08.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– कहिल्यै पनि मिथ्या अह ङ् कारमा नआऊ , यो रथको पनि पूरा पूरा आदर गर ।”

प्रश्न:–
तिमी बच्चाहरूमा पदमापदम भाग्यशाली को हौ र दुर्भाग्यशाली को हौ?

उत्तर:–
जसको आचरण देवताहरूको जस्तो छ, जसले सबैलाई सुख दिन्छन् उनीहरू हुन् पदमापदम भाग्यशाली र जो फेल हुन्छन् उनीहरूलाई भनिन्छ दुर्भाग्यशाली। कोही कोही महान् दुर्भाग्यशाली बन्छन्, उनीहरूले सबैलाई दुःख दिइरहन्छन्। सुख दिन जान्दै जान्दैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! राम्रोसँग आफ्नो सम्हाल गर। सबैलाई सुख देऊ, लायक बन।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमी यो पाठशालामा बसेर पढेर उच्च दर्जा प्राप्त गर्छौ। मनले सम्झन्छौ– हामीले धेरै उच्चभन्दा उच्च स्वर्गको पद प्राप्त गर्छौं। यस्ता बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। सबैलाई निश्चय छ भने पनि सबै उस्तै त हुन सक्दैनन्। पहिलोदेखि अन्तिम नम्बरसम्म त हुन्छन् नै। परीक्षामा पनि पहिलोदेखि अन्तिम नम्बरसम्म नम्बर हुन्छन्। कोही फेल पनि हुन्छन् भने कोही पास पनि हुन्छन् होला। त्यसैले हरेकले आफ्नो मनलाई सोध्नुछ– बाबाले हामीलाई जुन यति उच्च बनाउनुहुन्छ, म कहाँसम्म लायक बनेको छु? फलानाभन्दा राम्रो छु वा कमजोर छु? यो पढाइ हो नि। देखिन पनि आउँछ, जो कुनै सब्जेक्टमा कमजोर हुन्छन् उनीहरू तल जान्छन्। मनिटरै रहेछ भने पनि कुनै सब्जेक्टमा कमजोर छ भने तल जान्छ। विरलै कसैले छात्रवृत्ति लिन्छन्। यो पनि स्कुल हो। तिमीलाई थाहा छ– हामी सबैले पढिरहेका छौँ, यसमा सबैभन्दा पहिलो कुरा हो पवित्रताको। बाबालाई बोलाएका हौ नि– पवित्र बन्नको लागि। विकारी दृष्टिले काम गर्ने रहेछन् भने स्वयं महसुस गर्छन्। बाबालाई लेख्छन् पनि, बाबा हामी यो सब्जेक्टमा कमजोर छौँ। विद्यार्थीको बुद्धिमा यो अवश्य हुन्छ– म फलानो सब्जेक्टमा धेरै धेरै कमजोर छु। कसैले यस्तो पनि सम्झन्छन्– हामी फेल हुन्छौँ। यसमा पहिलो नम्बरको सब्जेक्ट हो– पवित्रता। धेरैले लेख्छन्– बाबा हामीले हार खायौँ, त्यसलाई के भन्ने? उसको मनले सम्झन्छ होला– अब म चढ्न सक्दिनँ। तिमीले पवित्र दुनियाँ स्थापना गर्छौ नि। तिम्रो लक्ष्य उद्देश्य नै यो हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म एकलाई याद गरेर पवित्र बन्यौ भने यी लक्ष्मीनारायणको घरानामा जान सक्छौ। टिचरले त जान्दछन्– यिनीहरूले यति उच्च पद पाउन सक्छन् वा सक्दैनन्? उहाँ हुनुहुन्छ सुप्रिम टिचर। यी दादाले पनि त स्कुलमा पढेका छन् नि। कुनै कुनै बच्चाहरूले पनि यस्ता नराम्रा काम गर्छन् जसले गर्दा आखिर मास्टरले सजाय दिनुपर्छ। पहिला धेरै जोडले सजाय दिन्थे। अहिले सजाय आदि घटाइदिएका छन् विद्यार्थीहरू भने झन् धेरै बिग्रँदै जान्छन्। आजकाल विद्यार्थीले कति हङ्गामा गर्छन्। विद्यार्थीलाई नयाँ रगत भनिन्छ नि। हेर उनीहरू के गर्छन्! आगो लगाइदिन्छन्, आफ्नो जवानी देखाउँछन्। यो हो नै आसुरी दुनियाँ। जवान केटाहरू नै धेरै खराब हुन्छन्, उनीहरूको आँखा धेरै विकारी हुन्छ। देखिन त धेरै राम्रा देखिन्छन्। जसरी भनिन्छ नि– ईश्वरको अन्त्य पाइँदैन, त्यसरी नै उनीहरूको पनि अन्त्य पाइँदैन, यो कस्तो प्रकारको मानिस हो। हो, थाहा हुन्छ यसले कसरी पढ्छ, यसको गतिविधि कस्तो छ। कसैले त यस्ता कुरा गर्छन् मानौँ मुखबाट फूल निस्कन्छ, कसैले त यस्ता कुरा गर्छन् मानौँ मुखबाट पत्थर निकाल्छन्। देखिँदा धेरै राम्रा, प्वाइन्टहरू आदि पनि लेख्छन् तर छन् पत्थरबुद्धि। बाहिरको सो हुन्छ। मायालाई धेरै जित्न कठिन छ त्यसैले गायन छ– आश्चर्यवत् सुनन्ती, अपने को शिवबाबा की सन्तान कहलावन्ती, औरों को सुनावन्ती, कथन्ती फिर भागन्ती अर्थात् ट्रेटर बनन्ती। यस्तो होइन, होसियार ट्रेटर (द्रोही) बन्दैनन्, राम्रा राम्रा होसियार पनि ट्रेटर बन्छन्। त्यो सेनामा पनि यस्तो हुन्छ। एरोप्लेन सहितै अर्को देशमा जान्छन्। यहाँ पनि यस्तो हुन्छ, स्थापनामा धेरै मेहनत लाग्छ। बच्चाहरूलाई पनि पढाइमा मेहनत हुन्छ र टिचरलाई पनि पढाउनमा मेहनत हुन्छ। देखिन्छ– यिनीहरूले सबैलाई डिस्टर्ब गर्छन्, पढ्दैनन् भने स्कुलहरूमा हन्टर (लट्ठी) लगाउँछन्। उहाँ त बाबा हुनुहुन्छ, बाबाले केही पनि भन्नुहुन्न। बाबासँग यो कानुन छैन, यहाँ त बिल्कुल शान्त रहनुपर्छ। बाबा त सुखदाता, प्यारको सागर हुनुहुन्छ। त्यसैले बच्चाहरूको आचरण पनि जस्ता देवताहरू हुन्छन् त्यस्तै हुनुपर्छ नि। तिमी बच्चाहरूलाई बाबाले सदैव भन्नुहुन्छ– तिमी पदमापदम भाग्यशाली हौ। तर पदमापदम दुर्भाग्यशाली पनि बन्छन्। जो फेल हुन्छन् उनीहरूलाई त दुर्भाग्यशाली भनिन्छ नि। बाबालाई थाहा छ– अन्त्यसम्म यो भइरहन्छ। कोही न कोही महान् दुर्भाग्यशाली पनि अवश्य बन्छन्। आचरण यस्तो हुन्छ जसबाट बुझिन्छ– यिनीहरू टिक्न सक्दैनन्। त्यति उच्च बन्न लायक छैनन्, सबैलाई दुःख दिइरहन्छन्। सुख दिन जानेनन् भने उनीहरूको के हालत हुन्छ! बाबा सदैव भन्नुहुन्छ– प्यारा बच्चाहरू! राम्रोसँग आफ्नो सम्हाल गर, यो पनि ड्रामा अनुसार हुनु नै छ, झन् फलामभन्दा पनि खराब बन्छन्। त्यसमा पनि राम्रा राम्रा बच्चाहरूले कहिल्यै चिठी पनि लेख्दैनन्। बिचराहरूको के हाल होला!

बाबा भन्नुहुन्छ– म आएको छु सबैको कल्याण गर्न। आज सबैको सदगति गर्छु, भोलि फेरि दुर्गति हुन्छ। तिमीले भन्छौ– हामी हिजो विश्वका मालिक थियौँ, आज गुलाम बनेका छौँ। अहिले तिमी बच्चाहरूको बुद्धिमा सारा वृक्षको ज्ञान छ। यो आश्चर्यजनक वृक्ष हो। मानिसहरूलाई यो पनि थाहा छैन। अहिले तिमीलाई थाहा छ– कल्प अर्थात् पूरा ५ हजार वर्षको यो यथार्थ वृक्ष हो। एक सेकेन्डको पनि फरक पर्न सक्दैन। यो बेहदको वृक्षको ज्ञान तिमी बच्चाहरूलाई अहिले मिलिरहेको छ। ज्ञान दिने दाता हुनुहुन्छ वृक्षपति। बीउ कति सानो हुन्छ, हेर त्यसबाट कति ठुलो फल निस्कन्छ। यो हो फेरि आश्चर्यजनक वृक्ष, यसको बीउ धेरै सानो छ। आत्मा कति सूक्ष्म छ। बाबा पनि धेरै सूक्ष्म हुनुहुन्छ, यी आँखाले पनि देख्न सक्दैनन्। हुन त बताउन त विवेकानन्दले बताउँछन्– उनले भने– उहाँबाट ज्योति निस्केर ममा समाहित भयो। यस्तो कुनै ज्योति निस्केर फेरि कहाँ समाहित हुन सक्छ र। के निस्कियो? यो बुझ्दैनन्। यस्ता यस्ता साक्षात्कार त धेरै हुन्छन्, तर उनीहरूले मान दिन्छन्, फेरि महिमा पनि लेख्छन्। भगवानुवाच– कुनै पनि मानिसको महिमा छैन। महिमा छ भने केवल देवताहरूको छ र जो यस्तो देवता बनाउनेवाला हुनुहुन्छ उहाँको महिमा छ। बाबाले कार्ड धेरै राम्रो बनाउनुभएको थियो। जयन्ती मनाउनुछ भने एक शिवबाबाको। यिनी (लक्ष्मीनारायण) लाई पनि यस्तो बनाउने त शिवबाबा हुनुहुन्छ नि। बस् एकको नै महिमा छ, उहाँ एकलाई नै याद गर। यिनी स्वयं भन्छन्– उच्चभन्दा उच्च बन्छु फेरि तल पनि ओर्लन्छु। यो कसैलाई थाहा छैन– उच्चभन्दा उच्च लक्ष्मीनारायण नै फेरि ८४ जन्मपछि तल ओर्लन्छन्, तत् त्वम्। तिमी नै विश्वको मालिक थियौ, फेरि के बन्यौ! सत्ययुगमा को थियौ? तिमीहरू सबै थियौ, नम्बरवार पुरुषार्थ अनुसार। राजा रानी पनि थियौ, सूर्यवंशी-चन्द्रवंशी राजवंशका पनि थियौ। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। यो सृष्टिचक्रको ज्ञान तिमी बच्चाहरूको बुद्धिमा हिँड्दा डुल्दा पनि रहनुपर्छ। तिमी चैतन्य लाइट हाउस हौ। सारा पढाइ बुद्धिमा रहनुपर्छ। तर त्यो अवस्था भएको छैन, हुनुछ। जो पास विथ अनर हुन्छन् उनीहरूको यो अवस्था हुन्छ। सारा ज्ञान बुद्धिमा हुन्छ। बाबाका प्यारा, लवली बच्चाहरू पनि त्यतिबेला मात्र कहलिन्छन्। यस्ता बच्चाहरूमाथि बाबाले स्वर्गको राज्य भाग्य कुर्बान गर्नुहुन्छ। भन्नुहुन्छ– मैले राज्य गर्दिनँ, तिमीलाई दिन्छु, यसलाई निष्काम सेवा भनिन्छ। बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई शिरमाथि चढाउनुहुन्छ, त्यसैले यस्ता बाबालाई कति याद गर्नुपर्छ। ड्रामा यस्तो पनि बनेको छ। बाबा सङ्गममा आएर सबैलाई सदगति दिनुहुन्छ, नम्बरवार पुरुषार्थ अनुसार। नम्बरवन सर्वोच्च बिल्कुल पवित्र, नम्बर लास्ट बिल्कुल अपवित्र। याद प्यार त बाबाले सबैलाई दिनुहुन्छ।

बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ, कहिल्यै पनि मिथ्या अहङ्कार आउनुहुँदैन। बाबा भन्नुहुन्छ– सावधान रहनुछ, रथको पनि आदर गर्नुछ। यिनीद्वारा नै त बाबाले सुनाउनुहुन्छ नि। यिनले त कहिल्यै गाली खाएका थिएनन्। सबैले प्यार गर्थे। अहिले त हेर कति गाली खान्छन्। कोही ट्रेटर बनेर भागे भने फेरि उनीहरूको गति के हुन्छ, फेल हुन्छन् नि! बाबा सम्झाउनुहुन्छ– माया यस्तो छ त्यसैले धेरै सावधानी राखिरहनुछ। मायाले कसैलाई पनि छोड्दैन। सबै प्रकारको आगो लगाइदिन्छ। बाबा भन्नुहुन्छ– मेरा सबै बच्चाहरू काम चितामा चढेर काला कोइला बनेका छन्। सबै त उस्तै हुँदैनन्। न सबैको उस्तै पार्ट छ। यसको नाम नै हो वेश्यालय, कति पटक काम चितामा चढे होलान्। रावण कति जबर्जस्त छ, बुद्धिलाई नै पतित बनाइदिन्छ। यहाँ आएर बाबाबाट शिक्षा लिनेहरू पनि यस्ता बन्छन्। बाबाको यादबिना विकारी दृष्टि कहिल्यै परिवर्तन गर्न सक्दैनन् त्यसैले सूरदासको कहानी छ। हो त बनाएको कुरा, दृष्टान्त पनि दिन्छन्। अहिले तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। अज्ञान अर्थात् अन्धकार। भन्छन् नि– तिमी त अन्धा, अज्ञानी हौ। तर ज्ञान गुप्त छ, यसमा केही बोल्नुपर्ने हुँदैन। एक सेकेन्डमा सारा ज्ञान आउँछ, सबैभन्दा सजिलो हो ज्ञान । फेरि पनि अन्त्यसम्म मायाको परीक्षा चलिरहन्छ। यस समयमा त तुफानको बीचमा छौ, पक्का भयौ भने फेरि यति तुफान आउँदैन, गिर्दैनौ। फेरि देख्नेछौ तिम्रो वृक्ष कति बढ्छ। नाम त प्रसिद्ध हुनु नै छ। वृक्ष त बढ्छ नै। अलिकति विनाश हुन्छ त्यसपछि फेरि धेरै होसियार रहनेछन्। फेरि बाबाको यादमा एकदम लाग्नेछन्। बुझ्नेछन्– टाइम धेरै थोरै छ। बाबाले त धेरै राम्रो सम्झाउनुहुन्छ– आपसमा धेरै प्यारले चल। आँखा तर्नुछैन। क्रोधको भूत आयो भने अनुहार नै एकदम परिवर्तन हुन्छ। तिमीले त लक्ष्मीनारायणको जस्तो अनुहार बनाउनुछ। लक्ष्य उद्देश्य सामुन्ने छ। ट्रान्सफर भइसकेपछि मात्र साक्षात्कार हुन्छ। जसरी सुरुमा साक्षात्कार भए त्यसैगरी अन्त्य समयमा पनि धेरै पार्ट देख्नेछौ। तिमी धेरै खुसी हुनेछौ। मिरूआ मौत मलूका शिकार.. पछाडि धेरै दृश्यहरू देख्नुछ त्यसपछि त फेरि पछुताउने पनि छन् नि– हामीले यो गरेका हौँ। फेरि उनीहरूलाई सजाय पनि धेरै कडा मिल्छ। बाबा आएर पढाउनुहुन्छ, उहाँको पनि इज्जत राखेनन् भने सजाय मिल्छ। सबैभन्दा कडा सजाय उनीहरूलाई मिल्नेछ जो विकारमा जान्छन् वा शिवबाबाको धेरै ग्लानि गराउने निमित्त बन्छन्। माया धेरै जबर्जस्त छ। स्थापनामा के के हुन्छ। तिमी त अहिले देवता बन्छौ नि। सत्ययुगमा असुर आदि हुँदैनन्। यो सङ्गमको नै कुरा हो। यहाँ विकारी मानिसले कति दुःख दिन्छन्, बच्चीहरूलाई पिट्छन्, बिहे अवश्य गर। स्त्रीलाई विकारको लागि कति पिट्छन्, कति विरोध गर्छन्। भन्छन्– संन्यासी पनि पवित्र रहन सकेनन्, यिनीहरू फेरि को हुन् जसले पवित्र रहेर देखाउँछन्। पछि गएर बुझ्नेछन् पनि अवश्य। पवित्रता बिना देवता त बन्न सक्दैनन्। तिमीले सम्झाउँछौ– हामीलाई यति प्राप्ति हुन्छ त्यसैले काम विकारलाई छोडेका हौँ। भगवानुवाच– काम जिते जगतजित। यस्ता लक्ष्मीनारायण बन्छौ भने किन पवित्र बन्दैनौ। फेरि मायाले पनि धेरै पछार्छ। उच्च पढाइ हो नि। बाबा आएर पढाउनुहुन्छ–राम्रोसँग बच्चाहरूले यो कुरा याद गरेनन् भने फेरि मायाले थप्पड लगाइदिन्छ। मायाले अवज्ञा पनि धेरै गराउँछ फेरि उनीहरूको के हाल हुन्छ। मायाले यस्तो बेपरवाह बनाइदिन्छ, अहङ्कारमा ल्याउँछ कुरै नसोध। नम्बरवार राजधानी बन्छ भने कुनै कारणले बन्छ नि। अहिले तिमीलाई भूत, वर्तमान र भविष्यको ज्ञान मिल्छ भने कति राम्रोसँग ध्यान दिनुपर्छ। अहङ्कार आयो भने त्यो मरेजस्तै हो। मायाले एकदम कौडीतुल्य बनाइदिन्छ। बाबाको अवज्ञा भयो भने फेरि बाबालाई याद गर्न सक्दैनन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आपसमा धेरै प्यारले चल्नुछ। कहिल्यै पनि क्रोधमा आएर एक अर्कालाई आँखा तर्नुछैन। बाबाको अवज्ञा गर्नुछैन।

२) पास विथ अनर बन्नको लागि पढाइ बुद्धिमा राख्नुछ। चैतन्य लाइट हाउस बन्नुछ। दिनरात बुद्धिमा ज्ञान घुमाइरहनुछ।

वरदान:–
अलमाइटी बाबाको अथोरिटीद्वारा हरेक कार्यलाई सहज बनाउने सदा अटल निश्चयबुद्धि भव

हामी सर्वश्रेष्ठ अलमाइटी बाबाको अथोरिटीले सबै कार्य गर्नेवाला हौँ—यो यति अटल निश्चय होस् कि कसैले टार्न नसकोस्, यसबाट जतिसुकै ठुलो कार्य गर्दा पनि अति सहज अनुभव गर्नेछौ। जसरी आजकाल विज्ञानले यस्तो मेसिन तयार गरेको छ जसबाट कुनै पनि प्रश्नको उत्तर सहजै मिल्छ, दिमाग चलाउनबाट छुट्छन्। त्यसैगरी अलमाइटी अथोरिटीलाई अगाडि राख्यौ भने सबै प्रश्नको उत्तर सहजै मिल्छ र सहज मार्गको अनुभूति हुनेछ।

स्लोगन:–
एकाग्रताको शक्तिले परवश स्थितिलाई पनि परिवर्तन गरिदिन्छ।

अव्यक्त इसारा:– यो अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

ब्राह्मण जीवनको मजा जीवनमुक्त स्थितिमा छ। न्यारा बन्नु अर्थात् मुक्त बन्नु। संस्कारमाथि पनि झुकाव छैन। के गरूँ, कसरी गरूँ, गर्न चाहेको थिइनँ तर भयो– यो हो जीवनबन्ध बन्नु। इच्छा थिएन तर राम्रो लाग्यो, शिक्षा दिनु थियो तर क्रोध आयो– यो हो जीवनबन्ध स्थिति। ब्राह्मण अर्थात् जीवनमुक्त। कहिल्यै पनि यस्तो कुनै बन्धनमा बाँधिन सक्दैनन्।