09.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आफूमाथि
आ फै ले कृपा गर्नुछ , पढाइमा फड्को मा र , कुनै पनि विकर्म गरेर आफ्नो रजिस्टर न
बि ग ा र।”
प्रश्न:–
यस उच्च पढाइमा
पास हुनको लागि कुन मुख्य शिक्षा मिल्छ? त्यसको लागि कुन कुरामा विशेष अटेन्सन
चाहिन्छ?
उत्तर:–
यस पढाइमा पास
हुनुछ भने आँखा धेरै धेरै पवित्र हुनुपर्छ किनकि यी आँखाले नै धोका दिन्छन्, यिनै
आँखा विकारी बन्छन्। शरीरलाई देख्नाले नै कर्मेन्द्रियहरूमा चञ्चलता आउँछ, त्यसैले
आँखा कहिल्यै पनि विकारी नहुन्, पवित्र बन्नको लागि भाइ-बहिनी भएर बस, यादको
यात्रामा पूरा पूरा अटेन्सन देऊ।
गीत:–
धीरज धर मनुवा...
ओम् शान्ति ।
कसले भन्नुभयो?
बेहदका बाबाले बेहदका बच्चाहरूलाई भन्नुभयो। कुनै मानिस बिरामी भयो भने उसलाई
धैर्यता दिइन्छ, धैर्य राख– तिम्रा सबै दु:ख हट्नेछन्। उसलाई खुसीमा ल्याउनको लागि
धैर्यता दिइन्छ। अब ती त हुन् हदका कुरा। यो हो बेहदको कुरा, उहाँका कति धेरै
बच्चाहरू होलान्! सबैलाई दु:खबाट छुटाउनुछ। यो पनि तिमी बच्चाहरूले नै जान्दछौ।
तिमीले बिर्सनुहुँदैन। बाबा आउनुभएको छ सबैको सदगति गर्न। उहाँ सबैका सदगतिदाता
हुनुहुन्छ भने यसको मतलब सबै दुर्गतिमा छन्। सारा दुनियाँका मनुष्य मात्र, त्यसमा
पनि खासगरी भारतवर्ष र आम रूपमा सारा विश्वको सद्गति भनिन्छ। खास गरी तिमी सुखधाममा
जान्छौ। बाँकी सबै शान्तिधाममा जान्छन्। बुद्धिमा आउँछ– अवश्य हामी सुखधाममा थियौँ
भने अरू धर्मका मानिसहरू शान्तिधाममा थिए। बाबा आउनुभएको थियो, भारतवर्षलाई सुखधाम
बनाउनुभएको थियो। त्यसैले विज्ञापन पनि त्यस्तै गर्नुपर्छ। सम्झाउनुछ– हर ५ हजार
वर्षपछि निराकार शिवबाबा आउनुहुन्छ। उहाँ सबैका पिता हुनुहुन्छ। बाँकी सबै भाइ भाइ
हुन्। भाइ भाइले नै पुरुषार्थ गर्छन् पिताबाट वर्सा लिन। यस्तो त होइन– पिताहरूले
पुरुषार्थ गर्छन्। सबै पिता नै पिता भए भने फेरि वर्सा कोबाट लिन्छन्? के भाइले
भाइहरूबाट? यो त हुन सक्दैन। अहिले तिमीले बुझेका छौ– यो त धेरै सहज कुरा हो।
सत्ययुगमा एउटै देवी-देवता धर्म हुन्छ। बाँकी सबै आत्माहरू मुक्तिधाममा जान्छन्।
विश्वको इतिहास-भूगोल दोहोरिन्छ भनिन्छ भने अवश्य एउटै इतिहास-भूगोल छ जुन
दोहोरिन्छ। कलियुगपछि फेरि सत्ययुग आउँछ। दुवैको बीचमा फेरि सङ्गमयुग पनि अवश्य
हुन्छ। यसलाई भनिन्छ सुप्रीम, पुरुषोत्तम कल्याणकारी युग। अहिले तिम्रो बुद्धिको
ताला खुलेको छ, त्यसैले जान्दछौ– यो त धेरै सहज कुरा हो। नयाँ दुनियाँ र पुरानो
दुनियाँ। पुरानो वृक्षमा अवश्य धेरै पातहरू हुन्छन्। नयाँ वृक्षमा थोरै पातहरू
हुन्छन्। त्यो हो सतोप्रधान दुनियाँ, यसलाई तमोप्रधान भनिन्छ। तिम्रो बुद्धिको ताला
पनि नम्बरवार पुरुषार्थ अनुसार खुलेको छ किनकि सबैले यथार्थ रीतिले बाबालाई याद
गर्दैनन्। त्यसैले धारणा पनि हुँदैन। बाबाले त पुरुषार्थ गराउनुहुन्छ, तर तकदिरमा
हुँदैन। ड्रामा अनुसार जसले राम्रोसँग पढ्छन्, पढाउँछन्, बाबाका मदतगार बन्छन्,
हरेक हालतमा उच्च पद उनीहरूले नै पाउँछन्। स्कुलमा विद्यार्थीहरूले पनि जान्दछन्–
हामी कति अङ्कले पास हुन्छौँ। तीक्ष्ण पुरुषार्थीले जोडले पुरुषार्थ गर्छन्।
ट्युसनको लागि टिचर राख्छन् ता कि जसरी भए पनि पास होऊँ। यहाँ पनि लामो फड्को
मार्नुछ। आफैमाथि कृपा गर्नुछ। बाबालाई कसैले सोध्यो– अहिले यस हालतमा शरीर छुट्यो
भने कुन पद पाउँछु होला? बाबाले तुरुन्तै बताउनुहुन्छ। यो त धेरै सहजै बुझ्ने कुरा
हो। हदका विद्यार्थीले बुझ्छनन्, बेहदका विद्यार्थीले पनि बुझ्न सक्छन्। बुद्धिबाट
बुझ्न सक्छन्– हामीबाट घरी घरी यी गल्तीहरू हुन्छन्, विकर्म हुन्छ। रजिस्टर बिग्रियो
भने रिजल्ट पनि त्यस्तै निस्कन्छ। हरेकले आफ्नो रजिस्टर राख। हुन त ड्रामा अनुसार
सबै पहिल्यै निश्चित भइ नै हाल्छ। आफैले पनि सम्झन्छन्– हाम्रो रजिस्टर त धेरै
बिग्रेको छ। बुझ्न सकेनन् भने बाबाले बताउन सक्नुहुन्छ। स्कुलमा रजिस्टर आदि सबै
राखिन्छ। यसको विषयमा त दुनियाँमा कसैलाई थाहा छैन। नाम हो गीता पाठशाला। वेद
पाठशाला कहिल्यै भनिँदैन। वेद, उपनिषद्, ग्रन्थ आदिको कुनै पनि पाठशाला भनिँदैन।
पाठशालामा लक्ष उद्देश्य हुन्छ। हामी भविष्यमा यो बन्छौँ। कसैले वेद शास्त्र धेरै
पढे भने उनीहरूलाई पनि पदवी मिल्छ। कमाइ पनि हुन्छ। कसै कसैले त धेरै कमाइ गर्छन्।
तर त्यो कुनै अविनाशी कमाइ होइन, साथमा जाँदैन। यो सच्चा कमाइ साथमा जान्छ। बाँकी
सबै खतम हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीले धेरै धेरै कमाइ गरिरहेका छौँ। हामी
विश्वको मालिक बन्न सक्छौँ। सूर्यवंशी घराना रहेछ भने अवश्य बच्चाहरू गद्दीमा बस्छन्।
यो धेरै उच्च पद हो। तिमीलाई सपनामा पनि थिएन, हामीले पुरुषार्थ गरेर राजकीय पद
पाउँछौँ। यसलाई भनिन्छ राजयोग। त्यो हो ब्यारिस्टरी योग, डाक्टरी योग। पढाइ र
पढाउनेवाला याद हुन्छ। यहाँ पनि यो हो– सहज याद। यादमा नै मेहनत छ। आफूलाई
देहीअभिमानी सम्झनुपर्छ। आत्मामा नै संस्कार भरिन्छन्। धेरै आउँछन् जसले भन्छन्–
हामीले त शिवबाबाको पूजा गर्थ्यौँ तर किन पूजा गर्थ्यौँ, यो जान्दैनथ्यौँ। शिवलाई
नै बाबा भनिन्छ। अरू कसैलाई बाबा भनिँदैन। हनुमान, गणेश आदिको पूजा गर्छन्,
ब्रह्माको पूजा हुँदैन। हुन त अजमेरमा ब्रह्माको मन्दिर छ। त्यहाँका केही
ब्राह्मणहरूले पूजा गर्दा हुन्। बाँकी गायन आदि केही छैन। श्रीकृष्णको,
लक्ष्मी-नारायणको कति गायन छ। ब्रह्माको नाम छैन किनकि ब्रह्मा त यस समयमा काला छन्।
फेरि बाबा आएर यिनलाई एडप्ट गर्नुहुन्छ। यो पनि धेरै सहज छ। त्यसैले बाबाले
बच्चाहरूलाई भिन्न भिन्न प्रकारले सम्झाउनुहुन्छ। बुद्धिमा यो रहोस्– शिवबाबाले
हामीलाई सुनाइरहनुभएको छ। उहाँ पिता पनि हुनुहुन्छ, टिचर, गुरु पनि हुनुहुन्छ।
शिवबाबा ज्ञानका सागरले हामीलाई पढाउनुहुन्छ। अहिले तिमी बच्चाहरू त्रिकालदर्शी
बनेका छौ। तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। यो पनि तिमीले बुझेका छौ– आत्मा
अविनाशी छ। आत्माहरूका पिता पनि अविनाशी हुनुहुन्छ। यो कुरा पनि दुनियाँमा कसैले
जान्दैनन्। उनीहरू सबैले त पुकार्छन्– बाबा, हामीलाई पतितबाट पावन बनाउनुहोस्। यस्तो
भन्दैनन् कि आएर विश्वको इतिहास-भूगोल सुनाउनुहोस्। यो इतिहास-भूगोल त बाबा आफै आएर
सुनाउनुहुन्छ। पतितबाट पावन, फेरि पावनबाट पतित कसरी बन्छौ? इतिहास कसरी दोहोरिन्छ,
त्यो पनि बताउनुहुन्छ। चक्र ८४ को छ। हामी पतित किन बन्यौँ, फेरि पावन बनेर कहाँ
जान चाहन्छौँ। मानिसहरू त संन्यासी आदिकहाँ गएर भन्छन्– मनको शान्ति कसरी हुन्छ?
यस्तो भन्दैनन्– हामी सम्पूर्ण निर्विकारी पावन कसरी बन्छौँ? यो कुरा भन्न लाज
लाग्छ। अहिले बाबाले सम्झाउनुभएको छ– तिमीहरू सबै भक्तिनी हौ। म हुँ भगवान, दुलहा।
तिमी हौ दुलहीहरू। तिमीहरू सबैले मलाई याद गर्छौ। म धेरै सुन्दर यात्री हुँ। सारा
दुनियाँका मनुष्य मात्रलाई सुन्दर बनाउँछु। विश्वको आश्चर्य स्वर्ग नै हुन्छ। यहाँ
७ आश्चर्यहरू गणना गर्छन्। त्यहाँ त विश्वको आश्चर्य एउटै स्वर्ग हुन्छ। बाबा पनि
एक, स्वर्ग पनि एक, जसलाई सबै मनुष्य मात्रले याद गर्छन्। यहाँ त केही पनि आश्चर्य
छैन। तिमी बच्चाहरूभित्र धैर्यता छ, अब सुखका दिन आइरहेका छन्।
तिमीले बुझेका छौ– यस
पुरानो दुनियाँको विनाश हुन्छ अनि मात्रै स्वर्गको राज्य भाग्य मिल्छ। अहिले अझै
राज्य स्थापना भएको छैन। हो, प्रजा बन्दै गइरहेका छन्। बच्चाहरूले आपसमा राय सल्लाह
गर्छन्, सेवाको वृद्धि कसरी हुन्छ? सबैलाई सन्देश कसरी दिने? बाबाले आदि सनातन
देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ। बाँकी सबैको विनाश गराउनुहुन्छ। यस्ता
बाबालाई याद गर्नुपर्छ नि, जुन बाबाले हामीलाई राजतिलकको हकदार बनाउनुहुन्छ, बाँकी
सबैको विनाश गराइदिनुहुन्छ। प्राकृतिक प्रकोप पनि ड्रामामा पहिल्यै निश्चित छ। यो
प्रकोप नभई दुनियाँको विनाश हुन सक्दैन। बाबा भन्नुहुन्छ– अहिले तिम्रो परीक्षा धेरै
नजिक छ, मृत्युलोकबाट अमरलोकमा ट्रान्सफर हुनुछ। जति राम्रोसँग पढ्छौ, पढाउँछौ,
त्यति उच्च पद पाउँछौ किनकि आफ्नै प्रजा बनाउँछौ। पुरुषार्थ गरेर सबैको कल्याण
गर्नुपर्छ। परिवर्तन आफैबाट सुरु गर्नुपर्छ (च्यारिटी बिगिन्स एट होम)। यो काइदा
हो। पहिला मित्र-सम्बन्धी, आफ्नो कुल वंशका नै आउँछन्। पछि अरू सबै मानिसहरू आउँछन्।
सुरुमा भयो पनि यस्तै। बिस्तारै बिस्तारै वृद्धि भयो, फेरि बच्चाहरू बस्नको लागि
ठुलो भवन बन्यो, त्यस भवनलाई ॐ निवास भनिन्थ्यो। त्यसमा बच्चाहरू आएर पढ्न थाले। यो
सबै ड्रामामा पहिल्यै निश्चित थियो, जुन फेरि दोहोरिन्छ। यसलाई कसैले कहाँ परिवर्तन
गर्न सक्छ र। यो पढाइ कति उच्च छ। यादको यात्रा नै मुख्य हो। मुख्यत: आँखाले नै ठुलो
धोका दिन्छ। आँखा विकारी बन्छन्, त्यसपछि शरीरका कर्मेन्द्रियहरू चञ्चल हुन्छन्।
कुनै राम्रो बच्चीलाई देखे भने बस् त्यसमा फसिहाल्छन्। दुनियाँमा यस्ता धेरै केस
हुन्छन्। गुरुको पनि विकारी दृष्टि हुन्छ। यहाँ बाबा भन्नुहुन्छ– विकारी दृष्टि
बिल्कुल हुनुहुँदैन। भाइ-बहिनी भएर बस्यौ भने पवित्र रहन सक्छौ। मानिसहरूलाई के थाहा,
उनीहरूले त हाँसो गर्छन्। शास्त्रहरूमा त यी कुरा छैनन्। बाबा भन्नुहुन्छ– यो ज्ञान
प्रायः लोप हुन्छ। पछि द्वापरदेखि यी शास्त्र आदि बनेका हुन्। अहिले बाबा मुख्य कुरा
भन्नुहुन्छ, अल्फलाई याद गरेमा विकर्म विनाश हुन्छन्। आफूलाई आत्मा सम्झ। तिमी ८४
को चक्कर लगाएर आएका हौ। अहिले फेरि तिम्रो आत्मा देवता बनिरहेको छ। सानो आत्मामा
८४ जन्मको अविनाशी पार्ट भरिएको छ, आश्चर्य छ नि। यस्ता विश्वको आश्चर्यका कुरा
बाबाले नै आएर सम्झाउनुहुन्छ। कसैको ८४ को, कसैको ५०-६० जन्मको पार्ट हुन्छ। परमपिता
परमात्मालाई पनि पार्ट मिलेको छ। ड्रामा अनुसार यो अनादि अविनाशी ड्रामा हो। कहिले
सुरु भयो, कहिले सकिन्छ– यो भन्न सकिँदैन किनकि यो अनादि अविनाशी ड्रामा हो। यी कुरा
कसैले जान्दैनन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अहिले परीक्षाको समय धेरै नजिक छ, त्यसैले पुरुषार्थ गरेर आफ्नो र सबैको कल्याण
गर्नुछ, पढ्नु र पढाउनुछ, परिवर्तन आफैबाट सुरु गर्नुछ।
२) देहीअभिमानी बनेर
अविनाशी, सच्चा कमाइ जम्मा गर्नुछ। आफ्नो रजिस्टर राख्नुछ। कुनै पनि यस्तो विकर्म
गर्नुछैन, जसबाट रजिस्टर बिग्रिन्छ।
वरदान:–
सबैलाई
उमङ्ग-उत्साहको सहयोग दिएर शक्तिशाली बनाउने सच्चा सेवाधारी भव
सेवाधारी अर्थात्
सबैलाई उमङ्ग-उत्साहको सहयोग दिएर शक्तिशाली बनाउने। अहिले समय कम छ र रचना
धेरैभन्दा धेरै आउने छन्। केवल यति सङ्ख्यामा धेरै आए भनेर खुसी नहुनु। अब त सङ्ख्या
धेरै बढ्नेछ, त्यसैले तिमीले जुन पालना लियौ, त्यसको रिटर्न देऊ। आउनेवाला निर्बल
आत्माहरूको सहयोगी बनेर उनीहरूलाई समर्थ, अचल अडोल बनाऊ, अनि भनिन्छ सच्चा सेवाधारी।
स्लोगन:–
आत्मालाई जब,
जहिले जहाँ र जसरी चाहन्छौ, त्यसरी नै स्थित गर– यही रुहानी ड्रिल हो।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ
पावरफुल मनको निसानी
हो– सेकेन्डमा जहाँ चाह्यो, त्यहाँ पुगिहाल्छ। मनलाई उड्न आयो, प्राक्टिस भयो भने
सेकेन्डमा जहाँ चाह्यो, त्यहाँ पुग्न सक्छ। अहिले भर्खरै साकार वतनमा, अहिले भर्खरै
परमधाममा, सेकेन्डको गति हुन्छ– अब यही अभ्यासलाई बढाऊ।