको भावना राख्नाले सम्पन्न
आत्मा बन्छौ र जो सम्पन्न हुन्छन् उनीहरू सदा तृप्त हुन्छन्। म दिने दाताको बच्चा
हुँ– दिनु नै लिनु हो, यही भावनाले सदा निर्विघ्न, इच्छा मात्रम् अविद्याको स्थितिको
अनुभव गराउँछ। सदा एक लक्ष्यतिर नै नजर रहोस्, त्यो लक्ष्य हो बिन्दु र अरू कुनै पनि
कुराको विस्तारलाई हेर्दा पनि नहेर, सुन्दा पनि नसुन।
स्लोगन:–
बुद्धि वा
स्थिति कमजोर छ भने त्यसको कारण हो व्यर्थ सङ्कल्प।
अव्यक्त इशारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
कर्मातीत बन्नका लागि
कर्महरूको हिसाबकिताबबाट मुक्त बन। सेवामा पनि सेवाको बन्धनमा बाँधिने सेवाधारी
होइन। बन्धनमुक्त बनेर सेवा गर अर्थात् हदका रोयल इच्छाहरूबाट मुक्त बन। जसरी देहको
बन्धन, देहको सम्बन्धको बन्धन, त्यसरी नै सेवामा स्वार्थ– यो बन्धनले पनि कर्मातीत
बन्नमा विघ्न पार्छ। कर्मातीत बन्नु अर्थात् यस रोयल हिसाबकिताबबाट पनि मुक्त।