07.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– अविनाशी
ज्ञान रत्न धारण गरेर अब तिमी फकिरबाट अमिर बन्नुछ , तिमी आत्मा हौ रूप-बसन्त।”
प्रश्न:–
कुन शुभभावना
राखेर पुरुषार्थमा सदैव तत्पर रहनुछ?
उत्तर:–
सदैव यही
शुभभावना राख्नुछ– हामी आत्मा सतोप्रधान थियौँ, हामीले नै बाबाबाट शक्तिको वर्सा
लिएका थियौँ, अब फेरि लिइरहेका छौँ। यही शुभभावनाले पुरुषार्थ गरेर सतोप्रधान
बन्नुछ। यस्तो नसोच्नु– सबै सतोप्रधान कहाँ बन्छन् र! होइन, यादको यात्रामा रहने
पुरुषार्थ गरिरहनुछ, सेवाबाट तागत लिनुछ।
गीत:–
इस पाप की
दुनिया से...
ओम् शान्ति ।
यो पढाइ हो।
हरेक कुरा बुझ्नुछ, जति पनि सतसङ्ग आदि छन्, ती सबै भक्तिका हुन्। भक्ति गर्दागर्दै
भिखारी बनेका छन्। ती भिखारी फकिर अर्कै हुन्, तिमी अर्कै किसिमका भिखारी हौ। तिमी
अमिर थियौ, अहिले फकिर बनेका छौ। यो कसैलाई पनि थाहा छैन– हामी अमिर थियौँ, तिमी
ब्राह्मणहरूलाई थाहा छ– हामी विश्वका मालिक अमिर थियौँ। अमिरचन्दबाट फकिरचन्द बनेका
छौँ। तर यो पढाइ हो, जसलाई राम्रोसँग पढ्नुछ, धारण गर्नुछ र धारण गराउने कोसिस
गर्नुछ। अविनाशी ज्ञान रत्न धारण गर्नुछ। आत्मा रूप बसन्त हो नि। आत्माले नै धारण
गर्छ, शरीर त विनाशी हो। काम नलाग्ने चीजलाई जलाइन्छ। शरीर पनि कामको रहँदैन त्यसैले
त्यसलाई आगोमा जलाउँछन्। आत्मालाई त जलाउँदैनन्। हामी आत्मा हौँ, रावण राज्य भएदेखि
नै मनुष्य देह अभिमानमा आएका छन्। म शरीर हुँ, यसमा पक्का निश्चय हुन्छ। आत्मा त
अमर छ। अमरनाथ बाबा आएर आत्माहरूलाई अमर बनाउनुहुन्छ। त्यहाँ त आफ्नो समयमा आफ्नो
मर्जीले एक शरीर छोडेर अर्को शरीर लिन्छन् किनकि आत्मा मालिक हो। जब चाह्यो शरीर
छोड्छ। त्यहाँ शरीरको आयु लामो हुन्छ। सर्पको उदाहरण छ। अहिले तिमीलाई थाहा छ– यो
तिम्रो धेरै जन्महरूको अन्त्यको जन्मको पुरानो चोला हो। ८४ जन्म पूरा लिएका छौ।
कसैको ६०-७० जन्म पनि हुन्छ, कसैको ५० हुन्छ, त्रेतामा अवश्य आयु केही न केही कम
हुन्छ। सत्ययुगमा पूरा आयु हुन्छ। अब पुरुषार्थ गर्नुछ– हामी पहिला सुरुमा सत्ययुगमा
आऔँ। त्यहाँ तागत हुन्छ, त्यसैले अकालमा मृत्यु हुँदैन। तागत कम हुन्छ अनि फेरि आयु
पनि कम हुन्छ। अब जसरी बाबा सर्वशक्तिमान् हुनुहुन्छ, त्यसरी नै तिम्रो आत्मालाई पनि
शक्तिमान् बनाउनुहुन्छ। एक त पवित्र बन्नुछ र यादमा रहनुछ, अनि शक्ति मिल्छ।
बाबाबाट शक्तिको वर्सा लिन्छौ। पाप आत्माले त शक्ति लिन सक्दैन। पुण्य आत्मा बने भने
शक्ति मिल्छ। यो ख्याल गर– हाम्रो आत्मा सतोप्रधान थियो। सदैव शुभभावना राख्नुपर्छ।
यस्तो होइन– सबै कहाँ सतोप्रधान हुन्छन् र! कोही त सतो पनि हुन्छन् नि। होइन,
आफूलाई चिन्नुपर्छ– हामी पहिला सुरुमा सतोप्रधान थियौँ। निश्चयबाट नै सतोप्रधान
बन्छौँ। यस्तो होइन– हामी कसरी सतोप्रधान बन्न सक्छौँ! फेरि चिप्लिन्छन्। यादको
यात्रामा रहँदैनन्। जति हुन सक्छ, पुरुषार्थ गर्नुपर्छ। आफूलाई आत्मा सम्झेर
सतोप्रधान बन्नुछ। यस समयमा सबै मनुष्य मात्र तमोप्रधान छन्। तिम्रो आत्मा पनि
तमोप्रधान छ। आत्मालाई अब सतोप्रधान बनाउनुछ बाबाको यादबाट। साथसाथै सेवा पनि गर्यौ
भने तागत मिल्छ। सम्झ, कसैले सेन्टर खोले भने उनीहरूको शिरमा धेरैको आशीर्वाद आउँछ।
मानिसहरूले धर्मशाला बनाउँछन्– जोसुकै पनि आएर विश्राम पाउन् भनेर। आत्मा खुसी
हुन्छ नि। बस्नेहरूलाई आराम मिल्छ भने त्यसको आशीर्वाद बनाउनेलाई मिल्छ। फेरि
परिणाम के हुन्छ? अर्को जन्ममा ऊ सुखी हुन्छ। भवन राम्रो मिल्छ। भवनको सुख मिल्छ।
यस्तो होइन– कहिल्यै बिरामी हुँदैनन्। केवल भवन राम्रो मिल्छ। हस्पिटल खोलेको रहेछ
भने तन्दुरुस्ती राम्रो हुन्छ। युनिभर्सिटी खोलेको रहेछ भने पढाइ राम्रो हुन्छ।
स्वर्गमा त यी हस्पिटल आदि हुँदैनन्। यहाँ तिमीले पुरुषार्थबाट २१ जन्मको लागि
प्रारब्ध बनाउँछौ। बाँकी त्यहाँ हस्पिटल, अदालत, पुलिस आदि केही हुँदैन। अब तिमी
सुखधाममा जान्छौ। त्यहाँ मन्त्री पनि हुँदैन। उच्चभन्दा उच्च स्वयं महाराजा-महारानी,
उनीहरूले मन्त्रीको राय कहाँ लिन्छन् र! राय लिन्छन् बेअक्कली बनेपछि र विकारहरूमा
गिरेपछि मात्र। रावण राज्यमा बिल्कुलै बेअक्कली, तुच्छ बुद्धि बन्छन्, त्यसैले
विनाशको मार्ग खोजिरहन्छन्। आफैले सम्झन्छन्– हामीले विश्वलाई धेरै उच्च बनाउँछौँ
तर ती झन् तल गिर्दै जान्छन्। अब विनाश सामुन्ने खडा छ।
तिमी बच्चाहरूलाई थाहा
छ– हामी घर जानुछ। हामीले विश्वको सेवा गरेर दैवी राज्य स्थापना गर्छौँ। फेरि हामीले
राज्य गर्छौँ। गायन पनि छ– फलो फादर। फादर सोज सन, सन सोज फादर। बच्चाहरूलाई थाहा
छ– यस समयमा शिवबाबा ब्रह्माको तनमा आएर हामीलाई पढाउनुहुन्छ। सम्झाउनु पनि यसरी नै
छ। हामीले ब्रह्मालाई भगवान वा देवता आदि मान्दैनौँ। यिनी त पतित थिए, बाबाले पतित
शरीरमा प्रवेश गर्नुभएको छ। वृक्षमा हेर, माथि शिखरमा उभिएका छन् नि। पतित छन्, फेरि
तल पावन बन्नको लागि तपस्या गरेर फेरि देवता बन्छन्। तपस्या गर्नेहरू ब्राह्मण हुन्।
तिमी ब्रह्माकुमार-कुमारीहरू सबैले राजयोग सिकिरहेका छौ। कति क्लियर छ! यसमा योग बडो
राम्रो हुनुपर्छ। यादमा रहेनौ भने मुरली सुन्दा सुनाउँदा पनि त्यो तागत हुँदैन।
तागत मिल्छ शिवबाबाको यादमा। यादबाट नै सतोप्रधान बन्छौ, नत्र सजाय खाएर फेरि सानो
पद पाउँछौ। मूल कुरा हो याद, जसलाई नै भारतवर्षको प्राचीन योग भनिन्छ। यो ज्ञानको
विषयमा कसैलाई थाहा छैन। पहिलाका ऋषिमुनिहरूले भन्थे– रचयिता र रचनाको
आदि-मध्य-अन्त्यलाई हामीले जान्दैनौँ। तिमीले पनि पहिला केही जान्दैनथ्यौ। यी ५
विकारहरूले नै तिमीलाई बिल्कुल कौडीको पनि मूल्य नभएको बनाएका छन्। अब यो पुरानो
दुनियाँ जलेर बिल्कुल खतम हुनुछ। केही पनि रहने छैन। तिमीहरू सबैले नम्बरवार
पुरुषार्थ अनुसार विश्वलाई स्वर्ग बनाउन तन-मन-धनले सेवा गर्छौ। प्रदर्शनीमा पनि
तिमीलाई सोधे भने भन– हामी बी.के. ले आफ्नै तन-मन-धनले श्रीमतमा सेवा गरेर रामराज्य
स्थापना गरिरहेका छौँ। गान्धीजीले त यसो भन्दैनथे– श्रीमतमा हामीले रामराज्य स्थापना
गर्छौँ। यहाँ त यसमा श्री श्री १०८, बाबा बस्नुभएको छ। १०८ को माला पनि बनाउँछन्।
माला त ठुलो बन्छ। त्यसमा ८ र १०८ मालाका दाना बन्नेहरूले राम्रो मेहनत गर्छन्।
नम्बरवार त धेरै छन्, जसले राम्रो मेहनत गर्छन्। रुद्र यज्ञ गर्दा सालिग्रामहरूको
पनि पूजा हुन्छ। अवश्य केही सेवा गरेका छन्, त्यसैले त पूजा हुन्छ। तिमी
ब्राह्मणहरूले रुहानी सेवाधारी हौ। सबैका आत्माहरूलाई जगाउनेवाला हौ। म आत्मा हुँ,
यो बिर्सनाले देह अभिमान आउँछ। सम्झन्छन्– म फलानो हुँ। कसैलाई पनि यो कहाँ थाहा छ
र– म आत्मा हुँ, फलानो नाम त यो शरीरको हो। हामी आत्मा कहाँबाट आउँछौँ– यो अलिकति
पनि कसैलाई ख्याल छैन। यहाँ पार्ट खेल्दाखेल्दै शरीरको भान पक्का भएको छ। बाबा
सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अब गल्ती गर्न छोड। माया बडो जबरजस्त छ, तिमी
युद्धको मैदानमा छौ। तिमी आत्म अभिमानी बन। आत्माहरू र परमात्माको यो मेला हो। गायन
छ– आत्मा-परमात्मा अलग रहे बहुकाल। यसको पनि अर्थ तिनीहरूले जान्दैनन्। तिमीले अहिले
जानेका छौ– हामी आत्माहरू बाबासँगै रहन्थ्यौँ। त्यो आत्माहरूको घर हो नि। बाबा पनि
त्यहाँ हुनुहुन्छ, उहाँको नाम शिव हो। शिवजयन्तीको पनि गायन गरिन्छ, अर्को कुनै नाम
नै राख्नुहुँदैन। बाबा भन्नुहुन्छ– मेरो असली नाम हो कल्याणकारी शिव । कल्याणकारी
रुद्र भन्दैनन्। कल्याणकारी शिव भन्छन्। काशीमा पनि शिवको मन्दिर छ नि। त्यहाँ गएर
साधुहरूले मन्त्र जप्छन्। शिव काशी विश्वनाथ गङ्गा। अब बाबाले सम्झाउनुहुन्छ– शिव
जसलाई काशीको मन्दिरमा बसाइराखेका छन्, उनलाई भन्छन्– विश्वनाथ। तर म त विश्वनाथ
होइन। विश्वका नाथ तिमी बन्छौ। म बन्दै बन्दिनँ। ब्रह्म तत्वका नाथ पनि तिमी बन्छौ।
त्यो तिम्रो घर हो। त्यो राजधानी हो। मेरो घर त एउटै ब्रह्मतत्व हो। म स्वर्गमा
आउँदिनँ। न म नाथ बन्छु। मलाई शिवबाबा नै भन्छन्। मेरो पार्ट नै हो पतितहरूलाई पावन
बनाउने। सिखहरूले पनि भन्छन्– फोहोरी कपडा धुनुभयो... तर अर्थ बुझ्दैनन्। महिमा पनि
गाउँछन्– एक ओँकार... अयोनि अर्थात् जन्ममरणरहित। मैले त ८४ जन्म लिन्नँ। म यिनमा
प्रवेश गर्छु। मानिसहरूले ८४ जन्म लिन्छन्। यिनको आत्मालाई थाहा छ– बाबा मेरो साथमा
सँगसँगै बस्नुभएको छ, तैपनि घरी घरी याद बिर्सिन्छ। यी दादाको आत्माले भन्छ– मैले
धेरै मेहनत गर्नुपर्छ। यस्तो होइन– मेरो साथमा बस्नुभएको छ त्यसैले याद राम्रो
हुन्छ। होइन। एकदमै सँगसँगै हुनुहुन्छ। थाहा छ– मसँगै हुनुहुन्छ। यो शरीरको मानौँ
उहाँ मालिक हुनुहुन्छ। फेरि पनि बिर्सन्छु। बाबालाई यो (शरीर) भवन दिएको छु बस्नको
लागि। बाँकी एक कुनामा म बसेको छु। ठुलो मानिस भएँ नि। विचार गर्छु, छेउमा मालिक
बस्नुभएको छ। यो रथ उहाँको हो। उहाँले यसको सम्भाल गर्नुहुन्छ। मलाई शिवबाबाले
खुवाउनु पनि हुन्छ। म उहाँको रथ हुँ। केही त खातिरदारी गर्नुहुन्छ। यो खुसीमा खान्छु।
दुई-चार मिनेटपछि बिर्सन्छु, अनि बुझ्छु– बच्चाहरूलाई कति मेहनत होला! त्यसैले
बाबाले सम्झाइरहनुहुन्छ– जति हुन सक्छ, बाबालाई याद गर। यसमा धेरै धेरै फाइदा छ। यहाँ
त थोरै कुरामा हैरान हुन्छन्, फेरि पढाइलाई छोडिदिन्छन्। बाबा बाबा भनेर पनि छोडेर
जान्छन्। बाप को अपना बनावन्ती, ज्ञान सुनावन्ती, पश्यन्ती, दिव्य दृष्टि से स्वर्ग
देखन्ती, रास करन्ती, अहो मम माया मुझे फारकती देवन्ती, भागन्ती। जो विश्वको मालिक
बनाउनुहुन्छ, उहाँलाई छोडेर जान्छन्। ठुला ठुला नामीग्रामीले पनि छोडिदिन्छन्।
अहिले तिमीलाई मार्ग
बताइन्छ। यस्तो होइन– हातले समातेर लैजान्छु। यी आँखाले त अन्धा छैनौ। हो, तिमीलाई
ज्ञानको तेस्रो नेत्र मिलेको छ। तिमीले सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछौ। यो ८४
को चक्र बुद्धिमा घुम्नुपर्छ। तिम्रो नाम हो स्वदर्शन चक्रधारी। एक बाबालाई नै याद
गर्नुछ। अरू कसैको याद नरहोस्। अन्त्यमा यो अवस्था रहोस्। जस्तै स्त्रीको पुरुषसँग
लभ हुन्छ। उनीहरूको जिस्मानी लभ हो, यहाँ तिम्रो रुहानी लभ हो। तिमीले उठ्दा-बस्दा,
पतिहरूका पति, पिताहरूका पितालाई याद गर्नुछ। दुनियाँमा यस्ता धेरै घर छन्, जहाँ
स्त्री-पुरुष तथा परिवार आपसमा धेरै प्यारले रहन्छन्। घरमा मानौं स्वर्ग नै छाएको
हुन्छ। ५-६ बच्चाहरू सँगै बस्छन्, बिहान चाँडै उठेर पूजामा बस्छन्, घरमा कुनै झगडा
आदि हुँदैन। सदा मिलेर बस्छन्। कतै त फेरि एउटै घरमा कोही राधास्वामीका शिष्य
हुन्छन् भने कसैले फेरि धर्मलाई नै मान्दैनन्। सानो कुरामा नाराज हुन्छन्। त्यसैले
बाबा भन्नुहुन्छ– यो अन्तिम जन्ममा पूरा पुरुषार्थ गर्नुछ। आफ्नो पैसा पनि सफल गरेर
आफ्नो कल्याण गर। त्यसबाट भारतवर्षको पनि कल्याण हुन्छ। तिमीलाई थाहा छ– हामीले
श्रीमतमा आफ्नो राजधानी फेरि स्थापना गर्छौँ। यादको यात्राबाट र सृष्टिको
आदि-मध्य-अन्त्यलाई जानेका हुनाले नै हामी चक्रवर्ती राजा बन्छौँ, फेरि झर्न सुरु
हुन्छ। फेरि अन्त्यमा बाबाको पासमा आउँछौँ। श्रीमतमा चलेमा नै उच्च पद पाउँछौ।
बाबाले कुनै फाँसीमा चढाउनुहुन्न। एक त भन्नुहुन्छ– पवित्र बन र बाबालाई याद गर।
सत्ययुगमा पतित कोही हुँदैन। देवी-देवताहरू पनि धेरै कम नै रहन्छन्। फेरि बिस्तारै
बिस्तारै वृद्धि हुन्छ। देवताहरूको हुन्छ सानो वृक्ष। फेरि कति वृद्धि हुन्छ!
आत्माहरू सबै आइरहन्छन्, यो बनिबनाउ खेल हो। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) रुहानी सेवाधारी बनेर आत्माहरूलाई जगाउने सेवा गर्नुछ। तन-मन-धनले सेवा गरेर
श्रीमतमा रामराज्यको स्थापनाको निमित्त बन्नुछ।
२) स्वदर्शन चक्रधारी
बनेर ८४ को चक्र बुद्धिमा घुमाउनुछ। एक बाबालाई नै याद गर्नुछ। अरू कसैको याद नरहोस्।
कहिल्यै कुनै कुराबाट हैरान भएर पढाइ छोड्नुहुँदैन।
वरदान:–
सङ्गठनमा र
हेर लक्ष्य र लक्षणलाई समान बनाउने सदैव शक्तिशाली आत्मा भव
सङ्गठनमा एक-अर्कालाई
देखेर उमङ्ग-उत्साह पनि आउँछ भने लापरबाही पनि आउँछ। सोच्छन्– यिनले पनि यसो गर्छन्
र मैले पनि गरेँ भने के भयो! त्यसैले सङ्गठनबाट श्रेष्ठ बन्ने सहयोग लेऊ। हरेक कर्म
गर्नुभन्दा पहिला यो विशेष अटेन्सन वा लक्ष्य होस्– मैले स्वयंलाई सम्पन्न बनाएर
नमुना बन्नुछ। मैले गरेर अरूलाई गराउनुछ। फेरि बारम्बार यो लक्ष्यलाई इमर्ज गर।
लक्ष्य र लक्षणलाई समान बनाउँदै जाऊ, अनि शक्तिशाली हुन्छौ।
स्लोगन:–
लास्टमा फास्ट
जानुछ भने साधारण र व्यर्थ सङ्कल्पहरूमा समय नगुमाऊ।
अव्यक्त इशारा–
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
जो प्यारो हुन्छ,
उसलाई याद गरिँदैन, उसको याद स्वत: आउँछ। केवल प्यार दिलको हुनुपर्छ, सच्चा र
निःस्वार्थ हुनुपर्छ। मेरो बाबा, प्यारो बाबा भन्छौ भने प्यारालाई कहिल्यै भुल्न
सक्दैनौ र निःस्वार्थ प्यार बाबा बाहेक अरू कुनै आत्माबाट मिल्न सक्दैन, त्यसैले
कहिल्यै मतलबले याद नगर, निःस्वार्थ प्यारमा लवलीन रहने गर।