09.02.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– गरिब
निवाज बाबा तिमीलाई कौडीबाट हीरा जस्तो बनाउन आउनुभएको छ , त्यसैले तिमी सदा उहाँको
श्रीमतमा चल।”
प्रश्न:–
सबैभन्दा पहिला
तिमीले सबैलाई कुन एउटा गुह्य रहस्य सम्झाउनुपर्छ?
उत्तर:–
“बापदादा” को
रहस्य। तिमीलाई थाहा छ, यहाँ हामी बापदादाको पासमा आएका छौँ। उहाँहरू दुवै सँगसँगै
हुनुहुन्छ। शिव परमात्मा पनि यिनमा हुनुहुन्छ, ब्रह्माको आत्मा पनि छ। एउटा आत्मा
हो, अर्को परमात्मा हुनुहुन्छ। त्यसैले सबैभन्दा पहिला यो गुह्य रहस्य सबैलाई
सम्झाऊ– उहाँ बापदादा सँगसँगै हुनुहुन्छ। यिनी (दादा) भगवान होइनन्। मानिस भगवान
हुँदैन। भगवान निराकारलाई भनिन्छ। उहाँ बाबा शान्तिधाममा रहनुहुन्छ।
गीत:–
आखिर वह दिन
आया आज...
ओम् शान्ति ।
बाबाले
दादाद्वारा अर्थात् शिवबाबाले ब्रह्मा दादाद्वारा सम्झाउनुहुन्छ, यसमा पक्का निश्चय
गर। लौकिक सम्बन्धमा बाबा अलग, दादा अलग हुन्छन्। बाबाबाट दादाको वर्सा मिल्छ।
भनिन्छ– दादाद्वारा वर्सा लिन्छौँ। उहाँ हुनुहुन्छ गरिबनिवाज। गरिबनिवाज उहाँलाई
भनिन्छ जसले आएर गरिबलाई शिरताज बनाउनुहुन्छ। त्यसैले सबैभन्दा पहिला पक्का निश्चय
हुनुपर्छ– यिनी को हुन्? देख्दा त साकार मानिस हुन्, यिनलाई यी सबैले ब्रह्मा भन्छन्।
तिमी सबै ब्रह्माकुमार-कुमारीहरू हौ। तिमीलाई थाहा छ, हामीलाई वर्सा शिवबाबाबाट
मिल्छ। जुन सबैका बाबा आउनुभएको छ वर्सा दिनका लागि। बाबाले सुखको वर्सा दिनुहुन्छ।
फेरि आधाकल्पपछि रावणले दुःखको श्राप दिन्छ। भक्तिमार्गमा भगवानलाई खोज्नका लागि
ठक्कर खान्छन्। तर कसैलाई पनि भगवान मिल्नुहुन्न। यहाँका मानिसहरूले गाउँछन्– हजुर
नै माता-पिता... फेरि भन्छन्– हजुर जुनबेला आउनुहुन्छ त्यतिबेला हाम्रो एक हजुर
मात्रै हुनुहुन्छ, अरू कोही हुँदैन। अरू कसैसँग हामीले ममत्व राख्दैनौँ। हाम्रो त
एक शिवबाबा! तिमीलाई थाहा छ, उहाँ बाबा गरिबनिवाज हुनुहुन्छ। गरिबलाई धनवान बनाउने
बाबाले कौडीलाई हीरातुल्य बनाउनहुन्छ अर्थात् कलियुगी पतित कङ्गालबाट सत्ययुगी
शिरताज बनाउनका लागि बाबा आउनुभएको छ। तिमी बच्चाहरूलाई थाहा छ, यहाँ हामी बापदादाको
पासमा आएका छौँ। उहाँहरू दुवै सँगसँगै हुनुहुन्छ। शिवको आत्मा पनि यिनमा छ,
ब्रह्माको आत्मा पनि छ, दुई हुनुभयो नि। एउटा आत्मा, अर्का परमात्मा हुनुहुन्छ। तिमी
सबै हौ आत्माहरू। गायन गरिन्छ– आत्मा परमात्मा अलग रहे बहुकाल... पहिलो नम्बरमा
मिल्ने तिमी आत्माहरू हौ अर्थात् तीमी आत्माहरू जो परमात्मा बाबासँग मिल्छौ, जसको
लागि नै पुकार्छौ– हे पिता परमात्मा (ओ गड फादर)! तिमी उहाँका बच्चा भयौ। पिताबाट
अवश्य वर्सा मिल्छ। बाबा भन्नुहुन्छ– यो खण्ड जुन शिरताज थियो त्यो अहिले कति
कङ्गाल बनेको छ। अहिले म फेरि तिमी बच्चाहरूलाई शिरताज बनाउन आएको छु। तिमी डबल
शिरताज बन्छौ। एउटा ताज हुन्छ पवित्रताको, त्यसमा तिमीले लाइट देखाउँछौ। अर्को हो
रत्नजडित ताज। त्यसैले सबैभन्दा पहिला यो गुह्य रहस्य सबैलाई सम्झाउनुछ– यहाँ
बापदादा सँगसँगै हुनुहुन्छ। यिनी भगवान होइनन्। मानिस भगवान हुँदैन। भगवान
निराकारलाई भनिन्छ। उहाँ बाबा शान्तिधाममा रहनुहुन्छ, जहाँ तिमी सबै आत्माहरू रहन्छौ,
जसलाई निर्वाणधाम अथवा वानप्रस्थ भनिन्छ फेरि तिमी आत्माहरू शरीर धारण गरेर यहाँ
पार्ट खेल्नुपर्छ। आधाकल्प सुखको पार्ट, आधाकल्प हुन्छ दुःखको। बाबा भन्नुहुन्छ–
दुःखको अन्त्य भएपछि म आउँछु। ड्रामा यस्तै बनेको छ। तिमी बच्चाहरू यहाँ भट्ठीमा
आउँछौ। यहाँ अरू कोही बाहिरको याद आउनुहुँदैन। यहाँ छन् नै माता-पिता र बच्चाहरू।
यहाँ शूद्र सम्प्रदाय छैन। जो ब्राह्मण होइनन् उनीहरूलाई शूद्र भनिन्छ। उनीहरूको
सङ्ग त यहाँ छँदैछैन। यहाँ हुन्छ नै ब्राह्मणहरूको सङ्ग। ब्राह्मण बच्चाहरूलाई थाहा
छ– शिवबाबा ब्रह्माद्वारा हामीलाई नर्कबाट स्वर्गको राजधानीको मालिक बनाउन आउनुभएको
छ। अहिले हामी मालिक छैनौँ किनकि हामी पतित छौँ। हामी पावन थियौँ फेरि ८४ को चक्कर
लगाएर सतो-रजो-तमोमा आएका छौँ। सिँढीमा ८४ जन्मको हिसाब लेखिएको छ। बाबा बसेर
बच्चाहरूलाई सम्झाउनुहुन्छ। जुन बच्चाहरूसँग पहिला सुरुमा मिल्नुहुन्छ फेरि उनीहरू
नै सबैभन्दा पहिला सत्ययुगमा आउनुछ। तिमीले ८४ जन्म लिएका छौ। रचयिता र रचनाको सारा
ज्ञान एक बाबासँग मात्रै छ। उहाँ नै मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। अवश्य बीजमा
नै ज्ञान हुन्छ– यो वृक्षको उत्पत्ति, पालना र विनाश कसरी हुन्छ। यो कुरा त बाबाले
नै सम्झाउनुहुन्छ। तिमीलाई अहिले थाहा भएको छ, हामी गरिब छौँ। हामी देवीदेवता भएको
बेलामा कति धनवान थियौँ। हीरासँग खेल्थ्यौँ। हीराको महलमा रहन्थ्यौँ। अहिले बाबाले
स्मृति दिलाउनुहुन्छ– तिमीले कसरी ८४ जन्म लिन्छौ। बोलाउँछन् पनि– हे पतित-पावन,
गरिबनिवाज बाबा आउनुहोस्! हामी गरिबहरूलाई फेरि स्वर्गको मालिक बनाउनुहोस्! स्वर्गमा
धेरै सुख थियो, अहिले धेरै दुःख छ। बच्चाहरूलाई थाहा छ, यस समयमा सबै पूरा पतित
बनेका छन्। अहिले कलियुगको अन्त्य हो फेरि सत्ययुग हुनुपर्छ। पहिला यस खण्डमा एक आदि
सनातन देवीदेवता धर्म थियो, अब त्यो प्रायः लोप भएको छ र सबैले आफूलाई हिन्दु भन्छन्।
यस समयमा क्रिस्चियन धेरै भएका छन् किनकि हिन्दु धर्मका धेरै मानिसहरू धर्म
परिवर्तन गरेर क्रिस्चियन धर्ममा गएका छन्। वास्तवमा तिमी देवताहरूको कर्म श्रेष्ठ
थियो। तिमी पवित्र प्रवृत्तिमार्गमा थियौ। अहिले रावण राज्यमा पतित प्रवृत्तिमार्गका
बनेका छौ, त्यसैले दुःखी छौ। सत्ययुगलाई शिवालय भनिन्छ। शिवबाबाले स्थापना गर्नुभएको
स्वर्ग। बाबा भन्नुहुन्छ– म आएर तिमी बच्चाहरूलाई शूद्रबाट ब्राह्मण बनाएर तिमीलाई
सूर्यवंशी, चन्द्रवंशी राजधानीको वर्सा दिन्छु। यहाँ बापदादा हुनुहुन्छ, उहाँलाई
नभुल। शिवबाबाले ब्रह्माद्वारा हामीलाई स्वर्गको लायक बनाइरहनुभएको छ किनकि पावन
नबनेसम्म पतित आत्मा मुक्तिधाममा जान सक्दैन। अहिले बाबा भन्नुहुन्छ– म आएर तिमीलाई
पावन बन्ने बाटो देखाउँछु। मैले तिमीलाई स्वर्गको मालिक पदमपति बनाएर गएको थिएँ,
अवश्य तिमीलाई स्मृति आएको छ– हामी स्वर्गका मालिक थियौँ। त्यस समयमा हामी धेरै कम
थियौँ। अहिले त कति धेरै मानिस छन्। सत्ययुगमा ९ लाख हुन्छन्, त्यसैले बाबा
भन्नुहुन्छ– म आएर ब्रह्माद्वारा स्वर्गको स्थापना, शङ्करद्वारा विनाश गराइदिन्छु।
तयारी सबैले गरिरहेका छन्, कल्प पहिला अनुसार। कति बमहरू बनाउँछन्। ५ हजार वर्ष
पहिला पनि यो महाभारत लडाइँ भएको थियो। भगवानले आएर राजयोग सिकाएर मानिसलाई नरबाट
नारायण बनाउनुभएको थियो। त्यसैले अवश्य कलियुगी पुरानो दुनियाँको विनाश हुनुपर्छ।
सारा दुनियाँमा आगो लाग्नेछ। नत्र विनाश कसरी हुन्छ? आजकाल बममा आगो पनि भर्छन्।
मुसलधारे वर्षा, भूकम्प आदि सबै हुनेछ त्यसपछि मात्रै विनाश हुनेछ। पुरानो दुनियाँको
विनाश, नयाँ दुनियाँको स्थापना हुन्छ। यो हो सङ्गमयुग। रावण राज्य मुर्दाबाद भएर
रामराज्य जिन्दाबाद हुन्छ। नयाँ दुनियाँमा श्रीकृष्णको राज्य थियो। लक्ष्मीनारायणको
सट्टामा श्रीकृष्णको नाम भनिदिन्छन् किनकि श्रीकृष्ण सुन्दर, सबैभन्दा प्यारा बच्चा
हुन्। मानिसहरूलाई त थाहा छैन नि। श्रीकृष्ण भिन्नै राजधानीका, राधा भिन्नै
राजधानीकी थिइन्। यो खण्ड शिरताज थियो। अहिले कङ्गाल छ, फेरि बाबा आएर शिरताज
बनाउनुहुन्छ। अब बाबा भन्नुहुन्छ– पवित्र बन र म एकलाई याद गर त्यसपछि तिमी
सतोप्रधान बन्छौ। फेरि जसले सेवा गरेर आफूसमान बनाउँछन्, उनीहरूले उच्च पद पाउँनेछन्,
डबल शिरताज बन्नेछन्। सत्ययुगमा राजारानी र प्रजा सबै पवित्र हुन्छन्। अहिले त छ नै
प्रजाको राज्य। दुवै ताज छैनन्। बाबा भन्नुहुन्छ–यस्तो हालत भएपछि म आउँछु। अहिले
मैले तिमी बच्चाहरूलाई राजयोग सिकाइरहेको छु। म नै पतित-पावन हुँ। अब तिमीले मलाई
याद गरेमा तिम्रो आत्माबाट अलाय (मिसावट) निस्कन्छ। फेरि सतोप्रधान बन्छौ। अहिले
श्यामबाट सुन्दर बन्नुछ। सुनमा अलाय मिसिएपछि कालो हुन्छ, त्यसैले अब अलाय
निकाल्नुछ। बेहदका बाबा भन्नुहुन्छ– तिमी काम चितामा बसेर काला बनेका छौ, अब ज्ञान
चितामा बस र सबैसँग ममत्व मेटाइदेऊ। तिमीहरू आसिक हौ म एक मासुक (साजन) का। भक्त
सबैले भगवानलाई याद गर्छन्। सत्ययुग-त्रेतामा भक्ति हुँदैन। त्यहाँ त हुन्छ ज्ञानको
प्रारब्ध। बाबा आएर ज्ञानले रातलाई दिन बनाउनुहुन्छ। यस्तो होइन– शास्त्र पढेमा दिन
हुन्छ। त्यो हो भक्तिको सामग्री। ज्ञान सागर पतित-पावन एक बाबा मात्रै हुनुहुन्छ,
उहाँ आएर तिमी बच्चाहरूलाई सृष्टिचक्रको ज्ञान सम्झाउनुहुन्छ र योग सिकाउनुहुन्छ।
ईश्वरसँग योग लगाएपछि फेरि योगयोगेश्वर र राजराजेश्वर, राजराजेश्वरी बन्छन्। तिमी
ईश्वरबाट राजाहरूको राजा बन्छौ। जुन पावन राजाहरू थिए फेरि उनीहरू नै पतित बन्छन्।
आफै पूज्य फेरि आफै पुजारी बन्छन्। अब जति हुन सक्छ यादको यात्रामा रहनुछ। जसरी
आसिकले मासुकलाई याद गर्छन् नि। जसरी कन्याको मगनी भएपछि फेरि एकअर्कालाई याद
गरिरहन्छन्। अहिले यिनी जो मासुक छन्, यिनका त धेरै आसिक छन् भक्तिमार्गमा। सबैले
दुःखमा बाबालाई याद गर्छन्– हे भगवान दुःख हरण गर्नुहोस्, सुख दिनुहोस्! यहाँ त न
शान्ति छ, न सुख छ। सत्ययुगमा दुवै हुन्छन्।
अहिले तिमीलाई थाहा छ, हामी आत्माहरूले कसरी ८४ को पार्ट खेल्छौँ। ब्राह्मण, देवता,
क्षत्रिय, वैश्य, शूद्र बन्छौँ। ८४ को सिँढी बुद्धिमा छ नि। अब जति हुन सक्छ
बाबालाई याद गर्नुछ जसबाट पाप काटिन्छ। कर्म गर्दा पनि बुद्धिमा बाबाको याद रहोस्।
बाबाबाट हामीले स्वर्गको वर्सा लिइरहेका छौँ। बाबा र वर्सालाई याद गर्नुछ। यादबाट
नै पाप काटिँदै जान्छ। जति याद गर्छौ त्यति पवित्रताको लाइट आउँदै जान्छ। खिया
निस्कँदै जान्छ। जति हुन सक्छ समय निकालेर बच्चाहरूले याद गर्ने उपाय गर्नुछ। सवेरै
सवेरै समय राम्रो मिल्छ। यो पुरुषार्थ गर्नुछ। चाहे गृहस्थ व्यवहारमा बस, बच्चाहरूको
सम्हाल आदि गर तर यो अन्तिम जन्म पवित्र बन। काम चितामा नचढ। अहिले तिमी ज्ञान
चितामा बसेका छौ। यो पढाइ धेरै उच्च छ, यसमा सुनको पात्र चाहिन्छ। तिमीले बाबालाई
याद गरेमा सुनको पात्र बन्छौ। याद गर्न भुलेमा फेरि फलामको पात्र बन्छौ। बाबालाई
याद गरेमा स्वर्गको मालिक बन्छौ। यो त धेरै सहज छ। यसमा पवित्रता हो मुख्य। यादबाट
नै पवित्र बन्छौ र सृष्टि चक्रलाई याद गरेमा स्वर्गको मालिक बन्छौ। तिमीले घरबार
छोड्नुछैन। गृहस्थ व्यवहारमा पनि रहनुछ। बाबा भन्नुहुन्छ– ६३ जन्म तिमी पतित
दुनियाँमा रह्यौ। अब शिवालय अमरलोकमा जानका लागि तिमी यो एक जन्म पवित्र रह्यौ भने
के भयो र! धेरै कमाइ हुन्छ। ५ विकारहरूमाथि विजय पाउनुछ त्यसपछि नै जगतजित बन्छौ।
नत्र पद पाउन सक्दैनौ। बाबा भन्नुहुन्छ– मर्नु त सबैलाई छ। यो अन्तिम जन्म हो फेरि
तिमी गएर नयाँ दुनियाँमा राज्य गर्छौ। हीरा जुहारतका खानीहरू भरपुर हुन्छन्। त्यहाँ
तिमी हीरा जुहारतसँग खेलिरहन्छौ। त्यसैले यस्ता बाबाको बनेर उहाँको मतमा पनि
चल्नुपर्छ नि। श्रीमतबाट नै तिमी श्रेष्ठ बन्छौ। रावणको मतबाट तिमी भ्रष्टाचारी
बनेका छौ। अब बाबाको श्रीमतमा चलेर तमोप्रधानबाट सतोप्रधान बन्नुछ। बाबालाई याद
गर्नुछ, बाबाले अरू कुनै मेहनत दिनुहुन्न। भक्तिमार्गमा त तिमीले धेरै ठक्कर खायौ।
अब केवल बाबालाई याद गर र सृष्टि चक्रलाई याद गर। स्वदर्शन चक्रधारी बन्यौ भने तिमी
२१ जन्मका लागि चक्रवर्ती राजा बन्छौ। अनेक पटक तिमीले राज्य लिएका छौ र गुमाएका
छौ। आधाकल्प हुन्छ सुख, आधाकल्प हुन्छ दुःख। बाबा भन्नुहुन्छ– म कल्प कल्प सङ्गममा
आउँछु। तिमीलाई सुखधामको मालिक बनाउँछु। अहिले तिमीलाई स्मृति आएको छ, हामीले कसरी
चक्कर लगाउँछौँ। यो चक्र बुद्धिमा राख्नुछ। बाबा ज्ञानको सागर हुनुहुन्छ। तिमी यहाँ
बेहदका बाबाको अगाडि बसेका छौ। उच्चभन्दा उच्च भगवानले प्रजापिता ब्रह्माद्वारा
तिमीलाई वर्सा दिनुहुन्छ। त्यसैले अब विनाश हुनुभन्दा पहिला बाबालाई याद गर, पवित्र
बन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) निरन्तर बाबाको यादमा रहनको लागि बुद्धिलाई सुनको पात्र बनाउनुछ। कर्म गर्दा पनि
बाबाको याद रहोस्, यादबाट नै पवित्रताको लाइट आउँछ।
२) मुरली कहिल्यै मिस
गर्नुछैन। ड्रामाको रहस्यलाई यथार्थ रीतिले बुझ्नुछ। भट्ठीमा केही पनि बाहिरको याद
गर्नुछैन।
वरदान:–
आपसमा एकअर्का
को विशेषता देख्ने र वर्णन गर्ने श्रेष्ठतासम्पन्न होलीहंस भव
सङ्गमयुगमा हरेक
बच्चालाई ज्ञानद्वारा कुनै न कुनै विशेष गुण अवश्य प्राप्त हुन्छ, त्यसैले होलीहंस
बनेर हरेकको विशेषतालाई हेर र वर्णन गर। कुनै समयमा कसैको कमजोरी देख्यौ वा सुन्यौ
भने यो सम्झनुपर्छ– यो कमजोरी उसको होइन, मेरो हो किनकि हामी सबै एउटै बाबाका, एउटै
परिवारका, एउटै मालाका दाना हौँ। जसरी आफ्नो कमजोरीलाई फैलाउन चाहँदैनौ, त्यसैगरी
अर्काको कमजोरीको पनि वर्णन नगर। होलीहंस अर्थात् विशेषताहरूलाई ग्रहण गर्नु र
कमजोरीहरूलाई मेटाउनु।
स्लोगन:–
समयलाई बचाउने
तीव्र पुरुषार्थी नै सदा विजयी हुन्छन्।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन।
जसरी मालाका दानाहरूको
विशेषता हुन्छ– एकै किसिमका मालाका दानाहरू मालाको एउटै धागोमा उनिन्छन्। त्यसैगरी
तिमी सबै वैजयन्ती मालाका दानाहरू पनि जब एकमत, एकको नै लगनमा एकरस स्थितिका समान
देखिन्छौ त्यसपछि नै मालामा उनिन्छौ। आपसमा दुई मत भयो भने तिनीहरू अर्को अर्थात्
१६००० को मालाका दाना बन्छन्।