07.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
धेरै रोयल विद्यार्थी हौ , तिमी बाबा , टिचर र सद्गुरुको यादमा रहनुछ , अलौकिक
खिदमत (सेवा) गर्नुछ ।”
प्रश्न:–
जसले आफूलाई
बेहदको पार्टधारी सम्झेर चल्छन्, उनीहरूको निसानी सुनाऊ?
उत्तर:–
उनीहरूको
बुद्धिमा कुनै पनि सूक्ष्म वा स्थूल देहधारीको याद हुँदैन। उनीहरूले एक बाबालाई र
शान्तिधाम घरलाई याद गरिराख्छन् किनकि बलिहारी एकको हुन्छ। जसरी बाबाले सारा
दुनियाँको खिदमत गर्नुहुन्छ, पतितहरूलाई पावन बनाउनुहुन्छ त्यसरी नै बच्चाहरू पनि
बाबासमान खिदमतगार बन्छन्।
ओम् शान्ति ।
सबैभन्दा पहिला
बाबाले बच्चाहरूलाई सावधानी दिनुहुन्छ। यहाँ बस्दा आफूलाई आत्मा सम्झेर बाबाको अगाडि
बसेका छौ? यो पनि बुद्धिमा ल्याऊ– हामी बाबाको अगाडि पनि बसेका छौं, टिचरको अगाडि
पनि बसेका छौं। नम्बर वन कुरा हो– हामी आत्मा हौं, बाबा पनि आत्मा हुनुहुन्छ, टिचर
पनि आत्मा हुनुहुन्छ, गुरु पनि आत्मा हुनुहुन्छ। एउटै हुनुहुन्छ नि। तिमीले यो नयाँ
कुरा सुन्छौ। तिमीले भन्छौ– बाबा हामीले त कल्प कल्प यो सुन्छौं। त्यसैले बुद्धिमा
यो याद रहोस्, बाबाले पढाउनुहुन्छ, हामी आत्माले यी अङ्गहरूद्वारा सुन्छौं। यो
ज्ञान यस समयमा नै तिमी बच्चाहरूलाई मिल्छ सर्वश्रेष्ठ भगवानद्वारा। उहाँ सबै
आत्माहरूका पिता हुनुहुन्छ, जसले वर्सा दिनुहुन्छ। के ज्ञान दिनुहुन्छ? सबैको सद्गति
गर्नुहुन्छ अर्थात् घर लैजानुहुन्छ। कतिलाई लैजानुहुन्छ? यो कुरा सबै तिमीलाई थाहा
छ। लामखुट्टेसमान सबै आत्माहरू जानुछ। सत्ययुगमा एउटै धर्म, पवित्रता-सुख-शान्ति सबै
हुन्छ। तिमी बच्चाहरूलाई चित्रमा सम्झाउन धेरै सहज छ। बच्चाहरूले पनि नक्सामा
बुझिहाल्छन् नि। इङ्ग्ल्यान्ड यहाँ छ, यो यहाँ छ, फेरि त्यो याद आउँछ। यो पनि यस्तै
हो। एक एक विद्यार्थीलाई सम्झाउनुपर्छ, महिमा पनि एकको छ– सर्वश्रेष्ठ भगवान शिवाय
नम:। रचयिता बाबा घरमुली हुनुहुन्छ नि। ती हदका पिता, यहाँ सारा बेहदको घरका बाबा
हुनुहुन्छ। यहाँ फेरि टिचर पनि हुनुहुन्छ। तिमीलाई पढाउनुहुन्छ। त्यसैले तिमी
बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। तिमी विद्यार्थीहरू पनि रोयल छौ। बाबाले
भन्नुहुन्छ– म साधारण तनमा आउँछु। प्रजापिता ब्रह्मा पनि अवश्य यहाँ हुनुपर्छ। उनी
बिना काम कसरी चल्न सक्छ। र, अवश्य बुज्रुग नै चाहिन्छ किनकि दत्तक (गोद) लिइएको हो
नि। त्यसैले बुज्रुग चाहिन्छ। श्रीकृष्णले त बच्चा बच्चा भन्न सक्दैनन्। बुज्रुगलाई
सुहाउँछ। बच्चालाई कसैले बाबा कहाँ भन्छन् र। त्यसैले बच्चाहरूको बुद्धिमा पनि
आउनुपर्छ– हामी कसको अगाडि बसेका छौं। मनभित्र खुसी पनि हुनुपर्छ। विद्यार्थी जहाँ
बसे पनि उनीहरूको बुद्धिमा पिताको पनि याद आउँछ। टिचरको पनि याद आउँछ। उनीहरूका त
पिता अलग, टिचर अलग हुन्छन्। तिम्रो त एउटै बाबा-टिचर-गुरु हुनुहुन्छ। यी बाबा पनि
त विद्यार्थी हुन्। पढिरहेका छन्। केवल लोनमा रथ दिएका छन्, अरू कुनै फरक छैन। बाँकी
तिमीजस्तै हुन्। यिनको आत्माले पनि त्यही बुझ्छ जे तिमीले बुझ्छौ। बलिहारी छ नै एकको।
उहाँलाई मात्रै प्रभु ईश्वर भनिन्छ। यिनले पनि भन्छन्– आफूलाई आत्मा सम्झेर एक
परमात्मालाई याद गर, बाँकी सबै सूक्ष्म वा स्थूल देहधारीहरूलाई भुल। तिमी
शान्तिधामनिवासी हौ। तिमी हौ बेहदका पार्टधारी। यी कुरा अरू कसैलाई पनि थाहा छैन।
दुनियाँभरमा कसैलाई थाहा छैन, यहाँ जो आउँछन् उनीहरूले बुझ्दै जान्छन्। बाबाको
सेवामा आउँदै जान्छन्। ईश्वरीय खिदमतगार भए नि। बाबा पनि आउनुभएको छ खिदमत गर्न।
पतितहरूलाई पावन बनाउने खिदमत गर्नुहुन्छ। राज्य गुमाएर फेरि दु:खी हुन्छन् र
बाबालाई बोलाउँछन्। जसले राज्य दिनुभएको छ, उहाँलाई नै बोलाउँछन्।
तिमी बच्चाहरूलाई थाहा
छ– बाबा सुखधामको मालिक बनाउन आउनुभएको छ। दुनियाँमा यो कसैलाई पनि थाहा छैन। हुन त
सबै भारतवावर्षका यही एक धर्मका हुन्। यो हो नै मुख्य धर्म। जब त्यो धर्म हुँदैन तब
त अवश्य बाबा आएर स्थापना गर्नुहुन्छ। बच्चाहरूले बुझेका छौ– भगवान जसलाई सारा
दुनियाँले अल्लाह, गड भनेर पुकार्छ, उहाँ ड्रामा अनुसार कल्प पहिलाजस्तै यहाँ
आउनुभएको छ। यो हो गीताको एपिसोड, जसमा बाबा आएर स्थापना गर्नुहुन्छ। गायन पनि छ–
ब्राह्मण र देवी-देवता... क्षत्रिय भनिँदैन। ब्राह्मण देवी-देवताय नम: भनिन्छ किनकि
क्षत्रिय त फेरि पनि २ कला कम भए नि। स्वर्ग भनिन्छ नै नयाँ दुनियाँलाई। त्रेतालाई
नयाँ दुनियाँ कहाँ भनिन्छ र। पहिला सुरुमा सत्ययुगमा हुन्छ एकदम नयाँ दुनियाँ। यो
हो पुरानोभन्दा पुरानो दुनियाँ। फेरि नयाँभन्दा नयाँ दुनियाँमा जानेछौँ। हामी अब
त्यो दुनियाँमा जान्छौँ त्यसैले त बच्चाहरूले भन्छन्– हामी नरबाट नारायण बन्छौं। कथा
पनि हामीले सत्य नारायणको सुन्छौँ। प्रिन्स बन्ने कथा भनिँदैन। सत्य नारायणको कथा
हो। उनीहरूले नारायणलाई अलग सम्झन्छन्। तर नारायणको त कुनै जीवन कहानी छैन। ज्ञानका
कुरा त धेरै छन् नि त्यसैले ७ दिन लगाइन्छ। ७ दिन भट्टीमा बस्नुपर्छ। तर यस्तो पनि
होइन यहाँ भट्टीमा बस्नुछ। यसो भयो भने त भट्टीको बहाना गरेर धेरै जना आउनेछन्।
पढाइ बिहान र साँझमा हुन्छ। अपरान्हमा वायुमण्डल ठीक हुँदैन। राती पनि १० देखि १२
बजेसम्मको समय बिल्कुल खराब हुन्छ। यहाँ तिमी बच्चाहरूले पनि मेहनत गर्नुछ, यादमा
रहेर सतोप्रधान बन्ने। त्यहाँ त सारा दिन कामधन्दामा रहन्छौ। यस्ता पनि धेरै हुन्छन्
जो कामधन्दा गर्दै फेरि पढ्छन् पनि धेरै राम्रो नोकरी गर्नको लागि। यहाँ पनि तिमीले
पढ्छौ त्यसैले टिचरलाई याद गर्नुपर्छ जसले पढाउनुहुन्छ। अच्छा, टिचर सम्झेरै याद
गर्यौ भने पनि तीनै जना सँगै याद आउनुहुन्छ– बाबा, टिचर, गुरु, तिम्रो लागि धेरै
सहज छ, त्यसैले तुरुन्तै याद आउनुपर्छ। यहाँ हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर र गुरु
पनि हुनुहुन्छ। सर्वश्रेष्ठ बाबा हुनुहुन्छ जसबाट हामीले स्वर्गको वर्सा लिइरहेका
छौं। हामी स्वर्गमा अवश्य जान्छौं। स्वर्गको स्थापना अवश्य हुनुछ। तिमीले पुरुषार्थ
गर्छौ केवल उच्च पद पाउनको लागि। यो पनि तिमीलाई थाहा छ। मानिसहरूलाई पनि थाहा
हुनेछ, तिम्रो आवाज फैलिँदै जान्छ। तिमी ब्राह्मणहरूको अलौकिक धर्म हो– श्रीमतमा
अलौकिक सेवामा तत्पर रहनु। यो पनि मानिसहरूलाई थाहा हुनेछ– तिमीले श्रीमतमा कति
उच्च काम गरिरहेका छौ। तिमीलेजस्तो अलौकिक सेवा अरू कसैले गर्न सक्दैन। तिमी
ब्राह्मण धर्मकाले नै यस्तो कर्म गर्छौ। त्यसैले यस्तो कर्ममा लाग्नुपर्छ, यसैमा
व्यस्त रहनुपर्छ। बाबा पनि व्यस्त रहनुहुन्छ नि। तिमीले राजधानी स्थापना गरिरहेका
छौ। उनीहरू त पञ्चायत मिलेर केवल पालना गरिराख्छन्। यहाँ तिमीले गुप्त भेषमा के
गरिरहेका छौ। तिमी हौ इनकग्निटो (गुप्त), अननोन वारियर्स (अज्ञात योद्धा),
नन-वायोलेन्स (अहिंसक)। यसको अर्थ पनि कसैले बुझ्दैनन्। तिमी हौ डबल अहिंसक सेना।
ठुलो हिंसा त यो विकारको हो, जसले पतित बनाउँछ। यसैलाई जित्नुछ। भगवानुवाच– काम
महाशत्रु हो, यसमाथि विजय पायौ भने नै तिमी जगतजित बन्छौ। यी लक्ष्मी-नारायण जगतजित
हुन् नि। भारतवर्ष जगतजित थियो। यिनीहरू विश्वको मालिक कसरी बने! यो पनि बाहिरकाले
बुझ्न सक्दैनन्। यो बुझ्नको लागि बुद्धि धेरै विशाल चाहिन्छ। ठुला ठुला परीक्षाको
लागि पढ्नेहरूको विशालबुद्धि हुन्छ नि। तिमीले श्रीमतमा आफ्नो राज्य स्थापना गर्छौ।
तिमीले कसैलाई पनि सम्झाउन सक्छौ– विश्वमा शान्ति थियो नि, अरू कुनै राज्य थिएन।
स्वर्गमा अशान्ति हुन सक्दैन। बहिश्तलाई भनिन्छ नै गार्डन अफ अल्लाह। केवल बगैँचा
कहाँ हुन्छ र। मानिस पनि चाहिन्छ नि। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी बहिश्तको
मालिक बनिरहेका छौं। तिमी बच्चाहरूलाई कति नशा हुनुपर्छ र श्रेष्ठ चिन्तन हुनुपर्छ।
तिमीले बाहिरको कुनै पनि सुख चाहँदैनौ। यस समयमा तिमी बिल्कुल साधारण रहनुछ। अब तिमी
पतिको घर जान्छौ। यो हो माइतीघर। यहाँ तिमीलाई डबल पिता मिल्नुभएको छन्। एक निराकार
सर्वश्रेष्ठ, अर्का फेरि साकार उहाँ पनि सर्वश्रेष्ठ। अहिले तिमी पतिको घर
विष्णुपुरीमा जान्छौ। त्यसलाई कृष्णपुरी भनिँदैन। बच्चाको पुरी हुँदैन। विष्णुपुरी
अर्थात् लक्ष्मी-नारायणको पुरी। तिम्रो हो राजयोग। त्यसैले अवश्य नरबाट नारायण बन्छौ।
तिमी बच्चाहरू हौ
सच्चा सच्चा खुदाई खिदमतगार (ईश्वरीय सेवाधारी)। बाबाले सच्चा खुदाई खिदमतगार उनलाई
भन्नुहुन्छ जसले कम्तीमा ८ घण्टा आत्म अभिमानी रहने पुरुषार्थ गर्छन्। कुनै
कर्मबन्धन नरहेमा खिदमतगार बन्न सक्छौ र कर्मातीत अवस्था हुन सक्छ। नरबाट नारायण
बन्नुछ भने कर्मातीत अवस्था अवश्य हुनुपर्छ। कर्मबन्धन भयो भने सजाय खानुपर्छ।
बच्चाहरूले आफै बुझ्छन्– याद गर्ने मेहनत धेरै कठिन छ। युक्ति धेरै सहज छ, केवल
बाबालाई याद गर्नुछ। भारतवर्षको प्राचीन योग प्रसिद्ध छ। योगको लागि नै ज्ञान हो,
जुन ज्ञान बाबा आएर सिकाउनुहुन्छ। श्रीकृष्णले कुनै योग कहाँ सिकाउँछन् र।
श्रीकृष्णलाई फेरि स्वदर्शन चक्र देखाइदिइएको छ। त्यो चित्र पनि कति गलत छ। अहिले
तिमीले कुनै चित्र आदि पनि याद गर्नुछैन। सबै कुरा भुल। कसैमा बुद्धि नजाओस्, लाइन
क्लियर चाहिन्छ। यो हो पढाइको समय। दुनियाँलाई भुलेर आफूलाई आत्मा सम्झेर बाबालाई
याद गर्नुछ, अनि मात्रै पाप नाश हुन्छन्। बाबाले भन्नुहुन्छ– पहिला सुरुमा तिमी
अशरीरी आएका थियौ, फेरि तिमी अशरीरी नै जानुछ। तिमी अलराउन्डर हौ। उनीहरू हुन्छन्
हदका कलाकार, तिमी हौ बेहदका। अहिले तिमीले बुझेका छौ– हामीले अनेक पटक पार्ट खेल्यौँ।
अनेक पटक तिमी बेहदको मालिक बन्छौ। यो बेहदको नाटकमा फेरि साना साना नाटक पनि अनेक
पटक चलिरहन्छन्। सत्ययुगदेखि कलियुगसम्म जे जति भयो त्यो दोहोरिइरहन्छ। माथिदेखि
लिएर अन्त्यसम्म तिम्रो बुद्धिमा छ। मूलवतन, सूक्ष्मवतन र सृष्टिको चक्र, बस्, अरू
कुनै धामसँग तिम्रो काम छैन। तिम्रो धर्म धेरै सुखदायक छ। उनीहरूको समय आइसकेपछि
उनीहरू आउँछन्। नम्बरवार जसरी जसरी आएका छन्, त्यसरी नै फेरि जान्छन्। हामीले अरू
धर्मको के वर्णन गर्ने। तिमीलाई केवल एक बाबाको नै याद हुनुपर्छ। चित्र आदि यी सबै
भुलेर एक बाबालाई याद गर्नुछ। ब्रह्मा-विष्णु-शङ्करलाई पनि होइन, केवल एक बाबालाई।
उनीहरूले सम्झन्छन्– परमात्मा लिङ्ग हुनुहुन्छ। तर लिङ्गसमान कुनै चीज कसरी हुन
सक्छ। उहाँले ज्ञान कसरी सुनाउनुहुन्छ र। के प्रेरणाले कुनै लाउडस्पिकर राख्नुहुन्छ
र तिमीले सुन्छौ। प्रेरणाले त केही हुँदैन। यस्तो होइन, शङ्करलाई प्रेरित
गर्नुहुन्छ। यो सबै ड्रामामा पहिलादेखि नै निश्चित छ। विनाश त हुनु नै छ। जसरी तिमी
आत्माहरूले शरीरद्वारा कुरा गर्छौ, त्यसरी नै परमात्माले पनि तिमी बच्चाहरूसँग कुरा
गर्नुहुन्छ। उहाँको पार्ट नै दिव्य अलौकिक छ। पतितहरूलाई पावन बनाउने एउटै बाबा
हुनुहुन्छ। भन्नुहुन्छ– मेरो पार्ट सबैको भन्दा भिन्न छ। कल्प पहिला जो आएका होलान्
उनीहरू आइरहन्छन्। जे जति पनि विगतमा भयो ड्रामा, यसमा अलिकति पनि फरक पर्दैन। फेरि
पुरुषार्थको ख्याल राख्नुछ। यस्तो होइन– ड्रामा अनुसार मेरो कम पुरुषार्थ चल्छ,
त्यसो भएपछि त पद पनि धेरै सानो हुन्छ। पुरुषार्थलाई तीव्र बनाउनुपर्छ। ड्रामामा
छोडिदिनु हुँदैन। आफ्नो चार्टलाई हेर्दै जाऊ। बढाउँदै जाऊ। नोट राख– मेरो चार्ट
बढ्दै गएको छ, घटेको त छैन? धेरै खबरदारी चाहिन्छ। यहाँ तिम्रो सङ्ग छ
ब्राह्मणहरूसँग। बाहिर छ सबै कुसङ्ग। उनीहरू सबैले उल्टो नै सुनाउँछन्। अब बाबाले
तिमीलाई कुसङ्गबाट निकाल्नुहुन्छ।
मानिसहरूले कुसङ्गमा
आएर आफ्नो रहनसहन, आफ्नो पहिरन आदि सबै परिवर्तन गरेका छन्, देश-भेष नै परिवर्तन
गरेका छन्, यो पनि मानौँ आफ्नो धर्मको अपमान गरेका छन्। हेर त कस्तो कस्तो कपाल
बनाउँछन्। देह अभिमान हुन्छ। १००-१५० रुपैयाँ दिन्छन् केवल कपाल बनाउनको लागि।
यसलाई भनिन्छ अति देह अभिमान। उनीहरूले फेरि कहिल्यै ज्ञान लिन सक्दैनन्। बाबाले
भन्नुहुन्छ– बिल्कुल साधारण बन। महँगो साडी लगाउनाले पनि देह अभिमान आउँछ। देह
अभिमान तोड्नको लागि सबै हलुका बनाइदिनुपर्छ। राम्रो चीजले देह अभिमानमा ल्याउँछ।
तिमी यस समयमा वनवासमा छौ नि। हरेक चीजबाट मोह हटाउनुछ। धेरै साधारण रहनुछ। विवाह
आदिमा ठीकै छ रङ्गीन कपडा आदि लगाएर जाऊ, कर्तव्य निर्वाह गर्ने अर्थमा लगायौ, फेरि
घरमा आएर उतारिदिनुछ। तिमी त वाणीबाट पर जानुछ। वानप्रस्थी सेतो पोसाकमा हुन्छन्।
तिमी एक एक साना ठुला सबै वानप्रस्थी हौ। साना बच्चाहरूलाई पनि शिवबाबाको नै याद
दिलाउनुछ। यसैमा कल्याण छ। बस् हामी अहिले जानुछ शिवबाबाको पासमा। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदैव ध्यान रहोस्– मेरो कुनै पनि चालचलन देह अभिमानवस नहोस्। धेरै साधारण रहनुछ।
कुनै पनि चीजमा ममत्व राख्नुछैन। कुसङ्गबाट आफूलाई सम्हाल्नुछ।
२) यादको मेहनतले सबै
कर्मबन्धनहरूलाई तोडेर कर्मातीत बन्नुछ। कम्तीमा ८ घण्टा आत्म अभिमानी रहेर सच्चा
सच्चा खुदाई खिदमतगार बन्नुछ।
वरदान:–
विशालबुद्धि
विशाल दिलद्वारा आफ्नोपनको अनुभूति गराउने मास्टर रचयिता भव
मास्टर रचयिताको पहिलो
रचना– यो देह हो। जसले यस देहको मालिकपनमा सम्पूर्ण सफलता प्राप्त गर्छन्, उनीहरूले
आफ्नो स्नेह वा सम्पर्कद्वारा सबैलाई आफ्नोपनको अनुभव गराउँछन्। ती आत्माको
सम्पर्कबाट सुखको, दातापनको, शान्ति, प्रेम, आनन्द, सहयोग, हिम्मत, उत्साह, उमङ्ग
कुनै न कुनै विशेषताको अनुभूति हुन्छ। उनीहरूलाई नै भनिन्छ विशालबुद्धि, विशाल
दिलवाला।
स्लोगन:–
उमङ्ग-उत्साहको
पङ्खद्वारा सदैव उड्तीकलाको अनुभूति गर्दै जाऊ।