07.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो
सङ्गमयुग सर्वोत्तम बन्ने शुभ समय हो किनकि यही समय मा बाबाले तिमीलाई नरबाट नारायण
बन्ने पढाइ पढाउनुहुन्छ।”
प्रश्न:–
तिमी
बच्चाहरूसँग यस्तो कुनचाहिँ ज्ञान छ, जसले गर्दा तिमी कुनै पनि हालतमा रुन सक्दैनौ?
उत्तर:–
तिमीसँग यो
बनिबनाउ ड्रामाको ज्ञान छ, तिमीलाई थाहा छ– यसमा हर आत्माको आफ्नो पार्ट छ, बाबाले
हामीलाई सुखको वर्सा दिइरहनुभएको छ, फेरि हामी कसरी रुन सक्छौँ। परवाह थियो पार
ब्रह्ममा रहनेवालाको, उहाँ मिलिहाल्नुभयो, बाँकी के चाहियो। सौभाग्यशाली बच्चाहरू
कहिल्यै रुँदैनन्।
ओम् शान्ति ।
रुहानी बाबा
बसेर बच्चाहरूलाई एउटा कुरा सम्झाउनुहुन्छ। चित्रहरूमा पनि यस्तो लेख्नुछ–
त्रिमूर्ति शिवबाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमीले पनि कसैलाई सम्झायौ भने
तिमी आत्माहरूले भन्छौ– शिवबाबा यसो भन्नुहुन्छ। यी बाबाले पनि भन्छन्– बाबाले
तिमीलाई सम्झाउनुहुन्छ। यहाँ मानिसले मानिसलाई सम्झाउँदैन तर परमात्माले
आत्माहरूलाई सम्झाउनुहुन्छ वा आत्माले आत्मालाई सम्झाउँछ। ज्ञान सागर त शिवबाबा नै
हुनुहुन्छ र उहाँ रुहानी बाबा हुनुहुन्छ। यस समयमा रुहानी बच्चाहरूलाई रुहानी
बाबाबाट वर्सा मिल्छ। जिस्मानी अहङ्कार यहाँ छोड्नुपर्छ। यस समयमा तिमीले
देहीअभिमानी बनेर बाबालाई याद गर्नुछ। कर्म पनि गरिराख, कामधन्दा आदि पनि गरिराख,
बाँकी जति समय मिल्छ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन्।
तिमीलाई थाहा छ– शिवबाबा यिनमा आउनुभएको छ। उहाँ सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ।
उहाँलाई सत् चित् आनन्दस्वरूप भनिन्छ। ब्रह्मा, विष्णु, शङ्कर अथवा कुनै पनि मनुष्य
मात्रको यो महिमा छैन। उच्चभन्दा उच्च भगवान एउटै हुनुहुन्छ, उहाँ सुप्रिम सोल
हुनुहुन्छ। यो ज्ञान पनि तिमीलाई केवल यस समयमा मात्रै हुन्छ। फेरि कहिल्यै
मिल्नेछैन। हर ५ हजार वर्षपछि बाबा आउनुहुन्छ, तिमीलाई आत्म अभिमानी बनाएर बाबालाई
याद गराउन, जसबाट तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ, अरू कुनै उपाय छैन। हुन त
मानिसहरूले पुकार्छन् पनि– हे पतित-पावन आउनुहोस् तर अर्थ बुझ्दैनन्। पतित-पावन
सीताराम भने पनि ठीक छ। तिमी सबै सीताहरू अथवा भक्तहरू हौ। उहाँ हुनुहुन्छ एक राम
भगवान, तिमी भक्तहरूलाई फल मिल्नुपर्छ भगवानद्वारा। मुक्ति वा जीवनमुक्ति– यो हो फल।
मुक्ति-जीवनमुक्तिको दाता उहाँ एउटै बाबा हुनुहुन्छ। ड्रामामा उच्चभन्दा उच्च
पार्टवाला पनि हुन्छन् भने नीच पार्टवाला पनि हुन्छन्। यो बेहदको ड्रामा हो, यसलाई
अरू कसैले बुझ्न सक्दैनन्। तिमी यस समयमा तमोप्रधान कनिष्ठबाट सतोप्रधान पुरुषोत्तम
बनिरहेका छौ। सतोप्रधानलाई नै सर्वोत्तम भनिन्छ। यस समयमा तिमी सर्वोत्तम छैनौ।
बाबाले तिमीलाई सर्वोत्तम बनाउनुहुन्छ। यो ड्रामाको चक्र कसरी घुमिरहन्छ, यसलाई
कसैले पनि जान्दैनन्। कलियुग, सङ्गमयुग, फेरि हुन्छ सत्ययुग। पुरानोलाई नयाँ कसले
बनाउनुहुन्छ? बाबा सिवाय अरू कसैले बनाउन सक्दैनन्। बाबाले नै सङ्गममा आएर
पढाउनुहुन्छ। बाबा न सत्ययुगमा आउनुहुन्छ, न कलियुगमा आउनुहुन्छ। बाबा भन्नुहुन्छ–
मेरो पार्ट नै सङ्गममा छ, त्यसैले सङ्गमयुग कल्याणकारी युग भनिन्छ। यो हो कल्याणकारी
समय, धेरै उच्च शुभ समय सङ्गमयुग। यसै समयमा बाबा आएर तिमी बच्चाहरूलाई नरबाट
नारायण बनाउनुहुन्छ। मनुष्य त मनुष्य नै हुन् तर दैवीगुणवाला बन्छन्, उनीहरूलाई
भनिन्छ आदि सनातन देवीदेवता धर्म। बाबा भन्नुहुन्छ– मैले यो धर्म स्थापना गर्छु,
यसको लागि पवित्र अवश्य बन्नुपर्छ। पतितपावन एउटै बाबा हुनुहुन्छ। बाँकी सबै हुन्
बेहुली, भक्तहरू। पतितपावन सीताराम भन्नु पनि ठीक छ। तर पछाडि जुन फेरि रघुपति राघव
राजा राम भनिदिन्छन्, त्यो गलत हुन्छ। मानिसहरू बिना अर्थ जे आउँछ, त्यही
बोलिरहन्छन्, धुन लगाइरहन्छन्। तिमीलाई थाहा छ– चन्द्रवंशी धर्म पनि अहिले नै
स्थापना भइरहेको छ। बाबा आएर ब्राह्मण कुल स्थापना गर्नुहुन्छ, यसलाई राजवंश
भनिँदैन। यो परिवार हो, यहाँ न तिमी पाण्डवहरूको, न कौरवहरूको राज्य हुन्छ। गीता
जसले पढेको छ, उसलाई यी कुराहरू चाँडै समझमा आउँछन्। यो पनि हो गीता। कसले
सुनाउनुहुन्छ? भगवानले। तिमी बच्चाहरूले पहिला सुरुमा त यो सम्झाउनुछ– गीताका भगवान
को हुनुहुन्छ? उनीहरूले भन्छन्– श्रीकृष्ण भगवानुवाच। तर श्रीकृष्ण त हुनुहुन्छ
सत्ययुगमा। उहाँमा जुन आत्मा छ, त्यो त अविनाशी छ। शरीरको नै नाम परिवर्तन हुन्छ।
आत्माको कहिल्यै नाम परिवर्तन हुँदैन। श्रीकृष्णको आत्माको शरीर सत्ययुगमा नै हुन्छ।
नम्बरवनमा उहाँ नै जानुहुन्छ। लक्ष्मी-नारायण नम्बरवन,त्यसपछि हुन्छन् सेकेन्ड,
थर्ड। उनीहरूको अङ्क पनि त्यति नै कम हुन्छ। यो माला बन्छ नि। बाबाले सम्झाउनुभएको
छ– रुण्ड माला पनि हुन्छ र रुद्र माला पनि हुन्छ। विष्णुको गलामा रुण्ड माला
देखाउँछन्। तिमी बच्चाहरू नम्बरवार विष्णुपुरीको मालिक बन्छौ। त्यसपछि तिमी मानौँ
विष्णुको गलाको हार बन्छौ। पहिला सुरुमा शिवको गलाको हार बन्छौ, त्यसलाई रुद्र माला
भनिन्छ, जुन जप्छन्। मालाको पूजा गरिँदैन, जप गरिन्छ। मालाको दाना उनै बन्छन् जो
विष्णुपुरीको राजधानीमा नम्बरवार आउँछन्। मालामा सबैभन्दा पहिला हुन्छ फूल, फेरि
युगल दाना। प्रवृत्ति मार्ग हो नि। प्रवृत्ति मार्ग सुरुहुन्छ ब्रह्मा, सरस्वती र
बच्चाहरूबाट। यिनीहरू नै फेरि देवता बन्छन्। लक्ष्मी-नारायण हुन् पहिला। माथि
हुनुहुन्छ फूल शिवबाबा। माला जप्दा जप्दा पछाडि फूललाई ढोग्छन्। शिवबाबा फूल
हुनुहुन्छ, उहाँ पुनर्जन्ममा आउनुहुन्न, यिनमा प्रवेश गर्नुहुन्छ। उहाँले नै
तिमीलाई सम्झाउनुहुन्छ। यिनको आत्मा त आफ्नै छ। त्यस आत्माले आफ्नो शरीर निर्वाह
गर्छ, उहाँको काम हो केवल ज्ञान दिनु। जस्तै कसैकी स्त्री वा पिता आदि मरे भने
उनीहरूका आत्मालाई ब्राह्मणको तनमा बोलाउँछन्। पहिला आउँथे, तर त्यो कुनै शरीर
छोडेर त आउँदैन। यो ड्रामामा पहिलादेखि नै निश्चित छ। यो सबै हो भक्तिमार्ग। त्यो
आत्मा त गयो, गएर अर्को शरीर लियो। तिमी बच्चाहरूलाई अहिले यो सारा ज्ञान मिलिरहेको
छ, त्यसैले कोही मरेछ भने पनि तिमीलाई कुनै चिन्ता हुँदैन। अम्मा मरे तो भी हलुआ
खाना (शान्ता बहिनीको उदाहरण)। छोरीले गएर उनीहरूलाई सम्झाइन्– तिमीहरू किन रुन्छौ?
त्यस आत्माले त गएर अर्को शरीर लियो। रुँदैमा फर्केर कहाँ आउँछ र? सौभाग्यशाली कहाँ
रुन्छन् र? त्यसबाट त्यहाँ सबैको रुवाइ बन्द गराएर सम्झाउन थालिन्। यस्ता धेरै
छोरीहरूले गएर सम्झाउँछन्। अब रुन बन्द गर। झुटा ब्राह्मण पनि नखुवाऊ। हामीले सच्चा
ब्राह्मणहरूलाई लिएर आउँछौँ। फेरि ज्ञान सुन्न थाल्छन्। सम्झन्छन्– यो कुरा त ठीकै
भन्छन्। ज्ञान सुन्दासुन्दै शान्त हुन्छन्। ७ दिनको लागि कसैले भागवत आदि सुनाए भने
पनि मानिसको दु:ख हट्दैन। यी बच्चीहरूले त सबैको दु:ख हटाइदिन्छन्। तिमीले बुझेका
छौ– रुनुपर्ने त आवश्यकता नै छैन। यो त बनिबनाउ ड्रामा हो। हरेकले आफ्नो पार्ट
खेल्नुछ। कुनै पनि हालतमा रुनुहुँदैन। बेहदका बाबा-टिचर-गुरु मिल्नुभएको छ, जसको
लागि तिमीले यति धक्का खाइरहन्छौ। पार ब्रह्ममा रहनेवाला परमपिता परमात्मा मिल्नुभयो
भने बाँकी के चाहियो। बाबाले दिनुहुन्छ नै सुखको वर्सा। तिमीले बाबालाई बिर्सन्छौ,
त्यसैले रुनुपर्छ। बाबालाई याद गरेमा खुसी हुन्छ। ओहो! हामी त विश्वको मालिक बन्छौँ।
फेरि २१ पिँढी कहिल्यै रुँदैनौँ। २१ पिँढी अर्थात् पूरा बुढेसकालसम्म अकालमा मृत्यु
हुँदैन, त्यसैले भित्र कति गुप्त खुसी हुनुपर्छ।
तिमीलाई थाहा छ– हामी
मायामाथि विजय पाएर जगतजित बन्छौँ। हतियार आदिको कुनै कुरा छैन। तिमी हौ शिवशक्तिहरू।
तिमिसँग छ ज्ञान कटारी, ज्ञान बाण। उनीहरूले फेरि भक्तिमार्गमा देवीहरूका स्थूल बाण,
खड्ग आदि देखाइदिएका छन्। बाबा भन्नुहुन्छ– ज्ञान तरबारले विकारहरूलाई जित्नुछ,
बाँकी देवीहरू कुनै हिंसक कहाँ हुन् र? यो सबै हो भक्तिमार्ग। साधुसन्त आदि हुन्
निवृत्ति मार्गवाला, उनीहरूले प्रवृत्ति मार्गलाई मान्दै मान्दैनन्। तिमीले त
संन्यास गर्छौ सारा पुरानो दुनियाँको, पुरानो शरीरको। अब बाबालाई याद गरेमा आत्मा
पवित्र हुन्छ। ज्ञानको संस्कार लिएर जान्छौ। सोही अनुसार नयाँ दुनियाँमा जन्म लिन्छौ।
यदि यहाँ जन्म लियौ भने पनि कुनै राम्रो घरमा, राजाको पासमा वा धार्मिक घरमा त्यो
संस्कार लिएर जान्छौ। सबैका प्रिय हुन्छौ। भन्छन्– यिनी त देवी हुन्। श्रीकृष्णको
कति महिमा गाउँछन्। सानोमा देखाउँछन्– मखन चोरे, मटका फोरे, यो गरे... कति कलङ्क
लगाएका छन्। अच्छा, फेरि श्रीकृष्णलाई कालो किन बनाइएको छ? त्यहाँ त श्रीकृष्ण गोरो
हुनुहुन्छ नि। फेरि शरीर परिवर्तन भइरहन्छ, नाम पनि परिवर्तन भइरहन्छ। श्रीकृष्ण त
सत्ययुगको पहिलो राजकुमार हुनुहुन्थ्यो, उहाँलाई किन कालो बनाइएको छ? कहिल्यै कसैले
बताउन सक्दैनन्। त्यहाँ सर्प आदि हुँदैनन्, जसले कालो बनाइदिन्छ। यहाँ विषको असर भयो
भने कालो हुन्छ। त्यहाँ त यस्तो कुरा हुन सक्दैन। तिमी अब दैवी सम्प्रदाय बन्नेवाला
हौ। यो ब्राह्मण सम्प्रदायको विषयमा कसैलाई पनि थाहा छैन। पहिला सुरुमा बाबाले
ब्रह्माद्वारा ब्राह्मणहरूलाई एडप्ट गर्नुहुन्छ। प्रजापिता छन् भने उनका प्रजा पनि
धेरै हुन्छन्। ब्रह्माकी छोरी सरस्वती भनिन्छ। स्त्री त होइनन्। यो कसैलाई पनि थाहा
छैन। प्रजापिता ब्रह्माका त हुन् नै मुख वंशावली। स्त्रीको कुरा नै छैन। यिनमा बाबा
प्रवेश गरेर भन्नुहुन्छ– तिमी मेरा बच्चा हौ। मैले यिनको नाम ब्रह्मा राखेको छु, जति
पनि बच्चा बने, सबैको नाम परिवर्तन गरिएको छ। तिमी बच्चाहरूले अहिले मायामाथि विजय
पाउँछौ, यसलाई भनिन्छ नै– हार र जितको खेल। बाबाले कति सस्तो सौदा गराउनुहुन्छ। फेरि
पनि मायाले हराइदिन्छ अनि भाग्छन्। ५ विकार रूपी मायाले हराउँछ। जसमा ५ विकार छन्,
उनीहरूलाई नै आसुरी सम्प्रदाय भनिन्छ। मन्दिरमा देवीहरूको अगाडि पनि गएर महिमा
गाउँछन्– हजुर सर्वगुण सम्पन्न... बाबाले तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– तिमी नै
पूज्य देवता थियौ, फेरि ६३ जन्म पुजारी बन्यौ, अब फेरि पूज्य बन्छौ। बाबाले पूज्य
बनाउनुहुन्छ, रावणले पुजारी बनाउँछ। यी कुराहरू कुनै शास्त्रमा छैनन्। बाबाले कुनै
शास्त्र कहाँ पढ्नुभएको छ र? उहाँ त हुनुहुन्छ नै ज्ञानको सागर। वर्ल्ड अलमाइटी
अथोरिटी (विश्वका सर्वशक्तिमान अधिकारी) हुनुहुन्छ। अलमाइटी अर्थात् सर्वशक्तिमान्।
बाबा भन्नुहुन्छ– मैले सबै वेद-शास्त्र आदिलाई जान्दछु। यी सबै हुन् भक्तिमार्गका
सामग्री। मैले यी सबै कुराहरूलाई जान्दछु। द्वापरदेखि नै तिमी पुजारी बन्छौ।
सत्ययुग-त्रेतामा त पूजा हुँदैन। त्यो हो पूज्य घराना। फेरि हुन्छ पुजारी घराना। यस
समयमा सबै पुजारी छन्। यी कुराहरू कसैलाई थाहा छैन। बाबाले नै आएर ८४ जन्मको कहानी
बताउनुहुन्छ। पूज्य, पुजारी– यसको सारा खेल तिमीमाथि नै हुन्छ। हिन्दु धर्म
भनिदिन्छन्। वास्तवमा भारतवर्षमा त आदि सनातन देवी-देवता धर्म थियो, न कि हिन्दु।
कति कुराहरू सम्झाउनुपर्छ। यो पढाइ हो पनि सेकेन्डको। फेरि पनि कति समय लाग्छ।
भनिन्छ– सागरलाई मसी बनाऊ, सारा जङ्गललाई कलम बनाऊ, तैपनि पूरा हुन सक्दैन।
अन्त्यसम्म तिमीलाई ज्ञान सुनाइरहन्छु। तिमीले यसको किताब कति बनाउँछौ? सुरुमा बाबा
सबेरै सबेरै उठेर लेख्नुहुन्थ्यो, फेरि मम्माले सुनाउनुहुन्थ्यो, त्यतिखेर देखि
छापिँदै आएको छ। कति कागज खतम भए होलान्। गीता त एउटै यति सानो छ। गीताको लकेट पनि
बनाउँछन्। गीताको धेरै प्रभाव छ, तर गीता ज्ञानदातालाई बिर्सिएका छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) ज्ञान तरबारले विकारहरूलाई जित्नुछ। ज्ञानको संस्कार भर्नुछ। पुरानो दुनियाँ र
पुरानो शरीरको संन्यास गर्नुछ।
२) भाग्यवान् बन्ने
खुसीमा रहनुछ, कुनै पनि कुराको चिन्ता गर्नुछैन। कसैले शरीर छोड्यो भने पनि दु:खको
आँसु बगाउनुछैन।
वरदान:–
कन्ट्रोलिङ
पावरद्वारा एक सेकेन्डको परीक्षामा पास हुने पास विथ अनर भव
भर्खरै शरीरमा आउनु र
भर्खरै शरीरबाट न्यारा बनेर अव्यक्त स्थितिमा स्थित हुनु। जति हङ्गामा हुन्छ, त्यति
स्वयंको स्थिति अति शान्त होस्। यसको लागि समेट्ने शक्ति चाहिन्छ। एक सेकेन्डमा
विस्तारबाट सारमा जाऊ र एक सेकेन्डमा सारबाट विस्तारमा आऊ, यस्तो कन्ट्रोलिङ पावर
हुनेले नै विश्वलाई कन्ट्रोल गर्न सक्छन्। र, यही अभ्यासले अन्तिम एक सेकेन्डको
परीक्षामा सम्मानसहित उत्तीर्ण बनाइदिन्छ।
स्लोगन:–
वानप्रस्थ
स्थितिको अनुभव गर र गराऊ, त्यसपछि बचपनका खेल समाप्त हुन्छन्।
अव्यक्त इशारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
विदेही बन्नमा “हे
अर्जुन बन”। अर्जुनको विशेषता– सदा बिन्दुमा स्मृतिस्वरूप बनेर विजयी बने। यस्तो
नष्टोमोहा स्मृतिस्वरूप बन्ने अर्जुन। सदा गीता ज्ञान सुन्ने र मनन गर्ने अर्जुन।
यस्तो विदेही, जीवन छँदै सबै मरेका छन्, यस्तो बेहदको वैराग्य वृत्तिवाला अर्जुन बन।