09.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
आउनुभएको छ तिमीलाई ज्ञान रत्न दिन , बाबाले तिमीलाई जे पनि सुनाउनुहुन्छ र
सम्झाउनुहुन्छ त्यो ज्ञान हो , ज्ञान रत्न ज्ञान सागर बाहेक अरू कसैले दिन सक्दैन।”
प्रश्न:–
आत्माको मूल्य
कम हुनुको मुख्य कारण के हो?
उत्तर:–
मूल्य कम
हुन्छ खाद (अलाय) मिसिनाले। जसरी सुनमा खाद मिसाएर गहना बनाउँदा त्यसको मूल्य कम
हुन्छ। त्यसैगरी आत्मा जुन सच्चा सुन हो, त्यसमा अपवित्रताको खाद मिसिए पछि मूल्य
कम हुन्छ। यस समयमा तमोप्रधान आत्माको कुनै मूल्य छैन। शरीरको पनि कुनै मूल्य छैन।
अहिले तिम्रो आत्मा र शरीर दुवै बाबाको यादद्वारा मूल्यवान बनिरहेका छन्।
गीत:–
यह कौन आज आया
सवेरे-सवेरे...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूप्रति बाबा बसेर सम्झाउनुहुन्छ र यादका युक्तिहरू पनि बताइरहनुभएको
छ। बच्चाहरू बसेका छन्, बच्चाहरूको मनभित्र छ– शिव भोलेबाबा आउनुभएको छ। मानौँ आधा
घण्टा शान्तमा बसिदिनुभयो, बोल्नु भएन भने तिम्रो भित्र आत्माले शिवबाबा केही
बोल्नुभए हुन्थ्यो भन्छ। थाहा छ शिवबाबा विराजमान हुनुहुन्छ, तर बोल्नुहुन्न। यो पनि
तिम्रो यादको यात्रा हो नि। बुद्धिमा शिवबाबा नै याद हुन्छ। मनमनै सम्झन्छौ– बाबा
केही बोल्नुभए हुन्थ्यो, ज्ञान रत्न दिनुभए हुन्थ्यो। बाबा आउनु नै हुन्छ तिमी
बच्चाहरूलाई ज्ञान रत्न दिन। उहाँ ज्ञानको सागर हुनुहुन्छ नि। भन्नुहुन्छ– प्यारा
बच्चाहरू! देहीअभिमानी भएर रहने गर। बाबालाई याद गर। यो भयो ज्ञान। बाबा भन्नुहुन्छ–
यो ड्रामाको चक्र, सिँढी र बाबालाई याद गर– यो पनि भयो ज्ञान। बाबाले जे जति
सम्झाउनुहुन्छ त्यसलाई ज्ञान भनिन्छ। यादको यात्रामा पनि सम्झाइरहनुहुन्छ। यी सबै
ज्ञान रत्न हुन्। जुन यादका कुरा सम्झाउनुहुन्छ, यी रत्न धेरै राम्रा छन्। बाबा
भन्नुहुन्छ– आफ्नो ८४ जन्मलाई याद गर। तिमी पवित्र आएका थियौ फेरि पवित्र भएरै
जानुछ। कर्मातीत अवस्थामा जानुछ र बाबाबाट पुरै वर्सा लिनुछ। त्यो तब मिल्छ, जब
आत्मा यादको बलले सतोप्रधान बन्छ। यो शब्द धेरै मूल्यवान छ, नोट गर्नुपर्छ। आत्मामा
नै धारणा हुन्छ। यी शरीर त अङ्गहरूबाट बनेका हुन् जुन विनाश हुन्छन्। संस्कार राम्रा
वा नराम्रा आत्मामा भरिन्छन्। बाबामा पनि संस्कार भरिएका छन्– सृष्टिको
आदि-मध्य-अन्त्यको ज्ञानको, त्यसैले उहाँलाई ज्ञानका सागर भनिन्छ। बाबाले लेखेर
सम्झाउनुहुन्छ– ८४ को चक्र एकदमै सहज छ। अहिले ८४ को चक्र पूरा भएको छ। अब हामी
फर्केर बाबाको पासमा जानुछ। मैलो आत्मा त त्यहाँ जान सक्दैन। तिम्रो आत्मा पवित्र
भएपछि फेरि यो शरीर छुट्छ। पवित्र शरीर त यहाँ मिल्न सक्दैन। यो पुरानो जुत्ता हो,
यसबाट वैराग्य आउँदै गइरहेको छ। आत्मा पवित्र बनेर फेरि भविष्यमा हामीले पवित्र
शरीर लिनुछ। सत्ययुगमा हामी आत्मा र शरीर दुवै पवित्र थियौँ। यस समयमा तिम्रो आत्मा
अपवित्र बनेको छ र शरीर पनि अपवित्र छ। जस्तो सुन त्यस्तै गहना। सरकारले पनि भन्छ–
सस्तो सुनको गहना लगाऊ। त्यसको भाउ कम छ। अहिले तिम्रो आत्माको पनि मूल्य कम छ।
त्यहाँ तिम्रो आत्माको कति मूल्य हुन्छ। सतोप्रधान हुन्छ नि। अहिले तमोप्रधान छ।
खाद मिसिएको छ, कुनै कामको छैन। त्यहाँ आत्मा पवित्र हुन्छ, त्यसैले धेरै मूल्य
हुन्छ। अहिले ९ क्यारेट बनेको छ र कुनै मूल्य छैन। त्यसैले बाबा भन्नुहुन्छ–
आत्मालाई पवित्र बनाऊ अनि फेरि शरीर पनि पवित्र मिल्छ। यो ज्ञान अरू कसैले दिन
सक्दैन।
बाबाले नै भन्नुहुन्छ–
म एकलाई याद गर। श्रीकृष्णले कसरी भन्नुहुन्छ। उहाँ त देहधारी हुनुहुन्छ नि। बाबा
भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। कुनै देहधारीलाई याद नगर। अहिले
तिमीले बुझेका छौ भने फेरि सम्झाउनुछ। शिवबाबा निराकार हुनुहुन्छ, उहाँको अलौकिक
जन्म हुन्छ। तिमी बच्चाहरूलाई पनि अलौकिक जन्म दिनुहुन्छ। अलौकिक बाबा, अलौकिक बच्चा।
लौकिक, पारलौकिक र अलौकिक भनिन्छ। तिमी बच्चाहरूलाई अलौकिक जन्म मिल्छ। बाबाले
तिमीलाई एडप्ट गरेर वर्सा दिनुहुन्छ। तिमीलाई थाहा छ– हामी ब्राह्मणहरूको पनि
अलौकिक जन्म हो। अलौकिक बाबाबाट अलौकिक वर्सा मिल्छ। ब्रह्माकुमार-कुमारीहरू बाहेक
अरू कोही स्वर्गको मालिक बन्न सक्दैन। मानिसहरूले केही पनि बुझ्दैनन्। तिमीलाई
बाबाले कति सम्झाउनुहुन्छ। आत्मा जुन अपवित्र बनेको छ त्यो याद बाहेक अरूले पवित्र
बन्न सक्दैन। यादमा रहेनौ भने खाद रहिरहन्छ। पवित्र बन्न सक्दैनौ, फेरि सजायँ
भोग्नुपर्छ। सारा दुनियाँका मनुष्य आत्माहरूलाई पवित्र बनेर फर्केर जानुछ। शरीर त
जाँदैन। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झन कति मुस्किल हुन्छ। कामधन्दा आदिमा
त्यो अवस्था कहाँ हुन्छ र। बाबा भन्नुहुन्छ– ठीक छ, आफूलाई आत्मा सम्झँदैनौ भने
शिवबाबालाई याद गर। कामधन्दा आदि गर्दा यही मेहनत गर– मैले यो शरीरद्वारा काम गर्छु।
म आत्मा नै शिवबाबालाई याद गर्छु। आत्मा नै पहिला सुरुमा पवित्र थियो, अब फेरि
पवित्र बन्नुछ। यसमा छ मेहनत। यसमा धेरै जबरजस्त कमाइ छ। यहाँ जति पनि धनवान छन्,
उनीहरूसँग अरब-खरब छन् तर त्यो सुख छैन। सबैको शिरमा दु:ख छ। ठुला ठुला राजाहरू,
राष्ट्रपति आदि आज छन्, भोलि उनीहरूलाई मारिदिन्छन्। बेलायतमा के के भइरहन्छ।
धनवानहरूलाई, राजाहरूलाई त कठिनाइ हुन्छ। यहाँ पनि जुन राजाहरू थिए उनीहरू प्रजा
बनेका छन्। राजाहरूमाथि फेरि प्रजाको राज्य भएको छ। ड्रामामा यस्तै निश्चित छ।
अन्त्यमा नै यो हाल हुन्छ। धेरै आपसमा लडिरहन्छन्। तिमीलाई थाहा छ– कल्प पहिला पनि
यस्तै भएको थियो। तिमी गुप्त भेषमा दिलो ज्यान र धेरै नै प्रेमले आफ्नो गुमाएको
राज्य लिन्छौ। तिमीलाई पहिचान मिलेको छ– हामी त मालिक थियौँ, सूर्यवंशी देवता थियौँ।
अहिले फेरि त्यस्तै बन्नको लागि पुरुषार्थ गरिरहेका छौ किनकि यहाँ तिमीले सत्य
नारायणको कथा सुनिरहेका छौ नि। बाबाद्वारा हामी नरबाट नारायण कसरी बन्ने? बाबा आएर
राजयोग सिकाउनुहुन्छ। भक्तिमार्गमा यो कसैले सिकाउन सक्दैन। कुनै पनि मनुष्यलाई बाबा,
टिचर, गुरु भनिँदैन। भक्तिमा कति पुराना कहानीहरू बसेर सुनाउँछन्। अब तिमी
बच्चाहरूले २१ जन्म विश्राम लिनको लागि पावन त अवश्य बन्नुपर्छ।
बाबा भन्नुहुन्छ–
आफूलाई आत्मा सम्झ। आधाकल्प त ड्रामा अनुसार देह अभिमानी भएर रह्यौ अब देहीअभिमानी
बन्नुछ। ड्रामा अनुसार अब पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ बनाउनुछ। दुनियाँ त
एउटै हो। पुरानो दुनियाँबाट फेरि नयाँ बन्छ। नयाँ दुनियाँमा नयाँ भारतवर्ष थियो,
त्यसमा देवी-देवता थिए, जान्दछौ राजधानी पनि जमुनाको किनारमा थियो, जसलाई परिस्तान
पनि भनिन्थ्यो। त्यहाँ स्वभाविक सुन्दरता हुन्छ। आत्मा पवित्र बन्छ र पवित्र
आत्मालाई शरीर पनि पवित्र मिल्छ। बाबा भन्नुहुन्छ– म आएर तिमीलाई सुन्दर देवी-देवता
बनाउँछु। तिमी बच्चाहरूले आफ्नो जाँच गरिराख– कतै ममा कुनै अवगुण त छैन? म बाबाको
यादमा रहन्छु? पढाइ पनि पढ्नुछ। यो हो धेरै ठुलो पढाइ। एउटै पढाइ हो, त्यो पढाइमा त
कति किताब आदि पढ्छन्। यो पढाइ हो उच्चभन्दा उच्च, पढाउनेवाला पनि हुनुहुन्छ
उच्चभन्दा उच्च शिवबाबा। यस्तो होइन कि शिवबाबा कुनै यो दुनियाँको मालिक हुनुहुन्छ।
विश्वको मालिक त तिमी बन्छौ नि। तिमीलाई कति नयाँ नयाँ गुह्य कुरा सुनाइरहनुहुन्छ।
मानिसहरूले सम्झन्छन्– परमात्मा सृष्टिको मालिक हुनुहुन्छ। बाबा सम्झाउनुहुन्छ–
मीठा-प्यारा बच्चाहरू! म यस सृष्टिको मालिक होइन। तिमी मालिक बन्छौ र फेरि राज्य
गुमाउँछौ। फेरि बाबा आएर विश्वको मालिक बनाउनुहुन्छ। विश्व यसैलाई भनिन्छ। मूलवतन
वा सूक्ष्मवतनको कुरा होइन। मूलवतनबाट तिमी यहाँ आएर ८४ जन्मको चक्कर लगाउँछौ। फेरि
बाबालाई आउनुपर्छ। अहिले फेरि तिमीलाई पुरुषार्थ गराउँछु– त्यो प्रारब्ध पाउनको लागि,
जुन तिमीले गुमाएका छौ। यो त हार र जितको खेल हो नि। यो रावण राज्य खतम हुनुछ।
बाबाले कति सहज रीतिले सम्झाउनुहुन्छ। बाबा स्वयं बसेर पढाउनुहुन्छ। त्यहाँ त
मनुष्यले मनुष्यलाई पढाउँछन्। हौ त तिमी पनि मनुष्य तर बाबाले तिमी आत्माहरूलाई
बसेर पढाउनुहुन्छ। पढाइको संस्कार आत्मामा नै हुन्छ। अहिले तिमी ज्ञानले धेरै भरपुर
छौ, त्यो सबै हो भक्तिको ज्ञान। यो ज्ञान कमाइको लागि पनि हो। शास्त्रहरूको पनि
ज्ञान हुन्छ। यो हो रुहानी ज्ञान। तिमी रुहलाई रुहानी बाबाले बसेर ज्ञान
सुनाउनुहुन्छ। ५ हजार वर्ष पहिला पनि तिमीले सुनेका थियौ। सारा मनुष्य सृष्टिभरिमा
यस्तो कहिल्यै कसैले पढाउँदैन होला। कसैलाई पनि थाहा छैन, ईश्वरले कसरी पढाउनुहुन्छ?
तिमी बच्चाहरूलाई थाहा
छ– अहिले यो पढाइबाट राज्य स्थापना भइरहेको छ। जसले राम्रोसँग पढ्छन् र श्रीमतमा
चल्छन् उनीहरू सर्वोच्च बन्छन् र जसले बाबाको निन्दा गराउँछन्, हात छोडेर जान्छन्,
उनीहरूले प्रजामा धेरै सानो पद पाउँछन्। बाबाले त एउटै पढाइ पढाउनुहुन्छ। पढाइमा कति
मार्जिन छ। देवी-देवताको राज्य थियो नि। एउटै बाबा हुनुहुन्छ जो यहाँ आएर राज्य
स्थापना गर्नुहुन्छ। बाँकी यी सबै विनाश हुनुछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू!
अब छिटो तयारी गर। लापरबाहीमा समय खेर नफाल। याद गर्दैनौ भने सबैभन्दा मूल्यवान समय
नोक्सान हुन्छ। ठीकै छ, शरीर निर्वाह अर्थ कामधन्दा आदि गर तर पनि हात काममा, मन
यार (बाबा) मा। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमीलाई राज्य भाग्य मिल्छ।
खुदा दोस्तको कहानी पनि सुनेका छौ नि। अल्लाह अवलदीनको पनि नाटक देखाउँछन्। ताली (ठका)
बजाएपछि खजाना निस्कियो। अहिले तिमी बच्चाहरूलाई थाहा छ– अल्लाहले तिमीलाई ताली
बजाएपछि के बाट के बनाउनुहुन्छ। तुरुन्तै दिव्य दृष्टिद्वारा वैकुण्ठ जान्छौ। पहिला
बच्चाहरू आपसमा मिलेर बस्थे, फेरि आफै ध्यानमा जान्थे। फेरि जादु भनिदिन्थे। त्यसैले
त्यो बन्द गरियो। यी सबै कुरा हुन् यस समयका। हातमताईको पनि कहानी छ। मुखमा मुहलरा
(सिक्का) हाल्दा माया हराउँथ्यो। मुहलरा निकाल्दा माया आउँथ्यो। रहस्य त कसैले
बुझ्न सक्दैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, मुखमा मुहलरा हालिदेऊ। तिमी
शान्तिका सागर हौ, आत्मा शान्तिमा आफ्नो स्वधर्ममा हुन्छ। सत्ययुगमा पनि थाहा हुन्छ–
हामी आत्मा हौँ। बाँकी परमात्मा बाबालाई कसैले पनि चिन्दैनन्। कहिल्यै कसैले सोध्यो
भने भन– त्यहाँ विकारको नाम हुँदैन। हो नै पवित्र दुनियाँ। ५ विकार त्यहाँ हुँदैनन्।
देह अभिमान नै हुँदैन। मायाको राज्यमा देह अभिमानी बन्छन्, त्यहाँ हुन्छन् नै
मोहजीत। यो पुरानो दुनियाँबाट नष्टोमोहा हुनुछ। वैराग्य त उनीहरूलाई आउँछ जसले
घरबार छोड्छन्। तिमीले त घरबार छोड्नुछैन। बाबाको यादमा रहेर यो पुरानो शरीर छोडेर
जानुछ। सबैको हिसाबकिताब चुक्ता हुनुछ। फेरि गइन्छ घर। यो कल्प कल्प हुन्छ। तिम्रो
बुद्धि अहिले टाढा टाढा माथिसम्म जान्छ, उनीहरूले हेर्छन्– कहाँसम्म सागर छ?
सूर्य-चन्द्रमामा के छ? पहिला सम्झन्थे– यी देवता हुन्। तिमीले भन्छौ– यी त
रङ्गमञ्च बत्तीहरू हुन्। यहाँ खेल हुन्छ। त्यसैले यी बत्तीहरू पनि यहाँ छन्। मूलवतन,
सूक्ष्मवतनमा यी हुँदैनन्। त्यहाँ खेल नै हुँदैन। यो अनादि खेल चलिरहन्छ। चक्र
घुमिरहन्छ, प्रलय हुँदैन। भारतवर्ष त अविनाशी खण्ड हो, यसमा मनुष्य रहिरहन्छन्,
जलमय हुँदैन। पशु पन्क्षी आदि जे जति छन्, ती सबै हुन्छन्। बाँकी जति पनि खण्ड छन्,
ती सत्ययुग-त्रेतामा हुँदैनन्। तिमीले दिव्य दृष्टिद्वारा जे जति देखेका छौ, त्यो
फेरि यथार्थमा देख्नेछौ। यथार्थमा तिमीले वैकुण्ठमा गएर राज्य गर्नेछौ। जसको लागि
पुरुषार्थ गरिरहन्छौ, फेरि पनि बाबा भन्नुहुन्छ– यादको लागि धेरै मेहनत छ। मायाले
याद गर्न दिँदैन। धेरै प्यारले बाबालाई याद गर्नुछ। अज्ञानकालमा पनि प्यारले बाबाको
महिमा गर्छन्। हाम्रा फलाना यस्ता हुनुहुन्थ्यो, फलाना पदका हुनुहुन्थ्यो। अहिले
तिम्रो बुद्धिमा सारा सृष्टि चक्र बसेको छ। सबै धर्मको ज्ञान छ। जसरी त्यहाँ
रुहहरूको वंशावली छ, यहाँ फेरि मनुष्य सृष्टिको वंशावली छ। आदि पिता (ग्रेट ग्रेट
ग्र्याण्ड फादर) ब्रह्मा हुनुहुन्छ। फेरि छ तिम्रो वंशावली। सृष्टि त चलिरहन्छ नि।
बाबा सम्झाउनुहुन्छ–
प्यारा बच्चाहरू, नरबाट नारायण बन्नुछ भने तिम्रो जे भनाइ छ, त्यही गराइ होस्। पहिला
आफ्नो अवस्थालाई हेर्नुछ। बाबा, हामीले त हजुरबाट पुरै वर्सा लिएरै छोड्छौँ,
त्यसोभए त्यो चालचलन पनि चाहिन्छ। यो एउटै पढाइ हो, नरबाट नारायण बन्ने। यो तिमीलाई
बाबाले नै पढाउनुहुन्छ। राजाहरूको राजा तिमी नै बन्छौ, अरू कुनै खण्डमा हुँदैनन्।
तिमी पवित्र राजा बन्छौ, फेरि बिना लाइटवाला अपवित्र राजाहरूले पवित्र राजाहरूको
मन्दिर बनाएर पूजा गर्छन्। अहिले तिमीले पढिरहेका छौ। विद्यार्थीले टिचरलाई किन
भुल्छन्! भन्छन्– बाबा, मायाले भुलाउँछ। दोष फेरि मायामाथि लगाइदिन्छन्। अरे, याद त
तिमीले गर्नुछ। मुख्य टिचर एउटै हुनुहुन्छ, बाँकी अरू सबै हुन् नायब टिचरहरू।
बाबालाई भुल्छौ, ठीक छ टिचरलाई याद गर। तिमीलाई ३ अवसर दिइन्छ। एउटालाई भुल्यौ भने
अर्कोलाई याद गर। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाबाट पुरै वर्सा लिनको लागि जे भनाइ छ, त्यही गराइ हुनुपर्छ, यसको पुरुषार्थ
गर्नुछ। मोहजीत बन्नुछ।
२) सदैव याद रहोस्–
हामी शान्तिका सागरका बच्चा हौँ, हामीलाई शान्तिमा रहनुछ। मुखमा मुलहरा राख्नुछ।
लापरबाहीमा आफ्नो समय खेर फाल्नुछैन।
वरदान:–
सङ्गठनरूपी
किल्लालाई मजबुत बनाउने सर्वका स्नेही , सन्तुष्ट आत्मा भव
सङ्गठनको शक्ति विशेष
शक्ति हो। एकमत सङ्गठनको किल्लालाई कसैले पनि हल्लाउन सक्दैन। तर यसको आधार हो–
एकअर्काको स्नेही बनेर सर्वलाई आदर गर्नु र स्वयं सन्तुष्ट रहेर सर्वलाई सन्तुष्ट
पार्नु। न कोही अशान्त होस् न कसैले अशान्त पारोस्। सबैले एकअर्कालाई शुभभावना र
शुभकामनाको सहयोग दिइरहेमा यो सङ्गठनको किल्ला मजबुत हुन्छ। सङ्गठनको शक्ति नै
विजयको विशेष आधार स्वरूप हो।
स्लोगन:–
जब हर कर्म
यथार्थ र युक्तियुक्त हुन्छ तब भनिन्छ पवित्र आत्मा।