08.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अहिले तिमी शूद्र घरानाबाट निस्केर ब्राह्मण घरानामा आएका छौ , बाबाले ब्रह्मा मुखबाट तिमीलाई एडप्ट गर्नुभएको छ त्यसैले यही खुसीमा रहनु छ ।”

प्रश्न:–
कुन गुह्य रहस्य ब्राह्मण कुलका बच्चाहरूले नै बुझ्न सक्छन्?

उत्तर:–
निराकार शिवबाबा हाम्रो पिता हुनुहुन्छ र यी ब्रह्मा हाम्रो माता हुन्। निराकार भगवान कसरी माता-पिता, बन्धु, सखा बन्नुहुन्छ, यो गुह्य गुप्त रहस्य ब्राह्मणकुलका बच्चाहरूले नै बुझ्न सक्छन्। त्यसमा पनि जो दैवीकुलमा उच्च पद पाउने अधिकारी छन् उनीहरूले नै यो रहस्य यथार्थ रीतिले बुझ्नेछन्।

ओम् शान्ति ।
बच्चाहरू बसेका छन्– हाम्रा बापदादा आउनुभएको छ भन्ने बुझिरहेका छन्। बाबा त सँगै हुनुहुन्छ दादाको साथमा, त्यसैले भनिन्छ बापदादा आउनुभएको छ। उहाँ टिचर पनि हुनुहुन्छ। बाबाले दादाबिना त केही बताउन सक्नुहुन्न। बुद्धि चल्नुपर्छ किनकि यो नयाँ कुरा हो नि। अज्ञानकालमा याद गर्छन् सिङ्गललाई। भन्छन् हाम्रो गुरु फलानो ठाउँमा हुनुहुन्छ। उहाँको शरीरको नाम जान्दछन्। हाम्रो बाबा, हाम्री आमा फलानो ठाउँमा हुनुहुन्छ। उहाँको नाम रूप सबै थोक छ। मानिसहरूले फेरि छोटकरीमा लेखिदिएका छन्। मानिसहरूले जे बनाएका छन्, त्यसमा केही न केही गल्ती छ। हुन त गायन छ त्वमेव माता च पिता... यो एकको लागि नै गायन गरिन्छ। ब्रह्माको लागि पनि भनिँदैन। उहाँको नाम रूप बुद्धिमा आउँदैन। न विष्णुको, न शङ्करको। गाउँछन् पनि तुम मात पिता हम बालक तेरे। तैपनि बुद्धि माथि नै जान्छ। श्रीकृष्णलाई कसैले याद गर्न सक्दैन। याद फेरि पनि निराकारलाई नै गर्छन्, उहाँकै महिमा छ। त्यसैले बाबा सम्झाउनुहुन्छ– यहाँ बस्दा लौकिक सम्बन्धबाट बुद्धियोग निकालेर, पारलौकिक बाबालाई याद गर। यस समयमा उहाँ सम्मुख हुनुहुन्छ। भक्तिमार्गमा जुन यो गायन गर्छन् त्यतिबेला आँखाले माथि हेरेर भन्छन्– तुम मात- पिता.... हे भगवान भनेर याद गर्छन्। भगवान भन्दा शिवलिङ्गलाई पनि याद गर्दैनन्। सुगालेजस्तै यत्तिकै गाउँछन्। लक्ष्मीनारायणको लागि पनि यस्तो भन्न सक्दैनन्, यिनीहरू त महाराजा-महारानी हुन्। उनीहरूका बच्चाले मात्रै मातपिता भन्छन्, बन्धु भन्दैनन्। भक्तहरूले गाउँछन् पतितपावन, तर यो बुद्धिमा शिवलिङ्ग पनि होला भन्ने आउँदैन, केवल यत्तिकै भनिदिन्छन्– हे भगवान! हे भगवान कसले भन्यो, कसलाई भन्यो? केही पनि थाहा छैन। म आत्मा हुँ, म आत्माले उहाँलाई बोलाउँछु भन्ने याद हुन्थ्यो भने यो जान्दथे– उहाँ निराकार परमात्मा हुनुहुन्छ। उहाँको रूप नै लिङ्ग हो। यथार्थ रीतिले कसैले बाबालाई याद गर्दैनन्। उहाँबाट प्राप्ति के हुन्छ, कहिले हुन्छ– यो केही पनि जान्दैनन्। तिमीलाई पनि थाहा थिएन। तिमीहरू त अहिले बाबाका बनेका छौ। तिमीहरूलाई थाहा छ हामीलाई शिवबाबाले ब्रह्माद्वारा आफ्नो बच्चा बनाउनुभएको छ। यी ब्रह्मा आमा हुन्। यी ब्रह्मा माताद्वारा शिवबाबाले एडप्ट गर्नुभएको छ। यो कुरा यस समयमा तिमीलाई राम्रोसँग थाहा छ। हामी शिवबाबाका बच्चा हौँ। साकारमा फेरि प्रजापिता ब्रह्माका बच्चा हौँ। प्रजापिता ब्रह्माद्वारा मनुष्य सृष्टि रच्नुहुन्छ। यस्तो होइन, कुनै नयाँ सृष्टि रच्नुहुन्छ? होइन, यस समयमा आएर गोदमा लिनुहुन्छ, एडप्ट गर्नुहुन्छ। अब मातपिता भन्छन् भने शिव पिता हुनुभयो र माता ब्रह्मा भए। उहाँलाई भनिन्छ मातपिता। बाबाले ब्रह्माद्वारा भन्नुहुन्छ– तिमी आत्माहरू मेरा बच्चा हौ। फेरि बसेर आत्माको पहिचान दिनुहुन्छ– आत्मा के हो? भन्छन् पनि भृकुटीको बिचमा रहन्छ, स्टारजस्तै छ अरू केही पनि जान्दैनन्। यो भन्न सक्दैनन्– आत्माले ८४ जन्म भोग्छ। आत्माले शरीरद्वारा पार्ट खेल्छ। भिन्न भिन्न नाम, रूप, देश, कालबाट आत्माले एक शरीर छोड्यो भने सारा परिवार नै परिवर्तन हुन्छ। कसैले एडप्ट गरे भने परिवार नै परिवर्तन हुन्छ। मातपिता जसबाट जन्म लियो, उनीहरूलाई पनि जान्दछन्। फेरि जसले एडप्ट गर्छन् उनीहरूका घरका बन्छन्। यहाँ तिमी शूद्र घरानाबाट निस्केर अब ब्राह्मण घरानामा आएका छौ। बाबाले ब्रह्मा तनबाट तिमीलाई एडप्ट गर्नुभयो। तिमी ब्राह्मण कुलमा आयौ। यी कुराहरू शास्त्रहरूमा लेखिँदैन, यो कुरा सम्झाइन्छ। लेखेर मात्र कसैले बुझ्दैनन्।

अहिले तिमी बच्चाहरूलाई मात्रै थाहा छ– हामी परमपिता परमात्माका सन्तान बनेका छौँ। यहाँ हुनुभयो माता। ब्रह्मालाई प्रजापिता नै भनिन्छ। यिनीद्वारा तिमी बच्चाहरूलाई एडप्ट गर्छु– यी कति गुप्त कुरा हुन्। सम्मुख हुनेहरू बाहेक अरू कसैले बुझ्न सक्दैनन्। बुझ्छन् पनि उनीहरूले जो यस ब्राह्मणकुलका हुन्छन्। दैवीकुलमा उच्च पद पाउने अधिकारी हुन्छन्। नयाँ कसैको बुद्धिमा यी कुराहरू बस्दैनन्। न बुद्धिमा बस्छ, न कसैलाई सम्झाउन सक्छन्। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार छौ, जसको बुद्धिमा बस्छ। गायन गरिन्छ त्वमेव माता च पिता... याद गरिन्छ शिवबाबालाई। फेरि भन्छन् हजुर माता-पिता। एक पिता फेरि मातापिता कसरी हुनुभयो? यी कुराहरू अरू कसैले सम्झाउन सक्दैनन्। जसरी शास्त्रहरूमा व्यासले जे लेखेका छन् त्यो मानिसहरूले कण्ठ गरेका छन् त्यसैगरी तिमीलाई पनि भन्छन्, तिमीलाई कसैले बताएको छ, तिमीले कण्ठ गरेका छौ। नयाँ मानिसको लागि बुझ्न बडो कठिन छ। यहाँ बस्नेहरू पनि कसैले कसैलाई यति पनि सम्झाउन सक्दैनन्। तिमी आत्मा हौ– तिम्रो पिता परमपिता परमात्मा हुनुहुन्छ। उहाँ बेहदको बाबाले नै बेहदको वर्सा दिनुहुन्छ। वर्सा दिनुभएको थियो फेरि पुनर्जन्म लिँदालिँदा ८४ जन्म पूरा भए, अब बाबा फेरि वर्सा दिन आउनुभएको छ। यो कसैलाई पनि सम्झाउन कति सहज छ। हजुर माता-पिता यो कसलाई भनिन्छ– विचारको कुरा हो नि। ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ फेरि माता पनि अवश्य हुनुपर्छ। त्यसैले जो अनन्य बच्ची हुन्छिन्, ड्रामा प्लान अनुसार उनलाई जगदम्बाको टाइटल दिइन्छ। पुरुषलाई जगदम्बा भन्न सकिँदैन, यिनलाई जगत पिता भनिन्छ। यिनको प्रजापिता नाम प्रसिद्ध छ। अच्छा प्रजा माता कहाँ छन्? त्यसैले एडप्ट गरिन्छ मातालाई। आदि देव त छन् फेरि आदि देवीलाई नियुक्त गरिन्छ। जगदम्बा त एउटै छिन्– उनको नै महिमा छ। जगदम्बाका कति मेला लाग्छन्। तर उनको कर्तव्यलाई कसैले जान्दैनन्। कलकत्तामा कालीको मन्दिर छ। मुम्बईमा पनि जगदम्बाको मन्दिर छ। चेहरा भिन्नाभिन्नै छन्। जगदम्बा को हुन्? यो कसैलाई थाहा छैन। उनलाई पनि भगवती भन्छन्। तर जगदम्बालाई भगवती भन्न सकिँदैन। उनी त ब्राह्मणी हुन्, ज्ञानज्ञानेश्वरी हुन्, उनलाई बाबाबाट ज्ञान मिलेको छ। तिमीहरू सबै जगदम्बाका बच्चा हौ। ज्ञान सुनेर फेरि सुनाउँछौ। तिम्रो धन्दा नै यो भयो। तिमीलाई ईश्वरले पढाउनुहुन्छ, कुनै मानिसले पढाउँदैनन्। यी ब्रह्मा पनि त मानिस हुन्। मानिसले कसैलाई पनि पावन बनाउन सक्दैनन्। मानिसहरूको बुद्धि यति सुस्त भएको छ जसले गर्दा केही पनि बुझ्दैनन्। पतितपावन त एउटै बाबा हुनुहुन्छ। उहाँ आउनु नै हुन्छ, पतितहरूलाई पावन बनाउन। यो सारा दुनियाँ तमोप्रधान छ, यहाँ सबै पतित छन्। नयाँ दुनियाँ पावन, पुरानो दुनियाँ पतित। पुरानो दुनियाँमा छन् नर्कवासी। नयाँ दुनियाँमा हुन्छन् स्वर्गवासी। बुद्धिले पनि भन्छ सत्ययुगमा केवल देवीदेवता हुन्छन् अरू कोही थिएनन्। अहिले तिमी बच्चाहरूलाई यो ज्ञान मिलेको छ। नयाँ दुनियाँमा पहिला सूर्यवंशी देवता थिए फेरि चन्द्रवंशी क्षत्रीय भए, त्यसैले सूर्यवंशी बितेर गए। चन्द्रवंशीपछि फेरि वैश्यवंशी... आउँछन् अवश्य लक्ष्मीनारायणको राज्य थियो। अच्छा उनीहरू भन्दा पहिला के थियो। यो कसैले बुझ्न सक्दैनन्। तिमी बच्चाहरूलाई बाबाले चक्रको रहस्य सम्झाउनुभएको छ। द्वापरमा हुन्छन् वैश्यवंशी। कलियुगमा हुन्छन् शूद्रवंशी।

अहिले तिमीलाई थाहा छ– हामी ब्राह्मण बनेका छौँ। तिमीलाई बाबाले आफ्नो बनाउनुभएको छ अर्थात् शूद्र धर्मबाट देवता धर्ममा ट्रान्सफर गर्नुभएको छ। अहिले सूर्यवंशी, चन्द्रवंशी त छैनन्। न लक्ष्मीनारायणको राज्य छ, न रामराज्य छ। अब हुन्छ कलियुगको अन्त्य। कलियुगपछि अवश्य सत्ययुग आउँछ। कलियुगमा यो दुनियाँ पुरानो, पतित छ, यहाँ मानिसहरू घोर दुःखी छन् त्यसैले गएर देवताहरूको महिमा गाउँछन्, ढोग्छन्। अच्छा लक्ष्मीनारायणलाई यो राज्य कसले दिनुभयो? कोही छ जसले बताउन सक्छ। कसैको पनि ख्यालमा हुँदैन किनकि बुद्धिमा छ कलियुग अझै बच्चा छ। कलियुगका ४० हजार वर्ष बाँकी छन् त्यसैले यो ख्याल आउँदै आउँदैन। अहिले तिमीलाई यो ख्याल आउँछ। कति बच्चाहरूले भन्छन् हामीलाई याद हुँदैन। किन याद हुँदैन? किनकि सबेरै सबेरै उठेर यादमा बसेर धारणा गर्दैनन्। बुझे पनि फेरि कसैलाई बुझाउन सक्दैनन्। यो त अवश्य हुन्छ। सबै त समानरूपले समझदार बन्न सक्दैनन्। समझदार पनि चाहिन्छ, बेसमझ पनि चाहिन्छ। धेरै समझदार त गएर राजारानी बन्छन्। जति जति जसले बढी बुझ्छन् र बुझाउँछन् उनीहरूको नाम प्रसिद्ध हुन्छ। प्रदर्शनीहरू हुँदा लेख्छन् बाबा फलानोलाई पठाइदिनुहोस्। त्यसोभए के तिमीले सम्झाउन सक्दैनौ? बाबा, उनीहरूको प्राक्टिस बढी छ। हामी अलि कच्चा छौँ। बाबा स्वयम् पनि भन्नुहुन्छ– कहीँबाट पनि निमन्त्रणा मिल्यो भने लेखेर पठाऊ, को को छन्। त्यसपछि हेर्छु कसलाई पठाउनुपर्छ। संन्यासीहरूलाई पनि त्यहाँ निमन्त्रणा दिइएको छ र? त्यसोभए धेरै राम्रा ब्रह्माकुमारीलाई पठाउनुपर्छ। अच्छा कुमारका छिन्, मनोहर छिन्, गङ्गे छिन्– यसमध्ये कसैलाई पठाइदेऊ। बच्चाहरू त धेरै छन्। जगदीशलाई पठाइदेऊ, रमेशलाई पठाइदेऊ। तिमीले पनि बुझेका छौ, सबै एक-अर्कोभन्दा होसियार छन्। जस्तै न्यायाधीश मजिस्ट्रेट हुन्छन्। एक-अर्कोभन्दा होसियार हुन्छन्। सरकारलाई थाहा छ, एक-अर्कोभन्दा होसियार छन्। त्यसैले त मुद्दाहरू पनि एक-अर्कोभन्दा माथि जान्छन् फेरि हाइकोर्टमा जाऊ फेरि त्यसभन्दा माथि। उसले पनि ठिक न्याय दिएन भने फेरि त्यसभन्दा माथि जान्छन्। यिनीहरूमाथि तिमीले रहम गर। अब यी सबै कुराहरू यहाँ हुन्छन्। सत्ययुग, त्रेतामा हुँदैनन्। फेरि द्वापरमा राजारानीको राज्य हुन्छ। त्यहाँ त महाराजा-महारानीले नै मुद्दा हेर्छन्। मुद्दा पनि थोरै होलान्। अहिले त तमोप्रधान पतित छन् नि। त्यसैले बादसाहकहाँ मुद्दाहरू गए भने थोरै सजाय दिन्छन्। कडा भुल भयो भने कडा सजाय दिन्छन्। यहाँ त कति न्यायाधीश वकिल धेरै छन्। कारोबारमा यति फरक छ, सत्ययुगमा के हुन्छ, यो कसैलाई थाहा छैन। अब बाबाले सम्झाउनुभएको छ– कसैलाई पनि सोध, यी लक्ष्मीनारायणलाई चिन्छौ? जस्तै बिरला छन्, धेरै मन्दिर बनाइरहन्छन् त्यसैले कुनै राम्रो बच्चा रहेछ भने उनलाई चिठी लेख्नुछ। तपाईंले लक्ष्मीनारायणका मन्दिर त धेरै बनाउनुहुन्छ। यिनीहरूलाई यो राजधानी कसरी मिल्यो, जुनबेला सत्ययुगभन्दा पहिला कलियुग थियो? कलियुगमा त केही छैन। देवताहरूले त कसैसँग लडाइँ गरेनन् होला। लडाइँबाट कोही विश्वको मालिक बन्न सक्दैनन्। जो विश्वका मालिक थिए, उनीहरूकै यो लक्ष्मी-नारायणको चित्र राखिएको छ। अहिले त छ कलियुग। यहाँ लडाइँ चल्छ हतियारहरूको। बाबाले सम्झाउनुभएको छ– क्रिस्चियन धर्मका मानिसहरू नै आपसमा मिले, आपसमा प्रीत राखे भने विश्वका मालिक बन्न सक्छन्। तर विश्वका मालिक त लक्ष्मीनारायण नै बन्छन्। बुद्धिले भन्छ यिनीहरू आपसमा मिले भने मालिक बन्न सक्छन् तर यिनीहरू त सत्ययुगका राजारानी कोही बन्न सक्दैनन्। ड्रामा नै यस्तो बनेको छ। अहिले हामीले फेरि योगबलबाट स्वर्गको वर्सा लिइरहेका छौँ। तिमीले बताउन सक्छौ– कल्प पहिला पनि सङ्गममा बाबाबाट पद पाएका थियौँ। ८४ जन्म पूरा भए फेरि वर्सा लिइरहेका छौँ। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) स्वयंमा धारणा गर्न र अरूलाई गराउनको लागि– सबेरै सबेरै उठेर बाबाको यादमा बस्नुछ। जे बुझेका छौ त्यसलाई अरूलाई सम्झाउने अभ्यास गर्नुछ।

२) लौकिक सम्बन्धहरूबाट बुद्धि योग निकालेर एक पारलौकिक बाबालाई याद गर्नुछ। बाबाबाट जुन ज्ञान मिलेको छ, त्यो सुनेर सबैलाई सुनाउनु छ। यही तिम्रो धन्दा हो।

वरदान:–
समा हित गर् ने शक्तिद्वारा एकमतको वातावरण बनाउने दृष्टान्त रूप भव

जो समान रूपका दानाहरू छन्, एकको नै लगन र एकरस स्थितिमा स्थित भएर एकको मतमा चल्छन्, आपसमा सङ्कल्पहरूमा पनि एकमत छन्, उनीहरू नै मालामा उनीन्छन्। तर एकमतको वातावरण समाहित गर्ने शक्ति भएपछि मात्रै हुन्छ। यदि कुनै कुरामा भिन्नता रहेछ भने त्यस भिन्नतालाई समाहित गरेमा आपसमा एकताले समीप आउँछौ र सबैको अगाडि दृष्टान्तरूप बन्छौ।

स्लोगन:–
हर सङ्कल्प, वाणी र कर्ममा रुहानियत धारण गरेमा सेवामा रौनक आउँछ।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

कुनै पनि दर्दनाक दृश्य देख्दा नथिङ न्यु, जसलाई यो नथिङ न्युको पाठ पक्का हुन्छ उनीहरू विचलित हुन सक्दैनन्। के भयो, कसरी भयो, यो भयो... समाचार सुन्दा, हेर्दा पनि ड्रामाको बनेको भावीलाई शक्तिशाली बनेर हेर्दै र अरूलाई पनि शक्ति दिँदै जाऊ। दुनियाँका मानिसहरू विचलित हुन्छन्, तिमीले एकरस स्थितिमा रहेर ती आत्माहरूमा शक्ति भर्दै जाऊ। जति पनि सम्पर्कमा आउँछन्, उनलाई शक्तिको, शान्तिको दान दिँदै जाऊ।