08.06.25 Avyakt Bapdada Nepali Murli 15.11.2005 Om Shanti Madhuban
“ सच्चा दिलले बाबा र
परिवारको स्नेही बनेर मेहनत मुक्त बन्ने प्रतिज्ञा गर र फाइदा लेऊ।”
आज बापदादाले आफ्ना
चारैतिरका श्रेष्ठ स्वराज्य अधिकारी, स्वमानधारी बच्चाहरूलाई देखिरहनुभएको छ। बाबाले
बच्चाहरूलाई आफूभन्दा पनि उच्च स्वमान दिनुभएको छ। हरेक बच्चालाई पाउ पर्नबाट
छुटाएर शिरको ताज बनाइदिनुभयो। स्वयंलाई सदा नै प्यारा बच्चाहरूको सेवाधारी
कहलाउनुभयो। बच्चाहरूलाई यति ठुलो अथोरिटीको (अधिकारको) स्वमान दिनुभयो। हरेकले
आफूलाई यति स्वमानधारी सम्झन्छौ? स्वमानधारीको विशेष लक्षण के हुन्छ? जति जो
स्वमानधारी हुन्छ त्यति नै सर्वलाई सम्मान दिनेवाला हुन्छ। जति स्वमानधारी त्यति नै
निर्मान, सर्वको स्नेही हुन्छ। स्वमानधारीको निसानी हो– बाबाको प्यारो साथै सर्वको
प्यारो। हदको प्यारो होइन, बेहदको प्यारो। जस्तै बाबा सर्वका प्यारा हुनुहुन्छ, चाहे
एक महिनाको बच्चा होस्, चाहे आदि रत्न होस् तर हरेकले मान्छन्– म बाबाको, बाबा मेरो।
यो निसानी हो सर्वको प्यारापनको, श्रेष्ठ स्वमानको, किनकि यस्ता बच्चाहरू फलो फादर
गर्नेवाला हुन्। हेर, बाबाले हरेक वर्गका बच्चाहरूलाई, साना बच्चाहरूदेखि लिएर,
बुज्रुगसमान बच्चाहरूलाई स्वमान दिनुभयो। युथलाई (युवालाई) विनाशकारीबाट
विश्वकल्याणकारीको स्वमान दिनुभयो। महान् बनाउनुभयो। प्रवृत्तिमा रहनेहरूलाई
महात्माहरू, ठुला ठुला जगतगुरुहरू भन्दा पनि उच्च, प्रवृत्तिमा रहेर पनि,
पर-वृत्तिवाला महात्माहरूको पनि शिर झुकाउनेवाला बनाउनुभयो। कन्याहरूलाई शिवशक्ति
स्वरूपको स्वमान याद दिलाउनुभयो, बनाउनुभयो। बुज्रुग बच्चाहरूलाई ब्रह्माबाबाको
हमजिन्स (साथी) समान अनुभवीको स्वमान दिनुभयो। यसरी स्वमानधारी बच्चाहरूले हरेक
आत्मालाई यस्तो स्वमानले हेर्छन्। केवल हेर्छन् मात्र होइन तर सम्बन्ध-सम्पर्कमा
आउँछन्, किनकि स्वमानले देह अभिमानलाई मेटाउँछ। जहाँ स्वमान हुन्छ त्यहाँ देहको
अभिमान हुँदैन। देह अभिमानलाई मेटाउने धेरै सहज साधन हो – सदैव स्वमानमा रहनु। सदैव
हरेकलाई स्वमानले हेर्नु। चाहे प्यादा होस्, १६ हजारको मालामा लास्ट नम्बर पनि होस्
तर लास्ट नम्बरमा पनि ड्रामा अनुसार बाबाद्वारा कुनै न कुनै विशेषता हुन्छ।
स्वमानधारीले विशेषतालाई देखेर स्वमान दिन्छन्। उनीहरूको दृष्टिमा, वृत्तिमा, कृतिमा,
हरेकको विशेषता समाहित हुन्छ। जोसुकै पनि बाबाको बन्यो त्यो विशेष आत्मा हो, चाहे
नम्बरवार होस् तर दुनियाँका करोडौँमा कोही हो। यस्तो आफूलाई सबैले विशेष आत्मा
सम्झन्छौ? स्वमानमा स्थित रहनुछ। देह अभिमानमा होइन, स्वमानमा।
बाबालाई हरेक
बच्चासँग प्यार किन छ? किनकि बाबा जान्नुहुन्छ– मलाई चिनेर, मेरा बनेका छन् नि। चाहे
आज यस मेलामा पहिलो पटक नै आएका हुन्, फेरि पनि बाबा भने, त्यसैले बाबाको प्यारका
पात्र हुन्। बापदादालाई चारैतिरका सबै बच्चाहरू सबैभन्दा प्रिय छन्। यस्तै फलो फादर।
कोही पनि अप्रिय छैनन्, सर्व प्रिय छन्। हेर, जुनसुकै बच्चाहरूले पनि मेरो बाबा
भन्छन्, यो मेरापन केले ल्यायो? स्नेहले। जति पनि यहाँ बसेका छौ, तिमीहरूले सम्झन्छौ
स्नेहले बाबाको बनाइदियो। बाबाको स्नेह चुम्बक हो, स्नेहको चुम्बकले बाबाका बन्यौ।
दिलको स्नेह, भन्नको लागि मात्र स्नेह होइन। दिलको स्नेह यस ब्राह्मण जीवनको
फाउन्डेसन (जग) हो। मिल्न किन आउँछौ? स्नेहले ल्याएको हो नि! जति पनि सबै बसेका छौ,
आएका छौ, किन आएका हौ? स्नेहले खिच्यो नि। स्नेह पनि कति छ? १०० प्रतिशत छ वा कम छ?
जसले सम्झन्छन्– स्नेहमा हामी १०० पर्सेन्ट छौँ, उनीहरूले हात उठाऊ। स्नेहमा १००
पर्सेन्ट। अलिकति पनि कम छैन? अच्छा। यति नै स्नेह आपसमा ब्राह्मणहरूमा छ? यसमा हात
उठाउन लगाऊँ? यसमा पर्सेन्टेज छ। जसरी बाबाको सबैसँग स्नेह छ, त्यसैगरी बच्चाहरूको
पनि सर्वसँग स्नेह, सर्वका स्नेही। अर्काको कमजोरीलाई नहेर। यदि कोही संस्कारको
वशीभूत छ, फलो कसलाई गर्नुछ? वशीभूत हुनेलाई? तिमी वशीकरण मन्त्र दिनेवाला हौ,
वशीभूतबाट छुटाउनेवाला मन्त्र, छुटाउनेवाला हौ नि! वा हेर्नेवाला हौ? कि देखिइहाल्छ?
यदि कुनै खराब चीज देखियो भने पनि, के गर्छन्? हेरिरहन्छन् वा किनारा गर्छन्? किनकि
बापदादाले देख्नुभयो– जो दिलका स्नेही छन्, ती बाबाका दिलका स्नेही, सर्वका स्नेही
अवश्य हुन्छन्। दिलको स्नेह धेरै सहज विधि हो सम्पन्न र सम्पूर्ण बन्ने। चाहे कोही
जति ज्ञानी होस्, तर यदि दिलको स्नेह छैन भने ब्राह्मण जीवनमा रमणीय जीवन हुँदैन।
जीवन रुखो हुन्छ किनकि ज्ञानमा, स्नेह बिना यदि ज्ञान छ भने ज्ञानमा प्रश्न उठ्छन्–
किन, के! तर स्नेह ज्ञानसहित छ भने स्नेही सदा स्नेहमा लवलीन रहन्छन्। स्नेहीलाई
याद गर्ने मेहनत गर्नुपर्दैन। केवल ज्ञानी छ, स्नेह छैन भने मेहनत गर्नुपर्छ। उसले
मेहनतको फल खान्छ, यसले मुहब्बतको (स्नेहको) फल खान्छ। ज्ञान हो बीज तर पानी हो
स्नेह। यदि बीजलाई स्नेहको पानी मिल्दैन भने फल निस्कँदैन।
आज बापदादाले सर्व
बच्चाहरूको दिलको स्नेह चेक गरिरहनुभएको थियो। चाहे बाबासँग, चाहे सर्वसँग। तिमीहरू
सबैले आफूलाई के सम्झन्छौ? स्नेही हौ? हौ स्नेही? जसले सम्झन्छौ– दिलका स्नेही हौँ,
उनीहरूले हात उठाऊ। (म्याजोरिटी सबैले हात उठाए) अच्छा– सर्वका स्नेही। बाबाका त
दिलका स्नेही हौ, सर्वका स्नेही हौ? सर्वका? हरेकले सम्झन्छौ– यो मेरो भाइ-बहिनी
हो? हरेकले सम्झन्छौ– यो मेरो हो? सम्झन्छौ? कि कोही-कोहीले सम्झन्छौ? जसरी बाबाको
स्नेहमा सबैले हात उठाउँछन्, हो बाबाका स्नेही हौँ, त्यसैगरी तिमी हरेकको लागि हात
उठाउन्, हो यिनी सर्वका स्नेही हुन्? यो सर्टिफिकेट (प्रमाणपत्र) मिल्छ? किनकि
बापदादाले पहिला पनि भन्नुभएको थियो– केवल बाबाबाट सर्टिफिकेट लिनुछैन, ब्राह्मण
परिवारबाट पनि लिनुछ किनकि यस समयमा बाबाले धर्म र राज्य दुवै साथसाथै स्थापना
गरिरहनुभएको छ। राज्यमा केवल बाबा हुनुहुन्न, परिवार पनि हुन्छ। बाबाका पनि प्यारा,
परिवारका पनि प्यारा।
ज्ञानी बनेका छौ तर
साथै स्नेही बन्नु पनि जरुरी छ। स्वमानमा रहनु र सम्मान दिनु, यी दुवै जरुरी छन्।
बाबाले ब्राह्मण जन्म लिने बित्तिकै हरेक बच्चालाई सम्मान दिनुभयो, त्यसैले त उच्च
बन्यौ। यस एक जन्ममा सम्मान दिनुछ र सारा कल्प त्यसको प्रारब्ध सम्मान प्राप्त
हुन्छ। आधाकल्प राज्य अधिकारीको सम्मान मिल्छ, आधाकल्प भक्तिमा भक्तहरूद्वारा
सम्मान मिल्छ। तर यसको सारा कल्पको आधार हो यस एक जन्ममा सम्मान दिनु, सम्मान लिनु।
यतिबेला बापदादाले देखिरहनुभएको छ– चारैतिर विदेशमा कोही रातमा, कोही दिनमा मिलन
मनाइरहेका छन्। राम्रो पुरुषार्थको गतिलाई बढाउनको लागि तिमीहरूलाई दादी पनि (जानकी
दादी) राम्रो मिल्नुभए छ। हुनुहुन्छ नि यस्तो? अलिकति कुनै कमी देख्नुहुन्छ,
तुरुन्तै क्लासमाथि क्लास गराउनुहुन्छ। कुनै पनि बच्चालाई, चाहे देशका चाहे
विदेशकालाई, कुनै पनि सब्जेक्टमा (विषयमा) मेहनत लाग्छ भने त्यसको मूल कारण हो–
दिलको स्नेहको कमी। स्नेह अर्थात् लवलीन। याद गर्नुपर्दैन, याद भुल्न मुस्किल हुन्छ।
यदि मेहनत गर्नुपर्छ भने दिलको स्नेहलाई चेक गर– कतै लिकेज (चुहावट) त छैन? चाहे
लगाव कुनै व्यक्तिसँग, चाहे व्यक्तिको विशेषतासँग, चाहे कुनै साधनसँग, सेल्भेसनसँग
(सुविधासँग), एक्स्ट्रा सेल्भेसन (अतिरिक्त सुविधा), काइदा अनुसार सेल्भेसन ठीक छ,
तर एक्स्ट्रा सेल्भेसनसँग पनि प्यार हुन्छ, लगाव हुन्छ। त्यो सेल्भेसन याद आइरहन्छ।
त्यसको निसानी हो– कतै पनि लिकेज भयो भने जीवनमा कुनै पनि कारणले सदा सन्तुष्टताको
अनुभूति हुँदैन। कुनै न कुनै कारणले असन्तुष्टताको अनुभव गराउँछ। र, जहाँ सन्तुष्टता
हुन्छ त्यसको निसानी सदा प्रसन्नता हुन्छ। सदा रुहानी गुलाब जस्तै मुस्कुराइरहन्छ,
प्रसन्न भइरहन्छ। मुड अफ (उदास) हुँदैन, सदा डबल लाइट। अब बुझ्यौ– अब मेहनतबाट बँच।
बापदादालाई बच्चाहरूले मेहनत गरेको राम्रो लाग्दैन। आधाकल्प मेहनत गरेका छौ, अहिले
मौज गर। मुहब्बतमा (स्नेहमा) लवलीन होऊ, ज्ञान सागरको गहिराइमा अनुभवका मोती अनुभव
गर। केवल डुबुल्की लगाएर सागरबाट निस्केर नआऊ, लवलीन होऊ।
सबैले प्रतिज्ञा त
गरेका छौ नि! साथै रहन्छौँ, साथै जान्छौँ? प्रतिज्ञा गरेका छौ? साथै जान्छौ वा पछि
पछि आउँछौ? जो साथै जानको लागि तयार छौ, तिनीहरूले हात उठाऊ। तयार छौ, सोचेर उठाऊ,
तयार छौ अर्थात् बाबासमान छौ। को साथै जान्छ? समान साथै जान्छ नि! त्यसोभए जान्छौ?
एभररेडी (सदा तयार)? पहिलो लाइन एभररेडी? भोलि जानको लागि अर्डर गरौँ, जान्छौ? अच्छा
प्रवृत्तिवाला जान्छौ? बच्चाहरू याद आउँदैनन्? माताहरू जान्छौ? माताहरू तयार छौ?
कुनै पनि चीज याद आउँदैन? टिचरहरूलाई सेन्टर याद आउँछ, जिज्ञासु याद आउँछन्? याद
आउँदैनन्? अच्छा। सबै निर्मोही भएका त छौ? त्यसोभए त धेरै राम्रो कुरा हो। फेरि
मेहनत गर्नु त पर्दैन नि।
आज बापदादा सबैलाई चाहे सम्मुख बसेका छन्, चाहे टाढा बसेर पनि बाबाको दिलमा बसेका
छन्, सबैलाई आजको दिन मेहनत मुक्त बनाउन चाहनुहुन्छ। बन्छौ? ताली त बजायौ, बन्छौ?
भोलिदेखि कोही दादीहरूको पासमा आउँदैन। मेहनत गराउँदैनौँ? मौजले मिल्छौँ। जोन हेडको
पासमा जाँदैनौ, कम्प्लेन (गुनासो) गर्दैनौ, कम्प्लिट। ठीक छ? अहिले हात उठाऊ। हेर
सोचेर हात उठाउनु, यत्तिकै नउठाउनु। कुनै कम्प्लेन छैन, कुनै मेरो मेरो छैन, कोही
मेरो छैन। म पनि छैन, मेरो पनि छैन, खतम। हेर प्रतिज्ञा त गरेका छौ, राम्रो छ बधाई
छ तर के छ भने, प्रतिज्ञाको फाइदा उठाउँदैनौ। प्रतिज्ञा धेरै छिटो गरिहाल्छौ तर
फाइदा उठाउनको लागि दिनहुँ एक त रियलाइजेसन (अनुभूति) अर्को रिभाइज गर,
प्रतिज्ञालाई दिनहुँ रिभाइज गर– के प्रतिज्ञा गर्यौ? अमृतवेला बाबासँग मिलेपछि
प्रतिज्ञा र फाइदा दुवैको ब्यालेन्सको (सन्तुलनको) चार्ट बनाऊ। प्रतिज्ञा के गर्यौ?
अनि फाइदा के उठाइरहेका छौ? रियलाइज गर, रिभाइज गर, ब्यालेन्स भयो भने ठीक हुन्छ।
बापदादालाई थाहा छ– मिटिङवालाहरूले प्रतिज्ञा गरेका छन्।
बापदादाले देख्नुभएको
छ– प्लान (योजना) धेरै राम्रा राम्रा बनाउँछन्, यो बापदादालाई मन पर्छ। बापदादा के
चाहनुहुन्छ? बापदादा केवल एक शब्द चाहनुहुन्छ– एक शब्द हो– सफल गर, सफल बन। जति पनि
खजानाहरू छन्, शक्तिहरू छन्, सङ्कल्पहरू छन्, बोलीहरू छन्, कर्म पनि शक्ति हो, यो
समय पनि शक्ति हो, खजाना हो। सबैलाई सफल गर्नुछ। चाहे स्थूल धन, चाहे अलौकिक खजाना,
सबैलाई सफल गर्नुछ। सफलतामूर्तको सर्टिफिकेट लिनु नै छ। सफल गर र सफल गराऊ। यदि
कसैले सफल गर्दैन भने, बोलीद्वारा शिक्षाद्वारा होइन, आफ्नो शुभभावना, शुभकामना र
सदा शुभ सम्मान दिएर सफल गराऊ। केवल शिक्षा नदेऊ, यदि शिक्षा दिनु पनि पर्छ भने
क्षमा र शिक्षा, क्षमा रूप बनेर शिक्षा देऊ। मर्सीफुल (दयालु) बन, रहमदिल बन। तिम्रो
मर्सीफुल रूपले अवश्य शिक्षाको फल देखाउँछ। हेर, आजकाल साइन्सवाला (वैज्ञानिक)
डाक्टरहरूले पनि अपरेसन (शल्यक्रिया) गर्दा पहिला के गर्छन्? पहिला सुताइदिन्छन्,
पछि काट्छन्, पहिला नै काट्दैनन्। टिन्चर लगाउँदा पनि पहिला फुक्छन् फेरि टिन्चर
लगाउँछन्। त्यस्तै तिमी पनि पहिला मर्सीफुल बन फेरि शिक्षा देऊ तब प्रभाव पर्छ,
नत्र के हुन्छ, तिमीले शिक्षा दिन थाल्छौ, ऊ पहिला नै तिमीभन्दा ठुलो शिक्षक हुन्छ।
शिक्षकले शिक्षकको शिक्षा मान्दैन। जुन प्वाइन्ट तिमीले दिन्छौ, यस्तो नगर, यस्तो
गर, उसँग कट् (खण्डन) गर्ने १० प्वाइन्टहरू हुन्छन्, त्यसैले क्षमा र शिक्षा साथसाथै
होस्, त्यसैले त यस ७० औँ वर्षको थिम छ– सफल गर, सफल गराऊ। सफलता मूर्त बन सबै सफल
गर। डबल लाइट बन्नुछ नि त्यसैले सफल गर। संस्कारलाई पनि सफल गर। जुन तिमी आत्माका
ओरिज्नल (मौलिक) आदि संस्कार, दैवी संस्कार, अनादि संस्कार छन् तिनसलाई इमर्ज (जागृत)
गर। उल्टो संस्कारहरूको संस्कार गर। आदि अनादि संस्कार इमर्ज गर। अहिले सबैको विशेष
एउटै कम्प्लेन रहिरहेको छ, संस्कार परिवर्तन हुँदैन, संस्कार परिवर्तन हुँदैन।
सबैले मेहनत मुक्तको
प्रतिज्ञा त गरेका छौ नि! (सबैले हात उठाए) अच्छा– यिनीहरूको फोटो निकाल। अहिले एक
मिनेटको लागि आफ्नो दिलले यस प्रतिज्ञालाई दृढताको अन्डरलाइन लगाऊ। आफ्नो मनमा पक्का
निश्चय गर। (ड्रिल) अच्छा।
सर्व चारैतिरका
स्वमानधारी बच्चाहरूलाई, सदा बाबाका दिलका स्नेही, सर्वका स्नेही श्रेष्ठ
आत्माहरूलाई, सदा मेहनतमुक्त, जीवनमुक्त अनुभव गर्ने तीव्र पुरुषार्थी बच्चाहरूलाई,
सदा प्रतिज्ञा र प्रतिज्ञाको फाइदा लिने, ब्यालेन्स राख्ने ब्लिसफुल (आनन्दस्वरूप)
बच्चाहरूलाई, सदा मौजमा रहने, मौजमा अरूलाई पनि राख्ने, यस्ता सङ्गमयुगी श्रेष्ठ
भाग्यका अधिकारी बच्चाहरूले बापदादाको यादप्यार, दिलारामका दिलको आशीर्वाद स्वीकार
गर। यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ्ग एवं नमस्ते।
दादीहरूसँग :–
ठीक छ नि! तिमीहरूलाई
देखेर सबै खुसी हुन्छन्। बाबा र बच्चाहरू, दुवैलाई देखेर खुसी हुन्छन्। दुवै समान।
सबैका सिकिलधे हौ। सबैको दादीहरूसँग विशेष प्यार छ नि! धेरै प्यार छ किनकि जो
निमित्त बन्छन्, निमित्त बन्नेवालाहरूमाथि जिम्मेवारी पनि हुन्छ, स्नेह पनि त्यति
नै हुन्छ किनकि सबैको प्यार र आशीर्वादको उनीहरूलाई जीवनमा लिफ्ट (सहयोग) मिल्छ।
तिमीहरु पनि जो निमित्त बन्छौ, उनीहरूलाई पनि लिफ्ट मिल्छ तर लिफ्टको गिफ्टलाई कायम
राख्यौ भने धेरै फाइदा हुन सक्छ। यो एक्स्ट्रा वरदान मिल्छ। कुनै पनि कार्यमा,
ईश्वरीय कार्यमा वा यज्ञ सेवामा जो विशेष निमित्त बन्छ उसलाई आशीर्वाद र प्यार
दुवैको लिफ्ट मिल्छ। प्यार एक यस्तो चीज हो, जसले के बाट के बनाइदिन्छ। आज दुनियाँमा
पनि कसैसँग सोध– के चाहिन्छ? भन्छन्– प्यार चाहिन्छ। शान्ति चाहिन्छ, त्यो पनि
प्यारले मिल्छ। त्यसैले प्यार, आत्मिक प्यार सबैभन्दा श्रेष्ठ छ। अच्छा।
वरदान:–
कम्बाइन्ड
स्वरूपको स्मृतिद्वारा अभुल बन्ने निरन्तर योगी भव
जुन बच्चाहरूले
स्वयंलाई बाबासँग कम्बाइन्ड अनुभव गर्छन्, उनीहरूलाई निरन्तर योगी भवको वरदान स्वत:
मिल्छ किनकि उनीहरू जहाँसुकै रहे पनि त्यहाँ मिलन मेला भइरहन्छ। उनीहरूलाई कसैले
जतिसुकै भुलाउने कोसिस गरे पनि उनीहरू अभुल हुन्छन्। यस्ता अभुल बच्चाहरू जो
बाबालाई अति प्यारा छन् उनीहरू नै निरन्तर योगी हुन् किनकि प्यारको निसानी हो– स्वत:
याद। उनीहरूको सङ्कल्प रूपी नङलाई पनि मायाले हल्लाउन सक्दैन।
स्लोगन:–
कारण सुनाउनुको
सट्टा त्यसको निवारण गर्यौ भने आशीर्वादको अधिकारी बन्छौ।