09.06.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी सारा विश्वमा शान्तिको राज्य स्थापना गर्ने बाबाका मदतगार हौ , अहिले तिम्रो अगाडि सुख-शान्तिको दुनियाँ छ।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई किन पढाउनुहुन्छ, पढाइको सार के हो?

उत्तर:–
बाबाले आफ्ना बच्चाहरूलाई स्वर्गको प्रिन्स (राजकुमार), विश्वको मालिक बनाउनको लागि पढाउनुहुन्छ, बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पढाइको सार हो– दुनियाँका सबै कुरालाई छोडिदेऊ, यस्तो कहिल्यै नसम्झ– हामीसँग करोडौँ छ, लाखौँ छ। त्यो केही पनि हातमा आउनेछैन, त्यसैले राम्रोसँग पुरुषार्थ गर, पढाइमा ध्यान देऊ।

गीत:–
आखिर वह दिन आया आज...

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ– आखिर विश्वमा शान्तिको समय आइपुग्यो। सबैले भन्छन्– विश्वमा कसरी शान्ति हुन्छ, फेरि जसले ठीक राय दिन्छन्, उनीहरूलाई इनाम दिन्छन्। नेहरूले पनि राय दिन्थे, शान्ति त भएन। केवल राय दिएर गए। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– कुनै समयमा सारा विश्वभरमा सुख, शान्ति, सम्पत्ति आदि थियो। त्यो अहिले छैन। अब फेरि हुन लागेको छ। चक्र त घुम्छ नि। यो तिमी सङ्गमयुगी ब्राह्मणहरूको बुद्धिमा छ। तिमीलाई थाहा छ– भारतवर्ष फेरि सुनको बन्नुछ। यसलाई नै गोल्डेन स्प्यारो (सुनको चरी) भनिन्छ। महिमा त गर्छन् तर केवल भन्नको लागि मात्र। तिमीले त अहिले यथार्थमा पुरुषार्थ गरिरहेका छौ। जान्दछौ– बाँकी थोरै दिन छन्, त्यसैले यी सबै नर्कका दुःखका कुरा बिर्सिन्छ। तिम्रो बुद्धिमा अहिले सुखको दुनियाँ सामुन्ने खडा छ। जस्तै पहिला बेलायतबाट आउँदा सम्झन्थे– अब घर पुग्नलाई थोरै समय बाँकी छ, किनकि पहिला बेलायतबाट आउन धेरै समय लाग्थ्यो। अहिले त एरोप्लेनमा छिटै आइपुग्छन्। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– अब हाम्रा सुखका दिन आउँदैछन्, जसको लागि पुरुषार्थ गरिरहेका छौँ। बाबाले पुरुषार्थ पनि धेरै सहज बताउनुभएको छ। ड्रामा अनुसार कल्प पहिला जस्तै, यो निश्चित छ। तिमी देवता थियौ, देवताहरूका कति धेरै मन्दिरहरू बनिरहेका छन्। बच्चाहरूलाई थाहा छ– यी मन्दिर आदि बनाएर के गर्छन्! बाँकी दिन कति छन्! तिमी बच्चाहरू ज्ञानका अथोरिटी (ज्ञाता) हौ। भनिन्छ पनि– परमपिता परमात्मा सर्वशक्तिमान् अलमाइटी अथोरिटी हुनुहुन्छ। तिमी ज्ञानका अथोरिटी हौ। उनीहरू भक्तिका अथोरिटी हुन्। बाबालाई अलमाइटी अथोरिटी भनिन्छ। तिमी बच्चाहरू नम्बरवार पुरुषार्थ अनुसार बनिरहेका छौ। तिमीलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। जान्दछौ– हामीले बाबाबाट वर्सा पाउन पुरुषार्थ गरिरहेका छौँ। जो भक्तिका अथोरिटी छन्, उनीहरूले सबैलाई भक्ति नै सुनाउँछन्। तिमी ज्ञानका अथोरिटी हौ, त्यसैले ज्ञान नै सुनाउँछौ। सत्ययुगमा भक्ति हुँदै हुँदैन। पुजारी एक जना पनि हुँदैनन्, पूज्य नै पूज्य हुन्छन्। आधाकल्प पूज्य हुन्छन्, आधाकल्प पुजारी। भारतवर्षका मानिसहरूको लागि नै भनिएको हो– पूज्य थिए तब स्वर्ग थियो। अहिले भारतवर्ष पुजारी नर्क छ। तिमी बच्चाहरूले अब यथार्थमा त्यो जीवन बनाइरहेका छौ। नम्बरवार पुरुषार्थ अनुसार सबैलाई सम्झाइरहन्छौ र वृद्धि गरिरहन्छौ। ड्रामामा पहिलादेखि नै निश्चित छ। ड्रामाले तिमीलाई पुरुषार्थ गराइरहन्छ, तिमीले गरिरहन्छौ। जान्दछौ– ड्रामामा हाम्रो अविनाशी पार्ट (भूमिका) छ, दुनियाँले यी कुराहरू के जानून्। ड्रामामा हाम्रै पार्ट छ। जसले भन्छ, उसैले बुझ्छ नि– कसरी हाम्रो यस ड्रामामा पार्ट छ। यो सृष्टिचक्र घुमिरहन्छ। यो वर्ल्डको हिस्ट्री-जोग्राफी तिमीबाहेक अरू कसैलाई थाहा छैन। सबैभन्दा उच्च को हुनुहुन्छ, दुनियाँमा कसैले जान्दैनन्। ऋषिमुनि आदिले पनि भन्थे– हामीले जान्दैनौँ। नेती नेती भन्थे नि। अहिले तिमी बच्चाहरूलाई त थाहा छ– उहाँ रचयिता बाबा हुनुहुन्छ र हामीलाई पढाइरहनुभएको छ। यो पनि बाबाले पटक पटक सम्झाउनुभएको छ– यहाँ बसदा देहीअभिमानी भएर बस। एक बाबाले नै राजयोग सिकाउनुहुन्छ र वर्ल्डको हिस्ट्री-जोग्राफी सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म कुनै थट रिडर (अरूको विचार अध्ययन गर्ने) होइन, यति ठुलो दुनियाँ छ, बसेर के यिनीहरू विचार रिड गर्ने। बाबा त स्वयं भन्नुहुन्छ– म ड्रामा अनुसार आउँछु तिमीलाई पावन बनाउन। ड्रामामा मेरो जुन पार्ट छ, त्यही खेल्न आउँछु। बाँकी मैले कुनै थट रिड गर्दिनँ, बरू बताउँछु– मेरो के पार्ट छ र तिमीले के पार्ट खेलिरहेका छौ। तिमीले यो नलेज सिकेर अरूलाई सिकाइरहेका छौ। मेरो पार्ट नै हो पतितहरूलाई पावन बनाउनु। यो पनि तिमी बच्चाहरूलाई थाहा छ, तिमीले तिथि मिति आदि सबै जान्दछौ। दुनियाँमा कसैले कहाँ जान्दछन् र! तिमीलाई बाबाले सिकाइरहनुभएको छ, फेरि जब यो चक्र पूरा गर्नेछौ, तब फेरि बाबा आउनुहुनेछ। त्यस समयमा जुन सिन चल्यो, त्यो फेरि कल्पपछि चल्नेछ। एक सेकेन्ड अर्कोसँग मिल्दैन। यो नाटक घुमिरहन्छ। तिमी बच्चाहरूलाई बेहदको नाटकको बारेमा थाहा छ। तैपनि तिमी घरी घरी बिर्सन्छौ। बाबा भन्नुहुन्छ– तिमीले केवल याद गर, हाम्रो बाबा, बाबा हुनुहुन्छ, उहाँ नै टिचर हुनुहुन्छ, गुरु हुनुहुन्छ। तिम्रो बुद्धि त्यसतर्फ जानुपर्छ। आत्मा खुसी हुन्छ बाबाको महिमा सुनेर। सबैले भन्छन्– हाम्रो बाबा, बाबा हुनुहुन्छ, टिचर हुनुहुन्छ, उहाँ सच्चा नै सच्चा हुनुहुन्छ। पढाइ पनि सच्चा र पूरा छ। ती मानिसहरूको पढाइ अधुरो छ। त्यसैले तिमी बच्चाहरूको बुद्धिमा कति खुसी हुनुपर्छ। ठुलो परीक्षा पास गर्नेहरूको बुद्धिमा धेरै खुसी हुन्छ। तिमीले कति उच्च स्तरीय पढाइ पढ्छौ, त्यसैले कति अपार खुसी हुनुपर्छ। भगवान बाबा, बेहदका बाबाले हामीलाई पढाइरहनुभएको छ। तिम्रो रोमाञ्च खडा हुनुपर्छ। त्यही एपीसोड (भाग) दोहोरिइरहेको छ, तिमीबाहेक अरू कसैलाई थाहा छैन। कल्पको अवधि नै बढाइदिएका छन्। तिम्रो बुद्धिमा अब ५ हजार वर्षको सारा स्टोरी (कथा) चक्र घुमिरहन्छ, त्यसलाई नै स्वदर्शन चक्र भनिन्छ।

बच्चाहरूले भन्छन्– बाबा, तुफान धेरै आउँछन्, हामीले बिर्सन्छौँ। बाबा भन्नुहुन्छ– तिमीले कसलाई बिर्सन्छौ? बाबा जसले तिमीलाई डबल सिरताज विश्वको मालिक बनाउनुहुन्छ, उहाँलाई तिमीले कसरी बिर्सन्छौ! अरू कसैलाई बिर्संदैनौ। श्रीमती, बालबच्चा, काका, मामा, मित्र-सम्बन्धी आदि सबैको याद हुन्छ। बाँकी यो कुरा तिमीले किन बिर्सन्छौ! तिम्रो युद्ध यस यादमा छ, जति हुन सक्छ याद गर्नुछ। बच्चाहरू आफ्नो उन्नतिको लागि बिहान सबेरै उठेर बाबाको यादमा घुम्नुछ। तिमी छतमा वा बाहिर चिसो हावामा जाऊ। यहीँ आएर बस्न कुनै जरुरी छैन। बाहिर पनि जान सक्छौ, बिहानको समयमा कुनै डर आदिको कुरा हुँदैन। बाहिरै गएर पैदल हिँड। आपसमा यही कुरा गरिराख, हेरौँ कसले बाबालाई धेरै याद गर्छ, फेरि बताउनुपर्छ– कति समय मैले याद गरेँ। बाँकी समय मेरो बुद्धि कहाँ कहाँ गयो। यसलाई भनिन्छ– एकअर्कामा उन्नति गर्नु। नोट गर– कति समय बाबालाई याद गरेँ। बाबाको जुन प्राक्टिस (अभ्यास) छ, त्यो बताउनुहुन्छ। यादमा तिमी एक घण्टा पैदल हिँड्यौ भने पनि खुट्टा थाक्ने छैनन्। यादले तिम्रा कति पाप काटिनेछन्। चक्रलाई त तिमीले जान्दछौ, रातदिन तिम्रो बुद्धिमा अब यही छ– हामी अब घर जान्छौँ। त्यसैको लागि पुरुषार्थ गर्छौ। कलियुगी मानिसहरूलाई अलिकति पनि थाहा छैन– मुक्तिको लागि कति भक्ति गरिरहन्छन्। अनेक मत छन्। तिमी ब्राह्मणहरूको एउटै मत छ, जो ब्राह्मण बन्छन्, उनीहरू सबैको लागि हो श्रीमत। तिमी बाबाको श्रीमतबाट देवता बन्छौ। देवताहरूको कुनै श्रीमत हुँदैन। श्रीमत अहिले मात्रै तिमी ब्राह्मणहरूलाई मिल्छ। भगवान हुनुहुन्छ नै निराकार। जसले तिमीलाई राजयोग सिकाउनुहुन्छ, जसबाट आफ्नो राज्य-भाग्य लिएर तिमी कति उच्च विश्वको मालिक बन्छौ। भक्तिमार्गका वेद-शास्त्र आदि कति धेरै छन्। तर कामको केवल एक गीता मात्रै छ। भगवान आएर राजयोग सिकाउनुहुन्छ। त्यसलाई नै गीता भनिन्छ। अहिले तिमीले बाबासँग पढ्छौ, जसबाट स्वर्गको राज्य पाउँछौ। जसले पढ्यो, उसले लियो। ड्रामामा पार्ट छ नि। ज्ञान सुनाउने ज्ञान सागर एउटै बाबा हुनुहुन्छ। उहाँ ड्रामा प्लान अनुसार कलियुगको अन्त्य र सत्ययुगको आदिको सङ्गममा नै आउनुहुन्छ। कुनै पनि कुरामा अल्मलिनु छैन। बाबा यिनमा आएर पढाउनुहुन्छ, अरू कसैले पढाउन सक्दैन। यिनले (दादा) पनि पहिला कसैसँग पढेका हुन्थे भने अरूले पनि धेरै यिनैसँग पढेका हुन्थे। बाबा त भन्नुहुन्छ– यी गुरुहरू आदि सबैको उद्धार गर्न म आउँछु। अहिले तिमी बच्चाहरूको एम आब्जेक्ट (लक्ष्य-उद्देश्य) सामुन्ने खडा छ। हामी यस्ता बन्छौँ, यो नरबाट नारायण बन्ने सत्य कथा नै हो। यसको फेरि भक्तिमार्गमा महिमा चल्छ। भक्तिमार्गको रसमरिवाज चल्दै आएको छ। अब यो रावण राज्य पूरा हुनुछ। तिमी अहिले दशैँ आदिमा कहाँ जान्छौ र! तिमीले त सम्झाउनेछौ– यिनीहरूले के गर्छन्। यो त बेबीहरू (बच्चाहरू) को काम हो। ठुला ठुला मानिस हेर्न जान्छन्। रावणलाई कसरी जलाउँछन्, यो को हो, कसैले बताउन सक्दैन। रावणराज्य हो नि। दशैँ आदिमा कति खुसी मनाउँछन्, जसमा रावणलाई जलाउँदै आएका छन्। दुःख पनि चल्दै आएको छ, केही पनि समझ छैन। अहिले तिमीले बुझ्छौ– हामी कति बेसमझ थियौँ। रावणले बेसमझ बनाइदिन्छ। अहिले तिमीले भन्छौ– बाबा, हामी लक्ष्मी-नारायण अवश्य बन्नेछौँ। हामीले कुनै कम पुरुषार्थ कहाँ गर्छौँ र! यो एउटै स्कुल हो, पढाइ धेरै सहज छ। वृद्ध-वृद्ध माताहरूले अरू केही याद गर्न सक्दैनन् भने केवल बाबालाई याद गरून्। मुखबाट हे राम त भन्छन् नि। बाबाले यो धेरै सहज मार्ग बताउनुहुन्छ– तिमी आत्मा हौ, परमात्मा बाबालाई याद गर त्यसबाट तिम्रो बेडा पार हुनेछ। कहाँ जानेछौ? शान्तिधाम-सुखधाम। अरू सबै कुरा बिर्सिदेऊ। जे जति सुनेका छौ, पढेका छौ, त्यो सबै बिर्सेर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर तब बाबाबाट वर्सा अवश्य मिल्नेछ। बाबाको यादले नै पाप काटिन्छन्। कति सहज छ। भनिन्छ पनि– भृकुटीको बीचमा चम्कन्छ सितारा। आत्मा अवश्य त्यति सानो होला नि। डक्टरहरूले आत्मालाई देख्ने धेरै कोसिस गर्छन्। तर त्यो धेरै सूक्ष्म छ। हठ आदिबाट कसैले देख्न सक्दैन। बाबा पनि त्यस्तै बिन्दु हुनुहुन्छ। भन्नुहुन्छ– जसरी तिमी साधारण छौ, म पनि साधारण बनेर तिमीलाई पढाउँछु। कसलाई के थाहा– यिनीहरूलाई भगवानले कसरी पढाउनुहुन्छ होला। श्रीकृष्णले पढाउँथे भने सारा अमेरिका, जापान आदि सबैतिरबाट आउँथे। उनमा यति आकर्षण छ। श्रीकृष्णसँग प्रेम त सबैको छ नि। अहिले त तिमी बच्चाहरूले जान्दछौ– हामी नै श्रीकृष्ण बनिरहेका छौँ। श्रीकृष्ण प्रिन्स हुन्, उनलाई गोदमा लिन चाहन्छौ भने पुरुषार्थ गर्नुपर्छ, कुनै ठुलो कुरा होइन। बाबाले आफ्ना बच्चाहरूलाई स्वर्गको प्रिन्स, विश्वको मालिक बनाउनको लागि पढाउनुहुन्छ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पढाइको सार हो– दुनियाँका सबै कुरालाई छोडिदेऊ। यस्तो कहिल्यै नसम्झ– हामीसँग करोडौँ छ, लाखौँ छ। केही पनि हातमा आउनेछैन, त्यसैले राम्रोसँग पुरुषार्थ गर। बाबाको पासमा आउँछन् तब बाबाले गुनासो गर्नुहुन्छ, ८ महिनादेखि ज्ञानमा आएका छौ र बाबा जसबाट स्वर्गको बादसाही मिल्छ, उहाँसँग यति समयसम्म भेट्न पनि आउँदैनौ। भन्छन्– बाबा, फलानो काम थियो। अरे, तिमी मरेका भए फेरि यहाँ कसरी आउँथ्यौ! यी बहाना कहाँ चल्न सक्छन् र! बाबाले राजयोग सिकाइरहनुभएको छ तर तिमीले सिक्दैनौ! जसले धेरै भक्ति गरेको होला, उसलाई ७ दिन त के, एक सेकेन्डमा पनि तीर लाग्न सक्छ। सेकेन्डमा विश्वको मालिक बन्न सक्छौ। यिनी स्वयं अनुभवी बसेका छन्, विनाश देखेँ, चतुर्भुज रूप देखेँ, बस् बुझ्न थालेँ– ओहो, म विश्वको मालिक बन्छु। साक्षात्कार भयो, उमङ्ग आयो र सबै कुरा छोडिदिएँ। यहाँ तिमी बच्चाहरूलाई थाहा भयो– बाबा आउनुभएको छ, विश्वको बादसाही दिन। बाबा सोध्नुहुन्छ– निश्चय कहिले भयो? भन्छन्– ८ महिना। बाबाले सम्झाउनुभएको छ– मूल कुरा हो याद र ज्ञान। बाँकी साक्षात्कार त कुनै कामको छैन। बाबालाई चिन्यौ भने फेरि पढ्न सुरु गर, तब तिमी पनि यस्तो बन्नेछौ। प्वाइन्टहरू मिल्छन्, जुन कसैलाई पनि सम्झाउन सक्छौ। धेरै मिठासले सम्झाऊ। शिवबाबा जो पतित-पावन हुनुहुन्छ, उहाँले भन्नुहुन्छ– मलाई याद गर तब पावन बनेर पावन दुनियाँको मालिक बन्नेछौ। युक्तिले सम्झाउनुछ। तिमीले चाहन्छौ नि– गड फादरले मुक्त गरेर स्वीट होम (शान्तिधाम) फिर्ता लगिदिए हुन्थ्यो। ठीक छ, अब तिमीमाथि जुन कट (खिया) लागेको छ, त्यसको लागि बाबा भन्नुहुन्छ– मलाई याद गर। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बिहान सबेरै उठेर पैदल हिँड्दै बाबालाई याद गर्नुछ, आपसमा यही मीठो रुहरिहान गर्नुछ– हेरौँ कसले कति समय बाबालाई याद गर्छ, फेरि आफ्नो अनुभव सुनाउनुछ।

२) बाबालाई चिनेपछि फेरि कुनै बहाना गर्नुछैन, पढाइमा लाग्नुछ, मुरली कहिल्यै मिस गर्नुछैन।

वरदान:–
सबैका गुण हेर्दै स्वयंमा बाबाका गुणहरूलाई धारण गर्ने गुणमूर्त भव

सङ्गमयुगमा जुन बच्चाहरूले गुणहरूको माला धारण गर्छन्, उनीहरू नै विजय मालामा आउँछन्। त्यसैले होलीहंस बनेर सबैका गुणहरूलाई हेर र एक बाबाका गुणहरूलाई स्वयंमा धारण गर, यो गुणमाला सबैको गलामा परेको हुनुपर्छ। जसले जति बाबाका गुणहरू स्वयंमा धारण गर्छन्, उनको गलामा त्यति ठुलो माला पर्छ। गुणमालालाई जप गर्नाले स्वयं पनि गुणमूर्त बनिन्छ। यसैको यादगारमा देवताहरू र शक्तिहरूको गलामा माला देखाइन्छ।

स्लोगन:–
साक्षीपनको स्थिति नै यथार्थ निर्णयको तख्त हो।