09.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– ग्रेट ग्रेट ग्रन्ड फादर अर्थात् सर्व धर्म पिताहरूका पनि आदि पिता हु नुहु न् छ प्रजापिता ब्रह्मा , जसको अकुपेसनलाई तिमी बच्चाहरूले मात्र जानेका छौ।”

प्रश्न:–
कर्महरूलाई श्रेष्ठ बनाउने युक्ति के हो?

उत्तर:–
यो जन्मको कुनै पनि कर्म बाबासँग नलुकाऊ, श्रीमत अनुसार कर्म गरेमा हरेक कर्म श्रेष्ठ हुन्छ। सारा कर्ममाथि आधारित छ। यदि कुनै पाप कर्म गरेर लुकायौ भने त्यसको १०० गुणा दण्ड हुन्छ, पाप वृद्धि भइरहन्छ, बाबासँग योग टुट्छ। फेरि यसरी लुकाउनेहरूको सत्यानाश हुन्छ, त्यसैले सच्चा बाबासँग सच्चा रहनुछ।

ओम् शान्ति ।
मीठा-प्यारा सिकिलधे बच्चाहरूले यो त बुझेका छौ– यो पुरानो दुनियाँमा अब हामी थोरै दिनका यात्री हौँ। दुनियाँका मानिसहरूले त सम्झन्छन्– यहाँ अझै ४० हजार वर्ष रहनुछ। तिमी बच्चाहरूलाई त निश्चय छ नि। यी कुरा नभुल। यहाँ बसेका छौ, तिमी बच्चाहरूलाई भित्रैदेखि धेरै गदगद हुनुपर्छ। यी आँखाले जे जति देख्छौ यो त विनाश हुनुछ। आत्मा त अविनाशी छ। यो पनि बुद्धिमा छ– हामी आत्माले पूरा ८४ जन्म लियौँ, अब बाबा आउनुभएको छ लैजानको लागि। पुरानो दुनियाँ पूरा भइसकेपछि मात्र बाबा आउनुहुन्छ नयाँ दुनियाँ बनाउन। नयाँ दुनियाँबाट पुरानो, फेरि पुरानो दुनियाँबाट नयाँ दुनियाँ, यो चक्रको ज्ञान तिम्रो बुद्धिमा छ। अनेक पटक हामीले यो चक्कर लगाएका छौँ। अब यो चक्र पूरा हुन्छ। फेरि नयाँ दुनियाँमा हामी थोरै देवताहरू मात्र रहनेछौँ। त्यहाँ मानिस हुँदैनन्। अहिले हामी मनुष्यबाट देवता बनिरहेका छौँ। यो त पक्का निश्चय छ नि। बाँकी सारा कर्ममाथि नै आधारित छ। मानिसले उल्टो कर्म गरे भने अवश्य त्यसले भित्र भित्रै मन खान्छ। त्यसैले बाबा सोध्नुहुन्छ– यो जन्ममा यस्तो कुनै पाप त गरेका छैनौ? यो हो नै फोहोरी रावण राज्य। यो पनि तिमीले बुझेका छौ। दुनियाँले जान्दैन, रावण कुन चीजको नाम हो। बापूजी भन्थे– रामराज्य चाहिन्छ तर अर्थ बुझ्दैनथे। अब बेहदका बाबा सम्झाउनुहुन्छ– रामराज्य कस्तो प्रकारको हुन्छ। यो त धुन्धकारी दुनियाँ हो। अहिले बेहदका बाबाले बच्चाहरूलाई वर्सा दिइरहनुभएको छ। अब तिमीले भक्ति गर्दैनौ। अहिले बाबाको हात मिलेको छ। बाबाको सहारा बिना तिमीले विषय वैतरणी नदीमा गोता खाइरहन्थ्यौ, आधाकल्प हुन्छ नै भक्ति। ज्ञान मिलेपछि तिमी नयाँ दुनियाँ सत्ययुगमा जान्छौ। अहिले तिमी बच्चाहरूलाई यो निश्चय छ– हामी बाबालाई याद गर्दागर्दै पवित्र बन्नेछौँ, फेरि पवित्र राज्यमा आउनेछौँ। यो ज्ञान पनि अहिले पुरुषोत्तम सङ्गमयुगमा तिमीलाई मिल्छ। यो हो पुरुषोत्तम सङ्गमयुग। जुनबेला तिमी विकारीबाट पवित्र, काँडाबाट फूल बनिरहेका छौ। कसले बनाउनुहुन्छ? बाबाले। बाबालाई चिन्नुछ। हामी आत्माहरूका उहाँ बेहदका पिता हुनुहुन्छ। लौकिक पितालाई बेहदका पिता भनिँदैन। पारलौकिक पिता आत्माहरूको हिसाबले सबैका पिता हुनुहुन्छ। फेरि ब्रह्माको पनि कर्तव्य हुनुपर्छ नि। तिमी बच्चाहरूले सबैको कार्य जानिसकेका छौ। विष्णुको कार्यलाई पनि जानेका छौ। कति राम्रोसँग सजाइएको छ। स्वर्गका मालिक हुन् नि। यो त सङ्गमको नै कुरा हो भनिन्छ। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन, यी नाम पनि सङ्गममा आउँछन् नि। बाबा सम्झाउनुहुन्छ– पुरानो दुनियाँ र नयाँ दुनियाँको यो सङ्गम हो। पुकार्छन् पनि– हे पतितपावन आउनुहोस्! पावन दुनियाँ हो नयाँ दुनियाँ र पतित दुनियाँ हो पुरानो दुनियाँ। यो पनि थाहा छ– बेहदका बाबाको पनि पार्ट छ। बाबा रचयिता, निर्देशक हुनुहुन्छ नि। सबैले मान्छन् भने अवश्य उहाँको कुनै त कार्य हुन्छ नि! उहाँलाई मानिस भनिँदैन, उहाँको त शरीर छैन। बाँकी सबैलाई त मनुष्य वा देवता भनिन्छ। शिवबाबालाई त न देवता, न मनुष्य भन्न सकिन्छ, किनकि उहाँको शरीर नै छैन। यो शरीर त अस्थायी रूपमा लिनुभएको हो। स्वयं भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरूलाई मैले शरीरबिना राजयोग कसरी सिकाऊँ! मलाई मानिसहरूले ढुङ्गा-माटोमा हुनुहुन्छ भनिदिएका छन्, तर अहिले त तिमी बच्चाहरूले बुझेका छौ– म कसरी आउँछु! अहिले तिमीले राजयोग सिकिरहेका छौ। कुनै मनुष्यले त सिकाउन सक्दैन। देवताहरूले सत्ययुगी राज्य भाग्य कसरी लिए? अवश्य पुरुषोत्तम सङ्गमयुगमा राजयोग सिके होलान्। त्यसैले अहिले यो याद गर्दा तिमी बच्चाहरूलाई अथाह खुसी हुनुपर्छ। हामीले अब ८४ को चक्र पूरा गरेका छौँ। बाबा कल्प कल्प आउनुहुन्छ। बाबा स्वयं भन्नुहुन्छ– यो धेरै जन्मको अन्त्यको जन्म हो। श्रीकृष्ण जो सत्ययुगका राजकुमार हुनुहुन्थ्यो, उहाँले फेरि ८४ को चक्कर लगाउनुहुन्छ। तिमीले शिवको त ८४ जन्म बताउँदैनौ। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। माया धेरै कडा छ, कसैलाई पनि छोड्दैन। यो कुरा बाबाले राम्रोसँग जान्नुहुन्छ। यस्तो नसम्झ– बाबा कुनै अन्तर्यामी हुनुहुन्छ। होइन, सबैको गतिविधिबाट जान्नुहुन्छ। समाचार आउँछन्– मायाले एकदम काँचै पेटमा हालिदिन्छ। यस्ता धेरै कुरा तिमी बच्चाहरूलाई थाहा हुँदैन, बाबालाई त सबै थाहा हुन्छ। मानिसहरूले फेरि सम्झन्छन्– बाबा अन्तर्यामी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म अन्तर्यामी होइन। हरेकको आचरणबाट सबै कुरा थाहा हुन्छ। धेरै फोहोरी आचरणका हुन्छन्। बाबाले बच्चाहरूलाई सावधान गर्नुहुन्छ। मायाबाट सम्हालिनुछ। माया यस्तो छ– कुनै न कुनै रूपमा एकदम निलिदिन्छ। फेरि सम्झाउन त बाबाले सम्झाउनुहुन्छ तैपनि बुद्धिमा बस्दैन त्यसैले बच्चाहरू धेरै सावधान रहनुछ। काम महाशत्रु हो। थाहै हुँदैन हामी विकारमा गयौँ, यस्तो पनि हुन्छ त्यसैले बाबा भन्नुहुन्छ– केही पनि भुल आदि भयो भने स्पष्ट बताऊ, नलुकाऊ। नत्र सय गुणा पाप हुन्छ, जसले मन भित्र भित्रै खाइरहन्छ। एकदम गिर्छौ। सच्चा बाबासँग बिल्कुल सच्चा हुनुपर्छ, नत्र धेरै धेरै घाटा हुन्छ। माया यस समयमा त धेरै कडा छ। यो रावणको दुनियाँ हो। हामीले यो पुरानो दुनियाँलाई याद नै किन गर्ने! हामीले त नयाँ दुनियाँलाई याद गर्नुछ जहाँ हामी अब गइरहेका छौँ। बाबाले नयाँ भवन बनाउनुभयो भने बच्चाहरूले बुझ्छन् नि– हाम्रो लागि भवन बनिरहेको छ। खुसी हुन्छ। यो हो बेहदको कुरा। हाम्रो लागि नयाँ दुनियाँ स्वर्ग बनिरहेको छ। स्वर्गमा अवश्य भवन पनि हुन्छन् बस्नको लागि। अब हामी नयाँ दुनियाँमा जानेछौँ। जति बाबालाई याद गर्छौं त्यति फूलै फूल बन्छौँ। हामी विकारवश काँडा बनेका थियौँ। बाबालाई थाहा छ– मायाले आधालाई त एकदम खाइदिन्छ। तिमीले पनि बुझेका छौ– जो आउँदैनन् उनीहरू त मायाको वश भए नि! बाबाको पासमा त आउँदैनन्। यसरी मायाले धेरैलाई निलिदिन्छ। धेरैले राम्रो राम्रो भनेर जान्छन्– हामीले यस्तो गर्नेछौँ, यो गर्नेछौँ, हामी त यज्ञको लागि प्राण दिन तयार छौँ। आज उनीहरू छैनन्। तिम्रो लडाइँ हो नै मायासँग। दुनियाँमा यो कसैले जान्दैनन्– मायासँग लडाइँ कसरी हुन्छ। अहिले तिमी बच्चाहरूलाई बाबाले ज्ञानको तेस्रो नेत्र दिनुभएको छ, जसबाट तिमी अन्धकारबाट उज्यालोमा आएका छौ। आत्मालाई नै यो ज्ञान नेत्र दिनुहुन्छ त्यसैले बाबा भन्नुहुन्छ– आफूलाई तिमीले आत्मा सम्झ। बेहदका बाबालाई याद गर। भक्तिमा तिमीले याद गर्थ्यौ नि। भन्थ्यौ पनि– हजुर आउनुभयो भने बलिहार जानेछौँ। कसरी बलिहार जान्छौ! यो कहाँ जान्दथ्यौ र। अहिले तिमीले बुझेका छौ– हामी जसरी निराकार आत्मा हौँ बाबा पनि त्यस्तै हुनुहुन्छ। बाबाको हुन्छ अलौकिक जन्म। तिमी बच्चाहरूलाई कति राम्रोसँग पढाउनुहुन्छ! स्वयं भन्छौ– यहाँ त उहाँ बाबा हुनुहुन्छ जो कल्प कल्प हाम्रो बाबा बन्नुहुन्छ। हामीले पनि बाबा बाबा भन्छौँ, बाबाले पनि बच्चा बच्चा भन्नुहुन्छ। बाबाले उही टिचरको रूपमा राजयोग सिकाउनुहुन्छ। त्यसैले त कसैले राजयोग सिकाउन सक्दैन। तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ भने यस्ता बाबाको बनेर फेरि उहाँ टिचरको शिक्षा पनि लिनुपर्छ नि। खुसीमा गदगद हुनुपर्छ। यदि फोहोरी बन्यौ भने फेरि त्यो खुसी आउँदैन। जतिसुकै मेहनत गरे पनि फेरि मानौँ त्यो आत्मा हाम्रो जाति भाइ होइन। यहाँ मानिसहरूका कति सरनेम (थर) हुन्छन्। तिम्रो सरनेम हेर कति ठुलो छ! यिनी हुन् ठुलाभन्दा ठुला ग्रेट-ग्रेट ग्र्यान्ड फादर ब्रह्मा। उहाँलाई कसैले चिन्दै चिन्दैनन्। शिवबाबालाई त सर्वव्यापी भनिदिएका छन्। ब्रह्माको विषयमा पनि कसैलाई थाहा हुँदैन। चित्र पनि छन् ब्रह्मा-विष्णु-शङ्करका। ब्रह्मालाई सूक्ष्मवतनमा लगेका छन्। जीवनी केही जान्दैनन्। सूक्ष्मवतनमा ब्रह्मालाई देखाउँछन् फेरि प्रजापिता ब्रह्मा कहाँबाट आउनुहुन्छ! त्यहाँ बच्चा एडप्ट गर्नुहुन्छ र! कसैलाई पनि थाहा छैन। प्रजापिता ब्रह्मा भन्छन् तर जीवनी जान्दैनन्। बाबाले सम्झाउनुभएको छ– यो हाम्रो रथ हो। धेरै जन्मको अन्त्यमा मैले यसको आधार लिएको छु। यो पुरुषोत्तम सङ्गमयुग गीता अध्याय (एपिसोड) हो। पवित्रता पनि मुख्य छ। पतितबाट पावन कसरी बन्ने हो, यो दुनियाँमा कसैलाई पनि थाहा छैन। साधुसन्त आदिले कहिल्यै यस्तो भन्दैनन् देहसहित सबैलाई भुल। एक बाबालाई याद गरेमा मायाका पाप कर्म सबै भस्म हुन्छन्। कुनै गुरुले कहिल्यै यस्तो भन्दैनन्।

बाबा सम्झाउनुहुन्छ– यी ब्रह्मा कसरी बन्छन्? सानोमा गाउँले केटा थिए। चौरासी जन्म लिएका छन्, पहिलो जन्मदेखि लिएर अन्तिम जन्मसम्म। त्यसैले नयाँ दुनियाँ नै फेरि पुरानो हुन्छ। अहिले तिमी बच्चाहरूको बुद्धिको ताला खुलेको छ। तिमीले बुझ्न सक्छौ, धारणा गर्न सक्छौ। अहिले तिमी बुद्धिमान बनेका छौ। पहिला बुद्धिहीन थियौ। लक्ष्मीनारायण बुद्धिमान हुनुहुन्छ र यहाँ बुद्धिहीन छन्। सामुन्ने हेर– प्याराडाइज स्वर्गका मालिक हुनुहुन्छ नि। श्रीकृष्ण स्वर्गका मालिक हुनुहुन्थ्यो फेरि गाउँले केटा बन्नुभएको छ। तिमी बच्चाहरूले यो धारण गरेर फेरि पवित्र पनि अवश्य बन्नुछ। मुख्य हो नै पवित्रताको कुरा। लेख्छन् पनि– बाबा, मायाले हामीलाई गिरायो। आँखा विकारी बन्यो। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। बस् अब त घर जानुछ। बाबालाई याद गर्नुछ। थोरै टाइमको लागि, शरीर निर्वाहको लागि कर्म गरेर फेरि हामी जान्छौँ यो पुरानो दुनियाँको विनाशको लागि लडाइँ पनि हुन्छ। यो पनि तिमीले देख्नुछ– कसरी लडाइँ हुन्छ? बुद्धिले बुझेका छौ– हामी देवता बन्छौँ भने हामीलाई नयाँ दुनियाँ पनि चाहिन्छ त्यसैले विनाश अवश्य हुन्छ। हामीले आफ्नो नयाँ दुनियाँ स्थापना गरिरहेका छौँ श्रीमतमा।

बाबा भन्नुहुन्छ– म तिम्रो सेवामा उपस्थित हुन्छु। तिमीले पुकार गरेका छौ, आएर हामी पतितहरूलाई पावन बनाउनुहोस् तिमीहरूले त्यही भनेका हुनाले म आएको छु, तिमीलाई धेरै सहज मार्ग बताउँछु। मनमनाभव। भगवानुवाच हो नि केवल श्रीकृष्णको नाम दिइएको छ। बाबा पछि हुनुहुन्छ श्रीकृष्ण। यहाँ बाबा परमधामका मालिक, उहाँ श्रीकृष्ण विश्वका मालिक। सूक्ष्मवतनमा त केही हुँदैन। सबैभन्दा नम्बरवन हुनुहुन्छ श्रीकृष्ण, जसलाई धेरै प्यार गर्छन्। बाँकी त पछि पछि आएका हुन्। स्वर्गमा त सबै जान सक्दैनन्। त्यसैले मीठा-प्यारा बच्चाहरूलाई भित्रैदेखि खुसी हुनुपर्छ। बनाबटी खुसी टिक्न सक्दैन। बाहिरबाट किसिम किसिमका बच्चाहरू बाबाको पासमा आउँथे, कहिल्यै पवित्र रहँदैनथे। बाबाले सम्झाउनुहुन्थ्यो– विकारमा जान्छौ भने फेरि आउँछौ नै किन, भन्थे– के गरौँ, पवित्र रहन सक्दैनौँ। दिनहुँ आउँछौँ, थाहा छैन कहिल्यै कुनै यस्तो तीर लागिहाल्छ कि। हजुरबिना सदगति कसले गर्छ। आएर बस्थे। माया धेरै प्रबल छ। निश्चय पनि हुन्छ– बाबाले हामीलाई पतितबाट पावन फूल बनाउनुहुन्छ। तर के गरौँ, फेरि पनि साँचो त बोल्थ्यो– अहिले अवश्य ऊ सुध्रियो होला। उसलाई यो निश्चय थियो–बाबाद्वारा नै हामी सुध्रिन्छौँ।

यस समयमा कति कलाकारहरू छन्। एकको अनुहार अर्कोसँग मिल्दैन। फेरि कल्पपछि उही अनुहार लिएर पार्ट रिपिट गर्नेछन्। आत्माहरू त सबै निश्चित छन् नि। सबै कलाकारहरूले बिल्कुलै यथार्थ पार्ट खेलिरहन्छन्। केही पनि फरक हुन सक्दैन। सबै आत्माहरू अविनाशी छन्। उनीहरूमा अविनाशी पार्ट पनि पहिल्यै निश्चित छ। कति सम्झाउने कुरा छन्। कति सम्झाउनुहुन्छ फेरि पनि भुल्छन्। सम्झाउन सक्दैनन्। यो पनि ड्रामामा हुनुछ। हरेक कल्प राजधानी त स्थापना हुन्छ नै। सत्ययुगमा आउँछन् नै थोरै– त्यो पनि नम्बरवार। यहाँ पनि नम्बरवार छन् नि। एकको पार्ट उसले नै जान्दछ, अर्को कसैले जान्न सक्दैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सच्चा बाबासँग सदा सच्चा रहनुछ। बाबामाथि पूरा पूरा बलिहार जानुछ।

२) ज्ञान धारण गरेर बुद्धिमान बन्नुछ। भित्रैबाट अत्यन्तै खुसीमा रहनुछ। कुनै पनि काम श्रीमत विरुद्ध गरेर खुसी गुमाउनुछैन।

वरदान:–
ड्रामाको प्वाइन्टको अनुभवद्वारा सदा साक्षीपनको स्थिति मा रहने अचल अडोल भव

ड्रामाको प्वाइन्टको जो अनुभवी छन् उनीहरू सदा साक्षीपनको स्थितिमा स्थित रहेर एकरस, अचल-अडोल स्थितिको अनुभव गर्छन्। ड्रामाको प्वाइन्टको अनुभवी आत्माले कहिल्यै पनि नराम्रोमा नराम्रोपन नदेखेर राम्रोपन नै देख्छ अर्थात् उसले स्वकल्याणको मार्ग नै देख्छ। अकल्याणको खाता खतम भयो। कल्याणकारी बाबाका बच्चाहरू हौँ, कल्याणकारी युग हो– यो ज्ञान र अनुभवको अथोरिटीले अचल अडोल बन।

स्लोगन:–
जसले समयलाई अमूल्य सम्झेर सफल गर्छन्, उनीहरूले समयमा धोका खाँदैनन्।

अव्यक्त इसारा:– यो अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

ज्ञान खजानाद्वारा यस समयमा नै मुक्ति-जीवनमुक्तिको अनुभव गर्नुछ। जति पनि दुःख र अशान्तिका कारण छन्, विकार छन्, तिनबाट मुक्त हुनुछ। यदि कुनै विकार आउँछन् पनि भने विजयी बन्नुछ, हार खानुहुँदैन। अनेक व्यर्थ सङ्कल्प र विकल्प, विकर्मबाट मुक्त बन्नु– यही जीवनमुक्त अवस्था हो।