07.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमीलाई
नसा हुनुपर्छ– हाम्रो बाबा आउनुभएको छ, हामीलाई विश्वको मालिक बनाउन, हामी उहाँको
सामुन्ने बसेका छौँ।”
प्रश्न:–
कर्मको गुह्य
गतिलाई जान्नेहरूले कुन पुरुषार्थ अवश्य गर्छन्?
उत्तर:–
यादमा रहने
किनकि उनीहरूलाई थाहा छ, यादबाट नै पुराना हिसाबकिताब चुक्ता हुनुछ। उनीहरूलाई थाहा
छ, आत्माले पुराना हिसाबकिताब, कर्मभोग चुक्ता गरेन भने उसले सजाय खानुपर्छ अनि पद
पनि भ्रष्ट हुन्छ। पुनर्जन्म पनि त्यस्तै हुन्छ।
ओम् शान्ति ।
बच्चाहरूलाई
अपार खुसीको पारा चढ्छ जुनबेला देख्छौ बापदादा सामुन्ने आउनुभएको छ अनि यो पनि
बच्चाहरूलाई थाहा छ, ५ हजार वर्षपछि फेरि शिवबाबा ब्रह्माको तनमा आउनुभएको छ। के
गर्न? बच्चाहरूलाई यो नसा चढेको छ। सबै बच्चाहरूलाई थाहा छ, स्वर्गको मालिक बनाउन
बाबा आउनुभएको छ। बाबाले हामीलाई लायक बनाइरहनुभएको छ। हामीलाई तमोप्रधानबाट
सतोप्रधान बन्ने युक्तिहरू बाबाले बारम्बार बताइरहनुभएको छ। युक्ति धेरै सहज छ।
बाबाले बच्चाहरूलाई बिल्कुलै सहज याद सिकाउनुहुन्छ। अज्ञान कालमा पिताको बच्चा भयो
भने सम्झन्छन् हाम्रो वारिस पैदा भयो। तिमीलाई थाहा छ, यस समयमा बाबा आएर हामी
बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ। हुन त तिमी सबै शिवबाबाका बच्चा हौ। तर बाबाले आफ्नो
कसरी बनाउनुहुन्छ, जसले गर्दा बाबाले हामीलाई ज्ञान सुनाउन सक्नुहुन्छ र हामीले
उहाँबाट ज्ञान सुन्न सक्छौँ। शिवबाबाले यस ब्रह्माको तनद्वारा भन्नुहुन्छ– म तिम्रो
पिता हुँ। तिमीलाई स्वर्गको मालिक बनाउँछु। केवल तिमी आत्मा जुन पतित बनेका छौ, त्यो
न मुक्तिमा, न जीवनमुक्तिधाममा जान सक्छ। तिमी सबै एक बाबाका बच्चा हौ। सबैले बाबाको
सम्पत्ति लिनुछ। धेरैभन्दा धेरै बच्चाहरू छन्, वृद्धि हुँदै जान्छ। बाबाले एडप्ट
गर्दै जानुहुन्छ। हे आत्माहरू, अब तिमी मेरा सन्तान हौ! आफूलाई रुह आत्मा सम्झ,
हामीलाई बाबा मिल्नुभएको छ, जसलाई आधाकल्प याद गर्थ्यौ। यो कहिल्यै नभुल। आधाकल्प
आत्माले यस शरीरद्वारा हे पतित-पावन, हे दुःखहर्ता सुखकर्ता! भन्दै याद गर्दै आएको
छ किनकि अहिले रावण राज्य छ नि! हुन त जसले अहिले सम्झन्छन् हामी धेरै सुखी छौँ,
हामीसँग यति पदम छ, यति मिलहरू छन्, कारखाना आदि छन्, यो त सबै अल्पकालको लागि हो।
अन्त्यमा त धेरै त्राहि त्राहि गर्न थाल्नेछन्। दुःखका पहाड खस्नेछन्। यति धेरै
सम्पत्ति सेकेन्डमा खलास हुनेछ। बाबाबाट तिमीलाई सेकेन्डमा वर्सा मिल्छ। बाबा
भन्नुहुन्छ– तिमीलाई सेकेन्डमा स्वर्गको बादसाही दिन्छु। यो पुरानो दुनियाँ खतम
हुनेछ। लडाइँहरू हुनेछन्, प्राकृतिक प्रकोपहरु हुनेछन्। सफाइ त हुनुपर्छ नि! तिम्रो
आत्मा पनि अहिले पवित्र बनिरहेको छ। बापदादा दुवैले बुझ्न सक्नुहुन्छ, बच्चाहरूले
कति मेहनत गर्छन्। बाबाबाट वर्सा पाउनको लागि बिल्कुलै थोरै मेहनत गराउनुहुन्छ।
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। उहाँ रुहानी बाबा निराकार हुनुहुन्छ, हामी
आत्माहरूले उहाँलाई बोलाउँछौँ नि! बाबा भन्नुहुन्छ– तिम्रो आत्मा जुन पतित छ, त्यो
पावन कसरी बन्छ। पतितपावन त एक बाबा हुनुहुन्छ नि! पानीको नदी पतितपावनी हो भने
तुरून्तै गएर डुबुल्की मारेर फर्केर आउनुपर्छ। धेरैले गङ्गास्नान गर्छन्, तैपनि
पतित किन छन्? रातदिन यही धुन लगाइरहन्छन्– पतितपावन सीताराम अर्थात् सबै जो भक्तहरू
छन् अथवा सीताहरू छन्, सबैको रक्षक एक राम परमपिता परमात्मा हुनुहुन्छ। पतितपावन,
पतिहरूको पति उहाँ नै हुनुहुन्छ। उहाँ जुनबेला आउनुहुन्छ, त्यतिबेला आएर पावन
बनाउनुहुन्छ। त्यसैले अब बाबा भन्नुहुन्छ– तिमी मेरो श्रीमतमा चल्नुछ, अरू कसैको
मतमा नचल। उनीहरूले त सम्झन्छन् भक्तिबाट भगवान मिल्नुहुन्छ, भक्तिबाट भगवान
मिल्नुहुन्छ भने यस्तो किन भन्छन्– भक्तहरूको रक्षा गर्न आउनुहुनेछ। भक्तहरूमाथि के
आपद परेको छ र रक्षा गर्नुहुन्छ? कुनै विपत्ति परेपछि रक्षा गरिन्छ । बाबा
भन्नुहुन्छ– तिमीले कति दुर्गति पाएका छौ। यो रौरव नर्क हो, सबै दुःखी रोगी छन्। घर
घरमा हेर के भइरहेको छ। दुःख नै दुःख छ, त्यसैले पुकार्छन्– बाबा हाम्रो दुःख
हर्नुहोस्, सुख दिनुहोस्! भारतखण्डमा नै सदा सुख थियो, अहिले दुःख छ। भारतवर्षको
कुरा हो, अरू खण्ड त अलग्गै छन्। तिनीहरू त आउँछन् नै पछि। कसैले ६० जन्म, कसैले
त्योभन्दा पनि कम जन्म लिन्छन्। ८४ जन्म देवता धर्मका आत्माहरूले लिन्छन्। त्यसैले
यस हिसाबले आधाकल्पपछि जो आउँछन्, उनीहरूले ८४ को आधा जन्म लिनुपर्छ। यस्तो होइन,
सबैले ८४ को चक्कर लगाउँछन्। मानिसहरूलाई त जे आउँछ त्यही भनिदिन्छन्। अहिले तिमी
बच्चाहरूले बाबाबाट अविनाशी ज्ञान रत्नहरूको झोली भरिरहेका छौ। रत्न त धेरै
मूल्यवान् हुन्छन्। बाबाले सम्झाउन पनि धेरै सहज तरिकाले सम्झाउनुहुन्छ। बाबा
भन्नुहुन्छ– तिमीले बोलाउँदै आएका छौ, हे पतितपावन आएर हामीलाई पावन बनाउनुहोस्! अब
म तिम्रो बाबा आएको छु। अहिले तिमीले बुझेका छौ, हामी पावन बन्यौँ भने स्वर्गको
मालिक बन्छौँ। हामीलाई पत्थरबुद्धिबाट पारसबुद्धि, पत्थरनाथबाट पारसनाथ बनाउन
शिवबाबा आउनुभएको छ। भक्तिमार्गका चित्रहरू सबै पत्थरका बनेका छन्। पत्थरलाई
ढोगिरहन्छन्। बाबा भन्नुहुन्छ– तिमीले जतिसुकै मेहनत गरे पनि केही फाइदा हुनेछैन।
पहिला त तिमी बलि चढ्थ्यौ। तैपनि के फाइदा भयो? बढीमा देवीको दर्शन हुन्छ, फेरि
जस्ताको त्यस्तै। पतितपावन बाबा आउनुहुन्छ– एकपटक सङ्गममा। सत्ययुगमा त भक्तिमार्गका
कुराहरू हुँदै हुँदैनन्। बाबाले त भन्नुहुन्न– गर्धन काट। यो गर। भक्तिमार्गमा अनेक
प्रकारले के के गर्छन्। पहिला देवीलाई मानिसको बलि चढाउँथे। बाबा भन्नुहुन्छ– तिमी
सुध्रेका थियौ, त्यसैले देवता थियौ। अहिले कति पत्थरबुद्धि बनेका छौ। बाबाले
तिमीलाई स्वर्गको बादसाही दिनुभएको थियो। कति सुन, हिराजुहारतका महलहरू थिए, अथाह
धन थियो। त्यो के गरिदियौ? अहिले तिमी कति दुःखी भएका छौ। तिमी वास्तवमा देवीदेवता
धर्मका थियौ नि! अहिले केवल तिमी रजो, तमोमा आएका छौ। तिमी त देवता धर्मका थियौ,
फेरि आफूलाई हिन्दु किन भन्छौ? अरू सबै धर्मका मानिसहरूले आ-आफ्नो धर्मलाई नै
मान्छन्। धर्म त एउटै हुन्छ नि! मुसलमानहरूको मुस्लिम धर्म, क्रिस्चियनको
क्रिस्चियन धर्म चलिआएको छ। तिमीलाई के भयो? तिमी धेरै सुखी, पवित्र, सम्पूर्ण
निर्विकारी थियौ। अहिले कति विकारी बनेका छौ। कसैलाई थाहै छैन– अवश्य हामी सम्पूर्ण
निर्विकारी थियौँ, फेरि सम्पूर्ण विकारी कसरी बन्यौँ? ८४ जन्म लिँदा लिँदा सतोबाट
तमो बन्यौँ, अहिले बिल्कुलै तमोप्रधान पतित छौँ। सत्ययुगबाट कलियुग अवश्य आउनुछ। सबै
धर्महरू सतो, रजो, तमोमा आउनु नै छ। वृद्धि हुनुछ। तिमी पनि वृक्षमा छौ नि। वृक्षमा
हेर– अन्त्यमा ब्रह्मा उभिएका छन्, वृक्षको माथि टुप्पोमा ब्रह्मा नै ८४ जन्म लिएर
गएर अन्त्यमा उभिएका छन्। तिमी ब्राह्मणहरू पनि जो तल बसेका छौ, तिमीहरू नै फेरि
अन्त्यमा पतित शूद्र बनेका छौ। फेरि तल राजयोग सिकिरहेका छौ। तिमी पनि शूद्र थियौ,
अहिले ब्राह्मण बनेका छौ। यी धेरै बुझ्नुपर्ने कुराहरू हुन्। अहिले वृक्षमा धेरै
राम्रो ज्ञान छ। अहिले तिमीले राजयोगको तपस्या गरिरहेका छौ, तिम्रै यादगार उपस्थित
छ। यो चैतन्य देलवाडा मन्दिर, त्यो जड। सत्ययुगमा यो देलवाडा मन्दिर थिएन। यस समयमा
तिमीले आफ्नो यादगार देख्छौ। तिमी यथार्थमा सच्चा सच्चा देलवाडा मन्दिरमा चैतन्य
रूपमा बसेका छौ। स्वर्गको स्थापना भइरहेको छ। फेरि स्वर्गमा आउँछौ, अनि यी मन्दिर
आदि केही हुँदैनन्। यी मम्मा बाबा र हामी बच्चाहरू बसेका छौँ। हुबहु यो तिम्रो
मन्दिर हो। नाम नै राखिएको छ मधुबन, चैतन्य देलवाडा मन्दिर। फेरि भक्तिमार्ग सुरु
भएपछि फेरि यी मन्दिर बनाउँछौ। बाबाले तिमीलाई धेरै धनवान् बनाउनुभएको थियो, त्यसैले
तिमीले नै फेरि उहाँको मन्दिर बनाउँछौ। शिवका मन्दिर एउटा मात्र बनाउँदैनन्, सबैले
बनाउँछन्, यथायोग्य यथाशक्ति।
तिमीलाई थाहा छ, हामी
पूज्य थियौँ, फेरि द्वापरमा पुजारी बनेका छौँ। शिवबाबा जसले यति धनवान् बनाउनुहुन्छ,
भक्तिमा फेरि तिमीहरूले नै उहाँका मन्दिर बनाउँछौ। यी कुराहरूलाई अहिले तिमीहरूले
नै जानेका छौ। त्यसैले अब पुरुषार्थ गरेर फेरि राजाहरूको राजा बन्नुपर्छ। सत्ययुगमा
भनिन्छ महाराजाहरू। त्रेतामा भनिन्छ राजा। फेरि दुनियाँ पतित बन्छ, अनि महाराजाहरू
पनि पतित, राजाहरू पनि पतित हुन्छन्। तिनीहरूले निर्विकारी महाराजाहरूको मन्दिर
बनाएर पुजा गर्छन्। पहिला सुरुमा शिवका मन्दिर बनाउँछन्, फेरि देवताहरूका बनाउँछन्,
आफैले मन्दिर बनाएर पुज्छन्, ८४ जन्म त भोग्छन् नि! आधाकल्प तिमी नै पूज्य, फेरि
आधाकल्प पुजारी बन्छौ। मानिसहरूले फेरि सम्झन्छन्, भगवान आफै पूज्य, आफै पुजारी
हुनुहुन्छ। सबैथोक आफै दिनुहुन्छ, आफै खोस्नुहुन्छ। अच्छा, उहाँले दिनुभयो र लिनुभयो
भने फेरि तिमीलाई किन चिन्ता हुन्छ। तिमी त ट्रस्टी भयौ। फेरि रुनुपर्ने के आवश्यकता
छ र! बाबा बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ। अब तिमी आत्म अभिमानी बन्छौ, नम्बरवार।
कसैले त बिल्कुल बाबालाई याद गर्दै गर्दैनन्। देहीअभिमानी रहँदै रहँदैनन्। यहाँ कति
सम्झाइन्छ– अरे तिमी आत्मा हौ, परमात्माले तिमीलाई पढाउनुहुन्छ। आत्मामा नै संस्कार
रहन्छन्। आत्मा नै वकिल आदि बन्छ, आत्मा न्यायाधिश (म्याजिस्ट्रेट) बन्छ। तिमी भोलि
के बन्छौ? आत्माले बाबालाई राम्रोसँग याद गरिरह्यो भने फेरि अमरलोकमा गएर जन्म
लिन्छ। मृत्युलोकमा फेरि अर्को जन्म लिँदैनन्। केही हिसाबकिताब रहेको छ भने सजाय
खानुपर्छ। कर्मभोग भोगेर चुक्ता गर्नुपर्छ अनि पद उच्च मिल्दैन। यो कर्मको गुह्य गति
बाबा बसेर बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। यो पनि बच्चाहरूलाई थाहा छ– सत्ययुग
सतोप्रधान हुन्छ। हरेक चिज त्यहाँ सतोप्रधान हुन्छ। मानिसहरूले भन्छन्, कृष्णले
गाईको स्याहार गर्थे। राजाहरूले गाईको स्याहार गर्छन् र? यस्तो कुरा त हुन सक्दैन।
यो पनि देखाउँछन्– सत्ययुगमा गाईहरू पनि धेरै फस्टक्लास हुन्छन्, ती गाइलाई कामधेनु
भनिन्छ। जगदम्बा सरस्वती पनि कामधेनु हुन्। २१ जन्मको लागि सबैको मनोकामना पूरा
गर्छिन्। तिमी पनि कामधेनु हौ। फेरि त्यही नाम गाईको राखिदिएका छन्, जसले धेरै दुध
दिन्छ। राजाहरूका घरमा धेरै फस्टक्लास गाई हुन्छन्। यहाँ पनि राजाहरूसँग यस्ता
राम्रा राम्रा गाई छन् भने स्वर्गमा कति सुन्दर होलान्! त्यहाँ कुनै दुर्गन्ध आदि
बिल्कुलै हुँदैन। अब बाबा बच्चाहरूलाई भन्नुहुन्छ– म आएको छु, तिमीलाई गुल गुल फूल
बनाएर साथै लैजान्छु। मलाई बोलाउँछन् नै– हे पतितपावन आउनुहोस्! पतित दुनियाँ, पतित
शरीरमा आउनुहोस्! यी हुन् पतित, ती हुन् पावन फरिस्ता। तुलना गरेर देखाउँछन्। तिमी
पनि पतितबाट त्यस्तै पावन फरिस्ता बन्छौ। सत्ययुगी देवताहरूलाई डिटी भन्छन्।
सूक्ष्मवतनवासी फरिस्ता हुन्। अब तिमी फरिस्ता पवित्र बन्छौ। बाबाले कति सहज शिक्षा
दिनुहुन्छ। यहाँ आउँदा कुनै पनि बाहिरका मित्र-सम्बन्धी, घर परिवार, कामधन्दा आदि
याद गर्नुहुँदैन। बाबाको सामुन्ने आएका छौ नि! यहाँ आएका हौ नै– योगको कमाइ गर्न,
त्यसैले यसमा लाग्नुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सजायबाट मुक्त हुनको लागि योगबलले पुराना सबै हिसाबकिताब चुक्ता गर्नुछ। ट्रस्टी
भएर सबैथोक सम्हाल्नुछ। कुनै पनि कुराको चिन्ता गर्नुहुँदैन। आत्म अभिमानी बन्नुछ।
२) यो कमाइको समय हो,
यसमा घर परिवार, कामधन्दा आदि याद गर्नुहुँदैन। फरिस्ता बन्नको लागि एक बाबाको यादमा
रहने पूरा पूरा पुरुषार्थ गर्नुछ।
वरदान:–
यादको
सर्चलाइटद्वारा वायुमण्डल बनाउने विजयी रत्न भव
सेवाधारी आत्माहरूको
मस्तकमा विजयको तिलक लागेको हुन्छ नै, तर जुन स्थानको सेवा गर्नुछ, त्यस स्थानमा
पहिलेदेखि नै सर्चलाइटको प्रकाश दिनुपर्छ। यादको सर्चलाइटबाट यस्तो वायुमण्डल
बन्नेछ, जसले गर्दा अनेक आत्माहरू सहजै समीप आउनेछन्। अनि कम समयमा सफलता हजार गुणा
हुनेछ। यसको लागि दृढ सङ्कल्प गर– हामी विजयी रत्न हौँ, त्यसैले हरेक कर्ममा विजय
समाहित हुन्छ।
स्लोगन:–
जुन सेवाले
स्वयंलाई वा अरूलाई डिस्टर्ब गर्छ, त्यो सेवा सेवा होइन, बोझ हो।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर
ज्वालारूप बन्नको लागि
यही धुन सदा रहोस्– अब फर्केर घर जानुछ। जानुछ अर्थात् उपराम। आफ्नो निराकारी घरमा
जानुछ भने आफ्नो भेष पनि त्यस्तै बनाउनुछ। जानुछ अनि सबैलाई फर्काएर लैजानुछ– यो
स्मृतिबाट स्वतः नै सर्व सम्बन्ध, सर्व प्रकृतिको आकर्षणबाट उपराम अर्थात् साक्षी
बन्नेछौ। साक्षी बनेपछि सहजै बाबाको साथी र बाबासमान बन्नेछौ।