08.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
तिम्रो जीवन धेरै धेरै अमूल्य छ , किनकि तिमीले श्रीमतमा विश्वको सेवा गर्छौ , यस
नर्कलाई स्वर्ग बनाइदिन्छौ।”
प्रश्न:–
खुसी गायब हुने
कारण तथा त्यसको निवारण के हो?
उत्तर:–
खुसी गायब
हुन्छ– (१) देह अभिमानमा आउनाले, (२) दिलमा कुनै शङ्का पैदा भयो भने पनि खुसी हराएर
जान्छ, त्यसैले बाबाले राय दिनुहुन्छ– कुनै शङ्का उत्पन्न भयो भने तुरुन्तै बाबासँग
सोध। देहीअभिमानी रहने अभ्यास गर अनि सदैव खुसी रहनेछौ।
ओम् शान्ति ।
सर्वश्रेष्ठ
भगवान अनि फेरि भगवानुवाच, बच्चाहरूको अगाडि। मैले तिमीहरूलाई सर्वश्रेष्ठ बनाउँछु,
त्यसैले तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। जान्दछौ पनि– बाबाले हामीलाई सारा
विश्वको मालिक बनाउनुहुन्छ। मानिसहरूले भन्छन्– परमपिता परमात्मा सर्वश्रेष्ठ
हुनुहुन्छ। बाबा स्वयं भन्नुहुन्छ– म त विश्वको मालिक बन्दिनँ। भगवानुवाच– मलाई
मानिसहरूले सर्वश्रेष्ठ भगवान भन्छन् र म भन्छु– मेरा बच्चाहरू सर्वश्रेष्ठ छन्। यो
कुरा सिद्ध गरेर बताउनुहुन्छ। पुरुषार्थ पनि ड्रामा अनुसार गराउनुहुन्छ, कल्प पहिला
जसरी। बाबाले सम्झाइरहनुहुन्छ, कुनै पनि कुरा बुझेनौ भने सोध। मानिसहरूलाई त केही
पनि थाहा छैन। दुनियाँ के हो, वैकुण्ठ के हो। हुन त जति पनि नवाफ, मुगल आदि आएर गए,
अमेरिकामा पनि कति पैसावाला छन् तर यी लक्ष्मी-नारायणजस्ता त हुन सक्दैनन्। उनीहरूले
त ह्वाइट हाउस आदि बनाउँछन् तर त्यहाँ त रत्नजडित सुनौला घर बन्छन्। त्यसलाई भनिन्छ
नै सुखधाम। तिम्रो नै हिरो-हिरोइनको पार्ट छ। तिमी हीरा बन्छौ। स्वर्ण युग थियो।
अहिले लौह युग छ। बाबा भन्नुहुन्छ– तिमी कति भाग्यशाली छौ। भगवान स्वयं बसेर
सम्झाउनुहुन्छ भने तिमीलाई कति खुसी हुनुपर्छ। तिम्रो यो पढाइ हो नै नयाँ दुनियाँको
लागि। तिम्रो यो जीवन धेरै अमूल्य छ किनकि तिमीले विश्वको सेवा गर्छौ। बाबालाई
बोलाइन्छ नै आएर नर्कलाई स्वर्ग बनाउनुहोस् भनेर। हेभिनली गड फादर भन्छन् नि। बाबा
भन्नुहुन्छ– तिमी स्वर्गमा थियौ नि, अहिले नर्कमा छौ। फेरि स्वर्गमा हुनेछौ। नर्क
सुरु हुन्छ, त्यसपछि फेरि स्वर्गका कुरा बिर्सिन्छ। यो त फेरि पनि हुनेछ। फेरि पनि
तिमी स्वर्ण युगबाट लौह युगमा अवश्य आउनुछ। बाबाले बारम्बार बच्चाहरूलाई भन्नुहुन्छ–
दिलमा कुनै पनि शङ्का छ, जसले गर्दा खुसी हुँदैन भने बताऊ। बाबा बसेर पढाउनुहुन्छ
भने पढ्नु पनि पर्छ नि। खुसी हुँदैन किनकि तिमी देह अभिमानमा आउँछौ। खुसी त
हुनुपर्छ नि। बाबा त केवल ब्रह्माण्डको मालिक हुनुहुन्छ, तिमी त विश्वको पनि मालिक
बन्छौ। हुन त बाबालाई रचयिता (क्रिएटर) भनिन्छ तर यस्तो होइन– प्रलय हुन्छ अनि फेरि
नयाँ दुनियाँ रच्नुहुन्छ। होइन, बाबा भन्नुहुन्छ– मैले केवल पुरानोलाई नयाँ बनाउँछु।
पुरानो दुनियाँ विनाश गराउँछु। तिमीलाई नयाँ दुनियाँको मालिक बनाउँछु। मैले केही
गर्दिनँ। यो पनि ड्रामामा निश्चित छ। पतित दुनियाँमा नै मलाई बोलाउँछन्। पारसनाथ
बनाउँछु। त्यसैले बच्चाहरू स्वयं पारसपुरीमा आउँछन्। त्यहाँ त मलाई कहिल्यै
बोलाउँदैनन्। कहिल्यै बोलाउँछौ– बाबा पारसपुरीमा आएर थोरै भ्रमण त गर्नुहोस्?
बोलाउँदै बोलाउँदैनौ। गायन पनि छ– दु:खमा सबैले सम्झन्छन्, पतित दुनियाँमा याद
गर्छन्, सुखमा कसैले याद गर्दैनन्। न याद गर्छन्, न बोलाउँछन्। केवल द्वापरमा
मन्दिर बनाएर त्यसमा मलाई राखिदिन्छन्। पत्थरको होइन हीराको लिङ्ग बनाएर राखिदिन्छन्–
पूजा गर्नका लागि, कति आश्चर्यजनक कुरा छन्। राम्रोसँग कान खोलेर सुन्नुपर्छ। कान
पनि पवित्र पार्नुपर्छ। पवित्रता फस्ट। भनिन्छ– सिंहिनीको दुध सुनको भाँडोमा मात्र
अडिन सक्छ। यसमा पनि पवित्रता भयो भने धारणा हुन्छ। बाबा भन्नुहुन्छ– काम महाशत्रु
हो, यसमाथि विजय प्राप्त गर्नुछ। तिम्रो यो अन्तिम जन्म हो। यो पनि तिमीलाई थाहा छ–
यो त्यही महाभारत लडाइँ पनि हो। कल्प कल्प जसरी विनाश भएको छ, हुबहु अहिले पनि
हुनेछ, ड्रामा अनुसार।
तिमी बच्चाहरूले
स्वर्गमा फेरि आफ्नो महल बनाउनुछ, जसरी कल्प पहिला बनाएका थियौ। स्वर्गलाई भनिन्छ
नै प्याराडाइज। पुराणहरूबाट प्याराडाइज शब्द निस्केको छ। भनिन्छ– मानसरोवरमा परीहरू
रहन्थे। त्यसमा कसैले डुबुल्की लगाइयो भने परी बनिन्थ्यो। वास्तवमा हो ज्ञान
मानसरोवर। त्यसमा तिमी के बाट के बन्छौ। सुन्दरीलाई परी भनिन्छ, यस्तो होइन पङ्ख
भएकी कुनै परी हुन्छन्। जस्तै तिमी पाण्डवहरूलाई महावीर भनिन्छ, उनीहरू बसेर फेरि
पाण्डवहरूका धेरै ठुला ठुला चित्र, गुफाहरू आदि देखाएका छन्। भक्तिमार्गमा कति पैसा
बर्बाद गर्छन्। बाबा भन्नुहुन्छ– मैले त बच्चाहरूलाई कति धनवान बनाएँ। तिमीले त्यो
सबै पैसा कहाँ खर्च गर्यौ। भारतवर्ष कति धनवान थियो। अहिले भारतवर्षको के हाल छ।
जुन १०० प्रतिशत सम्पन्न थियो, अहिले १०० प्रतिशत विपन्न बनेको छ। अहिले तिमी
बच्चाहरूले कति तयारी गर्नुपर्छ। बच्चाहरू आदिलाई पनि यही सम्झाउनुछ– शिवबाबालाई
याद गर्यौ भने तिमी श्रीकृष्णजस्ता बन्नेछौ। तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ,
तर अपार खुसी उनीहरूलाई नै हुन्छ जो सदा अरूको खिदमतमा रहन्छन्। मुख्य धारणा–
चालचलन धेरैधेरै रोयल होस्। खानपान धेरै स्वच्छ होस्। तिमी बच्चाहरूको पासमा कोही
आए भने उनीहरूको हर प्रकारले खिदमत गर्नुपर्छ। स्थूल पनि, सूक्ष्म पनि।
जिस्मानी-रुहानी दुवै खिदमत गर्नाले धेरै खुसी हुनेछन्। कोही पनि आयो भने उसलाई
तिमीले सच्चा सत्य नारायणको कथा सुनाऊ। शास्त्रहरूमा त के के कथाहरू लेखिदिएका छन्।
विष्णुको नाभिबाट ब्रह्मा निस्किए, फेरि ब्रह्माको हातमा शास्त्र देखाएदिइएका छन्।
तर विष्णुको नाभिबाट ब्रह्मा कसरी निस्किन्छन्, कति रहस्य छ। अरू कसैले यी कुरा केही
बुझ्न सक्दैनन्। नाभिबाट निस्किने त कुरै होइन। ब्रह्मा सो विष्णु, विष्णु सो
ब्रह्मा बन्छन्। ब्रह्मालाई विष्णु बन्न सेकेन्ड लाग्छ। सेकेन्डमा जीवनमुक्ति
भनिन्छ। बाबाले साक्षात्कार गराउनुभयो– तिमी विष्णुको रूप बन्छौ। सेकेन्डमा निश्चय
भयो। विनाशको साक्षात्कार पनि भयो, नत्र कलकत्तामा राजसी ठाँटले रहन्थे। कुनै तकलिफ
थिएन। बडो रोयल्टीसँग रहन्थे। अब बाबाले तिमीलाई यो ज्ञान रत्नको व्यापार
सिकाउनुहुन्छ। त्यो व्यापार त यसको अगाडि केही पनि होइन। तर उहाँको पार्ट र तिम्रो
पार्टमा फरक छ। बाबा उहाँमा प्रवेश गर्नुभयो र तुरुन्तै सबै छोडिदिनुभयो। भट्टी
बन्नु थियो। तिमीले पनि सबै कुरा छोड्यौ। नदी पार गरेर आयौ, भट्टीमा बस्यौ। के के
भयो, कसैको परवाह छैन। भनिन्छ– श्रीकृष्णले भगाए! किन भगाए? उनीहरूलाई पटरानी बनाउन।
यो भट्टी पनि बन्यो, तिमी बच्चाहरूलाई स्वर्गकी महारानी बनाउनका लागि। शास्त्रहरूमा
त के के लेखिदिएका छन्, यथार्थमा के के छ। सो अब तिमीले बुझेका छौ। भगाउने कुरा नै
होइन। कल्प पहिला पनि गाली खाइएको थियो। नाम बदनाम भएको थियो। यो त ड्रामा हो, जे
जति हुन्छ कल्प पहिला अनुसार।
अहिले तिमीले
राम्रोसँग थाहा पाएका छौ– कल्प पहिला जसले राज्य लिएका छन्, उनीहरू अवश्य आउनेछन्।
बाबा भन्नुहुन्छ– म पनि कल्प कल्प आएर भारतवर्षलाई स्वर्ग बनाउँछु। पूरा ८४ जन्मको
हिसाब बताएको छु। सत्ययुगमा तिमी अमर हुन्छौ। त्यहाँ अकालमा मृत्यु हुँदैन।
शिवबाबाले कालमाथि विजय दिलाउनुहुन्छ। भन्नुहुन्छ– म कालहरूको पनि काल हुँ। कथाहरू
पनि छन् नि। तिमीले कालमाथि विजय प्राप्त गर्छौ। तिमी जान्छौ अमरलोकमा। अमरलोकमा
उच्च पद पाउनका लागि एक त पवित्र बन्नुछ, अर्को फेरि दैवीगुण पनि धारण गर्नुछ। दिनहुँ
आफ्नो पोतामेल (चार्ट) राख। रावणद्वारा तिमीलाई घाटा परेको छ। मद्वारा फाइदा हुन्छ।
व्यापारीहरूले यी कुराहरू राम्रोसँग बुझ्नेछन्। यी हुन् ज्ञान रत्न। कुनै विरलै
व्यापारीले यसमा व्यापार गर्छ। तिमी व्यापार गर्न आएका छौ। कसैले त राम्रोसँग
व्यापार गरेर स्वर्गको सौदा गर्छन्– २१ जन्मको लागि। २१ जन्म पनि के, ५०-६० जन्म
तिमी धेरै सुखी हुन्छौ। पदमपति बन्छौ। देवताहरूको पाउमा पदम देखाउँछन् नि। अर्थ कहाँ
बुझ्छन् र। तिमी अहिले पदमपति बनिरहेका छौ। त्यसैले तिमीलाई कति खुसी हुनुपर्छ। बाबा
भन्नुहुन्छ– म कति साधारण छु। तिमी बच्चाहरूलाई स्वर्गमा लैजान आएको हुँ। बोलाउँछौ
पनि– हे पतित-पावन आउनुहोस्, आएर पावन बनाउनुहोस्। पावन हुन्छन् नै सुखधाममा।
शान्तिधामको कुनै इतिहास-भूगोल त हुन सक्दैन। त्यो त आत्माहरूको वृक्ष हो।
सूक्ष्मवतनको कुनै कुरा नै छैन। बाँकी यो सृष्टिचक्र कसरी घुम्छ, त्यो तिमीले जानेका
छौ। सत्ययुगमा लक्ष्मी-नारायणको वंश थियो। यस्तो होइन, एउटै लक्ष्मी-नारायणले मात्र
राज्य गर्छन्। वृद्धि त हुन्छ नि। फेरि द्वापरमा उनै पूज्य सो फेरि पुजारी बन्छन्।
मानिसहरूले फेरि परमात्माको लागि भनिदिन्छन्– आफै पूज्य। जस्तै परमात्माको लागि
सर्वव्यापी भनिदिन्छन्, यी कुराहरू तिमीले बुझेका छौ। आधाकल्प तिमीले गाउँदै आयौ–
सर्वश्रेष्ठ भगवान र अब भगवानुवाच– सर्वश्रेष्ठ बच्चाहरू हौ। यस्ता बाबाको सल्लाहमा
पनि चल्नुपर्छ नि। गृहस्थ व्यवहार पनि सम्हाल्नु छ। यहाँ त सबै बस्न सक्दैनन्। सबै
बस्न थाले भने कति ठुलो घर बनाउनुपर्ला। यो पनि तिमीले एक दिन देख्नेछौ– तलदेखि
माथिसम्म कति ठुलो लाइन लाग्नेछ, दर्शन गर्नका लागि। कसैलाई दर्शन भएन भने गाली पनि
गर्न थाल्छन्। सम्झन्छन्– महात्माको दर्शन गरौँ। अहिले बाबा त बच्चाहरूको बाबा
हुनुहुन्छ। बच्चाहरूलाई नै पढाउनुहुन्छ। तिमीले जसलाई मार्ग बताउँछौ, कोही त
राम्रोसँग चल्न थाल्छन्, कसैले धारणा गर्न सक्दैनन्, कति छन् जो सुनि पनि रहन्छन्,
फेरि बाहिर गएपछि जहाँको त्यहीँ रहन्छन्, त्यो खुसी हुँदैन, पढाइ हुँदैन, योग
हुँदैन। बाबाले कति सम्झाउनुहुन्छ, चार्ट राख। नत्र धेरै पछुताउनुपर्ला। मैले
बाबालाई कति याद गर्छु, यो चार्टमा हेर्नुपर्छ। भारतवर्षको प्राचीन योगको धेरै महिमा
छ। त्यसैले बाबा सम्झाउनुहुन्छ– कुनै पनि कुरा बुझेनौ भने बाबासँग सोध। पहिला तिमीले
केही पनि जानेका थिएनौ। बाबा भन्नुहुन्छ– यो हो काँडाहरूको जङ्गल। काम महाशत्रु हो।
यी शब्द खुद गीताका हुन्। गीता पढ्थ्यौ तर बुझ्दैनथ्यौ। बाबाले सारा जीवन गीता
पढ्नुभयो। सम्झनुहुन्थ्यो– गीताको महात्म्य धेरै राम्रो छ। भक्तिमार्गमा गीताको कति
मान छ। गीता ठुलो पनि हुन्छ, सानो पनि हुन्छ। श्रीकृष्ण आदि देवताहरूका उनै चित्र
पैसा-पैसामा मिलिरहन्छन्, उनीहरूकै चित्रका फेरि कति ठुला ठुला मन्दिर बनाउँछन्।
त्यसैले बाबा सम्झाउनुहुन्छ– तिमीलाई त विजय मालाको दाना बन्नुछ। यस्ता मीठा-प्यारा
बाबालाई बाबा बाबा पनि भन्छौ। जान्दछौ पनि– स्वर्गको राज्य भाग्य दिनुहुन्छ, फेरि
पनि सुनन्ती, कथन्ती अहो माया फारकती देवन्ती। बाबा भन्यौ भने बाबा अर्थात् बाबा
मान्नुपर्छ नि। भक्तिमार्गमा पनि गाइन्छ– पतिहरूका पति, गुरुहरूका गुरु एउटै
हुनुहुन्छ। उहाँ हाम्रो पिता हुनुहुन्छ। ज्ञानको सागर पतित-पावन हुनुहुन्छ। तिमी
बच्चाहरूले भन्छौ– बाबा हामीले कल्प कल्प हजुरबाट वर्सा लिँदै आएका छौँ। कल्प कल्प
मिल्छौँ। हजुर बेहदका बाबाबाट हामीलाई अवश्य बेहदको वर्सा मिल्नेछ। मुख्य हो नै
अल्फ। त्यसमा बे मर्ज छ। बाबा भन्नुको अर्थ वर्सा। त्यो हो हदको, यो हो बेहदको। हदका
पिता त धेरै धेरै छन्। बेहदका बाबा त एउटै हुनुहुन्छ। अच्छा!
मीठा-प्यारा ५ हजार
वर्षपछि फेरि आएर मिल्ने बच्चाहरूप्रति बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी
बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग,
नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) स्थूल, सूक्ष्म खिदमत गरेर अपार खुसीको अनुभव गर्नु र गराउनुछ। चालचलन र खानपानमा
धेरै रोयल्टी देखाउनुछ।
२) अमरलोकमा उच्च पद
पाउनका लागि पवित्र बन्नुको साथसाथै दैवीगुण पनि धारण गर्नुछ। आफ्नो पोतामेल
हेर्नुछ– मैले बाबालाई कति याद गरेको छु? अविनाशी ज्ञान रत्नको कमाइ जम्मा गरिरहेको
छु? कान पवित्र बनेका छन् जसमा धारणा हुन सक्छ?
वरदान:–
सेवा गर्दा
गर्दै यादका अनुभवहरूको दौड गर्ने सदैव लवलीन आत्मा भव
यादमा रहन्छौ तर
यादद्वारा जुन प्राप्तिहरू हुन्छन्, ती प्राप्तिको अनुभूतिलाई अगाडि बढाउँदै जाऊ,
यसका लागि अहिले विशेष समय र ध्यान देऊ जसबाट थाहा हुन्छ– यी अनुभवका सागरमा डुबेका
लवलीन आत्मा हुन्। जसरी पवित्रता, शान्तिको वातावरणको भासना आउँछ, त्यसरी नै
श्रेष्ठ योगी, लगनमा मग्न रहनेवाला हुन्– यो अनुभव होस्। ज्ञानको प्रभाव छ तर योगको
सिद्धि स्वरूपको प्रभाव पनि होस्। सेवा गर्दागर्दै यादका अनुभवहरूमा डुबिराख, यादको
यात्राका अनुभवहरूको दौड गर।
स्लोगन:–
सिद्धिलाई
स्वीकार गर्नु अर्थात् भविष्य प्रारब्धलाई यहीँ समाप्त गरिदिनु।