09.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यो पुरुषोत्तम सङ्गमयुग कल्याणकारी युग हो , यसमा नै पढाइबाट तिमी श्रीकृष्णपुरीको मालिक बन्नुछ ।”

प्रश्न:–
बाबाले माताहरूमाथि ज्ञानको कलश किन राख्नुहुन्छ? कुन एउटा रीतिरिवाज भारतवर्षमा नै चल्छ?

उत्तर:–
पवित्रताको राखी बाँधेर सबैलाई पतितबाट पावन बनाउनको लागि बाबाले माताहरूमाथि ज्ञानको कलश राख्नुहुन्छ। रक्षाबन्धनको रीतिरिवाज पनि भारतवर्षमा नै छ। दिदी-बहिनीले दाजु-भाइलाई राखी बाँध्छन्। यो पवित्रताको निसानी हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले म एकलाई याद गरेमा पावन बनेर पावन दुनियाँको मालिक बन्छौ।

गीत:–
भोलेनाथ से निराला...

ओम् शान्ति ।
यो भोलेनाथको महिमा हो, जसको लागि भनिन्छ– उहाँ दाता हुनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– श्री लक्ष्मी-नारायणलाई यो राज्य-भाग्य कसले दिनुभयो! अवश्य भगवानले दिनुभयो होला किनकि स्वर्गको स्थापना त उहाँले नै गर्नुहुन्छ। स्वर्गको बादसाही भोलेनाथले जसरी लक्ष्मी-नारायणलाई दिनुभयो, त्यसैगरी श्रीकृष्णलाई पनि दिनुभयो। राधे-कृष्ण अथवा लक्ष्मी-नारायणको कुरा त एउटै हो। तर उनीहरूको राजधानी हुँदैन। उनीहरूलाई परमपिता परमात्मा बाहेक अरू कसैले राज्य दिन सक्दैन। उनीहरूको जन्म स्वर्गमा नै हुन्छ भनिन्छ। यो कुरा तिमी बच्चाहरूलाई मात्र थाहा छ। तिमी बच्चाहरूले नै जन्माष्टमीमा यी कुरा सम्झाउँछौ। श्रीकृष्णको जन्माष्टमी हो भने राधेको पनि हुनुपर्छ किनकि दुवै स्वर्गका निवासी थिए। राधे-कृष्ण नै स्वयंवरपछि लक्ष्मी-नारायण बन्छन्। मुख्य कुरा हो– उनीहरूलाई यो राज्य कसले दिनुभयो? यो राजयोग कहिले र कसले सिकाउनुभयो? स्वर्गमा त सिकाएनन् होला। सत्ययुगमा त उनीहरू हुन्छन् नै उत्तम पुरुष । कलियुगपछि सत्ययुग हुन्छ। त्यसैले त अवश्य कलियुगको अन्त्यमा राजयोग सिके होलान्। जसबाट फेरि नयाँ जन्ममा राज्य भाग्य प्राप्त गरे। पुरानो दुनियाँबाट नयाँ पावन दुनियाँ बन्छ। अवश्य पतित-पावन नै आउनुभयो होला। अहिले सङ्गमयुगमा कुन धर्म हुन्छ, यो कसैलाई पनि थाहा छैन। पुरानो दुनियाँ र नयाँ दुनियाँको यो पुरुषोत्तम सङ्गमयुग हो, जसको गायन गरिएको छ। यी लक्ष्मी-नारायण नयाँ दुनियाँका मालिक हुन्। यिनीहरूको आत्मालाई अघिल्लो जन्ममा परमपिता परमात्माले राजयोग सिकाउनुभएको थियो। जुन पुरुषार्थको प्रारब्ध फेरि नयाँ जन्ममा मिल्छ, यसको नाम नै हो कल्याणकारी पुरुषोत्तम सङ्गमयुग। अवश्य धेरै जन्महरूको अन्त्यको जन्ममा नै यिनीहरूलाई कसैले राजयोग सिकाउनु भयो होला। कलियुगमा अनेक धर्म छन्, सत्ययुगमा एक देवी-देवता धर्म थियो। सङ्गममा कुन धर्म हुन्छ, जसबाट उनीहरूले पुरुषार्थ गरेर राजयोग सिकेर सत्ययुगमा प्रारब्ध भोगे! बुझिन्छ– सङ्गमयुगमा ब्रह्माद्वारा ब्राह्मण नै पैदा भए। चित्रमा पनि छ– ब्रह्माद्वारा स्थापना, कृष्णपुरीको। विष्णु अथवा नारायणपुरी भन, कुरा त एउटै हो। अहिले तिमीलाई थाहा छ– हामी कृष्णपुरीको मालिक बन्छौँ, यो पढाइबाट र पावन बनेपछि। शिव भगवानुवाच हो नि। श्रीकृष्णको आत्मा नै धेरै जन्महरूको अन्त्यको जन्ममा फेरि यी ब्रह्मा बन्छ। ८४ जन्म लिन्छन् नि। यो ८४ औँ जन्म हो, यिनको नै फेरि ब्रह्मा नाम राख्छन्। नत्र फेरि ब्रह्मा कहाँबाट आए! ईश्वरले रचना रच्नुभयो भने ब्रह्मा-विष्णु-शङ्कर कहाँबाट आए! कसरी रच्नुभयो? के छु मन्तर गर्नुभयो जसबाट पैदा भए! बाबाले नै उनीहरूको हिस्ट्री बताउनुहुन्छ। एडप्ट गरिन्छ र नाम परिवर्तन हुन्छ। ब्रह्मा नाम त थिएन नि। भन्नुहुन्छ– धेरै जन्महरूको अन्त्यमा... तब अवश्य पतित मनुष्य भए। ब्रह्मा कहाँबाट आए, कसैलाई पनि थाहा छैन। धेरै जन्महरूको अन्त्यको जन्म कसको भयो? त्यो त लक्ष्मी-नारायणले नै धेरै जन्म लिएका छन्। नाम, रूप, देश, काल परिवर्तन हुँदै जान्छ। श्रीकृष्णको चित्रमा ८४ जन्महरूको कथा क्लियर लेखिएको छ। जन्माष्टमीमा श्रीकृष्णका चित्र पनि धेरै बिक्छन् होला किनकि श्रीकृष्णको मन्दिरमा त सबै जान्छन् नि। राधे-कृष्णको मन्दिरमा नै जान्छन्। श्रीकृष्णसँग राधे अवश्य हुन्छिन्। राधे-कृष्ण, प्रिन्स-प्रिन्सेस नै लक्ष्मी-नारायण महाराजा-महारानी बन्छन्। उनीहरूले नै ८४ जन्म लिए, फेरि अन्त्यको जन्ममा ब्रह्मा-सरस्वती बने। धेरै जन्महरूको अन्त्यमा बाबाले प्रवेश गर्नुभयो। र, यिनलाई नै भन्नुहुन्छ– तिमीले आफ्नो जन्महरूलाई जान्दैनौ। तिमी पहिलो जन्ममा लक्ष्मी-नारायण थियौ। फेरि यो जन्म लिए, उनीहरूले अर्जुनको नाम भनिदिएका छन्। अर्जुनलाई राजयोग सिकाउनुभयो। अर्जुनलाई छुट्टै हुन् भनिदिएका छन्। तर उनको नाम अर्जुन होइन। ब्रह्माको जीवन चरित्र हुनुपर्छ नि। तर ब्रह्मा र ब्राह्मणहरूको वर्णन कतै पनि छैन। यी कुरा बाबाले नै बसेर सम्झाउनुहुन्छ। सबै बच्चाहरूले सुन्छन्, फेरि बच्चाहरूले अरूलाई सम्झाउँछन्। कथा सुनेर फेरि बसेर अरूलाई सुनाउँछन्। तिमीले पनि सुन्छौ, फेरि सुनाउँछौ। यो पुरुषोत्तम सङ्गमयुग हो, लिप युग। एक्स्ट्रा युग। पुरुषोत्तम महिना पर्यो भने एक वर्षमा १३ महिना हुन्छन्। यो सङ्गमयुगका चाडपर्वहरू नै हरेक वर्ष मनाउँछन्। यो पुरुषोत्तम सङ्गमयुगको विषयमा कसैलाई थाहा छैन। यो सङ्गमयुगमा नै बाबा आएर पवित्र बन्ने प्रतिज्ञा गराउनुहुन्छ। पतित दुनियाँबाट पावन दुनियाँको स्थापना गर्नुहुन्छ। रक्षाबन्धनको रीतिरिवाज पनि भारतवर्षमा नै छ। बहिनीले भाइलाई राखी बाँध्छन्। तर ती कुमारी पनि फेरि अपवित्र बन्छन्। अहिले बाबाले तिमी माताहरूमाथि ज्ञानको कलश राख्नुभएको छ। जुन ब्रह्माकुमार-ब्रह्माकुमारीहरू बसेर पवित्रताको प्रतिज्ञा गराउन राखी बाँध्छन्। बाबा भन्नुहुन्छ– म एकलाई याद गर, तब तिमी पावन बनेर पावन दुनियाँको मालिक बन्छौ। बाँकी कुनै राखी आदि बाँध्ने दरकार छैन। यो सम्झाइन्छ। जस्तै साधु-संन्यासीहरूले दान माग्छन्। कसैले भन्छन्– क्रोधको दान देऊ, कसैले भन्छन्– प्याज नखाऊ। जसले आफै खाँदैनन् होला, उनीहरूले दान लिन्छन् होला। यो सबैभन्दा भारी प्रतिज्ञा त बेहदका बाबाले गराउनुहुन्छ। तिमी पावन बन्न चाहन्छौ भने पतित-पावन बाबालाई याद गर। द्वापरदेखि लिएर तिमी पतित बन्दै आएका छौ, अब सारा दुनियाँ पावन हुनुपर्छ, त्यो त बाबाले नै बनाउन सक्नुहुन्छ। सर्वको गति सद्गतिदाता कुनै मनुष्य हुन सक्दैन। बाबाले नै पावन बन्ने प्रतिज्ञा गराउनुहुन्छ। भारतवर्ष पावन स्वर्ग थियो नि। पतित-पावन उहाँ परमपिता परमात्मा नै हुनुहुन्छ। श्रीकृष्णलाई पतित-पावन भनिँदैन। उहाँको त जन्म हुन्छ। उहाँका त आमा-बुबा पनि देखाउँछन्। एक शिवको नै अलौकिक जन्म हुन्छ। उहाँ स्वयंले नै आफ्नो परिचय दिनुहुन्छ– म साधारण तनमा प्रवेश गर्छु। शरीरको आधार अवश्य लिनुपर्छ। म ज्ञानको सागर, पतित-पावन, राजयोग सिकाउनेवाला हुँ। बाबा नै स्वर्गको रचयिता हुनुहुन्छ र नर्कको विनाश गराउनुहुन्छ। स्वर्ग भएको बेलामा नर्क हुँदैन। अहिले पूरा रौरव नर्क छ, बिल्कुल तमोप्रधान नर्क बनिसकेपछि मात्रै बाबा आएर सतोप्रधान स्वर्ग बनाउनुहुन्छ। १०० प्रतिशत पतितबाट १०० प्रतिशत पावन बनाउनुहुन्छ। पहिलो जन्म अवश्य सतोप्रधान नै मिल्छ। बच्चाहरूले विचार सागर मन्थन गरेर भाषण गर्नुछ। सम्झाउने काम फेरि हरेकको लागि अलग-अलग हुन्छ। बाबाले पनि आज एउटा कुरा, भोलि फेरि अर्को कुरा सम्झाउनुहुन्छ। एउटै किसिमको ज्ञान त हुन सक्दैन। सम्झ, टेपबाट कसैले एक्युरेट सुने पनि फेरि एक्युरेट सुनाउन सक्दैनन्, फरक अवश्य पर्छ। बाबाले जे सुनाउनुहुन्छ, तिमीलाई थाहा छ– ड्रामामा सबै निश्चित छ। अक्षर-अक्षर जो कल्प पहिला सुनाएको थिएँ, त्यो फेरि आज सुनाउँछु। यो रेकर्ड भरिएको छ। भगवान स्वयं भन्नुहुन्छ– मैले जे ५ हजार वर्ष पहिला हुबहु अक्षर-अक्षर सुनाएको छु, त्यही सुनाउँछु। यो सुट गरिएको ड्रामा हो। यसमा अलिकति पनि फरक पर्न सक्दैन। यति सानो आत्मामा रेकर्ड भरिएको छ। अब श्रीकृष्ण जन्माष्टमी कहिले भएको थियो, यो पनि बच्चाहरूले बुझेका छौ। आजभन्दा ५ हजार वर्षभन्दा केही दिन कम भनिन्छ किनकि अहिले उनले पढिरहेका छन्। नयाँ दुनियाँको स्थापना भइरहेको छ। बच्चाहरूको दिलमा कति खुसी छ! तिमीलाई थाहा छ– श्रीकृष्णको आत्माले ८४ को चक्कर लगाएको छ। अब फेरि श्रीकृष्णको नाम-रूपमा आइरहेको छ। चित्रमा देखाइएको छ– पुरानो दुनियाँलाई लात मारिरहनुभएको छ। नयाँ दुनियाँ हातमा छ। अहिले पढिरहनुभएको छ, त्यसैले भनिन्छ– श्रीकृष्ण आइरहनुभएको छ। अवश्य बाबाले धेरै जन्महरूको अन्त्यमा नै पढाउनुहुन्छ। यो पढाइ पूरा हुन्छ अनि श्रीकृष्णले जन्म लिनुहुन्छ। पढाइको समय थोरै बाँकी छ । अवश्य अनेक धर्महरूको विनाश भएपछि श्रीकृष्णको जन्म भयो होला। त्यो पनि एक श्रीकृष्ण त हुनुहुन्न, सारा श्रीकृष्णपुरी हुन्छ। यी ब्राह्मण नै हुन् जसले फेरि यो राजयोग सिकेर देवता पद पाउँछन्। देवता बन्छन् नै नलेजबाट। बाबा आएर मनुष्यबाट देवता बनाउनुहुन्छ– पढाइबाट। यो पाठशाला हो, यसमा सबैभन्दा ज्यादा समय लाग्छ। पढाइ त सहज छ। बाँकी योगमा मेहनत छ। तिमीले बताउन सक्छौ– श्रीकृष्णको आत्माले अहिले राजयोग सिकिरहेको छ– परमपिता परमात्माद्वारा। शिवबाबाले ब्रह्माद्वारा हामी आत्माहरूलाई पढाइरहनुभएको छ, विष्णुपुरीको राज्य दिन। हामी प्रजापिता ब्रह्माका बच्चा ब्राह्मण-ब्राह्मणी हौँ। यो सङ्गमयुग हो। यो धेरै सानो युग हो। टुपी सबैभन्दा सानो हुन्छ नि। फेरि त्यसभन्दा ठुलो मुख, त्यसभन्दा ठुलो पाखुरा, त्यसभन्दा ठुलो पेट, त्यसभन्दा ठुलो खुट्टा। विराट रूप देखाउँछन्, तर त्यसको अर्थ कसैले सम्झाउँदैनन्। तिमी बच्चाहरूलाई यो ८४ जन्महरूको चक्रको रहस्य सम्झाउनुछ, शिवजयन्तीपछि श्रीकृष्ण जयन्ती हुन्छ।

तिमी बच्चाहरूको लागि यो सङ्गमयुग हो। तिम्रो लागि कलियुग पूरा भयो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब म आएको छु तिमीलाई सुखधाम, शान्तिधाम लैजानको लागि। तिमी सुखधामका निवासी थियौ, फेरि दु:खधाममा आयौ। पुकार्छौ– बाबा आउनुहोस्, यो पुरानो दुनियाँमा! तिम्रो दुनियाँ त होइन। अहिले तिमीले के गरिरहेका छौ? योगबलले आफ्नो दुनियाँ स्थापना गरिरहेका छौ। भनिन्छ पनि– अहिंसा परमो देवी-देवता धर्म। तिमी अहिंसक बन्नुछ। न काम कटारी चलाउनुछ, न लडाइँ-झगडा गर्नुछ। बाबा भन्नुहुन्छ– म हर ५ हजार वर्षपछि आउँछु। लाखौँ वर्षको कुरा नै छैन। बाबा भन्नुहुन्छ– यज्ञ, तप, दान, पुण्य आदि गर्दा तिमी तल गिर्दै आएका छौ। ज्ञानबाट नै सद्गति हुन्छ। मानिसहरू त कुम्भकर्णको निद्रामा सुतेका छन्, जो जाग्दै जाग्दैनन्। त्यसैले बाबा भन्नुहुन्छ– म कल्प कल्प आउँछु, मेरो पनि ड्रामामा पार्ट छ। पार्टबिना मैले पनि केही गर्न सक्दिनँ। म पनि ड्रामाको बन्धनमा छु। पूरा समयमा आउँछु। ड्रामाको प्लान अनुसार मैले तिमी बच्चाहरूलाई फर्काएर लैजान्छु। अब भन्छु– मनमनाभव। तर यसको पनि अर्थ कसैले जान्दैनन्। बाबा भन्नुहुन्छ– देहका सबै सम्बन्ध छोडेर म एकलाई याद गरेमा तिमी पावन बन्छौ। बच्चाहरूले मेहनत गरिरहन्छन् बाबालाई याद गर्ने। यो ईश्वरीय विश्व विद्यालय हो, सारा विश्वलाई सद्गति दिने अर्को कुनै ईश्वरीय विश्व विद्यालय हुन सक्दैन। ईश्वर बाबा स्वयं आएर सारा विश्वलाई परिवर्तन गरिदिनुहुन्छ। हेलबाट हेभेन बनाउनुहुन्छ। जसमाथि फेरि तिमीले राज्य गर्छौ। शिवलाई बबुलनाथ पनि भन्छन् किनकि उहाँ आएर तिमीलाई काम कटारीबाट छुटाएर पावन बनाउनुहुन्छ। भक्तिमार्गमा त धेरै आडम्बर हुन्छ, यहाँ त शान्तिमा रहेर याद गर्नुछ। उनीहरूले अनेक प्रकारका हठयोग आदि गर्छन्। उनीहरूको त निवृत्तिमार्ग नै अलग छ। उनीहरूले ब्रह्मलाई मान्छन्। तिनीहरू ब्रह्म योगी तत्व योगी हुन्। त्यो त भयो आत्माहरूको निवास स्थान, जसलाई ब्रह्माण्ड भनिन्छ। उनीहरूले फेरि ब्रह्मलाई भगवान सम्झन्छन्। त्यसमा लीन हुन्छन्। अर्थात् आत्मालाई विनाशी बनाइदिन्छन्। बाबा भन्नुहुन्छ– म नै आएर सर्वको सद्गति गर्छु। शिवबाबाले नै सर्वको सद्गति गर्नुहुन्छ, तब उहाँ हीराजस्तो हुनुहुन्छ। फेरि तिमीलाई गोल्डेन एजमा लैजानुहुन्छ। तिम्रो पनि यो हीराजस्तो जन्म हो, फेरि गोल्डेन एजमा आउँछौ। यो नलेज तिमीलाई बाबाले नै आएर पढाउनुहुन्छ, जसबाट तिमी देवता बन्छौ। फेरि यो नलेज प्राय: लोप हुन्छ। यी लक्ष्मी-नारायणमा पनि रचयिता र रचनाको नलेज हुँदैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यो पुरानो दुनियाँमा रहेर पनि डबल अहिंसक बनेर योगबलले आफ्नो नयाँ दुनियाँ स्थापना गर्नुछ। आफ्नो जीवन हीराजस्तो बनाउनुछ।

२) बाबाले जे सुनाउनुहुन्छ, त्यसमाथि विचार सागर मन्थन गरेर अरूलाई सुनाउनुछ। सदैव नशा रहोस्– यो पढाइ पूरा हुन्छ अनि हामी कृष्णपुरीमा जान्छौँ।

वरदान:–
अपवित्रताको नाम निसानलाई पनि समाप्त गरेर हिज होलीनेसको टाइटल प्राप्त गर्ने होलीहंस भव

जसरी हंसले कहिल्यै पनि कङ्कड टिप्दैन, रत्न धारण गर्छ। त्यसैगरी होलीहंसले कसैको अवगुण अर्थात् कङ्कडलाई धारण गर्दैनन्। उनीहरूले व्यर्थ र समर्थलाई छुट्याएर व्यर्थलाई छोडिदिन्छन्, समर्थलाई अपनाउँछन्। यस्ता होलीहंस नै पवित्र शुद्ध आत्मा हुन्, उनीहरूको आहार, व्यवहार सबै शुद्ध हुन्छ। अशुद्धि अर्थात् अपवित्रताको नामनिसान पनि समाप्त भएपछि मात्र भविष्यमा हिज होलीनेसको टाइटल प्राप्त हुन्छ, त्यसैले कहिल्यै गल्तीले पनि कसैको अवगुण धारण नगर्नु।

स्लोगन:–
सर्वंश त्यागी ऊ हो, जसले पुरानो स्वभाव संस्कारको वंशको पनि त्याग गर्छ।

अव्यक्त इशारा – सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन

कुनै पनि कार्य गर्दा बाबाको यादमा लवलीन रहने गर। कुनै पनि कुराको विस्तारमा नगएर विस्तारलाई बिन्दु लगाएर बिन्दुमा समाहित गरिदेऊ, बिन्दु बन, बिन्दु लगाइदेऊ, त्यसपछि सारा विस्तार, सारा जाल सेकेन्डमा समाहित हुन्छ र समय बच्छ, मेहनतबाट छुट्छौ। बिन्दु बनेर बिन्दुमा लवलीन हुन्छौ।