07.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
अहिले पुजारीबाट पूज्य बनिरहेका छौ , पूज्य बाबा आउनुभएको छ तिमीलाई आफूसमान पूज्य
बनाउन।”
प्रश्न:–
तिमी
बच्चाहरूभित्र कुन दृढ विश्वास छ?
उत्तर:–
तिमीलाई दृढ
विश्वास छ– हामीले जीवन छँदै बाबाबाट पूरा वर्सा लिएरै छोड्छौँ। बाबाको यादमा यो
पुरानो शरीर छोडेर बाबासँग जान्छौँ। बाबाले हामीलाई घरको सहज मार्ग बताइरहनुभएको छ।
गीत:–
ओम् नमः शिवाय..........
ओम् शान्ति ।
ओम् शान्ति।
ओम् शान्ति त धेरै मानिसहरूले भनिरहन्छन्। बच्चाहरूले पनि भन्छन्, ओम् शान्ति।
भित्र जुन आत्मा छ – त्यसले भन्छ ओम् शान्ति। तर आत्माहरूले त यथार्थ रीतिले आफूलाई
चिन्दैनन्, न बाबालाई चिन्दछन्। हुन त पुकार्छन् तर बाबा भन्नुहुन्छ– म जो हुँ,
जस्तो छु यथार्थ रीतिले मलाई कसैले जान्दैनन्। यिनले (ब्रह्मा) पनि भन्छन्– मैले
आफूलाई जान्दैनथेँ म को हुँ, कहाँबाट आएको हुँ! आत्मा त मेल (पुरुष) हो नि। बच्चा
हो। फादर (पिता) हुनुहुन्छ परमात्मा। यसरी आत्माहरू आपसमा ब्रदर्स (भाइ भाइ) भए।
फेरि शरीरमा आउनाले कसैलाई मेल (पुरुष), कसैलाई फिमेल (स्त्री) भनिन्छ। तर यथार्थमा
आत्मा के हो, यो कुनै पनि मनुष्य मात्रले जान्दैनन्। अहिले तिमी बच्चाहरूलाई यो
नलेज (ज्ञान) मिल्छ जुन फेरि तिमीले साथमा लैजान्छौ। त्यहाँ यो नलेज हुन्छ, हामी
आत्मा हौँ यो पुरानो शरीर छोडेर अर्को लिन्छौँ। आत्माको पहिचान साथमा लैजान्छौ।
पहिला त आत्मालाई पनि जान्दैनथ्यौ। हामीले कहिलेदेखि पार्ट खेल्छौँ, केही
जान्दैनथ्यौ। अहिलेसम्म पनि कतिले आफूलाई पूरा चिन्दैनन्। मोटो रूपमा चिन्दछन् र
मोटो लिङ्ग रूपलाई नै याद गर्छन्। म आत्मा बिन्दु हुँ। बाबा पनि बिन्दु हुनुहुन्छ,
त्यस रूपमा याद गरून्, यस्ता धेरै कम छन्। बुद्धि नम्बरवार छ नि। कसैले त राम्रोसँग
बुझेर अरूलाई पनि सम्झाउन थाल्छन्। तिमीले सम्झाउँछौ– आफूलाई आत्मा सम्झेर बाबालाई
याद गर्नुछ। उहाँ नै पतित-पावन हुनुहुन्छ। पहिला त मानिसहरूलाई आत्माकै पहिचान छैन,
त्यसैले त्यो पनि सम्झाउनुपर्छ। जब आफूलाई आत्मा निश्चय गर्छन् तब बाबालाई पनि
जान्न सक्छन्। आत्मालाई नै चिन्दैनन् त्यसैले बाबालाई पनि पूरा जान्न सक्दैनन्।
अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी आत्मा बिन्दु हौँ। यति सानो आत्मामा ८४ जन्मको
पार्ट छ, यो पनि तिमीले सम्झाउनुपर्छ। नत्र केवल भन्छन्– ज्ञान धेरै राम्रो छ।
भगवानसँग मिल्ने मार्ग धेरै राम्रो बताउँछन्। तर म को हुँ, बाबा को हुनुहुन्छ, यो
जान्दैनन्। केवल राम्रो राम्रो भनिदिन्छन्। कसैले त फेरि यस्तो पनि भन्छन्–
यिनीहरूले त नास्तिक बनाइदिन्छन्। तिमीलाई थाहा छ– ज्ञानको समझ कसैमा पनि छैन।
तिमीले सम्झाउँछौ– अहिले हामी पूज्य बनिरहेका छौँ। हामीले कसैको पूजा गर्दैनौँ किनकि
जो सबैका पूज्य उच्च भन्दा उच्च भगवान हुनुहुन्छ, हामी उहाँका सन्तान हौँ। उहाँ
हुनुहुन्छ नै पूज्य पिताश्री। अहिले तिमी बच्चाहरूलाई थाहा छ– पिताश्रीले हामीलाई
आफ्नो बनाएर पढाइरहनुभएको छ। सबैभन्दा, उच्च भन्दा उच्च पूज्य एउटै हुनुहुन्छ, उहाँ
बाहेक अरू कसैले पूज्य बनाउन सक्दैन। पुजारीले अवश्य पुजारी नै बनाउँछन्। दुनियाँमा
सबै पुजारी छन्। तिमीलाई अहिले पूज्य मिल्नुभएको छ, जसले आफूसमान बनाइरहनुभएको छ।
तिमीबाट पूजा छुटाउनुभएको छ। आफूसँगै लैजानुहुन्छ। यो फोहोरी दुनियाँ हो। यो हो नै
मृत्युलोक। भक्ति सुरु नै तब हुन्छ जब रावणराज्य हुन्छ। पूज्यबाट पुजारी बन्छन्।
फेरि पुजारीबाट पूज्य बनाउनको लागि बाबालाई आउनुपर्छ। अहिले तिमी पूज्य देवता
बनिरहेका छौ। आत्माले शरीरद्वारा पार्ट खेल्छ। अहिले बाबाले हामीलाई पूज्य देवता
बनाइरहनुभएको छ, आत्मालाई पवित्र बनाउनको लागि। तिमी बच्चाहरूलाई युक्ति दिइएको छ–
बाबालाई याद गर्नाले तिमी पुजारीबाट पूज्य बन्छौ किनकि उहाँ बाबा हुनुहुन्छ सर्वका
पूज्य। जो आधाकल्प पुजारी बन्छन्, उनीहरू फेरि आधाकल्प पूज्य बन्छन्। यो पार्ट पनि
ड्रामामा छ। ड्रामाको आदि-मध्य-अन्त्यलाई कसैले पनि जान्दैनन्। अहिले बाबाद्वारा
तिमी बच्चाहरूले जान्दछौ र अरूलाई पनि सम्झाउँछौ। सबैभन्दा पहिलो मुख्य कुरा यो
सम्झाउनुछ– आफूलाई आत्मा बिन्दु सम्झ। आत्माका पिता उहाँ निराकार हुनुहुन्छ, उहाँ
नलेजफुल नै आएर पढाउनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। बाबा
आउनुहुन्छ एक पटक। उहाँलाई चिनिन्छ पनि एकैपटक। आउनुहुन्छ पनि एकै पटक सङ्गमयुगमा।
आएर पुरानो पतित दुनियाँलाई पावन बनाउनुहुन्छ। अहिले बाबा ड्रामा प्लान (योजना)
अनुसार आउनुभएको छ। कुनै नयाँ कुरा होइन। कल्प कल्प यसैगरी आउँछु। एक सेकेन्ड पनि
अगाडि-पछाडि हुन सक्दैन। तिमी बच्चाहरूको दिलमा लाग्छ– अवश्य बाबाले हामी
आत्माहरूलाई सच्चा ज्ञान दिइरहनुभएको छ, फेरि कल्पपछि पनि बाबालाई आउनुपर्छ।
बाबाद्वारा जुन यस समयमा जान्दछौँ, त्यो फेरि कल्पपछि जान्नेछौँ। यो पनि थाहा छ– अब
पुरानो दुनियाँको विनाश हुन्छ फेरि हामी सत्ययुगमा आएर आफ्नो पार्ट खेल्छौँ।
सत्ययुगी स्वर्गवासी बन्छौँ। यो त बुद्धिमा याद छ नि। याद रहँदा खुसी पनि हुन्छ।
स्टुडेन्ट लाइफ (विद्यार्थी जीवन) हो नि। हामीले स्वर्गवासी बन्नको लागि पढिरहेका
छौँ। स्टडी (पढाइ) पूरा नभएसम्म यो खुसी स्थायी रहनुपर्छ। बाबा सम्झाइरहनुहुन्छ–
स्टडी पूरा तब हुन्छ जब विनाशको लागि सामग्री तयार हुन्छ। फेरि तिमीले बुझ्नेछौ– आगो
अवश्य लाग्छ। तयारीहरू त भइरहन्छन् नि। एकअर्कासँग कति तातिरहन्छन्। चारैतिर भिन्न
भिन्न प्रकारका सेनाहरू छन्। सबै लड्नको लागि तयार भइरहन्छन्। कुनै न कुनै यस्तो
अड्को पार्छन् जसकारण लडाइँ अवश्य लागोस्। कल्प पहिला जसरी विनाश त हुनु नै छ। तिमी
बच्चाहरूले देख्नेछौ। पहिला पनि बच्चाहरूले देखेका छन्– एक झिल्काबाट कति लडाइँ
लागेको थियो। एक अर्कालाई भयभीत पारिरहन्छन्– यसो गर नत्र हामीले यो बमहरू हातमा
लिनुपर्छ। मृत्यु अगाडि आउँछ, फेरि नबनाइ रहन सक्दैनन्। पहिला पनि लडाइँ लागेको थियो
तब बमहरू खसालिदिए। भावी थियो नि। अहिले त हजारौँ बमहरू छन्।
तिमी बच्चाहरूले यो
अवश्य सम्झाउनुछ– अहिले बाबा आउनुभएको छ, सबैलाई फर्काएर लैजान। सबैले पुकारिरहेका
छन्, हे पतित-पावन आउनुहोस् भनेर। यो फोहोरी दुनियाँबाट हामीलाई पावन दुनियाँमा
लैजानुहोस्। तिमी बच्चाहरूलाई थाहा छ– पावन दुनियाँहरू छन् दुई– मुक्ति र जीवनमुक्ति।
सबैका आत्माहरू पवित्र बनेर मुक्तिधाम जान्छन्। यो दु:खधाम विनाश हुन्छ, जसलाई
मृत्युलोक भनिन्छ। पहिला अमरलोक थियो, फेरि चक्कर लगाएर अब मृत्युलोकमा आएका छौ।
फेरि अमरलोकको स्थापना हुन्छ। त्यहाँ कसैको अकालमा मृत्यु हुँदैन त्यसैले त्यसलाई
अमरलोक भनिन्छ। शास्त्रहरूमा पनि हुन त यी शब्द छन्, तर यथार्थ रीतिले कसैले पनि
बुझ्दैनन्। यो पनि तिमीलाई थाहा छ– अब बाबा आउनुभएको छ। मृत्युलोकको विनाश अवश्य
हुनुछ। यो १०० प्रतिशत निश्चित छ। बाबाले सम्झाइरहनुभएको छ– आफ्नो आत्मालाई योगबलले
पवित्र बनाऊ। मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। तर यो पनि बच्चाहरूले याद
गर्न सक्दैनन्। बाबाबाट वर्सा अथवा राज्य लिनमा मेहनत त चाहिन्छ नि। जति हुन सक्छ
यादमा रहनुछ। आफूलाई हेर्नुछ– म कति समय यादमा रहन्छु र कतिलाई याद दिलाउँछु?
मनमनाभव, यसलाई मन्त्र पनि भनिँदैन, यो हो बाबाको याद। देह अभिमानलाई छोडिदिनुछ।
तिमी आत्मा हौ, यो तिम्रो रथ हो, यसबाट तिमीले कति काम गर्छौ! सत्ययुगमा तिमीले
देवी-देवता बनेर कसरी राज्य गर्छौ फेरि तिमीले यही अनुभव गर्नेछौ। त्यस समयमा त
यथार्थमा आत्म अभिमानी रहन्छौ। आत्माले भन्छ– मेरो यो शरीर वृद्ध भयो, यो छोडेर नयाँ
लिन्छु। दु:खको कुरा नै हुँदैन। यहाँ त शरीर नछुटोस् भनेर त्यसको लागि पनि कति
डक्टरको औषधि आदिको लागि मेहनत गर्छन्। तिमी बच्चाहरू बिमारी आदिमा पनि पुरानो
शरीरबाट कहिल्यै हैरान हुनुहुँदैन किनकि तिमीले जान्दछौ– यस शरीरमा नै बाँचेर
बाबाबाट वर्सा पाउनुछ। शिवबाबाको यादले नै पवित्र बन्छौ। यसैमा छ मेहनत। तर पहिला त
आत्मालाई चिन्नुपर्छ। मुख्य तिम्रो हो नै यादको यात्रा। यादमा रहँदा रहँदै फेरि हामी
गइहाल्छौँ मूलवतन। जहाँका हामी निवासी हौँ, त्यही हाम्रो शान्तिधाम हो। शान्तिधाम,
सुखधामलाई तिमीले नै जान्दछौ र याद गर्छौ। अरू कसैले जान्दैनन्। जसले कल्प पहिला
बाबाबाट वर्सा लिएका छन्, उनीहरूले नै लिन्छन्।
मुख्य हो यादको यात्रा।
भक्तिमार्गका यात्राहरू अब खतम हुनुछ। भक्तिमार्ग नै खलास हुन्छ। भक्तिमार्ग के हो?
जब ज्ञान होस् तब बुझ्छन्। सम्झन्छन्– भक्तिबाट भगवान मिल्नुहुन्छ। भक्तिको फल के
दिनुहुन्छ? केही पनि थाहा छैन। तिमी बच्चाहरूले अब बुझेका छौ– बाबाले बच्चाहरूलाई
अवश्य स्वर्गको बादसाहीको नै वर्सा दिनुहुन्छ। सबैलाई वर्सा दिनुभएको थियो, यथा
राजा-रानी तथा प्रजा सबै स्वर्गवासी थिए। बाबा भन्नुहुन्छ– ५००० वर्ष पहिला पनि
तिमीलाई स्वर्गवासी बनाएको थिएँ। अब फेरि तिमीलाई बनाउँछु। फेरि तिमीले यस्तै ८४
जन्म लिन्छौ। यो बुद्धिमा याद रहनुपर्छ, भुल्नुहुँदैन। जुन नलेज सृष्टिको
आदि-मध्य-अन्त्यको बाबाको पासमा छ त्यो बच्चाहरूको बुद्धिमा फुर्छ। हामीले कसरी ८४
जन्म लिन्छौँ, अहिले फेरि बाबाबाट वर्सा लिन्छौँ, अनेक पटक बाबाबाट वर्सा लिएका
छौँ, बाबा भन्नुहुन्छ– जसरी लिएका थियौ फेरि लेऊ। बाबाले त सबैलाई पढाइरहनुहुन्छ।
दैवीगुण धारण गर्नको लागि पनि सावधानी मिलिरहन्छ। आफ्नो जाँच गर्नको लागि साक्षी
भएर हेर्नुपर्छ– कहाँसम्म हामीले पुरुषार्थ गर्छौँ, कसैले सम्झन्छन्– हामीले धेरै
राम्रो पुरुषार्थ गरिरहेका छौँ। प्रदर्शनी आदिको प्रबन्ध गरिरहन्छन् ताकि सबैलाई
थाहा होस् भगवान बाबा आउनुभएको छ। मानिसहरू बिचरा सबै घोर निद्रामा सुतेका छन्।
ज्ञानको विषयमा कसैलाई थाहै छैन, अवश्य भक्तिलाई उच्च नै सम्झन्छन्। पहिला तिमीहरूमा
पनि कुनै ज्ञान थियो र? अहिले तिमीलाई थाहा भयो, ज्ञानको सागर बाबा नै हुनुहुन्छ,
उहाँले नै भक्तिको फल दिनुहुन्छ, जसले धेरै भक्ति गरेको छ, उसलाई धेरै फल मिल्छ।
उनीहरूले नै राम्रोसँग पढ्छन्, उच्च पद पाउनको लागि। यी कति मीठा मीठा कुरा छन्!
वृद्धा आदिको लागि पनि धेरै सहज बनाएर सम्झाउनुहुन्छ। आफूलाई आत्मा सम्झेर बाबालाई
याद गर। उच्चभन्दा उच्च हुनुहुन्छ भगवान शिव। शिव परमात्माय नम: भनिन्छ, उहाँ
भन्नुहुन्छ– म एकलाई याद गर तब तिम्रा विकर्म विनाश हुन्छन्। बस्। अरू कुनै तकलिफ
दिनुहुन्न। पछि गएर शिवबाबालाई पनि याद गर्न थाल्छन्। वर्सा त लिनुछ, जीवन छँदै
बाबाबाट वर्सा लिएरै छोड्छौँ। शिवबाबाको यादमा शरीर छोडिदिन्छन्, उनीहरूले फेरि
संस्कार लिएर जान्छन्। स्वर्गमा अवश्य आउँछन्, जति योग त्यति फल मिल्छ। मूल कुरा
हो– हिँड्दा डुल्दा जति हुन सक्छ यादमा रहनुछ। आफ्नो शिरबाट बोझ उतार्नुछ, केवल याद
चाहिन्छ बाबाले अरू कुनै मेहनत दिनुहुन्न। जान्नुहुन्छ– आधाकल्पदेखि बच्चाहरूले
तकलिफ देखेका छन् त्यसैले अहिले आएको छु, तिमीलाई वर्सा लिने सहज मार्ग बताउन। केवल
बाबालाई याद गर। हुन त याद त पहिला पनि गर्थे तर कुनै ज्ञान थिएन, अहिले बाबाले
ज्ञान दिनुभएको छ– यस रीतिले मलाई याद गर्नाले तिम्रा विकर्म विनाश हुन्छन्। हुन त
शिवको भक्ति त दुनियाँमा धेरै गर्छन्, धेरै याद गर्छन् तर पहिचान छैन। यस समयमा बाबा
स्वयं नै आएर पहिचान दिनुहुन्छ, भन्नुहुन्छ मलाई याद गर। अहिले तिमीले सम्झन्छौ–
हामीले राम्रोसँग जान्दछौँ। तिमीले भन्छौ– हामी जान्छौँ बापदादाको पासमा। बाबाले यी
भागीरथ लिनुभएको छ, भागीरथ पनि प्रसिद्ध छ, यिनद्वारा बसेर ज्ञान सुनाउनुहुन्छ। यो
पार्ट पनि ड्रामामा छ। कल्प कल्प यस भाग्यशाली रथमा आउनुहुन्छ। तिमीलाई थाहा छ– यिनी
उही हुन् जसलाई श्याम सुन्दर भनिन्छ। यो पनि तिमीले बुझेका छौ। मानिसहरूले फेरि
अर्जुन नाम राखिदिएका छन्। अहिले बाबाले यथार्थमा सम्झाउनुहुन्छ– ब्रह्मा सो विष्णु,
विष्णु सो ब्रह्मा कसरी बन्छन्। बच्चाहरूमा अहिले समझ छ– हामी ब्रह्मापुरीका हौँ
फेरि विष्णुपुरीका बन्छौँ। विष्णुपुरीबाट ब्रह्मापुरीमा आउन ८४ जन्म लाग्छ। यो पनि
अनेक पटक सम्झाइएको छ जुन तिमीले फेरि सुन्छौ। आत्मालाई अब बाबा भन्नुहुन्छ– केवल म
एकलाई याद गर तब तिम्रा विकर्म विनाश हुन्छन्, तिमीलाई खुसी पनि हुन्छ। यो एक
अन्तिम जन्म पवित्र बन्नाले हामी पवित्र दुनियाँका मालिक बन्छौँ। तब किन पवित्र नबनौँ!
हामी एक बाबाका बच्चा ब्रह्माकुमार कुमारी हौँ, फेरि पनि त्यो जिस्मानी वृत्ति
परिवर्तन गर्नमा समय लाग्छ। बिस्तारै बिस्तारै पछाडि कर्मातीत अवस्था हुनुछ। यस
समयमा कसैको कर्मातीत अवस्था हुन असम्भव छ। कर्मातीत अवस्था भयो भने फेरि त यो शरीर
पनि रहँदैन, यसलाई छोड्नुपर्छ। लडाइँ लागोस्, एक बाबाको मात्रै याद रहोस्, यसमा
मेहनत छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) साक्षी भएर आफूलाई हेर्नुछ– मैले कहाँसम्म पुरुषार्थ गर्छु? हिँड्दा डुल्दा,
कर्म गर्दा कति समय बाबाको यादमा रहन्छु?
२) यस शरीरबाट कहिल्यै
पनि हैरान हुनुछैन। यस शरीरमा नै जीवन छँदै बाबाबाट वर्सा पाउनुछ। स्वर्गवासी बन्नको
लागि यस लाइफमा पूरा स्टडी गर्नुछ।
वरदान:–
त्रिकालदर्शी
र साक्षीदृष्टा बनेर हरेक कर्म गर्दै बन्धनमुक्त स्थितिको अनुभवद्वारा दृष्टान्त
रूप भव
यदि त्रिकालदर्शी
स्टेजमा स्थित भएर, कर्मको आदि मध्य अन्त्यलाई जानेर कर्म गर्छौ भने कुनै पनि कर्म
विकर्म हुन सक्दैन, सदैव सुकर्म हुन्छ। त्यसैगरी साक्षी दृष्टा बनेर कर्म गर्नाले
कुनै पनि कर्मको बन्धनमा कर्म बन्धनी आत्मा बन्दैनौ। कर्मको फल श्रेष्ठ भएको कारणले
कर्म सम्बन्धमा आउँछौ, बन्धनमा होइन। कर्म गर्दै न्यारा र प्यारा रह्यौ भने अनेक
आत्माहरूको अगाडि दृष्टान्त रूप अर्थात् उदाहरण बन्छौ।
स्लोगन:–
जो मनमा सदा
सन्तुष्ट छ उही डबल लाइट हो।