08.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी देहीअभिमानी बन्यौ भने सबै बिमारीहरू खतम हु नेछ न् र तिमी डबल शि रताज विश्वको मालिक बन्छौ।”

प्रश्न:–
बाबाको सम्मुख कुन बच्चाहरू बस्नुपर्छ?

उत्तर:–
जसलाई ज्ञान डान्स गर्न आउँछ। ज्ञान डान्स गर्ने बच्चाहरू बाबाको सम्मुख हुँदा बाबाको मुरली पनि त्यस्तै चल्छ। यदि कोही अगाडि बसेर यताउता हेर्छन् भने बाबाले सम्झनुहुन्छ– यो बच्चाले केही पनि बुझ्दैन। बाबाले ब्राह्मणीहरूलाई पनि भन्नुहुन्छ– तिमीले यो कसलाई ल्याएकी हौ, जसले बाबाको अगाडि पनि हाइ काढ्छन्। बच्चाहरूलाई त यस्तो बाबा मिल्नुभएको छ, जसबाट खुसीमा डान्स गर्नुपर्छ।

गीत:–
दूरदेश का रहने वाला...

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूले गीत सुन्यौ। रुहानी बच्चाहरूले सम्झन्छन्– रुहानी बाबा जसलाई हामीले याद गर्दै आएका छौँ, दु:खहर्ता, सुखकर्ता वा हजुर माता-पिता... फेरि आएर हामीलाई धेरै सुख दिनुहोस्, हामी दु:खी छौँ, यो सारा दुनियाँ दु:खी छ किनकि यो हो कलियुगी पुरानो दुनियाँ। पुरानो दुनियाँ अथवा पुरानो घरमा त्यति सुख हुन सक्दैन, जति नयाँ दुनियाँ, नयाँ घरमा हुन्छ। तिमी बच्चाहरूले जान्दछौ– हामी विश्वको मालिक आदि सनातन देवी-देवता थियौँ, हामीले नै ८४ जन्म लिएका छौँ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले आफ्नै जन्मलाई जान्दैनौ– कति जन्म पार्ट खेल्यौ। मानिसहरूले सम्झन्छन्– ८४ लाख पुनर्जन्म हुन्छन्। एक एक पुनर्जन्म कति वर्षको हुन्छ? ८४ लाखको हिसाबले त सृष्टि चक्र धेरै लामो हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी आत्माहरूका पिता हामीलाई पढाउन आउनुभएको छ। हामी पनि दूरदेशका निवासी हौँ। हामी कुनै यहाँका निवासी होइनौँ। यहाँ हामी पार्ट खेल्न आएका हौँ। बाबालाई पनि हामीले परमधाममा याद गर्छौँ। अहिले यो पराइ देशमा आएका छौँ। शिवलाई बाबा भन्छौँ। रावणलाई बाबा भन्दैनौँ। भगवानलाई बाबा भन्छौँ। बाबाको महिमा अलग्गै छ, ५ विकारहरूको कसैले महिमा गर्छन् र! देह अभिमान त धेरै ठुलो बिमारी हो। हामी देहीअभिमानी बन्यौँ भने कुनै बिमारी हुँदैन र हामी विश्वको मालिक बन्छौँ। यी कुरा तिम्रो बुद्धिमा छन्। तिमीलाई थाहा छ– शिवबाबाले हामी आत्माहरूलाई पढाउनुहुन्छ। जति पनि अरू यति धेरै सतसङ्ग आदि छन्, कहीँ पनि यस्तो सम्झँदैनन्– हामीलाई बाबा आएर राजयोग सिकाउनुहुन्छ। राज्य भाग्यको लागि पढाउनुहुन्छ। राजा बनाउने त राजा नै हुनुपर्छ नि। सर्जनले पढाएर आफूसमान सर्जन बनाउँछन्। ठिकै छ, त्यसो हो भने, डबल शिरताज बनाउने कहाँबाट आउनुहुन्छ, जसले हामीलाई डबल शिरताज बनाउनुहुन्छ? त्यसैले मानिसहरूले फेरि डबल शिरताज श्रीकृष्णलाई देखाइदिएका छन्। तर श्रीकृष्णले कसरी पढाउनुहुन्छ! अवश्य बाबा सङ्गममा आउनुभएको हुनुपर्छ, आएर राजधानी स्थापना गर्नुभएको होला। बाबा कसरी आउनुहुन्छ, यो तिमी सिवाय अरू कसैको बुद्धिमा हुँदैन। दूरदेशबाट बाबा आएर हामीलाई पढाउनुहुन्छ, राजयोग सिकाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो कुनै लाइट वा रत्न जडित ताज छैन। उहाँले कहिल्यै राज्य पाउनुहुन्न। डबल शिरताज बन्नुहुन्न, अरूलाई बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म राजा बनेँ भने फेरि रङ्क पनि बन्नुपर्छ। भारतवर्षका मानिसहरू राव थिए, अब रङ्क भएका छन्। तिमी पनि डबल शिरताज बन्यौ भने तिमीलाई बनाउने पनि डबल शिरताज हुनुपर्छ, जसले गर्दा फेरि तिम्रो योग पनि लाग्छ। जो जस्तो हुन्छ, त्यस्तै आफूसमान बनाउँछ। संन्यासीले कोसिस गरेर संन्यासी बनाउँछन्। तिमी गृहस्थी, उनीहरू संन्यासी, त्यसैले तिमी अनुयायीहरू त ठहरिएनौ। भनिन्छ– फलाना शिवानन्दको अनुयायी हो। तर उनीहरू संन्यासी, शिर मुण्डन गर्नेवाला हुन्, तिमीले त फलो गर्दैनौ! त्यसोभए तिमीले फेरि अनुयायी किन भन्छौ! अनुयायी त त्यो हो, जसले तुरुन्त कपडा फेरेर कफनी लगाउँछ। तिमी त गृहस्थमा विकार आदिमा रहन्छौ, फेरि शिवानन्दका अनुयायी कसरी कहलाउँछौ? गुरुको त काम हो सदगति गर्नु। गुरुले त यस्तो भन्दैनन्– फलानालाई याद गर। त्यसो हो भने त आफै गुरु भएनन्। मुक्तिधाममा जानको लागि पनि युक्ति चाहिन्छ।

तिमी बच्चाहरूलाई सम्झाइन्छ, तिम्रो घर हो मुक्तिधाम अथवा निराकारी दुनियाँ। आत्मालाई भनिन्छ निराकारी सोल, आत्मा। शरीर ५ तत्वले बनेको हुन्छ। आत्माहरू कहाँबाट आउँछन्? परमधा निराकारी दुनियाँबाट। त्यहाँ धेरै आत्माहरू रहन्छन्। त्यसलाई भनिन्छ स्वीट साइलेन्स होम। त्यहाँ आत्माहरू दु:खसुखबाट न्यारा रहन्छन्। यो राम्रोसँग पक्का निश्चय गर्नुछ। हामी हौँ स्वीट साइलेन्स होमका निवासी। यहाँ यो नाटकशाला हो, जहाँ हामी पार्ट खेल्न आउँछौँ। यो नाटकशालामा सूर्य, चन्द्रमा, तारा आदि बत्तीहरू छन्। कसैले गन्ती गर्न सक्दैन– यो नाटकशाला कति माइलको छ। हवाईजहाजमा माथि जान्छन् तर त्यसमा पेट्रोल आदि त्यति हाल्न सक्दैनन्, जसले गर्दा गएर फेरि फर्केर पनि आउन सक्छन्। त्यति टाढा जान सक्दैनन्। उनीहरूले सम्झन्छन्– यति माइलसम्म छ, फर्केनन् भने गिर्छन्। समुद्रको वा आकाश तत्वको अन्त्य पाउन सक्दैनन्। अहिले बाबाले तिमीलाई आफ्नो अन्त्य दिनुहुन्छ। आत्मा यो आकाश तत्वबाट पार जान्छ। आत्मा कति ठुलो रकेट हो। तिमी आत्माहरू पवित्र बनेपछि मात्र फेरि रकेटसमान तिमीहरू उड्न थाल्छौ। आत्मा कति सानो रकेट हो। सूर्य-चन्द्रमाभन्दा पनि पर मूलवतनमा जान्छौ। सूर्यचन्द्रमाको अन्त्य पाउने धेरै कोसिस गर्छन्। टाढाका ताराहरू आदि कति साना देखिन्छन्। हुन्छन् त धेरै ठुला। जसरी तिमीले चङ्गा उडायौ भने ती चङ्गा माथि कति सानासाना देखिन्छन्। बाबा भन्नुहुन्छ– तिम्रो आत्मा त सबैभन्दा तीक्ष्ण छ। सेकेन्डमा एउटा शरीरबाट निस्केर अर्को गर्भमा गएर प्रवेश गर्छ। कसैको कर्मको हिसाबकिताब लन्डनमा छ भने सेकेन्डमा लन्डन गएर जन्म लिन्छ। सेकेन्डमा जीवनमुक्ति पनि गायन गरिएको छ नि। बच्चा गर्भबाट निस्कियो र मालिक बन्यो, वारिस भइहाल्यो। तिमी बच्चाहरूले पनि बाबालाई चिन्यौ, मानौँ विश्वको मालिक बन्यौ। बेहदका बाबाले नै आएर तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ। स्कुलमा कानुन पढ्यौ भने वकिल बन्छौ। यहाँ तिमीले डबल शिरताज बन्नको लागि पढ्छौ। पास भयौ भने डबल शिरताज अवश्य बन्छौ। फेरि पनि स्वर्गमा त अवश्य आउँछौ। तिमीलाई थाहा छ– बाबा त सदैव त्यहीँ रहनुहुन्छ। ओ गड फादर! भन्यौ भने पनि दृष्टि अवश्य माथि जान्छ। गड फादर हुनुहुन्छ त्यसैले अवश्य केही त उहाँको पार्ट होला नि। अहिले पार्ट खेलिरहनुभएको छ। उहाँलाई बागवान (बगैँचाको मालिक) पनि भनिन्छ। उहाँ आएर काँडाबाट फूल बनाउनुहुन्छ। त्यसैले तिमी बच्चाहरूलाई खुसी हुनुपर्छ। बाबा आउनुभएको छ यो पराइ देशमा। दूर देश का रहने वाला आये देश पराये। दूर देशका रहनेवाला त बाबा नै हुनुहुन्छ। अरू आत्माहरू पनि त्यहीँ रहन्छन्। यहाँ फेरि पार्ट खेल्न आउँछन्। पराइ देश– यो अर्थ कसैले जान्दैनन्। मानिसहरूले त भक्तिमार्गमा जे सुन्छन्, त्यसैलाई सत् सत् भनिरहन्छन्। तिमी बच्चाहरूलाई बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। आत्मा अपवित्र भएकोले उड्न सक्दैन। पवित्र नबनीकन फर्केर जान सक्दैन। पतित-पावन एउटै बाबालाई भनिन्छ। उहाँलाई आउनु पनि छ सङ्गममा। तिमीलाई कति खुसी हुनुपर्छ। बाबाले हामीलाई डबल शिरताज बनाइरहनुभएको छ, यसभन्दा उच्च दर्जा कसैको हुँदैन। बाबा भन्नुहुन्छ– म डबल शिरताज बन्दिनँ। म आउँछु नै एकैपटक। पराइ देश, पराइ शरीरमा। यी दादाले पनि भन्छन्– म शिव कहाँ हुँ र? मलाई त लखीराज भन्थे, फेरि समर्पित भएँ, त्यसपछि बाबाले ब्रह्मा नाम राख्नुभयो। यिनमा प्रवेश गरेर यिनलाई भन्नुभयो– तिमीले आफ्नो जन्मलाई जान्दैनौ। ८४ जन्मको पनि हिसाब हुनुपर्छ नि। उनीहरूले त ८४ लाख जन्म हुन्छन् भनिदिन्छन्, जुन बिल्कुलै असम्भव छ। ८४ लाख जन्मको रहस्य सम्झाउमा नै सयौँ वर्ष लाग्छ। याद पनि आउन सक्दैन। ८४ लाख योनिमा त पशुपंक्षी आदि सबै आउँछन्। मनुष्यको जन्म नै दुर्लभ गायन गरिन्छ। जनावरले कहाँ ज्ञान बुझ्न सक्छन् र? तिमीलाई बाबा आएर ज्ञान पढाउनुहुन्छ। स्वयं भन्नुहुन्छ– म आउँछु रावण राज्यमा। मायाले तिमीलाई कति पत्थरबुद्धि बनाइदिएको छ। अब फेरि बाबाले तिमीलाई पारसबुद्धि बनाउनुहुन्छ। उतरतीकलामा तिमी पत्थरबुद्धि बन्यौ। अब फेरि बाबाले चढ्तीकलामा लैजानुहुन्छ, नम्बरवार त हुन्छन् नि। हरेकले आफ्नो पुरुषार्थले बुझ्नुछ। मुख्य कुरा हो यादको। राति सुत्द पनि यो ख्याल गर। बाबा हामी हजुरको यादमा सुत्छौँ। मानौ हामीले यो शरीरलाई छोडिदिन्छौँ। हजुरको पासमा आउँछौँ। यसरी बाबालाई याद गर्दागर्दै सुत्यौ भने फेरि हेर कति मजा आउँछ। हुन सक्छ साक्षात्कार पनि हुन्छ। तर यो साक्षात्कार आदिमा खुसी हुनुहुँदैन। बाबा हामीले त हजुरलाई नै याद गर्छौँ। हजुरको पासमा आउन चाहन्छौँ। बाबालाई याद गर्दागर्दै तिमी बडो आरामले जान्छौ। हुन सक्छ सूक्ष्मवतनमा पनि जान सक्छौ । मूलवतनमा त जान सक्दैनौ। अहिले फर्केर जाने समय कहाँ आएको छ र? हो, बिन्दुको साक्षात्कार भयो, फेरि साना साना आत्माहरूको वृक्ष देखिन्छ। जस्तै तिमीलाई वैकुण्ठको साक्षात्कार हुन्छ नि। यस्तो होइन, साक्षात्कार भयो भने तिमी वैकुण्ठ जान्छौ। होइन, त्यसको लागि त फेरि मेहनत गर्नुपर्छ। तिमीलाई सम्झाइन्छ– तिमी पहिला सुरुमा जानेछौ स्वीट होम। सबै आत्माहरू पार्ट खेल्नबाट मुक्त हुन्छन्। आत्मा पवित्र नबनेसम्म जान सक्दैन। बाँकी साक्षात्कारबाट मिल्ने केही पनि होइन। मीरालाई साक्षात्कार भयो, वैकुण्ठमा कहाँ गइन् र? वैकुण्ठ त सत्ययुगमा नै हुन्छ। अहिले तिमीले तयारी गरिरहेका छौ वैकुण्ठको मालिक बन्नको लागि। बाबाले ध्यान आदिमा त्यति जान दिनुहुन्न किनकि तिमीले त पढ्नुछ नि। बाबा आएर पढाउनुहुन्छ, सबैको सदगति गर्नुहुन्छ। विनाश पनि सामुन्ने उपस्थित छ। बाँकी असुर र देवताहरूको लडाइँ त हुँदैन। तिमीहरूको लागि उनीहरू आपसमा लड्छन् किनकि तिम्रो लागि नयाँ दुनियाँ चाहिन्छ। बाँकी तिम्रो लडाइँ हुन्छ मायासँग। तिमी धेरै नामी योद्धा हौ। तर कसैले जान्दैनन्– देवीहरूको यति किन गायन गरिन्छ। अहिले तिमीले भारतवर्षलाई योगबलले स्वर्ग बनाउँछौ। तिमीलाई अब बाबा मिलिहाल्नुभयो। तिमीलाई सम्झाइरहनुहुन्छ– ज्ञानद्वारा नयाँ दुनियाँ जिन्दाबाद हुन्छ। यी लक्ष्मी-नारायण नयाँ दुनियाँका मालिक थिए नि। अहिले पुरानो दुनियाँ छ। पुरानो दुनियाँको विनाश पहिला पनि मुसलहरूद्वारा भएको थियो। महाभारत लडाइँ भएको थियो। त्यस समयमा बाबाले राजयोग पनि सिकाइरहनुभएको थियो। अहिले यथार्थमा बाबाले राजयोग सिकाइरहनुभएको छ नि। बाबाले नै तिमीलाई सत्य बताउनुहुन्छ। सच्चा बाबा आउनुहुन्छ त्यसैले तिमीले सदैव खुसीमा डान्स गर्छौ। यो हो ज्ञान डान्स। त्यसैले जो ज्ञान डान्सका सोखिन छन्, उनीहरू नै अगाडि बस्नुपर्छ। जो नबुझ्ने हुन्छन्, उनीहरूलाई हाइ आउँछ। बुझिन्छ, यिनीहरूले केही पनि बुझ्दैनन्। ज्ञान केही पनि बुझ्दैनन् भने यताउता हेरिरहन्छन्। बाबाले पनि ब्राह्मणीलाई भन्नुहुन्छ– तिमीले कसलाई ल्याएकी हौ? जसले सिक्छन् र सिकाउँछन्, उनीहरू अगाडि बस्नुपर्छ। उनीहरूलाई खुसी भइरहन्छ। हामी पनि डान्स गर्नुछ। यो हो ज्ञान डान्स। श्रीकृष्णले त न ज्ञान सुनाउनुभयो, न डान्स गर्नुभयो। यो मुरली त ज्ञानको हो नि। त्यसैले बाबाले सम्झाउनुभएको छ– राति सुत्ने समयमा बाबालाई याद गरेर चक्रलाई बुद्धिले याद गर्दै जाऊ। बाबा हामी अब यो शरीरलाई छोडेर हजुरको पासमा आउँछौँ। यसरी याद गर्दागर्दै सुत्यौ भने फेरि हेर के हुन्छ। पहिला कब्रिस्तान बनाउँथे, फेरि कोही शान्तिमा जान्थे, कसैले रास गर्न थाल्थे। जसले बाबालाई चिन्दै चिन्दैनन्, उनीहरूले कसरी याद गर्न सक्छन्। मनुष्य मात्रले बाबालाई चिन्दैनन् भने बाबालाई याद कसरी गर्छन्, त्यसैले बाबा भन्नुहुन्छ– म जो हुँ, जस्तो छु, मलाई कसैले पनि चिन्दैनन्।

अहिले तिमीलाई कति समझ आएको छ। तिमी हौ गुप्त योद्धा। योद्धा नाम सुनेर देवीहरूका फेरि तरबार, बाण आदि देखाइदिएका छन्। तिमी योद्धा हौ योगबलका। योगबलद्वारा विश्वको मालिक बन्छौ। बाहुबलले कसैले जतिसुकै कोसिस गरून् तर विजय पाउन सक्दैनन्। भारतवर्षको योग प्रसिद्ध छ। यो योग बाबा आएर नै सिकाउनुहुन्छ। यो पनि कसैलाई थाहा छैन। उठ्दाबस्दा बाबालाई नै याद गरिराख। भन्छन्– योग लाग्दैन। योग शब्द हटाइदेऊ। बच्चाहरूले त पितालाई याद गर्छन् नि। शिवबाबा भन्नुहुन्छ– म एकलाई याद गर। म नै सर्वशक्तिमान् हुँ, मलाई याद गरेमा तिमी सतोप्रधान बन्छौ। सतोप्रधान बनिसकेपछि मात्र फेरि आत्माहरूको बरियाँत निस्कन्छ। जस्तै मौरीहरूको बरियाँत हुन्छ नि। यो हो शिवबाबाको बरियाँत। शिवबाबाको पछाडि सबै आत्माहरू लामखुट्टे सदृश्य भाग्छन्। बाँकी शरीर सबै खतम हुन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) राति सुत्नुभन्दा पहिला बाबासँग मीठा मीठा कुरा गर्नुछ। बाबा हामी यो शरीरलाई छोडेर हजुरको पासमा आउँछौँ, यसरी याद गरेर सुत्नुछ। याद नै मुख्य हो, यादले नै पारसबुद्धि बनिन्छ।

२) ५ विकारहरूको बिमारीबाट बच्नको लागि देहीअभिमानी रहने पुरुषार्थ गर्नुछ। अथाह खुसीमा रहनुछ, ज्ञान डान्स गर्नुछ। क्लासमा सुस्ती फैलाउनुछैन।

वरदान:–
सेवाद्वारा अनेक आत्माहरूको आशीर्वाद प्राप्त गरेर सदा अगाडि बढ्ने महादानी भव

महादानी बन्नु अर्थात् अरूको सेवा गर्नु, अरूको सेवा गरेमा स्वयंको सेवा स्वत: हुन्छ। महादानी बन्नु अर्थात् स्वयंलाई मालामाल बनाउनु, जति आत्माहरूलाई सुख, शक्ति वा ज्ञानको दान दिन्छौ, त्यति आत्माहरूको प्राप्तिको आवाज वा जुन धन्यवाद निस्कन्छ, त्यो तिम्रो लागि आशीर्वादको रूप बन्छ। यही आशीर्वाद नै अगाडि बढ्ने साधन हो, जसलाई आशीर्वाद मिल्छ, उनीहरू सदा खुसी हुन्छन्। त्यसैले दिनहुँ अमृतवेला महादानी बन्ने प्रोग्राम बनाऊ। कुनै समय वा दिन यस्तो नहोस्, जसमा दान नहोस्।

स्लोगन:–
अहिलेको प्रत्यक्षफलद्वारा आत्मालाई उड्तीकलाको बल दिन्छ।

अव्यक्त इशारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

बाबाको समीप र समान बन्नको लागि देहमा रहेरै विदेही बन्ने अभ्यास गर। जसरी कर्मातित बन्ने उदाहरण साकारमा ब्रह्माबाबालाई देख्यौ, त्यसरी नै फलो फादर गर। यो देह भएसम्म, कर्मेन्द्रियहरूको साथ यो कर्मक्षेत्रमा पार्ट खेलिरहेका हुन्छौ, त्यतिन्जेलसम्म कर्म गर्दा कर्मेन्द्रियहरूको आधार लेऊ र न्यारा बन, यही अभ्यासले विदेही बनाइदिन्छ।