07.09.25    Avyakt Bapdada     Nepali Murli    31.12.2006     Om Shanti     Madhuban


“ दृढता र परिवर्तन शक्तिले कारण वा समस्या शब्दलाई बिदाइ दि एर निवारण वा समाधानस्वरूप बन”


आज नवयुग रचयिता बापदादा आफ्ना चारैतिरका बच्चाहरूलाई नयाँ वर्ष र नवयुग दुवैको बधाई दिन आउनुभएको छ। चारैतिरका बच्चाहरू पनि बधाई दिन आइपुगिसकेका छन्। के केवल नयाँ वर्षको बधाई दिन आएका हौ वा नवयुगको पनि बधाई दिन आएका हौ? जसरी नयाँ वर्षको खुसी हुन्छ र खुसीहरू दिन्छन्। त्यसरी नै तिमी ब्राह्मण आत्माहरूलाई नवयुग पनि त्यति नै याद छ? नवयुग नयनको अगाडि आइसकेको छ? जसरी नयाँ वर्षको लागि दिलमा आइरहेको छ, यो त जसरी पनि आइ नै हाल्छ, त्यसैगरी आफ्नो नवयुगको लागि यति अनुभव गर्छौ कि यो त जसरी पनि आइ नै हाल्छ? त्यो नवयुगको स्मृति यति समीप आउँछ? त्यो शरीररूपी चम्किरहेको आफ्नो ड्रेस अगाडि देखिइरहेको छ? बापदादाले डबल बधाई दिनुहुन्छ। बच्चाहरूको मनमा, नयनमा नवयुगका दृश्यहरू (सिन सिनरी) प्रकट हुन्छन्, आफ्नो नवयुगमा तन-मन-धन-जन कति श्रेष्ठ छ, सर्व प्राप्तिहरूको भण्डार छ। खुसी छ, आज पुरानो दुनियाँमा छौँ र अहिले भर्खरै आफ्नो राज्यमा हुनेछौँ! याद छ आफ्नो राज्य? जसरी आज डबल कार्यको लागि आएका छौ, पुरानो वर्षलाई बिदाइ दिन र नयाँ वर्षलाई बधाई दिन आएका छौ। त्यसोभए केवल पुरानो वर्षलाई बिदाइ दिन आएका हौ वा पुरानो दुनियाँको पुरानो संस्कार, पुरानो स्वभाव, पुरानो चालचलन त्यसलाई पनि बिदाइ दिन आएका हौ? पुरानो वर्षलाई बिदाइ दिन त सहज छ, तर पुरानो संस्कारलाई बिदाइ दिन पनि त्यति नै सहज लाग्छ? के सम्झन्छौ? मायालाई पनि बिदाइ दिन आएका हौ वा वर्षलाई मात्र बिदाइ दिन आएका हौ? बिदाइ दिनुछ नि! वा मायाँसँग अलिकति प्यार छ? अलिअलि प्यार राख्न चाहन्छौ?

बापदादा आज चारैतिरका बच्चाहरूलाई पुरानो संस्कार स्वभावबाट बिदाइ दिलाउन चाहनुहुन्छ। दिन सक्छौ? हिम्मत छ कि सोच्छौ बिदाइ दिन चाहन्छौँ तर फेरि पनि माया आइहाल्छ! के आजको दिन दृढ सङ्कल्पको शक्तिले पुरानो संस्कारलाई बिदाइ दिएर नयाँ युगको संस्कारलाई, जीवनलाई बधाई दिने हिम्मत छ? छ हिम्मत? जसले सम्झन्छौ हुन सक्छ, हुन सक्छ, वा हुनु नै छ, छन् हिम्मतवाला? जसले सम्झन्छन् हिम्मत छ तिमीहरूले हात उठाऊ। हिम्मत छ? अच्छा जसले उठाएनन् उनीहरूले सोचिरहेका छन्? डबल फरेनरहरूले उठाए हात, जसमा हिम्मत छ उनीहरूले हात उठाऊ, सबैले होइन। अच्छा, डबल फरेनरहरू त होसियार छन्। डबल नशा छ त्यसैले। हेर, बापदादाले हरेक महिना रिजल्ट हेर्नुहुनेछ। बापदादालाई खुसी छ, बच्चाहरू हिम्मतवान छन्। चतुऱ्याइँले जवाफ दिने बच्चाहरू पनि छन्। किन? किनकि जानेका छन्, एक कदम हाम्रो हिम्मतको र हजारौँ कदम बाबाको मद्दतको त मिल्ने नै छ। अधिकारी हौ। हजार कदम मद्दतका अधिकारी हौ। केवल हिम्मतलाई मायाले हल्लाउने कोसिस गर्छ। बापदादाले देख्नुहुन्छ हिम्मत राम्रो राख्छन्, बापदादाले दिलबाट बधाई पनि दिनुहुन्छ तर हिम्मत राखेर फेरि साथसाथै आफ्नो मनमा नै व्यर्थ सङ्कल्प उत्पन्न गरिहाल्छन्, गरिरहेका त छौँ, हुनु त पर्छ, अवश्य गर्ने त छौँ, थाहा छैन...। थाहा छैनको सङ्कल्प आउनु यसले हिम्मतलाई कमजोर पारिदिन्छ। ‘त’ त आइहाल्छ नि, गर्छौँ त, गर्नु त छ... अगाडि उड्नु त छ...। यसले हिम्मतलाई हल्लाइदिन्छन्। त्यसैले नसोच, गर्नु नै छ। किन हुँदैन! बाबा साथमा हुनुहुन्छ भने बाबाको साथमा ‘त’ आउन सक्दैन।

त्यसोभए यस नयाँ वर्षमा के नवीनता गर्नेछौ? हिम्मतको पाउलाई मजबुत बनाऊ। यस्तो हिम्मतको पाउ मजबुत बनाऊ जसले गर्दा माया आफै हल्लियोस् तर पाउ नहल्लिऊन्। अब नयाँ वर्षमा नवीनता गर्नेछौ वा जसरी कहिले हल्लिन्छौ र कहिले मजबुत रहन्छौ, त्यसो त गर्ने छैनौ नि! तिमी सबैको कर्तव्य वा अकुपेसन के हो? आफूलाई के कहलाउँछौ? याद गर। विश्वकल्याणी, विश्व परिवर्तक, यो तिम्रो अकुपेसन हो नि! त्यसैले त बापदादालाई कहिलेकाहीँ मीठो मीठो हाँसो आउँछ। विश्व परिवर्तक टाइटल त छ नि! विश्व परिवर्तक हौ? वा लन्डन परिवर्तक, इन्डिया परिवर्तक? विश्व परिवर्तक हौ नि, सबै? चाहे गाउँमा रहन्छौ चाहे लन्डन वा अमेरिकामा रहन्छौ तर विश्व कल्याणकारी हौ नि? हौ भने शिर हल्लाऊ। पक्का हो नि! कि ७५ पर्सेन्ट हौ। ७५ पर्सेन्ट विश्व कल्याणी र २५ पर्सेन्ट माफ छ, यस्तो हो? तिम्रो च्यालेन्ज के हो? प्रकृतिलाई पनि च्यालेन्ज गरेका छौ कि प्रकृतिलाई पनि परिवर्तन गर्नु र्नै छ। अब आफ्नो अकुपेसन याद गर। कहिलेकाहीँ आफ्नो लागि पनि सोच्छौ– गर्नु त हुँदैन तर भइहाल्छ। त्यसोभए विश्व परिवर्तक, प्रकृति परिवर्तक, स्व परिवर्तक बन्न सक्दैनौ? शक्ति सेनाहरूले के सोच्छौ? यस वर्षमा आफ्नो विश्व परिवर्तकको अकुपेसन याद राख्नु। स्वप्रति वा आफ्नो ब्राह्मण परिवारप्रति पनि परिवर्तक बन्नु किनकि पहिला त च्यारिटी बिगिन्स एट होम हो नि! त्यसपछि आफ्नो अकुपेसनको यथार्थस्वरूप प्रत्यक्ष गर्नेछौ नि! स्वपरिवर्तन जुन स्वयं पनि चाहन्छौ र बापदादा पनि चाहनुहुन्छ, थाहा त छ नि! बापदादाले सोध्नुहुन्छ तिमी सबै बच्चाहरूको लक्ष्य के हो? तब धेरैजसोले एउटै जवाफ दिन्छन्, बाबासमान बन्नुछ। ठीक हो नि! बाबासमान बन्नु नै छ नि, कि हेरौँला, सोचौँला...! त्यसैले बाबा पनि यही चाहनुहुन्छ, यस नयाँ वर्षमा ७० वर्ष पूरा भइरहेको छ, (२००६ मा) अब ७१ वर्षमा कुनै कमाल गरेर देखाऊ। सबैले यति सेवाको उमङ्गमा भिन्न भिन्न प्रोग्राम बनाइरहन्छन्, सफल पनि भइरहन्छन्, बापदादालाई खुसी पनि हुन्छ, जुन मेहनत गर्छन् त्यसको सफलता मिल्छ। व्यर्थ जाँदैन तर सेवा केका लागि गर्छौ? अनि के जवाफ दिन्छन्? बाबालाई प्रत्यक्ष गर्नको लागि। त्यसोभए बाबा आज बच्चाहरूसँग प्रश्न सोध्नुहुन्छ, बाबालाई प्रत्यक्ष त गर्नु नै छ, गर्ने नै छौ। तर बाबालाई प्रत्यक्ष गर्नुभन्दा पहिला स्वलाई प्रत्यक्ष गर। भन, शिवशक्तिहरू यो वर्ष शिवशक्तिको रूपमा स्वलाई प्रत्यक्ष गर्नेछौ? गर्नेछौ? जनक भन? गर्नेछौ? (गर्नु नै छ) साथीहरू, जो पहिलो लाइन दोस्रो लाइनमा बसेका टिचरहरूले हात उठाऊ जसले यस वर्षमा गरेर देखाउनेछौ। गर्नेछौ होइन, गरेर देखाउनु नै छ। अच्छा– सबै टिचरहरूले उठाए वा कसैले उठाएनन्।

अच्छा– मधुबनवाला। गर्नु नै छ, गर्नुपर्छ किनकि मधुबन त नजिक छ नि। तारिख नोट गर, ३१ तारिख हो। टाइम पनि नोट गर (९ बजेर २० मिनेट)। र पाण्डव सेना, पाण्डवहरूले के देखाउनुछ? विजयी पाण्डव। कहिलेकाहीँका विजयी होइनौ, हौ नै विजयी पाण्डव। त्यसोभए यस वर्षमा त्यस्तै बनेर देखाउने छौ वा भन्नेछौ के गरौँ? माया आइहाल्यो नि, चाहेका थिएनौँ आइहाल्यो! बापदादाले पहिला पनि भन्नुभएको छ– माया आफ्नो लास्ट टाइमसम्म आउन बन्द गर्दैन। तर मायाको काम हो आउनु र तिम्रो काम के हो? विजयी बन्नु। त्यसैले यो नसोच, कहाँ चाहन्छौँ र तर माया आइहाल्छ। भइहाल्छ...। अब बापदादा यस वर्षसँगै, यी शब्दहरूलाई बिदाइ दिलाउन चाहनुहुन्छ। १२ बजे यस वर्षलाई बिदाइ दिनेछौ नि! त्यसपछि जुन घण्टी बजाउँछौ नि, आज घण्टी बजाउँदा केको घण्टी बजाउनेछौ? दिनको, वर्षको वा मायाको बिदाइको घण्टी बजाउनु। दुई कुरा छन्– एक त परिवर्तन शक्ति, त्यसमा कमजोरी छ। योजना धेरै राम्रो बनाउँछौ, यसो गर्नेछौँ, यसो गर्नेछौँ, यसो गर्नेछौँ...। बापदादा पनि खुसी हुनुहुन्छ, धेरै राम्रो योजना बनाएका छौ तर परिवर्तन शक्तिको कमी भएको कारण केही परिवर्तन हुन्छ, केही बाँकी रहन्छ। र अर्को कमी छ– दृढताको। सङ्कल्प राम्रा राम्रा गर्छौ, आज पनि हेर कति कार्ड, कति वचन, कति प्रतिज्ञाहरू देखियो, बापदादाले देख्नुभएको छ। धेरै पत्र राम्रा राम्रा आएका छन्। (कार्ड पत्र आदि सबै स्टेजमा सजाइएर राखिएको छ) त्यसोभए अब गर्नेछौँ, देखाउनेछौँ, हुनु नै छ, बन्नु नै छ, पदम-पदमगुणा यादप्यार, सबै बापदादाको पासमा पुगेको छ। तिमी जो सम्मुख बसेका छौ, तिमीहरूको दिलको आवाज पनि बाबाको पासमा पुग्यो। तर अहिले बापदादाले यी दुई शक्तिहरूमाथि अन्डरलाइन गराइरहनुभएको छ। एक दृढताको कमी आउँछ। कमीको कारण, लापरबाही, अर्कालाई हेर्ने। भइहाल्छ, गरिरहेका त छौँ, गर्नेछौँ, अवश्य गर्नेछौँ...।

बापदादा यही चाहनुहुन्छ यस वर्ष एक शब्दलाई सदाको लागि बिदाइ देऊ। त्यो कुन? बताऊँ, भनौँ? बिदाइ दिनु नै पर्छ। यस वर्ष बापदादाले कारण शब्दलाई बिदाइ दिलाउन चाहनुहुन्छ। निवारण होस्, कारण खतम। समस्या खतम, समाधानस्वरूप। चाहे स्वयंको कारण होस्, चाहे साथीको कारण होस्, चाहे सङ्गठनको कारण होस्, चाहे कुनै परिस्थिति (सरकमस्टान्स) को कारण होस्, ब्राह्मणहरूको डिक्सनरीमा कारण शब्द, समस्या शब्द परिवर्तन होस्, समाधान र निवारण होस् किनकि धेरैले आज अमृतवेला पनि बापदादासँग रुहरिहानमा यही कुरा गरे, नयाँ वर्षमा केही नवीनता गरौँ। त्यसैले त बापदादा चाहनुहुन्छ यो नयाँ वर्ष यस्तो मनाऊ जसमा यी दुई शब्द समाप्त होऊन्। पर उपकारी बन। स्वयं कारण बन्छन् वा अर्को कोही कारण बन्छ, तर पर उपकारी आत्मा बन, रहमदिल आत्मा बन, शुभभावना, शुभकामनाको दिलवाला बनेर सहयोग देऊ, स्नेह लेऊ।

त्यसो भए यस नयाँ वर्षलाई के नाम दिनेछौ? पहिला हरेक वर्षलाई नाम दिन्थ्यौ, याद छ नि? अब बापदादा यस वर्षलाई श्रेष्ठ शुभ सङ्कल्प, दृढ सङ्कल्प, स्नेह सहयोग सङ्कल्प वर्ष– यो नाम होइन, तर यस्तो देख्न चाहनुहुन्छ। दृढताको शक्ति, परिवर्तनको शक्तिलाई सदा साथी बनाऊ। कसै कसैले नराम्रै गरे पनि तर जसरी तिमीले अरूलाई कोर्स गराउँदा भन्छौ नकारात्मकलाई सकारात्मकमा परिवर्तन गर, त्यसोभए के तिमी स्वयंले कोही नकारात्मकलाई सकारात्मकमा परिवर्तन गर्न सक्दैनौ? अर्को परवश छ भने परवशमाथि दया गरिन्छ। तिम्रा जड चित्र, तिम्रै चित्र हुन् नि। भारतवर्षमा डबल फरेनरहरूका पनि चित्र छन् नि, जुन पुजिन्छन्। दिलवाला मन्दिरमा त आफ्नो चित्र देखेका छौ नि! धेरै राम्रो। तिम्रा जड चित्र दयालु छन्, कुनै पनि चित्रको अगाडि गए भने के माग्छन्? दया गर, कृपा गर, रहम गर, मर्सी (कृपा), मर्सी ... भन्छन् त्यसैले सदा पहिला आफैमाथि दया गर, फेरि ब्राह्मण परिवारमाथि दया गर, यदि कोही परवश छ, संस्कारको वश छ, कमजोर छ, त्यस समयमा बेसमझ बन्छ, तर पनि तिमी नरिसाऊ। क्रोधको रिपोर्ट ज्यादा आउँछ। क्रोध रहेनछ भने पनि त्यसका बालबच्चासँग धेरै प्यार हुन्छ। रोब आउँछ, यो रोब क्रोधको बच्चा हो। त्यसो त जस्तै परिवारमा हुन्छ नि, ठुला बच्चाहरूसँग प्यार कम हुन्छ र नातिपनातिसँग प्यार ज्यादा हुन्छ। त्यसैले क्रोध बाबु हो र रोब र उल्टो नशा, नशा पनि भिन्न भिन्न हुन्छन्, बुद्धिको नशा, ड्युटीको नशा, सेवाको कुनै विशेष कर्तव्यको नशा, यी रोब हुन्। त्यसैले दयालु बन, कृपालु बन। हेर, नयाँ वर्षमा एक अर्काको मुख मीठो पनि पार्छन्, बधाई दिन्छन्, त्यसपछि मुख मीठो पनि गराउँछन् नि! त्यसोभए सारा वर्ष तितोपन नदेखाउनु। उनीहरूले मुख मीठो पार्छन्, तिमीले केवल मुख मीठो गराउँदैनौ तर तिम्रो अनुहार पनि मीठो हुन्छ। सदा आफ्नो अनुहार रुहानियतको स्नेहको होस्, मुस्कुराइ रहोस्। तितोपन होइन। धेरै जसोले जुनबेला बापदादासँग रुहरिहान गर्छन् नि त्यतिबेला बापदादासँग आफ्नो सत्य कुरा सुनाइदिन्छन् किनकि अरू कसैले पनि सुन्दै सुन्दैन। त्यतिबेला धेरैजसोको रिजल्टमा अरू विकारहरूभन्दा क्रोध वा क्रोधका बालबच्चाको रिपोर्ट ज्यादा हुन्छ।

त्यसैले बापदादा यस नयाँ वर्षमा यो तितोपनलाई निकाल्न चाहनुहुन्छ। कयौँले आफ्नो प्रतिज्ञा पनि लेखेका छन् चाहँदैनौँ तर आइहाल्छ। तब बापदादाले कारण सुनाउनुभयो कि दृढताको कमी छ। बाबाको अगाडि सङ्कल्पद्वारा वचन पनि लिन्छन्, तर दृढता यस्तो शक्ति हो जुन दुनियाँकाले पनि भन्छन्– ज्यान जाओस् तर वचन नजाओस्। मर्नुपरोस्, झुक्नुपरोस्, परिवर्न हुनुपरोस्, सहन गर्नुपरोस्, तर वचनमा दृढ रहनेहरू हरेक कदममा सफलतामूर्त हुन् किनकि दृढता सफलताको चाबी हो। यो चाबी सबैसँग छ, तर समयमा हराउँछ। त्यसो भए अब के विचार छ?

नयाँ वर्षमा नवीनता गर्नु नै छ– स्वको, सहयोगीहरूको र विश्वको परिवर्तनको। पछाडि बसेकाले सुनिरहेका छौ? त्यसो भए परिवर्तन गर्नुछ नि, यो नसोच्नु पहिला त ठुलाले गर्नेछन् नि, हामी त साना हौँ नि। साना बाबासमान । हरेक बच्चा बाबाका अधिकारी हौ, चाहे पहिलो पटक नै आएका हौ तर मेरो बाबा भन्यौ अर्थात् अधिकारी हौ। श्रीमतमा चल्ने पनि अधिकारी र सर्व प्राप्तिहरूको पनि अधिकारी। टिचरहरूले आपसमा प्रोग्राम बनाउनु, फरेनकाले पनि बनाउनु, भारतवर्षकाले पनि मिलेर बनाउनु। बापदादाले प्राइज दिनुहुनेछ, कुन जोन, चाहे फरेन होस्, चाहे इन्डिया होस्, कुन जोनले नम्बर वन लिन्छ, त्यसलाई गोल्डेन कप दिनुहुनेछ। केवल आफूलाई होइन, साथीहरूलाई पनि बनाउनु किनकि बापदादाले देख्नुभएको छ, बच्चाहरूको परिवर्तनबिना विश्वको परिवर्तन पनि ढिलो भइरहेको छ। र आत्माहरू नयाँ नयाँ प्रकारका दु:खका पात्र बनिरहेका छन्। दु:ख अशान्तिका नयाँ नयाँ कारण बनिरहेका छन्। त्यसैले बाबाले अब बच्चाहरूको दु:खको पुकार सुनेर परिवर्तन चाहनुहुन्छ। त्यसोभए हे मास्टर सुखदाता बच्चाहरू! दु:खीहरूमाथि रहम दया गर। भक्त पनि भक्ति गर्दागर्दै थाकिसकेका छन्। भक्तहरूलाई पनि मुक्तिको वर्सा दिलाऊ। रहम आउँछ कि आउँदैन? आफ्नै सेवामा, आफ्नै दिनचर्यामा बिजी छौ? निमित्त हौ, यस्तो होइन ठुला निमित्त हुन्, एक एक बच्चा जसले मेरो बाबा भनेको छ, मानेको छ ती सबै निमित्त हुन्। त्यसैले नयाँ वर्षमा एक अर्कालाई गिफ्ट पनि दिन्छन् नि। अब तिमीले भक्तहरूको आश पूरा गर, तिनलाई गिफ्ट दिलाऊ। दु:खीहरूलाई दु:खबाट छुटाऊ, मुक्तिधाममा शान्ति दिलाऊ– यो गिफ्ट देऊ। ब्राह्मण परिवारमा हरेक आत्मालाई दिलको स्नेह र सहयोगको गिफ्ट देऊ। तिमीसँग गिफ्टको स्टक छ? स्नेह छ? सहयोग छ? मुक्ति दिलाउने शक्ति छ? जोसँग स्टक धेरै छ, उनले हात उठाऊ। छ स्टक। स्टक कम छ? पहिलो लाइनवालासँग स्टक कम छ कि क्या हो? यी बृजमोहनले हात उठाइरहेका छैनन्। स्टक त छ नि, स्टक छ? सबैले उठायौ? स्टक छ? त्यसोभए स्टक राखेर के गरिरहेका छौ? जम्मा गरेर राखेका छौ! टिचरहरू स्टक छ नि? त्यसोभए देऊ न, विशाल दिलको बन। मधुबनवालाले के गर्नेछन्? छ स्टक, मधुबनमा स्टक छ? मधुबनमा त चारैतिर स्टक भरिएको छ। त्यसैले अब दाता बन, केवल जम्मा नगर। अब दाता बन, दिँदै जाऊ। ठीक छ। अच्छा।

अहिले हरेकले आफूलाई मनको मालिक अनुभव गरेर एक सेकेन्डमा मनलाई एकाग्र गर्न सक्छौ? अर्डर गर्न सक्छौ? एक सेकेन्डमा आफ्नो स्विट होममा पुग। एक सेकेन्डमा आफ्नो राज्य स्वर्गमा पुग। मनले तिम्रो अर्डर मान्छ वा हलचल गर्छ? मालिक यदि योग्य छ, शक्तिवान छ, भने मनले नमान्ने, हुन सक्दैन। त्यसोभए अब अभ्यास गर– एक सेकेन्डमा सबै आफ्नो स्विट होममा पुग। यो अभ्यास सारा दिनमा बीच बीचमा गर्ने अटेन्सन राख। मनको एकाग्रताले स्वयंलाई पनि र वायुमण्डललाई पनि पावरफुल बनाउँछ। अच्छा।

चारैतिरका अति सर्वका स्नेही, सर्वका सहयोगी श्रेष्ठ आत्माहरूलाई, चारैतिरका विजयी बच्चाहरूलाई, चारैतिरका परिवर्तन शक्तिवान् बच्चाहरूलाई, चारैतिरका सदा स्वयंलाई प्रत्यक्ष गरेर बाबालाई प्रत्यक्ष गर्ने बच्चाहरूलाई, सदा समाधानस्वरूप विश्व परिवर्तक बच्चाहरूलाई बापदादाको यादप्यार र दिलको आशीर्वाद स्वीकार होऊन्। साथमा सबै बच्चाहरूलाई जो बाबाका पनि शिरताज छन्, यस्ता शिरताज बच्चाहरूलाई बापदादाको नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
मुरलीधरको मुरलीसँग प्रीत राख्ने सदा शक्तिशाली आत्मा भव

जुन बच्चाहरूको पढाइ अर्थात् मुरलीसँग प्यार छ उनीहरूलाई सदा शक्तिशाली भवको वरदान मिल्छ, उनीहरूको अगाडि कुनै पनि विघ्न टिक्न सक्दैन। मुरलीधरसँग प्रीत राख्नु अर्थात् उहाँको मुरलीसँग प्रीत राख्नु। कसैले भन्छ मुरलीधरसँग त मेरो धेरै प्रीत छ तर पढाइको लागि टाइम छैन भने बाबाले मान्नुहुन्न किनकि जहाँ लगन हुन्छ त्यहाँ कुनै पनि बहाना हुँदैन। पढाइ र परिवारको प्यार किल्ला बन्छ, जसबाट उनीहरू सेफ रहन्छन्।

स्लोगन:–
हरेक परिस्थितिमा स्वयंलाई मोल्ड गरेमा रियल गोल्ड बन्नेछौ।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ

योगलाई ज्वालारूप शक्तिशाली बनाउनको लागि योगमा बस्दा समाहित गर्ने शक्ति प्रयोग गर। सेवाका सङ्कल्प पनि समाहित होऊन् यति शक्ति होस् जसले गर्दा स्टप भन्यो र स्टप भयो। फुल ब्रेक लागोस्, स्लो ब्रेक होइन। यदि एक सेकेन्डको सट्टा ज्यादा समय लाग्यो भने समाहित गर्ने शक्ति कमजोर भनिन्छ।