08.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सर्वोत्तम युग यो सङ्ग म हो , यसैमा नै तिमी आत्माहरू परमात्मासँग मिलन मनाउँछौ , यही हो सच्चा सच्चा कुम्भ।”

प्रश्न:–
कुनचाहिँ पाठ बाबाले नै पढाउनुहुन्छ, कुनै मनुष्यले पढाउन सक्दैन?

उत्तर:–
देहीअभिमानी बन्ने पाठ एक बाबाले नै पढाउनुहुन्छ, यो पाठ कुनै देहधारीले पढाउन सक्दैन। सबैभन्दा पहिला तिमीलाई आत्माको ज्ञान मिल्छ। तिमीले जानेका छौ– हामी आत्माहरू परमधामबाट कलाकार बनेर पार्ट खेल्न आएका हौं, अब नाटक पूरा हुन्छ, यो ड्रामा बनिबनाऊ छ, यसलाई कसैले बनाएको होइन। त्यसैले यसको आदि र अन्त्य पनि छैन।

गीत:–
जाग सजनियाँ जाग.....

ओम् शान्ति ।
बच्चाहरूले यो गीत त अनेक पटक सुनेका छौ होला। प्रियतमले प्रियतमाहरूसँग भन्नुहुन्छ। जब उहाँ शरीरमा आउनुहुन्छ तब उहाँलाई प्रियतम भनिन्छ। नत्र त उहाँ पिता हुनुहुन्छ, तिमी बच्चाहरू हौ। तिमीहरू सबै भक्त हौ। भगवानलाई याद गर्छौ। प्रियतमाले प्रियतमलाई याद गर्छन्। सबैका प्रियतम हुनुहुन्छ उहाँ प्रियतम। उहाँले बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– अब जाग, नयाँ युग आउँदै छ। नयाँ अर्थात् नयाँ दुनियाँ सत्ययुग। पुरानो दुनियाँ हो कलियुग। अहिले बाबा आउनुभएको छ, तिमीलाई स्वर्गवासी बनाउनुहुन्छ। कुनै मनुष्यले त भन्न सक्दैन– मैले तिमीलाई स्वर्गवासी बनाउँछु। संन्यासीले त स्वर्ग र नर्कलाई बिल्कुलै जानेका छैनन्। जसरी अरू धर्म छन् त्यसैगरी संन्यासीहरूको पनि एक भिन्नै धर्म छ। त्यो कुनै आदि सनातन देवी-देवता धर्म होइन। आदि सनातन देवी-देवता धर्मलाई भगवान नै आएर स्थापना गर्नुहुन्छ, जो नर्कवासी छन् उनै फेरि सत्ययुगी स्वर्गवासी बन्छन्। अहिले तिमी नर्कवासी होइनौ। अहिले तिमी छौ सङ्गमयुगमा। सङ्गम हुन्छ बीचको। तिमीले सङ्गममा स्वर्गवासी बन्ने पुरुषार्थ गर्छौ, त्यसैले सङ्गमयुगको महिमा छ। कुम्भको मेला पनि वास्तवमा यो हो सर्वोत्तम। यिनलाई नै पुरुषोत्तम भनिन्छ। तिमीले बुझेका छौ– हामी सबै एक बाबाका बच्चा हौं, भाइचारा भन्छन् नि। सबै आत्माहरू आपसमा भाइ भाइ हुन्। भन्छन्– हिन्दु चीनीयाँ भाइ भाइ, सबै धर्मको हिसाबले त भाइ भाइ हुन्– यो ज्ञान तिमीलाई अहिले मिलेको छ। बाबा सम्झाउनुहुन्छ– तिमीहरू म पिताका सन्तान हौ। अहिले तिमीले सामुन्नेमा सुन्छौ। उनीहरूले त केवल भनिदिन्छन्। सबै आत्माहरूका पिता एक हुनुहुन्छ, उहाँ एकलाई नै याद गर्छन्। स्त्री वा पुरुष दुवैमा आत्मा हुन्छ। यस हिसाबले हामी भाइ भाइ हौं फेरि भाइ-बहिनी अनि त्यसपछि स्त्री-पुरुष हुन्छौं। बाबाले आएर बच्चाहरूलाई सम्झाउनुहुन्छ। गायन पनि गरिन्छ आत्मा-परमात्मा अलग रहे बहुकाल... यस्तो भनिँदैन– नदियाँ और सागर अलग रहे बहुकाल.... ठुला-ठुला नदीहरू त सागरमा मिसिइरहन्छन्। यो कुरा पनि बच्चाहरूले जानेका छौ, नदी सागरको बच्ची हो। सागरबाट पानी निस्कन्छ, बादलद्वारा फेरि बर्षात पर्छ पहाडमा। फेरि नदीहरू बन्छन्। त्यसैले सबै हुन्छन् सागरका बच्चा र बच्चीहरू। धेरैलाई यो पनि थाहा छैन– पानी कहाँबाट निस्कन्छ। यो पनि सिकाइन्छ। तर अहिले बच्चाहरूले जानेका छौ– ज्ञान सागर एक बाबा मात्रै हुनुहुन्छ। यो पनि सम्झाइन्छ तिमीहरू सबै आत्माहरू हौ, बाबा एक हुनुहुन्छ। आत्मा पनि निराकार छ, फेरि जब साकारमा आउँछौ अनि पुनर्जन्म लिन्छौ। बाबा पनि जब साकारमा आउनुहुन्छ अनि आएर मिल्नुहुन्छ। बाबासँग मिलन एकपटक हुन्छ। यतिबेला आएर सबैसँग मिल्नुभएको छ। यो पनि जान्दै जान्छन्– भगवान हुनुहुन्छ। गीतामा श्रीकृष्णको नाम राखिदिएका छन् तर श्रीकृष्ण त यहाँ आउन सक्दैनन्। उनले कसरी गाली खान्छन्? यो तिमीले जानेका छौ– श्रीकृष्णको आत्मा यति बेला यहाँ छ। सबैभन्दा पहिला तिमीलाई आत्माको ज्ञान मिल्छ। तिमी आत्मा हौ, आफूलाई शरीर सम्झेर यति समयसम्म चलेका थियौ, अहिले बाबा आएर देहीअभिमानी बनाउनुहुन्छ। साधुसन्त आदिले कहिल्यै तिमीलाई देहीअभिमानी बनाउँदैनन्। तिमी बच्चाहरू हौ, तिमीहरूलाई बेहदका बाबाद्वारा वर्सा मिल्छ। तिम्रो बुद्धिमा छ– हामी परमधाममा रहनेवाला हौं फेरि हामी यहाँ पार्ट खेल्न आएका छौं। अब यो नाटक पूरा हुन्छ। यो ड्रामा कसैले बनाएको होइन। यो बनिबनाऊ ड्रामा हो। तिमीलाई सोध्छन्– यो ड्रामा कहिलेदेखि सुरुभयो? तिमीले भन यो त अनादि ड्रामा हो। यसको आदि अन्त्य हुँदैन। पुरानोबाट नयाँ, नयाँबाट पुरानो हुन्छ। यो पाठ तिमी बच्चाहरूलाई पक्का छ। तिमीले जानेका छौ– नयाँ दुनियाँ कहिले बन्छ अनि पुरानो कहिले हुन्छ। यसको पनि कसै कसैको बुद्धिमा राम्रो बोध छ। तिमीले जानेका छौ– अब नाटक पूरा हुन्छ र फेरि दोहोरिन्छ। अवश्य पनि हाम्रो ८४ जन्मको पार्ट पूरा भयो। अब हामीलाई लैजानको लागि बाबा आउनुभएको छ। बाबा गाइड पनि हुनुहुन्छ नि। तिमीहरू सबै पण्डा हौ। पण्डाहरूले तीर्थ यात्रीहरूलाई लैजान्छन्। तिनीहरू हुन् जिस्मानी पण्डाहरू, तिमी हौ रूहानी पण्डा। त्यसैले तिम्रो नाम पाण्डव सरकार पनि हो, तर गुप्त छ। पाण्डव, कौरव, यादवले के गर्छन्? यतिबेलाको कुरा हो जब महाभारत लडाइँको समय पनि हो। अनेक धर्म छन्, दुनियाँ पनि तमोप्रधान छ, विविध धर्मको वृक्ष पूरा पुरानो भएकोछ। तिमीले जानेका छौ– यस वृक्षको सबैभन्दा पहिलो फाउण्डेसन हो आदि सनातन देवी-देवता धर्म। सत्ययुगमा थोरै हुन्छन् फेरि वृद्धि हुँदै जान्छ। यो कसैलाई पनि थाहा छैन, तिमीहरू मध्ये पनि नम्बरवार छौ। विद्यार्थीहरूमा पनि कोही राम्रा समझदार हुन्छन्, राम्रो धारणा गर्छन् र अरूलाई धारणा गराउने सोख हुन्छ। कतिले त राम्ररी धारण गर्छन्। कोही मध्यम, कोही तेस्रो, कोही चौथो। प्रदर्शनीमा त महीनसँग सम्झाउने हुनुपर्छ। सबैभन्दा पहिला बताऊ– दुई पिता हुनुहुन्छ। एक बेहदका पारलौकिक बाबा र अर्का हदका लौकिक पिता। भारतवर्षलाई बेहदको वर्सा प्राप्त भएको थियो। भारतवर्ष स्वर्ग थियो जो फेरि नर्क बनेको छ, यसलाई आसुरी राज्य भनिन्छ। भक्ति पनि सबैभन्दा पहिला अव्यभिचारी हुन्छ। एक शिवबाबालाई नै याद गर्छन्।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पुरुषोत्तम बन्नको लागि जुन कनिष्ठ बनाउने कुरा छन् तिनलाई नसुन। एक बाबाले भनेको सुन। अव्यभिचारी ज्ञान सुन, अरू जोसँग सुन्छौ त्यो हो झुटो। बाबाले अहिले तिमीहरूलाई सत्य कुरा सुनाएर पुरुषोत्तम बनाउनुहुन्छ। नराम्रा कुरा सुन्दा सुन्दा तिमीहरू कनिष्ठ बनेका छौ। उज्यालो हो ब्रह्माको दिन, अन्धकार हो ब्रह्माको रात। यी सबै प्वाइन्टहरू धारण गर्नुछ। नम्बरवार त हरेक कुरामा हुन्छ नै। कुनै डाक्टरले एक अपरेसनको १०-२० हजार लिन्छन्, कसैसँग खानको लागि पनि पैसा हुँदैन। वकिल पनि यस्तै हुन्छन्। तिमीले पनि जति पढ्छौ र पढाउँछौ त्यति उच्च पद पाउँछौ। फरक त हुन्छ नि। दास-दासीहरूमा पनि नम्बरवार हुन्छन्। सारा कुरा पढाइमा आधारित छ। अब आफूसँग सोध्नुपर्छ– मैले कति पढ्छु? भविष्य जन्मजन्मान्तरमा के बन्छु? जन्मजन्मान्तर जे बनिन्छ कल्पकल्पान्तर त्यही बनिन्छ त्यसैले पढाइमा पूरा ध्यान दिनुपर्छ। विष पिउन त एकदमै छोडिदिनुपर्छ। सत्ययुगमा त यसो भनिँदैन– मूत पलीती कपड धोए। यतिबेला सबैको देह सडेको छ। तमोप्रधान छ नि। यो पनि बुझाउने कुरा हो नि। सबैभन्दा पुरानो चोला कसको हो? हाम्रो। हामीले यो शरीर फेरिरहन्छौं। आत्मा पतित बन्दै जान्छ। शरीर पनि पतित पुरानो हुँदैजान्छ। शरीर परिवर्तन हुनुपर्छ। आत्मा त परिवर्तन हुँदैन। शरीर वृद्ध भयो, मृत्यु भयो– ड्रामा यस्तो पनि बनेको हुन्छ। सबैको पार्ट छ। आत्मा अविनाशी छ। आत्माले स्वयं भन्छ– मैले शरीर छोडिदिन्छु। देहीअभिमानी बन्नुपर्छ। मनुष्य सबै देह अभिमानी छन्। आधाकल्प हुन्छन् देह अभिमानी, आधाकल्प हुन्छन् देहीअभिमानी।

देहीअभिमानी हुनाले सत्ययुगी देवताहरूलाई मोहजितको पदवी मिलेको छ किनकि त्यहाँ म आत्मा हुँ भन्ने सम्झन्छन्, अब यो शरीर छोडेर अर्को लिनुछ। मोहजित राजाको पनि कथा छ नि। बाबाले सम्झाउनुहुन्छ– देवी-देवता मोहजित हुन्छन्। खुसीसँग एक शरीर छोडेर अर्को लिनुछ। बच्चाहरूलाई सारा ज्ञान बाबाद्वारा मिलिरहेको छ। तिमी पनि चक्कर लगाएर अहिले फेरि आएर बाबासँग मिलेका छौ। जो अरू अरू धर्ममा परिवर्तन भएका थिए उनीहरू पनि आएर मिल्छन्। धेरथोर आफ्नो वर्सा लिन्छन्। धर्म नै परिवर्तन भयो नि। थाहा छैन कति समय त्यस धर्ममा रहेका छन्। २-३ जन्म लिएका हुनसक्छन्। कसैलाई हिन्दुबाट मुसलमान बनाइदिएका भए त्यसै धर्ममा जान्छन् र फेरि यहाँ आउँछन्। यो पनि विस्तारको कुरा हो। बाबा भन्नुहुन्छ– यतिका कुरा याद गर्न सक्दैनौ, ठीक छ, आफूलाई बाबाको बच्चा त सम्झ। राम्रा राम्रा बच्चाहरूले पनि बिर्सिन्छन्। बाबालाई याद गर्दैनन्। यसमा मायाले बिर्साइदिन्छ। तिमी पनि पहिला मायाका शिष्य थियौ नि। अहिले ईश्वरका बनेका छौ। यो ड्रामाको पार्ट हो। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ। जब तिमी आत्माहरू सबैभन्दा पहिला शरीरमा आएका थियौ तब पवित्र थियौ, फेरि पुनर्जन्म लिँदै लिँदै पतित बनेका हौ। अब फेरि बाबा भन्नुहुन्छ– नष्टोमोहा बन। यो शरीरमा पनि मोह नराख।

अहिले तिमी बच्चाहरूलाई यस पुरानो दुनियाँदेखि वैराग्य आउँछ किनकि यस दुनियाँमा सबैले एक अर्कालाई दु:ख दिन्छन्। त्यसैले यस पुरानो दुनियाँलाई नै बिर्सिदेऊ। हामी अशरीरी आएका थियौं फेरि अब अशरीरी बनेर फर्केर जानुछ। अब यो दुनियाँ नै समाप्त हुन्छ। तमोप्रधानबाट सतोप्रधान बन्नको लागि बाबा भन्नुहुन्छ– म एकलाई याद गर। श्रीकृष्णले त म एकलाई याद गर भन्न सक्दैनन्। श्रीकृष्ण त सत्ययुगमा हुन्छन्। बाबाले नै भन्नुहुन्छ– मलाई तिमीले पतित-पावन पनि भन्छौ त्यसैले अब मलाई याद गर, मैले पावन बन्ने यो युक्ति बताउँछु। कल्प कल्पको लागि युक्ति बताउँछु जब पुरानो दुनियाँ हुन्छ अनि भगवान आउनुपर्छ। मनुष्यहरूले ड्रामाको आयु लम्बाचौडा बनाइदिएका छन्। त्यसैले मनुष्यले बिल्कुलै बिर्सिएका छन्। अहिले तिमीले जानेका छौ– यो सङ्गमयुग हो, यो हो पुरुषोत्तम बन्ने युग। मनुष्य त बिल्कुलै घोर अन्धकारमा परेका छन्। यतिबेला सबै छन् तमोप्रधान। अहिले तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। तिमीले नै सबैभन्दा धेरै भक्ति गरेका छौ। अब भक्तिमार्ग समाप्त हुन्छ। भक्ति हुन्छ मृत्युलोकमा। त्यसपछि आउँछ अमरलोक। तिमीले यतिबेला ज्ञान लिन्छौ फेरि भक्तिको नामनिसान रहँदैन। हे भगवान, हे राम– यी सबै भक्तिका भनाइ हुन्। यस ज्ञानमा कुनै आवाज निकाल्नु पर्दैन। बाबा ज्ञानका सागर हुनुहुन्छ, आवाज कहाँ गर्नुहुन्छ? उहाँलाई भनिन्छ नै सुख-शान्तिका सागर। सुनाउनको लागि पनि उहाँलाई शरीर त चाहियो नि। भगवानको भाषा के हो, यो कसैले जानेका छैनन्। यस्तो त होइन, बाबाले सबै भाषाहरूमा बोल्नुहुन्छ। होइन, उहाँको भाषा हो नै हिन्दी। बाबाले एउटै भाषामा सम्झाउनुहुन्छ, फेरि अनुवाद गरेर तिमीले सम्झाउँछौ। विदेशी आदि जति पनि मिल्छन् उनीहरूलाई बाबाको परिचय दिनुछ। बाबाले आदि सनातन देवी-देवता धर्मको स्थापना गरिरहनुभएको छ। त्रिमूर्तिका विषयमा सम्झाउनुपर्छ। प्रजापिता ब्रह्माका कति ब्रह्माकुमार ब्रह्माकुमारीहरू छन्। जो आउँदा पनि पहिला उनीहरूसँग सोध– कसको पासमा आउनुभएको छ? बोर्ड लगाइएको छ। प्रजापिता, उनी त रचना रच्नेवाला भए। उनलाई भगवान भन्न सकिँदैन। भगवान निराकारलाई नै भनिन्छ। यी ब्रह्माकुमार-ब्रह्माकुमारीहरू ब्रह्माका सन्तान हुन्। तपाईँ यहाँ केको लागि आउनुभएको हो? हाम्रा पितासँग तपाईँको के काम! बाबासँग बच्चाहरूको नै काम हुन्छ नि। हामीले बाबालाई राम्ररी चिनेका छौं। गायन गरिएको छ– सन सोज फादर। हामी उहाँका बच्चा हौं। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) पुरुषोत्तम बन्नको लागि कनिष्ठ बनाउने जुन नराम्रा कुरा छन् ती सुन्नुहुँदैन। एक बाबाद्वारा नै अव्यभिचारी ज्ञान सुन्नुछ।

२) नष्टोमोहा बन्नको लागि देहीअभिमानी बन्ने पूरा -पूरा पुरुषार्थ गर्नु छ। बुद्धिमा रहोस्– यो पुरानो दु:ख दिने दुनियाँ हो, यसलाई बिर्सिनुछ। यससँग बेहदको वैराग्य होस्।

वरदान:–
सङ्गमयुगक ा सर्व प्राप्तिहरूलाई स्मृतिमा राखेर चढ्तीकलाको अनुभव गर्ने श्रेष्ठ प्रारब्धी भव

परमात्म मिलन वा परमात्म ज्ञानको विशेषता हो– अविनाशी प्राप्तिहरू हुनु। यस्तो होइन– सङ्गमयुग पुरुषार्थी जीवन हो र सत्ययुग प्रारब्धी जीवन हो। सङ्गमयुगको विशेषता हो एक कदम उठाऊ र हजार कदम प्रारब्धमा पाउनेछौ। त्यसैले केवल पुरुषार्थी होइन, श्रेष्ठ प्रारब्धी हौ– यो स्वरूपलाई सदा सामुन्ने राख। प्रारब्धलाई देखेर सहजै चढ्तीकलाको अनुभव गर्नेछौ। “पाउनु थियो सो पाइहाल्यौ”– यो गीत गाऊ तब धोखा खानबाट बच्नेछौ।

स्लोगन:–
ब्राह्मणहरूको श्वास हिम्मत हो, जसबाट कठिनभन्दा कठिन कार्य पनि सहज हुन्छ।