08.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– ब ाँचु
ञ्जे ल सम्म बाबालाई याद गर्नुछ , यादबाटै आयु बढ्छ , पढाइको सार नै हो याद।”
प्रश्न:–
तिमी
बच्चाहरूको अतीन्द्रिय सुखको गायन गरिएको छ, किन?
उत्तर:–
किनकि तिमीले
सदैव बाबाको यादमा खुसी मनाउँछौ, अहिले तिम्रो सदैव क्रिसमस छ। तिमीलाई भगवानले
पढाउनुहुन्छ, यसभन्दा ठुलो खुसी अरू के हुन्छ, तिमीलाई दिनहुँ यो खुसी हुन्छ त्यसैले
तिम्रै अतीन्द्रिय सुखको गायन गरिएको छ।
गीत:–
नयन हीन को
राह दिखाओ प्रभू...
ओम् शान्ति ।
ज्ञानको तेस्रो
नेत्र दिने रुहानी बाबाले रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। ज्ञानको तेस्रो नेत्र
बाबा सिवाय अरू कसैले दिन सक्दैन। त्यसैले अहिले बच्चाहरूलाई ज्ञानको नेत्र मिलेको
छ। अहिले बाबाले सम्झाउनुभएको छ– भक्तिमार्ग हो नै अन्धकारको मार्ग। जसरी रातमा
उज्यालो हुँदैन त्यसैले मानिसहरूले ठक्कर खान्छन्। गायन पनि गरिन्छ– ब्रह्माको रात,
ब्रह्माको दिन। सत्ययुगमा हामीलाई मार्ग देखाउनुहोस् भनिँदैन किनकि अहिले तिमीलाई
मार्ग मिलिरहेको छ। बाबा आएर मुक्तिधाम र जीवनमुक्तिधामको मार्ग बताइरहनुभएको छ।
अहिले तिमीले पुरुषार्थ गरिरहेका छौ। अहिले थाहा भएको छ– बाँकी थोरै समयमा छ, दुनियाँ
त परिवर्तन हुनेछ। यो गीत पनि त बनेको छ– दुनियाँ परिवर्तन हुनेछ... तर बिचरा
मानिसहरूलाई थाहै छैन– दुनियाँ कहिले परिवर्तन हुन्छ, कसरी परिवर्तन हुन्छ, कसले
परिवर्तन गर्नुहुन्छ किनकि उनीहरूसँग त ज्ञानको तेस्रो नेत्र छैन। अहिले तिमी
बच्चाहरूलाई यो तेस्रो नेत्र मिलेको छ, जसबाट तिमीले यस सृष्टि चक्रको
आदि-मध्य-अन्त्यलाई जानेका छौ। यही तिम्रो बुद्धिमा भएको ज्ञानको स्याकरिन हो। जसरी
थोरै स्याकरिन पनि धेरै गुलियो हुन्छ, त्यसैगरी यी ज्ञानका दुई शब्द ‘मनमनाभव...’
यिनै सबैभन्दा मिठा चिज हुन्, बस् बाबालाई याद गर।
बाबा आउनुहुन्छ र आएर
मार्ग बताउनुहुन्छ। कहाँको मार्ग बताउनुहुन्छ? शान्तिधाम र सुखधामको। त्यसैले त
बच्चाहरूलाई खुसी हुन्छ। दुनियाँलाई थाहा छैन– खुसी कहिले मनाइन्छ? खुसी त नयाँ
दुनियाँमा मनाइन्छ नि। यो त बिल्कुलै सामान्य कुरा हो– पुरानो दुनियाँमा खुसी
कहाँबाट आयो? पुरानो दुनियाँमा मानिसहरू त्राहि त्राहि गरिरहेका छन् किनकि
तमोप्रधान छन्। तमोप्रधान दुनियाँमा खुसी कहाँबाट आयो? सत्ययुगको ज्ञान त कसैमा पनि
छैन, त्यसैले बिचराहरूले यहाँ खुसी मनाइरहन्छन्। हेर, क्रिसमसको खुसी पनि कति
मनाउँछन्। बाबा त भन्नुहुन्छ– यदि खुसीको कुरा सोध्नुछ भने मेरा बच्चाहरू
गोप-गोपिनीहरूसँग सोध किनकि बाबाले धेरै सहज मार्ग बताइरहनुभएको छ। गृहस्थ व्यवहारमा
रहेरै आफ्नो कामधन्दाको कर्तव्य निर्वाह गर्दै कमल फूलसमान होऊ र मलाई याद गर। जसरी
आशिक-माशुक हुन्छन् नि, उनीहरूले पनि कामधन्दा गर्दै एकअर्कालाई याद गरिरहन्छन्।
उनीहरूलाई साक्षात्कार पनि हुन्छ, जस्तै लैला-मजनु, हीरा-रांझा, उनीहरू विकारको लागि
एकअर्काका आशिक हुँदैनन्। उनीहरूको प्यारको गायन गरिएको छ। त्यसमा एकअर्काका आशिक
हुन्छन्। तर यहाँ त्यो कुरा छैन। यहाँ त तिमी जन्मजन्मान्तर उहाँ माशुकका आशिक नै
रह्यौ। तिमीले उहाँलाई यहाँ आउनको लागि बोलाउँछौ– हे भगवान आएर नयनहीनलाई मार्ग
देखाउनुहोस्! तिमीले आधाकल्प बोलायौ। दुःख धेरै भएपछि मात्रै धेरै बोलाउँछौ। धेरै
दुःखमा धेरै याद (सिमरन) गर्नेहरू पनि हुन्छन्। हेर, अहिले याद गर्नेहरू कति थुप्रै
छन्। गायन गरिएको छ नि– दुःख में सिमरण सब करें...... जति ढिलो हुँदै जान्छ, त्यति
नै धेरै तमोप्रधान हुँदै जान्छन्। तिमी चढिरहेका छौ, उनीहरू झन् गिर्दैछन् किनकि
विनाश नभएसम्म तमोप्रधानता वृद्धि भइरहन्छ। दिनप्रतिदिन मायाकझ तमोप्रधानता पनि
वृद्धि भइरहन्छ। यस समयमा बाबा पनि सर्वशक्तिमान् हुनुहुन्छ, त्यसैले माया पनि फेरि
यसै समयमामा सर्वशक्तिमान् छ। त्यो पनि जबरजस्त छ।
तिमी बच्चाहरू यस
समयमा ब्रह्मा मुखवंशावली ब्राह्मण कुलभूषण हौ। तिम्रो हो सर्वोत्तम कुल, यसलाई
भनिन्छ उच्चभन्दा उच्च कुल। यस समयमा तिम्रो यो जीवन अमूल्य छ, त्यसैले यस जीवनको (शरीरको)
सम्हाल पनि गर्नुपर्छ किनकि पाँच विकारहरूको कारणले शरीरको आयु पनि त घट्दै जान्छ
नि। त्यसैले बाबा भन्नुहुन्छ– यस समयमा पाँच विकारहरूलाई छोडेर योगमा रह्यौ भने आयु
बढ्दै जान्छ। आयु बढ्दाबढ्दै भविष्यमा तिम्रो आयु १५० वर्षको हुन्छ। अहिले त्यति
हुँदैन, त्यसैले बाबा भन्नुहुन्छ– यस शरीरको पनि धेरै सम्हाल गर्नुपर्छ। नत्र
भनिन्छ– यो शरीर कामको छैन, माटोको पुतला हो। अहिले तिमी बच्चाहरूले बुझेका छौ–
बाँचुञ्जेलसम्म बाबालाई याद गर्नुछ। आत्माले बाबालाई याद गर्छ– किन? वर्साको लागि।
बाबा भन्नुहुन्छ– तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेर दैवी गुण धारण गरेमा
तिमी फेरि यस्तै बन्छौ। त्यसैले बच्चाहरूले पढाइ राम्रोसँग पढ्नुपर्छ। पढाइमा अलटाल
आदि गर्नुहुँदैन नत्र फेल हुन्छौ। धेरै सानो पद पाउँछौ। पढाइमा पनि मुख्य कुरा यो
हो, जसको सारमा भनिन्छ– बाबालाई याद गर। जहिले पनि प्रदर्शनीमा वा सेन्टरमा जोसुकै
आउँदा पनि उनीहरूलाई पहिला सुरुमा यो सम्झाऊ– बाबालाई याद गर्नुहोस् किनकि उहाँ
उच्चभन्दा उच्च हुनुहुन्छ। त्यसैले उच्चभन्दा उच्चलाई नै याद गर्नुपर्छ, उहाँभन्दा
सानोलाई कहाँ याद गर्नुपर्छ र। भनिन्छ– उच्चभन्दा उच्च भगवान। भगवान नै त नयाँ
दुनियाँ स्थापक हुनुहुन्छ। हेर, बाबा पनि भन्नुहुन्छ– नयाँ दुनियाँको स्थापना मैले
गर्छु, त्यसैले तिमीले मलाई याद गरेमा तिम्रो पाप काटिन्छ। त्यसो हो भने यो पक्का
याद गर किनकि बाबा पतितपावन हुनुहुन्छ नि। उहाँले यही भन्नुहुन्छ–तिमीले मलाई
पतितपावन भन्छौ भने तिमी तमोप्रधान छौ, धेरै पतित छौ, अब तिमी पावन बन।
बाबा आएर बच्चाहरूलाई
सम्झाउनुहुन्छ– अब तिम्रा सुखका दिन आउने छन्, दुःखका दिन पूरा भएका छन्, बोलाउँछौ
पनि– हे दुःखहर्ता, सुखदाता! त्यसैले त थाहा छ नि– अवश्य सत्ययुगमा सबै सुखी नै सुखी
छन्। त्यसो हुनाले बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– सबैले शान्तिधाम र सुखधामलाई याद
गरिराख। यो हो सङ्गमयुग, खिवैयाले तिमीलाई पार लैजानुहुन्छ। बाँकी यसमा कुनै खिवैया
वा डुङ्गाको कुरा होइन। त्यो त महिमा गरिदिन्छन्– डुङ्गालाई पार लगाउनुहोस्! तर एक
जनाको डुङ्गा मात्र पार लगाउने त होइन। सारा दुनियाँको डुङ्गालाई पार लगाउनुछ। यो
सारा दुनियाँ मानौँ एउटा धेरै ठुलो जहाज हो, यसलाई पार लगाउनुहुन्छ। त्यसैले तिमी
बच्चाहरूले धेरै खुसी मनाउनुपर्छ किनकि तिम्रो लागि सदा खुसी छ, सदा क्रिसमस छ।
जहिलेदेखि तिमी बच्चाहरूलाई बाबा मिल्नुभएको छ, त्यसबेलादेखि सदा तिम्रो क्रिसमस छ,
त्यसैले अतीन्द्रिय सुखको गायन गरिएको छ। हेर, यिनीहरू सदा खुसी रहन्छन्, किन? अरे
बेहदका बाबा मिल्नुभएको छ! उहाँले हामीलाई पढाइरहनुभएको छ। त्यसैले यसमा दिनहुँ खुसी
हुनुपर्छ नि। बेहदका बाबाले पढाइरहनुभएको छ, वाह! कहिल्यै कसैले सुनेको छ? गीतामा
पनि भगवानुवाच छ– मैले तिमीलाई राजयोग सिकाउँछु, जसरी उनीहरूले ब्यारिस्टरी योग,
सर्जनरी योग सिकाउँछन्, मैले तिमी रुहानी बच्चाहरूलाई राजयोग सिकाउँछु। तिमी यहाँ
आएका छौ भने अवश्य राजयोग सिक्न आउँछौ नि। अलमलिनु पर्ने आवश्यकता छैन। त्यसैले
राजयोग सिकेर पूरा गर्नुपर्छ नि। भागन्ती त हुनुहुँदैन। पढ्नु पनि छ भने धारणा पनि
राम्रो गर्नुछ। टिचरले पढाउँछन् धारणा गर्नको लागि।
हरेकको आआफ्नो बुद्धि
हुन्छ– कसैको उत्तम, कसैको मध्यम, कसैको कनिष्ठ। त्यसैले आफूसँग सोध्नुपर्छ– म
उत्तम हुँ, मध्यम हुँ वा कनिष्ठ हुँ? आफ्नो आफैले परख गर्नुपर्छ– म यस्तो उच्चभन्दा
उच्च परीक्षा पास गरेर उच्च पद पाउने लायक छु? मैले सेवा गरेको छु? बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! सेवाधारी बन, बाबालाई फलो गर किनकि मैले पनि त सेवा गर्छु नि। म
आएको नै हुँ सेवा गर्नको लागि र दिनदिनै सेवा गर्छु किनकि रथ पनि त लिएको छु नि। रथ
पनि मजबुत, राम्रो छ र यिनको सेवा त सदा हुन्छ। बापदादा त सदा यिनको रथमा हुनुहुन्छ।
यिनको शरीर बिरामी परे पनि म त बसेको छु नि। त्यतिबेला म यिनी भित्र बसेर लेख्छु पनि,
यिनले मुखबाट बोल्न नसके पनि मैले लेख्न सक्छु। मुरली मिस हुँदैन। जहिलेसम्म यिनी
बस्न सक्छन्, लेख्न सक्छन्, त्यतिबेलासम्म मैले पनि मुरली बजाउँछु, बच्चाहरूलाई
लेखेर पठाइदिन्छु किनकि म पनि सेवाधारी हुँ नि। त्यसैले बाबा आएर सम्झाउनुहुन्छ–
तिमीले आफूलाई आत्मा सम्झेर निश्चयबुद्धि भएर सेवामा लाग। बाबाको सेवा, अन गड फादरली
सर्भिस। जसरी उनीहरूले लेख्छन् अन हिज म्याजेस्टीज सर्भिस (महाराजाको सेवामा)।
त्यसोभए तिमीले के भन्छौ? यो म्याजेस्टी (महाराजा) को भन्दा पनि उच्च सेवा हो किनकि
बाबाले म्याजेस्टी बनाउनुहुन्छ। यो पनि तिमीले बुझ्न सक्छौ– अवश्य हामी विश्वको
मालिक बन्छौँ।
तिमी बच्चाहरूमध्ये
जसले राम्रोसँग पुरुषार्थ गर्छन्, उनीहरूलाई नै महावीर भनिन्छ। त्यसैले यो जाँच
गर्नुपर्छ– को महावीर छन् जो बाबाको निर्देशनमा चल्छन्। बाबा सम्झाउनुहुन्छ– प्यारा
बच्चाहरू!, आफूलाई आत्मा सम्झ, भाइ भाइलाई देख। बाबाले आफूलाई भाइहरूको पिता
सम्झनुहुन्छ र भाइहरूलाई नै देख्नुहुन्छ। सबैलाई त देख्नुहुन्न। यो त ज्ञान हो–
शरीरबिना त कसैले सुन्न सक्दैन, बोल्न सक्दैन। तिमीलाई त थाहा छ नि– म पनि यहाँ
शरीरमा आएको छु। मैले यो शरीर लोनमा लिएको छु। शरीर त सबैसँग छ, शरीरसँगै आत्माले
यहाँ पढिरहेको छ। त्यसैले अहिले आत्माहरूले बुझ्नुपर्छ– बाबाले हामीलाई पढाइरहनुभएको
छ। बाबाको बैठक कहाँ छ? अकाल तख्तमा। बाबाले सम्झाउनुभएको छ– हरेक आत्मा अकालमूर्त
हो, त्यो कहिल्यै विनाश हुँदैन, कहिल्यै जल्दैन, काटिँदैन, डुब्दैन, सानोठुलो
हुँदैन। शरीर सानोठुलो हुन्छ। दुनियाँमा जति पनि मनुष्य मात्र छन्, तिनीहरूमा जुन
आत्माहरू छन्, ती आत्माहरूको तख्त यो भृकुटी हो। शरीर भिन्न भिन्न छन्। कसैको
अकालतख्त पुरुषको, कसैको स्त्रीको, कसैको बच्चाको। त्यसैले जहिले पनि कसैसँग कुरा
गर्दा त्यतिबेला यही सम्झ– हामी आत्मा हौँ, आफ्नो भाइसँग कुरा गर्छौँ। बाबाको
सन्देश दिन्छौँ– शिवबाबालाई याद गरेमा यो जुन खिया लागेको छ, त्यो निस्किन्छ। जसरी
सुनमा मिसावट भएपछि मूल्य कम हुन्छ, त्यसैगरी तिम्रो मूल्य पनि कम भएको छ। अहिले
बिल्कुलै मूल्यहीन भएका छौ। यसलाई टाट पल्टनु पनि भनिन्छ। भारतवर्ष कति धनवान थियो,
अहिले ऋण लिइरहन्छन्। विनाशमा त सबैको पैसा खतम हुन्छ। दिने, लिने सबै खतम हुन्छन्,
बाँकी जो अविनाशी ज्ञान रत्न लिनेहरू छन्, उनीहरूले फेरि आएर आफ्नो भाग्य लिन्छन्।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबालाई फलो गरेर बाबासमान सेवाधारी बन्नुछ। आफूलाई आफैले जाँच्नुछ– म उच्चभन्दा
उच्च परीक्षा पास गरेर उच्च पद पाउने लायक छु?
२) बाबाको निर्देशनमा
चलेर महावीर बन्नुछ, जसरी बाबाले आत्माहरूलाई देख्नुहुन्छ, आत्माहरूलाई पढाउनुहुन्छ,
त्यसैगरी आत्मा भाइ भाइलाई देखेर कुरा गर्नुछ।
वरदान:–
श्रेष्ठताको
आधारमा समीपताद्वारा कल्पको श्रेष्ठ प्रारब्ध बनाउने विशेष पार्टधारी भव
यस मरजीवा जीवनमा
श्रेष्ठताका आधार दुई कुरा हुन्छन्– १-सदा परोपकारी रहनु। २-बाल ब्रह्मचारी रहनु।
जुन बच्चाहरू यी दुवै कुरामा आदिदेखि अन्त्यसम्म अखण्ड रहेका छन्, कुनै पनि प्रकारको
पवित्रता अर्थात् स्वच्छता बारम्बार खण्डित भएको छैन तथा विश्वप्रति र ब्राह्मण
परिवारप्रति जो सदा उपकारी छन्, यस्ता विशेष पार्टधारी बच्चाहरू बापदादाको सदा समीप
रहन्छन् र तिनीहरूको प्रारब्ध सारा कल्पको लागि श्रेष्ठ बन्छ।
स्लोगन:–
सङ्कल्प
व्यर्थ छन् भने अरू सबै खजाना पनि व्यर्थ हुन्छन्।
अव्यक्त इशारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
कर्मातीत स्थितिको
अनुभव गर्नको लागि ज्ञान सुन्ने सुनाउनेसँगै अब ब्रह्माबाबासमान न्यारा अशरीरी बन्ने
अभ्यासमा विशेष अटेन्सन देऊ। जसरी ब्रह्माबाबाले साकार जीवनमा कर्मातीत हुनुभन्दा
पहिला न्यारा र प्यारा रहने अभ्यासको प्रत्यक्ष अनुभव गराउनुभयो। सेवालाई वा कुनै
कर्मलाई छोड्नुभएन तर न्यारा भएर लास्ट दिन पनि बच्चाहरूको सेवा समाप्त गर्नुभयो,
त्यसरी नै फलो फादर गर।