08.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यादद्वारा विकर्म विनाश हुन्छ , साक्षात्कारद्वारा होइन। साक्षात्कार त पाई पैसाको खेल हो , त्यसैले साक्षात्कार गर्ने इच्छा नराख।

प्रश्न:
मायाका भिन्न भिन्न रूपहरूबाट बच्नको लागि बाबाले सबै बच्चाहरूलाई कुनचाहिँ एउटा सावधानी गराउनु हुन्छ?

उत्तर:
प्यारा बच्चाहरू! साक्षात्कार (ट्रान्स)को आशा नराख। ज्ञान योगमा साक्षात्कारको कुनै सम्बन्ध छैन। मुख्य हो पढाइ। कोही साक्षात्कार गरेर भन्छन् ममा मम्मा आउनु भयो, बाबा आउनु भयो। यो सबै सूक्ष्म मायाको सङ्कल्प हो, यसबाट धेरै सावधान रहनुपर्छ। मायाले कति बच्चाहरूमा प्रवेश गरेर उल्टो कार्य गराइदिन्छ, त्यसैले साक्षात्कारको आशा राख्नु हुँदैन।

ओम् शान्ति ।
प्यारा रुहानी बच्चाहरूले यो त बुझेका छौ एकातर्फ छ भक्ति, अर्कोतर्फ छ ज्ञान। भक्ति त अथाह छ र सिकाउनेहरू अनेक छन्। शास्त्रले पनि सिकाउँछ, मनुष्यले पनि सिकाउँछन्। यहाँ न कुनै शास्त्र छ, न मनुष्य छन्। यहाँ सिकाउनेवाला एउटै रुहानी बाबा हुनुहुन्छ, जसले आत्माहरूलाई सम्झाउनु हुन्छ। आत्माले नै धारणा गर्छ। परमपिता परमात्मामा यो सारा ज्ञान छ, उहाँमा ८४ को चक्रको ज्ञान छ, त्यसैले उहाँलाई पनि स्वदर्शन चक्रधारी भन्न सकिन्छ। हामी बच्चाहरूलाई पनि त्यस्तै स्वदर्शन चक्रधारी बनाइरहनु भएको छ। बाबा पनि ब्रह्माको तनमा हुनुहुन्छ, त्यसैले उहाँलाई ब्राह्मण पनि भन्न सकिन्छ। हामी पनि उहाँका बच्चा ब्राह्मण नै देवता बन्छौँ। अहिले बाबा बसेर यादको यात्रा सिकाउनु हुन्छ, यसमा हठयोग आदिको कुनै कुरा छैन। उनीहरू हठयोगद्वारा ट्रान्स आदिमा जान्छन्। यो कुनै ठुलो कुरा होइन। ट्रान्सको बढाइ केही पनि होइन। ट्रान्स त एक पाई पैसाको खेल हो। म ट्रान्समा जान्छु भनेर तिमीले कहिल्यै कसैलाई भन्नु छैन किनकि आजकाल बेलायत आदिमा जहाँतहीँ धेरै भन्दा धेरै ट्रान्समा जान्छन्। ट्रान्समा जानाले न उनीहरूलाई कुनै फाइदा हुन्छ, न तिमीहरूलाई कुनै फाइदा छ। बाबाले समझ दिनु भएको छ। ट्रान्समा न यादको यात्रा हुन्छ, न ज्ञान हुन्छ। साक्षात्कार अथवा ट्रान्समा जानेले कहिल्यै कुनै ज्ञान सुन्दैन, न कुनै पाप भस्म हुन्छ। ट्रान्सको महत्त्व केही छैन। बच्चाहरूले योग लगाउँछन्, त्यसलाई कुनै साक्षात्कार भनिदैन। यादबाट विकर्म विनाश हुन्छ। ट्रान्समा विकर्म विनाश हुँदैन। बाबा सावधान गर्नुहुन्छ प्यारा बच्चाहरू! ट्रान्सको सोख नराख।

तिमीहरूले जानेका छौ यी संन्यासी आदिलाई विनाशको समय भएपछि मात्र ज्ञान मिल्छ। दिन त तिमीहरूले यस्ता निमन्त्रणाहरू दिइराख तर यो ज्ञान उनीहरूको कलशमा छिटै आउँदैन। जब विनाश सामुन्ने देख्नेछन् तब आउँछन्। सम्झन्छन् अब त मृत्यु आयो कि आयो। नजिक देखेपछि मात्र मान्नेछन्। उनीहरूको पार्ट नै अन्त्यमा छ। तिमीहरूले भन्छौ अब विनाश आयो कि आयो, मृत्यु आउनु छ, उनीहरूले सम्झन्छन् यी सबै यिनीहरूका गफ हुन्।

तिमीहरूको वृक्ष बिस्तारै बिस्तारै बढ्छ। संन्यासीहरूलाई केवल भन्नु छ बाबालाई याद गर्नुहोस्। यो पनि बाबाले सम्झाउनु भएको छ तिमीहरूले आँखा बन्द गर्नु हुँदैन। आँखा बन्द भए भने बाबालाई कसरी देख्छौ? हामी आत्मा हौँ, परमपिता परमात्माको सामुन्ने बसेका छौँ। उहाँ देखिनुहुन्न तर यो ज्ञान बुद्धिमा छ। तिमी बच्चाहरूले जान्दछौ परमपिता परमात्माले हामीलाई पढाइरहनु भएको छ, यस शरीरको आधार लिएर। साक्षात्कार आदिको कुनै कुरा छैन। साक्षात्कार हुनु कुनै ठुलो कुरा होइन। यो भोग आदि सबै ड्रामामा निश्चित छ। सेवक (सर्भेन्ट) बनेर भोग लगाएर आउँछन्। जसरी सेवकहरूले ठुला मानिसलाई खुवाउँछन्। तिमी पनि सेवक भएर देवताहरूलाई भोग लगाउन जान्छौ। उनीहरू हुन् फरिस्ता। त्यहाँ मम्मा-बाबालाई देख्छौ। ती सम्पूर्ण मूर्ति पनि लक्ष्य हुन्। उनीहरूलाई यस्ता फरिस्ता कसले बनाउनु भयो? बाँकी साक्षात्कारमा जानु त कुनै ठुलो कुरा होइन। जसरी यहाँ शिवबाबाले तिमीहरूलाई पढाउनु हुन्छ, त्यसैगरी त्यहाँ पनि शिवबाबाले उनीहरूद्वारा केही सम्झाउनु हुन्छ। सूक्ष्मवतनमा के हुन्छ, केवल यो जान्नु पर्छ। बाँकी ट्रान्स आदिलाई केही पनि महत्त्व दिनु छैन। कसैलाई ट्रान्स देखाउनु, यो पनि बचपन हो। बाबा सबैलाई सावधान गर्नुहुन्छ, ट्रान्समा नजाऊ, यसमा पनि कति पटक माया प्रवेश हुन्छ।

यो पढाइ हो, कल्प कल्प बाबा आएर तिमीहरूलाई पढाउनु हुन्छ। अहिले हो सङ्गमयुग। तिमी ट्रान्सफर हुनु छ। ड्रामा प्लान अनुसार तिमीले पार्ट खेलिरहेका छौ, पार्टको महिमा छ। बाबा आएर पढाउनु हुन्छ ड्रामा अनुसार। बाबासँग एक पटक पढेर तिमी मनुष्यबाट देवता अवश्य बन्नु छ। यसमा बच्चाहरूलाई खुसी हुन्छ। हामीले बाबालाई पनि र रचनाको आदि, मध्य, अन्त्यलाई पनि जान्यौँ। बाबाको शिक्षा पाएर धेरै हर्षित हुनुपर्छ। तिमीले पढ्छौ नै नयाँ दुनियाँको लागि। त्यहाँ हुन्छ नै देवताहरूको राज्य त्यसैले अवश्य पुरुषोत्तम सङ्गमयुगमा पढ्नुपर्छ। तिमी यस दु:खबाट छुटेर सुखमा जान्छौ। यहाँ तमोप्रधान हुने भएकाले तिमी बिमारी आदि हुन्छौ। यी सबै रोगहरू मेटिएर जान्छन्। मुख्य हो नै पढाइ, यसको ट्रान्स आदिसँग कुनै सम्बन्ध छैन। यो ठुलो कुरा होइन। धेरै ठाउँमा यत्तिकै ध्यानमा जान्छन् अनि भन्छन् मम्मा आउनु भयो बाबा आउनु भयो। बाबा भन्नुहुन्छ यो केही पनि होइन। बाबाले त एउटै कुरा सम्झाउनु हुन्छ तिमीहरू जो आधा कल्प देह अभिमानी बनेका छौ, अब देहीअभिमानी बनेर बाबालाई याद गर तब विकर्म विनाश हुन्छ, यसलाई यादको यात्रा भनिन्छ। योग भन्दा यात्रा सिद्ध हुँदैन। तिमी आत्माहरू यहाँबाट जानु छ, तमोप्रधानबाट सतोप्रधान बन्नु छ। तिमीहरूले अहिले यात्रा गरिरहेका छौ। उनीहरूको जुन योग छ, त्यसमा यात्राको कुरा छैन। हठयोग त धेरै छन्। ती हुन् हठयोग, यहाँ बाबालाई याद गर्नु छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ। यसरी अरू कसैले कहिल्यै सम्झाउँदैन। यो त हो पढाइ। बाबाको बच्चा बन्यौ फेरि बाबासँग पढ्नु र पढाउनु छ। बाबा भन्नुहुन्छ तिमीले म्युजियम खोल, तिमीहरूको पासमा आफै आउँछन्। बोलाउने मेहनत नै हुँदैन। भन्नेछन् यो ज्ञान त बडो राम्रो छ, कहिल्यै सुनेका थिएनौँ। यसमा त चरित्र सुध्रिन्छ। मुख्य हो नै पवित्रता, जसमा नै हङ्गामा आदि हुन्छ। धेरै फेल पनि हुन्छन्। तिमीहरूको अवस्था यस्तो हुन्छ जसबाट यस दुनियाँमा नै भएर पनि उनीहरूलाई देख्दैनौ। खाँदा पिउँदा पनि तिमीहरूको बुद्धि उहाँ बाबातर्फ होस्। पिताले नयाँ भवन बनाए भने सबैको बुद्धि नयाँ भवनतर्फ जान्छ नि। अहिले नयाँ दुनियाँ बनिरहेको छ। बेहदका बाबाले बेहदको घर बनाइरहनु भएको छ। तिमीलाई थाहा छ हामीले स्वर्गवासी बन्नको लागि पुरुषार्थ गरिरहेका छौँ। चक्र पूरा भयो। अब हामी घर र स्वर्गमा जानु छ त्यसको लागि पावन पनि अवश्य बन्नुपर्छ। यादको यात्राबाट पावन बन्नु छ। यादमा नै विघ्न पर्छन्, यसमा नै तिमीहरूको लडाइँ हुन्छ। पढाइमा लडाइँको कुरा हुँदैन। पढाइ त बिलकुल साधारण छ। ८४ को चक्रको ज्ञान त धेरै सहज छ। बाँकी आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नु, यसमा छ मेहनत। बाबा भन्नुहुन्छ यादको यात्रालाई नभुल। कमसे कम ८ घण्टा त अवश्य याद गर। शरीर निर्वाहको लागि कर्म पनि गर्नु छ। निदाउनु पनि पर्छ। सहज मार्ग हो नि। यदि ननिदाउने हो भने त हठयोग भयो। हठयोगी त धेरै छन्। बाबा भन्नुहुन्छ त्यतातिर केही पनि नहेर, त्यसबाट केही फाइदा छैन। कति हठयोग आदि सिकाउँछन्। यी सबै हुन् मनुष्य मत। तिमी आत्माहरू हौ, आत्माले नै शरीर लिएर पार्ट खेल्छन्, डाक्टर आदि बन्छन्। तर मनुष्य देह अभिमानी बनेका छन् र भन्छन् म फलानो हुँ...।

अहिले तिमीहरूको बुद्धिमा छ, हामी आत्मा हौँ। बाबा पनि आत्मा हुनुहुन्छ। अहिले तिमी आत्माहरूलाई परमपिताले पढाउनु हुन्छ, त्यसैले गायन पनि छ आत्मा परमात्मा अलग रहे बहुकाल... कल्प कल्प मिल्छन्। बाँकी जति पनि सारा दुनियाँ छ, उनीहरू सबैले देह अभिमानमा आएर देह नै सम्झिएर पढिरहन्छन् पढाउँछन्। बाबा भन्नुहुन्छ मैले आत्माहरूलाई पढाउँछु। न्यायाधीश, वकिल आदि पनि आत्मा नै बन्छ। तिमी आत्मा सतोप्रधान पवित्र थियौ फेरि तिमीहरू कर्म गर्दा गर्दा सबै पतित बनेका छौ त्यसैले त पुकार्छौ बाबा आएर हामीलाई पावन आत्मा बनाउनुहोस्! बाबा त हुनुहुन्छ नै पावन। यो कुरा सुनिसकेपछि मात्र तिमीलाई धारणा हुन्छ। तिमी बच्चाहरूलाई धारणा भएपछि देवता बन्छौ। अरू कसैको बुद्धिमा बस्दैन किनकि यो हो नयाँ कुरा। यो हो ज्ञान। त्यो हो भक्ति। तिमी पनि भक्ति गर्दागर्दै देह अभिमानी बन्छौ। अब बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! आत्म अभिमानी बन। हामी आत्माहरूलाई बाबाले यस शरीरद्वारा पढाउनु हुन्छ। घरी घरी याद राख यो एउटै समय हो जब आत्माहरूको बाबा परमपिताले पढाउनु हुन्छ। यस सङ्गमयुगमा सिवाय सारा ड्रामामा बाबाको कहिल्यै पार्ट नै छैन त्यसैले बाबा फेरि पनि भन्नुहुन्छ प्यारा बच्चाहरू! आफूलाई आत्मा निश्चय गर, बाबालाई याद गर। यो बडो उच्च यात्रा हो चढे भने वैकुण्ठ रस चाख्नेछन्। विकारमा गिरे भने एकदम चकनाचुर हुन्छन्। फेरि पनि स्वर्गमा त आउँछन् तर धेरै सानो पद हुन्छ। यो रजाइँ स्थापना भइरहेको छ। यसमा सानो पदका पनि चाहिन्छन्, सबै कहाँ ज्ञानमा चल्छन् र! त्यसो त बाबालाई धेरै बच्चाहरूसँग मिल्नुपर्छ। यदि मिल्यौ भने पनि थोरै समयको लागि। तिमी माताहरूको धेरै महिमा छ, वन्दे मातरम् पनि गायन गरिएको छ। जगत् अम्बाको कति ठुलो मेला लाग्छ किनकि धेरै सेवा गरेकी छिन्। जसले धेरै सेवा गर्छन् उनीहरू ठुला राजा बन्छन्। देलवाडा मन्दिरमा तिमीहरूको नै यादगार छ। तिमी बच्चीहरूले त धेरै समय निकाल्नु पर्छ। तिमीहरूले भोजन आदि बनाउँदा यादमा बसेर धेरै शुद्ध भोजन बनाउनु पर्छ, जुन भोजन जसलाई खुवाए पनि उसको हृदय शुद्ध बनोस्। यस्ता धेरै कम छन्, जसलाई यस्तो भोजन मिल्छ। आफूसँग सोध हामीले शिवबाबाको यादमा रहेर भोजन बनाउँछौं, जुन खानाले उनीहरूको हृदय पग्लिन्छ। घरी घरी याद गर्न भुलिन्छ। बाबा भन्नुहुन्छ भुल्नु पनि ड्रामामा निश्चित छ किनकि तिमी १६ कला त अहिले बनेका छैनौ। सम्पूर्ण बन्नु अवश्य छ। पूर्णिमाको चन्द्रमामा कति तेज हुन्छ, फेरि कम हुँदा हुँदा रेखामात्र रहन्छ। घोर अन्धकार हुन्छ फेरि सम्पूर्ण उज्यालो। यी विकार आदिलाई छोडेर बाबालाई याद गरिरह्यौ भने तिमीहरूको आत्मा सम्पूर्ण बन्छ। तिमीहरू चाहन्छौ महाराजा बनौँ तर सबै त बन्न सक्दैनौ। पुरुषार्थ सबैले गर्नु छ। कसैले त केही पनि पुरुषार्थ गर्दैनन्, त्यसैले महारथी, घोडसवार, प्यादा भनिन्छ। महारथी थोरै हुन्छन्। प्रजा वा लस्कर जति हुन्छन्, त्यति कमान्डरहरू वा मेजरहरू हुँदैनन्। तिमीहरूमा पनि कमान्डर, मेजर, क्याप्टेन छन्। पैदल सेना पनि छन्। तिमीहरूको पनि यो रुहानी सेना हो नि। सारा आधारित छ यादको यात्रामा। त्यसैबाट बल मिल्छ। तिमीहरू हौ गुप्त योद्धा। बाबालाई याद गर्नाले विकर्मको जुन किचडा छ त्यो भस्म हुन्छ। बाबा भन्नुहुन्छ घर धन्धा गर्दा पनि बाबालाई याद गर। तिमीहरू जन्मजन्मान्तरका प्रियतमा हौ, प्रिततम एक हुनुहुन्छ। अब उहाँ प्रियतम मिल्नु भएको छ त्यसैले उहाँलाई याद गर्नु छ। पहिला पनि याद त गर्थ्यौ तर विकर्म विनाश कहाँ हुन्थ्यो र? बाबाले बताउनु हुन्छ, तिमीहरू यहाँ तमोप्रधानबाट सतोप्रधान बन्नु छ। आत्मालाई नै बन्नु छ। आत्माले नै मेहनत गरिरहेको छ। यसै जन्ममा तिमीहरूले जन्मजन्मान्तरको मैला उतार्नु छ। यो हो मृत्युलोकको अन्तिम जन्म फेरि जानु छ अमरलोक। आत्मा पावन नबनिकन त जान सक्दैन। हिसाबकिताब चुक्ता गरेर जानु छ। फेरि यदि सजाय खानुपर्यो भने सानो पद पाउने छौ। जसले सजाय खाँदैनन् उनीहरूलाई मात्रै मालाको ८ दाना भनिन्छ। ९ रत्नहरूको नै औँठी बन्छ। यस्तो बन्नु छ भने बाबालाई याद गर्ने धेरै मेहनत गर्नु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सङ्गमयुगमा स्वयंलाई परिवर्तन गर्नु छ। पढाइ र पवित्रताको धारणाद्वारा आफ्नो चरित्र सुधार्नु छ, साक्षात्कार आदिको सोख राख्नु छैन।

२) शरीर निर्वाहको लागि कर्म पनि गर्नु छ, आराम पनि गर्नु छ, हठयोग होइन तर यादको यात्रालाई कहिल्यै भुल्नु छैन। योगयुक्त भएर यस्तो शुद्ध भोजन बनाउनु र खुवाउनु छ जसद्वारा खानेवालाको हृदय शुद्ध हुन्छ।

वरदान:
आफ्ना सूक्ष्म शक्तिहरूमाथि विजयी बन्ने राजऋषि , स्वराज्य अधिकारी आत्मा भव

कर्मेन्द्रियजित बन्न त सहज छ तर मन-बुद्धि-संस्कार यी सूक्ष्म शक्तिहरूमाथि विजयी बन्नु यो सूक्ष्म अभ्यास हो। जुन बेला जुन सङ्कल्प, जुन संस्कार प्रकट (इमर्ज) गर्न चाह्यो त्यही सङ्कल्प, त्यही संस्कार सहजै अपनाउन सकियोस् यसलाई भनिन्छ सूक्ष्म शक्तिहरूमाथि विजय अर्थात् राजऋषि स्थिति। यदि सङ्कल्प शक्तिलाई अर्डर गर्यौ अहिले भर्खर एकाग्रचित होऊ भने राजाको अर्डर त्यसै घडी त्यसै प्रकारले मान्नु यही हो राज्य अधिकारीको निसानी। यसै अभ्यासले अन्तिम परीक्षामा पास हुनेछौ।

स्लोगन:
सेवाबाट जुन आशीर्वाद मिल्छ, त्यो नै सबै भन्दा ठुलो देन हो।