09.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– हरेकको नब्ज हेरेर पहिला उसलाई ईश्वर मा निश्चय गराऊ अनि अगाडि बढ , ईश्वर मा निश्चय विना ज्ञान दिनु समय व्यर्थ ग ुमाउनु हो।”

प्रश्न:–
कुनचाहिँ मुख्य एक पुरुषार्थले छात्रवृत्ति लिने अधिकारी बनाउँछ?

उत्तर:–
अन्तर्मुखता। तिमीहरू धेरै अन्तर्मुखी रहनुछ। बाबा त हुनुहुन्छ कल्याणकारी। कल्याणको लागि नै राय दिनुहुन्छ। जो अन्तर्मुखी योगी बच्चाहरू छन् उनीहरू कहिल्यै देह अभिमानमा आएर रिसाउँदैनन् वा लड्दैनन्। उनीहरूको चालचलन धेरै रोयल सानदार हुन्छ। धेरै कम बोल्छन्, यज्ञ सेवामा रूचि राख्छन्। उनीहरूले ज्ञानको कुरा धेरै सुनाउँदैनन्, यादमा रहेर सेवा गर्छन्।

ओम् शान्ति ।
प्राय: देखिन्छ प्रदर्शनी सेवाको समाचार पनि आउँछ त्यसमा मूल कुरा जुन बाबाको पहिचानको हो, त्यसमा पूरा निश्चय गराएनन् भने बाँकी जे कुरा सम्झाए पनि, त्यो कसैको बुद्धिमा बस्न मुस्किल छ। हुन त राम्रो राम्रो भन्छन् तर बाबाको पहिचान हुँदैन। पहिला त बाबाको पहिचान हुनुपर्छ। बाबाको महावाक्य छ– मलाई याद गर, म नै पतित-पावन हुँ। मलाई याद गर्नाले तिमी पतितबाट पावन बन्छौ। यो हो मुख्य कुरा। भगवान एक हुनुहुन्छ, उहाँ नै पतित-पावन हुनुहुन्छ। ज्ञानका सागर, सुखका सागर हुनुहुन्छ। उहाँ नै उच्चभन्दा उच्च हुनुहुन्छ। यो निश्चय भयो भने फेरि भक्तिमार्गका जुन शास्त्र, वेद अथवा गीता भागवत छन् सबै खण्डन हुन्छन्। भगवानले त स्वयं भन्नुहुन्छ– यो मैले सुनाएको होइन। मेरो ज्ञान शास्त्रमा छैन। त्यो हो भक्तिमार्गको ज्ञान। म त ज्ञान दिएर सद्गति गरेर गइहाल्छु। फेरि यो ज्ञान प्राय: लोप हुन जान्छ। ज्ञानको प्रारब्ध पूरा भइसकेपछि फेरि भक्तिमार्ग सुरुहुन्छ। जब बाबामा निश्चय बस्छ तब त सम्झन्छन्, भगवानुवाच– यी भक्तिमार्गका शास्त्र हुन्। ज्ञान र भक्ति आधा आधा चल्छ। भगवान जब आउनुहुन्छ तब आफ्नो परिचय दिनुहुन्छ। म भन्छु– कल्प ५ हजार वर्षको हो, मैले त ब्रह्मा मुखद्वारा सम्झाइरहेको छु। पहिलो मुख्य कुरा बुद्धिमा बसाउनुछ– भगवान को हुनुहुन्छ? यो कुरा जबसम्म बुद्धिमा बस्दैन तबसम्म अरू कुनै पनि कुरा सम्झाए पनि केही असर हुँदैन। सारा मेहनत नै यस कुरामा छ। बाबा आउनु नै हुन्छ स्मशान बाट जगाउन। शास्त्र आदि पढेर त जाग्दैनन्। परम आत्मा हुनुहुन्छ ज्योति स्वरूप त्यसैले उहाँका बच्चाहरू पनि ज्योति स्वरूप छन्। तर तिमी बच्चाहरूको आत्मा पतित बनेको छ, जसले गर्दा ज्योति निभेको छ। तमोप्रधान भइसकेका छन्। सबैभन्दा पहिला बाबाको परिचय नदिनाले फेरि जति मेहनत गर्छन्, विचार (ओपीनियन) आदि लेखाउँछन् त्यो केही कामको रहँदैन त्यसैले सेवा हुँदैन। निश्चय भयो भने सम्झन्छन् अवश्य ब्रह्माद्वारा ज्ञान दिइरहनुभएको छ। मनुष्य ब्रह्मालाई देखेर कति अलमलिन्छन् किनकि बाबाको पहिचान हुँदैन। तिमीहरू सबैले जानेका छौ– भक्तिमार्ग अब पास भइसकेको छ। कलियुगमा छ भक्तिमार्ग र अब सङ्गममा छ ज्ञानमार्ग। हामी सङ्गमयुगी हौं। राजयोग सिकिरहेका छौं। दैवीगुण धारण गर्छौं नयाँ दुनियाँको लागि। जो सङ्गमयुगमा छैनन् उनीहरू दिनप्रतिदिन तमोप्रधान बन्दै जान्छन्। त्यसतर्फ तमोप्रधानता बढ्दै जान्छ, यसतर्फ तिम्रो सङ्गमयुग पूरा भइरहेको छ। यो बुझ्नुपर्ने कुरा हो नि। सम्झाउने पनि नम्बरवार छन्। बाबाले दिनहुँ पुरुषार्थ गराउनुहुन्छ। निश्चय बुद्धि विजयन्ती। बच्चाहरूमा बातचित गर्ने बानी धेरै छ। बाबालाई याद नै गर्दैनन्। याद गर्न धेरै कठिन छ। बाबालाई याद गर्न छोडेर आफ्नै कुरा सुनाइरहन्छन्। बाबाको निश्चय विना अरू चित्रतर्फ बढ्नु नै हुँदैन। निश्चय छैन भने केही पनि बुझ्दैनन्। अल्फ को निश्चय छैन भने बाँकी बे मा जानु समय व्यर्थ गुमाउनु हो। कसैको नब्जलाई जानेका छैनन्, उद्घाटन गर्नेलाई पनि पहिला बाबाको परिचय दिनुपर्छ। उहाँ हुनुहुन्छ सर्वोच्च बाबा ज्ञानका सागर। बाबाले यो ज्ञान अहिले मात्र दिनुहुन्छ। सत्ययुगमा यो ज्ञानको आवश्यकता नै हुँदैन। पछि सुरुहुन्छ भक्ति। बाबा भन्नुहुन्छ– जब मेरो निन्दा पूरा हुने समय हुन्छ तब म आउँछु। आधाकल्प उनीहरूले निन्दा गर्नु नै छ, जसको पूजा गर्छन्, कर्तव्य को बारेमा थाहै छैन। तिमी बच्चाहरू बसेर सम्झाउँछौ तर आफ्नै योग बाबासँग छैन भने अरूलाई के सम्झाउन सक्छौ? भन्न त शिवबाबा भन्छन् तर योगमा बिलकुल रहँदैनन् भने विकर्म पनि विनाश हुँदैन, धारणा हुँदैन। मुख्य कुरा हो एक बाबालाई याद गर्नु।

जुन बच्चाहरू ज्ञानी आत्माको साथसाथै योगी बन्दैनन्, उनीहरूमा देह अभिमानको अंश अवश्य हुन्छ। योग विना सम्झाउनु कुनै कामै छैन। फेरि देह अभिमानमा आएर कुनै न कुनैलाई दिक्क पारिरहन्छन्। बच्चाहरूले राम्रो भाषण गरे भने सम्झन्छन् हामी ज्ञानी आत्मा हौं। बाबा भन्नुहुन्छ– ज्ञानी आत्मा त हौ तर योग कम छ, योगमा पुरुषार्थ धेरै कम छ। बाबाले कति सम्झाउनुहुन्छ– चार्ट राख। मुख्य हो नै योगको कुरा। बच्चाहरूमा ज्ञान सम्झाउने सोख त छ तर योग छैन। योग विना विकर्म विनाश हुँदैन, फेरि पद के पाउँछन्। योगमा त धेरै बच्चाहरू फेल छन्। सम्झन्छन् हामी १०० प्रतिशत छौं। तर बाबा भन्नुहुन्छ– २ प्रतिशत छौ। बाबाले स्वयं बताउनुहुन्छ भोजन खाने समय यादमा रहन्छु, फेरि भुल्छु। स्नान गर्दा पनि बाबालाई याद गर्छु। हुन त उहाँको बच्चा हुँ फेरि पनि याद गर्न भुल्छु। सम्झन्छौ यी त नम्बरवनमा जानेवाला हुन्, अवश्य ज्ञान र योग ठीक होला। फेरि पनि बाबा भन्नुहुन्छ– योगमा धेरै मेहनत छ। परीक्षण गरेर हेर अनि अनुभव सुनाऊ। मानौं कपडा सिलाउँछौ भने हेर्नुपर्छ बाबाको यादमा रहन्छु? धेरै प्यारा प्रियतम हुनुहुन्छ। उहाँलाई जति याद गर्यो त्यति हाम्रो विकर्म विनाश हुन्छ, हामी सतोप्रधान बन्छौं। आफूलाई हेरौं– म कति समय यादमा रहन्छु? बाबालाई रिजल्ट बताउनुपर्छ। यादमा रहनाले नै कल्याण हुन्छ। बाँकी धेरै सम्झाउनाले कल्याण हुँदैन। केही पनि बुझ्दैनन्। अल्फ विना काम कसरी चल्छ? एक अल्फ को बारे थाहा छैन भने बाँकी बिन्दु, बिन्दु मात्रै हुन्छ। अल्फ को साथ बिन्दु लगाउनाले फाइदा हुन्छ। योग छैन भने सारा दिन समय व्यर्थ गुमाउँछन्। बाबालाई त दया लाग्छ, यिनीहरूले के पद पाउँछन्। तकदिरमा छैन भने बाबाले के गर्न सक्नुहुन्छ। बाबाले त घरी घरी सम्झाउनुहुन्छ– दैवी गुण राम्ररी धारण गर, बाबाको यादमा बस। याद धेरै आवश्यक छ। यादबाट स्नेह हुन्छ अनि मात्रै श्रीमतमा चल्न सक्छन्। प्रजा त धेरै बन्छन्। तिमी यहाँ आएका नै छौ यी लक्ष्मी-नारायण बन्न, यसमा मेहनत छ। हुन त स्वर्गमा जान्छन् तर सजाय खाएर फेरि पछाडि आएर सानो पद पाउँछन्। बाबाले त सबै बच्चाहरूलाई जान्नुहुन्छ नि। जुन बच्चाहरू योगमा कच्चा छन् उनीहरू देह अभिमानमा आएर रिसाउँछन् र लडाइँ-झगडा गर्छन्। जो पक्का योगी छन् उनको चालचलन धेरै रोयल सानदार हुन्छ, धेरै कम बोल्छन्। यज्ञ सेवामा रूचि हुन्छ। यज्ञ सेवामा हड्डी पनि जाओस्। यस्ता यस्ता कोही त छन् पनि। तर बाबा भन्नुहुन्छ– यादमा धेरै रह्यौ भने बाबासँग प्यार हुन्छ र खुसीमा रहन्छौ।

बाबा भन्नुहुन्छ– म भारतखण्डमा नै आउँछु। भारतखण्डलाई नै आएर उच्च बनाउँछु। सत्ययुगमा तिमी विश्वको मालिक थियौ, सद्गतिमा थियौ फेरि दुर्गति कसले गर्यो? (रावणले) कहिले सुरु भयो? (द्वापरदेखि) आधा कल्पको लागि सद्गति एक सेकेण्डमा पाउँछौ। २१ जन्मको वर्सा पाउँछौ। जहिले पनि कुनै राम्रा मानिस आए भने सबैभन्दा पहिला उनलाई बाबाको परिचय देऊ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यस ज्ञानबाट नै तिम्रो सद्गति हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– यो ड्रामा चलिरहेको छ सेकेण्ड बाई सेकेण्ड। यो बुद्धिमा याद रह्यो भने पनि तिमी राम्ररी स्थिर रहन्छौ। यहाँ बसे पनि बुद्धिमा रहोस् यो सृष्टि चक्र जुम्रा जस्तै कसरी घुमिरहन्छ। सेकेण्ड सेकेण्ड टिक टिक भइरहन्छ। ड्रामा अनुसार नै सारा पार्ट चलिरहेको छ। एक सेकेण्ड पास भयो, सकियो। रोल हुँदै जान्छ। एकदम विस्तारै विस्तारै घुम्छ। यो हो बेहदको ड्रामा। जो वृद्ध आदि छन् उनको बुद्धिमा यो कुरा बस्न सक्दैन। ज्ञान पनि बस्न सक्दैन। योग पनि छैन फेरि पनि बच्चा त हुन् नै। हो, सेवा गर्नेहरूको पद उच्च हुन्छ। बाँकीको सानो पद हुन्छ। यो पक्का ख्याल राख। यो बेहदको ड्रामा हो, चक्र घुमिरहन्छ। जसरी रिकर्ड दोहोरिइरहन्छ नि। हाम्रो आत्मामा पनि यस्तै रिकर्ड भरिएको छ। सानो आत्मामा यति सारा पार्ट भरिएको छ, यसलाई नै कुदरत भनिन्छ। देखिनमा त केही पनि देखिँदैन। यो समझको कुरा हो। मोटो बुद्धि हुनेले बुझ्न सक्दैन। यसमा म जो बोल्दै जान्छु, समय बित्दै जान्छ फेरि ५ हजार वर्षपछि दोहोरिन्छ। यस्तो समझ कसैसँग छैन। जो महारथी छन् उनीहरूले घरी घरी यी कुरामा ध्यान दिएर सम्झाइरहन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– सबैभन्दा पहिला त गाँठो बाँध– बाबाको यादको। बाबा भन्नुहुन्छ– मलाई याद गर। आत्मालाई अब घर जानु छ। देहका सबै सम्बन्ध छोड्नुछ। जति हुनसक्छ बाबालाई याद गरिराख। यो पुरुषार्थ गुप्त छ। बाबा राय दिनुहुन्छ, परिचय पनि बाबाको नै देऊ। याद कम गर्छन् त्यसैले परिचय पनि कम दिन्छन्। पहिला त बाबाको परिचय बुद्धिमा बस्नुपर्छ। भन, लेख– वास्तवमा उहाँ हाम्रा बाबा हुनुहुन्छ। देहसहित सबै कुरा छोडेर एक बाबालाई याद गर्नुछ। यादबाट नै तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। मुक्तिधाम, जीवन-मुक्तिधाममा त दु:खदर्द हुँदैन। दिनप्रतिदिन राम्रो कुरा सम्झाइन्छ। आपसमा पनि यही कुरा गर। लायक पनि बन्नुपर्छ नि। ब्राह्मण भएर बाबाको रूहानी सेवा गरेनौ भने त के कामको। पढाइ त राम्रोसँग धारण गर्नुपर्छ नि। बाबालाई थाहा छ– धेरै यस्ता छन् जसलाई एक अक्षर पनि धारण हुँदैन। यथार्थ रूपले बाबालाई याद गर्दैनन्। राजा-रानीको पद पाउन मेहनत छ। जसले मेहनत गर्छन् उनैले उच्च पद पाउँछन्। मेहनत गरे भने मात्रै राजधानीमा जान सक्छन्। नम्बरवनलाई नै छात्रवृत्ति मिल्छ। यी लक्ष्मी-नारायणले छात्रवृत्ति लिएका हुन्। फेरि हुन्छन् नम्बरवार। धेरै ठुलो परीक्षा हो नि। विजयी हुनेको नै माला बनेको छ। ८ रत्न छन् नि। ८ छन् फेरि छ १००, फेरि छ १६ हजार। त्यसैले कति पुरुषार्थ गर्नुपर्छ, मालामा उनिनको लागि। अन्तर्मुखी रहने पुरुषार्थ गर्यौ भने छात्रवृत्ति लिने अधिकारी बन्छौ। तिमी धेरै अन्तर्मुखी रहनुछ। बाबा त हुनुहुन्छ कल्याणकारी। त्यसैले कल्याणको लागि नै राय दिनुहुन्छ। कल्याण त सारा दुनियाँको हुनुछ। तर नम्बरवार छन्। तिमी यहाँ बाबाको साथमा पढ्नको लागि आएका छौ। तिमीहरू मध्ये पनि ती विद्यार्थी राम्रा छन् जसले पढाइमा ध्यान दिन्छन्। कसैले त बिलकुल ध्यान दिँदैनन्। यस्तो पनि धेरैले सम्झन्छन्– जे भाग्यमा होला। पढाइको उद्देश्य नै छैन। त्यसैले बच्चाहरूले यादको चार्ट राख्नुपर्छ। हामी अब फर्केर घर जानुछ। ज्ञान त यहीँ छोडेर जान्छौ। ज्ञानको पार्ट पूरा हुन्छ। यति सानो आत्मा, त्यसमा कति पार्ट छ, आश्चर्य छ नि। यो सारा अविनाशी ड्रामा हो। तिमी अन्तर्मुखी भएर आफूसँग यस्ता यस्ता कुरा पनि गरिरह्यौ भने तिमीलाई धेरै खुसी हुन्छ। बाबा आएर यस्ता कुरा सुनाउनुहुन्छ, आत्माको कहिल्यै विनाश हुँदैन। ड्रामामा एक एक मनुष्यको, एक एक चीजको पार्ट निश्चित छ। यसलाई बेअन्त्य पनि भनिँदैन। अन्त्य त पाएका छन् तर यो हो अनादि। कति चीजहरू छन्। यिनलाई कुदरत भनौं! ईश्वरलाई कुदरत पनि भन्न सकिँदैन। उहाँ भन्नुहुन्छ– मेरो पनि यसमा पार्ट छ। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) योगमा धेरै मेहनत छ, ट्रायल गरेर हेर्नुछ– कर्ममा कति समय बाबाको याद रहन्छ? यादमा रहनाले नै कल्याण हुन्छ। प्यारा प्रियतमलाई धेरै प्यारले याद गर्नुछ, यादको चार्ट राख्नुछ।

२) महीन बुद्धिले यस ड्रामाको रहस्यलाई बुझ्नुछ। यो धेरै कल्याणकारी ड्रामा हो, हामीले जे बोल्छौं वा गर्छौं त्यो फेरि ५ हजार वर्षपछि रिपीट हुन्छ, यसलाई यथार्थ रूपले बुझेर खुसीमा रहनुछ।

वरदान:–
आफ्नो श्रेष्ठ जीवनद्वारा परमात्म ज्ञानको प्रत्यक्ष प्रूफ दिने माया प्रूफ भव

स्वयंलाई परमात्म ज्ञानको प्रत्यक्ष प्रमाण वा प्रूफ सम्झनाले माया प्रूफ बन्नेछौ। प्रत्यक्ष प्रूफ हो– तिम्रो श्रेष्ठ पवित्र जीवन। सबैभन्दा ठुलो असम्भवबाट सम्भव हुने कुरा हो प्रवृत्तिमा रहेर पर-वृत्तिमा रहनु, देह र देहको दुनियाँको सम्बन्धबाट न्यारा रहनु, पुरानो शरीरको आँखाले पुरानो दुनियाँको वस्तुहरूलाई देखेर पनि नदेख्नु अर्थात् सम्पूर्ण पवित्र जीवनमा चल्नु– यही परमात्मालाई प्रत्यक्ष गर्ने वा माया प्रूफ बन्ने सहज साधन हो।

स्लोगन:–
अटेन्सनरूपी पहरेदार ठीक छ भने अतीन्द्रिय सुखको खजाना हराउन सक्दैन।